08.04.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमीले देह अभिमानको ढोका बन्द गरिदियौ भने मायाका तुफान आउन बन्द हुन ेछ न्।”

प्रश्न:–
जुन बच्चाहरूको विशाल बुद्धि छ, उनीहरूका निसानीहरू सुनाऊ।

उत्तर:–
१- उनीहरूलाई सारा दिन सेवाकै ख्याल चलिरहन्छ। २- उनीहरू सेवाबिना रहन सक्दैनन्। ३- उनीहरूको बुद्धिमा हुन्छ– कसरी सारा विश्वमा घेरा हालेर सबैलाई पतितबाट पावन बनाऊँ। उनीहरूले विश्वलाई दुःखधामबाट सुखधाम बनाउने सेवा गरिरहन्छन्। ४- उनीहरूले धेरैलाई आफूसमान बनाइरहन्छन्।

ओम् शान्ति ।
रुहानी बाबा बसेर मीठा-प्यारा बच्चाहरूलाई सम्झाउनुहुन्छ, प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झेर म बाबालाई याद गरेमा तिम्रा सबै दुःख सदाको लागि मेटिनेछन्। आफूलाई आत्मा सम्झेर सबैलाई भाइ भाइको दृष्टिले हेर्ने गरेमा देहको दृष्टि वृत्ति परिवर्तन हुनेछ। बाबा पनि अशरीरी हुनुहुन्छ, तिमी आत्मा पनि अशरीरी हौ। बाबाले आत्माहरूलाई नै देख्नुहुन्छ, सबै अकालतख्तमा विराजमान आत्माहरू हुन्। तिमीले पनि आत्मा भाइ भाइको दृष्टिले हेर, यसमा धेरै मेहनत छ। देहको भानमा आएपछि नै मायाका तुफान आउँछन्। यो देह अभिमानको ढोका बन्द गरिदियौ भने मायाका तुफानहरू आउन बन्द हुनेछन्। यो देहीअभिमानी बन्ने शिक्षा सारा कल्पमा यस पुरुषोत्तम सङ्गमयुगमा बाबाले नै तिमी बच्चाहरूलाई दिनुहुन्छ।

मीठे-मीठे सिकिलधे बच्चाहरू! तिमीलाई थाहा छ अहिले हामी नर्कको किनार छोडेर अगाडि बढिरहेका छौँ, बीचमा यो पुरुषोत्तम सङ्गमयुग बिल्कुल भिन्नै छ। बीचको दरियामा (समुद्रमा) तिम्रो बोट (डुङ्गा) छ। तिमी न सत्ययुगी हौ, न कलियुगी हौ। तिमी हौ पुरुषोत्तम सङ्गमयुगी सर्वोत्तम ब्राह्मण। सङ्गमयुग हुन्छ नै ब्राह्मणहरूको। ब्राह्मण हुन् टुपी। यो ब्राह्मणहरूको धेरै छोटो युग हो। यो एउटै जन्मको युग हुन्छ। यो हो तिम्रो खुसीको युग। खुसी कुन कुराको छ? भगवानले हामीलाई पढाउनुहुन्छ! यस्ता विद्यार्थीलाई कति खुसी हुन्छ! अहिले तिम्रो बुद्धिमा सारा चक्रको ज्ञान छ। अहिले हामी सो ब्राह्मण हौँ अनि हामी सो देवता बन्छौँ। पहिला आफ्नो घर स्विट होममा जानेछौँ अनि नयाँ दुनियाँमा आउनेछौँ। हामी ब्राह्मण नै स्वदर्शनचक्रधारी हौँ। हामीले नै यो बाजोलीको खेल खेल्छौँ। यो विराटरूपलाई पनि तिमी ब्राह्मण बच्चाहरूले नै जानेका छौ, बुद्धिमा सारा दिन यी कुराहरू याद हुनुपर्छ।

प्यारा बच्चाहरू! तिम्रो यो धेरै प्यारो परिवार हो, त्यसैले तिमी हरेक धेरै धेरै प्यारो हुनुपर्छ। बाबा पनि मीठो हुनुहुन्छ त्यसैले बच्चाहरूलाई पनि त्यस्तै मीठो बनाउनुहुन्छ। कहिल्यै कसैमाथि रिस गर्नुहुँदैन। मनसा, वाचा, कर्मणा कसैलाई दुःख दिनुहुँदैन। बाबाले कहिल्यै कसैलाई दुःख दिनुहुन्न। जति बाबालाई याद गर्नेछौ त्यति मीठो बन्दै जानेछौ। बस यस यादबाट नै बेडा पार हुन्छ– यो हो यादको यात्रा। याद गर्दागर्दै शान्तिधाम हुँदै सुखधाम जानुछ। बाबा आउनुभएकै हो बच्चाहरूलाई सदा सुखी बनाउन। बाबाले भूतहरूलाई भगाउने युक्ति बताउनुहुन्छ– मलाई याद गरेमा यी भूतहरू निस्कँदै जानेदछन्। कुनै पनि भूतलाई साथमा नलैजाऊ। कसैमा भूत छ भने यहाँ नै मसँगै छोडेर जाऊ। तिमीले भन्छौ नै– बाबा आएर हाम्रा भूतहरूलाई निकालेर पतितबाट पावन बनाउनुहोस्! त्यसैले बाबाले तिमीहरूलाई पनि कति फूलसमान बनाउनुहुन्छ! बाबा र दादा दुवै मिलेर तिमी बच्चाहरूको शृङ्गार गर्नुहुन्छ। मातापिताले नै बच्चाहरूको शृङ्गार गर्छन् नि। उनीहरू हुन् हदका पिता– उहाँ हुनुहुन्छ बेहदको बाबा। त्यसैले प्यारा बच्चाहरू! धेरै प्यारले चल्नु र चलाउनुछ। सबै विकारहरूको दान दिनुपर्छ, दे दान तो छूटे ग्रहण। यसमा कुनै बहाना आदिको कुरा छैन। प्यारले तिमीले कसैलाई पनि वश पार्न सक्छौ। प्यारले सम्झाऊ, प्यार धेरै मीठो चिज हो– सिंहलाई, हात्तीलाई, जनावरहरूलाई पनि मानिसले प्यारले वश पार्छन्। तिनीहरू त झन् आसुरी मानिस हुन्। तिमी त अब देवता बनिरहेका छौ। त्यसैले दैवीगुण धारण गरेर धेरै धेरै मीठो बन्नुछ। एकअर्कालाई भाइ भाइ अथवा दिदीभाइको दृष्टिले हेर। आत्माले आत्मालाई कहिल्यै दुःख दिन सक्दैन। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म तिमीलाई स्वर्गको राज्यभाग्य दिन आएको छु। अब तिमीलाई जे चाहिन्छ त्यो मसँग लेऊ। म त तिमीलाई विश्वको मालिक डबल सिरताज बनाउन आएका छु। तर मेहनत तिमीले गर्नुछ। मैले कसैमाथि ताज राख्दिनँ। तिमीले आफ्नो पुरुषार्थबाट नै आफूलाई राजतिलक दिनुछ। बाबाले पुरुषार्थको युक्ति बताउनुहुन्छ– यसरी यसरी आफूलाई विश्वको मालिक डबल सिरताज बनाउन सक्छौ। पढाइमा पूरा ध्यान देऊ। कहिल्यै पनि पढाइलाई नछोड। कुनै पनि कारणले रिसाएर पढाइलाई छोड्यौ भने धेरै धेरै घाटा पर्नेछ। घाटा र फाइदालाई हेरिराख। तिमी ईश्वरीय विश्व विद्यालयका विद्यार्थी हौ, ईश्वर बाबासँग पढिरहेका छौ, पढेर पूज्य देवता बनिरहेका छौ। त्यसैले विद्यार्थी पनि त्यस्तै रेग्युलर बन्नुपर्छ। विद्यार्थी जीवन सबैभन्दा उत्तम जीवन हो। जति पढ्नेछौ, पढाउनेछौ अनि आचरण सुधार्नेछौ त्यति सबैभन्दा उत्तम बन्नेछौ।

प्यारा बच्चाहरू! अब तिम्रो यो फिर्ती यात्रा हो, जसरी सत्ययुगबाट त्रेता, द्वापर, कलियुगसम्म तल ओर्लंदै आएका छौ त्यसैगरी अब तिमी कलियुगबाट माथि सत्ययुगसम्म जानुछ। त्रेतायुगसम्म पुगेपछि यी कर्मेन्द्रियहरूको चञ्चलता समाप्त हुनेछ त्यसैले जति बाबालाई याद गर्छौ त्यति तिमी आत्माहरूबाट रजो-तमोको खिया निस्कँदै जानेछ अनि जति खिया निस्कँदै जान्छ त्यति बाबा चुम्बकतर्फ आकर्षण बढ्दै जानेछ। आकर्षण हुँदैन भने अवश्य खिया लागेको छ– खिया निस्केर एकदम सक्कली सुन बन्नु, त्यो हो अन्तिम कर्मातीत अवस्था।

तिमी गृहस्थ व्यवहारमा, प्रवृत्तिमा रहेर पनि कमल पुष्पसमान बन्नुछ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! घर गृहस्थलाई पनि सम्हाल, शरीर निर्वाह अर्थ कामकाज पनि गर। साथसाथै यो पढाइ पनि पढिराख। गायन पनि छ– हथ कार डे, दिल यार डे। कामकाज गर्दा एक मासुक बाबालाई याद गर्नुछ। तिमी आधाकल्पका आसिक हौ। नवधा भक्तिमा पनि हेर न श्रीकृष्ण आदिलाई कति प्रेमले याद गर्छन्। त्यो हो नवधा भक्ति, अटल भक्ति। श्रीकृष्णको अटल याद हुन्छ तर त्यसबाट कसैलाई मुक्ति मिल्दैन। यो फेरि हो निरन्तर याद गर्ने ज्ञान। बाबा भन्नुहुन्छ– म पतितपावन बाबालाई याद गरेमा तिम्रा पाप नाश हुन्छन्, तर माया पनि धेरै बलवान छ। कसैलाई छोड्दैन। मायाबाट बारम्बार हार खाएमा त शिर झुकाउनुपर्छ र पश्चात्ताप गर्नुपर्छ। बाबाले बच्चाहरूलाई श्रेष्ठ मत दिनु हुन्छ नै श्रेष्ठ बन्नको लागि। बाबाले देख्नुहुन्छ बच्चाहरूले त्यति मेहनत गर्दैनन् त्यसैले बाबालाई दया लाग्छ। यो अभ्यास अहिले गरेनौ भने फेरि धेरै सजाय खानुपर्नेछ अनि कल्प कल्प पाईपैसाको पद पाइरहनेछौ।

बाबाले बच्चाहरूलाई यो मूल कुरा सम्झाउनुहुन्छ– देहीअभिमानी बन। देहसहित देहका सबै सम्बन्धहरूलाई भुलेर म एकलाई याद गर, पावन पनि अवश्य बन्नुछ। कुमारी पवित्र हुँदासम्म सबैले उनलाई ढोग्छन्। विवाह गरेपछि फेरि पुजारी बन्छिन्। सबैको अगाडि शिर झुकाउनुपर्छ। कन्या पहिला माइतीघरमा हुँदा त्यति धेरै सम्बन्ध याद आउँदैनन्। विवाहपछि देहका सम्बन्ध पनि बढ्दै जान्छन् अनि पति बच्चाहरूमा मोह बढ्दै जान्छ। सासुससुरा आदि सबै याद आइरहन्छन्। पहिला त केवल आमाबुबामा नै मोह हुन्छ। यहाँ त फेरि ती सबै सम्बन्धहरूलाई बिर्सनुपर्छ किनकि उहाँ एउटै तिम्रो सच्चा सच्चा मातापिता हुनुहुन्छ नि। यो हो ईश्वरीय सम्बन्ध। गायन गर्छन् पनि– त्वमेव माता च पिता त्वमेव... उहाँ मातापिताले त तिमीलाई विश्वको मालिक बनाउनुहुन्छ त्यसैले बाबा भन्नुहुन्छ– म बेहदको बाबालाई निरन्तर याद गर अनि कुनै पनि देहधारीसँग ममत्व नराख। स्त्रीलाई कलियुगी पतिको कति याद हुन्छ, तिनले त नालीमा गिराउँछन्। यहाँ बेहदको बाबाले त तिमीलाई स्वर्गमा लैजानुहुन्छ। यस्तो मीठा बाबालाई धेरै प्यारले याद गर अनि स्वदर्शन चक्र फिराइराख। यही यादको बलबाट नै तिम्रो आत्मा कञ्चन बनेर स्वर्गको मालिक बन्नेछ। स्वर्गको नाम सुनेर नै मन खुसी हुन्छ। जसले निरन्तर याद गर्छन् र अरूलाई पनि याद गराइरहन्छन् उनीहरूले नै उच्च पद पाउनेछन्। यो पुरुषार्थ गर्दागर्दै अन्त्यमा तिम्रो त्यो अवस्था हुनेछ। यो दुनियाँ पनि त पुरानो छ, देह पनि पुरानो छ, देहसहित देहका सबै सम्बन्ध पनि पुराना छन्। ती सबैबाट बुद्धियोग हटाएर एक बाबासँग जोड्नुछ, जसले गर्दा अन्त्यकालमा पनि उहाँ एक बाबाको नै याद रहोस्, कसैको सम्बन्ध याद भयो भने फेरि अन्त्यमा पनि त्यो याद आउनेछ अनि पद भ्रष्ट हुनेछ। अन्त्यकालमा जो बेहदका बाबाको यादमा रहनेछन् उनीहरू नै नरबाट नारायण बन्नेछन्। बाबाको याद छ भने फेरि शिवालय टाढा छैन।

मीठे-मीठे सिकिलधे बच्चाहरू, बेहदको बाबाकहाँ आउँछन् नै रिफ्रेस हुनको लागि किनकि बच्चाहरूलाई थाहा छ बेहदको बाबाबाट बेहदको विश्वको बादसाही मिल्छ। यो कहिल्यै भुल्नुहुँदैन। त्यो सदैव याद रह्यो भने पनि बच्चाहरूलाई अपार खुसी हुन्छ। यो ब्याज हिँड्दाडुल्दा घरी घरी हेरिराख– एकदम हृदयमा लगाऊ। ओहो! भगवानको श्रीमतबाट हामी यस्ता बनिरहेका छौँ। बस ब्याजलाई हेरेर उहाँ बाबालाई पनि प्यार गरिराख। बाबा, बाबा भनिरह्यौ भने सदैव स्मृति रहन्छ। हामी बाबाद्वारा यो बन्छौँ। बाबाको श्रीमतमा चल्नुपर्छ नि। प्यारा बच्चाहरूको धेरै विशाल बुद्धि हुनुपर्छ। सारा दिन सेवाकै ख्याल चलिरहोस्। बाबालाई त ती बच्चाहरू चाहिन्छन् जो सेवाबिना रहन नसक्दैनन्। तिमी बच्चाहरूले सारा विश्वमा घेराउ गर्नुछ अर्थात् पतित दुनियाँलाई पावन बनाउनुछ। सारा विश्वलाई दुःखधामबाट सुखधाम बनाउनुछ। टिचरलाई पनि पढाउन मजा आउँछ नि। तिमी त अब धेरै उच्च टिचर बनेका छौ। जति राम्रो टिचर, त्यति उनीहरूले धेरैलाई आफूसमान बनाउनेछन्, कहिल्यै थाक्नेछैनन्। ईश्वरीय सेवामा धेरै खुसी हुन्छ। बाबाको मदत मिल्छ। यो ठुलो बेहदको व्यापार पनि हो, व्यापारी मानिसहरू नै धनवान बन्छन्। उनीहरू यस ज्ञानमार्गमा पनि बढी उमङ्गमा हुन्छन्। बाबा पनि बेहदको व्यापारी हुनुहुन्छ नि। सौदा धेरै फर्स्टक्लास छ तर यसमा धेरै साहस धारण गर्नुपर्छ। नयाँ नयाँ बच्चाहरू पुरानाहरूभन्दा पनि पुरुषार्थमा अगाडि बढ्न सक्छन्। हरेकको आआफ्नो तकदिर छ, त्यसैले पुरुषार्थ पनि हरेकले स्वयं गर्नुछ। आफ्नो पूरै चेकिङ गर्नुपर्छ। यस्तो चेकिङ गर्नेहरू एकदम दिनरात पुरुषार्थमा लाग्छन्, भन्छन्– हामीले आफ्नो समय किन व्यर्थमा गुमाउने! जति हुनसक्छ समय सफल पारौँ। आफैसँग पक्का प्रण गर्छन्, हामीले बाबालाई कहिल्यै भुल्दैनौँ। छात्रवृत्ति लिएर नै छोड्नेछौँ। यस्ता बच्चाहरूलाई फेरि मदत पनि मिल्छ। यस्ता नयाँ नयाँ पुरुषार्थी बच्चाहरू पनि तिमीले देख्नेछौ। साक्षात्कार गरिरहनेछौ। जस्तो सुरुमा साक्षात्कार भयो त्यही फेरि अन्त्यमा देख्नेछौ। जति नजिक हुँदै जानेछौ त्यति खुसीमा नाचिरहनेछौ। उता अनाहकमा रगतको खेल पनि चलिरहनेछ।

तिमी बच्चाहरूको ईश्वरीय रेस चलिरहेको छ, जति अगाडि दौडँदै जानेछौ त्यति नयाँ दुनियाँका नजाराहरू पनि नजिक आउँदै जानेछन्, खुसी बढ्दै जानेछ। जसले नजारा नजिक देख्दैनन् उनीहरूलाई खुसी पनि हुँदैन। अब त कलियुगी दुनियाँसँग वैराग्य र सत्ययुगी नयाँ दुनियाँसँग धेरै प्यार हुनुपर्छ। शिवबाबाको याद रह्यो भने स्वर्गको वर्सा पनि याद हुन्छ। स्वर्गको वर्सा याद रह्यो भने शिवबाबाको पनि याद हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ अहिले हामी स्वर्गतिर गइरहेका छौँ, पाउ नर्कतिर छन्, शिर स्वर्गतिर छ। अहिले त सानाठुला सबैको वानप्रस्थ अवस्था हो। बाबालाई सदैव यो नसा हुन्छ– ओहो! म गएर यो बाल-कृष्ण बन्छु, जसको लागि पहिल्यै (इन एडभान्स) सौगातहरू पनि पठाइरहन्छन्। जसलाई पूरा निश्चय छ तिनै गोपीहरूले नै सौगातहरू पठाउँछन्, उनीहरूलाई अतीन्द्रिय सुखको भासना आउँछ। हामी नै अमरलोकमा देवता बन्नेछौँ। कल्प पहिला पनि हामी नै बनेका थियौँ फेरि हामीले नै ८४ पुनर्जन्म लिएका छौँ। यो बाजोलीको खेल याद रह्यो भने पनि अहो सौभाग्य– सदैव अथाह खुसीमा रहनुछ, किनकि तिमीहरूलाई धेरै ठुलो चिट्ठा मिलिरहेको छ। ५००० वर्ष पहिला पनि हामीले राज्यभाग्य पाएका थियौँ फेरि भोलि पनि पाउनेछौँ। ड्रामामा पहिल्यै निश्चित छ। जसरी कल्प पहिला जन्म लिएका थियौँ त्यसरी नै लिनेछौँ, उहाँहरू नै हाम्रा आमाबुबा हुनुहुन्छ। जो श्रीकृष्णको पिता थिए उनी नै फेरि बन्नेछन्। यस प्रकारले जसले सारा दिन विचार गरिरहन्छन् उनीहरू धेरै रमणीकतामा रहन्छन्। विचार सागर मन्थन गर्दैनन् अर्थात् अस्वस्थ छन्। गाईले भोजन खाएपछि सारा दिन उग्राइरहन्छ, मुख चलिरहन्छ। मुख चलेन भने सम्झिन्छ यो गाई बिरामी छ, यो पनि यस्तै हो।

बेहदको बाबा र दादा दुवैको मीठा-प्यारा बच्चाहरूसँग धेरै लभ छ, बाबाले कति प्यारले पढाउनुहुन्छ। कालोबाट गोरो बनाउनुहुन्छ। त्यसैले बच्चाहरूलाई पनि खुसीको पारा चढ्नुपर्छ। पारा चढ्छ यादको यात्राबाट। बाबाले कल्प कल्प धेरै प्यारले लवली सेवा गर्नुहुन्छ। ५ तत्त्वसहित सबैलाई पावन बनाउनुहुन्छ। यो कति ठुलो बेहदको सेवा हो। बाबाले धेरै प्यारले बच्चाहरूलाई शिक्षा पनि दिइरहनुहुन्छ किनकि बच्चाहरूलाई सुधार्ने बाबा वा टिचरकै काम हो। बाबाको हो श्रीमत, जसबाट नै श्रेष्ठ बन्नेछौ। जति प्यारले याद गर्नेछौ त्यति श्रेष्ठ बन्नेछौ। यो पनि चार्टमा लेख्नुपर्छ– हामी श्रीमतमा चल्छौँ वा आफ्नो मतमा चल्छौँ? श्रीमतमा चलेपछि नै तिमी एक्युरेट बन्नेछौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) आफैसँग प्रण गर्नुछ– मैले आफ्नो समय व्यर्थमा त गुमाएको छैन। सङ्गमको हरपल सफल गर्नेछु। मैले बाबालाई कहिल्यै भुल्नेछैन। छात्रवृत्ति लिएर नै छोड्नेछु।

२) सदा स्मृति रहोस्, अहिले हाम्रो वानप्रस्थ अवस्था हो। पाउ नर्कतिर, शिर स्वर्गतिर छ। बाजोलीको खेललाई याद गरेर अथाह खुसीमा रहनुछ। देहीअभिमानी बन्ने मेहनत गर्नुछ।

वरदान:–
आफ्नो सर्वश्रेष्ठ पोजिसनको खुमारी नशा द्वारा अनेक आत्माहरूको कल्याण गर्ने अथोरिटी स्वरूप भव

हामी अलमाइटी अथोरिटीका बच्चाहरू हौँ– यो हो सर्वश्रेष्ठ पोजिसन, यस पोजिसनको खुमारी नशामा रह्यौ भने मायाको अधीनता समाप्त हुनेछ। यही अथोरिटीको स्वरूप बनेमा कुनै पनि आत्माको कल्याण गर्न सक्नेछौ। जो सदा यस खुमारीमा रहन्छन् उनीहरूले सदाकालको राज्यभाग्य प्राप्त गर्छन्। यही अथोरिटी सदा कायम राख्यौ भने विश्व तिम्रो अगाडि झुक्छ, तिमी कसैको अगाडि झुक्न पर्दैन।

स्लोगन:–
करावनहार बाबाको स्मृतिद्वारा मैँपनलाई समाप्त गर।

अव्यक्त इसारा:– महान् बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर।

मधुरताद्वारा बाबाको समीपताको साक्षात्कार गराऊ। तिम्रो सङ्कल्पमा पनि मधुरता, बोलीमा पनि मधुरता, कर्ममा पनि मधुरता होस्– यही बाबाको समीपता हो त्यसैले बाबाले पनि दिनहुँ भन्नुहुन्छ– ‘मीठा-प्यारा बच्चाहरू!’ अनि बच्चाहरूले पनि जवाफ दिन्छन्– ‘मीठे-मीठे बाबा’। यही दिनहुँको मधुर बचनले मधुर बनाइदिन्छ।