08.07.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– यस सभामा बहिर्मुखी बनेर बस्नुहुँदैन, बाबाको यादमा रहनुछ, इष्टमित्र अथवा कामधन्दा आदिलाई याद गरेमा वायुमण्डलमा विघ्न पर्छ।”

प्रश्न:–
तिमी बच्चाहरूको रुहानी ड्रिलको विशेषता के हो, जुन ड्रिल मानिसहरूले गर्न सक्दैनन्?

उत्तर:–
तिम्रो रुहानी ड्रिल बुद्धिको हो, यसको विशेषता यही हो– तिमी आसिक बनेर आफ्नो मासुकलाई याद गर्छौ। यसकै इसारा गीतामा पनि आएको छ– मनमनाभव। तर मानिसहरूले आफ्नो मासुक परमात्मालाई चिन्दै चिनेका छैनन् भने ड्रिल कसरी गर्न सक्छन्! उनीहरूले त एकअर्कालाई जिस्मानी ड्रिल सिकाउँछन्।

ओम् शान्ति ।
तिमी बच्चाहरूले पनि बुझेका छौ, बाबाले पनि बुझ्नुभएको छ– बच्चाहरूले (योग गराउनेहरूले) यहाँ के गरिरहेका छन्! यादको यात्राको ड्रिल गराइरहेका छन्। मुखबाट केही पनि भन्नुछैन। बच्चाहरू कसको यादमा छौ? परमपिता परमात्मा शिवबाबाको। उहाँको यादमा रहेमा हाम्रा जति पनि विकर्म छन्, ती भस्म हुन्छन् अनि हामी विकर्माजित बन्छौँ, जति जो यादको ड्रिलमा रहन्छौ त्यति विकर्म भस्म हुन्छन्। यो आत्माको ड्रिल हो, शरीरको होइन। यहाँ जति पनि ड्रिल सिकाउँछन्, ती सबै जिस्मानी हुन्, यो रुहानी ड्रिल हो। यो रुहानी ड्रिल तिमी बच्चाहरू बाहेक अरू कसैले पनि जान्दैनन्।

रुहानी ड्रिलको इसारा अवश्य गीतामा पनि छ। भगवानुवाच अथवा यो भगवानका बच्चाहरूको पनि वाच (भनेको) हो । तिमी अहिले भगवान शिवबाबाका बच्चा बनेका छौ नि! तिमी बच्चाहरूलाई बाबाको आदेश मिलेको छ– म एकलाई याद गर। बाबाले पनि ड्रिल सिकाउनुहुन्छ। बच्चाहरूले पनि यही ड्रिल सिकाउँछन्। कल्प पहिला पनि बाबाले यही भन्नुभएको थियो– म बाबालाई याद गर। यसमा घरी घरी भन्नुपर्ने आवश्यकता छैन, तर भन्नुपर्छ। यहाँ बसेर कसैले आफ्ना इष्टमित्रहरू, कामधन्दा आदिलाई याद गरिरहन्छन् भने वायुमण्डलमा विघ्न पार्छन्। बाबा भन्नुहुन्छ– जसरी यहाँ तिमी यादमा बसेका छौ, त्यसरी नै हिँड्दाडुल्दा, कर्म गर्दा पनि यादमा रहनुछ। जसरी आसिक-मासुकले एकअर्कालाई याद गर्छन्। उनीहरूको याद जिस्मानी हुन्छ। तिम्रो हो रुहानी याद। आत्माहरू भक्तिमार्गमा पनि परमपिता परमात्मा मासुकका आसिक हुन्छन्। तर मासुकलाई चिन्दैनन्, न आफ्नो आत्मालाई चिन्छन्। मासुक बाबा आउनुभएको छ। भक्तिमार्गदेखि नै आत्माहरू आसिक बनेका छन्। यो आत्माहरू र परमात्माकै कुरा हो। बाबा बच्चाहरूलाई सामुन्ने भन्नुहुन्छ– तिमी आसिकले म मासुकलाई याद गर्छौ र भन्छौ बाबा आउनुहोस्, आएर हामीलाई दुःखबाट मुक्त गर्नुहोस् अनि हजुरसँगै शान्तिधाममा लैजानुहोस्! तिमीलाई थाहा छ, अब यो दुःखधाम, मृत्युलोकको विनाश हुनेछ। अमरलोक जिन्दावाद, मृत्युलोक मुर्दावाद। तिमी अहिले ब्राह्मण बच्चा बनेका छौ, तिमीहरूमा पनि नम्बरवार पुरुषार्थ अनुसार छौ। तिमी बच्चाहरूलाई पूरा निश्चय हुनुपर्छ– हामी अब २१ जन्मको लागि नर्कवासीबाट स्वर्गवासी बन्छौँ। कोही मरेछ भने भन्छन् स्वर्गवासी भयो। तर कति समयको लागि स्वर्गवासी भयो... यो कसैलाई पनि थाहा छैन। अहिले तिमीले पुरुषार्थ गरिरहेका छौ– स्वर्गवासी बन्नको लागि। यसमा कसले निश्चय गराउनुहुन्छ! उहाँ हुनुहुन्छ गीताका भगवान। तर उहाँ त एक मात्र निराकार हुनुहुन्छ। मानिसहरूले सम्झन्छन्– निराकार त निराकार नै हुनुहुन्छ। उहाँ कसरी यहाँ आएर सिकाउनुहुन्छ? बाबालाई नचिनेका हुनाले ड्रामा अनुसार श्रीकृष्णको नाम भुलवश राखिदिएका छन्। यस समयमा श्रीकृष्ण र शिवको सम्बन्ध नजिक छ। शिवजयन्ती हुन्छ सङ्गममा। फेरि त्यसपछि हुन्छ श्रीकृष्णजयन्ती। शिवजयन्ती हुन्छ रातमा, श्रीकृष्णजयन्ती हुन्छ बिहान, त्यसलाई प्रभात भनिन्छ। शिवरात्रि पूरा भएपछि फेरि श्रीकृष्णजयन्ती हुन्छ। यहाँको नियम छ – यस सभामा कोही बहिर्मुखी हुनुहुँदैन, यी कुराहरू तिमी बच्चाहरूले नै बुझ्न सक्छौ। यहाँ बाबाको यादमा रहनुछ। मानिसहरूले पुकार्छन् पनि– हे पतितपावन आउनुहोस्, आएर पावन बनाउनुहोस्! तर ड्रामा अनुसार पत्थरबुद्धिले केही पनि बुझ्दैनन्। जानेका भए बताउँथे। उनीहरूलाई यो पनि थाहा छैन, अहिले कलियुगको अन्त्य हो, फेरि बाबा आएपछि सृष्टिको आरम्भ हुन्छ। मानिसहरू त बिल्कुल घोर अन्धकारमा छन्। मानिसहरूले सम्झन्छन्, कलियुग अझै ४० हजार वर्ष बाँकी छ। बेहदको बाबा सम्झाउनुहुन्छ, हदका पिता कहिल्यै पतितपावन हुन सक्दैनन्। बापु नाम त धेरैको राखिदिएका छन्। वृद्धलाई पनि पिताजी भन्छन्। उहाँ रुहानी पिताश्री त एक मात्र हुनुहुन्छ, जो पतितपावन, ज्ञानको सागर हुनुहुन्छ। बच्चाहरूलाई पावन हुनको लागि ज्ञान हुनुपर्छ। पानीमा स्नान गरेर कोही कहाँ पावन बन्छन् र! तिमीलाई थाहा छ, शिवबाबा हाम्रो सामुन्ने यस तनमा प्रत्यक्ष हुनुहुन्छ। ब्रह्माद्वारा ब्राह्मणहरूलाई राजयोग सिकाइरहनुभएको छ। उनीहरूले त भनिदिन्छन् भगवानुवाच अर्जुनप्रति हो। ब्राह्मणहरूको नामनिसान छैन। गायन गर्छन् ब्रह्माद्वारा स्थापना, विष्णुद्वारा पालना। स्थापना त ब्रह्माद्वारा नै गर्नुहुन्छ, न कि विष्णुद्वारा, न शङ्करद्वारा। तिमी बच्चाहरूलाई यो ज्ञान अहिले मिलेको छ। बाबा यहाँ आउनुपर्छ, फर्केर त कुनै पनि आत्मा जान सक्दैन। जति पनि आउँछन्, उनीहरूले सतो, रजो, तमोबाट पास हुनु नै छ। श्रीकृष्णले पनि पूरै ८४ जन्म लिन्छन् अनि पूरै ५ हजार वर्ष पार्ट खेल्छन्। आत्मा गर्भमा हुँदा त्यो पनि जन्म त हो नि! श्रीकृष्णको आत्मा जुनबेला सत्ययुगमा आउँछ, गर्भमा प्रवेश गर्छ, त्यसबेलादेखि लिएर श्रीकृष्णको आत्माले पनि ५ हजार वर्षमा ८४ जन्मको पार्ट खेल्नुछ। शिवजयन्ती मनाउँछन् भने यसमा बस्नुभएको छ नि! श्रीकृष्णको आत्मा पनि गर्भमा आउँछ, चलमलाउँछ, त्यतिबेलादेखि लिएर ५ हजार वर्षको हिसाब सुरु हुन्छ। घटबढ भयो भने फेरि ५ हजार वर्षमा कम हुन्छ। यी धेरै बुझ्नुपर्ने सूक्ष्म कुराहरू हुन्। तिमी बच्चाहरूलाई थाहा छ, श्रीकृष्णको आत्माले फेरि यो ज्ञान लिइरहेको छ, फेरि श्रीकृष्ण बन्नको लागि। तिमी पनि कंसपुरीबाट कृष्णपुरीमा जान्छौ। यी कुराहरू बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ।

बाबा भन्नुहुन्छ– मायालाई जित्न धेरै कठीन छ। मायाले राम्रा राम्रा महारथीहरूलाई पनि हराइदिन्छ। ज्ञान लिँदालिँदै कहीँ ग्रहचारी बस्छ। आश्चर्यवत् बाबाको बन्छन्, सुन्छन्... अहो माया, तैपनि भाग्छन्। कमाइमा ग्रहचारी बस्छ। सबैलाई राहुको ग्रहण लागेको छ। अहिले तिमीलाई बृहस्पतिको दशा लागेको छ, फेरि चल्दाचल्दै कसैमाथि राहुको ग्रहदशा लाग्छ अनि भन्छन् महा-अभागी यस दुनियाँमा देख्नु छ भने यहीँ हेर। तिम्रो आत्माले भन्छ– हामीले बाबाबाट सदा सुखको वर्सा लिइरहेका छौँ। बाबा, हजुरबाट कल्प पहिला पनि यो वर्सा लिएका थियौँ। फेरि अहिले बाबाको नजिक आएका छौँ। बाबाले सम्झाउनुभएको छ– बाहिर तिम्रा सेन्टरहरूमा धेरै आउनेछन् बुझ्नको लागि। यहाँ यो इन्द्रसभा हो। इन्द्र शिवबाबा हुनुहुन्छ नि, जसले ज्ञान वर्षा बर्साउनुहुन्छ। त्यसैले यस्तो सभामा पतित कोही आउन सक्दैन। सब्ज परी, पुखराज परी जो ब्राह्मणीहरू पण्डा बनेर आउँछन्, उनीहरूलाई भनिन्छ– आफूसँग कुनै पनि विकारमा जाने आत्माहरूलाई ल्याउन सक्दैनौ। नत्र दुवै जिम्मेवार हुन्छौ। कुनै विकारीलाई साथमा ल्यायौ भने तिमीहरूमाथि धेरै दाग लाग्छ। फेरि धेरै कडा सजाय मिल्छ। परीहरूमाथि धेरै जिम्मेवारी छ। भन्छन्– मानसरोवरमा स्नान गरेपछि परी बन्छन्। वास्तवमा यो ज्ञान मानसरोवर हो। बाबा मनुष्य तनमा आएर ज्ञान वर्षा बर्साउनुहुन्छ। ज्ञान सागर हुनुहुन्छ नि। तिमी नदी पनि हौ, सरोवर पनि हौ, ज्ञान सागर यसमा बसेर तिमी बच्चाहरूलाई लायक बनाउनुहुन्छ– स्वर्गमा जानको लागि। स्वर्गमा श्री लक्ष्मीनारायणको राज्य हुन्छ। यो प्रवृत्तिमार्गको लक्ष्य उद्देश्य हो। भन्छन्, हामी दुवै ज्ञान चितामा बसेर लक्ष्मीनारायण बन्नेछौँ। उच्च पद पाउनुछ नि! आधाकल्प आत्माहरू तड्पिरहन्छन्। भन्छन्– बाबा आउनुहोस्, आएर हामीलाई राजयोग सिकाएर पावन बनाउनुहोस्! बाबाले इसारा दिनुहुन्छ। तिमीहरू जसले देवीदेवताहरूलाई मान्थ्यौ तिमीहरूले अवश्य ८४ जन्म भोगेका छौ। जो देवीदेवताहरूका भक्त छन्, कोसिस गरेर उनीहरूलाई सम्झाऊ। बाबा कसरी आएर ३ धर्म स्थापना गर्नुहुन्छ। ब्राह्मण, सूर्यवंशी, चन्द्रवंशी, तीनै धर्म बाबाले स्थापना गर्नुहुन्छ। आधाकल्प फेरि अरू कुनै धर्म स्थापना हुँदैन। फेरि आधाकल्पमा कति मठ, पन्थ आदि धर्म धेरैभन्दा धेरै स्थापना हुन्छन्। कहाँ आधाकल्पमा एक धर्म हुन्छ, त्यसमा पनि सङ्गमयुगमा भविष्यको लागि राजधानी स्थापना गर्नुहुन्छ। उनीहरू सबैले पुरानो दुनियाँमा नै आफ्नो धर्म स्थापना गर्छन्। बाबाले यहाँ आधाकल्पको लागि एक धर्मको स्थापना गर्नुहुन्छ। अरू कसैमा त्यो क्षमता छैन। बाबाले तिमीलाई आफ्नो बनाएर, सूर्यवंशी चन्द्रवंशी घराना स्थापना गरेर बाँकी सबैको विनाश गराइदिनुहुन्छ। सबै आत्माहरू शान्तिमा जान्छन्। तिमी सुखमा आउँछौ, त्यस समयमा केही दुःख हुँदैन, जसले गर्दा परमपिता परमात्मालाई याद गर्नुपर्छ। अहिले यो ज्ञान तिम्रो बुद्धिमा पनि छ। तिमीलाई थाहा छ– बाबा जो ज्ञानको सागर हुनुहुन्छ, उहाँले ज्ञान दिइरहनुभएको छ। सागर त एक मात्र हुनुहुन्छ। तिमीले आफूलाई सागर भनाउँदैनौ। तिमी उहाँको मदतगार बन्छौ, त्यसैले तिमीहरूको नाम ज्ञान गङ्गा हो। बाँकी ती पानीका नदीहरू हुन्। बाबा भन्नुहुन्छ– म सागरका तिमी बच्चाहरू काम चितामा बसेर जलेर मरेका छौ अर्थात् पतित बनेका छौ। अब फेरि मलाई याद गरेपछि नै तिमी पावन बन्छौ। यो सृष्टिको चक्र ५ हजार वर्षको हुन्छ। यो पनि कसैलाई थाहा छैन। सृष्टिका चक्र पूरै ४ भागमा हुन्छन्। ४ युग छन् नि! यो सङ्गमयुग कल्याणकारी युग हो। कुम्भ भन्छन् नि! कुम्भ भनिन्छ– मेलालाई। नदी आएर सागरसँग मिल्छ। आत्मा आएर परमात्मासँग मिल्छन्, यसलाई कुम्भ भनिन्छ। आत्माहरू र परमात्माको मेला पनि तिमीले देख्छौ। तिमी आपसमा मिल्छौ, सेमिनार गर्छौ, यसलाई कुम्भ भनिँदैन। सागर त आफ्नो ठाउँमा बस्नुभएको छ। यस तनमा हुनुहुन्छ नि! जहाँ यिनको तन छ, त्यहाँ ज्ञानको सागर हुनुहुन्छ। बाँकी तिमी आपसमा ज्ञान गङ्गाहरू मिल्छौ। नदीहरू सानाठुला त हुन्छन् नि! त्यहाँ स्नान गर्न जान्छन्। गङ्गा, जमुना, सरस्वती आदि त छन् नै। दिल्ली जमुनाको किनार हो– स्वर्ग। दिल्लीको लागि भन्छन्– लक्ष्मीनारायणको राज्य हुँदा यो स्थान परिस्तान थियो। यस्तो होइन, श्रीकृष्णको राज्य थियो। राधाकृष्ण युगल बनेपछि मात्र राज्य गर्न सक्छन्।

अब तिमी बच्चाहरू कति खुसीमा छौ। मायाका तुफान त धेरै आउनेछन्। यहाँ बेहदका बक्सिङ हुन्छन्। हरेकको ५ विकारहरूसँग युद्ध चल्छ। हामीले चाहन्छौँ बाबालाई निरन्तर याद गरौँ। मायाले हाम्रो योग उडाइदिन्छ। एउटा खेल पनि देखाउँछन्– परमात्माले आफूतिर तान्नुहुन्छ, मायाले आफूतिर तान्छ। यस्तो एउटा नाटक बनाएका छन्। सिनेमाको फेसन पनि अहिले निस्किएको छ। तिमीलाई ड्रामा अनुसार बाइस्कोपमा नै सम्झाउनु थियो। नाटकमा त हेरफेर हुन्छ। यो ड्रामा त अनादि अविनाशी बनिबनाउ छ। बनिबनाउ बनिरहेको छ... फलानो मरेछ भने त्यति नै पार्ट थियो, हामीले किन चिन्ता गरौँ। ड्रामा हो नि! शरीर छोड्यो, फेरि त्यो कहाँ आउन सक्छ र! रोएर मात्र फाइदा नै के छ र? यसको नाम नै दुःखधाम हो। सत्ययुगमा मोहजित राजाहरू हुन्छन्। यसमा एउटा कथा पनि छ। सत्ययुगमा मोहको कुरा हुँदैन। यहाँ त मानिसहरूमा कति मोह छ। कसैलाई रुन आएन भने आफै रोएर पनि उनीहरूलाई रुवाइदिन्छन्। अनि सम्झन्छन्, यिनले अफसोस गरिरहेका छन्। नत्र ग्लानि हुन्छ। भारतवर्षमा नै यो सबै रीतिरिवाज छ। यही भारतवर्षमा नै सुख र भारतवर्षमा नै धेरै दुःख हुन्छ। भारतवर्षमा देवी-देवताहरूले राज्य गर्थे। विदेशी मानिसहरू पुराना चित्र धेरै खुसीले लिन्छन्। पुरानो चिजको मान हुन्छ। सबैभन्दा पुरानो शिव त यहाँ आउनुभएको थियो नि, उहाँको कति पूजा गर्छन्। अहिले त शिवबाबा आउनुभएको छ तर तिमीले पूजा गर्दैनौ। उहाँ यहाँ आएर जानुभएको थियो, त्यसैले उहाँको पूजा गरिरहन्छन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) ड्रामाको ज्ञानलाई बुद्धिमा राखेर निश्चिन्त बन्नुछ। कुनै पनि प्रकारको चिन्ता गर्नुछैन किनकि तिमीलाई थाहा छ, बनिबनाउ बनिरहेको छ... निर्मोही बन्नुछ।

२) बाबाद्वारा बृहस्पतिको दशा बसेको छ भने राहुको ग्रहदशा नलागोस् भनेर सम्हाल्नुछ। कुनै पनि ग्रहदशा लागेको छ भने त्यसलाई ज्ञान दानबाट समाप्त गर्नुछ।

वरदान:–
स्वयंको टेन्सनमा अटेन्सन दिएर विश्वको टेन्सन समाप्त गर्ने विश्वकल्याणकारी भव

अरूप्रति बढी अटेन्सन दिन्छौ, अनि आफूभित्र टेन्सन चल्छ, त्यसैले विस्तार गर्नुको सट्टा सार स्वरूपमा स्थित होऊ, सङ्कल्पहरूको मात्रालाई समाहित गरेर गुणस्तरयुक्त सङ्कल्प गर। पहिला आफ्नो टेन्सनमा अटेन्सन देऊ अनि विश्वमा जो अनेक प्रकारका टेन्सन छन्, तिनलाई समाप्त गरेर विश्व कल्याणकारी बन्न सक्नेछौ। पहिला आफूले आफैलाई हेर, आफ्नो सेवा पहिला गर, आफ्नो सेवा गरेपछि अरूको सेवा स्वतः हुनेछ।

स्लोगन:–
योगको अनुभूति गर्नुछ भने दृढताको शक्तिले मनलाई कन्ट्रोल गर।

अव्यक्त इसारा:– ज्वालास्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर

जति स्थापनाको निमित्त बनेकाहरू ज्वालारूप हुन्छन्, त्यति नै विनाशज्वाला प्रत्यक्ष हुनेछ। सङ्गठित रूपमा ज्वालारूपको यादले विश्वको विनाशको कार्य सम्पन्न गर्नेछ। यसको लागि हरेक सेवाकेन्द्रमा विशेष योगका प्रोग्राम चलाइरहनुछ, अनि विनाश ज्वालाको पङ्खा लाग्नेछ। योग अग्निबाट विनाशको अग्नि बल्नेछ, ज्वालाबाट ज्वाला प्रज्वलित हुनेछ।