08.12.24 Avyakt Bapdada Nepali Murli 13.02.2003 Om Shanti Madhuban
“ वर्तमान समयमा आफ्नो
रहमदिल र दाता स्वरूप प्रत्यक्ष गर ”
आज वरदाता बाबाले
आफ्ना ज्ञानदाता, शक्तिदाता, गुणदाता, परमात्म सन्देशवाहक बच्चाहरूलाई देखिरहनुभएको
छ। हरेक बच्चाले मास्टर दाता बनेर आत्माहरूलाई बाबाको समीप ल्याउनको लागि दिलैदेखि
प्रयत्न गरिरहेका छन्। विश्वमा अनेक प्रकारका आत्माहरू छन्, कुनै आत्माहरूलाई ज्ञान
अमृत चाहिन्छ, अन्य कति आत्माहरूलाई शक्ति चाहिन्छ, गुण चाहिन्छ, तिमी बच्चाहरूसँग
सर्व अखण्ड खजानाहरू छन्। तिमीहरू हरेक आत्माको कामना पूर्ण गर्नेवाला हौ।
दिनप्रतिदिन समय समाप्तिको समीप आएको हुनाले अब आत्माहरूले कोही नयाँ सहारा
खोजिरहेका छन्। तिमी आत्माहरू नयाँ सहारा दिनको निमित्त बनेका हौ। बापदादा
बच्चाहरूको उमङ्ग-उत्साह देखेर खुसी हुनुहुन्छ। एकातिर सहयोगको आवश्यकता छ र
अर्कोतिर उमङ्ग-उत्साह छ। आवश्यकताको समयमा एक थोपाको पनि महत्त्व हुन्छ। त्यसैले
यस समयमा तिमीहरूले दिएको अँजुलीको, सन्देशको पनि महत्त्व छ।
वर्तमान समय तिमी सबै
बच्चाहरूको रहमदिल र दाता स्वरूप प्रत्यक्ष हुने समय हो। तिमी ब्राह्मण आत्माहरूको
अनादि स्वरूपमा पनि दातापनका संस्कारहरू भरिएका छन् त्यसैले कल्पवृक्षको चित्रमा
तिमीहरू वृक्षको जरामा देखाइएका छौ किनकि जरामार्फत नै सारा वृक्षलाई सबैथोक पुग्छ।
तिमीहरूको आदि स्वरूप देवता रूप, त्यसको अर्थ नै हो देव ता अर्थात् दिनेवाला।
तिमीहरूको मध्यको स्वरूपका पूज्य चित्र छन् त्यसैले मध्य समयमा पनि पूज्य रूपमा
तिमीहरू वरदान दिनेवाला, दुआ दिनेवाला, आशीर्वाद दिनेवाला दाता रूप हौ। त्यसैले तिमी
आत्माहरूको विशेष स्वरूप नै दातापनको हो। अहिले पनि परमात्म सन्देशवाहक बनेर विश्वमा
बाबाको प्रत्यक्षताको सन्देश फैलाइरहेका छौ। अब हरेक ब्राह्मण बच्चाले चेक गर–
हरेकको जीवनमा अनादि, आदि दातापनका संस्कारहरू सदा इमर्ज रूपमा रहन्छन्? दातापनका
संस्कार भएका आत्माहरूको निसानी हो– उनीहरू कहिल्यै पनि यो सङ्कल्प मात्र पनि
गर्दैनन् कि कसैले देओस् अनि दिऊँ, कसैले गरोस् अनि गरौँ, हैन। निरन्तर खुला भण्डार
हुन्छन्। त्यसैले बापदादाले चारैतिरका बच्चाहरूका दातापनका संस्कारहरू देखिरहनुभएको
थियो। के देख्नुभएको होला? नम्बरवार त छँदैछ नि! कहिल्यै पनि यो सङ्कल्प नगर– यो
होस् अनि मैले पनि यो गरूँला। दातापनका संस्कार भएकालाई स्वतः सर्वत्रबाट सहयोग
प्राप्त हुन्छ। केवल आत्माहरूद्वारा मात्र हैन तर प्रकृति पनि समय प्रमाण सहयोगी
बन्छ। यो सूक्ष्म हिसाब हो– जो सदा दाता बन्छ, त्यो पुण्यको फल समयमा सहयोग, समयमा
सफलता त्यो आत्माले सहजै प्राप्त गर्छ त्यसैले सदा दातापनका संस्कारहरू इमर्ज रूपमा
राख। पुण्यको खाताले एकको १० गुणा फल दिन्छ। त्यसैले सारा दिनमा नोट गर–
सङ्कल्पद्वारा, वाणीद्वारा, सम्बन्ध-सम्पर्कद्वारा पुण्यात्मा बनी पुण्यको खाता कति
जम्मा गरियो? मनसा सेवाले पनि पुण्यको खाता जम्मा गर्छ। वाणीद्वारा कुनै कमजोर
आत्मालाई खुसी बनाउनु, परेसानलाई सानको स्मृतिमा ल्याउनु, निराश (दिलशिकस्त)
आत्मालाई आफ्नो वाणीद्वारा उमङ्ग-उत्साहमा ल्याउनु, सम्बन्ध-सम्पर्कले आत्मालाई
आफ्नो श्रेष्ठ सङ्गको रङ्ग अनुभव गराउनु, यस विधिले पुण्यको खाता जम्मा गर्न सक्छौ।
यस जन्ममा यति धेरै पुण्य जम्मा गर्छौ जुन पुण्यको फल आधा कल्प खान्छौ र आधा कल्प
तिमीहरूको जड चित्रले पापी आत्माहरूलाई वायुमण्डलद्वारा पापबाट मुक्त गर्छ।
पतित-पावनी बन्छौ। त्यसैले बापदादाले हरेक बच्चाको जम्मा भएको पुण्यको खाता
हेरिरहनुहुन्छ।
बापदादा वर्तमान समयको
बच्चाहरूको सेवाको उमङ्ग-उत्साह देखेर खुसी हुनुहुन्छ। धेरैजसो (मेजोरिटी)
बच्चाहरूमा सेवाको उमङ्ग राम्रो छ। सबैले आ-आफ्नो तर्फबाट सेवाको प्लान प्राक्टिकलमा
ल्याइरहेका छन्। यसको लागि बापदादाले दिलैदेखि बधाई दिइरहनुभएको छ। राम्रो गरिरहेका
छौ र राम्रो गरिरहनेछौ। सबैभन्दा राम्रो कुरा यो हो– सबैको सङ्कल्प र समय बिजी भएको
छ। हरेकको यो लक्ष्य छ कि चारैतिरको सेवाबाट अहिले उल्हनालाई अवश्य पूरा गर्नुपर्छ।
ब्राह्मणहरूको दृढ
सङ्कल्पमा धेरै शक्ति छ। यदि ब्राह्मणहरूले दृढ सङ्कल्प गरे भने के हुन सक्दैन! सबै
हुनेछ केवल योगलाई ज्वाला रूप बनाऊ। योग ज्वाला रूप बन्नेछ तब ज्वालाको पछि आत्माहरू
स्वतः नै आउनेछन् किनकि ज्वाला (लाइट) मिल्नाले उनीहरूले बाटो देख्नेछन्। त्यसैले
अहिले योग लगाइरहेका छौ तर त्यो योग ज्वाला रूप हुनुपर्छ। सेवाको उमङ्ग-उत्साह
राम्रो बढिरहेको छ तर योगमा ज्वाला रूप अब अन्डरलाइन गर्नुपर्छ। तिमीहरूको दृष्टिमा
यस्तो झलक आओस् जसबाट दृष्टिले कुनै न कुनै अनुभूतिको अनुभव गरून्।
बापदादालाई,
फरेनवालाहरूले यो जुन सेवा गरेका थिए– कल अफ टाइमवालाहरूको, त्यसको विधि राम्रो
लाग्यो, यसले सानो सङ्गठनलाई समीप ल्यायो। यस्तै हरेक जोन, हरेक सेन्टरले अलगअलग
सेवा त गरिरहेका छौ तर कुनै सर्व वर्गको सङ्गठन बनाऊ। बापदादाले भन्नुभएको थियो–
छरिएको सेवा धेरै छ, तर छरिएको सेवाबाट केही समीप आउने योग्य आत्माहरूको सङ्गठन छान
र समय समयमा त्यो सङ्गठनलाई समीप ल्याइराख र उनीहरूलाई सेवाको उमङ्ग बढाऊ। बापदादा
देख्नुहुन्छ– यस्ता आत्माहरू पनि छन् तर अहिले त्यो पावरफुल पालना, सङ्गठित रूपमा
पाइरहेका छैनन्। अलग अलग यथाशक्ति पालना पाइरहेका छन्, सङ्गठनमा एक-अर्कालाई देखेर
पनि उमङ्ग आउँछ। यसले यो गर्न सक्छ, मैले पनि गर्न सक्छु, मैले पनि गर्नेछु, त्यसैले
उमङ्ग आउँछ। बापदादा अहिले सेवाको प्रत्यक्ष सङ्गठित रूप देख्न चाहनुहुन्छ। मेहनत
राम्रो गरिरहेका छौ, हरेकले आफ्नो वर्गको, एरियाको, जोनको, सेन्टरको सेवा गरिरहेका
छौ, बापदादा खुसी हुनुहुन्छ। अब केही सामुन्ने ल्याऊ। प्रवृत्तिवालाहरूको पनि उमङ्ग
बापदादाको समीप पुग्छ र डबल फरेनरहरूको पनि डबल कार्यमा रहेर पनि सेवामा स्वयंको
पुरुषार्थमा उमङ्ग राम्रो छ, यो देखेर पनि बापदादा खुसी हुनुहुन्छ।
ब्राह्मण आत्माहरू
वर्तमान वायुमण्डललाई देखेर, खास गरी विदेशमा डराउन त डराउँदैनौ? भोलि के होला, भोलि
के होला... यो त सोच्दैनौ? भोलि राम्रो हुनेछ। राम्रो छ र राम्रो नै हुनु छ। जति
दुनियाँमा हलचल हुनेछ त्यति नै तिमी ब्राह्मणहरूको स्टेज अचल हुनेछ। यस्तै हो? डबल
विदेशी हलचल छौ वा अचल छौ? अचल छौ? हलचलमा त छैनौ नि! जो अचल छौ, उनीहरूले हात उठाऊ।
अचल छौ? भोलि केही भइहाल्यो भने? त्यतिबेला पनि अचल हुन्छौ नि! के होला, केही
हुनेछैन। तिमी ब्राह्मणहरूमाथि परमात्म छत्रछाया छ। जस्तै वाटरप्रुफ चीजमा जतिसुकै
पानी (वाटर) होस् तर वाटरप्रुफद्वारा वाटरप्रुफ हुन्छन्। त्यस्तै जति पनि हलचल होस्
तर ब्राह्मण आत्माहरू परमात्म छत्रछायाभित्र सदा प्रुफ छन्। बेफिक्र बादसाह हौ नि!
कि अलिअलि फिक्र छ, के होला? हैन। बेफिक्र स्वराज्य अधिकारी बनेरबेफिक्र बादसाह
बनेर, अचल-अडोल सिटमा सेट होऊ। सिटबाट तल नओर्ल। अपसेट हुनु अर्थात् सिटमा सेट छैनन्
त्यसैले अपसेट छन्। जो सिटमा सेट छन् उनीहरू स्वप्नमा पनि अपसेट हुन सक्दैनन्।
माताहरूले के सम्झन्छौ?
सिटमा सेट हुन, बस्न आउँछ? हलचल त हुँदैन नि! बापदादा कम्बाइन्ड हुनुहुन्छ, जब
सर्वशक्तिमान तिमीहरूसँग कम्बाइन्ड हुनुहुन्छ भने तिमीहरूलाई के डर छ! एक्लै सम्झियौ
भने हलचलमा आउँछौ। कम्बाइन्ड रह्यौ भने जतिसुकै हलचल होस् तर तिमीहरू अचल रहनेछौ।
ठीक छ माताहरू? ठीक छ नि, कम्बाइन्ड छौ नि! एक्लै त छैनौ? बाबाको जिम्मेवारी हो, यदि
तिमीहरू सिटमा सेट छौ भने बाबाको जिम्मेवारी हो, अपसेट छौ भने तिमीहरूको जिम्मेवारी
हो।
आत्माहरूलाई
सन्देशद्वारा अँजुली दिइरह्यौ भने दाता स्वरूपमा स्थित रहनेछौ, दातापनको पुण्यको फल
शक्ति पाइरहनेछौ। हिँड्दा-डुल्दा आफूलाई आत्मा करावनहार हुँ र यी कर्मेन्द्रियहरू
करनहार कर्मचारी हुन्, यो आत्माको स्मृतिको अनुभव सदा इमर्ज रूपमा होस्, यस्तो हैन
कि म त हुँ नै आत्मा। हैन, स्मृतिमा इमर्ज होस्। मर्ज रूपमा रहन्छ तर इमर्ज रूपमा
रहनाले त्यो नसा, खुसी र कन्ट्रोलिङ पावर हुन्छ। मजा पनि आउँछ, किन! साक्षी भएर
कर्म गराउँछौ। त्यसैले बारम्बार चेक गर– करावनहार भएर कर्म गराइरहेको छु? जस्तै
राजाले आफ्ना कर्मचारीहरूलाई अर्डरमा राख्छन्, अर्डरले गराउँछन्, त्यस्तै आत्मा
करावनहार स्वरूपको स्मृति रह्यो भने सर्व कर्मेन्द्रियहरू अर्डरमा रहनेछन्। मायाको
अर्डरमा रहने छैनन्, तिमीहरूको अर्डरमा रहनेछन्। नत्रभने मायाले देख्छ– करावनहार
आत्मा सुस्त भयो भने मायाले अर्डर गर्न थाल्छ। कहिले सङ्कल्प शक्ति, कहिले मुखको
शक्ति मायाको अर्डरमा चल्न थाल्छ त्यसैले सदा हरेक कर्मेन्द्रियहरूलाई आफ्नो अर्डरमा
चलाऊ। यस्तो भन्ने छैनौ– चाहेको थिइन, तर भयो। जे चाहन्छौ त्यही हुनेछ। अहिलेदेखि
नै राज्य अधिकारी बन्ने संस्कारहरू भर तब मात्र त्यहाँ पनि राज्य चलाउनेछौ।
स्वराज्य अधिकारीको सिटबाट कहिल्यै पनि तल नउत्र। यदि कर्मेन्द्रियहरू अर्डरमा
रहन्छन् भने हरेक शक्ति पनि तिमीहरूको अर्डरमा रहनेछ। जुन शक्तिको जुन समयमा
आवश्यकता छ त्यो समयमा जी हाजिर हुनेछ। यस्तो हैन काम पूरा भइसकेपछि तिमीहरूले
अर्डर गर सहनशक्ति आऊ, काम पूरा भइसकेपछि आओस्। हरेक शक्ति तिमीहरूको अर्डरमा जी
हाजिर हुनेछ किनकि यो हरेक शक्ति परमात्म देन हो। त्यसैले परमात्म देन तिमीहरूको
चीज भयो। आफ्नो चीजलाई जसरी पनि युज गर, जहिलेसुकै युज गर, यसरी यी सर्व शक्तिहरू
तिमीहरूको अर्डरमा रहनेछन्, सर्व कर्मेन्द्रियहरू तिमीहरूको अर्डरमा रहनेछन्, यसलाई
भनिन्छ स्वराज्य अधिकारी, मास्टर सर्वशक्तिमान। यस्तै छन् पाण्डवहरू? मास्टर
सर्वशक्तिमान पनि हौ र स्वराज्य अधिकारी पनि हौ। यस्तो भन्नु छैन– मुखबाट निस्कियो,
कसले अर्डर दियो जुन निस्कियो! हेर्न चाहेको थिइन, हेरेँ। गर्न चाहेका थिइन, तर गरेँ।
यो कसको अर्डरमा हुन्छ? यसलाई अधिकारी भनिन्छ वा अधीन भनिन्छ? त्यसैले अधिकारी बन,
अधीन हैन। अच्छा।
बापदादा भन्नुहुन्छ–
जस्तै अहिले मधुबनमा सबै एकदम खुसी छौ, त्यस्तै सदा हर्षित र सम्पन्न (खुसी-आबाद)
रहनु। रूहे गुलाब हौ। हेर, चारैतिर हेर सबै रूहे गुलाब फुलेका गुलाब छन्। ओइलाएका
छैनन्, फक्रेका गुलाब छन्। सदा यस्तै सौभाग्यशाली (खुसनसीब) र प्रसन्न (खुसनुमा)
चेहरामा रहनु। कसैले तिमीहरूको चेहरालाई देखेर सोधुन्– तपाईँहरूले के पाउनुभएको छ?
तपाईँहरू धेरै खुसी देखिनुहुन्छ! हरेकको चेहराले बाबाको परिचय देओस्। जस्तै चित्रले
परिचय दिन्छन्, त्यस्तै तिमीहरूको चेहराले बाबाको परिचय दिउन् कि बाबा मिल्नुभएको
छ। अच्छा।
सबै ठीक छ? विदेशीहरू
पनि आइपुगेका छन्। राम्रो लाग्छ नि यहाँ? (मोहिनी बहिनी, न्युयोर्क) ओके, हलचल
सुन्नबाट त बच्यौ। राम्रो गरेकी छौ, सबै सँगै पुगेका छौ, धेरै राम्रो गर्यौ। अच्छा,
डबल फरेनरहरू, डबल नसा छ नि! भन– यति नसा छ जो दिलले भन्छ कि यदि छौं भने हामी डबल
विदेशी छौं। डबल नसा छ, स्वराज्य अधिकारी सो विश्व अधिकारी। डबल नसा छ नि!
बापदादालाई पनि राम्रो लाग्छ। यदि कुनै पनि ग्रुपमा डबल विदेशी छैनन् भने राम्रो
लाग्दैन। विश्वको पिता भएकाले विश्वका चाहिन्छन् नि! सबै चाहिन्छन्। माताहरू नभए पनि
रौनक हुँदैन। पाण्डवहरू नभए पनि रौनक कम हुन्छ। हेर– जुन सेन्टरमा कुनै पाण्डव छैनन्,
केवल माताहरू छन् भने राम्रो लाग्छ! अनि केवल पाण्डवहरू छन्, शक्तिहरू छैनन् भने पनि
सेवाकेन्द्रको श्रृङ्गार हुँदैन। दुवै चाहिन्छन्। बच्चा पनि चाहिन्छन्। बच्चाहरूले
भन्छन्, हाम्रो नाम किन लिइएन। बच्चाहरूको पनि रौनक हुन्छ।
अच्छा, अब एक
सेकेन्डमा निराकारी आत्मा बनी निराकार बाबाको यादमा लवलीन होऊ। (ड्रिल)
चारैतिरका सर्व
स्वराज्य अधिकारी, सदा साक्षीपनको सिटमा सेट रहने अचल अडोल आत्माहरू, सदा दातापनको
स्मृतिद्वारा सर्वलाई ज्ञान, शक्ति, गुण दिने रहमदिल आत्माहरूलाई, सदा आफ्नो
चेहराबाट बाबाको चित्र देखाउने श्रेष्ठ आत्माहरूलाई, सदा सौभाग्यशाली (खुसनसीब),
प्रसन्न (खुसनुमा) रहने रूहे गुलाब, रूहानी गुलाब बच्चाहरूलाई बापदादाको याद-प्यार
एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
दादीहरूसँग:–
(सेवासँगै सबैतिर १०८
घण्टा योगको पनि राम्रो प्रोग्राम चलिरहेका छन्) यस योग ज्वालाले नै विनाश ज्वाला
फोर्समा आउनेछ। अहिले हेर प्रोग्राम बनाउँछौ, फेरि सोचमा परिहाल्छौ। योगले विकर्म
विनाश हुनेछन्, पाप कर्मको बोझ भष्म हुनेछ, सेवाबाट पुण्यको खाता जम्मा हुनेछ।
त्यसैले पुण्यको खाता त जम्मा गरिरहेका छौ तर पहिलेको जो केही संस्कारको बोझ छ, त्यो
भष्म योग ज्वालाले हुनेछ। साधारण योगले हैन। अहिले के हुन्छ, योग त लगाउँछौं तर
योगमा पाप भष्म हुने ज्वाला रूप छैन त्यसैले अलिकति समय खतम हुन्छ फेरि निस्कन्छ।
त्यसैले रावणलाई हेर, मार्छन्, जलाउँछन् फेरि हड्डी पनि पानीमा हालिदिन्छन्।
बिल्कुल भष्म होस्, पहिलेका संस्कारहरू, कमजोर संस्कारहरू बिल्कुल भष्म होऊन्, भष्म
भएका छैनन्। मर्छन् तर भष्म हुँदैनन्, मरेपछि पनि फेरि बिउँतिन्छन्। संस्कार
परिवर्तनद्वारा संसार परिवर्तन हुनेछ। अहिले संस्कारहरूको लीला चलिरहेको छ।
संस्कारहरू बीच बीचमा इमर्ज हुन्छन् नि! नामनिसान खतम होस्, संस्कार परिवर्तन– यो
हो विशेष अन्डरलाइन गर्ने कुरा। संस्कार परिवर्तन भएका छैनन् भने व्यर्थ सङ्कल्प पनि
हुन्छन्। समय पनि व्यर्थ जान्छ, व्यर्थ नोक्सान पनि हुन्छ। हुनु त छँदैछ। संस्कार
मिलनको महारास गायन गरिएको छ। अहिले रास हुन्छ, महारास भएको छैन। (महारास किन
हुँदैन?) अन्डरलाइन छैन, दृढता छैन। अलबेलापन भिन्नभिन्न प्रकारको छ। अच्छा!
वरदान:–
कर्मयोगी बनेर
हर सङ्कल्प , बोली र कर्म श्रेष्ठ बनाउने निरन्तर योगी भव
कर्मयोगी आत्माको
हरेक कर्म योगयुक्त, युक्तियुक्त हुनेछ। यदि कुनै पनि कर्म युक्तियुक्त हुँदैन भने
सम्झ योगयुक्त छैन। यदि साधारण वा व्यर्थ कर्म हुन्छ भने निरन्तर योगी भनिँदैन।
कर्मयोगी अर्थात् हर सेकेन्ड, हर सङ्कल्प, हर बोली सदा श्रेष्ठ होस्। श्रेष्ठ कर्मको
निसानी हो– स्वयं पनि सन्तुष्ट र अरू पनि सन्तुष्ट। यस्तो आत्मा नै निरन्तर योगी
बन्छ।
स्लोगन:–
स्वयं प्रिय,
लोकप्रिय र प्रभुप्रिय आत्मा नै वरदानी मूर्त हो।