09.09.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– योगबलद्वारा नराम्रा संस्कारलाई परिवर्तन गरेर स्वयंमा राम्रा संस्कार धारण गर। ज्ञान र पवित्रताको संस्कार राम्रो संस्कार हो।”

प्रश्न:–
तिमी बच्चाहरूको जन्मसिद्ध अधिकार (बर्थ राइट) कुनचाहिँ हो? तिमीलाई अहिले कुनचाहिँ अनुभूति हुन्छ?

उत्तर:–
तिम्रो जन्मसिद्ध अधिकार हो मुक्ति र जीवनमुक्ति। तिमीलाई अहिले अनुभव हुन्छ– हामी बाबाको साथमा फर्केर घर जानु छ। तिमीले जानेका छौ– बाबा आउनु भएको छ भक्तिको फल मुक्ति र जीवनमुक्ति दिन। अब सबैलाई शान्तिधाम जानु छ। सबैले आफ्नो घरको साक्षात्कार गर्नु छ।

ओम् शान्ति ।
मानिसहरूले बाबालाई सच्चा पातशाह (बादसाह) पनि भन्छन्। अङ्ग्रेजीमा पातशाह भनिदैन, त्यसमा केवल सच्चा पिता भन्छन्, गड फादर इज ट्रुथ भन्छन्। यहाँ नै भनिन्छ सच्चा पातशाह। तर फरक त धेरै छ, उहाँले केवल सत्य भन्नुहुन्छ, सत्य सिकाउनु हुन्छ, सच्चा बनाउनु हुन्छ। यहाँ भन्छन् सच्चा पातशाह। सत्य पनि बनाउनु हुन्छ र सत्यखण्डको बादसाह पनि बनाउनु हुन्छ। उहाँले अवश्य मुक्ति पनि दिनुहुन्छ, जीवनमुक्ति पनि दिनुहुन्छ, जसलाई भक्तिको फल भनिन्छ। मुक्ति र जीवनमुक्ति। भक्तिको फल दिनुहुन्छ र मुक्त गर्नुहुन्छ। बच्चाहरूलाई थाहा छ– हामीलाई दुवै दिनुहुन्छ। मुक्ति त सबैलाई दिनुहुन्छ, जीवनमुक्ति तिमीहरूलाई दिनुहुन्छ। मुक्ति र जीवनमुक्ति यस्तो भाषा पनि बनाइएको छ नि। भाषा त धेरै छन्। शिवबाबाका पनि नाम धेरै राखिदिन्छन्। कसैलाई उहाँको नाम शिवबाबा हो भन्यौ भने उनीहरूले भन्छन्– हामी त उहाँलाई मालिक नै भन्छौं। मालिक त ठीक छ तर उहाँको नाम पनि त चाहियो नि। नाम-रूपबाट अलग कुनै चीज हुँदैन। मालिक पनि कुनै चीजको त बन्छन् नि। नाम-रूप त अवश्य हुन्छ। अहिले तिमी बच्चाहरूले जानेका छौ– बाबाले अवश्य मुक्त पनि गर्नुहुन्छ फेरि शान्तिधाममा सबै जानु नै पर्छ। आफ्नो घरको साक्षात्कार सबैले गर्नु छ। घरबाट आएका छौ त्यसैले पहिला त्यसको साक्षात्कार गर्छौ, यसलाई भनिन्छ गति-सद्गति। उनीहरूले बोल्न त बोल्छन् तर अर्थरहित। तिमी बच्चाहरूलाई त अनुभूति हुन्छ– हामी आफ्नो घर पनि जान्छौं र जीवनमुक्ति पनि मिल्छ। नम्बरवार तिमीलाई मिल्छ भने अरू धर्मावलम्बीलाई पनि फेरि समय अनुसार मिल्छ। बाबाले सम्झाउनु भएको थियो– यो पर्चा धेरै राम्रो छ– तिमी स्वर्गवासी हौ वा नर्कवासी? तिमी बच्चाहरूले नै जानेका छौ– मुक्ति, जीवनमुक्ति यी दुवै बाबाबाट प्राप्त हुने जन्मसिद्ध अधिकारहुन्। तिमीले लेख्न पनि सक्छौ। बाबाबाट तिमी बच्चाहरूलाई यो जन्मसिद्ध अधिकार मिल्छ। बाबाका बन्नाले दुवै चीजको प्राप्ति हुन्छ। त्यो हो रावणबाट प्राप्त हुने जन्मसिद्ध अधिकार, यो हो परमपिता परमात्माबाट प्राप्त हुने जन्मसिद्ध अधिकार। यो हो भगवानबाट प्राप्त हुने जन्मसिद्ध अधिकार, त्यो हो सैतानबाट प्राप्त हुने जन्मसिद्ध अधिकार । यस्तो लेख्नुपर्छ जसबाट केही बुझ्न सक्छन्। अब तिमी बच्चाहरूले स्वर्ग स्थापना गर्नु छ। कति काम गर्नु छ! अहिले त बच्चा जस्तै छन्, जसरी कलियुगको लागि मनुष्यहरूले भन्छन्– अहिले बच्चा छ। बाबा भन्नु हुन्छ सत्ययुगको स्थापनामा बच्चा छन्। अहिले तिमी बच्चाहरूलाई वर्सा मिलिरहेको छ। रावणको कुनै वर्सा भनिँदैन। ईश्वर पिताबाट त वर्सा मिल्छ। ती पिता कहाँ हुन् र! ती ५ विकारलाई त सैतान भनिन्छ। सैतानबाट के वर्सा मिल्छ? ५ विकार मिल्छ–जसबाट तमोप्रधान बन्छन्। अहिले दशहरा (विजया दशमी) कति धेरै मनाउँछन्, समारोह गर्छन्। धेरै खर्च गर्छन्। निमन्त्रण दिएर बेलायतबाट पनि बोलाउँछन्। सबैभन्दा भव्य दशहरा मनाउँछन् मैसुरमा। पैसावाला पनि धेरै छन्। रावण राज्यमा पैसा मिल्छ त्यसैले अक्कल नै चट हुन्छ। बाबाले विस्तारमा सम्झाउनु हुन्छ। यसको नाम नै हो रावण राज्य। फेरि त्यसलाई भनिन्छ ईश्वरीय राज्य। रामराज्य भन्नु पनि गलत हुन्छ। गान्धीजीले रामराज्य चाहन्थे। मानिसहरूले सम्झन्छन्– गान्धीजी पनि अवतार थिए। उनलाई कति पैसा दिन्थे। उनलाई भारतका पिता पनि भन्थे। उहाँ बाबा त सारा विश्वका पिता हुनुहुन्छ। अहिले तिमी यहाँ बसेका छौ, जानेका छौ– कति धेरै जीव आत्माहरू छन्। जीव शरीर त विनाशी छ, तर आत्मा हो अविनाशी। आत्माहरू त धेरै छन्। जसरी माथि आकाशमा ताराहरू हुन्छन् नि। तारा धेरै छन् वा आत्माहरू धेरै छन्? किनकि तिमी हौ धरतीका तारा र ती हुन् आकाशका तारा। तिमीलाई देवता भनिन्छ। मनुष्यले फेरि ती तारालाई पनि देवता भन्छन्। तिमीलाई लक्की सितारा भनिन्छ नि।

यसमा फेरि आपसमा छलफल गर। बाबाले अहिले यस कुरालाई उठाउनुहुन्न। यो त सम्झाइएको छ– बाबा सबै आत्माहरूका एक पिता हुनुहुन्छ, यिनको बुद्धिमा त सबै छ, जति पनि मनुष्य मात्र छन्, सबैका उहाँ बाबा हुनुहुन्छ। यो त सबैले जानेका छन्– सारा सृष्टि समुद्रमाथि खडा छ। यो पनि सबैलाई थाहा छैन। बाबाले सम्झाउनु भएको थियो– यो रावण राज्य सारा सृष्टिमा छ। यस्तो होइन, रावण राज्य कुनै सागरको पारी छ। सागर त चारैतिर छ नै। भन्छन् नि– तल बयल छ, उसको सिङमा सृष्टि खडा छ। फेरि जब थाक्छ तब सिङ फेर्छ। अब पुरानो दुनियाँ समाप्त भएर नयाँ दुनियाको स्थापना हुन्छ। शास्त्रहरूमा त अनेक प्रकारका कुरा दन्त्य कथाहरूमा लेखिदिएका छन्। यो त बच्चाहरूले बुझेका छौ– यहाँ सबै आत्माहरू शरीरको साथमा छन्, यिनलाई भनिन्छ जीव आत्माहरू। त्यो जुन आत्माहरूको घर हो, त्यहाँ त शरीर हुँदैन। त्यसलाई भनिन्छ निराकारी। जीव आकारी हो त्यसैले साकार भनिन्छ। निराकारको शरीर हुँदैन। यो हो साकारी सृष्टि। त्यो हो निराकारी आत्माहरूको दुनियाँ। यसलाई सृष्टि भनिन्छ, त्यसलाई भनिन्छ निराकारी दुनियाँ। आत्मा जब शरीरमा आउँछ तब त्यो हलचल गर्छ । नत्र शरीर कुनै कामको हुँदैन। त्यसैले त्यसलाई भनिन्छ नै निराकारी दुनियाँ। जति पनि आत्माहरू छन् ती सबै अन्त्यमा आउनुपर्छ। त्यसैले यसलाई पुरुषोत्तम सङ्गमयुग भनिन्छ। जब सबै आत्माहरू यहाँ आउँछन् तब त्यहाँ फेरि एउटा पनि रहँदैन। त्यहाँ जब एकदम खाली हुन्छ तब फेरि सबै फर्केर जान्छन्। तिमीले यो संस्कार लिएर जान्छौ, नम्बरवार पुरुषार्थ अनुसार। कसैले ज्ञानको संस्कार लिएर जान्छन्, कसैले पवित्रताको संस्कार लिएर जान्छन्। आउनु त फेरि पनि यहाँ नै छ। तर पनि पहिला त घरमा नै जानु छ। त्यहाँ हुन्छन् राम्रा संस्कार। यहाँ हुन्छन् नराम्रा संस्कार। राम्रा संस्कार परिवर्तन भएर नराम्रा संस्कार हुन्छन्। फेरि नराम्रा संस्कार योगबलबाट राम्रा हुन्छन्। राम्रा संस्कार त्यहाँ लिएर जान्छन्। बाबामा पनि पढाउने संस्कार छ नि, जसले आएर सम्झाउनु हुन्छ। रचयिता र रचनाको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनु हुन्छ। बीजको पनि समझ दिनु हुन्छ भने सारा वृक्षको पनि समझ दिनुहुन्छ। बीजको समझ हो ज्ञान र वृक्षको समझ हो भक्ति। भक्तिमा धेरै विस्तार हुन्छ नि। बीजलाई याद गर्न त सहज छ। त्यहाँ नै जानुपर्छ। तमोप्रधानबाट सतोप्रधान बन्नमा थोरै समय लाग्छ। फेरि सतोप्रधानबाट तमोप्रधान बन्नमा ५ हजार वर्ष लाग्छ, एक्युरेट। यो चक्र धेरै एक्युरेट बनेको छ, जुन दोहोरिइरहन्छ। अरू कसैले पनि यो कुरा बताउन सक्दैनन्। तिमीले बताउन सक्छौ। आधा आधा गरिन्छ। आधा स्वर्ग, आधा नर्क फेरि त्यसको विस्तार पनि बताउनु हुन्छ। स्वर्गमा जन्म कम, आयु अधिक हुन्छ। नर्कमा जन्म धेरै आयु कम हुन्छ। त्यहाँ हुन्छन् योगी, यहाँ छन् भोगी। त्यसैले यहाँ धेरै जन्म हुन्छ। यी कुरालाई अरू कसैले पनि जानेका छैनन्। मनुष्यहरूलाई केही पनि थाहा छैन। देवताहरू कहिले थिए, ती कसरी बने, कति समझदार बने– यो पनि तिमीले जानेका छौ। बाबाले यस समयमा बच्चाहरूलाई पढाएर २१ जन्मको लागि वर्सा दिनुहुन्छ। त्यसपछि तिम्रो यो संस्कार रहँदैन। फेरि हुन जान्छ दु:खको संस्कार। जब रजाइँको संस्कार हुन्छ तब ज्ञानको पढाइको संस्कार पूरा हुन्छ। यो संस्कार पूरा भएपछि नम्बरवार पुरुषार्थ अनुसार रुद्रमालामा उनिन्छौ फेरि नम्बरवार आउने छौ अभिनय गर्न। जसले पूरा ८४ जन्म लिएका छन्, ती पहिला आउँछन्। उनको नाम पनि बताउनु हुन्छ। श्रीकृष्ण त हुन् नै स्वर्गका प्रथम राजकुमार। तिमीलाई थाहा छ– केवल एक मात्र कहाँ हुन्छ र! सारा राजधानी हुन्छ नि। राजाको साथमा त प्रजा पनि चाहिन्छ। हुन सक्छ– एकबाट अर्को पैदा हुँदै जान्छन्। यदि ८ सँगै आउँछन् भने पनि श्रीकृष्ण त नम्बरवनमा आउँछन् नि। ८ सँगै आउँछन् भने फेरि श्रीकृष्णको यति गायन किन? यी सबै कुरा पछि गएर सम्झाउने छु। भन्नुहुन्छ नि– आज तिमीलाई धेरै गोपनीय कुरा सुनाउँछु। केही त बाँकी रहेको छ नि। यो युक्ति राम्रो छ– जुन कुरा बुझ्न सक्दैनन् तब उनलाई भन– हाम्री ठुली दिदीले उत्तर दिन सक्नुहुन्छ वा भन्नुपर्छ अहिले बाबाले बताउनु भएको छैन। दिन प्रतिदिन गहन भन्दा गहन कुरा सुनाउनु हुन्छ। यस्तो भन्न लाजको कुरा हुँदैन। अति गहन कुरा जब सुनाउनु हुन्छ तब तिमीलाई सुनेर धेरै खुसी हुन्छ। अन्त्यमा फेरि भन्नुहुन्छ– मनमनाभव, मध्याजीभव। यी शब्द पनि शास्त्र बनाउनेले लेखेका हुन्। अलमलमा पर्नु पर्ने आवश्यकता छैन। बच्चा बाबाको बन्यो, बेहदको सुख मिल्यो। यसमा मनसा, वाचा, कर्मणा पवित्रताको आवश्यकता छ। लक्ष्मी-नारायणलाई बाबाको वर्सा मिलेको हो नि। यिनीहरू पहिलो नम्बरका हुन्, जसको पूजा हुन्छ। आफूलाई पनि हेर– हामीमा यस्ता गुण छन्। अहिले त विना गुणका छन् नि। आफ्ना अवगुणको पनि कसैलाई थाहा छैन।

अहिले तिमी बाबाका बनेका छौ त्यसैले अवश्य परिवर्तन हुनुपर्छ। बाबाले बुद्धिको ताला खोल्नु भएको छ। ब्रह्मा र विष्णुको पनि रहस्य सम्झाउनु भएको छ। यी हुन् पतित, ती हुन् पावन। एडप्सन यस पुरुषोत्तम सङ्गमयुगमा नै हुन्छ। प्रजापिता ब्रह्मा भएपछि नै एडप्सन हुन्छ। सत्ययुगमा त हुँदैन। यहाँ पनि कसैको बच्चा हुँदैन भने फेरि एडप्ट गर्छन्। प्रजापिता ब्रह्मालाई पनि अवश्य ब्राह्मण बच्चाहरू चाहिन्छ। यी हुन् मुख वंशावली। ती हुन्छन् कोख वंशावली। ब्रह्मा त प्रसिद्ध छन्। यिनको उपनाम पनि बेहदको छ। सबैले सम्झन्छन्– प्रजापिता ब्रह्मा आदि देव हुनुहुन्छ, उहाँलाई अङ्ग्रेजीमा भनिन्छ ग्रेट ग्रेट ग्रेन्ड फादर। यो हो बेहदको उपनाम। अरू सबै हुन्छन् हदका उपनाम त्यसैले बाबाले सम्झाउनु हुन्छ– यो अवश्य सबैलाई थाहा हुनुपर्छ, भारतखण्ड सर्वोत्तम तीर्थ हो, जहाँ बेहदका बाबा आउनु हुन्छ। यस्तो होइन, सारा भारतवर्षमा विराजमान हुनु भयो। शास्त्रमा मगध देश लेखिएको छ, तर ज्ञान कहाँ सिकाउनु भयो? आबूमा कसरी आउनु भयो? देलवाडा मन्दिर पनि यहाँ पूरा यादगार छ। जसले बनाए पनि, उनको बुद्धिमा आयो र बसेर बनाउन लगाए। यथार्थ नमुना त बनाउन सकेनन्। बाबाले यहाँ नै आएर सर्वको सद्गति गर्नुहुन्छ, मगध देशमा होइन। त्यो त पाकिस्तान भयो। यो हो पाक स्थान। वास्तवमा पाक स्थान त स्वर्गलाई भनिन्छ। पाक (पवित्र) र नापाक (अपवित्र) को यो सारा ड्रामा बनेको छ।

त्यसैले मीठा-प्यारा सिकीलधे बच्चाहरू तिमीहरूले जान्दछौ– आत्मा परमात्मा अलग रहे बहुकाल.... कति समय पछि भेट भएका हौ? फेरि कहिले भेटिन्छौ? सुन्दर मेला गरिदिए जब सद्गुरु मिले दलालका रूपमा। गुरु त धेरै छन् नि त्यसैले सद्गुरु भनिन्छ। स्त्रीलाई जब लगनगाँठो बाँध्छन् तब भन्छन् यी पति तिम्रो गुरु, ईश्वर हुन्। पतिले त पहिला अपवित्र बनाउँछन्। आजकाल त दुनियाँमा धेरै गन्दा फैलिएको छ। अब तिमी बच्चाहरू त फूल बन्नु छ। तिमी बच्चाहरूको पक्का-पक्का लगनगाँठो बाबाले बाँध्नुहुन्छ।

हुन त शिवजयन्तीको साथमा नै रक्षाबन्धन हुन्छ। गीता जयन्ती पनि हुनुपर्छ। श्रीकृष्णको जयन्ती केही समयपछि नयाँ दुनियाँमा भएको हो। अरू चाडपर्व सबै यस समयका हुन्। राम नवमी कहिले भयो– यो पनि कहाँ कसैलाई थाहा छ र? तिमीले भन्छौ– नयाँ दुनियाँमा १२५० वर्षपछि रामनवमी हुन्छ। शिवजयन्ती, श्रीकृष्णजयन्ती, राम जयन्ती कहिले भयो...? यो कसैले पनि बताउन सक्दैन। तिमी बच्चाहरूले पनि अहिले बाबाद्वारा जानेका छौ। एक्युरेट बताउन सक्छौ। सारा दुनियाँको जीवन कहानी पनि तिमीले भन्न सक्छौ। लाखौं वर्षको कुरा कहाँ बताउन सक्छौ र? बाबाले कति राम्रो बेहदको पढाइ पढाउनु हुन्छ। एकैपटक तिमी २१ जन्मको लागि नङ्गन हुनबाट बच्छौ। अहिले तिमी ५ विकाररूपी रावणको पराइ राज्यमा छौ। अहिले सारा ८४ को चक्र तिम्रो स्मृतिमा आएको छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) बेहद सुखको वर्सा प्राप्त गर्नको लागि मनसा-वाचा-कर्मणा पवित्र अवश्य बन्नु छ। योगबलद्वारा राम्रो संस्कार धारण गर्नु छ। आफूलाई गुणवान बनाउनु छ।

२) सदा खुसीमा रहनको लागि बाबाले जुन सदा गहन कुरा सुनाउनु हुन्छ, त्यसलाई सुन्नु र अरूलाई सुनाउनु छ। कुनै पनि कुरामा अलमलिनु छैन। युक्तिले उत्तर दिनु छ। लाज मान्नु हुँदैन।

वरदान:–
सुख स्व रूप बनेर हर आत्मालाई सुख दिने मास्टर सुखदाता भव

जुन बच्चाले सदा यथार्थ कर्म गर्छ उसलाई त्यस कर्मको प्रत्यक्षफल खुसी र शक्ति मिल्छ। उसको दिल सदा प्रसन्न रहन्छ, उसलाई सङ्कल्पमा मात्र पनि दुःखको लहर आउन सक्दैन। सङ्गमयुगी ब्राह्मण अर्थात् दुःखको नामनिसान हुँदैन किनकि सुखदाताका सन्तान हुन्। यस्ता सुखदाताका सन्तान स्वयं पनि मास्टर सुखदाता हुन्छन्। उनीहरूले हर आत्मालाई सदा सुख दिन्छन्। उनीहरूले कहिल्यै न दु:ख दिन्छन् न दु:ख लिन्छन्।

स्लोगन:–
मास्टर दाता बनेर सहयोग, स्नेह र सहानुभूति दिनु– यही रहमदिल आत्माको निसानी हो।