08.03.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– रुहानी सेवा गरेर आफ्नो र अरूको कल्याण गर , बाबासँग सच्चा दिल राख्यौ भने बाबाको दिलमा चढ्छौ।”

प्रश्न:–
देहीअभिमानी बन्ने मेहनत कसले गर्न सक्छ? देहीअभिमानीका निसानीहरू सुनाऊ?

उत्तर:–
जसको पढाइसँग र बाबासँग अटुट प्यार छ उनीहरूले देहीअभिमानी बन्ने मेहनत गर्नसक्छन्। उनीहरू शीतल हुन्छन्, कसैसँग पनि धेरै कुरा गर्दैनन्, उनीहरूको बाबासँग प्यार हुन्छ, चालचलन धेरै रोयल हुन्छ। उनीहरूलाई नसा हुन्छ– हामीलाई भगवानले पढाउनुहुन्छ, हामी उहाँका सन्तान हौं। उनीहरू सुखदायी हुन्छन्। हर कदम श्रीमत अनुसार उठाउँछन्।

ओम् शान्ति ।
बच्चाहरूले सेवाको समाचार पनि सुन्नुपर्छ फेरि जो मुख्य मुख्य महारथी सेवाधारी छन् उनीहरूले सुझाव दिनुपर्छ। बाबाले जान्नुहुन्छ– सेवाधारी बच्चाहरूको नै विचार सागर मन्थन चल्छ। मेलाको वा प्रदर्शनीको उद्घाटन कोबाट गराउने! कुन कुन प्वाइन्ट सुनाउनुपर्छ। शङ्कराचार्य आदिले यदि तिम्रो यो कुरालाई बुझे भने भन्छन् यहाँको ज्ञान त धेरै उच्च छ। यिनलाई पढाउने कोही बुद्धिमान् हुनुपर्छ। भगवानले पढाउनुहुन्छ, यो त उनीहरूले मान्दैनन्। त्यसैले प्रदर्शनी आदिको उद्घाटन गर्न जो आउँछन् उनीहरूलाई के के सम्झाउने, त्यो समाचार सबैलाई बताउनुपर्छ वा टेपमा छोटकरीमा भर्नुपर्छ। जसरी गङ्गेले शङ्काराचार्यलाई सम्झाइन्, यस्ता यस्ता सेवाधारी बच्चाहरू त बाबाको दिलमा चढ्छन्। हुन त स्थूल सेवा पनि हुन्छ तर बाबाको ध्यान रुहानी सेवामा जान्छ जसले धेरैको कल्याण गर्छन्। कल्याण त हरेक कुरामा छ नै। यदि योगयुक्त भएर बनाएमा ब्रह्माभोजन बनाउँदा पनि कल्याण छ। यदि यस्तो योगयुक्त भोजन बनाउनेवाला भए भने भण्डारामा धेरै शान्ति हुन्छ। यादको यात्रामा रहन्छ। कोही पनि आयो भने तुरुन्त उनलाई सम्झाउनु छ। बाबाले बुझ्नुहुन्छ– सेवाधारी बच्चाहरू को को हुन्, जसले अरूलाई सम्झाउन सक्छन् उनीहरूलाई नै सेवामा बोलाइन्छ पनि। सेवा गर्नेवाला नै बाबाको दिलमा चढ्छन्। बाबाको सारा ध्यान सेवाधारी बच्चाहरूतर्फ नै जान्छ। कतिले त सम्मुख मुरली सुने पनि केही बुझ्नसक्दैनन्। धारणा हुँदैन किनकि आधा कल्पको देह अभिमानको बिमारी धेरै कडा छ। त्यसलाई मेटाउनको लागि धेरै कम छन् जसले राम्रोसँग पुरुषार्थ गर्छन्। धेरैले देहीअभिमानी बन्ने मेहनत गर्नसक्दैनन्। बाबाले सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! देही अभिमानी बन्नमा धेरै मेहनत छ। ठीकै छ, कसैले चार्ट भरेर पनि पठाउँछन्, तर पूरा पठाउँदैनन्। फेरि पनि केही ध्यान त जान्छ। देहीअभिमानी बन्ने कुरामा धेरै कमको ध्यान जान्छ। देहीअभिमानी धेरै शीतल हुन्छन्। उनीहरूले त्यति बढी कुराकानी गर्दैनन्। उनीहरूको बाबासँग यस्तो प्यार हुन्छ, कुरै नसोध। आत्मालाई यति खुसी हुनुपर्छ जुन कहिल्यै कुनै मनुष्यलाई हुँदैन। यी लक्ष्मी-नारायणलाई त ज्ञान हुँदैन। ज्ञान तिमी बच्चाहरूलाई छ, जसलाई भगवानले पढाउनुहुन्छ। भगवानले हामीलाई पढाउनुहुन्छ, यो नसा पनि तिमीहरूमा एक-दुईलाई हुन्छ। त्यो नसा भयो भने बाबाको यादमा रहन्छन्, जसलाई देहीअभिमानी भनिन्छ। तर त्यो नसा रहँदैन। यादमा रहनेको चालचलन धेरै राम्रो रोयल हुन्छ। हामी भगवानका बच्चा हौं। त्यसैले गायन पनि छ– अतीन्द्रिय सुख गोप-गोपीहरूसँग सोध, जसले देहीअभिमानी भएर भगवानलाई याद गर्छन्। याद गर्दैनन्, त्यसैले शिवबाबाको दिलमा चढ्दैनन्। शिवबाबाको दिलमा भएनन् भने दादाको दिलमा पनि चढ्नसक्दैनन्। उहाँको दिलमा रहन्छन् भने अवश्य पनि यिनको दिलमा पनि हुन्छन्। बाबाले हरेकलाई जान्नुहुन्छ। बच्चाहरूले स्वयं पनि सम्झन्छन्– हामीले के सेवा गर्छौं। बच्चाहरूमा धेरै सेवाको सोख हुनुपर्छ। कसैलाई सेन्टर जमाउने सोख पनि हुन्छ। कसैलाई चित्र बनाउने सोख हुन्छ। बाबाले पनि भन्नुहुन्छ– मलाई ज्ञानी तू आत्मा बच्चाहरू प्रिय लाग्छन्, जो बाबाको यादमा पनि रहन्छन् र सेवा गर्नको लागि पनि उल्लासमा रहन्छन्। कसैले त बिल्कुलै सेवा गर्दैनन्, बाबाले भनेको पनि मान्दैनन्। बाबाले त जान्नुहुन्छ नि– कहाँ कसलाई सेवा गर्नुपर्छ। तर देहअभिमानको कारण आफ्नो मतमा चल्छन् त्यसैले उनीहरू दिलमा चढ्दैनन्। अज्ञान कालमा पनि कुनै बच्चा खराब चालचलनको रहेछ भने पिताको दिलमा रहँदैन। उनलाई कपुत सम्झिन्छ। सङ्गदोषमा बिग्रिन पुग्छन्। यहाँ पनि जसले सेवा गर्छन् उनीहरू नै बाबालाई प्रिय लाग्छन्। जसले सेवा गर्दैनन् उनीहरूलाई बाबाले कहाँ प्यार गर्नुहुन्छ र। सम्झनुहुन्छ तकदिर अनुसार नै पढ्छन्, फेरि पनि प्यार कसमाथि हुन्छ? त्यो त काइदा हो नि। राम्रा बच्चाहरूलाई धेरै प्यारले बोलाएर भन्नुहुन्छ– तिमी धेरै सुखदायी छौ, तिमी पिता स्नेही छौ। जसले बाबालाई याद नै गर्दैनन् उनीहरूलाई पिता स्नेही कहाँ भनिन्छ र। दादा स्नेही बन्नुछैन, स्नेही बन्नु छ बाबाको। जो बाबाको स्नेही छ उसको बोलीचाली धेरै मीठो सुन्दर हुन्छ। विवेकले यस्तो भन्छ– समय भए पनि शरीरको कुनै भरोसा कहाँ छ र। बस्दाबस्दै दुर्घटना हुन्छ। कोही हर्टफेल हुन्छन्। कसैलाई रोग लाग्छ, मृत्यु त अचानक हुन्छ नि, त्यसैले श्वासको भरोसा छैन। प्राकृतिक प्रकोप पनि अहिले अभ्यास भइरहेको छ। समय नहुँदै बर्सात भयो भने पनि नोक्सान पारिदिन्छ। यो दुनियाँ नै दु:खदायक हो। बाबा पनि यस्तो समयमा आउनुहुन्छ जब घोर दु:ख हुन्छ, रगतको नदी पनि बग्नु छ। कोसिस गर्नुपर्छ– हामीले आफ्नो पुरुषार्थ गरेर २१ जन्मको कल्याण त गरौं। धेरैमा आफ्नो कल्याण गर्ने चासो पनि देखिँदैन।

बाबाले यहाँ बसेर मुरली चलाउनुहुन्छ तैपनि बुद्धि सेवाधारी बच्चाहरूतर्फ हुन्छ। शङ्ककराचार्यलाई प्रदर्शनीमा बोलाएका छन्, नत्र यिनीहरू यसरी कहीँ जादैनन्। धेरै गर्वसाथ रहन्छन्, त्यसैले उनीहरूलाई मान पनि दिनुपर्ने हुन्छ। माथि सिंहासनमा बसाउनुपर्छ। यस्तो होइन,सँगसँगै बस्नसक्छन्। होइन, उनीहरूलाई धेरै आदर चाहिन्छ। निर्मान भए भने फेरि चाँदी आदिको सिंहासन पनि छोड्छन्। बाबा हेर कस्तो साधारण रहनुहुन्छ। कसैले पनि चिन्दैन। तिमी बच्चाहरूमा पनि कुनै बिरलैले चिनेका छन्। बाबा कति निरहङ्कारी हुनुहुन्छ। यो त बाबा र बच्चाहरूको सम्बन्ध हो नि। जसरी लौकिक पिता बच्चाहरूसँग रहन्छन्, खान्छन्, खुवाउँछन्, यहाँ हुनुहुन्छ बेहदका पिता। संन्यासी आदिलाई बाबाको प्यार मिल्दैन। तिमी बच्चाहरूलाई थाहा छ– कल्प कल्प हामीलाई बेहदका बाबाको प्यार मिल्छ। बाबाले फूल बनाउने धेरै मेहनत गर्नुहुन्छ। तर ड्रामा अनुसार सबै त फूल बन्दैनन्। आजका धेरै राम्रा राम्रा पनि भोलि विकारी बन्छन्। बाबा भन्नुहुन्छ– तकदिरमा छैन भने अरू के गर्नसकिन्छ। धेरैको चालचलन गन्दा हुनपुग्छ। आज्ञाको उल्लङ्घन गर्छन्। ईश्वरको मतमा पनि चलेनन् भने उनीहरूको के हालत होला। उच्चभन्दा उच्च बाबा हुनुहुन्छ अरू त कोही छैन। फेरि देवताहरूका चित्रमा हेर्यौ भने यी लक्ष्मी-नारायण नै उच्च भन्दा उच्च हुन्। तर मनुष्यहरूले यो पनि जानेका छैनन्– यिनलाई यस्ता कसले बनाउनुभयो। बाबा बसेर तिमी बच्चाहरूलाई रचयिता र रचनाको ज्ञान राम्रोसँग सम्झाउनु हुन्छ। तिमीलाई त आफ्नो शान्तिधाम र सुखधाम नै याद आउँछ। सेवा गर्नेको नाम स्मृतिमा आउँछ। अवश्य पनि जो बाबाका आज्ञाकारी बच्चाहरू छन् उनीहरूतर्फ नै दिल जान्छ। बेहदका बाबा एकपल्ट नै आउनुहुन्छ। ती लौकिक पिता त जन्मजन्मान्तर मिल्छन्। सत्ययुगमा पनि मिल्छन्। तर त्यहाँ यी बाबा मिल्नुहुन्न। अहिलेको पढाइबाट तिमीले पद पाउँछौ। यो पनि तिमी बच्चाहरू नै जानेका छौ। बाबाबाट हामीले नयाँ दुनियाँको लागि पढिरहेका छौं। यो कुरा बुद्धिमा याद रहनुपर्छ। छ धेरै सहज। सम्झ, बाबा खेलिरहनुभएको छ, अनायास कुनै आउँछ भने बाबाले तुरुन्त त्यहाँ नै उसलाई ज्ञान दिन थाल्नुहुन्छ। बेहदको पितालाई चिनेका छौ? बाबा आउनुभएको छ पुरानो दुनियाँलाई नयाँ बनाउन। राजयोग सिकाउनुहुन्छ। हामीलाई नै सिकाउनुहुन्छ। विश्व स्वर्ग थियो। जहाँ यी देवी-देवताहरूको राज्य थियो। अहिले त नर्क छ। नर्कबाट फेरि स्वर्ग बाबाले नै बनाउनुहुन्छ। यस्तायस्ता मुख्य कुरा कोही आए भने बसेर उनीहरूलाई सम्झाऊ, उनीहरू कति खुसी हुन्छन्। केवल भन बाबा आउनुभएको छ। यो उही महाभारत लडाइँ हो जुन गीतामा गायन गरिएको छ। गीताको भगवान आउनुभएको थियो, गीता सुनाउनुभएको थियो। के को लागि? मनुष्यलाई देवता बनाउन। बाबाले केवल भन्नुहुन्छ– म बाबालाई र वर्सालाई याद गर। यो दु:खधाम हो। यत्ति बुद्धिमा याद रह्यो भने पनि खुसी हुन्छ। हामी आत्माहरू बाबाको साथमा शान्तिधाम जानेवाला छौं। फेरि त्यहाँबाट पार्ट खेल्न पहिला सुरुमा सुखधाममा आउने छौं। जसरी कलेजमा पढ्दा सम्झन्छन् हामी यो पढाइ पढेर यो-यो बन्छौं। बेरिस्टर बन्छौं वा पुलिस सुपरिटेन्डेन्ट बन्छौं, यति पैसा कमाउने छौं। खुसीको पारा चढिरहन्छ। तिमी बच्चाहरूलाई पनि यस्तो खुसी हुनुपर्छ। हामीले बेहदका बाबाबाट यो वर्सा पाउँछौं फेरि हामीले स्वर्गमा आफ्नो महल बनाउने छौं। सारा दिन बुद्धिमा यो चिन्तन रह्यो भने पनि खुसी हुन्छ। आफ्नो र अरूको पनि कल्याण गरौं। जुन बच्चाहरूसँग ज्ञान धन छ उनीहरूको कर्तव्य हो दान गर्नु। यदि धन छ, दान गर्दैनौ भने उनीहरूलाई कन्जुस भनिन्छ। उनीहरूसँग धन हुँदा-हुँदै पनि मानौं छँदैछैन। धन छ भने दान अवश्य गर्नुछ। जो राम्रा राम्रा महारथी बच्चाहरू छन् उनीहरू सदैव बाबाको दिलमा चढिरहन्छन्। कसै कसैको लागि ख्याल हुन्छ– यो सायद चल्नसक्दैन। परिस्थिति यस्तो छ। देहको धेरै अहङ्कार चढेको हुन्छ। कुनै पनि समयमा हात छोड्नसक्छ र आफ्नो घरमा बस्नसक्छ। मुरली धेरै राम्रो चलाए पनि धेरै देहअभिमान छ, अलिकति पनि बाबाले सावधानी दिनुभयो भने छोड्छन्। नत्र गायन छ– प्यार करो चाहे ठुकराओ... यहाँ बाबाले ठिक कुरा गरे पनि रिसाउँछन्। यस्ता यस्ता बच्चाहरू पनि छन्, कोही त भित्र धेरै कृतज्ञ (आभारी) हुन्छन्, कोही भित्र जलेर मर्छन्। मायाको देह अभिमान धेरै हुन्छ। कति यस्ता बच्चाहरू पनि छन् जसले मुरली सुन्दैसुन्दैनन् र कोही भने मुरली बिना रहन सक्दैनन्। मुरली सुन्दैनन् भने आफ्नै हठ हो, ममा त ज्ञान धेरै छ तर हेर्दा केही पनि हुँदैन।

त्यसैले जहाँ शङ्काराचार्य आदि प्रदर्शनीमा आउँछन्, सेवा राम्रो भयो भने त्यो समाचार सबैलाई पठाउनुपर्छ, जसले गर्दा सबैलाई थाहा हुन्छ कसरी सेवा भयो अनि उनीहरूले पनि सिक्छन्। यस्ता यस्ता सेवाको लागि जसको ख्याल आउँछ उनीहरूलाई नै बाबाले सेवाधारी सम्झनुहुन्छ। सेवामा कहिल्यै थाक्नुछैन। यहाँ त धेरैको कल्याण गर्नु छ नि। बाबाको मनमा त यही रहन्छ, सबैलाई यो ज्ञान मिलोस्। बच्चाहरूको पनि उन्नति होस्। दिनहुँ मुरलीमा सम्झाइरहनुहुन्छ– यो रुहानी सेवा मुख्य हो। सुन्नु र सुनाउनु छ। सोख हुनुपर्छ। ब्याज लगाएर सदा मन्दिरमा गएर सम्झाऊ– यी लक्ष्मी-नारायण कसरी बने? फेरि कहाँ गए? कसरी राज्य-भाग्य पाए? मन्दिरको ढोकामा गएर बस। जोसुकै आउँदा पनि भन, यी लक्ष्मी-नारायण को हुन्, यिनको यहाँ कहिले राज्य थियो? हनुमान पनि जुत्तामा गएर बस्थे नि। त्यसको पनि रहस्य छ नि। दया आउँछ। बाबाले धेरै सेवाका युक्तिहरू बताउनु न्छ, तर व्यवहारमा धेरै कमले मात्रै ल्याउँछन्। सेवा धेरै छ। अन्धाहरूको लट्ठी बन्नु छ। जसले सेवा गर्दैनन्, बुद्धि सफा रहँदैन भने फेरि धारणा पनि हुँदैन। नत्र सेवा धेरै सहज छ। तिमीले यी ज्ञान रत्नहरूको दान गर्छौ। कुनै धनी मानिस आयो भने भन हामीले हजुरलाई यो सौगात दिन्छौं। यसको अर्थ पनि हजुरलाई सम्झाउँछौं। यी ब्याजहरूको बाबाले धेरै कदर गर्नुहुन्छ। अरू कसैले यति कदर गर्दैनन्। यिनीहरूमा धेरै राम्रो ज्ञान भरिएको छ। तर कसैको तकदिरमा छैन भने बाबाले पनि के गर्नसक्नुहुन्छ। बाबालाई र पढाइलाई छोड्नु– यो त ठुल भन्दा ठुलो आत्मघात हो। बाबाको बनेर फेरि छोडपत्र दिनु– यो जस्तो महान् पाप कुनै हुँदैन। ऊ भन्दा अभागी अरू कोही हुँदैन। बच्चाहरू श्रीमतमा चल्नुपर्छ नि। तिम्रो बुद्धिमा छ– हामी विश्वको मालिक बन्नेवाला छौं, कम कुरा हो र। याद गर्यौ भने खुसी पनि हुन्छ। याद रहेन भने पाप भस्म हुने छैनन्। एडप्ट भएपछि खुसीको पारा चढ्नुपर्छ। तर मायाले धेरै विघ्न पार्छ। कच्चालाई गिराइदिन्छ। जसले बाबाको श्रीमत नै लिँदैनन् भने उनीहरूले के पद पाउलान्। अलिकति मत लियो भने फेरि त्यस्तै सानो पद पाउँछन्। राम्रो मत लिए भने उच्च पद पाउँछन्। यो बेहदको राजधानी स्थापन भइरहेको छ। यसमा खर्च आदिको कुनै कुरा छैन। कुमारीहरू आउँछन् सिकेर धेरैलाई आफू समान बनाउँछन्, यसमा फि आदिको कुरा छैन। बाबा भन्नुहुन्छ तिमीलाई स्वर्गको बादसाही दिन्छु। म स्वर्गमा पनि आउँदिन। शिवबाबा त दाता हुनुहुन्छ नि। उहाँलाई के खर्च दिन्छौं। यिनले सबै कुरा उहाँलाई दिए, वारिस बनाए। त्यसको साटो हेर राज्यभाग्य मिल्छ नि। यिनी सबैभन्दा पहिलोउदाहरण हुन्। सारा विश्वमा स्वर्गको स्थापना हुन्छ। एक पैसा पनि खर्च हुँदैन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) पिता स्नेही बन्नको लागि धेरै धेरै सुखदायी बन्नु छ। आफ्नो बोलीचाली धेरै मीठो रोयल बनाउनु छ। सेवाधारी बन्नु छ। निरहङ्कारी बनेर सेवा गर्नु छ।

२) पढाइ र बाबालाई छोडेर कहिल्यै पनि आत्मघाती महापापी बन्नुछैन। मुख्य हो रुहानी सेवा, यस सेवामा थाक्नुछैन। ज्ञान रत्नहरूको दान गर्नु छ, कञ्जुस बन्नु छैन।

वरदान:–
सदा निजधाम र निज स्वरूपको स्मृतिबाट उपराम , न्यारा - प्यारा भव

निराकारी दुनियाँ र निराकारी रूपको स्मृतिले नै सदा न्यारा प्यारा बनाइदिन्छ। हामी हौं नै निराकारी दुनियाँका निवासी, यहाँ सेवा अर्थ अवतरित भएका छौं। हामी यस मृत्युलोकका होइनौं, अवतार हौं। केवल यो सानो कुरा याद रह्यो भने पनि उपराम हुनेछौ। जसले अवतार नसम्झेर गृहस्थी सम्झन्छन्– गृहस्थीको गाडी फोहोरमा फसिरहेको हुन्छ, गृहस्थी हो नै बोझको स्थिति र अवतार बिल्कुल हल्का हुन्छ। अवतार सम्झिनाले आफ्नो निजी धाम, निजी स्वरूपको याद रहन्छ अनि उपराम हुनेछौ।

स्लोगन:–
ब्राह्मण ऊ हो जसले शुद्धि र विधिपूर्वक हरेक कार्य गर्छ।