09.03.25    Avyakt Bapdada     Nepali Murli    20.03.2004     Om Shanti     Madhuban


“यस वर्षलाई विशेष जीवनमुक्त वर्षको रूपमा मनाऊ , एकता र एकाग्रताद्वारा बाबाको प्रत्यक्षता गर”


आज स्नेहका सागरले चारैतिरका स्नेही बच्चाहरूलाई हेरिरहनुभएको छ। बाबाको पनि बच्चाहरूसँग दिलको अविनाशी स्नेह छ र बच्चाहरूको पनि दिलाराम बाबासँग दिलको स्नेह छ। यो परमात्म स्नेह, दिलको स्नेह केवल बाबा र ब्राह्मण बच्चाहरूले मात्र जान्दछन्। परमात्म स्नेहका पात्र केवल तिमी ब्राह्मण आत्माहरू हौ। भक्त आत्माहरू परमात्म प्यारका निम्ति प्यासी छन्, पुकार्छन्। तिमी भाग्यमानी ब्राह्मण आत्माहरू यस प्यारको प्राप्तिका पात्र हौ। बापदादा जान्नुहुन्छ– बच्चाहरूको विशेष प्यार किन छ, किनकि यसै समयमा नै सर्व खजानाहरूका मालिकद्वारा सर्व खजानाहरू प्राप्त हुन्छन्। जुन खजानाहरू केवल अबको एक जन्म चल्दैनन् तर अनेक जन्मसम्म यी अविनाशी खजानाहरू तिम्रो साथमा चल्छन्। तिमी सबै ब्राह्मण आत्माहरू दुनियाँ जस्तै खाली हात जानेछैनौ, सर्व खजानाहरू साथमा रहनेछन्। यस्तो अविनाशी खजानाहरूको प्राप्तिको नसा रहन्छ नि! सबै बच्चाहरूले अविनाशी खजानाहरू जम्मा गरेका छौ नि! जम्माको नसा, जम्माको खुसी पनि सदा रहिरहन्छ। हरेकको अनुहारमा खजानाहरूको जम्माको झलक नजर आउँछ। थाहा छ नि– कुनचाहिँ खजानाहरू बाबाद्वारा प्राप्त भएका छन्? कहिल्यै आफ्नो जम्माको खाता जाँच गर्छौ? बाबाले त सबै बच्चाहरूलाई हरेक खजाना अटुट रूपमा दिनुहुन्छ। कसैलाई थोरै, कसैलाई धेरै दिनुहुन्न। हरेक बच्चा अटुट, अखण्ड, अविनाशी खजानाहरूका मालिक हुन्। बालक बन्नु अर्थात् खजानाहरूको मालिक बन्नु। त्यसैले इमर्ज गर कति खजानाहरू बापदादाले दिनुभएको छ!

सबैभन्दा पहिलो खजाना हो– ज्ञान धन, सबैलाई ज्ञान धन मिलेको छ? मिलेको छ कि मिल्ने छ? अच्छा, जम्मा पनि छ? कि अलिअलि जम्मा भएको छ अलिअलि जम्मा भएको पनि गयो? ज्ञान धन अर्थात् समझदार बनेर त्रिकालदर्शी बनेर कर्म गर्नु। नलेजफुल बन्नु। फुल नलेज र तीनै कालको नलेजलाई बुझेर ज्ञान धनलाई कार्यमा लगाउनु। यस ज्ञानको खजानाबाट प्रत्यक्ष जीवनमा, हरेक कार्यमा लगाउनाले विधिबाट सिद्धि मिल्छ, जसबाट कैयौँ बन्धनहरूबाट मुक्ति र जीवनमुक्ति मिल्छ। यस्तो अनुभव गर्छौ? यस्तो होइन– सत्ययुगमा जीवनमुक्ति मिल्नेछ, अहिले पनि यस सङ्गमको जीवनमा पनि अनेक हदका बन्धनहरूबाट मुक्ति मिल्छ। जीवन, बन्धन मुक्त बन्छ। जान्दछौ नि, कति बन्धनहरूबाट स्वतन्त्र भएका छौ! कति प्रकारका हाय-हायबाट मुक्त भएका छौ! सदा हाय-हाय समाप्त, वाह! वाह! को गीत गाइरहन्छौ। यदि कुनै पनि कुरामा अलिकति पनि मुखबाट त होइन तर सङ्कल्प मात्र पनि, स्वप्न मात्र पनि हाय... मनमा आयो भने जीवनमुक्त छैनौ। वाह! वाह! वाह! यस्तै छ? माताहरू, हाय-हाय त गर्दैनौ? गर्दैनौ? कहिलेकाहीँ गर्छौ? पाण्डवहरूले गर्छौ? मुखबाट ठीकै छ नगर तर मनमा सङ्कल्प मात्र पनि यदि कुनै पनि कुरामा हाय छ भने फ्लाइ हुँदैन। हाय अर्थात् बन्धन र फ्लाइ, उड्ती कला अर्थात् जीवनमुक्त, बन्धनमुक्त। त्यसैले जाँच गर किनकि ब्राह्मण आत्माहरू जबसम्म स्वयं बन्धनमुक्त भएका छैनन्, कुनै पनि सुनको, हीराको रोयल बन्धनको डोरी बाँधिएको छ भने सर्व आत्माहरूका निम्ति मुक्तिको गेट खुल्न सक्दैनन्। तिमी बन्धनमुक्त बनेपछि मात्र सर्व आत्माहरूको निम्ति मुक्तिको गेट खुल्नेछ। गेट खोल्ने वा सर्व आत्माहरू दुःख, अशान्तिबाट मुक्त हुने जिम्मेवारी तिमीमाथि छ।

त्यसैले जाँच गर– आफ्नो जिम्मेवारी कहाँसम्म निभाएका छौ? तिमीहरू सबैले बापदादाको साथमा विश्व परिवर्तनको कार्य गर्ने ठेक्का लिएका छौ। ठेकेदार हौ, जिम्मेवार हौ। बाबाले चाहनुहुन्छ भने सबै कुरा गर्न सक्नुहुन्छ तर बाबाको बच्चाहरूसँग प्यार छ, एक्लै गर्न चाहनुहुन्न, तिमीहरू सबै बच्चाहरूलाई अवतरित हुनासाथ साथमा अवतरित गर्नुभएको छ। शिवरात्रि मनायौ नि! कसको मनायौ? केवल बापदादाको? तिमीहरू सबैको पनि त मनायौ नि! बाबाको आदिदेखि अन्त्यसम्मका साथी हौ। यो नसा छ– आदिदेखि अन्त्यसम्म साथी हौँ? भगवानका साथी हौ।

बापदादा अहिले यस वर्षको सिजनको अन्त्यको पार्ट खेल्दा सबै बच्चाहरूसँग यही चाहनुहुन्छ, बताऊ के चाहनुहुन्छ? गर्नुपर्नेछ। केवल सुन्नुछैन, गर्नु नै पर्ने हुन्छ। ठीक छ टिचरहरू? टिचरहरूले हात उठाऊ। टिचरहरूले पङ्खा पनि हल्लाइरहेका छन्, गर्मी छ। अच्छा, सबै टिचरहरूले गर्नेछौ र गराउनेछौ? गराउनेछौ, गर्नेछौ? अच्छा। हावा पनि लागिरहेको छ, हात पनि हल्लाइरहेका छौ। सिन राम्रो छ। धेरै राम्रो। बापदादा यस सिजनको समाप्ति समारोहमा एक नयाँ प्रकारको दीपमाला मनाउन चाहनुहुन्छ। बुझ्यौ! नयाँ प्रकारको दीपमाला मनाउन चाहनुहुन्छ। तिमीहरू सबै दीपमाला मनाउनका निम्ति तयार छौ? जो तयार छौ, उनले हात उठाऊ। यत्तिकै हुन्छ नभन। बापदादालाई खुसी पार्नका निम्ति हात नउठाऊ, दिलबाट उठाउनु। अच्छा। बापदादाले आफ्नो दिलको आशाहरूलाई सम्पन्न गर्ने दीपहरू बलेको हेर्न चाहनुहुन्छ। बापदादाको आशाको दीपकहरूको दीपमाला मनाउन चाहनुहुन्छ। बुझ्यौ, कुन चाहिँ दीपावली? स्पष्ट भयो?

त्यसोभए बापदादाका आशाका दीपक के हुन्? अर्को वर्षदेखि लिएर, यो वर्ष पनि सिजन पूरा भयो। बापदादाले भन्नुभएको थियो– तिमीहरू सबैले पनि सङ्कल्प गरेका थियौ, याद छ? कसैले त्यो सङ्कल्प केवल सङ्कल्पसम्म पूरा गरेका छन्, कसैले सङ्कल्पलाई आधा पूरा गरेका छन् अनि कसैले सोच्छन् तर सोचाइ, सोचाइसम्म सिमित छ। त्यो सङ्कल्प के हो? कुनै नयाँ कुरा होइन, पुरानो कुरा हो– स्व-परिवर्तनबाट सर्व परिवर्तन। विश्वको त कुरा छोडिदेऊ तर बापदादा स्व-परिवर्तनबाट ब्राह्मण परिवार परिवर्तन, यो हेर्न चाहनुहुन्छ। अब यो सुन्न चाहनुहुन्न– यस्तो भयो भने यो हुन्छ। यो परिवर्तन होस् अनि म परिवर्तन हुन्छु, यसले गरोस् अनि मैले गर्छु... यसमा विशेष हरेक बच्चालाई ब्रह्माबाबाले विशेष भन्नुहुन्छ– मसमान हे अर्जुन बन। यसमा पहिला म, पहिला ऊ होइन, पहिला म। यो “म” कल्याणकारी म हो। बाँकी हदको म, म तल गिराउनेवाला हो। यसमा जुन उखान छ– जो ओटे सो अर्जुन, त्यसैले अर्जुन अर्थात् नम्बरवन। नम्बरवार होइन, नम्बरवन। त्यसोभए तिमी नम्बर टु बन्न चाहन्छौ कि नम्बरवन बन्न चाहन्छौ? कैयौँ कार्यमा बापदादाले देख्नुभएको छ– हाँसोको कुरा, परिवारको कुरा सुनाउनुहुन्छ। परिवार बसेको छ नि! कुनै यस्ता कामहरू हुन्छन् त्यतिबेला बापदादाको पासमा समाचार आउँछन्, कैयौँ कार्य यस्ता हुन्छन्, कैयौँ प्रोग्रामहरू यस्ता हुन्छन् जुन विशेष आत्माहरूका निमित्त हुन्छन्। बापदादासँग दादीहरूसँग समाचार आउँछन्, किनकि साकारमा त दादीहरू छन्। बापदादासँग त सङ्कल्प पुग्छन्। के सङ्कल्प पुग्छ? मेरो पनि नाम यसमा हुनुपर्छ, म के कम छु! मेरो नाम किन छैन! बाबा भन्नुहुन्छ– हे अर्जुनमा तिम्रो नाम किन छैन! हुनुपर्छ नि! कि हुनुहुँदैन? हुनुपर्छ? सामुन्ने महारथीहरू बसेका छौ, हुनुपर्छ नि! हुनुपर्छ? ब्रह्माबाबाले जे गरेर देखाउनुभयो, कसैलाई हेर्नुभएन, यसले गरेन, उसले गरेन, होइन। पहिला म। यस म मा जुन पहिला सुनाउनुभएको थियो अनेक प्रकारका रोयल रूपका म, सुनाउनुभएको थियो नि! ती सबै समाप्त हुन्छन्। यस सिजनको समाप्तिका बापदादाका आशा यिनै छन्– हरेक बच्चा जो ब्रह्माकुमार, ब्रह्माकुमारी कहलाउँछन्, मान्दछन्, जान्दछन्, ती हरेक ब्राह्मण आत्मा जो पनि सङ्कल्प रूपमा पनि हदका बन्धनहरू छन्, ती बन्धनहरूबाट मुक्त हुन्। ब्रह्माबाबा समान बन्धनमुक्त, जीवनमुक्त। जीवनमुक्त ब्राह्मण, साधारण जीवनमुक्त होइन, श्रेष्ठ जीवनमुक्त ब्राह्मणको यो विशेष वर्ष मनाऊ। हरेक आत्माले जति आफ्ना सूक्ष्म बन्धनहरूलाई जान्दछन्, त्यति अरूले जान्न सक्दैनन्। बापदादाले त जान्नुहुन्छ किनकि बापदादासँग त टि.भि. छ, मनको टि.भि., स्थूल होइन, मनको टि.भि. छ। त्यसोभए के अहिले जुन फेरि सिजन हुनेछ, सिजन त हुनेछ नि कि छुट्टी गर्ने? एक वर्ष छुट्टी गरौं? होइन? एक वर्ष त छुट्टी हुनुपर्छ? हुनुहुँदैन? पाण्डवहरू एक वर्ष छुट्टी गर्ने? (दादीजीले भनिरहनुभएको छ, महिनामा १५ दिनको छुट्टी) अच्छा। धेरै राम्रो, सबैले भन्छन्, जसले भन्छन् छुट्टी गर्नुहुँदैन उनले हात उठाऊ। गर्नुहुँदैन? अच्छा। माथिको ग्यालरीवालाहरूले हात हल्लाइरहेका छैनन्। (सारा सभाले हात हल्लायो) धेरै राम्रो। बाबाले त सदा बच्चाहरूलाई हुन्छ, हुन्छ भन्नुहुन्छ, ठीक छ। अब बाबालाई बच्चाहरूले कहिले हुन्छ भन्नेछन्! बाबाबाट त हुन्छ गरायौ, त्यसैले बाबा भन्नुहुन्छ– बाबाले पनि अब एउटा शर्त राख्नुहुन्छ, शर्त मन्जुर छ? सबैले हुन्छ त भन। पक्का? अलिकति पनि आनाकानी गर्नेछैनौ? अहिले सबैका अनुहारहरू टि.भि. मा निकाल। राम्रो छ। बाबालाई पनि खुसी लाग्छ सबै बच्चाहरू हुन्छ, हुन्छ भनिरहेका छन्।

बापदादा यही चाहनुहुन्छ– कुनै कारण नबताऊ, यो कारण छ, त्यो कारण छ, यो बन्धन छ! समस्या होइन, समाधानस्वरूप बन्नु छ अनि साथीहरूलाई पनि बनाउनु छ किनकि समयको हालतलाई हेरिरहेका छौ। भ्रष्टाचारको बोली कति बढिरहेको छ। भ्रष्टाचार, अत्याचार अतिमा गइरहेको छ। त्यसैले पहिला श्रेष्ठाचारको झण्डा हरेक ब्राह्मण आत्माको मनमा लहराओस्, अनि विश्वमा लहराउनेछ। कति शिवरात्रि मनायौ! हरेक शिवरात्रिमा यही सङ्कल्प गर्छौ– विश्वमा बाबाको झण्डा लहराउनु छ। विश्वमा यो प्रत्यक्षताको झण्डा लहराउनुभन्दा पहिला हरेक ब्राह्मणले आफ्नो मनमा सदा दिलतख्तमा बाबाको झण्डा लहराउनुपर्नेछ। यस झण्डा लहराउनका निम्ति केवल दुई शब्द हर कर्ममा ल्याउनुपर्नेछ। कर्ममा ल्याउनु, सङ्कल्पमा होइन, दिमागमा होइन। दिलमा, कर्ममा, सम्बन्धमा, सम्पर्कमा ल्याउनुपर्नेछ। गाह्रो शब्द छैन, कमन शब्द छ। त्यो हो– एक सर्व सम्बन्ध, सम्पर्कमा आपसमा एकता। अनेक संस्कारहरू भएर पनि अनेकतामा एकता। अनि अर्को– जुनसुकै पनि श्रेष्ठ सङ्कल्प गर्छौ, बापदादालाई धेरै राम्रो लाग्छ, जब तिमीले सङ्कल्प गर्छौ नि, बापदादा त्यो सङ्कल्प देखेर, सुनेर धेरै खुसी हुनुहुन्छ, वाह! वाह! बच्चाहरू वाह! वाह! श्रेष्ठ सङ्कल्प वाह! तर, तर... आउँछ। आउनुहुँदैन तर आउँछ। सङ्कल्प मेजोरिटी, मेजोरिटी अर्थात् ९० पर्सेन्ट, कैयौँ बच्चाहरूको धेरै राम्रो राम्रो हुन्छ। बापदादाले सम्झनुहुन्छ– आज यस बच्चाको सङ्कल्प धेरै राम्रो छ, प्रोग्रेस भइहाल्नेछ तर बोलीमा थोरै आधा कम हुन्छ, कर्ममा फेरि पौने कम हुन्छ, मिक्स हुन्छ। कारण के हो? सङ्कल्पमा एकाग्रता, दृढता छैन। यदि सङ्कल्पमा एकाग्रता हुन्थ्यो भने एकाग्रता सफलताको साधन हो। दृढता सफलताको साधन हो। त्यसमा फरक पर्छ। कारण के हो? एउटै कुरा बापदादाले रिजल्टमा देख्नुहुन्छ, अरूतिर धेरै हेर्छौ। तिमीहरूले बताउँछौ नि, (बापदादाले एउटा अउँला अगाडि पारेर देखाउनुभयो) यस्तो गर्छन्, त्यतिबेला एउटा अउँला अरूतिर, चारवटा आफूतिर छन्। चारलाई हेर्दैनौ, एउटालाई धेरै हेर्छौ त्यसैले दृढता र एकाग्रता, एकता हल्लिन्छ। यसले गरोस्, अनि मैले गर्छु, यसमा ओटे अर्जुन बन्न पुग्छौ, त्यसमा दोस्रो नम्बर बन्छौ। होइन भने आफ्नो स्लोगन परिवर्तन गर। स्व परिवर्तनबाट विश्व परिवर्तनको सट्टा भन– विश्व परिवर्तनबाट स्व परिवर्तन। दोस्रो परिवर्तनबाट स्व परिवर्तन। परिवर्तन गर्ने? परिवर्तन गर्ने? नगर्ने? त्यसोभए फेरि बापदादा पनि एउटा शर्त राख्नुहुन्छ, मन्जुर छ, बताऊँ? बापदादाले ६ महिनामा रिजल्ट हेर्नुहुनेछ, फेरि आउनुहुनेछ, नत्र आउनुहुन्न। बाबाले हुन्छ भन्नुभयो भने बच्चाहरूले पनि हुन्छ भन्नुपर्छ नि! जेसुकै होस्, बापदादाले त भन्नुहुन्छ, स्व परिवर्तनका निम्ति यस हदको मैपनबाट मर्नुपर्नेछ, मैपनबाट मर्नु, शरीरबाट मर्ने होइन। शरीरबाट मर्ने होइन, मैपनबाट मर्नु छ। म राइट छु, म यो हुँ, म के कम छु, म पनि सबै कुरा हुँ, यस मैपनबाट मर्नु छ। यसरी मर्नु परे पनि यो मृत्यु धेरै मीठो मृत्यु हो। यो मर्नु होइन, २१ जन्म राज्य भाग्यमा बाँच्नु हो। त्यसैले मन्जुर छ? मन्जुर छ टिचरहरू? डबल फरेनरहरू? डबल फरेनरहरूले जुन सङ्कल्प गर्छन् नि, त्यो गर्नमा हिम्मत राख्छन्, यो विशेषता छ। अनि भारतवासीहरू ट्रिपल हिम्मतवाला छन्, ती डबल त यी ट्रिपल। त्यसैले बापदादा यही हेर्न चाहनुहुन्छ। बुझ्यौ! यही बापदादाको श्रेष्ठ आशाहरूको दीपक, हरेक बच्चा भित्र बलेको हेर्न चाहनुहुन्छ। अहिले यसपटक यो दिवाली मनाऊ। चाहे ६ महिनापछि मनाऊ। फेरि जब बापदादाले दीपावलीको समारोह हेर्नुहुनेछ फेरि आफ्नो प्रोग्राम दिनुहुनेछ। गर्नु त छ नै। तिमीले गरेनौ भने अरू पछाडि आउनेले गर्नेछन् र! माला त तिम्रै हो नि! १६१०८ मा त तिमी पुराना नै आउनु छ नि। नयाँ त पछि पछि आउनेछन्। हो, कोही कोही लास्ट सो फास्ट आउनेछन्। कोही कोही उदाहरण हुनेछन् जो लास्ट सो फास्ट जानेछन्, फस्ट आउनेछन्। तर थोरै। बाँकी त तिमीहरू नै हौ, तिमीहरू नै हर कल्प बनेका छौ, तिमीहरू नै बन्ने छौ। चाहे जहाँसुकै पनि बसेका छौ, विदेशमा बसेका छौ, देशमा बसेका छौ तर जो तिमीहरू पक्का निश्चय बुद्धि धेरै कालका हौ, अधिकारी हुँदै हौ। बापदादाको प्यार छ नि, त्यसैले जो धेरै कालका राम्रा पुरुषार्थी, सम्पूर्ण पुरुषार्थी होइन, तर राम्रा पुरुषार्थी रहेका छन्, उनलाई बापदादा छोडेर जानुहुन्न, साथमा नै लिएर जानुहुनेछ। त्यसैले पक्का, निश्चय गर हामी नै थियौँ, हामी नै छौँ, हामी नै साथमा रहनेछौँ। ठीक छ नि! पक्का छ नि? बस्, केवल शुभचिन्तक, शुभचिन्तन, शुभभावना, परिवर्तनको भावना, सहयोग दिने भावना, रहम दिलको भावना इमर्ज गर। अहिले मर्ज गरेर राखेका छौ। इमर्ज गर। धेरै शिक्षा नदेऊ, क्षमा गर। एक अर्कालाई शिक्षा दिनमा सबै होसियार छन् तर क्षमाको साथमा शिक्षा देऊ। मुरली सुनाउने, कोर्स गराउने वा जुन पनि तिमीहरूले प्रोग्रामहरू चलाउँछौ, त्यसमा ठीकै छ शिक्षा देऊ, तर आपसमा जब कारोबारमा आउँछौ, त्यतिबेला क्षमाको साथमा शिक्षा देऊ। केवल शिक्षा नदेऊ, रहमदिल बनेर शिक्षा देऊ तब तिम्रो रहमले यस्तो काम गर्नेछ जसबाट अरूको कमजोरीलाई क्षमा हुनेछ। बुझ्यौ? अच्छा।

अहिले एक सेकेन्डमा मनका मालिक बनेर मनलाई जति समय चाहन्छौ त्यति समय एकाग्र पार्न सक्छौ? पार्न सक्छौ? त्यसोभए अहिले यो रुहानी एक्सरसाइज गर। बिल्कुल मनको एकाग्रता होस्। सङ्कल्पमा पनि हलचल नहोस्। अचल। अच्छा!

चारैतिरका सर्व अविनाशी अखण्ड खजानाहरूका मालिक, सदा सङ्गमयुगी श्रेष्ठ बन्धनमुक्त, जीवनमुक्त स्थितिमा स्थित रहने, सदा बापदादाका आशाहरूलाई सम्पन्न गर्ने, सदा एकता र एकाग्रताको शक्ति सम्पन्न मास्टर सर्व शक्तिमान् आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। चारैतिर टाढा बस्ने बच्चाहरूलाई, जसले यादप्यार पठाएका छन्, पत्रहरू पठाएका छन्, तिनीहरूलाई पनि बापदादाले धेरै धेरै दिलको प्यारसहित यादप्यार दिइरहनुभएको छ। साथसाथै धेरै बच्चाहरूले मधुबनको रिफ्रेसमेन्टका धेरै राम्रा राम्रा पत्र पठाएका छन्, ती बच्चाहरूलाई पनि विशेष यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:–
बितेको कुरालाई चिन्तनमा नल्याइकन फुलस्टप लगाउने तीव्र पुरुषार्थी भव

अहिलेसम्म जेजति भयो, त्यसमा फुलस्टप लगाऊ। बितेको कुरालाई चिन्तनमा नल्याउनु– यही तीव्र पुरुषार्थ हो। यदि कसैले बितेको कुरालाई चिन्तन गर्छ भने समय, शक्ति, सङ्कल्प सब वेस्ट हुन्छ। अब वेस्ट गर्ने समय होइन किनकि सङ्गमयुगको दुई घडी अर्थात् दुई सेकेन्ड पनि वेस्ट गर्यौ भने अनेक वर्ष वेस्ट गर्यौ त्यसैले समयको महत्त्वलाई बुझेर अब बितेको कुरालाई फुलस्टप लगाऊ। फुलस्टप लगाउनु अर्थात् सर्व खजानाहरूबाट फुल बन्नु।

स्लोगन:–
जब हर सङ्कल्प श्रेष्ठ हुन्छ, तब स्वयंको र विश्वको कल्याण हुनेछ।

सूचना: – आज मधुबनमा अव्यक्त बापदादा मिलनको शुभ दिन हो।