08.03.26    Avyakt Bapdada     Nepali Murli    18.01.2009     Om Shanti     Madhuban


४० वर्षको अव्यक्त पालनाक ा प्रतिफल– चार कुरा– शुभचिन्तक बन , शुभचिन्तन गर , शुभवृत्तिले शुभ वायुमण्डल बनाऊ तथा जिरो (०) र हिरोको स्मृतिमा बस


आज बापदादा चारैतिरका आफ्ना सेवाका साथी बच्चाहरूलाई भेट्न आउनुभएको छ। आदि सेवाका साथी र साथै अरू पनि सेवाका साथी बनेर धेरै राम्रो सेवा वृद्धि गरिरहेका छन्, त्यसैले बापदादा आफ्ना साथीहरूलाई देखेर खुसी भइरहनुभएको छ। दिलमा गीत गाइरहनुभएको छ– वाह! मेरा विश्व परिवर्तन सेवाका साथी वाह!

आज अमृतवेलादेखि चारैतिर स्नेहका मालाहरू बापदादालाई लगाइरहेका थिए। तीन प्रकारका मालाहरू थिए– एकथरी थिए बाबासमान बन्ने उमङ्ग उत्साहका माला, अर्काथरी थिए अति टाढा भएका बन्धनमा बाँधिएका गोपिकाहरूका माला, तिनीहरूका माला त थिए तर ती चम्किरहेका अति अमूल्य आँसुका माला पनि थिए। एक एक आँसु मोतीसमान चम्किरहेका थिए र तेस्रोथरी माला कुनै कुनै बच्चाहरूका गुनासोका माला थिए।

आज अमृतवेलादेखि लिएर सबैमा विशेष स्नेह समाहित भएको देखिइरहेको थियो। बापदादाले विराटरूपमा जस्तै पाखुरा फैलाएर सबै बच्चाहरूलाई पाखुरामा समाहित गर्नुभयो। हुन त आजको दिन स्नेहको साथ सर्व शक्तिहरूको सौगात दिने दिन पनि थियो। एक बच्चीको हातमा हात राखेर, उनी मार्फत सबै बच्चाहरूलाई (शक्ति सेना र पाण्डवहरूलाई) सबै शक्तिहरू प्रदान गर्नुभयो। बापदादाले देख्नुभयो– कति बच्चाहरू, पाण्डव पनि र शक्तिहरू पनि, गुप्त रूपले अन्तर्मुखी बनेर पुरुषार्थमा तीव्र गतिले चलिरहेका छन्। बाहिरबाट देखिँदैनन् तर पुरुषार्थमा राम्रा छन्। बापदादाले आज सबै बच्चाहरूको विशेष रूप देख्नुभयो, स्नेहको विषयले सबैको अनुहारलाई चम्काइरहेको थियो। ज्ञानी आत्मा बच्चाहरू त छन् तर स्नेहको विषय आवश्यक छ किनकि स्नेहीलाई मेहनत कम र स्नेहको अनुभव सहजै हुन्छ। स्नेहको शक्तिले जस्तोसुकै पहाडजस्तो समस्या भए पनि पहाडलाई पनि कपास बनाइदिन्छ। पहाडलाई पनि पानी जस्तै हल्का बनाइदिन्छ। स्नेह एक छत्रछाया हो। छत्रछायाको कारण ऊ सदा सुरक्षित रहन्छ। सहज हुन्छ। स्नेहले परमात्मा वा भगवानलाई पनि आफ्नो दोस्त बनाइदिन्छन्। जसको यादगार छ खुदा दोस्तको। खुदालाई दोस्त बनाएर कुनै पनि समस्या दोस्तीको नाताले सहज बनाइदिन्छन्। बाबालाई आफ्नो साथी बनाइदिन्छन्। ज्ञान बीज हो, तर प्रेमको पानीले बीजमा प्राप्तिको फल लगाइदिन्छ। त्यसैले यस्ता बाबाका स्नेही बच्चाहरूले बाबालाई याद गर्न मेहनत सम्झँदैनन् तर बिर्सन मुस्किल सम्झन्छन्। स्नेहीले कहिल्यै स्नेहलाई बिर्सन सक्दैन। मेरो बाबा भनेमा, दिलको स्नेहले र सर्व खजानाको चाबी मिल्छ। त्यसैले दुवै, बापदादा यस्ता स्नेही, जसको सामुन्ने बापदादा पनि हजुर हाजिर हुनुहुन्छ। याद त सबैले गर्छन् तर कसैले थोरै थोरै मेहनतले गर्छन् र कोही सदा स्नेहको सागरमा लवलीन रहन्छन्। दुनियाँका मानिसहरूले भन्छन्– आत्मा परमात्मामा लीन हुन्छ तर आत्मा परमात्माको प्रेममा लवलीन हुन्छ। लीन हुँदैन, लवलीन हुन्छ।

त्यसैले आजको दिन स्नेहमा लवलीनको दिन हो। मेहनत समाप्त भएर स्नेहको रूपमा परिवर्तन हुन्छ। त्यसैले बापदादाले सबै बच्चाहरूको रिजल्ट पनि हेर्नुभयो, बहुमतले होमवर्क गरेका छन्। बाबासमान बन्ने लक्ष्य बारम्बार रिपिट पनि गरे, रियलाइज पनि गरे। पचहत्तर प्रतिशत बच्चाहरूको रिजल्ट राम्रो देखियो। यहाँ बाबासमान बन्नु नै छ, जस्तोसुकै तुफान आओस्, हो नै कलियुगको समाप्तिको समय, त्यसैले तुफान त आउँछन्, परिवर्तनको समय हो नि, तर तिमी बच्चाहरूको लागि तुफान के हो! तुफान, तुफान होइन तर तोहफा (उपहार) हो किनकि बापदादाको वरदानको हात सबै पुरुषार्थी बच्चाहरूको मस्तकमा छ। जसले दृढ सङ्कल्प अर्थात् दृढताको चाबी कार्यमा लगाए, उनीहरूले अहिलेको रिजल्ट प्रमाण सफलता पनि प्राप्त गरेका छन् तर सदाकालको लागि तुफानलाई तोहफा (उपहार) बनाएर, समस्यालाई समाधानरूप दिएर अगाडि बढ्दै जाऊ। त्यसैले बापदादा अहिलेको रिजल्टमा खुसी हुनुहुन्छ। जसले योग तपस्या गरेका छन्, त्यसमा दृढ लक्ष्य राखेका छन्, बन्नु नै छ।

अव्यक्त पालनाका पूरा ४० वर्ष भए। त्यसैले ४० वर्षमा अन्त्यमा कुन सङ्ख्या के आउँछ– बिन्दु, जिरो। त्यसैले जिरोले याद दिलाउँछ– म हिरो, सच्चा हिरो, महान हिरो हुँ र हिरो पार्टधारी बनेर हरेक कार्य हिरोसमान गर्नुछ। त्यसैले जिरो, हिरो यो सदा याद रहोस् र बाँकी जुन चार छ, त्यसमा चार कुरा व्यावहारिक जीवनमा गर्नुछ, दृढतापूर्वक गर्नुछ, गर्छौ? तयार छौ? जस्तोसुकै पेपर आओस् तर चार कुरा आफ्नो जीवनमा गर्नु नै छ। पक्का? पक्का? पक्का? पछाडि बस्नेहरू, पक्का छौ नि! कच्चालाई मायाले खाइदिन्छ त्यसैले पक्का रहनुछ। एक कुरा– सदा शुभचिन्तक, कसैको कमजोरी देखेर वा सुनेर रहमदिल बनेर शुभचिन्तक बनेर उसलाई सहयोग दिनु नै छ। कमजोरीलाई हेर्नुछैन तर सहयोग दिनु नै छ। यसलाई भनिन्छ शुभचिन्तक। पक्का रहन्छौ नि! सहारादाता, रहमदिल बनेर सहयोग देऊ। उसँग किनारा वा घृणा नगर, क्षमा गर। परवशमाथि कहिल्यै घृणा गरिँदैन। सहारा दिइन्छ। त्यसैले शुभचिन्तक र अर्को हो शुभचिन्तन। आजकाल बापदादाले देख्नुहुन्छ– अधिकांश बच्चाहरूमा कहिलेकाहीँ धेरै व्यर्थ सङ्कल्प चल्छन्, यसमा आफ्नो जम्मा भएको शक्ति व्यर्थ जान्छ, त्यसैले शुभचिन्तनको लागि आफ्नो मनलाई स्वमानको कुनै न कुनै टाइटलमा होमवर्क देऊ, मनको टाइमटेबल बनाऊ, कर्मको त टाइमटेबल बनाउँछौ तर मनको टाइमटेबल पनि बनाऊ। अमृतवेला मिलन मनाएपछि मनलाई कुनै न कुनै स्वमान देऊ तर जस्तो सुनाइएको छ– दिनमा १२-१३ पटक सबैलाई टाइम मिल्छ, त्यसमा रियलाइज पनि गर र रिभाइज पनि गर, मन व्यस्त रहेमा व्यर्थ सङ्कल्पमा समय जाँदैन, मेहनत गर्नुपर्दैन, हरपल सङ्गमयुग जुन मोजको युग हो, त्यही मोजमा रहन्छौ। त्यसैले दोस्रो सुनाएँ– शुभचिन्तन। चेक गरेर चेन्ज गर। तेस्रो हो– शुभवृत्ति। अशुभ वृत्तिले वायुमण्डलमा पनि अशुद्धि फैलाउँछ त्यसैले शुभवृत्ति। चौथो हो– हरेकले यो जिम्मेवारी लिनुछ– अरूलाई हेर्नुछैन, मेरो खास काम हो शुभ वायुमण्डल बनाउनु। जसरी कहिल्यै पनि वायुमण्डलमा दुर्गन्ध भयो भने के गर्छौ? सुगन्ध फैलाउँछौ नि! दुर्गन्ध सहन हुँदैन, कुनै न कुनै सुगन्धको साधन अपनाउँछौ, त्यसैगरी साधारण वायुमण्डल वा अशुभ वायुमण्डल परिवर्तन गर्नु नै छ। चाहे सानो छ वा नयाँ छ, तर यो सबैको जिम्मेवारी हो। दृढ सङ्कल्प गर्नुछ– मैले शुभ वायुमण्डल बनाउनु नै छ। यो प्रतिज्ञाले प्रत्यक्षता गर्नेछ। प्रतिज्ञा गर्छौ, बापदादा खुसी हुनुहुन्छ तर प्रतिज्ञामा कहिलेकाहीँ दृढता हुँदैन त्यसैले जुन सफलता चाहन्छौ, जति चाहन्छौ त्यति हुँदैन। सारा विश्वको, प्रकृतिको, आत्माहरूको, आत्माहरूमा ब्राह्मण आत्माहरू पनि आउँछन्, हरेकले दृढताले आफ्नो सेवास्थानको यस्तो वायुमण्डल बनाऊ, केही त्याग गर्नुपर्छ भने गरिहाल, यसले त्याग गरेमा मैले गर्छु, होइन। “सिस्टम ठीक भयो भने गरौँला...” यस्तो “भने भने” नभन। मैले त गर्नु नै छ। विश्व परिवर्तक हुँ, यो स्वमान हो नि! सबै विश्व परिवर्तक हौ नि! हात उठाऊ। अच्छा विश्व परिवर्तक! धेरै राम्रो। त्यसैले पहिला बापदादा हेर्न चाहनुहुन्छ, छ पनि, हुन्छ पनि तर यो वर्षमा बापदादाले सानो वा ठुलो सेवाकेन्द्रको चक्कर लगाउनुभयो भने वायुमण्डल कस्तो हुनुर्ला? जसरी आजको दिन स्नेह र शक्तिको दिन हो, त्यसैगरी गाउँ गाउँका सेन्टर, ठुला सेन्टर सबैको वायुमण्डल चैतन्य मन्दिर होस्। नकारात्मकलाई सकारात्मक बनाउनु, यसमा “पहिला म”। “पहिला तपाईं” नभन, “पहिला म”, किनकि बापदादा र एडभान्स पार्टी र आजकाल त प्रकृतिले पनि प्रतीक्षा गरिरहेको छ। प्रबन्ध गर्ने तिमी हौ, तिमीले प्रतीक्षा गर्नुछैन, प्रबन्ध गर्नुछ।

आज चारैतिर भय फैलिएको छ, दुनियाँका अधिकांश मानिसहरू सबैको दिलमा एउटै सङ्कल्प छ, भोलि के हुने हो! तिमीलाई थाहा छ भोलि के हुन्छ! त्यसैले परिवर्तन गर्नमा पहिला म निमित्त बन्नेछु, यो सङ्कल्प कसले गर्छ? यसमा हात उठाऊ। गर्नुपर्छ, गर्नुपर्छ। परिवर्तन गर्नुपर्छ। रक्षक बन्नुपर्छ। केही छोड्नुपर्छ र प्रेम लिनुपर्छ। मनको हात उठायौ वा यो हात उठायौ? कसले मनको हात उठायौ? किनकि मन परिवर्तन भयो भने विश्व परिवर्तन हुन्छ। त्यसैले यो वर्षमा के स्लोगन हुनेछ? के स्लोगन हुनेछ? “नो प्रोब्लम”। विजयको झण्डा दिलमा लहराउँछ र सबैले खुसीको डान्स सदा मनमा गर्छन्, मनको डान्स हो खुसी। त्यसैले हर पल खुसीको डान्स गर्नछन्। दाताका बच्चा हौ भने जोसुकै आए पनि हरेकलाई कुनै न कुनै गुणको उपहार देऊ। त्यसपछि एक सेकेन्डमा त्यो दृढ सङ्कल्प,दाताको सङ्कल्प लिफ्ट बन्नेछ र सेकेन्डमा परमधाम, सूक्ष्मवतन, स्थूल मधुबन साकार वतन, जहाँ चाहन्छौ त्यहाँ बिना मेहनतको सेकेन्डमा पुग्नेछौ। जोसुकै सामुन्ने आए पनि उसलाई खाली हात नपठाऊ, कुनै न कुनै गुणको, अनुहारबाट, चालचलनबाट, मुखबाट गुणको सौगात बिना नपठाऊ।

त्यसैले यो वर्षको हरेक महिनाको रिजल्ट आफुसँग पनि राख्नु र यज्ञमा टिचरद्वारा “ओके” को कार्ड पठाउनु, लामो पत्र नपठाउनु, “ओके” को कार्ड पठाउनु। कार्ड पनि लामो नपठाउनु, जुन दुनियाँमा कार्ड चल्छ त्यो होइन, टिचरद्वारा जुन वरदानको कार्ड मिल्छ त्यो पठाउनु। गुणहरूको सौगात, शक्तिहरूको सौगात कति छ? लिस्ट गन्ती गरेमा कति ठुलो लिस्ट छ। जति दिन्छौ, त्यति कम हुँदैन, बढ्दै जान्छ। जसरी भनिन्छ नि छु मन्त्र, त्यसैले यो शिव मन्त्रले कहिल्यै तिमीमा कुनै गुण कम हुँदैन, झन् बढ्छ किनकि उखान छ, ज्ञान दान गरेमा ग्रहण छुट्छ। अच्छा।

यस पटक जो पहिलो पटक आएका छौ, तिमीहरू उठ। राम्रो छ। (मध्य प्रदेशका राज्यपाल सामुन्ने बसेका छन्) यस सङ्गठनमा पाल्नुभएको छ, राम्रो छ। बापदादा तिमी सबैलाई, पहिलो पटक आउनेहरूलाई यो वरदान दिइरहनुभएको छ– सदा बाबासँग गुडमर्निङ र गुडनाइट अवश्य गर्नु किनकि सबेरै आँखा खुल्ने बित्तिकै बाबालाई देख्यौ भने सारा दिन राम्रो हुन्छ। त्यसैले पहिलो पटक आउने बच्चाहरूलाई बापदादाको पदमगुणा यादप्यार एवं बधाई छ। अच्छा।

अहिले सबै सदा जुन चार कुरा सुनाएँ र पाँचौँ जिरो र हिरोको कुरा सुनाएँ, त्यसैले यी कुराहरूको मनन गर्दै मग्न अवस्थामा रहने ब्राह्मण सो फरिस्ता आत्माहरू, देवता बन्ने त तिम्रो जन्मसिद्ध अधिकार हो, फरिस्ता सो देवता हौ नै, त्यसैले सदा स्नेहको लवमा लीन, लवलीन रहने, सदा दृढताको सङ्कल्पको चाबीलाई मनमा, बुद्धिमा स्मृतिमा राख्ने, किनकि यो चाबीको पछाडि मायाले धेरै चक्कर लगाउँछ। त्यसैले मन र बुद्धिले सदा समर्थ रहने चारैतिरका बच्चाहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

दादी जानकी सँग:– चक्कर लगाएर आयौ, धेरै राम्रो। जे गरिरहेकी छौ, धेरै राम्रो। बाबालाई चित्र याद आयो– जगदम्बा बीचमा उभिएकी छन्, झण्डा लहराइरहेकी छन् र पछाडि सबै शक्तिहरू साथमा उभिएका छन्। त्यसैले अब त्यो चित्र बापदादाले विश्वको सामुन्ने देखाउन चाहनुहुन्छ। सारा ब्राह्मणहरूबाट यस्तो शक्ति सेना तयार गर, जो निमित्त बन्छन्, चक्कर लगाउँदै वायुमण्डललाई पावरफुल बनाउँछन् र दृढ सङ्कल्प गर्छन्– हामीले यो दृढ सङ्कल्प राख्छौँ, हामीले वायुमण्डललाई परिवर्तन गरेर देखाउँछौँ। यो झण्डा उठाऊ। यस्तो ग्रुप निकाल, जसले चक्कर लगाएर वायुमण्डललाई ठीक पार्छ, आफ्नो स्थिति, वाणी र सङ्गले। यस्तो ग्रुप तयार गरेर देखाऊ। त्यसैले बापदादालाई चित्र याद आयो, त्यसैले यो प्राक्टिकल हुनुपर्छ। यस्तो नभन– समय मिल्दैन। कसैले भन्दैन, समय मिल्दैन। समय मिल्छ शुभभावना छ भने, यस्तो ग्रुप बनाएर बापदादालाई देऊ। अच्छा।

युथ ग्रुपसँग:– यो वर्षमा जति पनि ब्राह्मणहरूका मर्यादाहरू छन्, एक एक मर्यादालाई पूर्ण रीतिले, मनसाले, वाचाले, कर्मणाले र सम्बन्ध-सम्पर्कले, चारै रूपमा पालन गर्नेवाला होस्– यस्तो ग्रुप तयार गर, यो वर्षमा कुनै पनि मर्यादा भङ्ग नहोस्। यस्तो ग्रुप बनाऊ, आपसमा बनाऊ। जो ओटे सो अर्जुन । यो कुरा राम्रो लाग्यो? कसले गर्छ? तिमीले गर्छौ? हात उठाऊ। गर्छौ? सबै युवाले गर्छौ? कति छन्? (४००) आपसमा ग्रुप ग्रुपमा पक्का निश्चय गर, फेरि सरकारलाई देखाउनेछौ– यिनीहरू मर्यादा पुरुषोत्तम हुन्। सरकारले पनि चाहन्छ तर गर्न सक्दैन, तिमीहरूले गरेर देखाऊ। उदाहरण बनेर देखाऊ। होमवर्क मिल्यो नि। बापदादा यही चाहनुहुन्छ– चारैतिरका ब्राह्मण आत्माहरूले यो वर्षमा कमाल गरेर देखाउनुछ। व्यर्थ सङ्कल्पको धमाल (हङ्गामा) पनि नहोस्। शुद्ध सङ्कल्प यति जम्मा गर, जसले गर्दा व्यर्थलाई आउने समय नमिलोस्। छ नि त्यस्तो खजाना! शुद्ध सङ्कल्पको यति खजाना जम्मा छ? छ, हात उठाऊ। शक्तिहरू पनि छन्, राम्रो छ, शक्तिहरू पनि उदाहरण बनुन् र पाण्डव पनि उदाहरण बनुन्। अच्छा। बापदादा खुसी हुनुहुन्छ।

वरदान:–
सूक्ष्म सङ्कल्प हरूको बन्धनबाट पनि मुक्त बनेर उच्च स् थिति को अनुभव गर्ने निर्बन्धन भव

जुन बच्चाहरू जति निर्बन्धन छन्, त्यति उच्च स्टेजमा स्थित रहन सक्छन्, त्यसैले चेक गर– मनसा-वाचा वा कर्मणामा कुनै सूक्ष्म धागो पनि जोडिएको त छैन! एक बाबा सिवाय अरू कोही याद नआओस्। आफ्नो देह पनि याद आयो भने देहका साथ देहका सम्बन्ध, पदार्थ, दुनियाँ सबै एकको पछाडि आउँछन्। म निर्बन्धन हुँ– यो वरदानलाई स्मृतिमा राखेर सारा दुनियाँलाई मायाको जालबाट मुक्त गर्ने सेवा गर।

स्लोगन:–
देहीअभिमानी स्थितिद्वारा तन र मनको हलचललाई समाप्त गर्नेहरू नै अचल रहन्छन्।

अव्यक्त इसारा:– “निश्चयको जगलाई मजबुत बनाए र सदा निर्भय र निश्चि न् त ह ोऊ ।”

समस्याहरूको काम हो आउनु, निश्चयबुद्धि आत्माको काम हो समाधानस्वरूपले समस्यालाई परिवर्तन गर्नु। किन? तिमी हरेक ब्राह्मण आत्माले ब्राह्मण जन्म लिने बित्तिकै मायालाई च्यालेन्ज गरेका छौ– हामी मायाजीत बन्नेछौँ। त्यसैले समस्याको स्वरूप मायाको स्वरूप हो। च्यालेन्ज गरेका छौ भने मायाले सामना त गर्नेछ तर तिमीले त्यसलाई निश्चयबुद्धि विजयी स्वरूपले, नथिङ न्यु सम्झेर पार गरेमा बेफिक्र बादसाह हुनेछौ।