09.11.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यही
पढाइ हो जसले तिमीलाई नरबाट नारायण , नारीबाट लक्ष्मी बनाउँछ , त्यसैले पढाइमा धेरै
ध्यान दिनु छ।”
प्रश्न:–
बाबाद्वारा
बच्चाहरूलाई कुनचाहिँ वर्सा मिल्छ जुन कुनै तीर्थ वा जङ्गलमा गएर मिल्न सक्दैन?
उत्तर:–
बाबाद्वारा
बच्चाहरूलाई सुख, शान्ति, सम्पत्तिको वर्सा मिल्छ, जुन कतै पनि मिल्न सक्दैन।
मानिसहरू शान्तिको लागि जङ्गलमा जान्छन् तर तिमीलाई थाहा छ, शान्ति त हामी
आत्माहरूको स्वधर्म हो।
गीत:–
तुम्हें पाके
हमने जहाँ पा लिया...
ओम् शान्ति ।
बाबा बसेर
बच्चाहरूलाई सम्झाउनुहुन्छ किनकि तिमीहरू अहिले सनाथ बनेका छौ। बाँकी जति पनि
मनुष्यमात्र छन्, ती अनाथ छन्। धनी (अभिभावक) एक बाबालाई नै भनिन्छ। घरमा झगडा गर्दा
भनिन्छ– तिमीहरूको कोही अभिभावक छैन? अहिले सारा दुनियाँका मानिसहरू लडाइँ-झगडा
गरिरहन्छन्। एकअर्काको हत्या पनि गरिदिन्छन्। बाबा नै आएर सम्झाउनुहुन्छ– यो काम त
महाशत्रु हो, जसबाट सबैले आदि-मध्य-अन्त्य दुःख पाउँछन्। तिमी बच्चाहरूलाई थाहा छ,
अहिले हामीले बेहदका बाबाबाट बेहद सुखको वर्सा लिइरहेका छौँ। भलै मानिसहरूले भन्छन्–
मलाई शान्ति चाहिन्छ तर शान्ति के हो, कहाँबाट मिल्छ, के जङ्गलमा गएर शान्ति मिल्छ?
सुखशान्ति कहिले र कसले दिनुहुन्छ, तीर्थहरूमा किन जान्छन्? यो पनि कसैलाई थाहा छैन।
केवल सुनेका छौ– भक्ति गरेमा भगवान् मिल्नुहुन्छ। भगवानलाई पनि चिन्दैनन्। बाबा
भन्नुहुन्छ– म आएर तिमी बच्चाहरूलाई सुखशान्ति दिन्छु। अहिले सुख,शान्ति, सम्पत्ति
कसैसँग छैन। दातालाई पनि कसैले चिन्दैन। बाबा आएर सम्झाउनुहुन्छ– तिमीहरूले गाउँछौ
पनि– दुःखहर्ता सुखकर्ता। गान्धीजीले पनि पुकार्थे– हे पतितपावन, आएर पावन
बनाउनुहोस्! गाउँछन्– पतितपावन सीताराम तर अर्थ थाहा छैन। भक्ति किन गर्छन्,
त्यसबाट के मिल्छ? केही पनि जान्दैनन्। यो भक्ति पनि ड्रामामा पहिल्यै निश्चित छ।
द्वापरदेखि रावणराज्य सुरु हुन्छ। मानिसहरूलाई यो थाहा छैन, रावण के चीज हो!
कहिलेसम्म रावणलाई जलाइरहने हो! उसको जन्म कहिले भयो! तर, रावणको पुतला बनाएर
जलाउँछन्। आत्मा कहिल्यै जल्दैन। यी सबै कुरा तिमी बच्चाहरूले नै जान्दछौ। आजभन्दा
५ हजार वर्षपहिला भारतवर्ष स्वर्ग थियो। यी लक्ष्मीनारायणको राज्य थियो।
लक्ष्मीनारायणलाई नै भगवती-भगवान् भनिन्छ। फेरि त्रेतामा रामको राज्य थियो।
उनीहरूलाई यो राज्य कसरी मिल्यो, फेरि त्यो राज्य कहाँ गयो, यो कसैलाई थाहा छैन
अर्थात् रचनाको आदि-मध्य-अन्त्य कसैले जान्दैन। तिमी यस ज्ञानद्वारा स्वर्गका मालिक
बन्छौ। स्कुलमा पढाइबाट कोही वकिल, न्यायाधीश बन्छन्, लक्ष्मीनारायण बन्दैनन्।
यिनीहरूले कुन पढाइबाट यो पद पाए! यो कसैलाई थाहा छैन। भगवानुवाच– मैले तिमीहरूलाई
राजयोग सिकाउँछु। यस्तो कोही हुँदैन जसले भन्छ– मैले तिमीहरूलाई यस्ता बनाउँछु। तिमी
बच्चाहरूलाई थाहा छ, यो लक्ष्मीनारायणको राजवंश यसै पढाइबाट बनेको हो। दुनियाँले यी
कुरा जान्दैन। सत्ययुग पनि लाखौँ वर्षको हुन्छ भनिदिन्छन्, त्यसोभए लक्ष्मीनारायण
कहाँ गए, यो कसरी थाहा पाउँछन्? देखिरहेका पनि छन्, भारतवर्षमा नै लक्ष्मीनारायणका
धेरै चित्र छन्। धेरै मन्दिर बनेका छन्। सम्झन्छन्– यिनीहरूबाट धन मिल्छ।
महालक्ष्मीसँग हरेक दीपावलीमा धन माग्छन् तर साथमा नारायण पनि अवश्य हुन्छन्।
दीपावलीमा पूजा गर्छन्, जसबाट उनीहरूको अल्पकाल सुखको भावना पूरा हुन्छ त्यसैले
सम्झन्छन्– लक्ष्मीबाट धन मिल्छ। वास्तवमा लक्ष्मीनारायण दुवै हुन्। लक्ष्मी,
महालक्ष्मी कुनै छुट्टाछेट्टै होइनन्, यी कुरा मानिसहरू जान्दैनन्। बाबाले नै
सम्झाउनुहुन्छ। आजकाल मानिसहरूले त भनिदिन्छन्– ईश्वर ढुङ्गा-माटोमा हुनुहुन्छ। बाबा
भन्नुहुन्छ– सबै पत्थरबुद्धि छन्। पारसबुद्धि त सत्ययुगमा हुन्छन्। लक्ष्मीनारायणको
राज्य भएको बेलामा सुन-हीराका महल थिए। ५ हजार वर्ष पहिलाको कुरा हो। शास्त्रहरूमा
कल्पको अवधि लाखौँ वर्ष लेखिदिएका छन्। बाबा भन्नुहुन्छ– यो भक्तिमार्गबाट सिँढी तल
झर्नुपर्छ। ड्रामा अनुसार आत्माहरूले दुर्गति पाएपछि मात्र म आउँछु र आएर नयाँ
दुनियाँ बनाउँछु। अहिले तिमी बच्चाहरूले नयाँ दुनियाँको मालिक बन्नको लागि राजयोग
सिकिरहेका छौ। तिमीलाई थाहा छ, यस महाभारत लडाइँबाट पुरानो दुनियाँको विनाश हुनेछ।
यो ड्रामा बनिबनाउ छ। सत्ययुगमा देवीदेवताहरूको राज्य थियो। त्यो राज्य ५ हजार वर्ष
पहिला थियो। २५०० वर्ष सूर्यवंशी-चन्द्रवंशी राजधानी चल्यो। बाँकी द्वापरदेखि
रावणराज्य सुरु भयो। मानिसहरू पतित बन्दै जान्छन्। तर उनीहरूलाई यो थाहा छैन, मलाई
पतित कसले बनायो? म पावन थिएँ, पतित कसरी बनेँ? बाबा आएर सम्झाउनुहुन्छ। रावणराज्य
सुरु भएपछि तिमी पतित बन्दै जान्छौ। रावणको जन्म भएको अहिले २५०० वर्ष भयो।
शिवबाबाको जन्म भएको ५ हजार वर्ष भयो। त्यसलाई राम, यसलाई रावणराज्य भनिन्छ।
वास्तवमा राम भन्नुहुँदैन। आजकाल मानिसहरूका नाम रामचन्द्र, कृष्णचन्द्र राख्छन्।
५ हजार वर्षपहिला
भारतवर्ष सुनको चिडिया थियो। त्यसलाई सत्ययुगी दुनियाँ भनिन्छ। वैकुण्ठ थियो तर कहाँ
थियो, यो जान्दैनन्। आत्मा के हो, परमात्मा को हुनुहुन्छ, सृष्टि के हो? केही पनि
जान्दैनन्। त्यसैले उनीहरूलाई तुच्छ बुद्धि भनिन्छ। ऋषिमुनिहरूले रचयिता र रचनाको
आदि-मध्य-अन्त्य जान्दैनन्। त्यसैले त भन्छन्– नेति, नेति; न बाबालाई, न वर्सालाई
जान्दछन्। बाबाबाट जुन विश्वको राज्य भाग्यको वर्सा मिल्छ, त्यसलाई पनि जान्दैनन्।
अहिले सारा सृष्टिको आदि-मध्य-अन्त्यलाई तिमीले जानेका छौ, त्यसैले तिमी डबल आस्तिक
ठहरियौ। मानिसहरूलाई त यो पनि थाहा छैन, शान्ति कोबाट र कहाँबाट मिल्छ। संन्यासीहरू
समक्ष गएर भन्छन्– मलाई शान्ति चाहियो। अब हामीलाई यहाँ शान्ति कहाँबाट आउन सक्छ?
कर्म त गर्नु छ नि? शान्ति त मिल्छ– शान्तिधाममा। घरमा एक जना अशान्त छ भने पनि सारा
घरलाई अशान्त बनाइदिन्छ। शान्ति मिल्छ– स्विट होम, परमधाममा। फेरि बाबाले त्यहाँबाट
हामी आत्माहरूलाई पार्ट खेल्नको लागि नयाँ दुनियाँमा पठाइदिनुहुन्छ। बाबाले नर्कमा
कहाँ पठाउनुहुन्छ र? शान्तिधामबाट सुखधाममा जान्छन्। तिमी बच्चाहरूलाई थाहा छ, यो
भगवानको पाठशाला हो। यो कुनै सतसङ्ग होइन। यहाँ बच्चाहरूप्रति भगवानुवाच छ। निराकार
शिवबाबाले शरीरमा प्रवेश गरेर तिमी बच्चाहरूसँग कुरा गर्नुहुन्छ। आत्मा पनि शरीरमा
छ नि। आत्मालाई कर्मेन्द्रियहरू मिलेपछि बोल्छ, सुन्छ। अहिले आत्माहरूलाई बाबा बसेर
पढाउनुहुन्छ, परमात्मालाई बोलाउँछन्– हे पतितपावन... हे सद्गतिदाता, मुक्तिदाता,
मार्गदर्शक तर यो जान्दैनन्– कसरी मुक्त गरेर फेरि मार्गदर्शक बनेर कहाँ
लैजानुहुन्छ? केवल चिच्याइरहन्छन्। अहिले स्वर्गका रचयीता परमपिता परमात्मा आउनुभएको
छ। तिमी बच्चाहरूलाई मार्गदर्शन गरिरहनुभएको छ। स्वयं तिमीहरूलाई शान्तिधाममा
लैजानुहुन्छ। फेरि तिमी आफै सुखधाममा जानेछौ। बाबा एकैपटक आएर सबैको गाइड,
मार्गदर्शक बन्नुहुन्छ। फेरि नयाँ दुनियाँमा बाबाले मार्गदर्शन गर्नुहुन्न। यतिबेला
मानिसहरू सबै पतित भएको कारणले यो जान्दैनन्– म कसरी फर्केर घर जाऊँ, उड्न सक्दैनन्।
त्यहाँ जानको लागि भक्ति धेरै गर्छन्। तर यो जान्दैनन्– म पतित छु त्यसैले जान
सक्दिनँ। पतितपावन बाबा आएर पावन बनाउनुहुन्छ अनि म जान सक्छु। अहिले बाबाले
तिमीहरूलाई पावन बन्ने युक्ति बताउनुहुन्छ। सबैलाई पतितबाट पावन बन्नु नै छ। अहिले
कति धेरै मानिसहरू छन्। सत्ययुगमा देवताहरूको राज्य हुँदा नयाँ वृक्षमा ९ लाख
हुन्छन्। पहिला थोरै पातहरू हुन्छन् नि। फेरि ठुलो हुँदै जान्छ। पहिला एउटै धर्मका
हुन्छन्। तिमीले अहिले आफूलाई नर्कवासी सम्झँदैनौ, बाँकी सबै नर्कवासी हुन्। तर
आफूलाई नर्कवासी सम्झँदैनन्। यस समयमा रूप त सबैको मानिसको छ, चरित्र बाँदरजस्तो छ।
ठुला ठुला राजाहरू पनि लक्ष्मीनारायणको चरणमा झुक्छन्। अब उनीहरूले कुनै पतितलाई
पावन बनाउँदैनन् अथवा उनीहरू कुनै रहमदिल कहाँ हुन् र? कोही दुःखी भए भने उनीहरूमाथि
रहम, दया गरिन्छ। रहमदिल एक बाबा मात्रै हुनुहुन्छ। बाबा नै आएर पत्थरबुद्धिहरूलाई
पारसबुद्धि बनाउनुहुन्छ। अहिले तिमी देवता बनिरहेका छौ। यो नै नरबाट नारायण बन्ने
पाठशाला हो। यो राजयोग हो। ऋषिमुनिहरूले यो जान्दैनन्– गीताको राजयोग कसले
सिकाउनुभयो? गीताको एकदम खण्डन गरिदिएका छन्। सम्झन्छन्– श्रीकृष्णले राजयोग सिकाएका
थिए। भन्छन्– श्रीकृष्ण भगवानुवाच मनमनाभव। तर श्रीकृष्ण त परमात्मा होइनन्। उनी त
सत्ययुगका राजकुमार हुन्। जसले सङ्गमयुगमा नै राजयोग सिकेर राज्य भाग्य प्राप्त
गर्छन्। उनलाई फेरि भगवान् बनाइदिएका छन्। धेरै मानिसहरूले गीता सुन्छन्। तर एक
जनालाई पनि थाहा छैन, गीताका भगवान् शिव हुनुहुन्छ, न कि श्रीकृष्ण हुन्। मानिसहरूले
भनिदिन्छन्– सबै एउटै हुन्। यस्ता मानिसहरूसँग पनि मेहनत गर्नुपर्छ। ६३ जन्मदेखि
श्रीकृष्ण भगवान् हुन् भन्ने सम्झँदै आएका छन्। द्वापरदेखि शास्त्र बनेका हुन्।
अवश्य पहिला सुरुमा गीता बनेको होला। यी शास्त्रहरू सबै भक्तिमार्गका हुन्।
ज्ञानमार्गको एउटै पनि शास्त्र छैन। गीता नम्बर वन हो। पछि यी वेद-उपनिषद् बनेका
हुन्। ती पनि सबै गीताका बालबच्चा हुन्। ती पढ्दापढ्दै तल झर्दै आएका छन्। अब ८४
जन्म पूरा भए। अब पहिलो नम्बरमा जानु छ। अहिले तिमी फेरि सत्ययुगी लक्ष्मीनारायण
बन्नको लागि यहाँ पढ्न आएका छौ। सबै त लक्ष्मीनारायण बन्नेछैनन्, यहाँ राजधानी
स्थापना भइरहेको छ। तर कसले राजधानी स्थापना गर्नुभयो, यो कसैको बुद्धिमा आउँदैन।
कलियुगमा यति धेरै मानिसहरू छन् जसलाई खानको लागि अन्न पनि मिल्दैन, अनि सत्ययुगमा
केवल लक्ष्मीनारायणको राजधानी हुनेछ। यहाँ हेर कति धर्महरू छन्। महाभारी महाभारत
लडाइँ पनि सामुन्ने छ, तैपनि मानिसहरूको आँखा खुल्दैन। यो महाभारी लडाइँ कल्पपहिला
पनि भएको थियो, त्यसपछि के भयो, केही जान्दैनन्। यी सबै कुरा तिमी ब्राह्मण
ब्राह्मणीहरूले मात्रै जान्दछौ। तिमीहरूलाई बाबाले ब्रह्माद्वारा एडप्ट गर्नुभएको
छ। भगवानले तिमीहरूलाई पढाएर यी लक्ष्मीनारायण बनाउनुहुन्छ, त्यसैले राम्रोसँग
पढ्नुपर्छ। केवल बाबा र नयाँ दुनियाँलाई याद गरेमा तिमी नयाँ दुनियाँमा जानेछौ। फेरि
राम्रोसँग पढ्यौ र पढायौ भने राजा-रानी बन्न सक्छौ। जति रुहानी सेवा गर्छौ, त्यति
वर्सा पाउँछौ। तिमी हौ रुहानी समाजसेवी। बाँकी सारा दुनियाँ जिस्मानी समाजसेवी हो।
तिमी आत्माहरूलाई बाबाले दिनहुँ ज्ञान दिनुहुन्छ। आत्माहरूको सेवा गर्नुहुन्छ नि।
त्यसलाई आत्माहरूको सेवा भनिन्छ, जुन रुहानी पिताले मात्रै सिकाउनुहुन्छ। यो हो
मनुष्यबाट देवता बनाउने पाठशाला। बन्छन् पनि अवश्य। तिमी पढेर तयार हुनेछौ र विनाश
सुरु हुनेछ, अनि तिमी पनि जानेछौ। भन्छन् नि– राम गयो, रावण गयो... केवल थोरै
रहन्छन् जो फेरि हेरफेर भइरहन्छन्। फेरि तिमी स्वर्गमा आउनेछौ। तिम्रो लागि अहिले
नयाँ दुनियाँ स्थापना भइरहेको छ, तिमीले स्वर्गवासी बन्नको लागि पढिरहेका छौ। यो
नर्क हो। अहिले तिमी सङ्गममा छौ। अहिले तिमी ब्राह्मण-ब्राह्मणी बनेनौ भने वर्सा
लिन सक्दैनौ। वर्सा ब्राह्मणहरूलाई मिल्छ, जसले एक बाबाबाहेक अरू कुनै पनि
देहधारीलाई याद गर्दैनन्। बाँकी केही न केही सुने भने प्रजामा आउँछन्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) रुहानी समाजसेवी बनेर पढ्नु र पढाउनु छ। बाबाको साथसाथै आउने नयाँ दुनियाँलाई पनि
याद गर्नु छ।
२) बाबासमान रहमदिल
बनेर सबैलाई पारसबुद्धि बनाउने सेवा गर्नु छ।
वरदान:–
निराकार सो
साकार– यस मन्त्रको स्मृतिद्वारा सेवाको पार्ट खेल्ने रुहानी सेवाधारी भव
जसरी बाबाले निराकार
नै साकार बनेर सेवाको पार्ट खेल्नुहुन्छ, त्यसरी तिमी बच्चाहरूले पनि यस मन्त्रको
यन्त्रलाई स्मृतिमा राखेर सेवाको पार्ट खेल्नु छ। यो साकार सृष्टि, साकार शरीर
रङ्गमञ्च हो। रङ्गमञ्च आधार हो, पार्टधारी आधारमूर्त हुन्, मालिक हुन्। यस
स्मृतिद्वारा न्यारा बनेर पार्ट खेल्यौ भने सेन्सको साथमा इसेन्सफुल, रुहानी
सेवाधारी बन्नेछौ।
स्लोगन:–
साक्षी बनेर
हरेक खेल हेर्ने नै साक्षीद्रष्टा हुन्।
अव्यक्त इसारा:–
ब्रह्माबाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर
प्यार र शक्ति– यी
दुवैको मिलन भएपछि अवस्था अति न्यारा र अति प्यारा हुन्छ, जोसँग प्यार छ उहाँ समान
बन्नु छ, यही प्यारको प्रमाण हो। तर केवल प्यार गरेर मात्र सम्पूर्ण बनिँदैन,
प्यारको साथसाथै शक्ति पनि भयो भने स्वयं सम्पूर्ण बनेर अरूलाई पनि सम्पूर्ण
बनाउनेछौ।