08.07.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– बाबा
समान अपकारीहरू माथि पनि उपकार गर्न सिक , निन्दकलाई पनि आफ्नो मित्र बनाऊ।”
प्रश्न:–
बाबाको कुनचाहिँ
दृष्टि पक्का छ? तिमी बच्चाहरूले कुनचाहिँ पक्का गर्नु छ?
उत्तर:–
जति पनि
आत्माहरू छन् सबै मेरा सन्तान हुन्, यसमा बाबाको दृष्टि पक्का छ, त्यसैले बच्चे
बच्चे भनिरहनु हुन्छ। तिमीले कहिल्यै पनि कसैलाई बच्चा बच्चा भन्न सक्दैनौ। तिमीले
यो दृष्टि पक्का गर्नु छ– यो आत्मा मेरो भाइ हो। भाइलाई देख, भाइसँग कुरा गर, यसमा
रुहानी प्यार हुन्छ। विकारी विचारहरू समाप्त हुन्छन्। निन्दा गर्ने पनि मित्र
बन्नेछ।
ओम् शान्ति ।
रुहानी बाबा
बसेर सम्झाउनु हुन्छ। रुहानी बाबाको नाम के हो? अवश्य भन्छन् शिव। उहाँ सबैको रुहानी
पिता हुनुहुन्छ, उहाँलाई नै भगवान भनिन्छ। तिमी बच्चाहरूले पनि नम्बरवार पुरुषार्थ
अनुसार बुझ्छौ। यो जुन आकाशवाणी भन्छन्, अब आकाशवाणी कसको निस्कन्छ? शिवबाबाको। यस
मुखलाई आकाश तत्त्व भनिन्छ। आकाश तत्त्वबाट वाणी त सबै मनुष्यहरूको निस्कन्छ। जति
पनि सबै आत्माहरू छन्, तिनले आफ्नो पितालाई भुलेका छन्। अनेक प्रकारका गायन
गरिरहन्छन्। तर जानेका केही पनि छैनन्। गायन पनि यहाँ गर्छन्। सुखमा त कसैले पनि
बाबालाई याद गर्दैनन्। सबै कामनाहरू त्यहाँ पूरा हुन्छन्। यहाँ त कामनाहरू धेरै
हुन्छन्। वर्षा भएन भने यज्ञ रच्छन्। यस्तो होइन, सदैव यज्ञ गर्नाले वर्षा हुन्छ।
होइन, कहीँ अनिकाल पर्छ, हुन त यज्ञ गर्छन्, तर यज्ञ गर्नाले केही हुँदैन। यो त
ड्रामा हो। आपत जुन आउनु छ त्यो त आइ नै रहन्छ। कति धेरै मानिसहरू मर्छन्, कति
जनावर आदि मरिरहन्छन्। मानिसहरू कति दु:खी हुन्छन्। के वर्षालाई बन्द गर्नको लागि
पनि यज्ञ छ त? यदि एकदम मुसलधार वर्षा भयो भने यज्ञ गर्छन् र? यी सबै कुरालाई अहिले
तिमीले जानेका छौ, अरूले के जान्ने।
बाबा स्वयं बसेर
सम्झाउनु हुन्छ, मानिसहरूले बाबाको महिमा पनि गर्छन् र गाली पनि गर्छन्। आश्चर्य छ,
बाबाको ग्लानि कहिलेदेखि सुरु भयो? जबदेखि रावण राज्य सुरु भयो। मुख्य ग्लानि
ईश्वरलाई सर्वव्यापी भनेका छन्, यसैबाट नै गिरेका हुन्। गायन छ– निंदा हमारी जो करे,
मित्र हमारा सो। सबै भन्दा धेरै ग्लानि कसले गरेका छन्? तिमी बच्चाहरूले। अब फेरि
मित्र पनि तिमी बन्छौ। हुन त ग्लानि सारा दुनियाँले नै गर्छ। उनीहरूमा पनि नम्बरवन
तिमी हौ फेरि तिमी नै मित्र बन्छौ। सबै भन्दा नजिकका मित्र हुन् बच्चाहरू। बेहदका
बाबा भन्नुहुन्छ– मेरो निन्दा तिमी बच्चाहरूले गरेका हौ। अपकारी पनि तिमी बच्चाहरू
बन्छौ। ड्रामा कस्तो बनेको छ। यो हो विचार सागर मन्थन गर्ने कुरा। विचार सागर
मन्थनको कति अर्थ निस्कन्छ। कसैले बुझ्न सक्दैन। बाबा भन्नुहुन्छ– तिमी बच्चाहरूले
पढेर उपकार गर्छौ। गायन पनि छ– यदा यदा ही... भारतवर्षको कुरा हो। खेल हेर कस्तो छ!
शिवजयन्ती अथवा शिवरात्रि पनि मनाउँछन्। वास्तवमा अवतार हुनुहुन्छ एक। अवतारलाई पनि
ढुङ्गा माटोमा हुनुहुन्छ भनिदिएका छन्। बाबा गुनासो गर्नुहुन्छ। गीता पाठीहरूले
श्लोक पढ्छन् तैपनि भन्छन् हामीलाई थाहा छैन।
तिमी नै सबै भन्दा
प्रिय बच्चा हौ। कसैसँग पनि कुरा गर्नुभयो भने बच्चा बच्चा नै भन्नुहुन्छ। बाबाको त
त्यो दृष्टि पक्का भएको छ। सबै आत्माहरू मेरा बच्चा हुन्। तिमीहरू मध्ये एउटा पनि
यस्तो छैन, जसको मुखबाट बच्चा शब्द निस्कियोस्। यो त जान्नुहुन्छ– कोही कुन पदको छ,
कस्तो हो। सबै आत्माहरू हुन्। यो पनि ड्रामा बनेको छ, त्यसैले कुनै पनि चिन्ता-खुसी
हुँदैन। सबै मेरा बच्चाहरू हुन्। कसैले कुचिकारको शरीर धारण गरेको छ, कसैले फलानाको
शरीर धारण गरेको छ। बच्चा बच्चा भन्ने बानी परेको छ। बाबाको नजरमा सबै आत्माहरू छन्।
त्यसमध्ये पनि गरिब धेरै राम्रा लाग्छन् किनकि ड्रामा अनुसार उनीहरूले धेरै ग्लानि
गरेका छन्। अब फेरि मेरो पासमा आएका छन्। केवल यी लक्ष्मी-नारायण छन् जसको कहिल्यै
ग्लानि गरिदैन। श्रीकृष्णको पनि धेरै ग्लानि गरिएको छ। आश्चर्य छ नि। श्रीकृष्ण नै
ठुलो भएपछि उनको ग्लानि हुँदैन। यो ज्ञान कति नमिले जस्तो छ। यस्तो गुह्य कुरा कसैले
कहाँ बुझ्न सक्छ, यसमा चाहिन्छ सुनको बर्तन। त्यो यादको यात्राबाट नै बन्न सकिन्छ।
यहाँ बसे पनि यथार्थ याद कहाँ गर्छन् र। यो बुझ्दैनन्– हामी सूक्ष्म आत्मा हौं, याद
पनि बुद्धिले गर्नु छ। यो बुद्धिमा आउदैन– सानो आत्मा हाम्रो बाबा पनि हुनुहुन्छ,
टिचर पनि हुनुहुन्छ, यो बुद्धिमा आउन पनि असम्भव हुन जान्छ। बाबा! बाबा! त भन्छन्,
दु:खमा स्मरण सबैले गर्छन्। भगवानुवाच छ नि– दु:खमा सबैले याद गर्छन्, सुखमा कसैले
गर्दैनन्। याद गर्नु पर्ने दरकार नै छैन। यहाँ त यति दु:ख आपतहरू आउँछन्, याद गर्छन्
हे भगवान रहम गर्नुहोस्, कृपा गर्नुहोस्! अहिले बच्चा बनेर पनि लेख्छन्– कृपा
गर्नुहोस्, शक्ति दिनुहोस्, रहम गर्नुहोस्! बाबा लेख्नुहुन्छ– शक्ति आफ्नै योगबलबाट
लेऊ। आफूमाथि कृपा, दया आफैले गर। आफूलाई आफैले नै राजतिलक देऊ। युक्ति बताउँछु–
कसरी दिन सक्छौ। टिचरले पढ्ने युक्ति बताउनु हुन्छ। स्टुडेन्डको काम हो पढ्नु,
निर्देशनमा (डाइरेक्सनमा) चल्नु। टिचर कुनै गुरु कहाँ हुन् र जसले कृपा आशीर्वाद
दिन्छन्। जुन राम्रा बच्चाहरू छन् उनीहरू दौडिन्छन्। हरेक स्वतन्त्र छन्, जति दौड
लगाउनु छ उनीहरूले लगाऊन्। यादको यात्रा नै दौड हो।
एक-एक आत्मा
स्वतन्त्र छन्। भाइ-बहिनीको नाता पनि छुटाइदिनु भयो। भाइ भाइ सम्झे पनि विकारी
दृष्टि छुट्दैन। त्यसले आफ्नो काम गरिरहन्छ। यस समयमा मनुष्यहरूका अङ्ग सबै विकारी
छन्। कसैलाई लात मार्यो, मुक्का लगायो भने त्यो क्रिमिनल (विकारी) अङ्ग भयो नि।
अङ्ग अङ्ग क्रिमिनल छ। त्यहाँ कुनै पनि अङ्ग क्रिमिनल हुँदैन। यहाँ अङ्ग अङ्गबाट
क्रिमिनल काम गरिरहन्छन्। सबै भन्दा धेरै क्रिमिनल अङ्ग कुनचाहिँ हो? आँखा। विकारको
आशा पूरा भएन भने फेरि हात चलाउन थाल्छन्। पहिलो मुख्य हो आँखा। त्यसैले नै सुरदासको
पनि कहानी छ। शिवबाबाले त कुनै शास्त्र पढ्नुभएको छैन। यी रथले पढेका छन्।
शिवबाबालाई त ज्ञानको सागर भनिन्छ। शिवबाबाले कुनै पुस्तक लिनुहुन्न, यो कुरा तिमीले
बुझ्छौ। म त नलेजफुल हुँ, बीजरूप हुँ। यो सृष्टिरूपी वृक्ष हो, यसको रचयिता
हुनुहुन्छ बाबा, बीज। बाबा सम्झाउनु हुन्छ– मेरो निवास स्थान मूलवतनमा हो। अहिले म
यस शरीरमा विराजमान छु अरू कसैले भन्न सक्दैन– म यस मनुष्य सृष्टिको बीजरूप हुँ। म
परमपिता परमात्मा हुँ, कसैले भन्न सक्दैन। कोही राम्रो समझदार छ, उसलाई कसैले भन्यो
ईश्वर सर्वव्यापी हुनुहुन्छ भने तुरुन्त सोध्छ के तपाई पनि ईश्वर हुनुहुन्छ त? के
तपाई अल्लाह-साईं हुनुहुन्छ त? हुन सक्नुहुन्न। तर यस समयमा कोही होसियार छैनन्।
अल्लाहलाई चिनेका छैनन्, स्वयं नै भन्छन् अल्लाह हुँ। उनीहरूले पनि अङ्ग्रेजीमा
भन्छन् ओम्नीप्रिजेन्ट (सर्वव्यापी)। अर्थ जाने त कहिल्यै पनि भन्दैनथे। बच्चाहरूले
अब जानेका छौ– शिवबाबाको जयन्ती सो नयाँ विश्वको जयन्ती। त्यसमा पवित्रता, सुख,
शान्ति सबैथोक आइहाल्छ। शिवजयन्ती सो श्रीकृष्ण जयन्ती, सो विजया दशमी जयन्ती।
शिवजयन्ती सो दीपावली जयन्ती, शिवजयन्ती सो स्वर्गजयन्ती। सबै जयन्तीहरू आइहाल्छन्।
यी सबै नयाँ कुरा बाबा बसेर सम्झाउनु हुन्छ। शिवजयन्ती सो शिवालय जयन्ती, वेश्यालय
मरन्ती। सबै नयाँ कुरा बाबा बसेर सम्झाउनु हुन्छ। शिवजयन्ती सो नयाँ विश्वको जयन्ती।
चाहन्छन् पनि– विश्वमा शान्ति होस्। तिमीले जतिसुकै राम्रोसँग सम्झाए पनि जाग्दै
जाग्दैनन्। अज्ञान अन्धकारमा सुतिरहेका छन्। भक्ति गर्दै सिँढी तल झर्दै जान्छन्।
बाबा भन्नुहुन्छ– म आएर सबैको सद्गति गर्छु। स्वर्ग र नर्कको रहस्य तिमी
बच्चाहरूलाई बाबाले सम्झाउनु हुन्छ। पत्रकारहरूले जुन तिम्रो ग्लानि गर्छन्
उनीहरूलाई लेख्नुपर्छ– निन्दा हाम्रो जसले गर्छ, मित्र हाम्रो उही। भन– तपाईको पनि
सद्गति अवश्य हामीले गर्छौं, जति चाहनु हुन्छ त्यति गाली गर्नुहोला। ईश्वरको त
ग्लानि गर्छन्, हाम्रो गर्नुभयो, के ठुलो कुरा भयो र। तपाईको सद्गति अवश्य हामीले
गर्छौं। नचाहेर पनि नाकमा समातेर लैजान्छौं। डराउने त कुरै छैन, जेसुकै गरे पनि
कल्प पहिला पनि गरेका थिए। हामी बी.के.ले त सबैको सद्गति गर्छौं। राम्रोसँग सम्झाउनु
पर्छ। अबलाहरूमाथि अत्याचार त कल्प पहिला पनि भएको थियो, यो कुरा बच्चाहरूले भुल्छन्।
बाबा भन्नुहुन्छ– बेहदका बच्चाहरू सबैले मेरो ग्लानि गर्छन्। सबै भन्दा प्रिय मित्र
बच्चा नै हुन्। बच्चाहरू त फूल हुन्छन्। बच्चाहरूलाई माता-पिताले चुम्बन गर्छन्,
शिरमा चढाउँछन्, उनीहरूको सेवा गर्छन्। बाबाले पनि तिमी बच्चाहरूको सेवा गर्नुहुन्छ।
अहिले तिमीलाई यो
ज्ञान मिलेको छ, जुन तिमीले साथमा लैजान्छौ। जसले लिँदैनन् उनीहरूको पनि ड्रामामा
पार्ट छ। त्यही पार्ट खेल्छन्। हिसाबकिताब चुक्ता गरेर घर जान्छन्। स्वर्ग त देख्न
सक्दैनन्। सबैले कहाँ स्वर्ग देख्छन् र। ड्रामा यस्तै बनेको छ। खुब पाप गर्छन्, आउने
छन् पनि ढिलो। तमोप्रधान धेरै ढिलो आउँछन्। यो रहस्य पनि धेरै राम्ररी बुझ्नु पर्ने
हुन्छ। राम्रा राम्रा महारथी बच्चाहरू माथि पनि ग्रहचारी बस्यो भने तुरुन्त
रिसाउँछन् फेरि चिट्ठी पनि लेख्दैनन्। बाबा पनि भन्नुहुन्छ– उनीहरूको मुरली बन्द
गरिदेऊ। यस्तालाई बाबाको खजाना दिएर फाइदा नै के हुन्छ। फेरि कसैको आँखा खुल्यो भने
भन्छन् भुल भयो। कसैले त पर्बाह नै गर्दैनन्। यति लापर्बाही गर्नु हुँदैन। यस्ता
धेरै छन्, जसले बाबालाई याद पनि गर्दैनन्, कसैलाई आफू समान पनि बनाउँदैनन्। नत्र
बाबालाई लेख्नुपर्छ– बाबा, मैले जतिबेला पनि हजुरलाई याद गर्छु। कति त फेरि यस्ता
पनि छन् जसले सबैको नाम लेखिदिन्छन्– फलानालाई सम्झना सुनाइदिनु, यस्तो याद सच्चा
कहाँ हुन्छ। झुटो चल्न सक्दैन। भित्र दिल खाइरहन्छ। बच्चाहरूलाई प्वइन्टहरू त राम्रा
राम्रा सम्झाइरहनु हुन्छ। दिनप्रतिदिन बाबाले गुह्य कुरा सम्झाइरहनु हुन्छ। दु:खको
पहाड खस्नेवाला छ। सत्ययुगमा दु:खको नाम नै हुँदैन। अहिले छ रावण राज्य। मैसुरका
राजाले पनि रावण आदि बनाएर धुमधामले विजया दशमी मनाउँछन्। रामलाई भगवान भन्छन्।
रामकी सीता चोरी भयो। उनी त सर्वशक्तिमान थिए, उनको चोरी कसरी हुन सक्छ? यो सबै हो
अन्धश्रद्धा। यस समयमा हरेकमा ५ विकारहरूको मैला छ। फेरि भगवानलाई सर्वव्यापी भन्नु
यो धेरै ठुलो झुट हो। त्यसैले त बाबा भन्नुहुन्छ– यदा यदा ही...। म आएर सचखण्ड,
सत्य धर्म स्थापना गर्छु। सचखण्ड सत्ययुगलाई, झुटखण्ड कलियुगलाई भनिन्छ। अहिले
बाबाले झुटखण्डलाई सचखण्ड बनाउनु हुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यस गुह्य ज्ञानलाई बुझ्नको लागि बुद्धिलाई यादको यात्राबाट सुनको बर्तन बनाउनु
छ। यादको दौड लगाउनु छ।
२) बाबाको डाइरेक्सनमा
चलेर, पढाइ ध्यानसँग पढेर आफूमाथि आफैले कृपा वा आशीर्वाद दिनु छ, आफूलाई राजतिलक
दिनु छ। निन्दकलाई आफ्नो मित्र सम्झेर उनीहरूको पनि सद्गति गर्नु छ।
वरदान:–
माथिबाट
अवतरित भएर अवतार बनी सेवा गर्ने साक्षात्कारमूर्त भव
जसरी बाबा सेवाको लागि
वतनबाट तल आउनु हुन्छ, त्यसैगरी हामी पनि सेवा अर्थ वतनदेखि आएका हौं, यस्तो अनुभव
गरेर सेवा गर्यौ भने सदैव न्यारा र बाबा समान विश्वको प्यारा बन्छौ। माथिबाट तल आउनु
भनेको अवतार बनेर अवतरित भई सेवा गर्नु। सबैले चाहन्छन्– अवतार भएर आऊन् अनि
हामीलाई साथै लैजाऊन्। त्यसैले सच्चा अवतार तिमी हौ जसले सबैलाई मुक्तिधाममा साथै
लैजान्छौ। जब अवतार सम्झेर सेवा गर्नेछौ तब साक्षात्कार मूर्त बन्छौ र अनेकौँको
मनोकामना पूर्ण हुन्छ।
स्लोगन:–
तिमीलाई कसैले
राम्रो गरोस् वा नराम्रो तिमीले सबैलाई स्नेह देऊ, सहयोग देऊ, दया गर।