08.10.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमी यस पाठशालामा आएका हौ स्वर्गको लागि पासपोर्ट लिन , आत्म अभिमानी बन े र आफ्नो नाम रजिस्टरमा नोट गराइद ियौ भने स्वर्गमा आउनेछौ।”

प्रश्न:–
कुन स्मृति नरहनाले बच्चाहरूले बाबालाई आदर गर्दैनन्?

उत्तर:–
कयौँ बच्चाहरूलाई यही स्मृति हुँदैन– जसलाई सारा दुनियाँले पुकारिरहेको छ, याद गरिरहेको छ, उहाँ उच्चभन्दा उच्च बाबा हामी बच्चाहरूको सेवामा उपस्थित हुनुभएको छ। यो निश्चय नम्बरवार हुन्छ, जसलाई जति निश्चय छ त्यति आदर गर्छन्।

गीत:–
जो पिया के साथ है...

ओम् शान्ति ।
सबै बच्चाहरू ज्ञान सागरको साथमा त छौ नै। यति सबै बच्चाहरू एकैठाउँमा त रहन सक्दैनन्। हुन त जो साथमा छन् उनीहरूले नजिकै डाइरेक्ट ज्ञान सुन्छन् र जो टाढा छन् उनीहरूलाई ढिलो मिल्छ। तर यस्तो होइन– साथमा हुनेहरूले धेरै उन्नति गर्छन् र टाढा हुनेहरूले थोरै उन्नति गर्छन्। होइन, यथार्थमा देखिन्छ– जो टाढा छन् उनीहरूले धेरै पढ्छन् र उन्नति गर्छन्। यति अवश्य हो– बेहदका बाबा यहाँ हुनुहुन्छ। ब्राह्मण बच्चाहरूमा पनि नम्बरवार छन्। बच्चाहरूले दैवीगुण पनि धारण गर्नुछ। कुनै कुनै बच्चाहरूबाट ठुला ठुला गल्ती हुन्छन्। बुझेका पनि छन्– बेहदका बाबा जसलाई सारा सृष्टिले याद गर्छ, उहाँ हाम्रो सेवामा उपस्थित हुनुहुन्छ र हामीलाई उच्चभन्दा उच्च बनाउने मार्ग बताउनुहुन्छ। धेरै प्यारले सम्झाउनुहुन्छ फेरि पनि त्यति आदर गर्दैनन्। बाँधेलीहरूले कति मार खान्छन्, तड्पिन्छन् फेरि पनि यादमा रहेर राम्ररी ज्ञान लिन्छन्। पद पनि उच्च बन्छ। बाबाले सबैको लागि भन्नुहुन्न। नम्बरवार पुरुषार्थ अनुसार त छन् नै। बाबाले बच्चाहरूलाई सावधान गराउनुहुन्छ, सबै त एकैनासका हुन सक्दैनन्। बाँधेलीहरू आदिले बाहिर बसेर पनि ठुलो कमाइ गर्छन्। यो गीत त भक्तिमार्गवालाहरूको लागि बनेको हो। तर तिम्रो लागि पनि काम लाग्नेजस्तो छ, उनीहरूले के जान्दछन्, पिया को हुनुहुन्छ, कसको पिया हुनुहुन्छ? आत्माले आफैलाई नै चिन्दैन भने बाबालाई कसरी चिन्दछ। आखिर आत्मा नै हो नि। म के हुँ, कहाँबाट आएँ– यो पनि थाहा छैन। सबै देह अभिमानी छन्। आत्म अभिमानी कोही छैनन्। यदि आत्म अभिमानी बनेका भए आत्मालाई आफ्नो बाबाको विषयमा पनि थाहा हुन्थ्यो। देह अभिमानी भएकाले न आत्मालाई, न परमपिता परमात्मालाई चिन्दछन्। यहाँ त तिमी बच्चाहरूलाई बाबा बसेर सम्मुख सम्झाउनुहुन्छ। यो बेहदको स्कुल हो। लक्ष्य उद्देश्य एउटै छ– स्वर्गको बादसाही प्राप्त गर्नु। स्वर्गमा पनि धेरै पद हुन्छन्। कोही राजा-रानी कोही प्रजा। बाबा भन्नुहुन्छ– म आएको छु तिमीलाई फेरि डबल शिरताज बनाउन। सबै त डबल शिरताज बन्न सक्दैनन्। जसले राम्रोसँग पढ्छन् उनीहरूले हृदयैदेखि बुझ्छन्– हामी यो बन्न सक्छौँ। समर्पित पनि हुन्छन्, निश्चय पनि हुन्छ। सबैले बुझ्छन्– यिनीहरूबाट कुनै यस्तो फोहोरी काम हुँदैन। कोही कोहीमा धेरै अवगुण हुन्छन्। उनीहरूले कहाँ सम्झन्छन् र– मैले कुनै यति उच्च पद पाउँछु, त्यसैले पुरुषार्थ नै गर्दैनन्। बाबासँग म यो बन्न सक्छु भनेर सोधे भने बाबाले तुरुन्तै बताउनुहुनेछ। आफैलाई हेरे भने तुरुन्तै बुझ्नेछन्– अवश्य मैले उच्च पद पाउन सक्दिनँ। लक्षण पनि हुनुपर्छ नि। सत्ययुग-त्रेतामा त यस्ता कुरा हुँदैनन्। त्यहाँ हुन्छ प्रारब्ध। जो पछिका राजाहरू हुन्छन्, उनीहरूले पनि प्रजालाई धेरै प्यार गर्छन्। यहाँ त माता-पिता हुनुहुन्छ। यो पनि तिमी बच्चाहरूले नै जान्दछौ। यहाँ त बेहदका बाबा हुनुहुन्छ, उहाँले सारा दुनियाँलाई रजिस्टर गर्नुहुन्छ। तिमीले पनि रजिस्टर गर्छौ नि। पासपोर्ट दिइरहेका छौ। स्वर्गको मालिक बन्नको लागि यहाँबाट तिमीलाई पासपोर्ट मिल्छ। बाबाले भन्नुभएको थियो–जो वैकुण्ठका लायक छन् ती सबैको फोटो हुनुपर्छ किनकि तिमी मनुष्यबाट देवता बन्छौ। नजिकै ताज र तख्तवाला फोटो होस्। हामी यो बनिरहेका छौँ। प्रदर्शनी आदिमा पनि यो नमुना राख्नुपर्छ– यो हो नै राजयोग। मानौँ वकिल बने भने उनीहरू एकातर्फ साधारण ड्रेसमा हुन्, अर्कातर्फ वकिलको ड्रेस। त्यसैगरी एकातर्फ तिमी साधारण, अर्कातर्फ डबल शिरताज। तिम्रो एउटा चित्र छ नि– जसमा सोध्छौ के बन्न चाहन्छौ? यो वकिल आदि बन्नुछ वा राजाहरूको राजा बन्नुछ। यस्ता चित्र हुनुपर्छ। वकिल, न्यायाधीश आदि त यहाँका हुन्। तिमी नयाँ दुनियाँमा राजाहरूको राजा बन्नुछ। लक्ष्य उद्देश्य सामुन्ने छ। हामी यो बनिरहेका छौँ। अर्थ कति राम्ररी सम्झाइएको छ। चित्र पनि धेरै राम्रो होस् फुल साइजको। उनीहरूले वकालत पढे भने योग वकिलसँग हुन्छ। वकिल नै बन्छन्। तिमीहरूको योग परमपिता परमात्मासँग भएमा शिरताज बन्छौ। अब बाबाले सम्झाउनुहुन्छ– बच्चाहरू कर्ममा आउनुपर्छ। लक्ष्मी-नारायणको चित्रमा सम्झाउन धेरै सहज हुन्छ, हामी यो बनिरहेका छौँ त्यसैले हाम्रो लागि अवश्य नयाँ दुनियाँ चाहिन्छ। नर्कपछि हुन्छ स्वर्ग।

अहिले यो पुरुषोत्तम सङ्गमयुग हो। यो पढाइले कति उच्च बनाउँछ, यसमा पैसा आदिको दरकार छैन। पढाइको सोख हुनुपर्छ। एकजना मानिस धेरै गरिब थियो, पढ्नको लागि पैसा थिएन। फेरि पढ्दापढ्दै मेहनत गरेर यति धनवान भयो जो क्वीन भिक्टोरियाको मन्त्री बन्यो। तिमी पनि अहिले कति गरिब छौ। बाबाले कति उच्च पढाउनुहुन्छ। यसमा केवल बुद्धिले बाबालाई याद गर्नुछ। बत्ती आदि बाल्ने पनि दरकार छैन। जहाँ बसे पनि याद गर। तर माया यस्तो छ जसले बाबालाई याद गर्नै बिर्साइदिन्छ। यादमा नै विघ्न पर्छ। यही त युद्ध हो नि। आत्मा पवित्र बन्छ नै बाबालाई याद गर्नाले। पढाइमा मायाले केही गर्दैन। पढाइभन्दा यादको नशा उच्च हुन्भछ, त्यसैले प्राचीन योगको गायन गरिएको छ। योग र ज्ञान भनिन्छ। योगको लागि ज्ञान मिल्छ– यस प्रकारले याद गर। र, फेरि तिमीलाई सृष्टि चक्रको ज्ञान पनि मिल्छ। रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई अरू कसैले जान्दैनन्। भारतवर्षको प्राचीन योग सिकाउँछन्। प्राचीन त नयाँ दुनियाँलाई भनिन्छ। उनीहरूले फेरि लाखौँ वर्ष भनिदिएका छन्। कल्पको अवधि पनि अनेक प्रकारको बताउँछन्। कसैले के भन्छन्, कसैले के भन्छन्। यहाँ तिमीलाई एउटै बाबाले पढाइरहनुभएको छ। तिमी बाहिर पनि जानेछौ, तिमीलाई चित्र पनि मिल्नेछन्। यिनी त व्यापारी हुन् नि। बाबा भन्नुहुन्छ– कपडामा छाप्न सकिन्छ। यदि कसैसँग ठुलो स्क्रिन प्रेस छैन भने आधा आधा गरिदिए पनि हुन्छ। फेरि यसरी जोडिदिन्छन् त्यो जोडेको थाहा नै हुँदैन। बेहदका बाबा, ठुलो सरकार भन्नुहुन्छ, कसैले छपाएर देखायो भने मैले उसको नाम प्रसिद्ध गर्नेछु। यो चित्र कपडामा छपाएर कसैले बेलायत लग्यो भने तिमीलाई एक एक चित्रको कसैले ५-१० हजार पनि दिन सक्छन्। पैसा त त्यहाँ धेरै हुन्छ। यस्ता चित्र बन्न सक्छन्, यति ठुला ठुला प्रेस छन्, सहरहरूका दृश्यहरू यस्ता यस्ता छापिन्छन्– कुरै नगर। यो पनि छाप्न सकिन्छ। यो त यस्तो फस्टक्लास चिज हो– भन्नेछन् सच्चा ज्ञान त यसैमा छ, अरू कसैसँग त छँदैछैन। कसैलाई थाहा नै छैन, फेरि सम्झाउनेवाला पनि अंग्रेजीमा होसियार चाहिन्छ। अंग्रेजी त सबैले जान्दछन्। उनीहरूलाई पनि सन्देश त दिनुछ नि। उनीहरू नै विनाश अर्थ निमित्त बनेका छन् ड्रामा अनुसार। बाबाले बताउनुभएको छ– उनीहरूसँग बमहरू आदि यस्ता यस्ता छन् जसबाट दुवै आपसमा मिले भने सारा विश्वको मालिक बन्न सक्छन्। तर यो ड्रामा नै यस्तो बनेको छ जहाँ तिमीले योगबलले विश्वको बादसाही लिन्छौ। हतियार आदिले विश्वको मालिक बन्न सक्दैनन्। त्यो हो साइन्स, तिम्रो हो साइलेन्स। केवल बाबालाई र चक्रलाई याद गर, आफूसमान बनाऊ।

तिमी बच्चाहरूले योगबलले विश्वको बादसाही लिइरहेका छौ। उनीहरू आपसमा अवश्य पनि लड्नेछन्। मख्खन बीचमा तिमीलाई मिल्नेछ। श्रीकृष्णको मुखमा मखनको डल्लो देखाउँछन्। उखान पनि छ– दुईजना आपसमा लडे, बीचमा मखन तेस्रोले खायो। छ पनि यस्तै। सारा विश्वको राज्यको मखन तिमीलाई मिल्छ। त्यसैले तिमीलाई कति खुसी हुनुपर्छ। वाह बाबा हजुरको त कमाल छ! ज्ञान त हजुरको नै हो। धेरै राम्रो शिक्षा हो। आदि सनातन देवी-देवता धर्मवालाहरूले विश्वको बादसाही कसरी प्राप्त गरे। यो कसैको ख्यालमा पनि हुँदैन। त्यस समयमा अरू कुनै खण्ड हुँदैन। बाबा भन्नुहुन्छ– म विश्वको मालिक बन्दिनँ, तिमीलाई बनाउँछु। तिमी पढाइबाट विश्वको मालिक बन्छौ। म परमात्मा त हुँ नै अशरीरी। तिमीहरू सबैको शरीर छ। तिमीहरू देहधारी हौ। ब्रह्मा-विष्णु-शङ्करको पनि सूक्ष्म शरीर हुन्छ। जसरी तिमी आत्मा हौ त्यसैगरी म पनि परम आत्मा हुँ। मेरो जन्म दिव्य र अलौकिक हुन्छ, अरू कसैले पनि यस्तो जन्म लिँदैनन्। यो निश्चित (मुकरर) छ। यो सबै ड्रामामा पहिल्यै निश्चित छ। कोही अहिले मरे भने– यो पनि ड्रामामा पहिल्यै निश्चित हुन्छ। ड्रामाको शिक्षा कति राम्ररी मिल्छ। बुझ्नेछन् नम्बरवार। कोही त मन्द बुद्धिका हुन्छन्। तीन श्रेणीहरू हुन्छन्। अन्तिम श्रेणीकालाई मन्दबुद्धिका भनिन्छ। आफैले पनि बुझ्छन्– यो फस्ट श्रेणीमा छ, यो सेकेन्डमा छ। प्रजामा पनि यस्तै हुन्छ। पढाइ त एउटै हो। बच्चाहरूलाई थाहा छ– यो पढेर हामी नै डबल शिरताज बन्नेछौँ। हामी डबल शिरताज थियौँ फेरि सिङ्गल ताज फेरि विना ताजका बन्यौँ। जस्तो कर्म त्यस्तै फल मिल्छ भनिन्छ। सत्ययुगमा यस्तो भनिँदैन। यहाँ राम्रो कर्म गरे भने एक जन्मको लागि राम्रो फल मिल्नेछ। कसैले यस्तो कर्म गर्छन् जसले गर्दा जन्मदेखि नै रोगी हुन्छन्। यो पनि कर्मभोग हो नि। बच्चाहरूलाई कर्म, अकर्म, विकर्मको बारेमा पनि सम्झाइएको छ। यहाँ जस्तो गर्छन् त्यसको राम्रो वा नराम्रो फल पाउँछन्। कोही धनवान बनेका छन् भने अवश्य राम्रो कर्म गरेका होलान्। अहिले तिमीले जन्मजन्मान्तरको प्रारब्ध बनाउँछौ। गरिब र धनवानको फरक त त्यहाँ हुन्छ नि, अहिलेको पुरुषार्थ अनुसार। त्यो प्रारब्ध अविनाशी २१ जन्मको लागि हो। यहाँ अल्पकालको प्रारब्ध मिल्छ। कर्म त चल्छ नि। यो कर्म क्षेत्र हो। सत्ययुग स्वर्गको कर्म क्षेत्र हो। त्यहाँ विकर्म हुँदैहुँदैन। यी सबै कुरा बुद्धिमा धारण गर्नुछ। कोही विरलै छन् जसले सदैव प्वइन्टहरू लेखिरहन्छन्। चार्ट पनि लेख्दालेख्दै फेरि थाक्छन्। तिमी बच्चाहरूले प्वइन्टहरू लेख्नुपर्छ। धेरै मसिना मसिना प्वइन्टहरू हुन्छन्, जुन सबै तिमीले कहिल्यै याद गर्न सक्दैनौ, चिप्लिन्छौ। फेरि पछुताउनेछौ– यो प्वइन्ट त हामीले बिर्सियौँ। सबैको यो हालत हुन्छ। बिर्सिन्छन् धेरै फेरि अर्को दिन याद आउँछ। बच्चाहरूले आफ्नो उन्नतिको लागि ख्याल गर्नुछ। बाबालाई थाहा छ– कोही विरलैले यथार्थ रीतिले लेख्छन्। बाबा व्यापारी पनि हुनुहुन्छ नि। उहाँ विनाशी रत्नहरूको व्यापारी हुनुहुन्छ। यहाँ बाबा ज्ञान रत्नहरूका व्यापारी हुनुहुन्छ। योगमा नै धेरै बच्चाहरू फेल हुन्छन्। एक्युरेट यादमा कोही घण्टा डेढ घण्टा पनि मुस्किलले रहन सक्छन्। ८ घण्टा त पुरुषार्थ गर्नुछ। तिमी बच्चाहरूले शरीर निर्वाह पनि गर्नुछ। बाबाले आशिक माशुकको पनि उदाहरण दिनुभएको छ। बस्दाबस्दै याद गरेर तुरुन्तै अगाडि आउँछन्। यो पनि एक साक्षात्कार हो। उनीहरूले उनीहरूलाई याद गर्छन्, उनीहरूले उनीहरूलाई याद गर्छन्। यहाँ त फेरि एक माशुक हुनुहुन्छ, तिमीहरू सबै आशिक हौ। उहाँ मनमोहक माशुक त सदैव गोरो हुनुहुन्छ। सदा पवित्र! बाबा भन्नुहुन्छ– म सदैव सुन्दर यात्री हुँ। तिमीलाई पनि सुन्दर बनाउँछु। यी देवताहरूको स्वाभाविक सुन्दरता हुन्छ। यहाँ त कस्ता कस्ता फेसन गर्छन्। भिन्न भिन्न ड्रेस लगाउँछन्। त्यहाँ त एकरस स्वाभाविक सुन्दरता हुन्छ। अब तिमी यस्तो दुनियाँमा जान्छौ। बाबा भन्नुहुन्छ– म पुरानो पतित स्थान, पतित शरीरमा आउँछु। यहाँ पावन शरीर छैन। बाबा भन्नुहुन्छ– म यिनको धेरै जन्मको अन्त्यमा प्रवेश गरेर प्रवृत्ति मार्गको स्थापना गर्छु। पछि गएर तिमी सेवाधारी बन्दै जानेछौ। पुरुषार्थ गर्नेछौ फेरि बुझ्नेछौ। पहिला पनि यस्तो पुरुषार्थ गरेका थियौँ, अहिले पनि गरिरहेका छौँ। पुरुषार्थ बिना त केही पनि मिल्न सक्दैन। तिमीलाई थाहा छ– हामीले नरबाट नारायण बन्ने पुरुषार्थ गरिरहेका छौँ। नयाँ दुनियाँको राजधानी थियो, अहिले छैन, फेरि हुन्छ। कलियुगपछि फेरि सत्ययुग अवश्य हुन्छ। राजधानी स्थापना हुनु नै छ, कल्प पहिला अनुसार। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) समर्पणको साथसाथै निश्चयबुद्धि बन्नुछ। कुनै पनि फोहोरी काम गर्नुछैन। भित्र कुनै पनि अवगुण छैन भने राम्रो पद मिल्न सक्छ।

२) ज्ञान रत्नहरूको व्यापार गर्नको लागि बाबाले जुन राम्रा राम्रा प्वइन्टहरू सुनाउनुहुन्छ, त्यसलाई नोट गर्नुछ। फेरि त्यसलाई याद गरेर अरूलाई सुनाउनुछ। सदा आफ्नो उन्नतिको ख्याल गर्नुछ।

वरदान:–
बालक र मालिकपनको समान ताद्वारा सर्व खजानामा सम्पन्न भव

जसरी सबैमा बालकपनको नशा छ त्यसैगरी बालक सो मालिक अर्थात् बाबासमान सम्पन्न स्थितिको अनुभव गर। मालिकपनको विशेषता हो– जति मालिक त्यति नै विश्व सेवाधारीको संस्कार सदा इमर्ज रूपमा रहोस्। मालिकपनको नशा र विश्व सेवाधारीको नशा समानरूपमा होस् अनि भनिन्छ बाबासमान। बालक र मालिक दुवैस्वरूप सदा नै प्रत्यक्ष कर्ममा आओस् तब बाबासमान सर्व खजानाबाट सम्पन्न स्थितिको अनुभव गर्न सक्नेछौ।

स्लोगन:–
ज्ञानको अखुट खजानाको अधिकारी बन्यौ भने अधीनता खतम हुनेछ।

अव्यक्त इसारा:– स्वयं र सर्वप्रति मनसा द्वारा योगका शक्तिहरूको प्रयोग गर

जसरी वाचा सेवा स्वाभाविक भएको छ, त्यसैगरी मनसा सेवा पनि साथसाथै र स्वाभाविक बनोस्। वाणीको साथै मनसा सेवा पनि गरिराख्यौ भने तिमीलाई कम बोल्नु पर्नेछ। बोल्नमा जुन इनर्जी लगाउँछौ त्यो मनसा सेवाको सहयोग कारण वाणीको इनर्जी जम्मा हुनेछ र मनसाको शक्तिशाली सेवाले सफलता धेरै अनुभव गराउनेछ।