08.09.24 Avyakt Bapdada Nepali Murli 15.12.2001 Om Shanti Madhuban
एकव्रता बनेर
पवित्रताको धारणाद्वारा रुहानियतमा रहेर मनसा सेवा गर
आज रुहानी बाबाले
चारैतिरका रुहानी बच्चाहरूको रूहानियतलाई हेरिरहनु भएको छ। हरेक बच्चामा रूहानियतको
झलक कति छ? रूहानियत नयनद्वारा प्रत्यक्ष हुन्छ। रूहानियतको शक्ति हुने आत्माले सदा
नयनद्वारा अरूलाई पनि रुहानी शक्ति दिन्छ। रुहानी मुस्कानले अरूलाई पनि खुसीको
अनुभूति गराउँछ। उसको चालचलन, चेहरा फरिश्ता समान डबल लाइट देखिन्छ। यस्तो
रूहानियतको आधार हो पवित्रता। जति जति मन, वाणी, कर्ममा पवित्रता हुन्छ, त्यति नै
रूहानियत देखिन्छ। पवित्रता ब्राह्मण जीवनको शृङ्गार हो। पवित्रता ब्राह्मण जीवनको
मर्यादा हो। त्यसैले बापदादाले हर बच्चाहरूको पवित्रताको आधारमा रूहानियतलाई
हेरिरहनु भएको छ। रुहानी आत्मा यस लोकमा रहेर पनि अलौकिक फरिश्ता देखिन्छ।
अब आफूले आफैलाई हेर,
चेक गर– मेरो सङ्कल्प, बोलीमा रूहानियत छ? रुहानी सङ्कल्पले आफैमा पनि शक्ति भर्छ र
अरूलाई पनि शक्ति दिन्छ। जसलाई अर्को शब्दमा भन्छौ रुहानी सङ्कल्प मनसा सेवाको
निमित्त बन्छ। रुहानी बोलीले स्वयंलाई र अरूलाई सुखको अनुभव गराउँछ। शान्तिको अनुभव
गराउँछ। एक रुहानी बोली अन्य आत्माहरूको जीवनमा अगाडि बढ्ने आधार बन्छ। रुहानी बोली
बोल्नेवाला वरदानी आत्मा बन्छ। रुहानी कर्मले सहज स्वयंलाई पनि कर्मयोगी स्थितिको
अनुभव गराउँछ र अरूलाई पनि कर्मयोगी बनाउने नमुना बन्छ। जो पनि उसको सम्पर्कमा
आउँछन्, उनीहरू सहजयोगी, कर्मयोगी जीवनको अनुभवी बन्छन्। तर सुनाएँ नि रुहानियतको
बीज हो पवित्रता। पवित्रता सपनासम्म पनि भङ्ग नहोस् तब रुहानियत देखिन्छ। पवित्रता
केवल ब्रह्मचर्य मात्र होइन, तर हरेक बोली ब्रह्माचारी होस्, हर सङ्कल्प ब्रह्माचारी
होस्, हर कर्म ब्रह्माचारी होस्। जस्तै लौकिकमा कुनै कुनै बच्चाहरूको चेहरा पिताको
जस्तो हुन्छ, त्यसैले भनिन्छ– यसमा पिता देखिन्छ। त्यसैगरी ब्रह्माचारी ब्राह्मण
आत्माको अनुहारमा रुहानियतको आधारमा ब्रह्माबाबा समान अनुभव होस्, जुन सम्पर्कमा
आउने आत्माहरूले अनुभव गरुन्– यो बाबा समान छ। ठीकै छ, १०० प्रतिशत छैन, तर समय
अनुसार कति प्रतिशत देखिनु पर्छ? कहाँसम्म पुगेका छौ? ७५ प्रतिशत, ८० प्रतिशत, ९०
प्रतिशत, कहाँसम्म पुगेका छौ? यो अगाडिको लाइनले भन, हेर बस्नमा त तिमीलाई नम्बर
अगाडि मिलेको छ। त्यसोभए ब्रह्माचारी बन्नमा पनि नम्बर अगाडि होला नि! अगाडि छ कि
छैन?
बापदादाले हर बच्चाको
पवित्रताको आधारमा रूहानियत देख्न चाहनुहुन्छ। बापदादासँग सबैको चार्ट छ।
भन्नुहुन्न तर चार्ट छ, के के गर्छन्, कसरी गर्छन्, सबै बापदादासँग चार्ट छ।
पवित्रतामा पनि अहिले कुनै कुनै बच्चाहरूको प्रतिशत धेरै कम छ। समय अनुसार विश्वका
आत्माहरूले तिमी आत्माहरूको रुहानियतको नमुना देख्न चाहन्छन्। यसको सहज साधन हो–
केवल एक शब्द अटेन्सनमा राख, पटक पटक त्यस एक शब्दलाई आफैले अण्डरलाइन गर, त्यो एक
शब्द हो– एकव्रता भव। जहाँ एक छ, त्यहाँ एकाग्रता स्वत: नै आउँछ। अचल, अडोल स्वत:
नै बन्छ। एकव्रता बनेपछि एकमतमा चल्न धेरै सहज हुन्छ। जब छ नै एकव्रता भने एकको
मतबाट एक मति सद्गति सहज हुन्छ। एकरस स्थिति स्वत: नै बन्छ। त्यसैले चेक गर– एकव्रता
छु? सारा दिनमा मन-बुद्धि एकव्रता रहन्छ? हिसाबमा पनि आदि हिसाब एकबाटै सुरु हुन्छ।
एक बिन्दु र एक शब्द, एक अङ्क लगाउँदै जाऊ, एक बिन्दु लगाउँदै गयौ भने कति बढ्दै
जान्छ! अरू केही पनि याद आउँदैन, एक शब्द त याद रहन्छ नि! समयले, आत्माहरूले तिमी
एकव्रता आत्माहरूलाई पुकारिरहेको छ। त्यसैले समयको पुकार, आत्माहरूको पुकार छ– हे
देव आत्माहरू! सुनिँदैन? प्रकृतिले पनि तिमी प्रकृतिपतिहरूलाई पुकारिरहेको छ– हे
प्रकृतिपति आत्माहरू! अब परिवर्तन गर। यहाँ त बीच बीचमा सानो सानो झट्का लागिरहेको
छ। बिचरा आत्माहरूलाई पटक पटक दुःखको, भयको झट्का नखुवाऊ। तिमी मुक्ति दिलाउने
आत्माहरू मास्टर मुक्तिदाताले, कहिले यी आत्माहरूलाई मुक्ति दिलाउने छौ? के मनमा दया
आउँदैन? कि समाचार सुनेर चुप हुन्छौ, बस्, भयो, सुनिहाले। बापदादा हर बच्चाहरूलाई
अब मर्सीफुल (रहमदिल) स्वरूप देख्न चाहनु हुन्छ। आफ्ना हदका कुरा अब छोडिदेऊ,
मर्सीफुल बन। मनसा सेवामा लाग। सकाश देऊ, शान्ति देऊ, सहारा देऊ। यदि मर्सीफुल बनेर
अरूको सहारा दिन बिजी रह्यौ भने हदको आकर्षणहरूदेखि, हदको कुरादेखि स्वत: नै टाढा
हुन्छौ। मेहनतबाट बच्नेछौ। वाणीको सेवामा धेरै समय दियौ, समय सफल गर्यौ, सन्देश दियौ।
आत्माहरूलाई सम्बन्ध-सम्पर्कमा ल्यायौ, ड्रामा अनुसार अहिलेसम्म जे गर्यौ, त्यो धेरै
राम्रो गर्यौ। तर अहिले वाणीको साथै मनसा सेवाको धेरै आवश्यकता छ। यो मनसा सेवा
हरेक नयाँ, पुराना, महारथी, घोडेसवार, प्यादा सबैले गर्न सक्छन्। यसमा ठुलोले गर्छन्,
म त सानो हुँ, म त रोगी हुँ, म त साधनवाला होइन... कुनै पनि आधार हुनु हुँदैन। यो
कुरा साना साना बच्चाहरूले पनि गर्न सक्छन्। प्यारा बच्चाहरू, मनसा सेवा गर्न सक्छौ
हैन? (हुन्छ हजुर) त्यसोभए अब बोली र मनसा सेवाको ब्यालेन्स राख। मनसा सेवा तिमी
गर्नेहरूलाई पनि धेरै फाइदा छ। किन? जुन आत्माको मनसा सेवा अर्थात् सङ्कल्पद्वारा
शक्ति दिन्छौ, सकाश दिन्छौ, ती आत्माहरूले तिमीलाई आशीर्वाद दिन्छन् र तिम्रो खातामा
स्वको पुरुषार्थ त हुन्छ नै तर आशीर्वादको खाता पनि जम्मा हुनेछ। तिम्रो जम्मा खाता
डबल रीतिले बढ्दै जान्छ, त्यसैले चाहे नयाँ हुन्, चाहे पुराना हुन्, किनकि यसपटक नयाँ
धेरै आएका छन् नि! नयाँ जो पहिलो पटक आएका छौ, उनीहरूले हात उठाऊ। पहिलो पटक आएका
बच्चाहरूसँग पनि बापदादाले सोध्नुहुन्छ– तिमी आत्माहरूले मनसा सेवा गर्न सक्छौ? (बापदादाले
पाण्डवहरूसँग, माताहरूसँग सबैसँग अलग अलग सोध्नुभयो– तिमीहरूले मनसा सेवा गर्न सक्छौ?)
यो त धेरैले राम्रो हात उठायौ, चाहे कुनैले टी. भी. द्वारा देखेर सुनिरहेका छन्,
चाहे सम्मुख सुनिरहेका छन्, अहिले बापदादा सबै बच्चाहरूलाई जिम्मेवारी दिनुहुन्छ–
दिनहुँ सारा दिनमा कति घण्टा मनसा सेवा यथार्थ रीतिसँग गर्यौ, त्यसको हरेकले आफूसँग
पासमा चार्ट राख्नु। यस्तो नभन्नु, गरेकै हो। यथार्थ रूपमा कति घण्टा मनसा सेवा
गर्यौ, त्यो हरेकले चार्ट राख्नु। फेरि बापदादाले अचानक चार्ट मगाउनु हुनेछ। डेट
बताउँदिन। अचानक मगाउने छु, हेर्नेछु– जिम्मेवारीको ताज पहिरिएको छ कि हल्लिरहेको
छ? जिम्मेवारीको ताज पहिरिनु छ नि! टिचरहरूले त जिम्मेवारीको ताज पहिरिएका छौ नि!
अब त्यसमा यो थप्नु। ठीक छ नि! डबल विदेशीले हात उठाऊ। यो जिम्मेवारीको ताज राम्रो
लाग्छ? त्यसोभए यसरी हात उठाऊ। टिचरहरूले पनि हात उठाऊ तिमीहरूलाई देखेर सबैलाई
प्रेरणा मिल्छ। त्यसोभए चार्ट राख्नेछौ नि? अच्छा, बापदादाले अचानक एक दिन सोध्नु
हुनेछ, आ-आफ्नो चार्ट लेखेर पठाऊ, फेरि हेर्नेछु किनकि वर्तमान समयमा यो धेरै
आवश्यकता छ। आफ्नो परिवारको दुःख, पीडा तिमीले देख्न सक्छौ! देख्न सक्छौ? दु:खी
आत्माहरूलाई अञ्चली त देऊ। जो तिम्रो गीत छ– एक बुँदको प्यासी हुँ म... आजको समयमा
सुख शान्तिको एक बुँदको लागि आत्माहरू प्यासी छन्। सुख-शान्तिको अमृतको एक बुँद
मिल्यो भने पनि खुसी हुन्छन्। बापदादाले पटक पटक सुनाइरहनुहुन्छ– समयले तिम्रो
प्रतीक्षा गरिरहेको छ। ब्रह्माबाबा आफ्नो घरको गेट खोल्ने प्रतीक्षा गरिरहनु भएको
छ। प्रकृति तीव्रगतिले सफाइ गर्ने प्रतीक्षा गरिरहेको छ। त्यसैले हे फरिश्ताहरू! अब
आफ्नो डबल लाइटद्वारा प्रतीक्षालाई समाप्त गर। एवररेडी शब्द त सबैले भन्छौ तर
सम्पन्न र सम्पूर्ण बन्नमा एवररेडी बनेका छौ? केवल शरीर छोड्नको लागि एवररेडी बन्नु
छैन, बाबा समान बनेर जानको लागि एवररेडी बन्नु छ।
यी मधुबनका सबै अगाडि
अगाडि बस्छन्, राम्रो छ। सेवा पनि गर्छन्। मधुबनका एवररेडी छौ? हाँस्छन्, ठीक छ,
पहिलो लाइनमा बस्ने महारथी एवररेडी छौ? बाबा समान बन्नमा एवररेडी? यत्तिकै जानेहरू
त एडभान्स पार्टीमा जान्छन्। एडभान्स पार्टी त नचाहेर पनि बढ्दै जान्छ। अहिले वाणी
र मनसा सेवाको ब्यालेन्समा बिजी भयौ भने ब्लेसिङ् धेरै मिल्छ। डबल खाता जम्मा हुनेछ–
पुरुषार्थको पनि र आशीर्वादको पनि। त्यसैले सङ्कल्पद्वारा, बोलीद्वारा, वाणीद्वारा,
कर्मद्वारा, सम्बन्ध-सम्पर्कद्वारा आशीर्वाद देऊ र आशीर्वाद लेऊ। एउटै कुरा गर– बस्,
आशीर्वाद दिनु छ। चाहे कसैले श्राप दिन्छ भने पनि तिमीले आशीर्वाद देऊ किनकि तिमी
आशीर्वादको सागरका बच्चाहरू हौ। कोही नाराज भए होस्, तिमी नाराज नहुनु। तिमी राजी
रहनु छ। यस्तो हुन सक्छ? १०० जनाले तिमीलाई नाराज बनाउन् तर तिमी राजी रहनु छ, हुन
सक्छ? हुन सक्छ? दोस्रो लाइनमा बस्नेहरूले बताऊ, हुन सक्छ? अब अझै नाराज बनाउने छन्,
हेर्नु! पेपर त आउँछ नि। मायाले पनि सुनिरहेको छ नि! बस्, यो व्रत लेऊ, दृढ सङ्कल्प
गर– मैले आशीर्वाद दिनु छ र लिनु छ”। हुन सक्छ? मायाले त नाराज बनाउँछ नि! तिमी त
राजी बनाउनेवाला हौ नि? त्यसैले एकै काम गर, पुग्यो। नाराज न हुनु छ, न बनाउनु छ।
उसले गरे गरोस्, म हुनु छैन। मैले न गर्नु छ, न हुनु छ। हरेकले आफ्नो जिम्मेवारी
लिनु छ। अरूलाई नहेर्नु, यसले गर्छ, उसले गर्छ, म साक्षी भएर खेल हेर्नेवाला हुँ,
केवल राजीको खेल हेर्छु, नाराजीको खेल पनि त बीच बीचमा हेर्नु पर्छ नि। तर हरेकले
आफूले आफैलाई राजी राख। माताहरू, पाण्डवहरू हुन सक्छ? बापदादाले नक्सा हेर्नु हुनेछ।
बापदादाको पासमा धेरै ठुलो टी. भी. छ, धेरै ठुलो छ। एक एकलाई देख्न सकिन्छ, कुन
समयमा कसले के गरिरहेको छ, बापदादाले देख्नुहुन्छ तर भन्नुहुन्न, तिमीलाई
सुनाउनुहुन्न। बाँकी यसको रङ्ग धेरै देखिन्छ। लुकेर छिपेर के गर्छौ त्यो पनि
देखिन्छ। बच्चाहरूमा चलाखी पनि धेरै छ नि! चलाख धेरै छन्। यदि बापदादाले बच्चाहरूको
चलाखी सुनाउने हो भने सुनेर नै तिमीहरूले अलिकति सोच्न थाल्नेछौ, त्यसैले सुनाउँदिन।
तिमीहरूलाई सोचमा किन पार्ने। तर गर्छन् धेरै होसियारीपूर्वक। यदि सबैभन्दा होसियार
देख्नु छ भने पनि ब्राह्मणहरूमा हेर। तर अब केमा होसियार बन्नु छ? मनसा सेवामा।
नम्बर अगाडि लेऊ। पछाडि नरहनु। यसमा कुनै कारण छैन। समय मिल्दैन, चान्स मिल्दैन,
स्वास्थ्य ठीक छैन, सोधिएन, यो केही हुनुछैन। सबैले गर्न सक्छौ। बच्चाहरूले दौडने
खेल खेलेका थियौ नि, अब यसमा दौडनु। मनसा सेवामा दौडनु। अच्छा!
कर्नाटकको टर्न हो–
कर्नाटकवाला जो सेवामा आएका छौ, उनीहरू उठ। यतिका सबै सेवाको लागि आएका छौ। ठिक छ,
यो पनि सहज श्रेष्ठ पुण्य जम्मा गर्ने गोल्डेन चान्स मिलेको छ। भक्तिमा भनिन्छ– एक
ब्राह्मणको सेवा गर्यौ भने पनि ठुलो पुण्य हुन्छ। यहाँ त कति सच्चा ब्राह्मणहरूको
सेवा गर्छौ। यो राम्रो चान्स मिलेको छ नि! राम्रो लाग्यो कि थकाइ लाग्यो? थाकेका त
छैनौ! मज्जा आयो नि! यदि सच्चा दिलदेखि पुण्य सम्झेर सेवा गर्यौ भने त्यसको
प्रत्यक्ष फल मिल्छ, उसलाई थकाइ लाग्दैन, खुसी हुन्छ। यो प्रत्यक्षफल पुण्यको
जम्माको अनुभव हुन्छ। यदि अलिकति पनि कुनै कारणले थकाइ लाग्छ वा थोरै महसुस गर्छौ
भने सम्झ सच्चा दिलले सेवा गरिन। सेवा अर्थात् प्रत्यक्षफल, मेवा। सेवा गर्दैनौ, बरु
मेवा खान्छौ। कर्नाटकका सबै सेवाधारीहरूले आफ्नो राम्रो सेवाको पार्ट खेल्यौ र
सेवाको फल खायौ।
अच्छा, सबै टिचरहरू
ठीक छौ? टिचरहरूको लागि त कति पटक सीजनमा टर्न मिल्छ। यो टर्न मिल्नु पनि भाग्यको
निसानी हो। अब टिचरहरूले मनसा सेवामा रेस गर्नु छ। तर यस्तो नगर्नु– सारा दिन
बसिराख र भन मैले मनसा सेवा गरिरहेको छु। कुनै कोर्स गर्ने आओस्, तर तिमीले भन होइन,
मैले त मनसा सेवा गरिरहेको छु। कुनै कर्मयोगको समयमा आयो भने भन मनसा सेवा गरिरहेको
छु, यस्तो होइन। ब्यालेन्स चाहिन्छ। कोही कोहीलाई धेरै नसा चढ्छ नि! यस्तो नसा
नचढाउनु। ब्यालेन्सद्वारा ब्लेसिङ् मिल्छ। ब्यालेन्स छैन भने ब्लेसिङ् मिल्दैन।
अच्छा!
अब सबैले एक सेकेन्डमा
मनसा सेवाको अनुभव गर। आत्माहरूलाई शान्ति र शक्तिको अञ्चली देऊ। अच्छा!
चारैतिरका
सर्वश्रेष्ठ रूहानियतको अनुभव गराउने रुहानी आत्माहरूलाई, सर्व सङ्कल्प र स्वप्नमा
पनि पवित्रताको पाठ पढ्ने ब्रह्माचारी बच्चाहरूलाई, सर्व दृढ सङ्कल्पधारी, मनसा
सेवाधारी तीव्र पुरुषार्थी आत्माहरूलाई, सदा आशीर्वाद दिने र लिने पुण्य
आत्माहरूलाई बापदादाको, दिलाराम बाबाको दिलोज्यान अनि प्रेम सहित याद-प्यार एवं
नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
दादीजी , दादी
जानकीजीसँग पर्सनल भेटघाट
बापदादाले त्रिमूर्ति
ब्रह्माको दृश्य देखाउनुभयो। तिमीहरू सबैले देख्यौ? किनकि बाबा समान, बाबाको हर
कार्यमा साथी हौ नि! त्यसैले यो दृश्य देखाउनुभयो। बापदादाले तिमीहरू दुवैलाई विशेष
शक्तिहरूको विल गर्नु भएको छ। विल पावर पनि दिनुभयो र सर्व पावरहरूको विल पनि
गर्नुभयो, त्यसैले त्यो पावरले आफ्नो काम गरिरहेको छ। करावनहारले गराइरहनु भएको छ र
तिमीहरू निमित्त बनेर गरिरहेका छौ। मज्जा आउँछ नि! करनकरावनहार बाबाले गराइरहनु भएको
छ, त्यसैले गराउनेवालाले गराइरहनु भएको छ, तिमी बेफिक्र भएर गरिरहेका छौ। फिक्र
हुँदैन नि! बेफिक्र बादशाह। अच्छा! स्वास्थ्यको पनि नलेजफुल। मन अलि-अलि नटखट हुन्छ।
यसमा पनि नलेजफुल बन्नु नै पर्छ किनकि सेवा धेरै गर्नु छ नि। त्यसैले स्वास्थ्यले
पनि साथ दिन्छ। डबल नलेजफुल। अच्छा, ओम् शान्ति।
वरदान:–
ईश्वरीय
सङ्गतमा रहेर उल्टो सङ्गतको प्रभावबाट बच्ने सदा सतसङ्गी भव
जस्तोसुकै खराब सङ्गत
भए पनि तिम्रो श्रेष्ठ सङ्गत कैयौं गुणा शक्तिशाली छ। ईश्वरीय सङ्गतको अगाडि त्यो
सङ्गत केही पनि होइन। सबै कमजोर हुन्छन्। तर जब स्वयं कमजोर बन्छौ अनि उल्टो सङ्गतको
प्रभाव पर्छ। जो सदा एक बाबाको सङ्गतमा रहन्छ अर्थात् सदा सतसङ्गी हुन्छ, ऊ अरू
कसैको सङगको रङ्गमा प्रभावित हुन सक्दैन। व्यर्थ कुरा, व्यर्थ सङ्गत अर्थात्
कुसङ्गतले उसलाई आकर्षित गर्न सक्दैन।
स्लोगन:–
कमजोरीलाई पनि
विशेषतामा परिवर्तन गर्नेवाला नै प्रसन्नचित्त रहन सक्छ।