09.06.24    Avyakt Bapdada     Nepali Murli    15.02.20     Om Shanti     Madhuban


“ मनलाई स्वच्छ , बुद्धिलाई क्लियर बनाएर डबल लाइट फरिस्ता स्थितिको अनुभव गर”


आज बापदादाले आफ्ना स्वराज्य अधिकारी बच्चाहरूलाई देखिरहनु भएको छ। स्वराज्य ब्राह्मण जीवनको जन्मसिद्ध अधिकार हो। बापदादाले हरेक ब्राह्मणलाई स्वराज्यको तख्तनसीन बनाइदिनु भएको छ। जन्मनेबित्तकै हरेक ब्राह्मण आत्मालाई स्वराज्यको अधिकार प्राप्त हुन्छ। जति स्वराज्यमा स्थित बन्छौ त्यति नै आफूमा लाइट र माइटको अनुभव गर्छौ।

बापदादाले आज हरेक बच्चाहरूको मस्तकमा लाइटको ताज देखिरहनु भएको छ। आफूमा जति माइट धारण गर्छौ, त्यति नै नम्बरवार लाइटको ताज चम्किछ। बापदादाले सबै बच्चाहरूलाई सर्वशक्तिहरू अधिकारमा दिनु भएको छ। हरेक बच्चा मास्टर सर्वशक्तिमान हुन्, तर धारण गर्न नम्बरवार बनेका छन्। बापदादाले देख्नुभयो– सर्वशक्तिहरूको ज्ञान पनि सबैमा छ, धारणा पनि छ तर एउटा कुरामा अन्तर पर्न जान्छ। कुनै पनि ब्राह्मण आत्मासँग सोधेमा हरेकले शक्तिको वर्णन पनि धेरै राम्रो गर्छन्, प्राप्तिको वर्णन पनि धेरै राम्रो गर्छन्। तर अन्तर यो हुन्छ– समयमा जुन शक्तिको आवश्यकता छ, त्यस समयमा त्यो शक्ति कार्यमा लगाउन सक्दैनन्। समय बितेपछि यस शक्तिको आवश्यकता थियो भन्ने महसुस गर्छन्। बापदादाले बच्चाहरूलाई भन्नुहुन्छ– सर्वशक्तिहरूको वर्सा यति शक्तिशाली छ, जसले गर्दा कुनै पनि समस्या तिम्रो अगाडि टिक्न सक्दैन। समस्यामुक्त बन्न सक्छौ। केवल सर्व शक्तिहरूलाई इमर्ज रूपमा स्मृतिमा राख र समयमा कार्यमा लगाऊ। यसको लागि आफ्नो बुद्धिको लाइन क्लियर (स्पष्ट)राख। जति बुद्धिको लाइन क्लियर र क्लीन (स्वच्छ) हुन्छ त्यति निर्णय शक्ति तीव्र हुनाले जुन समयमा जुन शक्तिको आवश्यकता हुन्छ, त्यो कार्यमा लगाउन सक्नेछौ किनकि समय अनुसार बापदादाले हरेक बच्चालाई विघ्नमुक्त, समस्यामुक्त, मेहनतको पुरुषार्थ देखि मुक्त देख्न चाहनुहुन्छ। बन्नु त सबैलाई छ नै तर बहुतकालको यो अभ्यास आवश्यक छ। ब्रह्माबाबाको विशेष संस्कार देख्यौ– “तुरुन्त दान महापुण्य”। जीवनको आरम्भदेखि हर कार्यमा तुरुन्त दान पनि, तुरुन्त काम पनि गर्नुभयो। ब्रह्माबाबाको विशेषता निर्णय शक्ति सदा फास्ट रह्यो। बापदादाले रिजल्ट हेर्नुभयो। सबैलाई साथमा त लिएर नै जानु छ। बापदादाको साथैमा जानेहरू हौ नि! कि पछि पछि आउनेहरू हौ? साथमा जानु नै छ भने ब्रह्मा बाबालाई फलो (अनुसरण) गर। कर्ममा फलो ब्रह्माबाबालाई गर अनि स्थितिमा निराकारी शिवबाबालाई फलो गर्नु छ। फलो गर्न आउँछ हैन?

डबल विदेशीहरूलाई फलो गर्न आउँछ? फलो गर्न त सहज छ नि! जब फलो नै गर्नु छ भने किन, के, कसरी... यो समाप्त हुन्छ। सबैलाई अनुभव छ– व्यर्थ सङ्कल्पको निमित्त यो किन, के, कसरी... नै आधार बन्छ। फलो फादर गरेमा यो शब्द समाप्त हुन्छ। कसरी होइन, यसरी। बुद्धिले तुरुन्तै जज गर्छ यसरी चल, यसो गर। त्यसैले बापदादाले आज विशेष सबै बच्चाहरूलाई पहिलोपटक आएका हुन् वा पुराना हुन्, सबैलाई यही इसारा दिनुहुन्छ– आफ्नो मनलाई स्वच्छ राख। धेरैको मनमा अहिले पनि साना ठुला व्यर्थ र निगेटिभका दाग छन्। यसको कारण पुरुषार्थको श्रेष्ठ स्पीड, तीव्रगतिमा रोकावट आउँछ। बापदादाले सदा श्रीमत दिनुहुन्छ– मनमा सदा हर आत्मा प्रति शुभभावना र शुभकामना राख्नु, यो हो स्वच्छ मन। अपकारीमाथि पनि उपकारको वृत्ति राख्नु– यो हो स्वच्छ मन। स्वयं प्रति वा अन्य प्रति व्यर्थ सङ्कल्प आउनु– यो स्वच्छ मन होइन। त्यसैले स्वच्छ मन अनि क्लीन र क्लियर बुद्धि। जज गर, आफूले आफैलाई अटेन्सन दिएर हेर, सतही रूपमा ठीक छ, ठीक छ होइन। विचार गरेर हेर– मन र बुद्धि क्लियर छ, श्रेष्ठ छ? तब डबल लाइट स्थिति बन्नसक्छ। बाबा समान स्थिति बनाउने सहज साधन (उपाय) यही हो। यो अभ्यास अन्त्यमा मात्र होइन, यसमा धेरै समयको आवश्यक छ। त्यसोभए चेक गर्न आउँछ? आफूलाई चेक गर्नु, अरूलाई नगर्नु। बापदादाले पहिला पनि हाँसोको कुरा बताउनु भएको थियो– कति बच्चाहरूको टाढा देख्ने नजर धेरै तेज हुन्छ र नजिक देख्ने नजर कमजोर हुन्छ। त्यसैले अरूलाई जज गर्न धेरै होसियार हुन्छन्। आफूलाई चेक गर्न कमजोर नबन्नु।

बापदादाले पहिला पनि भन्नुभएको छ– जस्तै अहिले यो पक्का निश्चय भएको छ– म ब्रह्माकुमारी ब्रह्माकुमार हुँ। हिँड्दा डुल्दा पनि सोच्छौ– हामी ब्रह्माकुमारी हौं, हामी ब्रह्माकुमार ब्राह्मण आत्मा हौं। त्यसैगरी अब “म फरिस्ता हुँ।” यो नेचुरल स्मृति र नेचर बनाऊ। अमृतबेला उठ्ने बित्तिकै यो पक्का निश्चय गर– म फरिस्ता परमात्म श्रीमतमा सबैलाई सन्देश दिनको लागि वा श्रेष्ठ कर्म गर्नको लागि तल यस साकार तनमा आएको हुँ। कार्य पूरा भयो, त्यसपछि आफ्नो शान्त स्थितिमा स्थित होऊ। उच्च स्थितिमा जाऊ। एक अर्कालाई पनि फरिस्ता स्वरूपमा हेर। तिम्रो वृत्तिले अरूलाई पनि बिस्तारै बिस्तारै फरिस्ता बनाइदिन्छ। तिम्रो दृष्टिले अरूमा पनि प्रभाव पार्नेछ। हामी फरिस्ता हौँ, यो पक्का निश्चय छ? फरिस्ता भवको वरदान सबैलाई मिलेको छ? एक सेकेन्डमा फरिस्ता अर्थात् डबल लाइट बन्न सक्छौ? एक सेकेन्डमा, मिनटमा होइन, १० सेकेन्डमा होइन, एक सेकेन्डमा सोच्यौ अनि बन्यौ, यस्तो अभ्यास छ? ठीक छ जो एक सेकेन्डमा बन्न सक्छौ, दुई सेकेन्ड पनि होइन, एक सेकेन्डमा बन्न सक्छौ, उनीहरूले एक हातको ताली बजाऊ। बन्न सक्छौ? त्यत्तिकै हात नउठाऊ। डबल विदेशीहरूले उठाइरहेका छैनन्! समय लाग्छ र? ठीक छ, जसले सम्झन्छौ– अलिकति समय लाग्छ, एक सेकेन्डमा होइन, अलिकति समय लाग्छ, उनीहरूले हात उठाऊ। (धेरैले हात उठाए) राम्रो छ, तर लास्ट घडीको पेपर एक सेकेन्डमा आउने छ फेरि के गर्नेछौ? अचानक आउने छ र सेकेन्डको पेपर आउने छ। हात उठायौ, कुनै हर्जा छैन। महसुस गर्यौ, यो पनि धेरै राम्रो! तर यो अभ्यास गर्नु नै छ। गर्नु पर्ला होइन, गर्नु नै छ। यो अभ्यास धेरै धेरै धेरै आवश्यक छ। ठीकै छ फेरि पनि बापदादाले केही समय दिनुहुन्छ। कति समय चाहिन्छ? दुई हजारसम्म चाहिन्छ? २१ औँ शताब्दीमा त तिमीहरूले च्यालेन्ज गरेका छौ, घोषणा गरेका छौ, याद छ? च्यालेन्ज गरेका छौ– गोल्डेन एजेड दुनियाँ आउने छ वा वातावरण बनाउने छौँ। च्यालेन्ज गरेका छौ नि! त्यतिञ्जेलसम्म त धेरै समय छ। जति स्वमाथि अटेन्सन दिन सक्छौ, दिन सक्छौ पनि होइन, दिनु नै छ। जस्तै देहभानमा आउन कति समय लाग्छ! दुई सेकेन्ड? चाहँदैनौ पनि तर देह भानमा आउँछौ, त्यसोभए कति समय लाग्छ? एक सेकेन्ड वा त्यो भन्दा पनि कम लाग्छ? देह भानमा आएको छु, यो थाहै हुँदैन। त्यसैगरी यो अभ्यास गर– जेसुकै होस्, जे पनि गरिरहेका छौ तर यो पनि थाहै नहोस्– म आत्म अभिमानी (सोल कन्सस) र शक्तिशाली स्थितिमा नेचुरल भएको छु। फरिस्ता स्थिति पनि नेचुरल हुनुपर्छ। जति आफ्नो नेचर फरिस्तापनको बनाउँछौ, त्यति नेचरले स्थितिलाई नेचुरल बनाइदिन्छ। त्यसैले बापदादाले कति समयपछि सोध्ने? कति समय चाहियो? जयन्तीले भन– कति समय चाहियो? विदेशतिरबाट तिमीले भन– कति समय विदेशीहरूलाई चाहिन्छ? जनकले भन। (दादीजीले भन्नुभयो आजको आजै हुन्छ, भोलि होइन) यदि आजको आजै हो भने अहिले नै सबै फरिस्ता भइसक्यौ? हुनेछौँ, होइन। यदि हुनेछौ भने कहिलेसम्म? बापदादाले आज ब्रह्माबाबाको कुनचाहिँ संस्कार बताउनुभयो? तुरुन्त दान महापुण्य।

बापदादाको हरेक बच्चाहरूसँग प्यार छ, त्यसैले यस्तै सम्झनुहुन्छ– एक बच्चा पनि कुनै कुरामा कम नहुन्। नम्बरवार किन? सबै नम्बरवन बनेमा कति राम्रो हुन्छ। अच्छा!

प्रशासक वर्ग (एडमिनिस्ट्रेसन विङ्ग)का भाइ बहिनीसँग:– आपसमा मिलेर के प्रोग्राम बनायौ? यस्तो तीव्र पुरुषार्थको प्लान बनायौ– छिटो भन्दा छिटो तिमी श्रेष्ठ आत्माहरूको हातमा यो कार्य आओस्। विश्व परिवर्तन गर्नु छ भने सारा प्रशासन परिवर्तन गर्नुपर्ने हुन्छ नि! कसरी यो कार्य सहजै बढ्दै जान्छ, फैलिँदै जान्छ, यसरी सोच्यौ? कम से कम जति पनि ठुला ठुला शहरहरूका निमित्त छन्, उनीहरूलाई पर्सनल सन्देश दिने प्लान बनाएका छौ? कम से कम यो त बुझुन्– अब आध्यात्मिकताद्वारा परिवर्तन हुन सक्छ र हुनुपर्छ। त्यसैले आफ्नो वर्गलाई जगाउनु, त्यसैले यी वर्ग बनाइएको हो। बापदादा वर्गहरूको सेवा देखेर खुसी हुनुहुन्छ तर यो रिजल्ट हेर्नु छ– हर वर्गकाले आ-आफ्नो वर्गलाई कहाँसम्म सन्देश दिएका छन्! धेरथोर जगाएका छौ वा साथी बनाएका छौ? सहयोगी, साथी बनाएका छौ? ब्रह्माकुमार बनाएनौ तर सहयोगी साथी बनायौ?

सबै वर्गहरूलाई बापदादाले भनिरहनु भएको छ– जस्तै अहिले धर्म नेताहरू आए, नम्बरवनहरू थिएनन् तैपनि एउटै स्टेजमा सबै जम्मा भए र सबैको मुखबाट यही निस्कियो– हामी सबै मिलेर आध्यात्मिक शक्तिलाई फैलाउनुपर्छ। त्यसैगरी हर वर्गका जति पनि आएका छौ, ती हर वर्गले यो रिजल्ट निकाल्नु छ– हाम्रो वर्गमा कहाँसम्म सन्देश पुगेको छ? दोस्रो कुरा आध्यात्मिकताको आवश्यकता छ र हामी पनि सहयोगी बनौँ, यो रिजल्ट होस्। रेगुलर विद्यार्थी नबने पनि सहयोगी बन्न सक्छन्। त्यसैले अहिलेसम्म हर वर्गको जति पनि सेवा गरेका छौ, जसरी अहिले धर्म नेताहरूलाई बोलायौ, त्यसैगरी हर देशबाट हर वर्गकाहरूको सेवा गर। पहिला इन्डियामा नै गर, पछि इन्टरनेसनल गर्नु, हर वर्गको यस्ता भिन्न भिन्न स्टेजका सँगै हुन् र यो अनुभव गरुन्– हामी सहयोगी बन्नु छ। यो हर वर्गको रिजल्ट अहिलेसम्म कति निस्केको छ? अनि अगाडिको के प्लान छ? किनकि एक वर्गले एक एकलाई यदि लक्ष्य राखेर समीप ल्यायौ भने त फेरि सबै वर्गका जो समीप सहयोगी छन् नि, तिनीहरूको सङ्गठन बनाएर ठुलो सङ्गठन बनाउँला। एक अर्कालाई देखेर उमङ्ग उत्साह पनि आउँछ। अहिले छरिएका छन्, कुनै शहरमा कति छन्, कुनै शहरमा कति छन्। राम्रो राम्रो पनि छन् तर पहिला सबैको भेला (सङ्गठन) गर त्यसपछि फेरि सबैलाई मिलाएर मधुबनमा भेला गरौँला। यस्तो प्लान केही बनायौ त? अवश्य बनायौ होला। विदेशीहरूलाई पनि सन्देश पठाइएको थियो– छरिएका धेरै छन्। यदि भारतमै पनि हेर्यौ भने राम्रो राम्रो सहयोगी आत्माहरू ठाउँ ठाउँमा निस्केका छन् तर गुप्त रहेका छन्। उनीहरूलाई मिलाएर कुनै विशेष प्रोग्राम राखेर अनुभवको लेनदेन गरौं, त्यसबाट अन्तर पर्न जान्छ, समीप आउँछन्। कुनै वर्गका ५ होलान्, कुनैका ८ होलान्, कुनैका २५-३० पनि होलान्। सङ्गठनमा आउनाले अगाडि बढ्छन्। उमङ्ग उल्लास बढ्छ। त्यसैले अहिलेसम्म जुन सबै वर्गहरूको सेवा भएको छ, त्यसको रिजल्ट निकाल्नुपर्छ। सुन्यौ, सबै वर्गकाले सुनिरहेका छौ नि! आज विशेष जति पनि सबै वर्गका आएका छौ तिनले हात उठाऊ। धेरै छन्। अहिले रिजल्ट दिनु– कति कति, को को र कति प्रतिशतमा समीप सहयोगी छन्? फेरि उनीहरूको लागि रमणिक प्रोग्राम बनाउँला। ठीक छ हैन!

मधुबन निवासीहरू खाली रहनु छैन। खाली रहन चाहन्छौ? बिजी रहन चाहन्छौ नि! कि थाक्छौ? बीच बीचमा १५ दिन छुट्टी पनि हुन्छ र हुनु पनि पर्छ। तर प्रोग्राम पछि प्रोग्राम लिस्टमा हुनुपर्छ तब उमङ्ग उत्साह हुन्छ, नत्र जब सेवा हुँदैन अनि दादीले एउटा कम्पलेन गर्नुहुन्छ। कम्पलेन बताउँ? भन्नुहुन्छ, सबैले भन्छन्–आ-आफ्नो गाउँमा जाउँ। चक्कर लगाउन जाउँ, सेवाको लागि पनि चक्कर लगाउन जाउँ, त्यसैले बिजी राख्नु राम्रो हो। बिजी भयौ भने गडबड पनि हुँदैन। हेर, मधुबन निवासीको एक विशेषतामा बापदादाले पदमगुणा बधाई दिनुहुन्छ। १०० गुणा पनि होइन, पदमगुणा। कुन कुरामा? जब कोही आउँछन्, त्यतिबेला मधुबन निवासीमा यस्तो सेवाको लगन हुन्छ, जे जति पनि भित्र छ त्यो छिप्न पुग्छ। अव्यक्ति देखिन्छन्। अथक देखिन्छन् र रिमार्क लेखेर जान्छन्– यहाँ त हरेक फरिस्ता जस्तो देखिइरहेको छ। त्यसैले यो विशेषता धेरै राम्रो छ, जसबाट त्यतिबेला तिमीहरूमा विशेष विल पावर आउँछ। सेवाको चमक आउँछ। त्यसैले बापदादाले यो सर्टिफिकेट दिनुहुन्छ। यसको लागि बधाई दिनुपर्छ हैन? त्यसोभए ताली त बजाऊ मधुबन निवासीले। धेरै राम्रो! बापदादा पनि त्यतिबेला चक्कर लगाउन आउनु हुन्छ, तिमीहरूलाई थाहा हुँदैन तर बापदादा चक्कर लगाउन आउनु हुन्छ। यो विशेषताले मधुबनलाई अझै बढाउँदै जानेछ। अच्छा!

मीडिया विङ्ग:– विदेशमा पनि मीडियाको सेवा सुरु भएको छ नि! बापदादाले देख्नुभएको छ– मीडियामा अहिले राम्रो मेहनत गरेका छन्। अहिले अखबारहरूमा समाचार निस्कन सुरु भएको छ र तिमीहरूले पनि उनीहरूलाई प्यारसँग सेवा दिन्छौ। मेहनतको फल पनि मिलिरहेको छ। अहिले अरू पनि विशेष अखबारहरूमा, जस्तै टी.भी.मा जसले पनि स्थायी रूपमा थोरै नै भएपनि समय दिएका छौ नि! यस्ता कार्यक्रम दिनहुँ चल्छन् नि। यो प्रगति राम्रो छ। सुन्दा सबैलाई राम्रो अनुभव हुन्छ। यस्तै अखबारमा विशेष चाहे हप्तामा, चाहे दिनहुँ, चाहे एक दिन बिराएर एक स्तम्भ निश्चित गरिएमा यो आध्यात्म शक्ति बढाउने मौका हुन्छ। यस्तो पुरुषार्थ गर। त्यसो भएमा यसमा सफलता छ, कनेक्सन पनि राम्रो बढ्दै जान्छ। अब अखबारको केही कमाल गरेर देखाऊ। गर्न सक्छौ? ग्रुपले गर्न सक्छौ? हात उठाऊ– हुन्छ, गर्नेछौँ? उमङ्ग उल्लास छ भने सफलता भइ नै हाल्छ। किन हुन सक्दैन! आखिरमा त समय आउनेछ, जुन समयमा सबै साधन तिम्रा लागि प्रयोग हुनेछन्। तिमीहरूलाई अफर गर्नेछन्। अफर गर्नेछन् र भन्नेछन् केही दिनुहोस्, केही दिनुहोस्, मदत लिनुहोस्। अहिले तिमीहरूले भन्नुपर्छ– सहयोगी बन, फेरि उनीहरूले भन्नेछन् हामीलाई सहयोगी बनाउनुहोस्। केवल यो कुरा पक्का राख्नु– फरिस्ता, फरिस्ता, फरिस्ता। फेरि हेर तिम्रो काम कति चाँडो हुन्छ। पछि परिरहनु पर्दैन, छायाँ जसरी उनीहरू आफै तिम्रो पछाडि आउने छन्। बस्, केवल तिम्रो अवस्था रोकिएकाले रोकिएको छ। एवररेडी बन्यौ भने केवल स्विच थिच्न बाँकी हुन्छ, बस्। राम्रो गरिरहेका छौ, अझै गर्नेछौ।

चारैतिरका देश विदेशका साकार स्वरूपमा वा सूक्ष्म स्वरूपमा मिलन मनाउने सर्व स्वराज्य अधिकारी आत्माहरूलाई, सदा यस श्रेष्ठ अधिकारलाई आफ्नो चालचलन र चेहराद्वारा प्रत्यक्ष गर्ने विशेष आत्माहरू, सदा बापदादालाई हर कदममा फलो गर्ने, सदा मनलाई स्वच्छ र बुद्धिलाई क्लियर राख्ने– यस्ता स्वत: तीव्र पुरुषार्थी आत्माहरूलाई, सदा साथ रहने र साथै जाने डबल लाइट बच्चाहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:–
निर्लेप वा न्यारा बनेर साधनहरूलाई कार्यमा लगाउने बेहदको वैरागी भव

बेहदको वैरागी अर्थात् कसै सँग पनि लगाव नहुनु, सदा बाबाको प्रिय। यो प्यारोपनले नै न्यारा बनाउँछ। बाबाको प्यारो छैन भने न्यारा पनि बन्न सक्दैन, लगावमा आउँछ। जो बाबाको प्यारो छ, ऊ सर्व आकर्षणहरू देखि पर अर्थात् न्यारा हुन्छ– यसैलाई भनिन्छ निर्लेप स्थिति। कुनै पनि हदको आकर्षणको लेपमा आउनेवाला होइन। रचना वा साधनाहरूलाई निर्लेप भएर कार्यमा लगाउनु पर्छ। यस्तो बेहदको वैरागी नै राजऋषि हो।

स्लोगन:–
दिलको सच्चाइ-सफाइ भएमा साहेब राजी हुनुहुन्छ।