09.02.25 Avyakt Bapdada Nepali Murli 18.01.2004 Om Shanti Madhuban
“वर्ल्ड अथोरिटीका
डाइरेक्ट बच्चा हौँ– यो स्मृतिलाई इमर्ज राखेर सर्व शक्तिहरूलाई अर्डरले चलाऊ”
आज चारैतिर स्नेहको
लहरहरूमा सबै बच्चाहरू समाहित छन्। सबैको दिलमा विशेष ब्रह्माबाबाको स्मृति इमर्ज
छ। अमृतवेलादेखि लिएर साकार पालना लिएका रत्नहरू र साथमा अलौकिक पालना लिएका रत्नहरू
दुवैको दिलको यादको माला बापदादाको पासमा पुगेको छ। सबैको दिलमा बापदादाको स्मृतिको
तस्वीर देखिइरहेको छ र बाबाको दिलमा सर्व बच्चाहरूको स्नेह भरिएको याद समाहित छ।
सबैको दिलमा एउटै स्नेह भरिएको गीत बजिरहेको छ– “मेरो बाबा” र बाबाको दिलबाट यही
गीत बजिरहेको छ– “मेरा मीठा-प्यारा बच्चाहरू”। यो अटोमेटिक गीत, अनहद गीत कति प्यारो
छ। बापदादाले चारैतिरका बच्चाहरूको स्नेह भरिएको स्मृतिको रिटर्नमा दिलैदेखि स्नेह
भरिएको पदमगुणा आशीर्वाद दिइरहनु भएको छ।
बापदादाले
देखिरहनुभएको छ, अहिले पनि देश वा विदेशमा बच्चाहरू स्नेहको सागरमा लभलिन छन्। यो
स्मृति दिवस विशेष सबै बच्चाहरू प्रति समर्थ बनाउने दिवस हो। आजको दिन
ब्रह्माबाबाद्वारा बच्चाहरूको राज्याभिषेक (ताजपोशी)को दिन हो। ब्रह्माबाबाले
निमित्त बच्चाहरूलाई विश्व सेवाको जिम्मेवारीको ताज पहिराउनुभयो। स्वयम् अननोन (गुप्त)
बन्नुभयो र बच्चाहरूलाई साकार स्वरूपमा निमित्त बनाउने, स्मृतिको तिलक दिनुभयो।
आफूसमान अव्यक्त फरिस्ता स्वरूपको, प्रकाशको ताज पहिराउनुभयो। स्वयम् करावनहार बनेर
बच्चाहरूलाई करनहार बनाउनुभयो, त्यसैले यस दिवसलाई स्मृति दिवस सो समर्थी दिवस
भनिन्छ। केवल स्मृति होइन, बच्चाहरूलाई वरदानमा स्मृतिको साथसाथै सर्व सामर्थ्यहरू
पनि प्राप्त भएका छन्। बापदादाले सबै बच्चाहरूलाई सर्व स्मृतिहरूको स्वरूपमा
देखिरहनुभएको छ। मास्टर सर्व शक्तिमान स्वरूपमा देखिरहनुभएको छ। शक्तिमान होइन,
सर्वशक्तिमान। यी सर्व शक्तिहरू बाबाद्वारा हरेक बच्चालाई वरदानमा मिलेका छन्।
दिव्य जन्म लिनेबित्तिकै बापदादाले वरदान दिनुभयो– सर्वशक्तिमान भव! यो हरेक
बच्चालाई जन्म दिवसको वरदान हो। यी प्राप्त शक्तिहरूलाई वरदानको रूपले कार्यमा लगाऊ।
शक्तिहरू त हरेक बच्चालाई मिलेका छन् तर कार्यमा लगाउनमा नम्बरवार हुन्छन्। हर
शक्तिको वरदानलाई समय अनुसार अर्डर (आदेश) गर्न सक्छौ। यदि वरदाताको वरदानको स्मृति
स्वरूप बनेर समय अनुसार कुनै पनि शक्तिलाई अर्डर गर्यौ भने हरेक शक्ति हाजिर हुनु
नै छ। वरदानको प्राप्तिले, मालिकपनको स्मृति स्वरूपमा रहेर तिमीले अर्डर गर, शक्ति
समयमा कार्यमा नआउने, यो हुनै सक्दैन। तर मालिक, मास्टर सर्वशक्तिमानको स्मृतिको
सिटमा सेट होऊ, सिटमा सेट नभएमा कुनै अर्डर मानिँदैन। बच्चाहरूले भन्छन्– बाबा
हामीले जब हजुरलाई याद गर्छौं, तब हजुर हाजिर भइहाल्नुहुन्छ, प्रभु हजुर हाजिर
हुनुहुन्छ। हजुर हाजिर हुन सक्नुहुन्छ भने शक्ति किन हाजिर हुँदैन! केवल विधिपूर्वक
मालिकपनको अथोरिटीले अर्डर गर। यी सर्व शक्तिहरू सङ्गमयुगका विशेष परमात्म प्रोपर्टी
हुन्। प्रोपर्टी कसको लागि हुन्छ? बच्चाहरूको लागि प्रोपर्टी हुन्छ। त्यसैले
अधिकारले स्मृति स्वरूपको सिटबाट अर्डर गर, किन मेहनत गर्छौ, अर्डर गर। वर्ल्ड
अथोरिटीका डाइरेक्ट बच्चा हौ, यो स्मृतिको नसा सदा इमर्ज रहोस्।
आफूलाई चेक गर–
वर्ल्ड अलमाइटी अथोरिटीको अधिकारी आत्मा हुँ, यो स्मृति स्वतः नै रहन्छ? रहन्छ वा
कहिलेकाहीँ रहन्छ? आजकालको समयमा त अधिकार लिनकै लागि झगडा हुन्छ र तिमीहरू सबैलाई
परमात्म अधिकार, परमात्म अथोरिटी जन्मदेखि नै प्राप्त छ। त्यसैले आफ्नो अधिकारको
सामर्थ्यमा रहने गर। स्वयम् पनि समर्थ बन र सर्व आत्माहरूलाई पनि सामर्थ्य दिलाऊ।
सर्व आत्माहरू यस समयमा सामर्थ्य अर्थात् शक्तिहरूको भिखारी छन्, तिम्रा जड
चित्रहरूको अगाडि मागिरहन्छन्। त्यसैले बाबा भन्नुहुन्छ– “हे समर्थ आत्माहरू! सर्व
आत्माहरूलाई शक्ति देऊ, सामर्थ्य देऊ।” यसको लागि हरेक बच्चाले केवल एउटा कुराको
अटेन्सन राख्न आवश्यक छ– जुन बापदादाले इसारा पनि दिनुभयो, बापदादाले रिजल्टमा
देख्नुभयो, मेजोरिटी बच्चाहरूको सङ्कल्प र समय व्यर्थ जान्छ। जसरी बिजुलीको कनेक्सन
यदि अलिकति पनि लुज भएमा वा लीक भएमा राम्ररी लाइट आउन सक्दैन। त्यसैगरी यो व्यर्थको
लीकेजले समर्थ स्थितिलाई सदाकालको स्मृति बनाउन दिँदैन, त्यसैले वेस्टलाई बेस्टमा
चेन्ज गर। बचतको स्किम बनाऊ। पर्सेन्टेज (प्रतिशत) निकाल– सारा दिनमा वेस्ट (व्यर्थ)
कति भयो, बेस्ट कति भयो? यदि मानौँ ४० पर्सेन्ट वा २० पर्सेन्ट वेस्ट छ भने त्यसलाई
बचाऊ। यस्तो नसम्झ– अलिकति मात्र त वेस्ट गयो, बाँकी सारा त दिन ठीक छ। तर यो
वेस्टको बानी धेरै समयको बानी भएको कारणले लास्ट घडीमा धोका दिन सक्छ। नम्बरवार
बनाइदिन्छ, नम्बरवन बन्न दिँदैन। जस्तै ब्रह्माबाबाले आदिमा आफ्नो चेकिङको कारणले
दिनदिनै राति दरबार लगाउनुहुन्थ्यो। कसको दरबार? बच्चाहरूको होइन, आफ्नै
कर्मेन्द्रियहरूको दरबार लगाउनुहुन्थ्यो। अर्डर चलाउनुहुन्थ्यो– हे मन मुख्यमन्त्री!
यो तिम्रो चालचलन राम्रो छैन, अर्डरमा चल। हे संस्कार अर्डरमा चल। किन तलमाथि भयो,
कारण बताऊ, निवारण गर। हरेक दिन अफिसियल दरबार लगाउनुभयो। त्यस्तै दिनदिनै आफ्नो
स्वराज्य दरबार लगाऊ। धेरै बच्चाहरूले बापदादासँग मीठा-मीठा रुहरिहान गर्छन्।
पर्सनल रुहरिहान गर्छन्, बताउनुहोस्, भन्छन्– हामीलाई आफ्नो भविष्यको चित्र
बताउनुहोस्, हामी के बन्नेछौँ? जस्तै आदि रत्नहरूलाई याद होला जगत अम्बा माँसँग सबै
बच्चाहरूले आफ्नो चित्र माग्थे, मम्मा हजुरले हामीलाई चित्र दिनुहोस् हामी कस्ता
छौँ। बापदादासँग पनि रुहरिहान गर्छन्, आफ्ना चित्र माग्छन्। तिमीहरूको पनि दिल
हुन्छ होला हामीलाई पनि चित्र मिले त राम्रो हुन्थ्यो। तर बापदादा भन्नुहुन्छ–
बापदादाले हरेक बच्चालाई एउटा विचित्र दर्पण दिनुभएको छ, त्यो दर्पण कुनचाहिँ हो?
वर्तमान समयमा तिमी स्वराज्य अधिकारी हौ नि! हौ? स्वराज्य अधिकारी हौ? हौ भने हात
उठाऊ। स्व-राज्य, अधिकारी हौ? राम्रो। कोही कोहीले उठाइरहेका छैनन्। थोरै थोरै हौ
र? राम्रो। सबै स्वराज्य अधिकारी हौ, बधाई छ। स्वराज्य अधिकारको चार्ट तिम्रो लागि
भविष्य पदको चेहरा देखाउने दर्पण हो। यो दर्पण सबैलाई मिलेको छ नि? क्लियर छ नि?
कुनै यस्तो कालो दाग त लागेको छैन नि! ठीक छ, कालो दाग त लागेको हुँदैन, तर
कहिलेकाहीँ जस्तै तातो पानी हुन्छ नि, त्यसबाट बाफ जस्तो ऐनामाथि आउँछ। जसरी कुहिरो
लाग्छ नि, त्यसैगरी ऐनामा यस्तो हुन्छ जसले गर्दा ऐनाले क्लियर देखाउँदैन। नुहाउने
बेलामा त सबैलाई अनुभव होला। त्यसैगरी यदि कुनै एउटा कर्मेन्द्रिय अहिलेसम्म पनि
तिम्रो पूरा कन्ट्रोलमा छैन, छ कन्ट्रोलमा तर कहिलेकाहीँ छैन पनि। यदि मानौँ कुनै
कर्मेन्द्रिय, चाहे आँखा होस्, चाहे मुख होस्, चाहे कान होस्, चाहे पाउ होस्, पाउ
पनि कहिलेकाहीँ नराम्रो सङ्गतर्फ जान्छ। त्यसैले पाउ पनि कन्ट्रोलमा भएन नि।
सङ्गठनमा बसेर रामायण र भागवतको उल्टा कथाहरू सुन्छौ, सुल्टो होइन। त्यसैले कुनै पनि
कर्मेन्द्रिय सङ्कल्प, समयसहित यदि कन्ट्रोलमा छैन भने यसैबाट चेक गर जब स्वराज्यमा
कन्ट्रोलिङ पावर छैन भने विश्वको राज्यमा के कन्ट्रोल गर्नेछौ! राजा कसरी बन्नेछौ?
त्यहाँ त सबै एक्युरेट हुन्छ। कन्ट्रोलिङ पावर, रूलिङ पावर सबै स्वतः नै सङ्गमयुगको
पुरुषार्थको प्रारब्धको रूपमा हुन्छ। सङ्गमयुग अर्थात् वर्तमान समयमा यदि
कन्ट्रोलिङ पावर, रूलिङ पावर कम छ भने पुरुषार्थ कम भएमा प्रालब्ध के हुनेछ? हिसाब
गर्नमा त होसियार छौ नि! त्यसैले यो ऐनामा आफ्नो फेस हेर, आफ्नो अनुहार हेर। राजाको
आउँछ, रोयल फेमिलीको आउँछ, रोयल प्रजाको आउँछ, साधारण प्रजाको आउँछ, कुनचाहिँ
अनुहार आउँछ? त्यसोभए मिल्यो चित्र? यो चित्रबाट चेक गर्नु। हरेक दिन चेक गर्नु
किनकि धेरै समयको पुरुषार्थबाट, धेरै समयको राज्य भाग्यको प्राप्ति हुन्छ। यदि
तिमीले सोच्यौ अन्त्यको समयमा बेहदको वैराग्य त आइहाल्छ, तर अन्त्य समय आउँदा धेरै
समय भयो वा थोरै समय भयो? धेरै समय त भनिँदैन नि! २१ जन्म पूरै राज्य अधिकारी बन,
ठीकै छ तख्तमा नबस, तर राज्य अधिकारी होऊ। यो धेरै समयको पुरुषार्थको, धेरै समयको
प्रारब्धको कनेक्सन छ, त्यसैले अलबेला नबन, अहिले त विनाशको डेट फिक्स नै भएको छैन,
थाहा नै छैन। ८ वर्ष हुनेछ, १० वर्ष हुनेछ, थाहा त छँदैछैन। आउने समयमा भइहाल्नेछ,
होइन। विश्वको अन्त्यकाल सोच्नुभन्दा पहिले आफ्नो जन्मको अन्त्यकाल सोच, तिमीसँग
डेट फिक्स छ, कोसँग थाहा छ र, यो डेटमा मेरो मृत्यु हुनु छ? छ कसैसँग? छैन नि!
विश्वको अन्त्य त हुनु नै छ, समयमा हुने नै छ तर पहिले आफ्नो अन्त्यकाल सोच र
जगदम्बाको स्लोगन याद गर– के स्लोगन थियो? हर घडी आफ्नो अन्तिम घडी सम्झ। अचानक हुनु
छ। डेट बताइएको हुँदैन। न विश्वको, न तिम्रो अन्तिम घडीको। सबै अचानकको खेल हो,
त्यसैले दरबार लगाऊ, हे राजाहरू, स्वराज्य अधिकारी राजाहरू! आफ्नो दरबार लगाऊ।
अर्डरमा चलाऊ किनकि भविष्यको गायन छ, ल एण्ड अर्डर हुनेछ। स्वतः नै हुनेछ। लभ र ल
दुवैको नै ब्यालेन्स हुन्छ। नेचुरल हुनेछ। राजाले कुनै ल (कानुन) पास गर्नेछैन यो ल
हो भनेर, जसरी आजकाल ल बनाइरहन्छन्। आजकाल त पुलिसवालाले पनि ल लगाइदिन्छन्। तर
त्यहाँ नेचुरल लभ र लको ब्यालेन्स हुनेछ।
त्यसैले अब अलमाइटी
अथोरिटीको सिटमा सेट होऊ। तब यी कर्मेन्द्रियहरू, शक्तिहरू, गुणहरूले सबै तिम्रो
अगाडि जी हजुर, जी हजुर गर्नेछन्। धोका दिनेछैनन्। जी हाजिर। त्यसोभए अब के गर्नेछौ?
अर्को स्मृति दिवसमा कुन समारोह मनाउनेछौ? यो हरेक जोनले त समारोह मनाउँछन् नि।
सम्मान समारोह पनि धेरै मनायौ। अब सदा हरेक सङ्कल्प र समयको सफलताको सेरेमनी मनाऊ।
यो समारोह मनाऊ। वेस्ट खतम किनकि तिम्रो अवस्था सफलतामूर्त बनेपछि आत्माहरूलाई
तृप्तिको सफलता प्राप्त हुनेछ। निराशाबाट चारैतिर शुभ आशाहरूको दीप बल्नेछ। कुनै पनि
सफलता हुँदा दीपक त बाल्छौ नि! अब विश्वमा आशाहरूको दीपक बाल। हरेक आत्मा भित्र कुनै
न कुनै निराशा छ नै, निराशाहरूको कारणले परेसान छन्, टेन्सनमा छन्। त्यसैले हे
अविनाशी दीपकहरू! अब आशाका दीपकहरूको दिवाली मनाऊ। पहिले स्व अनि सर्व। सुन्यौ!
बाँकी बापदादा बच्चाहरूको स्नेह देखेर खुसी हुनुहुन्छ। स्नेहको सब्जेक्टमा
पर्सेन्टेज राम्रो छ। तिमी यति मेहनत गरेर यहाँ किन पुगेका हौ, तिमीलाई कसले ल्यायो?
ट्रेनले ल्यायो, प्लेनले ल्यायो वा स्नेहले ल्यायो? स्नेहको प्लेनबाट पुगेका हौ।
त्यसैले स्नेहमा त पास छौ। अब अलमाइटी अथोरिटीमा मास्टर बन, यसमा पास हुनु, तब यो
प्रकृति, यो माया, यो संस्कार, सबै तिम्रा दासी बन्नेछन्। हरेक घडीले प्रतीक्षा
गर्नेछन् मालिकको के अर्डर छ! ब्रह्माबाबाले पनि मालिक बनेर भित्रैभित्र यस्तो
सूक्ष्म पुरुषार्थ गर्नुभयो जुन तिमीलाई थाहा भयो, सम्पन्न कसरी बन्नुभयो? पंक्षी
उड्यो। पिँजडा खुल्यो। साकार दुनियाको हिसाबकिताबको, साकारको तनको पिँजडा खुल्यो,
पंक्षी उड्यो। अहिले ब्रह्माबाबा पनि दिलदेखि प्रेमले बच्चाहरूलाई चाँडै आऊ, चाँडै
आऊ, अब आऊ, अब आऊ, यो आह्वान गरिरहनुभएको छ। पङ्ख त मिलिसकेको छ नि! बस्, सबैले एक
सेकेन्डमा आफ्नो दिलमा यो ड्रिल गर, अहिले भर्खरै गर। सबै सङ्कल्प समाप्त गर, यही
ड्रिल गर “ओ बाबा मीठा बाबा, प्यारा बाबा म हजुर समान अव्यक्त रूपधारी बनि नै हाल्छु”
(बापदादाले ड्रिल गराउनुभयो)। अच्छा!
चारैतिरका स्नेही सो
समर्थ बच्चाहरूलाई, चारैतिरका स्वराज्य अधिकारी सो विश्व राज्य अधिकारी बच्चाहरूलाई,
चारैतिरका मास्टर अलमाइटी अथोरिटीको सिटमा सेट रहने तीव्र पुरुषार्थी बच्चाहरूलाई,
सदा मालिक बनेर प्रकृतिलाई, संस्कारलाई, शक्तिहरूलाई, गुणहरूलाई अर्डर गर्ने विश्व
राज्य अधिकारी बच्चाहरूलाई, बाबासमान सम्पूर्णतालाई, सम्पन्नतालाई नजिक ल्याउने देश
विदेशका हरेक स्थानका कुना कुनाका बच्चाहरूलाई समर्थ दिवसको, बापदादाको यादप्यार एवं
नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
अहिले भर्खरै
बापदादालाई विशेष को याद आइरहेको छ? जनक बच्ची। खास सन्देश पठाएकी थिइन् म सभामा
हाजिर अवश्य हुनेछु। त्यसैले चाहे लन्डन, चाहे अमेरिका, चाहे अस्ट्रेलिया, चाहे
अफ्रिका, चाहे एसिया र सर्व भारतका हरेक देशका बच्चाहरूलाई एक-एकलाई नाम र
विशेषतासहित यादप्यार। तिमीलाई त सम्मुख यादप्यार मिलिरहेको छ नि! अच्छा। आज मधुबन
निवासीहरूलाई पनि याद गर्नुभयो। यिनीहरू अगाडि अगाडि बस्छन् नि। हात उठाऊ मधुबन
निवासीहरूले। मधुबनका सबै भुजाहरू। मधुबनवालाहरूलाई विशेष त्यागको भाग्य सूक्ष्ममा
त प्राप्त हुन्छ किनकि रहन्छन् पाण्डव भवनमा, मधुबनमा, शान्तिवनमा तर मिल्नेहरूलाई
चान्स मिल्छ, मधुबनकाले साक्षी भएर हेरिरहन्छन्। तर दिलमा सदा मधुबन निवासीहरू याद
हुन्छन्। अब मधुबनबाट वेस्टको नामनिसान समाप्त होस्। सेवामा, स्थितिमा सबैमा महान्।
ठीक छ नि! मधुबन निवासीहरूलाई बिर्सनुहुन्न तर मधुबनलाई त्यागको चान्स दिनुहुन्छ।
अच्छा!
वरदान:–
मस्तकद्वारा
सन्तुष्टताको चमकको झलक देखाउने साक्षात्कारमूर्त भव
जो सदा सन्तुष्ट
रहन्छन्, उनीहरूको मस्तकबाट सन्तुष्टताको झलक सदा चम्किरहन्छ, यदि उनीहरूलाई कुनै
पनि उदास आत्माले देख्यो भने ऊ पनि खुसी भइहाल्छ, उसको उदासी मेटिन्छ। जोसँग
सन्तुष्टताको खुसीको खजाना छ, उनीहरूको पछाडि स्वतः नै सबै आकर्षित हुन्छन्।
उनीहरूको खुसीको चेहराले चैतन्य बोर्ड बनिदिन्छ, जुन अनेक आत्माहरूलाई बनाउने परिचय
दिन्छ। त्यसैले यस्तो सन्तुष्ट रहने र सबैलाई सन्तुष्ट पार्ने सन्तुष्ट मणि बन,
जसबाट अनेकौँलाई साक्षात्कार होस्।
स्लोगन:–
चोट लगाउनेको
काम हो चोट लगाउनु र तिम्रो काम हो आफूलाई बचाउनु।