09.09.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– योगबलद्वारा नै तिमीले आफ्ना विकर्महरूमाथि विजय प्राप्त गरेर विकर्माजित बन्नु छ।”

प्रश्न:–
कुन ख्यालले पुरुषार्थी बच्चाहरूलाई पनि पुरुषार्थहीन बनाइदिन्छ?

उत्तर:–
कुनै पुरुषार्थीलाई अहिले त धेरै समय बाँकी छ, पछि छलाङ (ग्यालप) मारौँला भन्ने ख्याल आयो भने। तर बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! मृत्युको समय कहाँ निश्चित छ र, भोलि भोलि भन्दाभन्दै मरियो भने के कमाइ हुन्छ, त्यसैले जति सकिन्छ श्रीमतमा आफ्नो र अरूको कल्याण गरिराख। समयको विषयमा सोचेर पुरुषार्थहीन नबन।

गीत:–
ओम् नम: शिवाय...

ओम् शान्ति ।
यो कुरा त तिमी बच्चाहरूलाई सम्झाइएको छ, निराकारले साकारविना कुनै कर्म गर्न सक्नुहुन्न। पार्ट खेल्न सक्नुहुन्न। रुहानी बाबा आएर ब्रह्माद्वारा रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ। योगबलद्वारा नै सतोप्रधान बन्नु छ र विश्वको मालिक बन्नु छ। यो कुरा बच्चाहरूको बुद्धिमा छ, कल्प कल्प बाबा आएर ब्रह्माद्वारा राजयोग सिकाउनुहुन्छ। अनि आदि सनातन देवीदेवता धर्मको स्थापना गर्नुहुन्छ अर्थात् मानिसलाई देवता बनाउनुहुन्छ। मानिसहरू जो देवीदेवता थिए, पावन थिए, ती अब परिवर्तन भएर ८४ जन्मपछि पतित बनेका छन्, भारतवर्ष पारसपुरी भएको बेलामा पवित्रता, सुखशान्ति सबै थियो। यो ५ हजार वर्षको कुरा हो। तिथि मितिसहित बाबाले सम्पूर्ण हिसाबकिताब सम्झाउनुहुन्छ। उहाँभन्दा उच्च त कोही छैन। सृष्टि वा वृक्ष जसलाई कल्पवृक्ष भनिन्छ, त्यसको आदि-मध्य-अन्त्यको रहस्य पनि बाबा नै बसेर सम्झाउनुहुन्छ। भारतवर्षमा जुन देवीदेवता धर्म थियो, त्यो अब प्रायः लोप भएको छ। केवल चित्र पक्कै छन्। यहाँका मानिसहरूलाई थाहा छ, सतयुगमा लक्ष्मीनारायणको राज्य थियो। हुन त शास्त्रहरूमा भुल गरेका छन्, जसले गर्दा श्रीकृष्णलाई द्वापरमा लगेका छन्। बाबा नै आएर भुलेकाहरूलाई बाटो बताउनुहुन्छ। उहाँलाई भनिन्छ मुक्ति-जीवनमुक्तिको गाइड। सबैलाई मुक्ति-जीवनमुक्ति दिने एक मात्र बाबा हुनुहुन्छ। भारतवर्ष जीवनमुक्त भएको बेलामा बाँकी सबै आत्माहरू मुक्तिधाममा हुन्छन्, त्यसैले उहाँलाई भनिन्छ मुक्ति-जीवनमुक्तिदाता। रचयिता एक बाबा मात्र हुनुहुन्छ। सृष्टि पनि एउटै हो, विश्वको इतिहास-भूगोल पनि एउटै हो, जुन दोहोरिन्छ। सतयुग, त्रेता, द्वापर, कलियुग... फेरि हुन्छ सङ्गमयुग। कलियुग हो पतित, सतयुग हुन्छ पावन। सतयुग हुन्छ त्यसैले पहिला पक्कै कलियुगको विनाश हुन्छ। विनाशभन्दा पहिला स्थापना हुन्छ। सतयुगमा स्थापना हुँदैन। पतित दुनियाँलाई पावन बनाउनु पर्ने भएपछि मात्र भगवान आउनुहुन्छ। अब बाबाले सहज युक्ति बताउनुहुन्छ– देहसहित देहका सबै सम्बन्ध तोडेर देहीअभिमानी बन र म बाबालाई याद गर। बाबा हुनुहुन्छ भक्तहरूका फलदाता। बाबाले भक्तहरूलाई ज्ञान दिनुहुन्छ– पावन बन्नको लागि। सबैलाई पावन बनाउँछ योगले। ज्ञान सागर बाबा आएर मुखबाट ज्ञान सुनाउनुहुन्छ। पतितहरूलाई पावन बनाउनुहुन्छ। यतिबेला सबै आत्माहरू पतित बनेका छन्, त्यसैले बाबालाई पुकार्छन् किनकि बाबाविना अरू कसैले त पावन बनाउन सक्दैन। पतितपावनी गङ्गा हुन् भने फेरि पतितपावन सीताराम भनेर किन पुकार्छन्। बुद्धिले भन्छ, परमपिता परमात्मा पक्कै फेरि नयाँ दुनियाँको स्थापना र पुरानो दुनियाँको विनाशको लागि आउनुहुनेछ। कल्पवृक्षको आयु पनि हुन्छ, जुन कुरा जीर्ण हुन्छ, त्यसलाई नै तमोप्रधान भनिन्छ, नयाँ दुनियाँ (न्यु वर्ल्ड) भनिँदैन, यो हो कलियुगी दुनियाँ (आइरन एजेड वर्ल्ड)। यी सबै कुरा बुद्धिमा बसाइन्छ अरूलाई सम्झाउनको लागि। घरघरमा सन्देश दिनु छ। परमात्मा आउनुभएको छ भनेर यसरी सिधै नभन्नु। युक्तिले सम्झाउनु छ, भन दुई पिता हुनुहुन्छ– लौकिक र पारलौकिक। दुःखको समयमा पारलौकिक पितालाई नै याद गरिन्छ। सुखधाममा कसैले परमात्मालाई याद गर्दैन। लक्ष्मीनारायणको राज्य सतयुगमा सुख, शान्ति, पवित्रता सबैथोक थियो। बाबाको वर्सा मिल्यो, फेरि पुकार्ने किन? त्यहाँ सुख नै सुख हुन्छ। बाबाले दुःखको लागि यो दुनियाँ रच्नुभएको होइन। यो बनिबनाउ खेल हो, जसको पार्ट अन्त्यमा छ, २-४ जन्म लिन्छन्, बाँकी समय शान्तिधाममा रहन्छन्। बाँकी खेलबाट कोही निस्किने, यो हुन सक्दैन। एक-दुई जन्म लिए, बाँकी समय मानौँ मोक्ष हुन्छ, आत्मा पार्टधारी हो। कसैको उच्च पार्ट हुन्छ, कसैको सामान्य। भनिएको छ– ईश्वरको अन्त्य कसैले पाउन सक्दैन। ईश्वरले नै आएर रचयिता र रचनाको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनुहुन्छ। बाबा सम्झाउनुहुन्छ– म साधारण तनमा प्रवेश गर्छु। म जुन तनमा प्रवेश गर्छु, यिनले नै आफ्नो जन्महरूको विषयमा जान्दैनन्, मैले यिनको ८४ जन्मको कहानी सुनाउँछु, कुनै पनि पार्ट परिवर्तन हुन सक्दैन। यो बनिबनाउ खेल हो। यो कुरा कसैको बुद्धिमा बस्दैन। पवित्र भएर बुझेपछि मात्र बुद्धिमा बस्छ। राम्रोसँग बुझ्नको लागि ७ दिन भट्ठीमा बस्नुपर्छ। भागवत आदि पनि ७ दिन लगाउँछन्। कसैले ७ दिनमा राम्रोसँग बुझ्छन्, कसैले त भनिदिन्छन्, हाम्रो बुद्धिमा केही पनि बसेन। उच्च पद पाउनु छैन भने बुद्धिमा कसरी बस्छ। अच्छा, फेरि पनि कल्याण त भयो नि! प्रजा त त्यसै बन्छन्, बाँकी राज्य भाग्य लिनमा मेहनत लाग्छ। बाबालाई याद गरेमा नै विकर्म विनाश हुन्छ। अब याद गर वा नगर। तर बाबाको निर्देशन छ, प्यारो वस्तुलाई याद गरिन्छ नि! भक्तिमार्गमा पनि भन्छन्, हे पतितपावन आउनुहोस्! अब उहाँ बाबा मिल्नुभएको छ। बाबा भन्नुहुन्छ– मलाई याद गर, अनि खिया (कट) उत्रिन्छ। बादसाही यत्तिकै कहाँ मिल्छ र! यादमा नै अलिकति मेहनत छ। पूरा याद गर्नेहरूले नै कर्मातीत अवस्था प्राप्त गर्छन्। पूरा याद नगरी विकर्म विनाश हुँदैन। योगबलद्वारा नै विकर्माजित बन्नु छ। लक्ष्मीनारायण यति पवित्र कसरी बने? कलियुगको अन्त्यमा जुनबेला कोही पनि पवित्र हुँदैनन्। यतिबेला गीता ज्ञानको अध्याय (एपिसोड) दोहोरिइरहेको छ। शिव भगवानुवाच, भुल त सबैबाट भइरहन्छ। म आएर सबैलाई सच्याउँछु। जति पनि भारतवर्षका शास्त्रहरू छन्, यी सबै हुन् भक्तिमार्गका। बाबा भन्नुहुन्छ– मैले जेजति भनेको थिएँ, त्यो कसैलाई पनि थाहा छैन। जसले मद्वारा सुने, उनीहरूले २१ जन्मको प्रारब्ध पाए, फेरि ज्ञान प्रायः लोप हुन्छ। तिमीले नै चक्कर लगाएर फेरि यो ज्ञान सुनिरहेका छौ।

तिमीलाई थाहा छ, हामीले मानिसबाट देवता बनाउने कलमी (स्यापलिङ) लगाइरहेका छौँ। यो हो दैवी वृक्षको कलमी। उनीहरूले त ती वृक्षहरूको कलमी लगाइरहन्छन्। बाबा आएर भिन्नता (कान्ट्रास्ट) बताउनुहुन्छ। तिमीले देखाउँछौ पनि, उनीहरूको प्लान के छ, तिम्रो प्लान के छ। उनीहरूले परिवार नियोजन (फ्यामिली प्लानिङ) गर्छन्, दुनियाँमा जनसङ्ख्या नबढोस् भनेर। बाबाले त धेरै राम्रो कुरा बताउनुहुन्छ– अनेक धर्म विनाश हुनेछन् र देवीदेवता धर्मको परिवार (फ्यामिली) स्थापन हुनेछ। सत्ययुगमा एउटै आदि सनातन देवीदेवता धर्मको परिवार थियो, अनेक परिवारहरू थिएनन्। यतिबेला भारतमै हेर कति परिवारहरू छन्। गुजराती परिवार, शिख परिवार.. वास्तवमा भारतवर्षको एउटै परिवार हुनुपर्छ। धेरै परिवार भए भने पक्कै खटपट हुन्छ। फेरि गृहयुद्ध (सिभिल वार) हुन्छ। परिवारमा पनि गृहयुद्धजस्तै हुन्छ। जसरी क्रिस्चियनको आपसमा परिवार छ भने उनीहरूमा पनि दुई भाइ आपसमा मिल्दैनन्। मनमुटाव वा फाटो (फ्र्याक्सन) पर्छ। पानी पनि बाँडिन्छ। शिख धर्मका मानिसहरूले सम्झन्छन्, हामीले आफ्नो धर्मका परिवारहरूलाई बढी सुख दिऊँ। मोहको अंश नसा (रग) हुन्छ नि! मेहनत गरिरहन्छन्। अन्तिम समय आएपछि आपसमा लड्न थाल्छन्। विनाश त हुनु नै छ। थुप्रै बमहरू बनाइरहन्छन्। ठुलो लडाइँ (दोश्रो विश्वयुद्ध) भएको बेलामा दुईवटा बम छोडेका थिए। अहिले त थुप्रै बमहरू बनाएका छन्। समझको कुरा हो नि! तिमीले सम्झाउनु छ, यो त्यही महाभारत लडाइँ हो। ठुला ठुला मानिसहरूले पनि भन्छन्, लडाइँलाई बन्द गरिएन भने सारा दुनियाँमा आगो लाग्नेछ। तिमीलाई थाहा छ, आगो त लाग्नु नै छ।

बाबाले आदि सनातन देवीदेवता धर्मको स्थापना गर्नुहुन्छ। राजयोग हो नै सतयुगको। जुन देवता धर्म प्रायः लोप भएको छ, त्यो फेरि बाबाले स्थापन गर्नुहुन्छ। अहिले कलियुग हो, यसपछि सत्ययुग हुनुपर्छ। कलियुगको विनाशको लागि अब यो महाभारी महाभारत लडाइँ हुन्छ। यी सबै कुरा राम्रोसँग धारण गरेर सम्झाउनु छ किनकि अहिले मानिसहरू छन् आसुरी सम्प्रदाय, त्यसैले होसियारी राख्नुपर्छ। कल्प पहिलाजस्तै जुन विघ्न पर्नु छ, त्यो पक्कै पर्नेछ। यो बनिबनाउ ड्रामा हो। हामी त्यही ड्रामामा बाँधिएका छौँ। यादको यात्रा कहिल्यै भुल्नुहुँदैन। एउटा गीत छ नि– रात के राही थक मत जाना.... यसको अर्थ कसैले बुझ्न सक्दैन। रात पूरा भएर दिन आउनेवाला छ। आधाकल्प पूरा भयो, अब सुख सुरु हुन्छ। बाबाले मनमनाभवको अर्थ पनि सम्झाउनुभएको छ, केवल गीतामा श्रीकृष्णको नाम राखिदिएकाले त्यो तागत रहेन। श्रीकृष्णलाई कहिल्यै सर्वशक्तिमान् भन्न सकिँदैन। उनले त पूरा ८४ जन्म लिन्छन्, त्यसैले गीतामा त्यो तागत रहेन। अब हामीले सबै मनुष्य मात्रको कल्याण गरिरहेका छौँ। जो कल्याणकारी बन्छ, उसलाई वर्सा मिल्छ। यादको यात्राविना कल्याण हुन सक्दैन। यतिबेला सबै विपरीत बुद्धि छन्। भनिदिन्छन्, परमात्मा सर्वव्यापी हुनुहुन्छ। तिमीले सम्झाउनु छ, उहाँ बेहदको पिता हुनुहुन्छ। बेहदको पिताबाट नै तिमीहरूलाई बेहदको वर्सा मिलेको छ। तिमीहरूले नै ८४ जन्म लिएका छौ। अहिले तिमीले यथार्थमा (प्राक्टिकलमा) देख्छौ, ज्ञान त तिमीले सुनिरहन्छौ। दिनप्रतिदिन तिम्रो समीपमा धेरै नयाँ नयाँ आत्माहरू आइरहनेछन्। अहिले नै यदि ठुला ठुला मानिसहरू ज्ञानमा आए भने त फेरि परिवर्तन हुन बेर लाग्दैन। तुरुन्तै आवाज फैलिन्छ। हङ्गामा हुन्छ, त्यसैले युक्तिले बिस्तारै चलिरहन्छ। यो गुप्त ज्ञान नै हो, कसैलाई थाहा पनि हुँदैन यिनीहरूले के गरिरहेका छन्। भक्तिमा छ दुःख, ज्ञानमा हुन्छ सुख। रावणसँग तिम्रो युद्ध कस्तो छ, यो त तिमीले नै जान्दछौ, अरू कसैले जान्न सक्दैन। भगवानुवाच, तमोप्रधानबाट सतोप्रधान बन्नु छ भने मलाई याद गर, अनि पाप विनाश हुनेछ। पवित्र बन्यौ भने साथै लैजानेछु। मुक्ति त सबैलाई मिल्नु छ। सबै रावणराज्यबाट मुक्त हुनेछन्। तिमीले भन्छौ, शिवशक्ति ब्रह्माकुमार-कुमारीहरूले नै श्रेष्ठाचारी दुनियाँ स्थापन गर्छन्, परमपिता परमात्माको श्रीमतमा कल्प पहिलाजस्तै। ५ हजार वर्ष पहिला दुनियाँ श्रेष्ठाचारी थियो, यो कुरा बुद्धिमा राख्नुपर्छ। मुख्य प्वइन्टहरू बुद्धिमा धारण भएपछि मात्र यादको यात्रामा रहन्छन्। कसैले सम्झन्छन्, अझै टाइम बाँकी छ, पछि पुरुषार्थ गरौँला। तर मृत्युको त्यस्तो नियम कहाँ छ र! भोलि नै मरियो भने! त्यसैले यस्तो नसम्झ अन्त्यमा छलाङ मारौँला। यो ख्यालले झन् गिराइदिनेछ। जति सकिन्छ पुरुषार्थ गर्दै जाऊ। श्रीमतमा हरेकले आफ्नो कल्याण गर्नु छ, आफ्नो जाँच आफैले गर्नु छ– मैले बाबालाई कति याद गर्छु र बाबाको सेवा कति गर्छु। तिमी ईश्वरीय सेवाधारी (रुहानी खुदाई खिदमतगार) हौ नि! तिमीले रुह, आत्माहरूलाई उद्धार गर्छौ। रुह पतितबाट पावन कसरी बन्न सक्छन्, त्यसको युक्ति बताउँछौ। श्रीकृष्णलाई याद गरेर विकर्म विनाश हुँदैन। उनी त राजकुमार थिए, उनले प्रारब्ध भोगे, उनको महिमाको पनि आवश्यकता छैन। देवताहरूको महिमा के गर्छन् र! हो, जन्मदिन त सबैले मनाउँछन्। यो सामान्य (कमन) कुरा हो। बाँकी उनीहरूले के गरे, सिँढी त ओर्लिँदै आउँछन्। राम्रा वा नराम्रा मानिस त हुन्छन्। हरेकको पार्ट आआफ्नो हुन्छ। यो बेहदको कुरा हो। मुख्य हाँगाबिँगा गनिन्छन्। बाँकी पात त अनेक छन्। तिनलाई कहाँसम्म तिमीले गनिरहन्छौ। बाबाले सम्झाइरहनुहुन्छ– प्यारा बच्चाहरू! मेहनत गर, सबैलाई बाबाको परिचय देऊ, अनि बाबासँग बुद्धियोग जोडिइराख्छ। बाबा भन्नुहुन्छ– सबैलाई भन, पवित्र बन्यौ भने मुक्तिधाममा जानेछौ। दुनियाँलाई कहाँ थाहा छ र, महाभारत लडाइँबाट के हुन्छ! यो यज्ञ रचिएको हो किनकि दुनियाँ नयाँ हुनुपर्छ। हाम्रो यो यज्ञ पूरा हुन्छ अनि सबै यो यज्ञमा स्वाहा हुनु छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) सच्चा सच्चा ईश्वरीय सेवाधारी बनेर सबै रुहहरूलाई उद्धार गर्ने सेवा गर्नु छ। सबैको कल्याण गर्नु छ। सबैलाई बाबाको परिचय दिनु छ।

२) सबैभन्दा प्यारो सार वस्तु बाबालाई प्यारले याद गर्नु छ। बनिबनाउ ड्रामामा अटल रहनु छ। विघ्नहरूबाट आत्तिनु छैन।

वरदान:–
मनमनाभवको विधिद्वारा मनरसको स्थितिको अनुभव गर्ने र गराउने सर्व बन्धनमुक्त भव

जुन बच्चाहरू फलामको साङ्लो र मसिनो धागोको बन्धन तोडेर बन्धनमुक्त स्थितिमा रहन्छन्, उनीहरू कलियुगी स्थूल वस्तुहरूको रसना वा मनको लगावबाट मुक्त हुन्छन्, उनीहरूलाई देह अभिमान वा देहको पुरानो दुनियाँको कुनै पनि वस्तुले अलिकति पनि आकर्षित गर्दैन। कुनै पनि इन्द्रियहरूको रस अर्थात् विनाशी रस तिर आकर्षण हुँदैन भने अलौकिक अतीन्द्रिय सुख वा मनरस स्थितिको अनुभव हुन्छ। यसको लागि निरन्तर मनमनाभवको स्थिति हुनुपर्छ।

स्लोगन:–
सच्चा सेवा त्यो हो जसमा सबैको आशीर्वादको साथै खुसीको अनुभूति हुन्छ।

अव्यक्त इसारा:– अब आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर

दुनियाँमा पनि दानलाई पुण्य सम्झन्छन्, तिमी दाताका बच्चाहरू सदा दान गर्ने पुण्य आत्मा हौ। तिमीले कुनै पनि आत्माद्वारा अल्पकालको प्राप्ति लिने कामना गर्न सक्दैनौ। यो आत्माले केही दियो भने मैले दिन्छु, वा यसले पनि केही गरेछ भने मैले पनि गर्छु, यस्तो हदको कामना नराख्नु। दाताको बच्चा बनेर सबैप्रति स्नेह, सहयोग, शक्ति दिने पुण्य आत्मा बन।