09.11.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– बाबा
आउनु भएको छ तिमी बच्चाहरूलाई भक्त आत्माबाट ज्ञानी आत्मा बनाउन , पतितबाट पावन
बनाउन।”
प्रश्न:–
ज्ञानवान
बच्चाहरू सदा कुन चिन्तनमा रहन्छन्?
उत्तर:–
म अविनाशी
आत्मा हुँ, यो शरीर विनाशी हो। मैले ८४ शरीर धारण गरें। अहिले यो अन्तिम जन्म हो।
आत्मा कहिल्यै सानो ठुलो हुँदैन। शरीर नै सानो ठुलो हुन्छ। यी आँखा शरीरमा छन् तर
यीद्वारा देख्ने म आत्मा हुँ। बाबाले आत्माहरूलाई नै ज्ञानको तेस्रो नेत्र
दिनुहुन्छ। उहाँले पनि शरीरको आधार नलिएसम्म पढाउन सक्नुहुन्न। ज्ञानवान बच्चाहरूले
सदा यस्तो चिन्तन गर्छन्।
ओम् शान्ति ।
यो कसले भन्यो?
आत्माले। अविनाशी आत्माले भन्यो शरीरद्वारा। शरीर र आत्मामा कति भिन्नता छ। ५
तत्त्वको यति ठुलो पुतला शरीर बन्छ। सानै भए तापनि आत्मा भन्दा त अवश्य ठुलो छ।
पहिला त एकदम सानो पिण्ड हुन्छ, अलि ठुलो भएपछि आत्मा प्रवेश गर्छ। बढ्दै-बढ्दै फेरि
यति ठुलो हुन पुग्छ। आत्मा त चैतन्य हो नि। आत्माले प्रवेश नगरेसम्म पुतला कुनै
कामको हुँदैन। कति फरक छ। बोल्ने, हिँड्ने पनि आत्मा नै हो। ऊ यति सानो भन्दा सानो
बिन्दी नै हो। ऊ कहिल्यै सानो ठुलो हुँदैन। विनाश हुँदैन। यो कुरा परम आत्मा बाबाले
सम्झाउनु हुन्छ, म अविनाशी हुँ र यो शरीर विनाशी हो। म यसमा प्रवेश गरेर पार्ट
खेल्छु। यी कुरा तिमीले अहिले चिन्तनमा ल्याउँछौ। पहिला त न आत्मालाई जान्दथ्यौ, न
परमात्मालाई जान्दथ्यौ। केवल भन्थ्यौ– हे परमपिता परमात्मा! आत्मा हुँ भन्ने त
जान्दथ्यौ तर फेरि कसैले भन्यो तिमी परमात्मा हौ। यो कसले भन्यो? ती भक्तिमार्गका
गुरु र शास्त्रहरूले। सत्ययुगमा त कसैले भन्दैन। अहिले बाबाले सम्झाउनु भएको छ– तिमी
मेरा बच्चा हौ। आत्मा नित्य (नेचुरल) छ, शरीर माटोले बनेको (अननेचुरल) छ। जब आत्मा
हुन्छ तब बोल्छ, हिँड्छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामीलाई आत्माहरूका पिता
आएर सम्झाउनु हुन्छ। निराकार शिवबाबा आएर यस सङ्गमयुगमा नै यस शरीरद्वारा सुनाउनु
हुन्छ। यी आँखा त शरीरमा हुन्छन् नै। अहिले बाबाले ज्ञान चक्षु दिनुहुन्छ। आत्मामा
ज्ञान छैन त्यसैले अज्ञान चक्षु छ। बाबा आउनु हुन्छ अनि आत्मालाई ज्ञान चक्षु मिल्छ।
आत्माले नै सबैथोक गर्छ। आत्माले शरीरद्वाराकर्म गर्छ । अहिले तिमीलाई थाहा छ–
बाबाले यो शरीर धारण गर्नुभएको छ। आफ्नो रहस्य पनि बताउनु हुन्छ। सृष्टिको आदि,
मध्य, अन्त्यको रहस्य पनि बताउनु हुन्छ। सारा नाटकको ज्ञान पनि दिनुहुन्छ। पहिला
तिमीलाई केही पनि थाहा थिएन। हो, नाटक भने अवश्य हो। सृष्टिको चक्र फिर्छ। तर कसरी
फिर्छ यो कसैले जानेका छैनन्। रचयिता र रचनाको आदि-मध्य-अन्त्यको ज्ञान अहिले
तिमीलाई मिल्छ। बाँकी त सबै हुन् भक्ति। बाबा नै आएर तिमीलाई ज्ञानी आत्मा बनाउनु
हुन्छ। पहिला तिमी भक्त आत्मा थियौ। तिमी आत्माले भक्ति गर्थ्यौ। अहिले तिमी आत्माले
ज्ञान सुन्छौ। भक्तिलाई भनिन्छ अन्धकार। यस्तो भनिदैन– भक्ति गर्नाले भगवान
मिल्नुहुन्छ। बाबाले सम्झाउनु भएको छ– भक्तिको पनि पार्ट छ, ज्ञानको पनि पार्ट छ।
तिमीलाई थाहा छ– हामीले भक्ति गर्थ्यौं तापनि कुनै सुख थिएन। भक्ति गर्दै धक्का
खाइरहन्थ्यौं। बाबालाई खोज्थ्यौं। अहिले बुझ्यौं– यज्ञ, तप, दान, पुण्य आदि जे
गर्थ्यौं, खोज्दा खोज्दा धक्का खाँदा-खाँदा दु:खी हुन्थ्यौं। तमोप्रधान बन्न पुग्छौं
किनकि तल झर्नुपर्छ नि। झुटो काम गर्नु पतित हुनु हो। पतित पनि बन्यौं। यस्तो होइन–
पावन हुनको लागि भक्ति गर्थ्यौं। भगवानबाट पावन नबनी हामी पावन दुनियाँमा जान
सक्दैनौं। यस्तो होइन– पावन नबनेसम्म भगवानसँग मिल्न सकिन्न। भगवानलाई त भनिन्छ–
आएर पावन बनाउनुहोस्। पतितहरू नै भगवानसँग मिल्छन्, पावन हुनको लागि। पावनसँग त
भगवान मिल्नुहुन्न। सत्ययुगमा कहाँ यी लक्ष्मी-नारायणसँग भगवान मिल्नुहुन्छ र।
भगवान आएर तिमी पतितहरूलाई पावन बनाउनु हुन्छ, अनि तिमीले यो शरीर छोडिदिन्छौ। पावन
त यस तमोप्रधान पतित सृष्टिमा रहन सक्दैनन्। बाबा तिमीलाई पावन बनाएर गुम हुनुहुन्छ,
उहाँको पार्ट नै ड्रामामा अद्भुत छ। जसरी आत्मा देखिँदैन। हुन त साक्षात्कार हुन्छ
तापनि बुझ्न सकिँदैन। अरू सबैलाई त चिन्न सकिन्छ, यी फलाना हुन्, यी फलाना हुन्।
याद गर्छन्। चाहन्छन्– फलानोको चैतन्यमा साक्षात्कार होस्, बाँकी त कुनै अर्थ छैन।
ठीक छ, चैतन्यमा देखेर के हुन्छ? साक्षात्कार भयो फेरि हराइहाल्छ। अल्पकाल क्षण
भङ्गुर सुखको आश पूरा हुन्छ। त्यसलाई भनिन्छ अल्पकाल क्षण भङ्गुर सुख। साक्षात्कारको
चाहना थियो, त्यो मिल्यो। पुगिहाल्यो। यहाँ त मुख्य कुरा छ पतितबाट पावन बन्ने।
पावन बन्यौ भने देवता बन्छौ अर्थात् स्वर्गमा जान्छौ।
शास्त्रहरूमा त कल्पको
अवधि लाखौं वर्ष लेखिदिएका छन्। सम्झन्छन् कलियुग अझै ४० हजार वर्ष बाँकी छ। बाबाले
त सम्झाउनु हुन्छ सारा कल्प नै ५ हजार वर्षको छ। त्यसैले मनुष्य अन्धकारमा छन् नि।
त्यसलाई भनिन्छ घोर अन्धकार। ज्ञान कसैमा छँदै छैन। त्यो सबै हो भक्ति। जहिले देखि
रावण आउँछ तब भक्ति पनि उसँगै हुन्छ अनि जहिलेदेखि बाबा आउनु हुन्छ अनि उहाँसँग
ज्ञान हुन्छ। बाबाबाट एक पटक मात्र ज्ञानको वर्सा मिल्छ। घरी घरी मिल्न सक्दैन।
त्यहाँ त तिमीले कसैलाई ज्ञान दिँदैनौ। आवश्यकता नै हुँदैन। ज्ञान उनलाई मिल्छ जो
अज्ञानमा छन्। बाबालाई कसैले पनि चिनेका छैनन्। बाबालाई गाली नगरी कुनै कुरा नै
गर्दैनन्। यो पनि तिमी बच्चाहरूले अहिले जानेका छौ। तिमीले भन्छौ– ईश्वर सर्वव्यापी
हुनुहुन्न, उहाँ हामी आत्माहरूका पिता हुनुहुन्छ। उनीहरूले भन्छन्– होइन, परमात्मा
जहाँतहिँ हुनुहुन्छ। तिमी बच्चाहरूले राम्रोसँग बुझेका छौ– भक्ति एकदमै अलग चीज हो,
उनीहरूमा अलिकति पनि ज्ञान छैन। सारा समय नै परिवर्तन हुन्छ। भगवानको नाम पनि
परिवर्तन हुन्छ त्यसपछि फेरि मनुष्यको पनि नाम परिवर्तन हुन्छ। सुरुमा भनिन्छ देवता
फेरि क्षत्रिय, वैश्य, शूद्र। तिनीहरू दैवी गुण भएका मनुष्य हुन्, यिनीहरू हुन्
आसुरी अवगुण भएका मनुष्य। एकदमै फाहोरी छन्। गुरु नानकले पनि भनेका छन् अशंख चोर....।
कुनै मनुष्यले यस्तो भन्यो भने उसलाई तुरुन्त भन्छन्– तपाईले किन गाली गर्नुहुन्छ?
तर बाबा भन्नुहुन्छ– यो सबै आसुरी सम्प्रदाय हो। तिमीलाई स्पष्ट गरेर सम्झाउनु
हुन्छ। त्यो रावण सम्प्रदाय, यो राम सम्प्रदाय। गान्धीजीले पनि भन्नुहुन्थ्यो–
हामीलाई रामराज्य चाहिन्छ। रामराज्यमा सबै निर्विकारी हुन्छन्, रावण राज्यमा हुन्छन्
सबै विकारी। यसको नाम हो नै वेश्यालय । रौरब नर्क हो नि। यस समयका मनुष्य विषय
वैतरणी नदीमा परेका छन्। मनुष्य, जनावर आदि सबै समान छन्। मनुष्यको कुनै पनि महिमा
छैन। ५ विकार माथि तिमी बच्चाहरूले विजय पाएर मनुष्यबाट देवता पद पाउँछौ, बाँकी सबै
खतम हुन्छन्। देवताहरू सत्ययुगमा रहन्थे। अहिले यस कलियुगमा असुरहरू रहन्छन्।
असुरहरूको निसानी के हो? ५ विकार। देवताहरूलाई भनिन्छ सम्पूर्ण निर्विकारी र
असुरहरूलाई भनिन्छ सम्पूर्ण विकारी। देवताहरू हुन्छन् १६ कला सम्पूर्ण। यहाँ नो कला।
सबैको कला काया चट भएको छ। अहिले बाबा बसेर बच्चाहरूलाई यो कुरा सम्झाउनु हुन्छ।
बाबा आउनु हुन्छ नै पुरानो आसुरी दुनियाँलाई चेन्ज गर्न। रावण राज्य वेश्यालयलाई
शिवालय बनाउनु हुन्छ। उनीहरूले त यहाँ नै नाम राखिदिएका छन् त्रिमूर्ति हाउस,
त्रिमूर्ति रोड....। पहिला कहाँ यी नाम थिए र। अब हुनु के पर्छ? यो सारा दुनियाँ
कसको हो? परमात्माको हो नि। परमात्माको दुनियाँ हो जुन आधाकल्प पवित्र, आधाकल्प
अपवित्र हुन्छ। रचयिता त बाबालाई भनिन्छ नि। त्यसैले उहाँको नै यो दुनियाँ भयो नि।
बाबा सम्झाउनु हुन्छ– म नै मालिक हुँ। म बीजरूप, चैतन्य, ज्ञानको सागर हुँ। ममा सारा
ज्ञान छ, अरू कसैमा छैन। तिमीले बुझ्न सक्छौ– यस सृष्टि चक्रको आदि, मध्य, अन्त्यको
ज्ञान बाबामा नै छ। बाँकी सबै हुन् झुटा। मुख्य झुटो धेरै खराब छ, जसको लागि बाबाले
उल्हना दिनुहुन्छ। तिमीले मलाई सर्वत्र, कुकुर, बिरालोमा सम्झेका छौ। तिम्रो कस्तो
दुर्दशा भएको छ।
नयाँ दुनियाँका
मनुष्य र पुरानो दुनियाँका मनुष्यहरूमा रात दिनको फरक छ। आधाकल्पदेखि अपवित्र
मनुष्यले, पवित्र देवताहरूको अगाडि शिर झुकाउँछन्। यो पनि बच्चाहरूलाई सम्झाइएको छ–
सबैभन्दा पहिला पूजा हुन्छ शिवबाबाको। जुन बाबाले तिमीलाई पुजारीबाट पूज्य बनाउनु
हुन्छ। रावणले तिमीलाई पूज्यबाट पुजारी बनाउँछ। फेरि बाबाले ड्रामा योजना अनुसार
तिमीलाई पूज्य बनाउनु हुन्छ। रावण आदि यी सबै नाम त छन् नि। दशहरा मनाउँदा कति
मनुष्यहरूलाई बाहिरबाट बोलाउँछन्। तर अर्थ केही पनि बुझ्दैनन्। देवताहरूको कति
निन्दा गर्छन्। यस्तो कुरा त हुँदै होइन। जसरी ईश्वरलाई भन्छन्– नाम-रूपबाट न्यारा
हुनुहुन्छ अर्थात् हुनुहुन्न। यी जुन खेल आदि बनाउँछन् ती केही पनि हुँदै होइनन्।
यो सबै हो मनुष्यहरूको बुद्धि। मनुष्य मतलाई आसुरी मत भनिन्छ। यथा राजा-रानी तथा
प्रजा। सबै यस्तै बन्छन्। यसलाई भनिन्छ नै डेविल वर्ल्ड। सबैले एक अर्कालाई गाली
गरिरहन्छन्। बाबा सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! यहाँ बसेको बेलामा, आफूलाई आत्मा
सम्झेर बाबालाई याद गर। तिमी अज्ञानतामा थियौ तब परमात्मालाई माथि हुनुहुन्छ भनी
सम्झन्थ्यौ। अहिले त जानेका छौ– बाबा यहाँ आउनु भएको छ, त्यसैले तिमीले माथि
हुनुहुन्छ भनी सम्झँदैनौ। तिमीले बाबालाई यहाँ बोलायौ, यस तनमा। तिमीहरू आ-आफ्नो
सेन्टरमा बस्दा सम्झन्छौ शिवबाबा मधुवनमा यिनको तनमा हुनुहुन्छ। भक्ति मार्गमा त
परमात्मालाई माथि हुनुहुन्छ भनी मान्थ्यौ। हे भगवान.... अहिले तिमीले बाबालाई कहाँ
याद गर्छौ? बसेर के गर्छौ? तिमीलाई थाहा छ– ब्रह्माको तनमा हुनुहुन्छ त्यसैले अवश्य
यहीँ याद गर्नुपर्छ। माथि त हुनुहुन्न। यहाँ आउनु भएको छ– पुरुषोत्तम सङ्गमयुगमा।
बाबा भन्नुहुन्छ– तिमीलाई यति उच्च बनाउन म यहाँ आएको छु। तिमी बच्चाहरूले यहाँ याद
गर्छौ। भक्तले माथि याद गर्छन्। तिमी बेलायतमा भए पनि भन्छौ ब्रह्माको तनमा शिवबाबा
हुनुहुन्छ। तन त अवश्य चाहियो नि। तिमी जहाँ बसेको भए पनि अवश्य यहाँ याद गर्छौ।
ब्रह्माको तनमा नै याद गर्नुपर्छ। कति बुद्धिहीनले ब्रह्मालाई मान्दैनन्। बाबाले
यस्तो भन्नुहुन्न ब्रह्मालाई याद नगर। ब्रह्मा विना शिवबाबाको याद कसरी हुन्छ। बाबा
भन्नुहुन्छ– म यस तनमा छु। यिनमा मलाई याद गर त्यसैले तिमीले बाबा र दादा दुवैलाई
याद गर्छौ। बुद्धिमा ज्ञान छ, यिनको आफ्नो आत्मा छ। शिवबाबाको त आफ्नो शरीर छैन।
बाबा भन्नुहुन्छ– मैले यस प्रकृतिको आधार लिन्छु। बाबा बसेर सारा ब्रह्माण्ड र
सृष्टिको आदि, मध्य, अन्त्यको रहस्य सम्झाउनु हुन्छ। अरू कसैले ब्रह्माण्डलाई जानेकै
छैनन्। ब्रह्म जसमा म र तिमी आत्माहरू बस्छौं, सुप्रीम बाबा, ननसुप्रीम आत्माहरू
रहने त्यो ब्रह्म लोक, शान्तिधाम हो। शान्तिधाम धेरै मीठो नाम छ। यी सबै कुरा तिम्रो
बुद्धिमा छन्। हामी वास्तवमा ब्रह्म तत्त्वका निवासी हौं, जसलाई निर्वाणधाम,
वानप्रस्थ भनिन्छ। यो कुरा अहिले तिम्रो बुद्धिमा छ, जब भक्ति हुन्छ तब ज्ञानको
शब्द नै हुँदैन। यसलाई भनिन्छ पुरुषोत्तम सङ्गमयुग, यसमा परिवर्तन हुन्छ। पुरानो
दुनियाँमा असुरहरू रहन्छन्, नयाँ दुनियाँमा देवताहरू रहन्छन् त्यसैले उनीहरूलाई
परिवर्तन गर्नको लागि बाबा आउनु पर्छ। सत्ययुगमा तिमीलाई केही पनि थाहा हुँदैन।
अहिले तिमी कलियुगमा छौ तापनि केही थाहा छैन। नयाँ दुनियाँमा हुँदापनि यस पुरानो
दुनियाँको बारेमा केही थाहा हुँदैन। अहिले पुरानो दुनियाँमा छौ, नयाँको जानकारी छैन।
नयाँ दुनियाँ कहिले थियो, थाहा छैन। उनीहरूले त लाखौं वर्ष भनिदिन्छन्। तिमी
बच्चाहरूलाई थाहा छ– बाबा कल्प कल्प यस सङ्गमयुगमा नै आउनु हुन्छ, आएर यस भेराइटी
वृक्षको रहस्य सम्झाउनु हुन्छ अनि यो चक्र कसरी फिर्छ, त्यो पनि तिमी बच्चाहरूलाई
सम्झाउनु हुन्छ। तिम्रो धन्दा नै हो सम्झाउने। एक एकलाई सम्झाउन त धेरै समय लाग्छ,
त्यसैले अहिले तिमीले धेरैलाई सम्झाउँछौ। धेरैले सम्झन्छन्। यो मीठो मीठो कुरा फेरि
धेरैलाई सम्झाउनु छ। तिमीले प्रदर्शनी आदिमा सम्झाउँछौ नि, अब शिव जयन्तीमा अझ
राम्रोसँग धेरैलाई बोलाएर सम्झाउनु छ। खेलको अवधि (ड्युरेसन) कति छ? तिमीले त
एक्युरेट बताउँछौ। यो टपिक भयो। हामीले पनि यो सम्झाउने छौं। तिमीलाई बाबाले
सम्झाउनु हुन्छ नि– जसबाट तिमी देवता बन्छौ। जसरी तिमीले बुझेर देवता बन्छौ त्यसैगरी
अरूलाई पनि बनाउँछौ। बाबाले हामीलाई यो ज्ञान बुझाउनु भएको छ। हामीले कसैको ग्लानि
आदि गर्दैनौं। हामीले बताउँछौं– ज्ञानलाई सद्गति मार्ग भनिन्छ, एक सद्गुरु नै
हुनुहुन्छ पार गराउनेवाला। यस्ता यस्ता मुख्य प्वाइन्टहरू निकालेर सम्झाऊ। यो सारा
ज्ञान बाबा सिवाय अरू कसैले दिन सक्दैन। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) पुजारीबाट पूज्य बन्नको लागि सम्पूर्ण निर्विकारी बन्नु छ। ज्ञानवान बनेर
स्वयंलाई स्वयंले नै परिवर्तन गर्नु छ। अल्पकालको सुखको पछि लाग्नु छैन।
२) बाबा र दादा
दुवैलाई याद गर्नु छ। ब्रह्मा विना शिवबाबाको याद आउन सक्दैन। भक्तिमा माथि याद
गर्यौ, अहिले ब्रह्मा तनमा आउनु भएको छ त्यसैले दुवै याद आउनु पर्छ।
वरदान:–
हर कर्ममा
विजयको अटल निश्चय र नसा राख्ने अधिकारी आत्मा भव
विजय हाम्रो
जन्मसिद्ध अधिकार हो– यस स्मृतिमा सदा उडिराख। जे भए पनि यो स्मृतिमा ल्याऊ– म सदा
विजयी हुँ। चाहे जेसुकै होस्, यो निश्चय अटल होस्। नसाको आधार हो नै निश्चय। निश्चय
कम भएमा नसा कम हुन्छ। त्यसैले भनिन्छ– निश्चयबुद्धि विजयी। निश्चयमा कहिलेकहिले
भन्ने नबन्नु। बाबा अविनाशी हुनुहुन्छ त्यसैले अविनाशी प्राप्तिको अधिकारी बन। हर
कर्ममा विजयको निश्चय र नसा होस्।
स्लोगन:–
बाबाको स्नेहको
छत्रछायायाँमा रह्यौ भने कुनै पनि विघ्न टिक्न सक्दैन।