08.05.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
देहीअभिमानी बनेर बाबालाई याद गर्यौ भने यादको बल जम्मा हुन्छ , यादको बलले तिमीले
सारा विश्वको राज्य लिन सक्छौ।”
प्रश्न:–
कुन कुरा तिमी
बच्चाहरूको सङ्कल्प-स्वप्नमा पनि थिएन, जुन प्राक्टिकल भएको छ?
उत्तर:–
तिमीहरूको
सङ्कल्प-स्वप्नमा पनि थिएन– हामी भगवानसँग राजयोग सिकेर विश्वको मालिक बन्छौँ।
राज्य भाग्यको लागि पढाइ पढ्छौँ। अहिले तिमीहरूलाई अथाह खुसी छ– सर्वशक्तिमान
बाबाबाट शक्ति लिएर हामी सत्ययुगी स्वराज्य अधिकारी बन्छौँ।
ओम् शान्ति ।
यहाँ (सन्दलीमा)
बच्चीहरू बस्छन् प्राक्टिसको लागि। वास्तवमा यहाँ उनीहरू बस्नुपर्छ जो देहीअभिमानी
बनेर बाबाको यादमा बस्छन्। यदि यादमा बस्दैनन् भने उनीहरू टिचर कहलाउन सक्दैनन्।
यादमा शक्ति हुन्छ, ज्ञानमा शक्ति हुँदैन। यसलाई भनिन्छ नै– यादको बल। योगबल
संन्यासीहरूको शब्द हो। बाबाले कठिन शब्द काममा ल्याउनुहुन्न। बाबा भन्नुहुन्छ–
बच्चे, अब बाबालाई याद गर। जस्तै साना बच्चाले आमा-बुबालाई याद गर्छन् नि। उनीहरू त
देहधारी हुन्। तिमी बच्चाहरू हौ विचित्र। यो चित्र (देह) यहाँ तिमीहरूलाई मिल्छ।
तिमीहरू विचित्र देशका निवासी हौ। त्यहाँ चित्र हुँदैन। पहिला सुरुमा यो पक्का
निश्चय गर्नुछ– हामी त आत्मा हौँ त्यसैले बाबा भन्नुहुन्छ– बच्चे, देहीअभिमानी बन,
आफूलाई आत्मा निश्चय गर। तिमीहरू निर्वाण देशबाट आएका हौ। त्यो तिमी सबै आत्माहरूको
घर हो। यहाँ पार्ट खेल्न आउँछौ। सबैभन्दा पहिला को आउँछन्? यो पनि तिमीहरूको
बुद्धिमा छ। दुनियाँमा कोही छैन जसलाई यो ज्ञान हुन्छ। बाबा भन्नुहुन्छ–अब शास्त्र
आदि जे जति पढ्छौ ती सबैलाई बिर्सिदेऊ। श्रीकृष्णको महिमा,फलानाको महिमा कति गर्छन्।
गान्धीको पनि कति महिमा गर्छन्। मानौँ उनीहरूले रामराज्य स्थापना गरेर गए। तर शिव
भगवानुवाच आदि सनातन राजा-रानीको राज्यको जुन काइदा थियो, बाबाले राजयोग सिकाएर
राजा-रानी बनाउनुभयो, त्यो ईश्वरीय रसमरिवाजलाई पनि तिनीहरूले तोडिदिए। उनीहरूले भने–
राज्य भाग्य चाहिँदैन, हामीलाई प्रजाको प्रजामाथि राज्य चाहिन्छ। अब त्यसको के हालत
भयो! दु:खै दु:ख, लडाइँझगडा गरिरहन्छन्। अनेक मत भएका छन्। अहिले तिमी बच्चाहरूले
श्रीमतमा राज्य लिन्छौ। तिमीहरूमा यति तागत हुन्छ कि त्यहाँ सेना आदि हुँदैनन्। डरको
कुनै कुरा हुँदैन। यी लक्ष्मी-नारायणको राज्य थियो, अद्वैत राज्य थियो। दुई छँदै
थिएन, जसबाट ताली बजोस्। त्यसलाई भनिन्छ नै अद्वैत राज्य। तिमी बच्चाहरूलाई बाबाले
देवता बनाउनुहुन्छ। फेरि द्वैतबाट दैत्य बन्छन् रावणद्वारा। अहिले तिमी बच्चाहरूलाई
थाहा छ– हामी सारा विश्वका मालिक थियौँ। तिमीहरूलाई विश्वको राज्य केवल यादको बलबाट
मिलेको थियो। अब फेरि मिलिरहेको छ। कल्प कल्प मिल्छ, केवल यादको बलबाट। पढाइमा पनि
बल छ। जस्तै ब्यारिस्टर बने भने बल हुन्छ नि। त्यो हो पाई पैसाको बल। तिमीहरूले
योगबलबाट विश्वमा राज्य गर्छौ। सर्वशक्तिमान बाबाबाट बल मिल्छ। तिमीहरूले भन्छौ–
बाबा, हामीले कल्प कल्प हजुरसँग सत्ययुगको स्वराज्य लिन्छौँ फेरि गुमाउँछौँ, फेरि
लिन्छौँ। तिमीहरूलाई पूरा ज्ञान मिलेको छ। अहिले हामीले श्रीमतमा श्रेष्ठ विश्वको
राज्य लिन्छौँ। विश्व पनि श्रेष्ठ बन्छ। यो रचयिता र रचनाको ज्ञान तिमीहरूलाई अहिले
मिलेको छ। यी लक्ष्मी-नारायणलाई पनि हामीले राज्य कसरी लियौँ, यो ज्ञान हुँदैन! यहाँ
तिमीहरूले पढ्छौ फेरि गएर राज्य गर्छौ। कसैले राम्रो धनवानको घरमा जन्म लियो भने
भनिन्छ नि– यसले अघिल्लो जन्ममा राम्रो कर्म गरेको छ, दानपुण्य गरेको छ। जस्तो कर्म
त्यस्तै जन्म मिल्छ। अहिले त यो हो नै रावण राज्य। यहाँ जुन पनि कर्म गर्छन् त्यो
विकर्म हुन्छ। सिँढी ओर्लनु नै छ। सबैभन्दा उच्चभन्दा उच्च देवी-देवता धर्मवालाहरूले
पनि सिँढी ओर्लनुछ। सतो, रजो, तमोमा आउनुछ। हरेक चीज नयाँबाट फेरि पुरानो हुन्छ।
त्यसैले अहिले तिमी बच्चाहरूलाई अथाह खुसी हुनुपर्छ। तिमीहरूको सङ्कल्प-स्वप्नमा पनि
थिएन– हामी विश्वको मालिक बन्छौँ।
भारतवर्ष निवासीलाई
थाहा छ– सारा विश्वमा यी लक्ष्मी-नारायणको राज्य थियो। पूज्य थिए अनि फेरि पुजारी
बनेका छन्। गायन गरिन्छ पनि– आपेही पूज्य, आपेही पुजारी। अब तिमीहरूको बुद्धिमा यो
ज्ञान हुनुपर्छ। यो ड्रामा त बडो वन्डरफुल (अदभुत) छ। कसरी हामीले ८४ जन्म लिन्छौँ,
त्यसलाई कसैले जान्दैनन्। शास्त्रहरूमा ८४ लाख जन्म भनिदिन्छन्। बाबा भन्नुहुन्छ–
यी सबै भक्तिमार्गका गफ हुन्। रावण राज्य हो नि। रामराज्य र रावण राज्य कसरी हुन्छ,
यो तिमी बच्चाहरू बाहेक अरू कसैको बुद्धिमा छैन। रावणलाई हरेक वर्ष जलाउँछन्,
त्यसैले दुस्मन हो नि। ५ विकार मनुष्यका दुस्मन हुन्। रावण को हो, किन जलाउँछन्– यो
कसैलाई पनि थाहा छैन। जसले आफूलाई सङ्गमयुगी सम्झन्छन् उनीहरूको स्मृतिमा हुन्छ–
अहिले हामी पुरुषोत्तम बनिरहेका छौँ। भगवानले हामीलाई राजयोग सिकाएर नरबाट नारायण,
भ्रष्टाचारीबाट श्रेष्ठाचारी बनाउनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– हामीलाई
उच्चभन्दा उच्च निराकार भगवानले पढाउनुहुन्छ। कति अथाह खुसी हुनुपर्छ। स्कुलमा
स्टुडेन्टको बुद्धिमा हुन्छ नि– हामी स्टुडेन्ट हौँ। ती त पढाउनेवाला कमन (सामान्य)
टिचर हुन् । यहाँ त तिमीहरूलाई भगवानले पढाउनुहुन्छ। पढाइबाट यति उच्च पद मिल्छ भने
कति राम्रोसँग पढ्नुपर्छ। छ धेरै सजिलो, केवल बिहान आधा-पौने घण्टा पढ्नुछ। सारा
दिन धन्दा आदिमा याद गर्न बिर्सिन्छ त्यसैले यहाँ बिहान आएर यादमा बस्छौ। भनिन्छ–
बाबालाई धेरै प्रेमले याद गर– बाबा, हजुर हामीलाई पढाउन आउनुभएको छ, अहिले हामीलाई
थाहा भयो– हजुर ५ हजार वर्षपछि आएर पढाउनुहुन्छ। बाबाको पासमा बच्चाहरू आउँदा बाबाले
सोध्नुहुन्छ– पहिला कहिल्यै मिलेका थियौ? यस्तो प्रश्न कुनै पनि साधु-संन्यासी आदिले
कहिल्यै सोध्न सक्दैनन्। त्यहाँका सत्सङ्गमा त जो चाह्यो गएर बस्छन्। धेरैलाई देखेर
सबै भित्र पस्छन्। तिमीहरूले पनि अहिले सम्झन्छौ– हामी गीता, रामायण आदि कति खुसीले
गएर सुन्थ्यौँ। बुझेका त केही पनि थिएनौँ। त्यो सबै भक्तिको नै खुसी हो। धेरै खुसीमा
नाचिरहन्छन्। तर फेरि तल ओर्लँदै आउँछन्। किसिम किसिमका हठयोग आदि गर्छन्।
तन्दुरुस्तीको लागि नै सबै गर्छन्। त्यसैले बाबा सम्झाउनुहुन्छ– यी सबै भक्तिमार्गका
रसमरिवाज हुन्। रचयिता र रचनालाई कसैले पनि जान्दैनन्। बाँकी रह्यो नै के। रचयिता
रचनालाई जान्यौ भने तिमी के बन्छौ र जानेनौ भने तिमी के बन्न पुग्छौ? तिमीले जानेर
सम्पन्न बन्छौ, नजान्नेहरू कङ्गाल बन्न पुगेका छन्। गफ हाँकिरहन्छन्। दुनियाँमा के
के भइरहन्छ। कति पैसा, सुन आदि लुट्छन्! अहिले तिमी बच्चाहरूलाई थाहा छ– त्यहाँ त
हामीले सुनका महल बनाउँछौँ। ब्यारिस्टरी आदि पढ्नेलाई भित्र मनमा हुन्छ नि– हामीले
यो परीक्षा पास गरेर फेरि यो गर्नेछौँ, घर बनाउनेछौँ। तिमीहरूको बुद्धिमा किन
आउँदैन– हामीले स्वर्गको प्रिन्सप्रिन्सेज बन्नको लागि पढिरहेका छौँ! कति खुसी
हुनुपर्छ। तर बाहिर जाँदावित्तिनै खुसी हराउँछ। साना साना बच्चीहरू यो ज्ञानमा
लाग्छन्। सम्बन्धीहरूले केही पनि बुझ्दैनन्, भनिदिन्छन्– जादु हो। भन्छन्– हामीले
पढ्न दिँदैनौँ। यस्तो हालतमा नाबालिग भएसम्म आमा-बुबाको कुरा मान्नुपर्छ। हामीले
लिन सक्दैनौँ। धेरै खिटपिट (झगडा) हुन्छ। सुरुमा कति खिटपिट भयो। बच्चीले भन्छन्–
हामी १८ वर्षका हौँ, बाबुले भन्छ– होइन, १६ वर्षकी हो, नाबालिग हो, झगडा गरेर
समातेर लैजान्थे। नाबालिगले मान्नु नै बाबुको हुकुममा चल्नु हो। बालिग छन् भने फेरि
जे चाह्यो सो गर्न सक्छन्। यस्ता नियम पनि छन् नि। बाबा भन्नुहुन्छ– तिमीहरू बाबा
समक्ष आउँदा, आफ्नो लौकिक पिताको चिठी लिएर आउने काइदा छ। फेरि आचरण पनि हेर्नुपर्छ।
आचरण ठीक छैन भने फर्केर जानुपर्छ। खेलमा पनि यस्तै हुन्छ। ठीकसँग खेल्दैनन् भने
उनीहरूलाई भन्छन्– बाहिर जाऊ। इज्जत गुमाउँछौ।
अहिले तिमी
बच्चाहरूलाई थाहा छ– हामी युद्धको मैदानमा छौँ। कल्प कल्प बाबा आएर हामीलाई मायामाथि
विजय दिलाउनुहुन्छ। मूल कुरा नै हो पावन बन्ने। पतित बनेका छन् विकारबाट। बाबा
भन्नुहुन्छ– काम महाशत्रु हो। यो कामले आदि-मध्य-अन्त्य दु:ख दिन्छ। जो ब्राह्मण
बन्छन् उनीहरू नै फेरि देवी-देवता धर्ममा आउँछन्। ब्राह्मणहरूमा पनि नम्बरवार
हुन्छन्। शमा (ज्योति)मा परवाना (पुतली)हरू आउँछन्। कुनै त जलेर मर्छन्, कुनै फन्को
लगाएर जान्छन्। यहाँ पनि आएका छन्, कुनै त एकदम फिदा (बलिहार) हुन्छन्, कुनै सुनेर
फेरि जान्छन्। पहिला त ब्लड (रगत) ले पनि लेखेर दिन्थे– बाबा, हामी हजुरका हौँ।
तैपनि मायाले हराइदिन्छ। मायाको यति युद्ध चल्छ, यसलाई नै युद्ध स्थल भनिन्छ। यो पनि
तिमीहरूले बुझ्दछौ। परमपिता परमात्माले ब्रह्माद्वारा सबै वेद-शास्त्रहरूको सार
सम्झाउनुहुन्छ। चित्र त धेरै बनाइदिएका छन् नि। नारदको उदाहरण पनि यस समयको हो।
सबैले भन्छन्– हामी लक्ष्मी अथवा नारायण बन्छौँ। बाबा भन्नुहुन्छ– आफू भित्र हेर– म
लायक छु? ममा कुनै विकार त छैन? नारद भक्त त सबै छन् नि। यो एक उदाहरण लेखिएको छ।
भक्तिमार्गवालाहरू
भन्छन्– हामीले श्री लक्ष्मीलाई वरण गर्न सक्छौँ? बाबा भन्नुहुन्छ– होइन, ज्ञान
सुनेपछि मात्र सद्गति पाउन सक्छन्। म पतित-पावन नै सबैको सद्गतिदाता हुँ। अहिले
तिमीहरूले बुझेका छौ– बाबाले हामीलाई रावण राज्यबाट मुक्त गरिरहनुभएको छ। त्यो हो
जिस्मानी यात्रा। भगवानुवाच– मनमनाभव। बस्, यसमा धक्का खाने कुरा छैन। ती सबै
भक्तिमार्गका धक्का हुन्। आधाकल्प ब्रह्माको दिन, आधाकल्प हो ब्रह्माको रात।
तिमीहरूले बुझेका छौ– हामी सबै बी.के.को अहिले आधाकल्प दिन हुन्छ। हामी सुखधाममा
हुन्छौँ। त्यहाँ भक्ति हुँदैन। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामी सबैभन्दा धनवान
बन्छौँ, त्यसैले कति खुसी हुनुपर्छ। तिमीहरू सबै पहिला रफ (खस्रो) पत्थर थियौ, अब
बाबाले साँधमा चढाइरहनुभएको छ। बाबा जौहरी पनि हुनुहुन्छ नि। ड्रामा अनुसार बाबाले
रथ पनि अनुभवी लिनुभएको छ। गायन पनि छ– गाउँलेका छोरा। श्री कृष्ण गाउँलेका छोरा
कसरी हुन सक्छन्। उनी त सत्ययुगमा थिए। उनलाई त झुलामा झुलाउँछन्। ताज पहिराउँछन्
फेरि गाउँलेका छोरा किन भन्छन्? गाउँलेका छोरा श्याम ठहरिए। अहिले सुन्दर बन्न आएका
हौ। बाबाले ज्ञानको सानमा चढाउनुहुन्छ नि। यो सतको सङ्ग कल्प कल्प, कल्पमा एकैपटक
मिल्छ। बाँकी सबै हुन् झुटा सङ्ग त्यसैले बाबा भन्नुहुन्छ– हियर नो इभिल.... यस्ता
कुरा नसुन जहाँ हाम्रो र तिमीहरूको ग्लानि गरिरहन्छन्।
जुन कुमारीहरू ज्ञानमा
आउँछन् तिनीहरूले त भन्नसक्छन्–पिताको प्रोपर्टी (सम्पत्ति) मा हाम्रो हक हिस्सा छ।
किन हामीले उनीहरूबाट विश्वको सेवा अर्थ सेन्टर नखोलौँ। कन्या दान त दिनु नै छ। त्यो
हिस्सा हामीलाई देऊ हामीले सेन्टर खोलौँ। धेरैको कल्याण हुन्छ। यस्तो युक्ति
रच्नुपर्छ। यो हो तिमीहरूको ईश्वरीय मिसन। तिमीहरूले पत्थरबुद्धिलाई पारसबुद्धि
बनाउँछौ। जो हाम्रो धर्मका हुन्छन् उनीहरू आउँछन्। एउटै घरमा देवी-देवता धर्मको फूल
निस्केर आउँछ। बाँकी आउँदैनन्। मेहनत लाग्छ नि। बाबाले सबै आत्माहरूलाई पावन बनाएर
सबैलाई लानुहुन्छ त्यसैले बाबाले सम्झाउनुभएको थियो– सङ्गमको चित्रमा लैजाऊ। यतातिर
छ कलियुग, उतातिर छ सत्ययुग। सत्ययुगमा छन् देवताहरू, कलियुगमा छन् असुर। यसलाई
भनिन्छ पुरुषोत्तम सङ्गमयुग। बाबाले नै पुरुषोत्तम बनाउनुहुन्छ। जसले पढ्छन् उनीहरू
सत्ययुगमा आउँछन्, बाँकी सबै मुक्तिधाममा जान्छन्। फेरि आआफ्नो समयमा आउँछन्। यो
गोलाको चित्र बडो राम्रो छ। बच्चाहरूलाई सर्भिसको सोख हुनुपर्छ। हामीले यस्ता यस्ता
सर्विस गरेर, गरिबहरूको उद्धार गरेर उनीहरूलाई स्वर्गको मालिक बनाउँछौँ। अच्छा।
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) आफूले आफैलाई हेर्नु छ– म श्री लक्ष्मी, श्री नारायण समान बन्नसक्छु? ममा कुनै
विकार त छैन? चक्कर लगाउने परवाना हुँ वा फिदा हुने? यस्तो आचरण त छैन जसले गर्दा
बाबाको इज्जत जान्छ?
२) अथाह खुसीमा रहनको
लागि– बिहान सवेरै प्रेमले बाबालाई याद गर्नुछ र पढाइ पढ्नुछ। भगवानले हामीलाई
पढाएर पुरुषोत्तम बनाइरहनुभएको छ, हामी सङ्गमयुगी हौँ, यस नशामा रहनुछ।
वरदान:–
सर्व गुणहरूको
अनुभवद्वारा बाबालाई प्रत्यक्ष गर्ने अनुभवीमूर्त भव
जुन बाबाका गुण गाउँछौ
ती सर्व गुणहरूको अनुभवी बन, जस्तै बाबा आनन्दको सागर हुनुहुन्छ भने त्यही आनन्दको
सागरको लहरहरूमा लहराइराख। जो पनि सम्पर्कमा आउँदा उसलाई आनन्द, प्रेम, सुख... सबै
गुणहरूको अनुभूति गराऊ। यस्ता सर्व गुणहरूका अनुभवीमूर्त बन्यौ भने तिमीद्वारा
बाबाको अनुहार प्रत्यक्ष हुन्छ किनकि तिमी महान् आत्माहरूले नै परमात्मालाई आफ्नो
अनुभवी मूर्तबाट प्रत्यक्ष गर्न सक्छौ।
स्लोगन:–
कारणलाई
निवारणमा परिवर्तन गरेर अशुभ कुरालाई पनि शुभ बनाएर लेऊ।