08.02.26 Avyakt Bapdada Nepali Murli 31.12.2008 Om Shanti Madhuban
यो नयाँ वर्षमा
परिवर्तन शक्तिको वरदानद्वारा न कारात्मक लाई सकारात्मक मा परिवर्तन गरेर , सङ्कल्प
, श्वास , समयलाई सफल गर , सफलतामूर्त बन
आज नवजीवन दिने बाबाले
आफ्नो चारैतिरका नवजीवन धारण गर्ने बच्चाहरूलाई देखेर हर्षित भइरहनुभएको छ। यो
नवजीवन हो नै नवयुग बनाउनको लागि। मानिसहरूले नववर्ष मनाउँछन् र तिमी सबै नव
जीवनवाला बच्चाहरूले सबै आत्माहरूलाई बधाई पनि दिन्छौ र साथै यही खुसीको खबर दिन्छौ–
नवयुग आइ नै हाल्छ। तिमी सबै बच्चाहरूलाई त बाबाले वर्साको रूपमा सत्ययुगी दुनियाँको
सौगात दिइसक्नुभएको छ। जुन सत्ययुगी दुनियाँमा अनेक सत्ययुगी सौगातहरू छन् नै। तिमी
सबैलाई यही नसा छ नि– यो सत्ययुगी दुनियाँको सौगात त हाम्रो जन्मसिद्ध अधिकार हो।
आजको दुनियाँमा कसैले कसैलाई जतिसुकै ठुलोभन्दा ठुलो सौगात दिए पनि, ठुलोभन्दा ठुलो
सौगात के दिन्छन्! ताज वा तख्त। तर तिम्रो सत्ययुगी दुनियाँको सौगातको अगाडि त्यो
के चीज हो? कुनै ठुलो चीज हो! तिम्रो दिलमा खुसी छ– हाम्रा बाबाले हामीलाई सबैभन्दा
उच्चभन्दा उच्च नवयुगको सौगात दिइनुभएको छ। निश्चय छ र निश्चित छ। यो भावी कसैले
टार्न सक्दैन। यो अटल निश्चय सदा स्मृतिमा रहन्छ! सदा रहन्छ वा कहिलेकाहीँ कम हुन्छ?
जन्मसिद्ध अधिकार हो भने जन्मसिद्ध अधिकार कहिल्यै टल्न सक्दैन।
आज तिमी सबै अलग अलग
स्थानबाट नयाँ वर्ष मनाउन आएका छौ। यो नयाँ वर्षको लक्ष्य के राखेका छौ? यो नयाँ
वर्षमा विशेष के गर्नुछ? यो नयाँ वर्षको विशेषता हो– बाबासमान सम्पन्न र सम्पूर्ण
बन्नु नै छ। जतिसुकै पुरुषार्थ गर्नुपरे पनि तर निश्चित छ– बाबासमान बन्नु नै छ। भन,
सबैको मनमा यही पक्का सङ्कल्प छ नि! छ? शिर हल्लाऊ। बाबा पनि यही चाहनुहुन्छ– हरेक
बच्चा बाबासमान बनोस्। बाबा त बाबा हुनुहुन्छ तर बच्चाहरू बाबाभन्दा पनि उच्च छन्।
त्यसैले बाबासमान बन्ने लक्ष्यलाई पूरा गर्नको लागि बाबालाई फलो गर्नुपर्छ। सोच,
बाबा, ब्रह्माबाबा सम्पूर्ण कसरी बन्नुभयो? उहाँको के विशेषता रह्यो? सम्पूर्णताको
विशेष आधार के रह्यो? ब्रह्माबाबाले आफ्नो हरपल सफल गर्नुभयो। श्वास-श्वास,
सेकेन्ड-सेकेन्ड सफल गर्नुभयो। त्यसैले बाबासमान बन्नको लागि यो वर्षको लक्ष्य के
राख्छौ? सफल गर्नु नै छ र सफलतामूर्त बन्नु नै छ। सफलता हाम्रो गलाको हार हो। सफलता
हाम्रो बाबाको वर्सा हो। अब यो लक्ष्यले चेक गर्नु– हरेक दिन आफूलाई चेक गर्नुछ–
सफलतामूर्त बनेर समय, श्वास, खजाना, शक्तिहरू, गुण सबै सफल गरेँ? किनकि अहिलेको
सफलताबाट भविष्यमा पनि जम्मा हुन्छ। अहिले जति पनि सफल गरेका छौ, त्यसको फल २१
जन्मको लागि जम्मा हुन्छ। थाहा छ नि! पहिला पनि सुनाइएको छ– तिमीले समय सफल गरेमा
भविष्यमा पनि तिमीलाई राज्य भाग्यको पूरा समय, राज्य भाग्यको प्राप्ति हुन्छ। श्वास
सफल गरेमा २१ जन्म स्वस्थ रहन्छौ। कहिल्यै पनि कुनै पनि स्वास्थ्यमा कमी हुँदैन र
साथै जुन खजाना जम्मा गर्छौ, सबैभन्दा ठुलो खजाना हो ज्ञानको, ज्ञानको अर्थ हो समझ।
त्यसपछि ज्ञानको खजाना सफल गरेमा भविष्यमा तिमी यस्तो समझदार बन्छौ, जसले गर्दा
तिमीलाई कुनै मन्त्रीहरूको राय लिनुपर्दैन। स्वयं नै अखण्ड, अटल राज्य चलाउँछौ र
तिम्रो राज्यमा कुनै विघ्न पर्दैन। निर्विघ्न अखण्ड, अटल हुन्छ। यो हो ज्ञानको खजाना
जम्मा गरेको फल। एक जन्म सफल गरेपछि अनेक जन्म सफलताको फल खान्छौ। यसरी जुन शक्तिहरू
प्राप्त भएका छन्, तिनलाई स्वप्रति वा अरूप्रति सफल गरेमा भविष्यमा तिम्रो राज्यमा
सर्वशक्तिहरू हुन्छन्, शक्ति कहिल्यै कम हुँदैन। कुनै पनि शक्तिको कमी छैन। यसरी
गुण दान गरेमा तिम्रो अन्तिम ८४औँ जन्मसम्म पनि जुन जड चित्र बनाउँछन्, त्यसमा
लास्टसम्म तिम्रो के महिमा गर्छन्? सर्वगुण सम्पन्न। त्यसपछि एक एक सफलताको
प्राप्तिको अनेक जन्मको अधिकारी बन्छौ। त्यसोभए यो वर्ष के गर्नुछ? लक्ष्य राख्नुछ–
एक श्वास, एक सेकेन्ड पनि असफल नहोस्। जम्मा गर्नुछ जम्माको समय एउटा सानो जन्म र
फलको समय २१ जन्म, तब यो वर्षमा बाबासमान बन्ने लक्ष्य छ? सबैलाई लक्ष्य छ–
बाबासमान बन्नु नै छ? बन्नु छैन, बन्नु नै छ। बन्नु नै छ अन्डरलाइन। ठीक छ। बच्चाहरू
पनि बन्छन्? साना साना बच्चाहरू पनि बन्छन्। बच्चाहरूको ताज राम्रो लाग्छ। (सबै
बच्चाहरूले ताज पहिरिएका छन्) धेरै राम्रो लाग्छ।
यो वर्षको लक्ष्य पनि
राख्यौ र साथमा बाबालाई फलो गर्ने मन्त्र, यसलाई सफल गरेर सफलता मूर्त बन्नुछ। यसको
लागि बापदादाले बच्चाहरूलाई धेरै मेहनत गर्ने तकलिफ पनि दिनुहुन्न, धेरै सहज विधि
बताउनुहुन्छ, सहज विधि के हो? जेसुकै सङ्कल्प गरे पनि पहिला चेक गर– बाबाको सङ्कल्प
यस्तो हुन्थ्यो! बोल्दा चेक गर, बाबासमान बन्नुछ नि! त्यसैले सङ्कल्प, बोली र कर्म,
सम्बन्ध-सम्पर्का पहिला सोच, चेक गर– बाबाले पनि यस्तै गर्नुहुन्थ्यो? त्यस्तै
स्वरूप बन। ब्रह्माबाबालाई फलो गर। फलो फादर त गायन गरिएको छ नि! कैयौँ बच्चाहरूले
धेरै राम्रा राम्रा खेल देखाउँछन्। थाहा छ कुन खेल देखाउँछन्? फलो गर्दैनन् तर के
भन्छन्? चाहेको त थिइनँ, भइहाल्यो। पहिला सोचेर, केवल सोच्ने होइन, स्वरूप बन। यदि
स्वरूप बनिहाल्यौ भने यो भन्दैनौ– सोचेको थिइनँ तर भइहाल्यो। गर्नेवाला, सोच्नेवाला
तिमी श्रेष्ठ आत्माहरू हौ, मालिक हौ। भइहाल्योको अर्थ हो कर्मेन्द्रियहरूमाथि
कन्ट्रोल छैन।
त्यसैले यो वर्षमा यही
स्लोगन याद राख्नु– बाबा समान गर्नु नै छ, बन्नु नै छ। मुस्किल त छैन नि? जस्तो
बाबाले गर्नुभयो, त्यस्तै गर्नुछ, कपी गर्नु त सहज छ नि, सोच्ने जरुरत नै छैन।
निश्चित छ– तिमी सबैलाई जसरी बाबा, ब्रह्माबाबा फरिस्ता बन्नुभयो, त्यसैले निश्चित
छ– फरिस्ता सो देवता बन्नु नै छ। त्यसपछि तिमी पनि फरिस्ता सो देवता बन्नु नै छ।
कैयौँ बच्चाहरूले भन्छन्– हिँड्दा हिँड्दै धेरै अपोजिसन (विरोध) हुन्छ, त्यसपछि
अपोजिसनको कारण पोजिसन (पद वा स्थिति) बाट तल आउँछन्। तर याद गर– बाबासमान बन्नुछ,
त्यसपछि स्थापनाको आदिमा ब्रह्माबाबाले कति अपोजिसनलाई पोजिसनमा परिवर्तन गर्नुभयो?
हरेक कुरा नयाँ थियो, त्यसमा चुनौति थियो। अहिले त जमाना धेरै परिवर्तन भएको छ तर
एक्लो ब्रह्माबाबाले कति स्वमानको सिटमा बसेर पोजिसनद्वारा अपोजिसनको सामना गर्नुभयो।
जहाँ पोजिसन छ, त्यहाँ अपोजिसनले केही गर्न सक्दैन। पहिला के भन्थे? धमाल (हङ्गामा)
गरिरहेका छन् र अहिले के भन्छन्? कमाल (चमत्कार) गरिरहेका छन्। यति फरक भयो। कारण
के हो? ब्रह्माबाबाले स्वयं स्वमानको सिट र दृढ निश्चयको शस्त्रहरूद्वारा
अपोजिसनलाई समाप्त गर्नुभयो। त्यसोभए तिमीले यो वर्षमा के गर्छौ? समान बन्नुछ नि!
त्यसैले अपोजिसन भयो भने पनि तिमी स्वमानको सिटमा बसिराख, त्यसपछि अपोजिसन पोजिसनमा
परिवर्तन हुन्छ। हिम्मत छ? ब्रह्माबाबासमान बन्नु नै छ, त्यसमा त हात उठायौ, तर
त्यति हिम्मत छ? पहिला स्वको परिवर्तन, फेरि हुन्छ अनेक सम्बन्ध-सम्पर्कवाला
आत्माहरू र फेरि विश्वका आत्माहरूको परिवर्तन। यिनीहरू सबैलाई आफ्नो मनसा शुभभावना,
शुभकामनाद्वारा, दृढ सङ्कल्पद्वारा परिवर्तन गर्नुछ।
यो वर्षमा बापदादाले
विशेष एक शक्तिको वरदान पनि दिइरहनुभएको छ। मेरो बाबा दिलबाट भन्यौ भने शक्ति हाजिर,
त्यसैगरी मेरो बाबा होइन, दिलबाट भन्यौ, अधिकार राख्यौ, मेरो बाबा र शक्ति तिम्रो
अगाडि हाजिर हुन्छ। त्यो कुन शक्ति हो? परिवर्तन शक्ति। परिवर्तन शक्तिले विशेष
नकारात्मकलाई सकारात्मकमा परिवर्तन गर। नकारात्मक सङ्कल्प, नकारात्मक आचरणलाई देखेर
पनि सकारात्मकमा परिवर्तन गर। सकारात्मक देख्नु, बोल्नु, गर्नु, केवल शुभभावना र
शुभकामनाद्वारा सहज हुन्छ किनकि यो अपोजिसन आउँछ, तर तिम्रो परिवर्तनको शक्तिले
तिमीलाई सहजै सफलता दिलाउँछ। त्यसोभए बुझ्यौ यो वर्षको विशेष वरदान– परिवर्तन
शक्तिलाई दृढ सङ्कल्पले कार्यमा लगाउनु। गर्न सक्छौ नि परिवर्तन? यो तिम्रो चुनौती
हो, याद छ नि! विश्व परिवर्तक हौ नि! टाइटल नै विश्व परिवर्तक छ भने के स्वलाई
परिवर्तन गर्न मुस्किल छ र! दिलमा कुनै पनि मुस्किल कुरा आयो भने पनि त्यसो त
मुस्किल कुरा हुँदैन तर तिमीले मुस्किल बनाइदिन्छौ। मास्टर सर्वशक्तिमान, उसको अगाडि
के मुस्किल हुन्छ? तर तिमीले एउटा गल्ती गर्छौ र मुस्किल बनाइदिन्छौ। जसरी हेर
अचानक यहाँ अन्धकार भयो भने कसैले गल्तीले अन्धकारलाई भगाउन लाग्यो भने अन्धकार
भाग्छ? सही विधि हो– तिमीले वत्तिको स्विच अन गर, त्यसपछि अन्धकार सेकेन्डमा भाग्छ।
त्यसैले तिमीले पनि यो गल्ती गर्छौ– जुन कुरा भयो नि, त्यसको किन, के, कहिले, कसरी...
यो किन किनमा जान्छौ। सानो कुरालाई ठुलो बनाइदिन्छौ र ठुलो कुरा त मुस्किल हुन्छ।
सानो कुरा बनाइदियौ भने सहज हुन्छ। बाबाले कुनै पनि शक्तिलाई कार्यमा लगाउने धेरै
सहज विधि बताउनुभएको छ– “म मास्टर सर्वशक्तिमान हुँ”, आफ्नो यो स्मृतिको सिटमा
बसिराख, यो सिटमा बस्यौ भने अपसेट हुँदैनौ। बिना सिट अपसेट हुन्छौ, सिटमा छौ भने
अपसेट हुँदैनौ। ६३ जन्मका संस्कार इमर्ज हुन्छन्। ६३ जन्म के भयो? भर्खरै सेट,
भर्खरै अपसेट। त्यसैले सदा स्वमानको सिटमा सेट होऊ। यो वर्षमा के गर्छौ? नयाँ वर्षमा
त सौगात सबैलाई दिन्छौ नि। त्यसोभए कुन सौगात दिन्छौ? बधाई पनि दिन्छौ र साथै सौगात
के दिन्छौ? सौगात त तिमीसँग धेरै छन्। जति दिन चाहन्छौ, त्यति दिन सक्छौ। स्थूल
सौगात त अल्पकालको लागि चल्छ तर तिमी अविनाशी बाबासमान बन्नेवाला अविनाशी सौगात देऊ।
मनसाद्वारा शक्तिहरूको सौगात देऊ, वाचाद्वारा ज्ञानको सौगात देऊ र कर्मणाद्वारा
गुणहरूको सौगात देऊ। छ नि सबैसँग? छ भने शिर हल्लाऊ। खजाना धेरै छन् नि, कम त छैनन्
नि। जो कोहीसँग पनि कार्यमा आऊ, कार्यमा त आउनुपर्छ नि। उसलाई यो वर्षमा खुब
सौगातहरू देऊ। तर अविनाशी सौगात। सुनाइयो नि– कोहीलाई पनि खालीहात जान नदेऊ, चाहे
मनसाको सौगात देऊ, चाहे वाणीको, चाहे कर्मको। यसको लागि तिमीले सदा एउटा अटेन्सन
राख्नुपर्छ, हरपल मनसामा शक्तिहरूको स्टक इमर्ज राख्नुपर्छ, शक्तिहरू कति छन्?
लिस्ट त छ नि! वाचाको कारण सदा मनमा मनन शक्ति, ज्ञानलाई मनन गर्ने शक्ति, स्मृतिमा
राख्नुपर्छ। आचरणमा, अनुहारमा, कर्ममा, गुणहरूको स्वरूप बन्नुपर्छ। सदा आफूलाई
गुणमूर्त, ज्ञानमूर्त, शक्तिस्वरूप इमर्ज राख्नुपर्छ। यस्तो होइन– शक्तिहरू त छन्
नै, ज्ञान त छ नै... तर स्वरूप बन्नुपर्छ। हरेकलाई ईश्वरीय परिवारको दृष्टि वृत्तिले
हेर्नुपर्छ। यो वर्ष समान बन्नु नै छ, त्यसमा हात उठाइसक्यौ, बापदादाको वतनमा सबैको
हात देखिन्छ। त्यहाँ यो सानो टिभी छैन, धेरै ठुलो छ। एक सेकेन्डमा सबै सेन्टरहरूको
रिजल्ट हेर्न सकिन्छ। त्यसैले बापदादा तिम्रो जुन उमङ्ग छ, बाबासमान बन्नु नै छ,
यसको लागि खुसी हुनुहुन्छ। सौभाग्यशाली छौ, हर्षितमुख छौ, कहिल्यै रोबको अनुहार
नबनाउनु। कसैले पनि तिमीलाई देख्यो भने सदा खुसी देखोस्, चाहे जतिसुकै काममा बिजी
होऊ, गल्तीलाई सुधारिरहेका होऊ, सम्झाइरहेका होऊ तर रोब (क्रोधको अंश) को अनुहार,
बोली नहोस्। यो वर्षमा यो परिवर्तन गरेर देखाऊ। पुरस्कार दिनेछु। सारा वर्षमा जो सदा
मुस्कुराइरहन्छ, कुनै पनि कुरा आओस्, कैयौँ भाइ बहिनीहरूले भन्छन्, रुहरिहान त
गर्छन् नि सबैले, त्यतिबेला भन्छन्– यदि रोबले भनेनौँ भने बुझ्दैन। परिवर्तन हुँदैन।
पहिल्यै तिमीले भावना राख्यौ– यो परिवर्तन हुँदैन, अनि उसलाई तिम्रो भाइब्रेसन
पहिल्यै पुग्यो, त्यसैले यो वर्षमा क्रोध वा त्यसका बालबच्चा सबलाई बिदाइ दिनुछ।
हुन सक्छ? रोब पनि हुनुहुँदैन। बाबा सोध्नुहुन्छ– जति पनि समय समयमा क्रोध गर्छन्,
काम बनाउनको लागि, सुधार्नको लागि, तर ऊ सुध्रन्छ? क्रोध गरेर कोही सुध्रिएको छ?
त्यो लिस्ट बताऊ। झन् चिढिन्छ, सुध्रिँदैन। विरोध गर्छ मनमा। यदि ठुलो छ भने मनमा
विरोध गर्छ, बोल्न सक्दैन र सानो छ भने रुन थाल्छ। त्यसोभए यो वर्ष के के गर्नुछ,
त्यो सबै सुनाइरहेको छु। राम्रो लाग्यो? गर्नुछ? अहिल्यै हात उठाऊ। गर्नुछ?
टिभीवालाले यो फोटो निकाल। हात उठाऊ, एकछिन हात उठाइराख। टिभीवालाले निकालिरहेका छन्।
ठीक छ।
समय प्रमाण बापदादाले
देखिरहनुभएको थियो– समयको गति यस समयमा तीव्र छ। त्यसोभए समयको सामना कसले गर्छ?
तिमीले नै त गर्छौ। बापदादाले देख्नुभयो– दुःखीहरूको पुकार, भक्तहरूको पुकार, समयको
पुकार... यी पुकारहरू कम सुन्छन्। बिचरा हिम्मतहीन छन्, उनीहरूलाई पखेटा लगाइदेऊ,
त्यसपछी उड्न त सक्छन्। हिम्मतका पखेटा, उमङ्ग उत्साहका पखेटा लगाइदेऊ। ठीक छ।
चारैतिरका बच्चाहरूले
अब यथार्थमा बापदादाको गृहकार्य गरेर सबुत दिने सपुत बच्चाको आफ्नो प्रभाव देखाउँछन्।
त्यसैले चारैतिरका बच्चाहरूलाई धेरै धेरै दिलको दुलार र दिलको पदमगुणा यादप्यार
स्वीकार होस्। यस्ता लायक बच्चाहरू, श्रेष्ठ बच्चाहरूलाई बापदादाको नमस्ते। (रुहानी
बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)
यो वर्षको हरेक दिन
स्वपरिवर्तन र विश्व परिवर्तनको रूपमा मनाइरहनुछ। हरेक दिन नयाँ परिवर्तन। हरेक दिन
नयाँ सेवा, हरेक दिन सदा उमङ्ग र उत्साह, एक दिन पनि चिन्ता चिन्तनको होइन, सदैव
उमङ्ग उत्साहले दिन र रात बिताउनुछ, यो नयाँ वर्षमा हरेक दिन केही न केही स्वप्रति
वा विश्वप्रति, सेवाप्रति नयाँ कार्य गर्नु नै छ, यस्तो दृढ सङ्कल्प गरेर समयलाई
समीप ल्याएर बाबासमान सम्पूर्ण बनेर उड्नुछ र उडाउनुछ। ठीक छ। ओम् शान्ति।
वरदान:–
हरेकको रायलाई
आदर गरे र विश्वद्वारा आदर प्राप्त गर्ने बालक सो मालिक भव
चाहे कोही सानो होस्
वा ठुलो– तिमीले हरेकको रायलाई अवश्य आदर गर किनकि कसैको पनि रायलाई अस्वीकार गर्नु
मानौँ आफूलाई अस्वीकार गर्नु हो, त्यसैले यदि कसैको व्यर्थलाई अस्वीकार गर्नुछ भने
पनि पहिला उसलाई आदर गर, स्वमान देऊ र फेरि शिक्षा देऊ। यो पनि तरिका हो। यसरी आदर
गर्ने संस्कार भरिएपछि विश्वबाट तिमीलाई आदर मिल्छ। यसको लागि बालक सो मालिक, मालिक
सो बालक बन। बुद्धि बेहदमा शुभकल्याणको भावनाले सम्पन्न होस्।
स्लोगन:–
मस्तकमा सदा
साथको स्मृतिको तिलक लगाउनु, यही सुहागको निसानी हो।
अव्यक्त इसारा:– एकता
र विश्वासको विशेषताद्वारा सफलता सम्पन्न बन
एकता ल्याउनको लागि
दुई कुरा धारण गर्नुपर्छ– एक त एकनामी बनेर सदैव हरेक कुरामा एकको नै नाम लेऊ, अर्को
सङ्कल्पहरूको, समयको र ज्ञान खजानाको इकोनोमी गर। सबै यस्ता एकनामी र इकोनोमी गर्ने
बनेपछि एक बाबामा सबै प्रकारको भिन्नता समाहित हुन्छ।