09.10.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमी
अहिले काँडाबाट फूल बनेका छौ , तिमीले सदा सबैलाई सुख दिनुछ , तिमीले कसैलाई पनि
दु:ख दिन सक्दैनौ।”
प्रश्न:–
राम्रा
फस्टक्लास पुरुषार्थी बच्चाहरूले कुनचाहिँ बोली खुला दिलले बोल्छन्?
उत्तर:–
बाबा हामीले त
सम्मान सहित उत्तीर्ण भएर देखाउनेछौँ। हजुरले फिक्र नगर्नुहोस्। उनीहरूको रजिस्टर
पनि राम्रो हुन्छ। उनीहरूको मुखबाट कहिल्यै पनि यो बोली निस्कँदैन– अहिले त हामी
पुरुषार्थी हौँ। पुरुषार्थ गरेर यस्तो महावीर बन्नुछ जसबाट मायाले अलिकति पनि
हल्लाउन नसकोस्।
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूले रुहानी बाबासँग पढिरहेका छौ। आफूलाई आत्मा सम्झनुपर्छ। निराकार
बाबाका हामी निराकारी बच्चा आत्माहरूले पढिरहेका छौँ। दुनियाँमा साकारी टिचरले नै
पढाउँछन्। यहाँ निराकार बाबा, निराकार टिचर हुनुहुन्छ, बाँकी यिनको कुनै महत्त्व
छैन। शिवबाबा बेहदका बाबा आएर यिनलाई महत्त्व दिनुहुन्छ। मोस्ट भ्यालुएबुल शिवबाबा
हुनुहुन्छ, जसले स्वर्गको स्थापना गर्नुहुन्छ। कति उच्च कार्य गर्नुहुन्छ। जति
बाबालाई उच्चभन्दा उच्च भनेर गायन गरिन्छ, त्यति नै बच्चाहरू पनि उच्च बन्नुछ।
तिमीलाई थाहा छ– सबैभन्दा उच्च बाबा हुनुहुन्छ। यो पनि तिम्रो बुद्धिमा छ– अवश्य,
अहिले स्वर्गको राज्य स्थापना भइरहेको छ, यो सङ्गमयुग हो। सत्ययुग र कलियुगको बीच,
पुरुषोत्तम बन्ने सङ्गमयुग। पुरुषोत्तम शब्दको अर्थ पनि मानिसहरूले जान्दैनन्।
उच्चभन्दा उच्च नै फेरि निचभन्दा निच बनेका छन्। पतित र पावनमा कति फरक छ।
देवताहरूका जो पुजारी हुन्छन्, उनीहरू आफैले वर्णन गर्छन्, हजुर सर्वगुण सम्पन्न...
विश्वको मालिक। हामी विषय वैतरणी नदीमा गोता खानेहरू हौँ। भन्नको लागि केवल भन्छन्,
कहाँ बुझ्छन् र। ड्रामा विचित्र छ। कल्प कल्प तिमीले यस्ता प्रकारका कुरा सुन्छौ।
बाबा आएर सम्झाउनुहुन्छ। जसको बाबासँग पूरा लभ छ उनलाई धेरै बाबामा आकर्षण हुन्छ।
तर आत्मा बाबासँग कसरी मिल्न सक्छ? मिलन साकारमा हुन्छ, निराकारी दुनियाँमा त
आकर्षणको कुरा नै हुँदैन। त्यहाँ त हुन्छन् नै सबै पवित्र। खिया निस्किएको हुन्छ।
आकर्षणको कुरा हुँदैन। लभको कुरा यहाँ हुन्छ। यस्ता बाबालाई त एकदम समातिहाल। बाबा
हजुरले त कमाल गर्नुहुन्छ। हजुरले हाम्रो जीवन यस्तो बनाउनुहुन्छ। धेरै लभ चाहिन्छ।
लभ किन हुँदैन किनकि खिया चढेको छ। यादको यात्रा बिना खिया निस्कँदैन, त्यति लभली
बन्दैनन्। तिमी फूलहरूलाई त यहीँ नै फुल्नुछ, फूल बन्नुछ, त्यसपछि फेरि त्यहाँ
जन्मजन्मान्तर फूल बन्छौ। कति खुसी हुनुपर्छ– हामी काँडाबाट फूल बनिरहेका छौँ। फूलले
सदा सबैलाई सुख दिन्छ। फूललाई सबैले आफ्नो आँखामा राख्छन्, त्यसबाट सुगन्ध लिन्छन्।
फूलहरूको अत्तर बनाउँछन्। गुलाबको जल बनाउँछन्। बाबाले तिमीलाई काँडाहरूबाट फूल
बनाउनुहुन्छ। त्यसैले तिमी बच्चाहरूलाई किन खुसी हुँदैन! बाबाले त आश्चर्य
मान्नुहुन्छ, शिवबाबाले हामीलाई स्वर्गको फूल बनाउनुहुन्छ! फूल पनि पुरानो भएपछि
फेरि एकदम ओइलाउँछ। तिम्रो बुद्धिमा छ– अहिले हामी मनुष्यबाट देवता बन्छौँ।
तमोप्रधान मनुष्य र सतोप्रधान देवताहरूमा कति फरक छ। यो पनि बाबा सिवाय अरू कसैले
सम्झाउन सक्दैन।
तिमीलाई थाहा छ– हामीले देवता बन्नको लागि पढिरहेका छौँ। पढाइमा नशा हुन्छ नि।
तिमीले पनि बुझेका छौ– हामीले बाबासँग पढेर विश्वको मालिक बन्छौँ। तिम्रो पढाइ
दीर्घकालीन भविष्यको लागि हो। भविष्यको लागि पढाइ कहिल्यै सुनेका छौ? तिमीले नै
भन्छौ– हामीले पढ्छौँ नयाँ दुनियाँको लागि। नयाँ जन्मको लागि। कर्म-अकर्म-विकर्मको
गति पनि बाबाले सम्झाउनुहुन्छ। गीतामा पनि छ तर त्यसको अर्थ गीता पढ्नेहरूलाई कहाँ
थाहा छ र। अहिले बाबाबाट तिमीले जानेका छौ– सत्ययुगमा कर्म अकर्म हुन्छ फेरि रावण
राज्यमा कर्म विकर्म हुन सुरुहुन्छ। ६३ जन्म तिमीले यस्ता कर्म गर्दै आएका छौ। शिरमा
धेरै विकर्महरूको बोझ छ। सबै पाप आत्मा बनेका छन्। तर त्यो विगतको विकर्म कसरी
काटिन्छ। तिमीलाई थाहा छ– पहिला सतोप्रधान थियौ फेरि ८४ जन्म लिन्छौ। बाबाले
ड्रामाको पहिचान दिनुभएको छ। जो पहिला सुरुमा आउँछन्, पहिला सुरुमा जसको राज्य
हुन्छ उनीहरूले नै ८४ जन्म लिन्छन्। फेरि बाबा आएर राज्य-भाग्य दिनुहुन्छ। अहिले
तिमीले राज्य लिइरहेका छौ। बुझेका छौ– हामीले कसरी ८४ को चक्कर लगायौँ। अब फेरि
पवित्र बन्नुछ। बाबालाई याद गर्दागर्दै आत्मा पवित्र हुनेछ फेरि यो पुरानो शरीर खतम
हुनेछ। बच्चाहरूलाई अपार खुसी हुनुपर्छ। यो महिमा त कहिल्यै कहीँ सुनेका छैनौ– बाबा,
बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। त्यसमा पनि तीनैजना
उच्चभन्दा उच्च हुनुहुन्छ। सत् बाबा, सत् टिचर, सद्गुरु तीनै एउटै हुनुहुन्छ। अहिले
तिमीलाई आभास हुन्छ। बाबा जो ज्ञानको सागर हुनुहुन्छ, सबै आत्माहरूका पिता
हुनुहुन्छ, उहाँले हामीलाई पढाइरहनुभएको छ। युक्ति रचिरहनुभएको छ। पत्रिकामा पनि
राम्रा राम्रा प्वइन्टहरू निस्किरहन्छन्। हुन सक्छ रङगिन चित्रहरूको पनि पत्रिका
निस्कियोस्। केवल अक्षर साना साना हुन्छन्। चित्र त बनेका छन्। कहीँ पनि कसैले
बनाउन सक्छन्। माथिदेखि लिएर हरेक चित्रको कर्तव्य तिमीलाई थाहा छ। शिवबाबाको
कर्तव्य पनि तिमीलाई थाहा छ। बच्चाले बाबाको कर्तव्य पनि अवश्य बाबाबाट नै जान्दछन्
नि। तिमीले केही पनि जानेका थिएनौ। साना बच्चाहरूले पढाइबाट के जान्दछन्! ५ वर्षपछि
पढ्न सुरु गर्छन्। फेरि पढ्दापढ्दै कयौँ वर्ष लाग्छ, उच्च परीक्षा पास गर्नमा। तिमी
छौ कति साधारण र बन्छौ के! विश्वको मालिक। तिम्रो कति श्रृङ्गार हुन्छ। सम्पन्न
परिवारमा जन्मनु (गोल्डेन स्पून इन माउथ)। त्यहाँको त गायन नै छ। अहिले पनि कुनै
राम्रा बच्चाहरूले शरीर छोडे भने धेरै राम्रो घरमा जन्म लिन्छन्। त्यसपछि सम्पन्न
परिवारमा जन्म मिल्छ। पहिल्यै (इन एडभान्स) त जानेछन् नि कसैको पासमा! निर्विकारीकहाँ
त सबैभन्दा पहिला श्रीकृष्णले नै जन्म लिनुहुन्छ। बाँकी त जति पनि जानेछन् उनीहरूले
विकारीकहाँ नै जन्म लिनेछन्। तर गर्भमा त्यति सजाय भोग्नेछैनन्। धेरै राम्रो घरमा
जन्म लिनेछन्। सजाय त काटिएको हुन्छ, केही थोरै सजाय बाँकी हुन्छ। त्यति दु:ख
हुँदैन। पछि गएर देख्नेछौ तिमीकहाँ ठुला ठुला घरका बच्चा राजकुमार-राजकुमारीहरू कसरी
आउनेछन्। बाबाले तिम्रो कति महिमा गर्नुहुन्छ। तिमीलाई मैले आफूभन्दा पनि उच्च
बनाउँछु। जसरी कुनै लौकिक पिताले बच्चाहरूलाई सुखी बनाउँछन्। ६० वर्ष भयो बस् आफै
वानप्रस्थमा जान्छन्, भक्तिमा लाग्छन्। ज्ञान त कसैले दिन सक्दैन। ज्ञानबाट सर्वको
सदगति मैले गर्छु। तिम्रो लागि कल्याण गर्दा सबैको कल्याण हुन्छ किनकि तिम्रो लागि
अवश्य नयाँ दुनियाँ चाहिन्छ। तिमी कति खुसी हुन्छौ। अहिले शाकाहारीको सम्मेलनमा पनि
तिमी बच्चाहरूलाई निमन्त्रण मिलेको छ। बाबा त भनिरहनुहुन्छ– हिम्मत गर। दिल्लीजस्तो
सहरमा त एकदम आवाज फैलिन्छ। दुनियाँमा अन्धश्रद्धाको भक्ति धेरै छ। सत्ययुग-त्रेतामा
भक्तिको कुनै कुरा हुँदैन। त्यो विभाग अलग हो। आधाकल्प ज्ञानको प्रारब्ध हुन्छ।
तिमीलाई २१ जन्मको वर्सा मिल्छ, बेहदका बाबाबाट। फेरि २१ पिँढी तिमी सुखी हुन्छौ।
बुढेसकालसम्म दु:खको नाम हुँदैन। पूरा जीवन सुखी हुन्छौ। जति वर्सा पाउने पुरुषार्थ
गर्नेछौ त्यति उच्च पद पाउनेछौ। त्यसैले पुरुषार्थ पूरा गर्नुछ। तिमीले देख्छौ– कसरी
नम्बरवार माला बन्छ। पुरुषार्थ अनुसार नै बन्छ। तिमी अदभुत विद्यार्थी हौ। स्कुलमा
पनि बच्चाहरूलाई दौडाउँछन् नि निसानासम्म। बाबा पनि भन्नुहुन्छ– तिमी पनि
निसानासम्म दौडेर फेरि यहीँ नै आउनुछ। यादको यात्राबाट तिमी दौडेर जाऊ फेरि तिमी
नम्बरवनमा आउनेछौ। मुख्य हो यादको यात्रा। भन्छन्– बाबा हामीले बिर्सिन्छौँ। अरे
बाबाले तिमीलाई यति विशाल विश्वको मालिक बनाउनुहुन्छ, उहाँलाई तिमी बिर्सिन्छौ! हुन
त तुफान त आउनेछन्। बाबाले हिम्मत दिलाउनुहुन्छ नि। साथसाथै भन्नुहुन्छ– यो
युद्धस्थल हो। युधिष्ठिर पनि वास्तवमा बाबालाई भन्नुपर्छ जसले युद्ध सिकाउनुहुन्छ।
युधिष्ठिर बाबाले तिमीलाई सिकाउनुहुन्छ– मायाबाट तिमीले युद्ध कसरी गर्न सक्छौ। यस
समयमा युद्धको मैदान छ नि। बाबा भन्नुहुन्छ– काम महाशत्रु हो, त्यसमाथि विजय पायौ
भने तिमी जगतजित बन्नेछौ। तिमीले मुखबाट केही पनि जप्नु, गर्नुछैन, चुप रहनुछ।
भक्तिमार्गमा कति मेहनत गर्छन्। भित्र राम राम जप्छन्, त्यसलाई नै नौधा भक्ति
भनिन्छ। तिमीलाई थाहा छ– बाबाले हामीलाई आफ्नो मालाको दाना बनाइरहनुभएको छ। तिमी
रुद्र मालाको मणि बन्नेछौ जसलाई फेरि पूजा गर्नेछन्। रुद्र माला र रुण्ड माला
बनिरहेको छ। विष्णुको मालालाई रुण्ड भनिन्छ। तिमी विष्णुको गलामा लगाउने हार बन्छौ।
कसरी बन्नेछौ? जब दौडमा विजय पाउनेछौ। बाबालाई याद गर्नुछ र ८४ को चक्रलाई जान्नुछ।
बाबाको यादबाट नै विकर्म विनाश हुन्छन्। तिमी कस्तो लाइट हाउस हौ। एक आँखामा
मुक्तिधाम, एकमा जीवनमुक्तिधाम। यस चक्रलाई जानेपछि तिमी चक्रवर्ती राजा, सुखधामको
मालिक बन्नेछौ। तिम्रो आत्माले भन्छ– अहिले हामी आत्माहरू जानेछौँ आफ्नो घर। घरलाई
याद गर्दागर्दै जानेछौँ। यो हो यादको यात्रा। तिम्रो यात्रा हेर कस्तो फस्टक्लास छ।
बाबालाई थाहा छ– हामी यसरी बस्दाबस्दै क्षीर सागरमा जानेछौँ। विष्णुलाई क्षीर सागरमा
देखाउँछन् नि। बाबालाई याद गर्दागर्दै क्षीर सागरमा जानेछौँ। क्षीर सागर त अहिले
छैन। जसले तलाउ बनाएका छन् उनीहरूले अवश्य क्षीर हालेका होलान्। पहिला त क्षीर धेरै
सस्तो थियो। एक पैसाको लोटा भरिएर आउँथ्यो। त्यसैले किन तलाउ भरिँदैन होला। अहिले त
क्षीर कहाँ छ! पानी नै पानी भएको छ। बाबाले नेपालमा देखेका छन्– विष्णुको धेरै ठुलो
चित्र छ। कालै बनाएका छन्। अहिले तिमी विष्णुपुरीको मालिक बनिरहेका छौ– यादको
यात्राबाट र स्वदर्शन चक्र घुमाउनाले। दैवीगुण पनि यहाँ धारण गर्नुछ। यो पुरुषोत्तम
सङ्गमयुग हो। पढ्दापढ्दै तिमी पुरुषोत्तम बन्नेछौ। आत्माको कनिष्ठता छुट्नेछ। बाबाले
दिनहुँ सम्झाउनुहुन्छ– नशा चढ्नुपर्छ। भन्छन्– बाबा पुरुषार्थ गरिरहेका छौँ। अरे
खुला दिलले बोल न– बाबा हामी त सम्मान सहित उत्तीर्ण भएर देखाउनेछौँ। हजुरले फिक्र
नगर्नुहोस्! फस्टक्लास बच्चाहरू जसले राम्रोसँग पढ्छन्, उनीहरूको रजिस्टर पनि राम्रो
हुन्छ। बाबालाई भन्नुपर्छ– बाबा हजुरले फिक्र नगर्नुहोस्, हामी यस्तो बनेर देखाउनेछौँ!
बाबालाई पनि थाहा छ नि, धेरै टिचरहरू खुब फस्टक्लास छन्। सबै त फस्टक्लास बन्न
सक्दैनन्। राम्रा राम्रा टिचरहरूले एक अर्कालाई पनि चिन्दछन्। सबैलाई महारथीहरूको
लाइनमा ल्याउन सकिँदैन। राम्रा ठुला ठुला सेन्टरहरू खोल त्यसपछि ठुला ठुला मानिसहरू
आउनेछन्। कल्प पहिला पनि हुण्डी भरेका थिए। सांवल शाह बाबाले हुण्डी अवश्य
भर्नुहुनेछ। दुवै बाबा बालबच्चावाला हुनुहुन्छ। प्रजापिता ब्रह्माका कति बच्चाहरू
छन्। कोही गरिब, कोही साधारण, कोही धनवान, कल्प पहिला पनि यिनद्वारा राज्य स्थापना
भएको थियो, जसलाई दैवी राजस्थान भनिन्थ्यो। अहिले त आसुरी राजस्थान छ। सारा विश्व
दैवी राजस्थान थियो, यति खण्ड थिएनन्। यही दिल्ली जमुनाको किनारमा थियो, त्यसलाई
परिस्तान भनिन्थ्यो। त्यहाँका नदीहरू आदि कहाँ बाढीले उर्लन्छन् र! अहिले त कति
उर्लन्छन्, बाँधहरू फुट्छन्। मानौँ हामी प्रकृतिको दास बनेका छौँ। फेरि तिमी मालिक
बन्नेछौ। त्यहाँ मायाको तागत हुँदैन जसले बेइज्जती गर्छ। धरतीको तागत हुँदैन जसले
गर्दा हलचलमा आउन सक्छ। तिमी पनि महावीर बन्नुपर्छ। हनुमानलाई महावीर भनिन्छ नि।
बाबा भन्नुहुन्छ– तिमीहरू सबै महावीर हौ। महावीर बच्चाहरू कहिल्यै हलचलमा आउन
सक्दैनन्। महावीर महावीरनीका मन्दिर बनेका छन्। चित्र यति धेरै कहाँ सबैको राख्छन्
र। मोडल रूपमा बनाएका छन्। अहिले तिमीले विश्वलाई स्वर्ग बनाइरहेका छौ भने कति खुसी
हुनुपर्छ। कति राम्रा गुण हुनुपर्छ। अवगुणहरूलाई निकाल्दै जाऊ। सदैव हर्षित रहनुछ।
तुफान त आउनेछन्। तुफान आए भने मात्र महावीरनीको तागत देखिन्छ। तिमी जति मजबुत बन्छौ
त्यति तुफान आउनेछन्। अहिले तिमी पुरुषार्थ गरेर महावीर बनिरहेका छौ, नम्बरवार
पुरुषार्थ अनुसार। ज्ञानको सागर बाबा नै हुनुहुन्छ। बाँकी सबै शास्त्र आदि
भक्तिमार्गका सामग्री हुन्। तिम्रो लागि यो पुरुषोत्तम सङ्गमयुग हो। कृष्णको आत्मा
यहीँ नै बसेको छ। भागीरथ यिनी हुन्। त्यस्तै तिमीहरू सबै भागीरथ हौ, भाग्यशाली हौ
नि। भक्तिमार्गमा बाबाले त कसैको पनि साक्षात्कार गराउन सक्नुहुन्छ। त्यसैले
मानिसहरूले सर्वव्यापी भनिदिएका छन्, यो पनि ड्रामाको भावी। तिमी बच्चाहरूले धेरै
उच्च पढाइ पढिरहेका छौ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) आत्मामा जुन खिया (जंक) चढेको छ, त्यसलाई यादको यात्राबाट उतारेर धेरै धेरै लभली
बन्नुछ। लभ यस्तो होस् जसबाट सदा बाबामा आकर्षण हुन्छ।
२) मायाको तुफानबाट
डराउनुहुँदैन, महावीर बन्नुछ। आफ्ना अवगुणहरूलाई निकाल्दै जानुछ, सदा हर्षित रहनुछ।
कहिल्यै पनि हलचलमा आउनुछैन।
वरदान:–
शुद्ध सङ्कल्प
हरूको शक्तिको स्टकद्वारा मनसा सेवाको सहज अनुभवी भव
अन्तर्मुखी बनेर
शुद्ध सङ्कल्पहरूको शक्तिको स्टक जम्मा गर। यो शुद्ध सङ्कल्पको शक्तिले सहजै आफ्ना
व्यर्थ सङ्कल्पहरूलाई समाप्त गरिदिनेछ र अरूलाई पनि शुभभावना, शुभकामनाको स्वरूपबाट
परिवर्तन गर्न सक्नेछौ। शुद्ध सङ्कल्पहरूको स्टक जम्मा गर्नको लागि मुरलीको हरेक
प्वइन्टलाई सुन्नुको साथसाथै शक्तिको रूपमा हर घडी कार्यमा लगाऊ। जति शुद्ध
सङ्कल्पहरूको शक्तिको स्टक जम्मा हुन्छ त्यति मनसा सेवाको सहज अनुभवी बन्दै जानेछौ।
स्लोगन:–
मनबाट सदाको
लागि ईर्ष्या-द्वेषलाई बिदाइ देऊ त्यसपछि विजय हुनेछ।
अव्यक्त इसारा:– स्वयं
र सर्वप्रति मनसा द्वारा योगक ो शक्तिको प्रयोग गर
जति अहिले सेवामा तन,
मन, धन र समय लगाउँछौ, त्योभन्दा मनसा शक्तिहरूद्वारा सेवा गर्नाले धेरै कम समयमा
सफलता धेरै मिल्नेछ। अहिले जुन आफ्नैलागि कहिलेकाहीँ मेहनत गर्नुपर्छ– आफ्नो
स्वभावलाई परिवर्तन गर्ने वा सङ्गठनमा रहने वा कहिलेकाहीँ सेवामा सफलता कम भएको
देखेर निराश हुने, यो सबै समाप्त हुनेछ।