09.05.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
यहाँ आएका छौ आ त्म अनुभूति गर्न , तिमी ले आफूलाई आत्मा सम्झेर परमात्मा बाबा का
कुरा सुन , देहीअभिमानी रहने अभ्यास गर।”
प्रश्न:–
कैयौँपटक
बच्चाहरूलाई कसै कसैले सोध्छन्– तिमीले आत्माको साक्षात्कार गरेका छौ? त्यसोभए
तिमीले उनीहरूलाई कुन उत्तर दिन्छौ?
उत्तर:–
भन हो, हामीले
आत्माको साक्षात्कार गरेका छौँ। आत्मा ज्योतिबिन्दु हो। आत्मामा नै राम्रा वा
नराम्रा संस्कार हुन्छन्। हामीलाई अहिले आत्माको सारा ज्ञान मिलेको छ। आत्माको
साक्षात्कार नगर्दासम्म देह अभिमानी थियौँ। अहिले हामीलाई परमात्माद्वारा परमात्म
अनुभूति र आत्म अनुभूति भएको छ।
गीत:–
न वह हमसे जुदा
होंगे...
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूले यो गीत सुन्यौ। रुहानी बच्चाहरूले भन्छन् शरीरद्वारा। यस्तो कसैले
कहिल्यै भन्दैनन्– हामी साधुसन्तहरूमाथि मरिमेट्ने छौँ। बच्चाहरूलाई थाहा छ– हामी
उहाँको साथमै जानुछ, यो शरीर छोडिदिनुछ त्यसैले भन्छन्, यो शरीर छोडेर हामी जान्छौँ
बाबाको साथमा। बाबा आउनु भएको हो नै साथै लैजान। यो धेरै समझको कुरा हो। बच्चाहरूले
बोलाउँछन्, हामी पतितहरूलाई आएर पावन बनाउनुहोस्! फेरि के गरूँ? म यहाँ त छोडेर
जान्न। यो सारा दुनियाँ पतित छ यस पतित दुनियाँबाट पावन दुनियाँमा लैजानको लागि बाबा
आउनुभएको छ। हामी आत्माहरूलाई साथै लैजानुहुन्छ। यो सारा दुनियाँ विकारी छ– यो पनि
तिमीलाई थाहा छ। तिमीले कसैलाई विकारी, पतित भन्यौ भने पनि रिसाउँछन्। मानिसहरूलाई
बडो युक्तिले सम्झाउनु छ। महिमा गर्नुछ एक बाबाको। अहिले तिमी बच्चाहरूलाई ज्ञान
मिलेको छ, ठुलो समझले कुरा गर्नुछ। कहीँ देख्यौ, प्रश्न-उत्तर गर्छन् भने भन हामी
अहिले नयाँ छौँ, बडी दिदी आएर तपाईंको जिज्ञासाको जवाफ दिनुहुन्छ।
तिमीले भन्छौ, शिवबाबा
सम्झाउनुहुन्छ, भगवानुवाच– मानिस सबै पतित छन्। भगवान त पतित हुन सक्नुहुन्न।
पतितपावनलाई बोलाउँछन् किनकि सबै पतित छन्। देहधारीहरूलाई भगवान भन्न सकिँदैन।
भगवान निराकार शिवलाई भनिन्छ, शिवका मन्दिर पनि धेरै छन्। पहिला सुरुमा एउटा
कुरालाई बुझेपछि टिक्न सक्छन्। पहिला सुरुमा बताऊ– शिव भगवानुवाच– शिवबाबा
भन्नुहुन्छ– म एकलाई याद गर। उहाँको आफ्नो शरीर छैन। ब्रह्मा-विष्णु-शङ्करको पनि
आफ्नो सूक्ष्म शरीर छ। त्यो सूक्ष्म शरीर देखिन्छ। उहाँ शिवबाबा त देखिनुहुन्न।
उहाँलाई भनिन्छ नै– परमपिता परमात्मा। तिमीले पनि भन्छौ म आत्माले एक शरीर छोडेर
अर्को लिन्छु। तिमीले आफ्नो आत्माको साक्षात्कार गरेका छौ। भक्तिमार्गमा
साक्षात्कारको लागि नवधा भक्ति गर्छन्। तर भक्ति गर्नेहरूले कहिल्यै साक्षात्कार
गरेका हुँदैनन्। त्यो के चिज हो, यो बिल्कुल जान्दैनन्। केवल भन्छन्– उहाँ निराकार
हुनुहुन्छ। कुराकानी त आत्माले गर्छ। संस्कार पनि आत्मामा रहन्छन्। आत्मा निस्कियो
भने न आत्मा, न शरीरले कुरा गर्न सक्छन्। आत्माबिना शरीरले केही गर्न सक्दैन। पहिला
त आत्माको पहिचान गर्नुपर्छ त्यसपछि बाबाद्वारा नै बाबालाई पहिचान गर्न सक्छौ।
आफूलाई नै चिन्न, देख्न सक्दैन भने आत्मालाई परमपिता परमात्माको कसरी साक्षात्कार
हुन सक्छ! भन्न त भन्छन् ‘चम्कन्छ अजब सितारा’ तर यो कसैलाई थाहा छैन– आत्मामा ८४
जन्महरूको पार्ट पहिल्यै निश्चित छ। मानिस बिल्कुलै देह अभिमानी हुन्छन्। अब बाबा
भन्नुहुन्छ– देहीअभिमानी बन। आफूलाई आत्मा सम्झेर फेरि मैले दिएको ज्ञान सुन। सुन्ने
आत्माले हो, आत्मालाई सुनाउने परमात्मा हुनुपर्छ। मानिसलाई सम्झाउने मानिस नै हुन्छ।
यो आत्माको ज्ञान कसैसँग छैन त्यसैले भनिन्छ पहिला आत्मालाई चिन। आत्म अनुभूति गर।
आत्माले स्वयं भन्छ– आत्मालाई मैले कसरी अनुभूति गरौँ? यो कहाँ कसैलाई थाहा छ र,
हाम्रो आत्मामा कसरी सारा पार्ट भरिएको छ। साधुसंन्यासी आदि कसैले बताउन सक्दैनन्।
बाबा नै आएर बच्चाहरूलाई आत्म अनुभूति गराउनुपर्छ। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा
सम्झेर म निराकार परमपिता परमात्माको कुरा सुन। आत्मा र परमात्मा मिलेपछि मात्र यी
कुराहरू हुन्छन्। दुनियाँलाई यो थाहा नै छैन– परमपिता परमात्मा कहिले आउनुहुन्छ,
आएर कसरी सम्झाउनुहुन्छ? नजानेका हुनाले मतभेदमा आउँछन्। उनीहरू सबै शास्त्रमा
आधारित छन्। बाबा भन्नुहुन्छ– त्यसबाट न तिमीले मलाई अनुभूति गर्न सक्छौ, न
स्वयंलाई अनुभूति गर्न सक्छौ। उनीहरूले त भनिदिन्छन् आत्मा सो परमात्मा। यसरी भनेर
मात्र के हुन्छ र? हामीलाई पतितबाट पावन कसले बनाउनुहुन्छ? त्रिकालदर्शी कसले
बनाउनुहुन्छ? कसैले पनि आत्मा र परमात्माको ज्ञान त दिन सक्दैनन् त्यसैले तिमीले
भन्छौ जुन आत्माहरूले आफ्नो पितालाई चिन्दैनन्, उनीहरू नास्तिक हुन्। उनीहरूले फेरि
भनिदिन्छन् जसले भक्ति गर्दैनन्, तिनीहरू नास्तिक हुन्। अब तिमी बच्चाहरूले त भक्ति
गर्दैनौ। तिमीसँग धेरै राम्रा चित्र छन्। चित्रहरूमा नै सम्झाइन्छ। कसैले विश्वको
नक्सा देखेका नै छैनन् भने टिचर बसेर नक्सामा नसम्झाएसम्म उनीहरूलाई के थाहा– लन्डन
कहाँ छ? अमेरिका कहाँ छ? त्यसैले तिमीले यी चित्र बनाएका छौ तर कसैले पनि विस्तारमा
बुझ्न सक्दैनन्। सूर्यवंशीहरूले यो राजधानी कहाँबाट लिए? फेरि चन्द्रवंशीहरूले कसरी
लिए? के सूर्यवंशीसँग लडाइँ गरे? तिमीले जान्दछौ सबैलाई वर्सा एक बाबाबाट मिल्छ।
सूर्यवंशी, चन्द्रवंशी त विश्वका मालिक हुन्। त्यहाँ अर्को कुनै धर्म नै हुँदैन भने
लडाइँको कुरा नै भएन। अहिले तिमीले बुझेका छौ, हामी विश्वको मालिक बन्छौँ। यस्तो
होइन, सूर्यवंशीहरूलाई चन्द्रवंशीहरूले जिते वा युद्ध चल्यो। होइन, तिनीहरूको
भिन्नाभिन्नै घराना हुन्छ।
अहिले तिम्रो बुद्धिमा
यी चित्रहरूको सारा ज्ञान छ। स्कुलमा पनि विद्यार्थीहरूले पढ्दा बुद्धिमा सारा
ज्ञान आउँछ। साना बच्चाहरूलाई किताबमा देखाइन्छ– यो हात्ती हो, यो फलानो हो। अहिले
तिमीले यस ड्रामालाई जानेका छौ। यो सारा चक्र तिम्रो बुद्धिमा छ। यी हुन् सबै नयाँ
कुराहरू र यी कुराहरूलाई ब्राह्मण कुलले नै बुझ्छन्। अरूले त बसेर फाल्तु वादविवाद
गर्छन्। यस्तो पनि होइन सबैलाई सँगसँगै सम्झाउन सकिन्छ। होइन, भिन्नाभिन्नै
सम्झाउनुपर्छ। काइदा पनि छ पहिला बाबालाई र आत्मालाई चिनेर फेरि क्लासमा बसे भने
मात्र चिन्छन्, नत्र चिन्नै सक्दैनन्। संशय उठाइरहन्छन्। तिमीले सम्झाउनुछ– भगवान
एउटै हुनुहुन्छ, उहाँ उच्चभन्दा उच्च हुनुहुन्छ। देवताहरूलाई पनि भगवान भन्न
सकिँदैन। तिमीलाई अहिले आत्माको ज्ञान पनि मिलेको छ। कर्मको फल आत्माले नै भोग्छ।
संस्कार आत्मामा नै रहन्छन्। आत्माले सुन्छ यी इन्द्रियहरूद्वारा। भगवान पिता एक
हुनुहुन्छ, वर्सा उहाँबाट मिल्छ। बाबाले सम्झाउनुभएको छ– तिमीले आफूलाई आत्मा
निश्चय गर र बाबासँग बुद्धियोग लगाऊ। तिमीले जन्मजन्मान्तर भक्ति गर्दै आएका छौ।
हनुमानका पुजारी रहेछन् भने पनि हनुमानलाई याद गर्छन् वा श्रीकृष्णका पुजारी रहेछन्
भने श्रीकृष्णलाई याद गर्छन्। अहिले तिमीलाई सम्झाइन्छ– तिमी आत्मा हौ। तिम्रो
परमपिता परमात्मा हुनुहुन्छ। उहाँलाई याद गरेमा मात्रै बाबाको वर्सा मिल्छ, जुन बाबा
स्वर्गको रचयिता हुनुहुन्छ, त्यसैले हामी पनि अवश्य स्वर्गमा हुनुपर्छ। भारतवर्ष
स्वर्ग थियो। अहिले त स्वर्ग छैन, जहाँ राज्य भाग्य हुन्छ। यहाँ नर्कमा त रावणको
राज्य छ। हाम्रो राजधानी कसरी चल्यो फेरि हामी तल ओर्लियौँ, यो कुरा केही पनि
जान्दैनन्। अहिले तिमीलाई थाहा छ पुनर्जन्म लिँदालिँदा हामी तल ओर्लनु नै छ। अब फेरि
बाबा भन्नुहुन्छ– मलाई याद गरेमा तिम्रा विकर्म विनाश हुन्छन्। स्वर्गको वर्सा
मिल्छ। हामी बाबाका बन्यौँ भने बाबाको वर्सा मिल्छ। तर तमोप्रधानबाट सतोप्रधान,
योगबाट पावन नबनेसम्म वर्सा मिल्न सक्दैन। बाबा भन्नुहुन्छ– मलाई याद गरेमा तिम्रा
विकर्म विनाश हुन्छन्, तिमी विकर्माजित बन्छौ, यो ग्यारेन्टी छ। यो सम्झानी
दिनुपर्छ। कसैले त बुझ्छन्, तर कोही त्यस्तै रहेछ भने हल्ला गर्न थाल्छ। कोही न कोही
विघ्न पार्नेहरू निस्कन्छन्। कसैले हङ्गामा गर्छ भने भन्नुपर्छ– एकान्तमा आएर बुझ।
७ दिन भट्ठीमा बसेर बुझ्ने यहाँको नियम छ किनकि यो ज्ञान नयाँ भएको हुनाले मानिसहरू
अलमलिन्छन्। पहिला कुनै पनि नयाँ सेन्टर खुल्यो भने त्यसमा होसियार हुनुपर्छ जसले
सबैलाई सम्झाउन सकुन्। भगवान त सबैका एक हुनुहुन्छ, सबै आत्माहरू भाइ भाइ हुन्।
परमात्मा सबैका पिता हुनुहुन्छ। पुकार्छन् पतितपावन आउनुहोस्! त्यसैले अवश्य उहाँ
पावन हुनुहुन्छ, उहाँ कहिल्यै पतित हुनुहुन्न। बाबाले नै आएर पतितहरूलाई पावन
बनाउनुहुन्छ। सत्ययुगमा सबै पावन हुन्छन्। कलियुगमा सबै छन्– पतित। पतित धेरै
हुन्छन्, पावन थोरै हुन्छन्। सत्ययुगमा सबै त जाँदैनन्। जो पतितबाट पावन बन्छन्,
उनीहरू नै पावन दुनियाँमा जान्छन्। बाँकी सबै निर्वाण दुनियाँमा जान्छन्। यो पनि
थाहा छ, सारा दुनियाँले आएर यो मत लिँदैन। यो कठिन छ जहाँ तिमीले सारा दुनियाँलाई
मत दिन्छौ। अहिले सबैको कयामतको समय हो। विनाश सबैको हुनु छ। सम्झाउने ठुलो युक्ति
चाहिन्छ। जसले गर्दा शान्तिसँग सुन्छन्, अवरोध गर्दैनन्। पहिला सुरुमा त बाबाको
परिचय दिनु छ। शिवबाबा नै पतितपावन हुनुभयो, उहाँले नै सम्झाउनुहुन्छ। गीतामा पनि
यी शब्द प्रसिद्ध छन्। पतितपावन बाबाले नै भन्नुहुन्छ– मलाई याद गरेमा तिम्रा
विकर्म विनाश हुन्छन्। गीतासँग नै यी शब्दले सम्बन्ध राख्छन्। शिवबाबाले भन्नुभएको
छ– मलाई याद गर। म सर्वशक्तिमान्, पतितपावन हुँ। गीता ज्ञानदाता, ज्ञानको सागर हुँ।
गीतामा यी शब्द त छन् नि। केवल उनीहरूले भन्छन् श्रीकृष्ण भगवानुवाच, तिमीले भन्छौ
शिव भगवानुवाच। भगवान निराकार हुनुहुन्छ, उहाँ कहिल्यै पुनर्जन्ममा आउनुहुन्न,
उहाँले अलौकिक दिव्य जन्म लिनुहुन्छ। स्वयंले सम्झाउनुहुन्छ– म साधारण वृद्ध तनमा
आउँछु, उनैलाई भगीरथ भनिन्छ। ब्रह्माद्वारा नै रचना रच्नुहुन्छ। त्यसैले मानिसको
नाम ब्रह्मा राखिन्छ। व्यक्त ब्रह्माबाट फेरि पावन अव्यक्त फरिस्ता बन्छन्। बाबा
आउनु नै हुन्छ– पतितहरूलाई पावन बनाउन। त्यसैले अवश्य फेरि पतित दुनियाँ पतित शरीरमा
आउनुहुन्छ। यो हो ज्ञानको विस्तार। पहिला त सम्झाउनुपर्छ– भगवान भन्नुहुन्छ– कल्प
पहिला अनुसार मलाई याद गरेमा तिम्रा विकर्म विनाश हुन्छन्, अब पतितबाट पावन बन।
गाउँछन् पनि, हे पतितपावन आउनुहोस्! गङ्गा त सदा भइ नै रहन्छ। तिमीले पुकार्छौ
त्यसैले अवश्य कहीँबाट आउनुहुन्छ। पतितपावन आउनुहुन्छ पतितबाट पावन बनाउने पार्ट
खेल्न। बाबा भन्नुहुन्छ– तिमी पावन थियौ फेरि तिमीभित्र खाद परेको छ, त्यो खाद
योगबलबाट नै निस्कन्छ। तिमी पवित्र बन्छौ फेरि पावन दुनियाँमा नै आउँछौ। पतित
दुनियाँको विनाश हुन्छ। जे सम्झाइन्छ त्यसलाई राम्रोसँग धारण गर्नुछ। हामीले त केवल
उच्चभन्दा उच्च बाबाको महिमा गर्छौं। बेहदको बाबा सम्झाउनुहुन्छ– तिमी ८४ जन्मको
पार्ट खेल्दाखेल्दै कति पतित बनेका छौ। पहिला पावन थियौ, अहिले पतित बनेका छौ फेरि
यादको यात्रामा रहेपछि तिमी पावन बन्छौ। भक्तिमार्गबाट तिमी सिँढी तल ओर्लंदै आएका
छौ। यो त बिल्कुलै सहज कुरा हो। यो त बच्चाहरूको बुद्धिमा बस्नुपर्छ। बिहान उठेर
विचार सागर मन्थन गर्नुपर्छ फेरि जति पनि आउँछन् उनीहरूलाई सम्झाउनु छ। मुरलीका
मुख्य प्वइन्टहरू नोट गर्नुपर्छ फेरि रिपिट गर्नुपर्छ। त्यसपछि मनमा पक्का निश्चय
हुन्छ।
पहिलो मुख्य कुरा हो
बाबालाई याद गर्नु। बाबाले नै भन्नुहुन्छ– मनमनाभव, मलाई याद गरेमा विकर्म विनाश
हुन्छन्। अब गर नगर तिम्रो मर्जी। बाबाको आदेश त मिलेको छ। पावन दुनियाँमा जानुछ भने
फेरि पतित दुनियाँमा बुद्धिको योग जानुहुँदैन। विकारमा जानुहुँदैन। सम्झानी त धेरै
मिलिरहन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) सबेरै सबेरै उठेर विचार सागर मन्थन गर्नुछ। बाबाले जे सुनाउनुहुन्छ त्यसलाई नोट
गरेर रिपिट गर्नुछ, अरूलाई सुनाउनु छ। सबैलाई पहिला सुरुमा बाबाको नै परिचय दिनु छ।
२) पावन दुनियाँमा
जानको लागि यस पतित दुनियाँबाट बुद्धियोग निकाल्नुछ।
वरदान:–
नम्बरवन व्या
पारी बनेर एक एक सेकेन्ड वा सङ्कल्पमा कमाइ जम्मा गर्ने प दम पति भव
नम्बरवन ब्यापारी त्यो
हो जसले स्वयंलाई व्यस्त राख्ने तरिका जान्दछ। ब्यापारी अर्थात् जसको एक सङ्कल्प पनि
व्यर्थ जाँदैन, हरेक सङ्कल्पमा कमाइ हुन्छ। जसरी ती ब्यापारीहरूले एक एक पैसालाई
कार्यमा लगाएर पदमगुणा बनाइदिन्छन्, त्यसैगरी तिमीले पनि एक एक सेकेन्ड वा सङ्कल्पमा
कमाइ गरेर देखाऊ अनि पदमपति बन्छौ। यसबाट बुद्धि भट्कन बन्द हुन्छ र व्यर्थ
सङ्कल्पहरूको सिकायत पनि समाप्त हुन्छ।
स्लोगन:–
जसले माग्छ ऊ
खुसीको खजानाले सम्पन्न हुन सक्दैन।
अव्यक्त इसारा:– सदा
अचल , अडोल , एकरस स्थितिको अनुभव गर
सदा मास्टर
सर्वशक्तिमानको सिटमा सेट रहनेहरू नै अचल अडोल रहन्छन्। बापदादा भन्नुहुन्छ– प्यारा
बच्चाहरू! शरीर नै छुटे पनि तिम्रो खुसी जानु हुँदैन। पैसा त त्यसको अगाडि केही पनि
होइन, जोसँग खुसीको खजाना छ उसको अगाडि यो कुनै ठुलो कुरा होइन। सदा सहयोगी सेवाधारी
बच्चाहरूको साथमा बापदादा हुनुहुन्छ त्यसैले विचलित हुने कुनै कुरा छैन।