09.05.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमीलाई नशा ह ु नुपर्छ , जुन शिवको सबैले पूजा गर्छन् , उहाँ अहिले हाम्रो बाबा बन्नुभएको छ । हामी उहाँको सम्मुख बसेका छौँ।”

प्रश्न:–
मनुष्यले भगवानसँग किन क्षमा माग्छन्? के उनीहरूलाई क्षमा मिल्छ?

उत्तर:–
मनुष्यले सम्झन्छन्– हामीले जुन पाप कर्म गरेका छौँ त्यसको सजाय भगवानले धर्मराजद्वारा दिलाउनुहुन्छ, त्यसैले क्षमा माग्छन्। तर उनीहरूले आफ्नो कर्मको सजाय कर्मभोगको रूपमा भोग्नैपर्छ, भगवानले उनीहरूलाई कुनै औषधि दिनुहुन्न। गर्भजेलमा पनि सजाय भोग्नुछ, साक्षात्कार हुन्छ– तिमीले यस्तो यस्तो गर्यौ। ईश्वरीय निर्देशनमा चलेनौ त्यसैले यो सजाय हो।

गीत:–
तूने रात गंवाई.......

ओम् शान्ति ।
यो कसले भन्नुभयो? रूहानी बाबाले भन्नुभयो। उहाँ हुनुहुन्छ सबैभन्दा उच्च। सबै मनुष्यभन्दा पनि, सबै आत्माभन्दा पनि उच्च। सबैमा आत्मा नै छ नि। शरीर त पार्ट खेल्नको लागि मिलेको हो। अहिले तिमीले देख्छौ, संन्यासी आदिको शरीरको पनि कति मान हुन्छ। आफ्ना गुरु आदिको कति महिमा गर्छन्। यहाँ बेहदका बाबा त गुप्त हुनुहुन्छ। तिमी बच्चाहरूले जान्दछौ– शिवबाबा सबैभन्दा उच्च हुनुहुन्छ, उहाँभन्दा उच्च कोही हुनुहुन्न। धर्मराज पनि उहाँसँग हुनुहुन्छ किनकि भक्तिमार्गमा क्षमा माग्छन्– हे भगवान क्षमा गर्नुहोस्! तर भगवानले के गर्नुहुन्छ! यहाँ सरकारले त जेलमा हाल्छ। उहाँ धर्मराजले गर्भजेलमा दण्ड दिनुहुन्छ। कष्ट भोग्नु पनि पर्छ, जसलाई कर्मभोग भनिन्छ। अहिले तिमीलाई थाहा छ कर्मभोग कसले भोग्छन्? के हुन्छ? भन्छन्– हे प्रभु क्षमा गर्नुहोस्! दुःख हरण गर्नुहोस्, सुख दिनुहोस्। तर भगवानले कुनै औषधि गर्नुहुन्छ र? उहाँले त केही गर्न सक्नुहुन्न। त्यसोभए भगवानलाई किन भन्छन्? किनकि भगवानसँग फेरि धर्मराज पनि हुनुहुन्छ। नराम्रो काम गर्नाले अवश्य भोग्नुपर्छ। गर्भजेलमा सजाय पनि मिल्छ। सबै साक्षात्कार हुन्छन्। साक्षात्कार बिना सजाय मिल्दैन। गर्भजेलमा त कुनै औषधि आदि हुँदैन। त्यहाँ सजाय भोग्नुपर्छ। दुःखी भएपछि मात्र भन्छन्– भगवान यो जेलबाट निकाल्नुहोस्!

अहिले तिमी बच्चाहरू कसको अगाडि बसेका छौ? सबैभन्दा उच्च बाबा हुनुहुन्छ, तर गुप्त हुनुहुन्छ। अरू सबैका त शरीर देखिन्छन्, यहाँ शिवबाबाको त आफ्ना हातखुट्टा आदि छैनन्। फूल आदि पनि कसले लिनुहुन्छ? यदि चाहनुभयो भने यिनै (ब्रह्मा) को हातबाट लिनुपर्छ। तर कसैबाट पनि लिनुहुन्न। जसरी ती शङ्कराचार्यले भन्छन्– हामीलाई कसैले नछोऊन्। त्यसरी नै बाबा भन्नुहुन्छ– मैले पतितहरूको केही पनि कसरी लिन्छु! मलाई फूल आदिको आवश्यकता छैन। भक्तिमार्गमा सोमनाथ आदिका मन्दिर बन्छन्, फूल चढाउँछन्। तर मेरो त शरीर छैन। आत्मालाई कसैले कसरी छुन्छ! भन्नुहुन्छ– मैले पतितहरूबाट फूल कसरी लिऊँ! कसैले हात पनि लगाउन सक्दैनन्। पतितहरूलाई छुन पनि दिन्न। आज ‘बाबा’ भन्छन् भोलि फेरि गएर नर्कवासी बन्छन्। यस्तालाई त देख्न पनि नपरोस् । बाबा भन्नुहुन्छ– म त सबैभन्दा उच्च छु। यी सबै संन्यासी आदिको पनि ड्रामा अनुसार उद्धार गर्नुछ। मलाई कसैले चिनेका छैनन्। शिवको पूजा गर्छन् तर उहाँलाई कहाँ चिनेका छन् र– उहाँ गीताका भगवान हुनुहुन्छ र यहाँ आएर ज्ञान दिनुहुन्छ। गीतामा श्रीकृष्णको नाम लेखिदिएका छन्। श्रीकृष्णले ज्ञान दिनुभयो, बाँकी शिवले के गर्नुहुन्छ होला! त्यसैले मनुष्यले सम्झन्छन्– उहाँ आउनुहुन्न। अरे, पतित-पावन श्रीकृष्णलाई कहाँ भनिन्छ र। पतित-पावन त मलाई भन्छन् नि। तिमीहरूमध्ये पनि कोही थोरै छन् जसले यति आदर गर्न सक्छन्। कति साधारण हुनुहुन्छ, सम्झाउनु पनि हुन्छ– म यी साधु आदि सबैको बाबा हुँ। जति पनि शङ्कराचार्य आदि छन्, यी सबै आत्माहरूको पिता म हुँ। जो शरीरका पिता छन् ती त छँदैछन्, म हुँ सबै आत्माहरूको पिता। सबैले मेरो पूजा गर्छन्। अहिले उहाँ यहाँ सम्मुख बस्नुभएको छ। तर सबैले कहाँ जान्दछन्– हामी कसको अगाडि बसेका छौँ!

आत्माहरू जन्मजन्मान्तरदेखि देह अभिमानको बानी परेका छन् त्यसैले बाबालाई याद गर्न सक्दैनन्। देहलाई नै देख्छन्। देहीअभिमानी भए भने मात्र बाबालाई याद गर्छन् र बाबाको श्रीमतमा चल्छन्। बाबा भन्नुहुन्छ– मलाई जान्नको लागि सबै पुरुषार्थी हुन्। अन्त्यमा पूरा देहीअभिमानी बन्नेहरू नै पास हुनेछन्। बाँकी सबैमा अलि अलि देह अभिमान रहनेछ। बाबा त गुप्त हुनुहुन्छ। उहाँलाई केही पनि दिन सक्दैनन्। बच्चाहरूले शिवका मन्दिरमा पनि गएर सम्झाउन सक्छन्। कुमारीहरूले नै शिवबाबाको परिचय दिएका छन्। हुन त कुमार कुमारी दुवै अवश्य छन्। कुमारहरूले पनि परिचय दिएका होलान्। बाबाले माताहरूलाई विशेष उठाउनुहुन्छ किनकि उनीहरूले पुरुषहरूले भन्दा ज्यादा सेवा गरेका छन्। त्यसैले बच्चाहरूलाई सेवाको सोख हुनुपर्छ। जसरी त्यो पढाइको पनि सोख हुन्छ नि। त्यो हो जिस्मानी, यो हो रूहानी। जिस्मानी पढाइ पढ्छन्, यो ड्रिल आदि सिक्छन्, पाउने केही पनि छैनन्। सम्झ, अहिले कसैको बच्चा जन्मियो भने धुमधामसँग उसको छैटी आदि मनाउँछन्, तर उसले पाउँछ के! यति समय नै छैन जहाँ केही पाउन सकोस्। यहाँबाट पनि गएर जन्म लिन्छन् तर उनीहरूले पनि बुझ्ने त केही छैनन्। यहाँबाट छुटेको भए जे सिकेर गएको छ त्यसै अनुसार सानैमा शिवबाबालाई याद गर्दो होला। यो त मन्त्र हो नि। साना बच्चाहरूलाई सिकाउँछौँ, उसले बिन्दु आदि त केही बुझ्दैन। केवल शिवबाबा शिवबाबा भनिरहन्छन्। शिवबाबालाई याद गर्यौ भने स्वर्गको वर्सा पाउँछौ। यसरी उनीहरूलाई सम्झायौ भने उनीहरू पनि स्वर्गमा आउँछन्। तर उच्च पद पाउन सक्दैनन्। यस्ता धेरै बच्चाहरू आउँछन् जसले शिवबाबाशिवबाबा भनिरहन्छन्। फेरि अन्त मति सो गति हुनेछ। यो राजधानी स्थापना भइरहेको छ। अहिले मनुष्यले शिवको पूजा गर्छन्, तर कहाँ जान्दछन्, जस्तै सानो बच्चाले शिव शिव भन्छन्, बुझ्दैनन्। यहाँ पनि पूजा गर्छन् तर पहिचान केही पनि छैन। त्यसैले उनीहरूलाई बताउनुपर्छ, हामीले जसको पूजा गर्छौँ उहाँ ज्ञानका सागर नै गीताका भगवान हुनुहुन्छ। उहाँले हामीलाई पढाइरहनुभएको छ। यो दुनियाँमा अरू कुनै मनुष्य छैन जसले भन्न सक्छ–हामीलाई शिवबाबाले राजयोग पढाइरहनुभएको छ। यो केवल तिमीले जान्दछौ, त्यो पनि भुल्छौ। भगवानुवाच– मैले तिमीलाई राजयोग सिकाउँछु। कसले भन्नुभयो– भगवानुवाच, काम महाशत्रु हो, यसमाथि विजय प्राप्त गर। पुरानो दुनियाँको संन्यास गर। ती हुन् शङ्कराचार्य, यहाँ हुनुहुन्छ शिवाचार्य। उहाँले हामीलाई सिकाउनुहुन्छ। श्रीकृष्ण आचार्य भन्न सकिँदैन। उनी त सानो बच्चा हुन्। सत्ययुगमा ज्ञानको आवश्यकता हुँदैन।

जहाँ जहाँ शिवका मन्दिर छन्, त्यहाँ तिमी बच्चाहरूले धेरै राम्रो सेवा गर्नसक्छौ। शिवका मन्दिरहरूमा जाऊ, माताहरू जानु राम्रो हो, कन्याहरू गए भने त्योभन्दा राम्रो हो। अहिले त हामीले बाबाबाट राज्य भाग्य लिनुछ। बाबाले हामीलाई पढाउनुहुन्छ फेरि हामी महाराजा-महारानी बन्छौँ। सबैभन्दा उच्च बाबा नै हुनुहुन्छ, यस्तो शिक्षा कुनै मनुष्यले दिन सक्दैनन्। यो हो नै कलियुग। सत्ययुगमा थियो यिनीहरूको राज्य। यी राजा-रानी कसरी बने, कसले राजयोग सिकाउनुभयो, जसबाट सत्ययुगका मालिक बने? जसको तिमीले पूजा गर्छौ उहाँले हामीलाई पढाएर सत्ययुगको मालिक बनाउनुहुन्छ। ब्रह्माद्वारा स्थापना, विष्णुद्वारा पालना..... पतित प्रवृत्ति मार्गका नै पावन प्रवृत्ति मार्गमा जान्छन्। भन्छन् पनि– बाबा हामी पतितहरूलाई पावन बनाउनुहोस्, पावन बनाएर यी देवता बनाउनुहोस्! त्यो हो प्रवृत्ति मार्ग। बाबालाई निवृत्ति मार्गको गुरु बन्नु नै छैन। जो पवित्र बन्छन् उनीहरूको गुरु बन्न सक्नुहुन्छ। यस्ता धेरै साथी पनि हुन्छन्, विकारको लागि विवाह गर्दैनन्। तिमी बच्चाहरूले यस्तो यस्तो सेवा गर्न सक्छौ। भित्र रुचि हुनुपर्छ। हामी बाबाका सपुत बच्चा बनेर किन गएर सेवा नगर्ने? पुरानो दुनियाँको विनाश सामुन्ने उपस्थित छ। अब शिवबाबा भन्नुहुन्छ– श्रीकृष्ण त गुरु हुन सक्दैनन्। उनी त एकैपटक सत्ययुगमा हुन्छन्। अर्को जन्ममा उही आकृति उही नाम कहाँ हुन्छ! ८४ जन्ममा ८४ आकृति। श्रीकृष्णले कसैलाई यो ज्ञान सिकाउन सक्दैनन्। ती श्रीकृष्ण कसरी यहाँ आउँछन्। अहिले तिमीले यी कुराहरू बुझेका छौ। आधाकल्प राम्रो जन्म हुन्छ फेरि रावण राज्य सुरुहुन्छ। मनुष्य हुबहु जनावर जस्तै बन्छन्। एक-अर्कामा लडाइँझगडा गरिरहन्छन्। त्यसैले रावणको जन्म भयो नि। तर ८४ लाख जन्म त हुँदैनन्। यति भेराइटी छन्। जन्म कहाँ यति लिन्छन् र। त्यसैले यहाँ बाबा बसेर सम्झाउनुहुन्छ। उहाँ हुनुहुन्छ सबैभन्दा उच्च भगवान। उहाँले पढाउनुहुन्छ, अर्को फेरि यी पनि त छन् नि। पढ्दैनौ भने कसैको पासमा गएर दास-दासी बन्छौ। के शिवबाबाको पासमा दास-दासी बन्छौ? बाबाले त सम्झाउनुहुन्छ– पढ्दैनौ भने गएर सत्ययुगमा दास-दासी बननेछौ। जसले केही पनि सेवा गर्दैनन्, खायो,पियो अनि सुत्यो, ऊ के बन्ला! बुद्धिमा आउँछ नि हैन के बन्नेछु! म त महाराजा बन्छु। मेरो अगाडि पनि आउँदैनन्। स्वयं पनि जान्दछन्– म यस्तो बन्नेछु। तर फेरि पनि कहाँ लाज छ र। मैले आफ्नो उन्नति गरेर केही पाइहालुँ, बुझ्दै बुझ्दैनन्। त्यसैले बाबा भन्नुहुन्छ– यस्तो नसम्झ यो कुरा ब्रह्माले भन्छन्, सदा शिवबाबाले भन्नुहुन्छ भन्ने सम्झ। शिवबाबाको त आदर गर्नुछ नि। उहाँसँग फेरि धर्मराज पनि हुनुहुन्छ। नत्र धर्मराजको डण्डा पनि धेरै खानेछौ। कुमारीहरू त धेरै होसियार हुनुपर्छ। यस्तो कहाँ हुनुछ– यहाँ सुन्यौ, बाहिर गयौ, खलास। भक्ति मार्गका कति सामग्री छन्। अब बाबा भन्नुहुन्छ– विष छोड। स्वर्गवासी बन। यस्ता यस्ता स्लोगन बनाऊ। बहादुर शेरनी बन। बेहदका बाबा मिल्नुभएको छ फेरि के पर्वाह। सरकारले धर्मलाई नै मान्दैन भने उनीहरू फेरि मनुष्यबाट देवता बन्न कसरी आउँछन्। उनीहरूले भन्छन्– हामीले कुनै पनि धर्मलाई मान्दैनौँ। सबैलाई हामीले एक सम्झन्छौँ फेरि लडाइँझगडा किन गर्छन्? झुटो त झुटो सत्यको रत्ति पनि छैन। सबैभन्दा पहिला ईश्वर सर्वव्यापी भन्ने भनाइबाट नै झुटो सुरु हुन्छ। कुनै हिन्दु धर्म त छैन। क्रिस्चियनको आफ्नो धर्म चल्दै आएको छ। उनीहरूले आफूलाई परिवर्तन गर्दैनन्। यो एउटै धर्म हो जसमा आफ्नो धर्मलाई परिवर्तन गरेर हिन्दु भनिदिन्छन् र फेरि कसरी कसरी नाम राख्छन्, श्री श्री फलाना...... अहिले श्री अर्थात् श्रेष्ठ कहाँ छन् । श्रीमत पनि कसैको छैन। यो त उनीहरूको आइरन एजेड मत हो। त्यसलाई श्रीमत कसरी भन्न सकिन्छ। अहिले तिमी कुमारीहरू तयार भएमा कसैलाई पनि सम्झाउन सक्छौ। तर योगयुक्त राम्रो होसियार बच्चीहरू चाहिन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) आफ्नो उन्नति गर्नको लागि बाबाको सेवामा तत्पर रहनुछ। केवल खानु, पिउनु, सुत्नु, यो पद गुमाउनु हो।

२) बाबाको र पढाइको आदर गर्नुछ। देहीअभिमानी बन्ने पूरा पूरा पुरुषार्थ गर्नुछ। बाबाको शिक्षाहरूलाई धारण गरेर सपुत बच्चा बन्नुछ।

वरदान:–
सेवा गर्द ा उपराम स्थितिमा रहने योगयुक्त , युक्तियुक्त सेवाधारी भव

जो योगयुक्त, युक्तियुक्त सेवाधारी छन् उनीहरू सेवा गर्दा पनि सदा उपराम रहन्छन्। यस्तो होइन– सेवा ज्यादा छ त्यसैले अशरीरी बन्न सक्दैनौँ। तर याद रहोस्– मेरो सेवा होइन, बाबाले दिनुभएको हो तब निर्बन्धन रहनेछौ। ट्रस्टी हुँ, बन्धनमुक्त हुँ यस्तो अभ्यास गर। अतिको समयमा अन्त्यको स्टेज, कर्मातीत अवस्थाको अभ्यास गर। जसरी बीच बीचमा सङ्कल्पहरूको ट्राफिक कन्ट्रोल गर्छौ, त्यसैरी नै अतिको समयमा अन्त्यको स्टेजको अनुभव गर अनि मात्रै अन्त्यको समयमा सम्मानसहित पास हुनसक्नेछौ।

स्लोगन:–
शुभभावनाले कारणलाई निवारणमा परिवर्तन गरिदिन्छ।