08.09.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– पुण्य आत्मा बन्नको लागि जति हुन सक्छ राम्रो कर्म गर , अलराउन्डर बन , दैवीगुण धारण गर।”

प्रश्न:–
कुन मेहनत गर्नाले तिमी बच्चाहरू पदमापदमपति बन्छौ?

उत्तर:–
सबैभन्दा ठुलो मेहनत हो– विकारी दृष्टिलाई पावन दृष्टि बनाउनु। आँखाले नै धेरै धोका दिन्छ। आँखालाई पावन बनाउनको लागि बाबाले युक्ति बताउनुभएको छ– प्यारा बच्चाहरू आत्मिक दृष्टिले हेर। देहलाई नहेर। म आत्मा हुँ, यो अभ्यास पक्का गर, यही मेहनतले तिमी जन्मजन्मान्तरको लागि पदमपति बन्छौ।

गीत:–
धीरज धर मनुवा…

ओम् शान्ति ।
यो कसले भन्नुभयो? शिवबाबाले शरीरद्वारा भन्नुभयो। कुनै पनि आत्मा शरीरबिना बोल्न सक्दैन। बाबा पनि शरीरमा प्रवेश गरेर आत्माहरूलाई सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! अहिले तिम्रो जिस्मानी सम्बन्ध छैन। यो हो रुहानी सम्बन्ध। आत्माले ज्ञान पाउँछ– परमपिता परमात्माबाट। जति पनि देहधारी छन्, ती सबैले पढिरहेका छन्। बाबाको त आफ्नो देह छैन। त्यसैले केही समयको लागि यिनको आधार लिनुभएको छ। अब बाबा भन्नुहुन्छ– आफूलाई आत्मा निश्चय गरेर बस। बेहदका बाबाले हामी आत्माहरूलाई सम्झाउनुहुन्छ। उहाँ सिवाय अरू कसैले यसरी सम्झाउन सक्दैन। आत्माले आत्मालाई कसरी सम्झाउँछ। आत्माहरूलाई सम्झाउने परमात्मा हुनुपर्छ। उहाँलाई कसैले पनि चिन्दैनन्। त्रिमूर्तिबाट पनि शिवलाई हटाइदिएका छन्। ब्रह्माद्वारा स्थापना कसले गराउनुहुन्छ। ब्रह्मा त नयाँ दुनियाँका रचयिता होइनन्। बेहदका बाबा, सबैका रचयिता एक शिवबाबा नै हुनुहुन्छ। ब्रह्मा पनि केवल अहिले तिम्रो पिता हुन्, फेरि पिता हुँदैनन्। त्यहाँ त लौकिक पिता नै हुन्छन्। कलियुगमा हुनुहुन्छ लौकिक र पारलौकिक पिता। अहिले सङ्गममा लौकिक, अलौकिक र पारलौकिक तीन पिता हुनुहुन्छ। बाबा भन्नुहुन्छ– सुखधाममा मलाई कसैले याद नै गर्दैनन्। विश्वको मालिक बाबाले बनाउनुभयो, फेरि किन चिच्याउँछन्? त्यहाँ अरू कुनै खण्ड हुँदैन। केवल सूर्यवंशी मात्रै हुन्छन्। चन्द्रवंशी पनि पछि आउँछन्। अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! धैर्य राख, अब केही दिन मात्र बाँकी छन्। पुरुषार्थ राम्रोसँग गर। दैवीगुण धारण गरेनौ भने पद पनि भ्रष्ट हुन्छ। यो धेरै ठुलो चिट्ठा हो। ब्यारिस्टर, सर्जन आदि बन्नु पनि चिट्ठा हो नि। धेरै पैसा कमाउँछन्। धेरैमाथि हुकुम चलाउँछन्। जसले राम्रोसँग पढ्छन्, पढाउँछन्, उनीहरूले उच्च पद पाउँछन्। बाबालाई याद गरेमा विकर्म विनाश हुन्छन्। बाबालाई पनि घरी घरी बिर्सन्छौ। मायाले याद गर्न भुलाउँछ। ज्ञानले भुलाउँदैन। बाबाले भन्नुहुन्छ पनि– आफ्नो उन्नति गर्नुछ भने चार्ट राख– सारा दिनमा कुनै पाप कर्म त गरिनँ? नत्र सय गुणा पाप हुन्छ। यज्ञको सम्हाल गर्नेहरू बसेका छन्, उनीहरूको राय सल्लाहले कार्य गर। भनिन्छ पनि– जे खुवाउनुहुन्छ, जहाँ बसाउनुहुन्छ। त्यसैले बाँकी अरू आशाहरू छोडिदिनुपर्छ। नत्र पाप हुँदै जान्छ। आत्मा पवित्र कसरी बन्छ। यज्ञमा कुनै पनि पाप कर्म गर्नुहुँदैन। यहाँ तिमी पुण्य आत्मा बन्छौ। चोरी आदि गर्नु पाप हो नि। मायाको प्रवेशता भएपछि न योगमा रहन सक्छौ, न ज्ञानको धारणा गर्छौ। आफ्नो मनलाई सोध्नुपर्छ– म यदि अन्धाहरूको लट्ठी बनिनँ भने के ठहरिएँ! अन्धो नै भनिन्छ नि। यस समयको लागि नै गायन छ– धृतराष्ट्रका बच्चाहरू। ती छन् रावण राज्यमा। तिमी छौ सङ्गममा। रामराज्यमा फेरि सुख पाउनेछौ। परमपिता परमात्माले कसरी सुख दिनुहुन्छ, यो कुरा कसैको बुद्धिमा आउँदैन। जतिसुकै राम्रोसँग सम्झाए पनि बुद्धिमा बस्दैन। आफूलाई आत्मा सम्झिएपछि मात्र परमात्माको ज्ञान पनि बुझ्न सक्छौ। आत्माले नै जस्तो पुरुषार्थ गर्छ, त्यस्तै बन्छ। गायन पनि छ– अन्तकाल जो स्त्री सिमरे...। बाबा भन्नुहुन्छ– जसले मलाई याद गर्छन्, उनीहरूले मलाई पाउँछन्। नत्र धेरै धेरै सजाय खाएर आउँछन्। सत्ययुगमा पनि होइन, त्रेताको पनि अन्त्यतिर आउँछन्। सत्ययुग-त्रेतालाई भनिन्छ– ब्रह्माको दिन। एक ब्रह्मा मात्रै त हुँदैनन्, ब्रह्माका त धेरै बच्चाहरू छन् नि। ब्राह्मणहरूको दिन, फेरि ब्राह्मणहरूको रात हुन्छ। अहिले बाबा आउनुभएको छ रातबाट दिन बनाउन। ब्राह्मणले नै दिनमा जानको लागि तयारी गर्छन्। बाबाले कति सम्झाउनुहुन्छ, दैवी धर्मको स्थापना त अवश्य हुनु नै छ। कलियुगको विनाश पनि अवश्य हुनेछ। जसको मनमा अलिकति पनि संशय हुन्छ, ऊ भाग्छ। पहिला निश्चय, फेरि संशय हुन्छ। यहाँबाट मरेर फेरि पुरानो दुनियाँमा गएर जन्म लिन्छन्। विनश्यन्ती हुन्छन्। बाबाको श्रीमतमा त चल्नुपर्यो नि। धेरै राम्रा राम्रा प्वाइन्ट दिइरहनुहुन्छ।

सबैभन्दा पहिला यो त सम्झाऊ– तिमी आत्मा हौ, देह होइनौ। नत्र सारा भाग्योदय चिट्ठा गुम हुन्छ। हुन त त्यहाँ राजा अथवा प्रजा सबै सुखी हुन्छन्, फेरि पनि पुरुषार्थ त उच्च पद पाउनको लागि गर्नुछ नि। यस्तो होइन, सुखधाममा त गइहाल्छौ नि। होइन, उच्च पद पाउनुछ, राजा बन्नको लागि आएका हौ। यस्ता समझदार पनि चाहिन्छ। बाबाको सेवा गर्नुपर्छ। रुहानी सेवा छैन भने स्थूल सेवा पनि छ। कतै पुरुषहरूले पनि आपसमा क्लास चलाइरहन्छन्। एक बहिनी बीच बीचमा गएर क्लास गराउँछिन्। वृक्ष बिस्तारै बिस्तारै वृद्धि हुँदै जान्छ नि। सेन्टरमा कति आउँछन्, फेरि चल्दा-चल्दै गुम हुन्छन्। विकारमा गिर्नाले फेरि सेन्टरमा पनि आउन लाज लाग्छ। अल्छी हुन्छन्। भन्छन्– यो बिरामी भयो। बाबा सबै कुरा सम्झाइरहनुहुन्छ। दिनहुँ आफ्नो चार्ट राख। जम्मा र नाफा हुन्छ। घाटा र फाइदा। आत्मा पवित्र बन्यो अर्थात् २१ जन्मको लागि जम्मा भयो। बाबाको यादले नै जम्मा हुन्छ। पाप काटिन्छन्। भनिन्छ पनि– हे पतित-पावन बाबा आएर हामीलाई पावन बनाउनुहोस्! यस्तो कहाँ भनिन्छ र– आएर विश्वको मालिक बनाउनुहोस्! होइन, यो तिमी बच्चाहरूले नै जान्दछौ– मुक्ति र जीवनमुक्ति दुवै पावनधाम हुन्। तिमीलाई थाहा छ– हामीले मुक्ति-जीवनमुक्तिको वर्सा पाउँछौँ। जसले पूरा रीतिले पढ्दैनन्, उनीहरू पछि आउँछन्। स्वर्गमा त आउनुछ, सबै आआफ्नो समयमा आउँछन्। सबै कुरा सम्झाइन्छ। तुरुन्तै त कसैले बुझ्दैनन्। यहाँ तिमीलाई बाबाको याद गर्नको लागि कति समय मिल्छ। जो पनि आउँछन्, उनीहरूलाई यो बताऊ पहिला आफूलाई आत्मा सम्झनुहोस्। यो नलेज बाबाले नै दिनुहुन्छ, जो सबै आत्माहरूका पिता हुनुहुन्छ। आत्म अभिमानी बन्नुछ। आत्माले ज्ञान लिन्छ। परमात्मा बाबालाई याद गर्नाले नै विकर्म विनाश हुन्छन्, फेरि सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान दिनुछ। रचयितालाई याद गर्नाले नै पाप भस्म हुन्छन्। फेरि रचनाको आदि-मध्य-अन्त्यको ज्ञानलाई बुझ्नाले तिमी चक्रवर्ती राजा बन्छौ। बस्, यो कुरा फेरि अरूलाई पनि सुनाउनुछ। चित्र पनि तिमीसँग छन्। यो त सारा दिन बुद्धिमा रहनुपर्छ। तिमी विद्यार्थी पनि हौ नि। धेरै गृहस्थी पनि विद्यार्थी हुन्छन्। तिमी पनि गृहस्थ व्यवहारमा रहेर कमल फूलसमान बन्नुछ। दाजुभाइ दिदीबहिनीको कहिल्यै विकारी दृष्टि हुन सक्दैन। यिनीहरू त ब्रह्माका मुखवंशावली हुन् नि। विकारीलाई पावन बनाउनको लागि धेरै मेहनत गर्नुपर्छ। आधाकल्प देखिको बानी बसेको छ, त्यसलाई निकाल्नमा ठुलो मेहनत लाग्छ। सबैले लेख्छन्– यो प्वाइन्ट जुन बाबाले सम्झाउनुभयो, विकारी दृष्टिलाई निकाल्ने, यो धेरै कडा छ। घरी घरी बुद्धि गइहाल्छ। धेरै सङ्कल्प आउँछन्। अब आँखालाई के गर्ने? सूरदासको उदाहरण दिन्छन्। त्यो त एउटा कहानी बनाइदिएका छन्। उनले देखे– आँखाले मलाई धोका दिन्छ, त्यसैले आँखा निकालिदिए। अहिले त त्यो कुरा छैन। यी आँखा त सबैसँग छन् तर विकारी छन्, तिनलाई पावन बनाउनुछ। मानिसहरूले सम्झन्छन्– घरमा बस्दा यो हुन सक्दैन। बाबा भन्नुहुन्छ– हुन सक्छ किनकि आम्दानी धेरै धेरै छ। तिमी जन्मजन्मान्तरको लागि पदमपति बन्छौ। त्यहाँ गन्ती नै हुँदैन। आजकाल बाबाले नाम नै पदमपति, पदमावती दिनुहुन्छ। तिमी अनगिन्ती पदमपति बन्छौ। त्यहाँ गन्ती नै हुँदैन। गन्ती त रुपैयाँ पैसा आदि निस्कएपछि मात्र हुन्छ। त्यहाँ त सुनचाँदीका मुद्राहरू काममा आउँछन्। पहिला राम-सीताका राज्यका मुद्राहरू आदि मिल्थे। तर सूर्यवंशी राज्यको मुद्रा कहिल्यै देखिएको छैन। चन्द्रवंशीको देखिँदै आएको हो। पहिला त सबै सुनका सिक्का नै थिए, फेरि चाँदीका। यो तामा आदि त पछि निस्किएको हो। अहिले तिमी बच्चाहरूले बाबाबाट फेरि वर्सा लिन्छौ। सत्ययुगमा जुन रसमरिवाज चल्नुपर्ने हो, त्यो त चल्छ नै। तिमीले आफ्नो पुरुषार्थ गर। स्वर्गमा धेरै कम हुन्छन्, आयु पनि लामो हुन्छ। अकालमा मृत्यु हुँदैन। तिमीले बुझेका छौ– हामीले कालमाथि विजय पाउँछौँ। मर्ने नाम नै हुँदैन। त्यसलाई भनिन्छ अमरलोक, यो हो मृत्युलोक। अमरलोकमा हाहाकार हुँदैन। कुनै वृद्ध मरे भने झन् खुसी मान्छन्, गएर सानो बच्चा बन्छन्। यहाँ त मर्दा रुन थाल्छन्। तिमीलाई कति राम्रो ज्ञान मिल्छ, कति धारणा हुनुपर्छ। अरूलाई पनि सम्झाउनुपर्छ। बाबालाई कसैले भन्यो– हामीले रुहानी सेवा गर्न चाहन्छौँ, बाबाले तुरुन्तै भन्नुहुन्छ– ठीकै छ, गर। बाबाले कसैलाई मनाही गर्नुहुन्न। ज्ञान छैन भने बाँकी अज्ञान नै छ। अज्ञानले फेरि धेरै डिससर्भिस गरिदिन्छन्। सेवा त राम्रोसँग गर्नुपर्छ नि, तब नै चिट्ठा मिल्छ। यो धेरै ठुलो चिट्ठा हो। यो हो ईश्वरीय चिट्ठा। तिमी राजा-रानी बन्यौ भने तिम्रा नातिनातिना सबैले खान पाउँछन्। यहाँ त हरेकले आफ्नो कर्म अनुसार फल पाउँछन्। कसैले धेरै धन दान गरे भने राजा बन्छन्, त्यसैले बाबाले बच्चाहरूलाई सबै कुरा सम्झाउनुहुन्छ। राम्रोसँग बुझेर धारणा पनि गर्नुछ। सेवा पनि गर्नुछ। सयौँको सेवा हुन्छ। कतै कतै भक्तिभाववाला धेरै राम्रा हुन्छन्। धेरै भक्ति गरेका रहेछन् भने मात्र ज्ञान पनि जँच्छ। अनुहारबाटै थाहा हुन्छ। ज्ञान सुनेर खुसी भइरहन्छन्। जसले बुझ्दैनन्, उनीहरूले त यताउता हेरिरहन्छन् वा आँखा चिम्लेर बस्छन्। बाबाले सबै देख्नुहुन्छ। कसैलाई सिकाएनन् अर्थात् केही बुझ्दैनन्। एक कानले सुनेर अर्कोबाट निकालिदिन्छन्। अहिले यो समय हो– बेहदका बाबाबाट बेहदको वर्सा लिने। जति यो वर्सा लिन्छौ, त्यति जन्मजन्मान्तर, कल्पकल्पान्तर मिल्छ। नत्र फेरि पछि धेरै पछुताउँछौ, फेरि सबैलाई साक्षात्कार हुन्छ। हामीले पूरा पढेनौँ, त्यसैले पद पनि पाउन सक्दैनौँ। बाँकी गएर के बन्छौ? नोकरचाकर, साधारण प्रजा। यो राजधानी स्थापना भइरहेको छ। जस्तो जस्तो कर्म गरिन्छ, सोही अनुसार फल मिल्छ। नयाँ दुनियाँको लागि केवल तिमीले नै पुरुषार्थ गर्छौ। मानिसहरूले दानपुण्य गर्छन्, त्यो पनि यस दुनियाँको लागि, यो त साधारण कुरा हो। हामीले राम्रो काम गरेमा त्यसको फल अर्को जन्ममा राम्रो मिल्छ। तिम्रो त हो २१ जन्मको कुरा। जति हुन सक्छ राम्रो कर्म गर, अलराउन्डर बन। नम्बर वन पहिला ज्ञानी आत्मा र योगी आत्मा हुनुपर्छ। ज्ञानी पनि हुनुपर्छ, भाषणको लागि महारथीहरूलाई बोलाउँछन् नि, कसैले सबै प्रकारको सेवा गरे भने पुण्य त हुन्छ नै। विषयहरू हुन्छन् नि। योगमा रहेर कुनै पनि काम गरेमा राम्रो अङ्क मिल्न सक्छ। आफ्नो मनलाई सोध्नुपर्छ– मैले सेवा गरेको छु? वा केवल खान्छु, अनि सुत्छु? यहाँ त यो हो पढाइ, अरू कुनै कुरा छैन। तिमी मनुष्यबाट देवता, नरबाट नारायण बन्छौ। अमरकथा, तीजरीको कथा यही हो। मानिसहरू त गएर सबै झुटा कथाहरू सुन्छन्। तेस्रो नेत्र त बाबा सिवाय अरू कसैले दिन सक्दैन। अहिले तिमीलाई तेस्रो नेत्र मिलेको छ, जसबाट तिमीले सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्दछौ। यस पढाइमा कुमार-कुमारीहरू धेरै तीक्ष्ण हुनुपर्छ। चित्र पनि छन्, कसैलाई सोध्नुपर्छ– गीताका भगवान को हुनुहुन्छ? मुख्य कुरा नै यही हो। भगवान त एउटै हुनुहुन्छ, जसबाट मुक्तिधामको वर्सा मिल्छ। हामी त्यहाँका निवासी हौँ, यहाँ आएका हौँ पार्ट खेल्न। अब पावन कसरी बन्ने। पतित -पावन त एउटै बाबा हुनुहुन्छ। पछि गएर तिमी बच्चाहरूको अवस्था पनि धेरै राम्रो हुँदैजानेछ। बाबाले किसिम किसिमले सम्झाइरहनुहुन्छ। एक त बाबालाई याद गर्नुछ, त्यसबाट जन्मजन्मान्तरका पाप मेटिन्छन्। आफ्नै दिललाई सोध्नुछ– मैले कति याद गर्छु? चार्ट राख्नु राम्रो हो, आफ्नो उन्नति गर। आफैमाथि रहम गरेर आफ्नो आचरणलाई हेर्दैजाऊ। यदि मैले गल्ती गरिराखेँ भने रजिस्टर बिग्रिन्छ, यसमा दैवी आचरण हुनुपर्छ। गायन पनि छ नि– जे खुवाउनुहुन्छ, जहाँ बसाउनुहुन्छ, जुन डाइरेक्सन दिनुहुन्छ, त्यो गर्नेछौँ। डाइरेक्सन त अवश्य तनद्वारा दिनुहुन्छ नि। गेट वे टु स्वर्ग, यी शब्द राम्रा छन्। यो द्वार हो स्वर्ग जाने। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) पुण्य आत्मा बन्नको लागि अरू सबै आशाहरू छोडेर यो पक्का गर्नुछ, बाबाले जे खुवाउनुहुन्छ, जहाँ बसाउनुहुन्छ, कुनै पनि पापको काम गर्नुछैन।

२) ईश्वरीय चिट्ठा प्राप्त गर्नको लागि रुहानी सेवामा लाग्नुछ। ज्ञानको धारणा गरेर अरूलाई गराउनुछ। राम्रो अङ्क लिनको लागि कुनै पनि कर्म यादमा रहेर गर्नुछ।

वरदान:–
माया र प्रकृतिलाई दासी बनाउने सदा स्नेही भव

जुन बच्चाहरू सदा स्नेही छन्, उनीहरू लवलीन भएको कारणले मेहनत र मुस्किलबाट सदा बच्छन्। उनीहरूको अगाडि प्रकृति र माया दुवै अहिलेदेखि नै दासी बन्छन् अर्थात् सदा स्नेही आत्मा मालिक बन्छ, तब प्रकृति र मायाको हिम्मत हुँदैन, जसले सदा स्नेहीको समय वा सङ्कल्प आफूतिर लगाउँछ। उनीहरूको हर पल, हर सङ्कल्प बाबाको याद र सेवाप्रति नै हुन्छ। स्नेही आत्माहरूको स्थितिको गायन छ– एक बाबा दोस्रो न कोही, बाबा नै संसार हुनुहुन्छ। उनीहरू सङ्कल्पले पनि अधीन हुन सक्दैनन्।

स्लोगन:–
नलेजफुल बन्यौ भने समस्याहरू पनि मनोरञ्जनको खेल अनुभव हुन्छन्।

अव्यक्त इसारा:– अब लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वाला रूप बनाऊ

यस कलियुगी तमोप्रधान जर्जर पुरानो वृक्षलाई भस्म गर्नको लागि सङ्गठित रूपमा फुलफोर्सले योग ज्वाला प्रज्वलित गर। तर यस्तो ज्वाला स्वरूपको याद सदा यादको लिङ्क जुटिरहे मात्र हुन सक्छ। यदि बारम्बार लिङ्क टुट्यो भने, त्यसलाई जोड्न समय पनि लाग्छ, मेहनत पनि लाग्छ र शक्तिशालीको सट्टामा कमजोर हुन्छौ।