08.09.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिम्रो
अहिले ईश्वरीय नयाँ जोस (न्यु ब्लड) छ , तिमीले बडो मस्तीमा भाषण गर्नुपर्छ ,
हामीलाई शिव बाबाले पढाउँदै हुनुहुन्छ भन्ने नसा भइरहोस्”
प्रश्न:–
तिमीले आफ्नो
लक्ष्य उद्देश्यको स्थायी नसा राखिराख्नको लागि कुन युक्ति अपनाउनुछ?
उत्तर:–
आफ्नो राजकीय
पासपोर्ट निकालेर राख्नुछ। तल साधारण र माथि राजकीय पोसाकले सजिएको चित्र राख र
त्यसको पनि माथि शिवबाबा राखेमा लक्ष्य उद्देश्यको सहजै स्मृति हुन्छ। खल्तीमा यो
पासपोर्ट राखिराख। कुनैबेला मायाको तुफान आइहाल्यो भने त्यतिबेला यो ख्याल चल्नेछ–
अब हाम्रो यो पासपोर्ट त क्यान्सिल हुन्छ। हामी स्वर्गमा जान सक्दैनौँ।
गीत:–
रात के राही
थक मत जाना...
ओम् शान्ति ।
तिमी
बच्चाहरूले त यो गीतको अर्थ बुझ्यौ। अब भक्तिमार्गको घोर अन्धकारको रात पूरा भयो।
तिमी बच्चाहरूलाई थाहा भएको छ, अब हामी समक्ष काल आउन सक्दैन। हामी यहाँ बसेका छौँ,
हाम्रो लक्ष्य उद्देश्य मनुष्यबाट देवता बन्ने हो। जसरी संन्यासीहरूले भन्छन्,
तिमीले आफूलाई भैँसी सम्झ्यौ भने तिमी पनि त्यही रूपको भएको अनुभव गर्छौ। त्यो हो
भक्तिमार्गको दृष्टान्त। जस्तै यो पनि एउटा दृष्टान्त हो नि– रामले बाँदरहरूको सेना
लिए र रावणमाथि विजय प्राप्त गरे। तिमी यहाँ बसेका छौ, तिमीले जान्दछौ हामी नै
देवीदेवता डबल सिरताज बन्छौँ। जसरी स्कुलमा पढ्दा भन्छन्, म यो विषय पढेर डाक्टर
बन्छु, इन्जिनियर बन्छु। तिमीलाई थाहा छ, हामी यो पढाइबाट नै देवीदेवता बनिरहेका
छौँ। यो शरीर छोड्छौँ अनि हाम्रो शिरमा ताज हुन्छ। यो त धेरै विकारी (गन्दा) फोहोरी
दुनियाँ हो। नयाँ दुनियाँ हो फस्टक्लास दुनियाँ। पुरानो दुनियाँ एकदम थर्डक्लास हो।
यो दुनियाँ त खतम हुने छ। हामीलाई विश्वको मालिक बनाउने अवश्य विश्वको रचयिता नै
हुनुहुन्छ, यो विषय अरू कसैले पढाउन सक्दैन। शिवबाबाले नै हामीलाई पढाएर राजयोग
सिकाउनुहुन्छ। बाबाले आत्म अभिमानी बन भनेर सम्झाउनुभएको छ। आत्म अभिमानी बन्नमा नै
मेहनत छ। पूरा आत्म अभिमानी बन्यौ भने बाँकी के चाहियो। तिमीहरू ब्राह्मण त हौ नै,
तिमीहरूले जान्दछौ हामी देवता बनिरहेका छौँ। म यो बनिरहेको छु भन्ने नसा हुन्छ।
पहिला हामी कलियुग नर्कमा पतित थियौँ। असुर र देवतामा कति फरक छ। देवताहरू कति
पवित्र छन्। यहाँ कति पतित मानिसहरू छन्। हुन त चेहरा मानिसको छ, तर आचरण हेर कस्तो
छ। जो देवताहरूका पुजारी हुन्छन्, उनीहरूले आफै पनि उनीहरूको अगाडि महिमा गाउँछन्।
हजुर सर्वगुण सम्पन्न... हामीमा कुनै गुण छैन। अब तिमी परिवर्तन भएर देवता बन्छौ।
हामी कृष्णपुरीमा जाऊँ भनेर नै श्रीकृष्णको पूजा गर्छन्। तर उनीहरू कहिले जान्छन्
यो उनीहरू कसैलाई थाहा हुँदैन। भक्ति गरिरहन्छन् नै भगवान आएर फल दिनुहुन्छ भनेर।
भक्तिको फल हो सद्गति। त्यसैको लागि यो पढाइ हो। पहिला त हामीलाई कसले पढाउनुहुन्छ
भन्ने कुरामा निश्चय हुनुपर्छ। उहाँ हुनुहुन्छ श्री श्री.... तिमी बच्चाहरूलाई थाहा
छ, बाबाले हामीलाई श्रीमत दिइरहनुभएको छ। जसलाई यो थाहा छैन, उनीहरू श्रेष्ठ कसरी
बन्न सक्छन्। आजकाल त एकअर्कालाई भ्रष्ट बनाउने मत दिन्छन्। भ्रष्ट मत हो आसुरी मत।
यति सबै ब्राह्मण श्री श्री शिवबाबाको मतमा चलिरहेका छन्। परमात्माको मतबाट नै
श्रेष्ठ बन्छन्। जसको तकदिरमा छ, उनीहरूको नै बुद्धिमा बस्छ। नत्र भने केही पनि
बुझ्दैनन्। बुझिसकेपछि आफै नै मदत गर्न थाल्छन्। धेरैले त उहाँ को हुनुहुन्छ यो कुरा
जान्दै जान्दैनन्, त्यसैले बाबा पनि कसैसँग मिल्नुहुन्न। उनीहरूले त झन् आफ्नै आसुरी
मत निकाल्छन्। अहिले सबै मानव मतमा नै चलिरहेका छन्। श्रीमतलाई नजानेका हुनाले
ब्रह्माबाबालाई पनि आफ्नो मत दिन थाल्छन्। अब बाबा आउनुभएकै छ तिमी बच्चाहरूलाई
श्रेष्ठ बनाउन।
अब बच्चाहरूले भन्छन्,
बाबा ५ हजार वर्ष पहिलाजस्तै हामी हजुरसँग मिलेका छौँ। जसलाई थाहा नै छैन, उनीहरूले
यस्तो जवाफ दिन सक्दैनन्। तिमी बच्चाहरूलाई पढाइको धेरै नसा हुनुपर्छ। यो धेरै उच्च
पढाइ हो। तर माया पनि धेरै नै हाम्रो विरुद्ध (अगेन्स्ट)मा छ। तिमीहरूलाई थाहा छ,
हामीले त्यो पढाइ पढ्छौँ, जसबाट हाम्रो शिरमा डबल ताज हुनेछ। हामी भविष्यमा
जन्मजन्मान्तर डबल ताजधारी बन्छौँ। त्यसैले त्यसको लागि फेरि यस्तो पुरुषार्थ
गर्नुपर्छ। यसलाई भनिन्छ राजयोग। यो कुरा कति अद्भुत छ। बाबाले सदैव सम्झाउनुहुन्छ,
लक्ष्मीनारायणको मन्दिरमा जाऊ। पुजारीलाई पनि तिमीले सम्झाउन सक्छौ। उनीहरूलाई सोध–
लक्ष्मीनारायणलाई यो पद कसरी मिल्यो? यिनीहरू विश्वका मालिक कसरी बने? यसरी बसेर
कसैलाई सुनायौ भने पुजारीको पनि कल्याण हुन्छ। तिमीले भन्न सक्छौ– हामीले तपाईंलाई
सम्झाउँछौँ। यी लक्ष्मीनारायणलाई राज्य कसरी मिल्यो। गीतामा पनि भगवानुवाच छ नि– म
तिमीलाई राजयोग सिकाएर राजाहरूको राजा बनाउँछु। त्यसैले तिमी बच्चाहरूलाई कति नसा
हुनुपर्छ। हामी यो बन्छौँ। बरु आफ्नो चित्र र राज्य भाग्यको चित्र पनि साथैमा निकाल।
तल तिम्रो चित्र, माथि राज्य भाग्यको चित्र होस्, यसमा त खर्च हुँदैन। राजकीय पोसाक
त तुरुन्तै बन्न सक्छ। त्यो आफूसँगै राखिदेऊ, अनि घरी घरी याद आइरहन्छ। हामी नै
देवता बनिरहेका छौँ। बरु माथि शिवबाबाको चित्र राख। यी सबै चित्र निकाल्नुपर्नेछ।
हामी मनुष्यबाट देवता बन्छौँ। यो शरीर छोडेर गएर हामी देवता बन्छौँ किनकि अहिले यो
राजयोग सिकिरहेका छौँ। त्यसैले यो फोटोले पनि मदत गर्छ। माथि शिव, फेरि राजकीय
चित्र, तल तिम्रो साधारण चित्र। शिवबाबाबाट हामीले राजयोग सिकेर डबल सिरताजधारी
देवता बनिरहेका छौँ। चित्र राख्यौ र कसैले सोधे भने तिमीले बताउन सक्छौ। हामीलाई
सिकाउने उहाँ शिवबाबा हुनुहुन्छ। चित्र देखेर बच्चाहरूलाई नसा चढ्छ। बरु पसलमा पनि
यो चित्र राखिदेऊ। भक्तिमार्गमा बाबाले नारायणको चित्र राख्थे। खल्तीमा पनि त्यो
चित्र हुन्थ्यो। तिमीले पनि आफ्नो फोटो राखिदेऊ, अनि याद हुन्छ– हामी नै देवीदेवता
बनिरहेका छौँ। बाबालाई याद गर्ने उपाय खोज्नुपर्छ। बाबालाई याद गर्न बिर्सिए भने
गिर्छन्। विकारमा गिरेमा फेरि लाज लाग्छ– अब त हामी यो देवता बन्न सक्दैनौँ। हार्ट
फेल हुन्छ– हामी अब देवता कसरी बन्छौँ। बाबा भन्नुहुन्छ– विकारमा गिर्नेको फोटो
निकालिदेऊ। भन, तिमी स्वर्गमा जान योग्य छैनौ। तिम्रो पासपोर्ट समाप्त भयो। आफैले
पनि महसुस (फील) गर्छन्– हामी त गिरेछौँ! अब स्वर्गमा कसरी जान्छौँ। जसरी बाबाले
नारदको उदाहरण दिनुहुन्छ, उनलाई भनियो– आफ्नो अनुहार त हेर, लक्ष्मीलाई वरण गर्न
योग्य छौ? अनि अनुहार बाँदरकोजस्तो देखियो, त्यसैले मानिसहरूलाई पनि लाज लाग्छ–
हामीमा त यी विकार छन्, फेरि श्री लक्ष्मीनारायणलाई कसरी वरण गर्न सक्छौँ। बाबाले त
धेरै युक्तिहरू बताउनुहुन्छ। तर कसैले पनि विश्वास राखे त हो नि! विकारको नसा आयो
भने सम्झन्छन्, यो हिसाबले हामी राजाहरूको राजा डबल ताजधारी कसरी बन्छौँ। पुरुषार्थ
त गर्नुपर्छ नि! बाबा सम्झाउनुहुन्छ– यस्ता यस्ता सुन्दर युक्तिहरू रचेर सबैलाई
सम्झाइराख। यो राजयोगबाट सृष्टिको स्थापना भइरहेको छ। अब विनाश सामुन्ने उभिएको छ।
दिनप्रतिदिन तुफानहरूको प्रकोप बढ्दै जानेछ। बमहरू आदि पनि तयार भइरहेका छन्।
तिमी बच्चाहरूले यो
पढाइ पढ्छौ नै उच्च पद पाउनको लागि। तिमी एकैपटक पतितबाट पावन बन्छौ। मानिसहरूले कहाँ
हामी नर्कवासी हौँ भन्ने बुझ्छन् र, किनकि पत्थरबुद्धि छन्। अहिले तिमी
पत्थरबुद्धिबाट पारसबुद्धि बनिरहेका छौ। तकदिरमा छ भने तुरुन्तै बुझ्छन्। होइन भने
जतिसुकै मेहनत गर, बुद्धिमा बस्दैन। बाबालाई नै चिन्दैनन् भने नास्तिक हुन् अर्थात्
टुहुरा हुन्। शिवबाबाका बच्चाहरू हौ भने धनी, बाबाका बन्नुपर्छ। यहाँ जसलाई ज्ञान
छ, उनीहरूले आफ्ना बच्चाहरूलाई विकारबाट बचाइरहन्छन्। अज्ञानी मानिसहरूले त आफूजस्तै
बच्चाहरूलाई विकारमा फसाइरहन्छन्। तिमीलाई थाहा छ, यहाँ विकारहरूबाट बचाइन्छ।
कन्याहरूलाई त पहिला बचाउनुपर्छ। मातापिताले त मानौँ धकेलेर विकारमा पठाइदिन्छन्।
तिमीलाई थाहा छ, यो भ्रष्टाचारी दुनियाँ हो। श्रेष्ठाचारी दुनियाँ त सबैले चाहन्छन्
तर त्यो कसले बनाउनुहुन्छ? भगवानुवाच– मैले यी साधुसन्तहरूको पनि उद्धार गर्छु।
गीतामा पनि लेखिएको छ, भगवानले नै सबैको उद्धार गर्नु हुन्छ। एउटै भगवान बाबा आएर
सबैको उद्धार गर्नुहुन्छ। यतिबेला अवश्य गीताको भगवान शिव हुनुहुन्छ भन्ने थाहा भयो
भने, थाहा छैन के हुन्छ! तर अझै अलिकति समय लाग्छ। होइन भने सबैका अखडाहरू एकदम
हल्लिन थाल्छन्। तख्त हल्लिन्छन् नि! लडाइँ भएपछि थाहा हुन्छ– यिनीहरूको तख्त
हल्लिन थालेको छ, अब गिर्छन्। अहिले यो हल्लियो भने हलचल मच्चिन्छ। पछि गएर यस्तो
हुनेवाला छ। त्यसैले भाषणमा पनि तिमीले सम्झाउन सक्छौ। जसले संस्कृत राम्रोसँग
जान्दछौ, तिमीहरूले श्लोक सुनाउन सक्छौ। पतितपावन, सबैका सद्गतिदाता स्वयं
भन्नुहुन्छ– अवश्य ब्रह्माको तनबाट स्थापना गरिरहेको छु। सबैको सद्गति अर्थात्
उद्धार गरिरहेको छु। भाषण गर्नमा बडो मस्ती हुनुपर्छ। कन्याहरूको नयाँ जोस हुन्छ।
उनीहरूले ज्ञानको ढुङ्गा हान्न सक्छन्। विद्यार्थीको नयाँ जोश हुन्छ नि! त्यसैले
खुब हङ्गामा मच्चाउँछन्। ढुङ्गा हान्छन्। यसमा उनीहरू तीक्ष्ण हुन्छन्। अब यो पनि
तिम्रो नयाँ जोस हो। तिमीलाई थाहा छ, उनीहरूले कति नोक्सान पारिरहेका छन्। तिम्रो
यो ईश्वरीय नयाँ जोश हो। तिमी पुरानोबाट नयाँ बनिरहेका छौ। तिम्रो आत्मा जुन पुरानो
कलियुगी (आइरन एजेड) बनेको छ, त्यो अब नयाँ सत्ययुगी (गोल्डन एजेड) बनिरहेको छ।
त्यसैले तिमी बच्चाहरूलाई बडो सोख हुनुपर्छ। नसा कायम राख्नुपर्छ। आफ्ना सँगी
साथीहरूलाई उठाउनुपर्छ। गायन गरिन्छ पनि गुरु माता। माता गुरु कहिले हुन्छिन्, त्यो
कुरा तिमीलाई थाहा छ। गुरुको सिलसिला अहिले चल्छ। माताहरूमाथि बाबा आएर ज्ञान अमृतको
कलश राख्नुहुन्छ। सुरु पनि यसरी नै हुन्छ। सेन्टरहरूको लागि पनि भन्छन्, ब्राह्मणी
चाहिन्छ। बाबा त भन्नुहुन्छ, आफै चलाऊ। हिम्मत छैन त्यसैले भन्छन् होइन बाबा माता
चाहिन्छ। यो पनि ठिकै छ, सम्मान दिन्छन्। आजकाल दुनियाँमा एकअर्कालाई लङ्गडो सम्मान
दिन्छन्। स्थायी सम्मान कसैलाई मिल्दैन। यतिबेला तिमी बच्चाहरूलाई स्थायी राज्य
भाग्य मिलिरहेको छ।तिमीलाई बाबाले कति प्रकारले सम्झाउनुहुन्छ। आफूलाई सदैव
हर्षितमुख राख्नको लागि बाबाले धेरै राम्रा राम्रा युक्तिहरू बताउनुहुन्छ। शुभभावना
राख्नुपर्छ। ओहो! हामी यी लक्ष्मीनारायण बन्छौँ। कसैको तकदिरमा छैन भने पुरुषार्थ (तदबिर)
ले मात्र के गर्छ। बाबाले त पुरुषार्थ गर्ने बाटो बताउनुहुन्छ, पुरुषार्थ कहिल्यै
व्यर्थ जाँदैन। यो त सदा सफल हुन्छ। राजधानी स्थापन हुनेछ। विनाश पनि महाभारी
महाभारत लडाइँद्वारा हुनु छ। पछि गएर तिमीले पनि बल भर्छौ, अनि यी सबै आउनेछन्।
अहिले बुझ्दैनन्, होइन भने उनीहरूको राज्य भाग्य नै उड्छ। तिमीसँग धेरै राम्रा
चित्र छन्। यो हो सद्गति अर्थात् सुखधाम। यो हो मुक्तिधाम। बुद्धिले पनि भन्छ, हामी
सबै आत्माहरू निर्वाणधाममा रहन्छौँ। जहाँबाट फेरि आवाजको दुनियाँमा (टकी धाममा)
आउँछौँ। हामी आत्माहरू त्यहाँका निवासी हौँ। यो खेल नै भारतवर्षमाथि बनेको छ।
शिवजयन्ती पनि यहीँ मनाउँछन्। बाबा भन्नुहुन्छ– म आएको छु, कल्पपछि फेरि आउँनेछु।
भारतवर्ष नै स्वर्ग (प्याराडाइज) हो। भन्छन् पनि, क्राइस्टभन्दा यति वर्ष पहिला
स्वर्ग थियो। अब छैन, फेरि हुनु छ। त्यसैले अवश्य नर्कवासीहरूको विनाश,
स्वर्गवासीहरूको स्थापना हुनुपर्छ। त्यसो त तिमी स्वर्गवासी बनिरहेका छौ, नर्कको
विनाश हुनेछ। यो पनि समझ चाहिन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) हरेकप्रति शुभभावना राख्नु छ। सबैलाई सच्चा सम्मान दिनु छ। सतयुगी राजधानीमा
उच्च पद प्राप्त गर्नको लागि ईश्वरीय सेवा गर्नु छ।
२) आत्म अभिमानी बन्ने
मेहनत गर्नु छ। मानव मत छोडेर एकको श्रीमतमा चल्नु छ। पढाइको नसामा रहनु छ।
वरदान:–
सबै आत्माहरूका
पतित सङ्कल्प वा वृत्तिहरूलाई भस्म गर्ने मास्टर ज्ञान सूर्य भव
जसरी सूर्यले आफ्ना
किरणद्वारा हिलो र फोहोरका कीटाणु भष्म गरिदिन्छ। त्यसैगरी तिमीले मास्टर ज्ञान
सूर्य बनेर कुनै पनि पतित आत्मालाई हेर्छौ भने उनीहरूको पतित सङ्कल्प, पतित वृत्ति
वा दृष्टि भस्म हुनेछ। पतितपावनी आत्मामाथि पतित सङ्कल्पले आक्रमण (वार) गर्न
सक्दैन। पतित आत्माहरू पतितपावनीहरूमाथि बलिहार जानेछन्। यसको लागि शक्ति-गृह (माइट
हाउस) अर्थात् मास्टर ज्ञान सूर्य स्थितिमा सदा स्थित होऊ।
स्लोगन:–
आफ्नो धारणा
स्वरूपद्वारा योगी जीवनको प्रभाव पार्नु– यो धेरै ठुलो सेवा हो।
अव्यक्त इसारा:– अब
आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर
जसरी गायन छ,
भाग्यविधाता बाबाले ब्रह्माद्वारा भाग्य बाँड्नुभयो, त्यसैगरी जुन ब्रह्माको काम,
त्यो ब्राह्मणहरूको काम। दुनियाँका मानिसहरूले कपडा बाँड्छन्, अन्न बाँड्छन्, पानी
बाँड्छन् तर श्रेष्ठ भाग्य त तिमी भाग्य विधाताका बच्चाहरूले नै बाँड्न सक्छौ।
जसलाई भाग्य प्राप्त हुन्छ, उसलाई सबैथोक प्राप्त हुन्छ, त्यसैले भाग्य बाँड्नमा
विशालदिल (फ्राखदिल) बनाऊ।