10.01.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– बाबाले
तिमीलाई ज्ञान योगको खुराक खुवाएर विशेष खातिरी गर्नुहुन्छ , त्यसैले सदैव खुसी
मोजमा रहने गर , श्रीमत अनुसार सबैको खातिरी गर्दै जाऊ।”
प्रश्न:–
यस सङ्गमयुगमा
तिमीसँग सबैभन्दा अमूल्य चीज कुनचाहिँ छ, जसको सम्हाल गर्नु छ?
उत्तर:–
यस सर्वोत्तम
ब्राह्मण कुलमा तिम्रो यो जीवन धेरै अमूल्य छ, त्यसैले शरीरको सम्हाल अवश्य गर्नु
छ। यस्तो होइन– यो त माटोको पुतला हो, अब यो समाप्त भए पनि हुन्थ्यो! होइन। यसलाई
जीवित राख्नु छ। कोही बिरामी भएको छ भने ऊसँग हैरान हुनु हुँदैन। उसलाई भन–
शिवबाबालाई याद गर्नुहोस्। जति याद गर्नुहुन्छ त्यति पाप काटिदै जान्छ। उनीहरू
बाँचिरहुन्, शिवबाबाको याद गरिरहुन्, यसको लागि उनको सेवा गर्नुपर्छ।
ओम् शान्ति ।
ज्ञानको तेस्रो
नेत्र दिने रुहानी बाबा बसेर रुहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ। ज्ञानको तेस्रो
नेत्र बाबा सिवाय अरू कसैले दिन सक्दैन। अहिले तिमी बच्चाहरूलाई ज्ञानको तेस्रो
नेत्र मिलेको छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ– यो पुरानो दुनियाँ परिवर्तन हुने
छ। बिचरा मनुष्यहरूले जानेका छैनन्– परिवर्तन गर्ने को हुनुहुन्छ र कसरी परिवर्तन
गर्नुहुन्छ! किनकि उनीहरूको ज्ञानको तेस्रो नेत्र नै छैन। तिमी बच्चाहरूलाई अहिले
ज्ञानको तेस्रो नेत्र मिलेको छ जसद्वारा तिमीले सृष्टिको आदि-मध्य-अन्त्यलाई जानेका
छौ। यो हो ज्ञानको सेक्रिन। सेक्रिनको एउटा थोपा पनि कति मीठो हुन्छ। ज्ञानको एउटै
शब्द छ मनमनाभव। यो शब्द कति मीठो छ। आफूलाई आत्मा सम्झिएर बाबालाई याद गर। बाबाले
शान्तिधाम र सुखधामको मार्ग बताइरहनु भएको छ। बाबा आउनु भएको छ बच्चाहरूलाई स्वर्गको
वर्सा दिन। त्यसैले बच्चाहरूलाई कति खुसी हुनुपर्छ। भनिन्छ पनि खुसीजस्तो खुराक छैन।
जो सदैव खुसी मोजमा रहन्छन् उनीहरूको लागि यो खुराकजस्तै हो। २१ जन्म मोजमा रहने यो
विशेष खुराक हो। यो खुराक सदैव एक-अर्कालाई खुवाइराख। यो हो एक-अर्काको विशेष खातिरी।
यस्तो खातिरी अरू कुनै मनुष्यले मनुष्यको गर्न सक्दैन।
तिमी बच्चाहरूले
श्रीमतमा सबैको रुहानी खातिरी गर्छौ। सच्चा सच्चा खुसीको खबर पनि यही हो– कसैलाई
बाबाको परिचय दिनु। मीठे बच्चेले जानेका छौ– बेहदका बाबाद्वारा हामीलाई जीवनमुक्तिको
सौगात मिल्छ। सत्ययुगमा भारतवर्ष जीवनमुक्त थियो, पावन थियो। बाबाले धेरै ठुलो उच्च
खुराक दिनुहुन्छ तब त गायन छ– अतीन्द्रिय सुख सोध्नु छ भने गोप-गोपिनीसँग सोध। यो
ज्ञान र योगको कति फस्टक्लास अद्भुत खुराक हो र यो खुराक एउटै रुहानी सर्जनसँग छ।
अरू कसैलाई यस खुराकका बारेमा थाहा नै छैन। बाबा भन्नुहुन्छ– मीठे बच्चे! तिम्रो
लागि हातमा सौगात लिएर आएको छु। मुक्ति, जीवनमुक्तिको यो सौगात मसँग नै रहन्छ। कल्प
कल्प म नै आएर तिमीलाई यो सौगात दिन्छु फेरि रावणले खोसिदिन्छ। अहिले तिमी
बच्चाहरूलाई कति खुसीको पारा चढिरहनु पर्छ। तिमीलाई थाहा छ– हाम्रा एउटै बाबा,
शिक्षक र सच्चा सच्चा सद्गुरु हुनुहुन्छ जसले हामीलाई साथमा लिएर जानुहुन्छ। अति
प्रिय बाबासँग विश्वको बादसाही मिल्छ। यो कम कुरा हो र! बच्चाहरू सदैव हर्षित
रहनुपर्छ। ईश्वरीय विद्यार्थी जीवन सर्वश्रेष्ठ जीवन हो। यो अहिलेको नै गायन हो नि।
फेरि नयाँ दुनियाँमा तिमीले सदैव खुसी मनाइरहन्छौ। दुनियाँले जान्दैन– सच्चा सच्चा
खुसी कहिले मनाइन्छ। मनुष्यलाई त सत्ययुगको ज्ञान नै छैन, त्यसैले यहाँ नै
मनाइरहन्छन्। तर यस पुरानो तमोप्रधान दुनियाँमा खुसी कहाँबाट आयो! यहाँ त त्राहि
त्राहि गरिरहन्छन्। यो कति दु:खको दुनियाँ छ।
बाबाले तिमी
बच्चाहरूलाई कति सहज मार्ग बताउनु हुन्छ। गृहस्थ व्यवहारमा रहँदा-रहँदै कमल फूल
समान रहनु छ। घरधन्दा आदि गर्दा पनि मलाई याद गरिरहाख। जसरी प्रियतमा र प्रियतम
हुन्छन्, उनीहरूले त एक अर्कालाई याद गरिरहन्छन्। एक-आपसमा प्रेमी-प्रेमिका हुन्छन्।
यहाँ यो कुरा छैन, यहाँ त तिमीहरू सबै एक प्रियतमका जन्मजन्मान्तरदेखिका प्रियतमा
हौ। बाबा तिम्रो कहिल्यै प्रियतमा बन्नुहुन्न। तिमीले उहाँ प्रियतमलाई आउनको लागि
याद गर्दै आएका छौ। जब दु:ख धेरै हुन्छ तब धेरै स्मरण गर्छन्, त्यसैले त गायन पनि
छ– दु:ख में सुमिरण सब करें, सुख में करें न कोई। यस समयमा जसरी बाबा सर्वशक्तिमान्
हुनुहुन्छ, त्यस्तै दिनप्रतिदिन माया पनि सर्वशक्तिमान्, तमोप्रधान बन्दै जान्छ।
अहिले बाबा भन्नुहुन्छ– मीठे बच्चे! देहीअभिमानी बन। आफूलाई आत्मा सम्झिएर म
बाबालाई याद गर, साथसाथै दैवीगुण पनि धारण गर अनि तिमी यस्ता (लक्ष्मी-नारायण) बन्छौ।
यस पढाइमा मुख्य कुरा हो नै यादको। उच्च भन्दा उच्च बाबालाई धेरै प्यार, स्नेहसँग
याद गर्नुपर्छ। उहाँ उच्च भन्दा उच्च बाबा नै नयाँ दुनियाँ स्थापना गर्नेवाला
हुनुहुन्छ। बाबा भन्नुहुन्छ– म आएको छु तिमी बच्चाहरूलाई विश्वको मालिक बनाउन। अब
मलाई याद गर्यौ भने तिम्रो अनेक जन्मको पाप काटिएर जान्छ। पतित-पावन बाबा
भन्नुहुन्छ– तिमी धेरै पतित बनेका छौ, त्यसैले अब तिमीले मलाई याद गर्यौ भने तिमी
पावन बनेर पावन दुनियाँको मालिक बन्छौ। पतित-पावन बाबालाई नै बोलाउँछन् नि। अब बाबा
आउनु भएको छ, त्यसैले अवश्य पावन बन्नुपर्छ। बाबा दु:खहर्ता, सुखकर्ता हुनुहुन्छ।
वास्तवमा सत्ययुगमा पावन दुनियाँ थियो, सबै नै सुखी थिए। अहिले फेरि बाबा
भन्नुहुन्छ– प्यारा बच्चाहरू! शान्तिधाम र सुखधामलाई याद गरिराख। अहिले हो सङ्गमयुग।
खिवैयाले वारीबाट पारी लिएर जानुहुन्छ। नाउ कुनै एउटा मात्र छैन, सारा दुनियाँ नै
एउटा ठुलो जहाज जस्तै छ। त्यसलाई पारी लिएर जानुहुन्छ।
तिमी प्यारा
बच्चाहरूलाई कति खुसी हुनुपर्छ। तिम्रो लागि त सदैव खुसी नै खुसी छ। बेहदका बाबाले
हामीलाई पढाइरहनु भएको छ, वाह! यो त न कहिल्यै सुन्यौं, न कहिल्यै पढ्यौं।
भगवानुवाच– मैले तिमी रुहानी बच्चाहरूलाई राजयोग सिकाइरहेको छु। त्यसैले पूरै सिक्नु
पर्छ, धारणा गर्नुपर्छ। पूरा राम्ररी पढ्नुपर्छ। पढाइमा नम्बरवार त सदैव हुन्छन्
नै। आफूलाई हेर्नुपर्छ– म उत्तम हुँ, मध्यम हुँ वा कनिष्ठ हुँ? बाबा भन्नुहुन्छ–
आफूलाई हेर म उच्च पद पाउन लायक छु? मैले रुहानी सेवा गरेको छु? किनकि बाबा
भन्नुहुन्छ– बच्चाहरू सेवाधारी बन, अनुसरण गर। म आएको छु नै सेवाको लागि। दिनुहुँ
सेवा गर्छु त्यसैले नै त यो रथ लिएको छु। यिनको रथ बिरामी भयो भने म यिनमा बसेर
मुरली लेख्छु। मुखबाट बोल्न सकेनन् भने मैले लेखिदिन्छु जसबाट बच्चाहरूको लागि मुरली
मिस हुँदैन। त्यसो हुँदा म पनि सेवामा भएँ नि। यो हो रुहानी सेवा। त्यसैगरी तिमी
बच्चाहरू पनि बाबाको सेवामा लाग। अन गडली सर्भिस (ईश्वरीय सेवामा)। जसले राम्रो
पुरुषार्थ गर्छ, राम्रो सेवा गर्छ उसलाई महावीर भनिन्छ। देख्छु– को महावीर हो जो
बाबाको निर्देशनमा चल्छ? बाबाको आदेश छ– आफूलाई आत्मा सम्झिएर भाइ भाइलाई देख। यस
शरीरलाई भुल्दै जाऊ। बाबाले पनि शरीरलाई देख्नुहुन्न। बाबा भन्नुहुन्छ– मैले
आत्माहरूलाई देख्छु। बाँकी यो त ज्ञान हो– आत्माले शरीर विना बोल्न सक्दैन। म पनि
यस शरीरमा आएको छु, लोन लिएको छु। शरीरको साथमा नै आत्माले पढ्न सक्छ। बाबाको बैठक
यहाँ (भृकुटीमा) छ। यो हो अकाल तख्त। आत्मा अकालमूर्त हो। आत्मा कहिल्यै सानो ठुलो
हुँदैन। शरीर सानो ठुलो हुन्छ। जति पनि आत्माहरू छन् ती सबैको तख्त यो भृकुटी हो।
शरीर त सबैका भिन्न भिन्न हुन्छन्। कसैको अकाल तख्त पुरुषको छ, कसैको अकाल तख्त
स्त्रीको छ, कसैको अकाल तख्त बच्चाको छ। बाबा बसेर बच्चाहरूलाई रुहानी ड्रिल सिकाउनु
हुन्छ। जोसँग पनि कुरा गर्दा पहिला आफूलाई आत्मा सम्झ। म आत्माले फलानो भाइसँग कुरा
गर्छु। शिवबाबालाई याद गर– बाबाको यो सन्देश दिन्छु। यादद्वारा नै विकार उत्रिनु छ।
सुनमा मिसावट भएपछि सुनको मूल्य नै कम हुन जान्छ। तिम्रो आत्मामा पनि विकार पर्नाले
तिमी मूल्यहीन बनेका छौ। अब फेरि पावन बन्नु छ। तिमी आत्मालाई अब ज्ञानको तेस्रो
नेत्र मिलेको छ। त्यस नेत्रद्वारा आफ्ना भाइहरूलाई देख। भाइ भाइलाई देख्नाले
कर्मेन्द्रिय चञ्चल हुँदैनन्। राज्य-भाग्य लिनु छ, विश्वको मालिक बन्नु छ भने यो
मेहनत गर। भाइ भाइ सम्झेर सबैलाई ज्ञान देऊ। अनि यो बानी पक्का हुँदै जान्छ। सच्चा
सच्चा भाइ तिमीहरू सबै हौ। बाबा पनि माथिबाट आउनु भएको छ, तिमी पनि माथिबाटै आएका
हौ। बाबाले बच्चाहरूसँगै सेवा गरिरहनु भएको छ। बाबाले सेवा गर्ने हिम्मत दिनुहुन्छ।
हिम्मते बच्चे मददे बाबा....। त्यसैले अभ्यास गर्नु छ। म आत्माले भाइलाई पढाउँछु।
आत्माले पढ्छ नि। यसलाई आध्यात्मिक ज्ञान भनिन्छ, जुन रुहानी बाबाद्वारा नै मिल्छ।
सङ्गममा नै बाबा आएर यो ज्ञान दिनुहुन्छ– आफूलाई आत्मा सम्झ। तिमी नाङ्गै आएका थियौ
फेरि यहाँ शरीर धारणा गरेर तिमीले ८४ जन्म पार्ट खेल्यौ। अब फेरि फर्केर जानु छ।
त्यसैले आफूलाई आत्मा सम्झिएर भाइ भाइको दृष्टिले हेर्नु छ। यो मेहनत गर्नु छ। आफैले
मेहनत गर्नु छ, यसको अरूसँग के सम्बन्ध छ र! चेरिटी बिगिन्स एट होम अर्थात् पहिला
स्वयंलाई आत्मा सम्झिएर फेरि भाइलाई सम्झाऊ। त्यसपछि राम्ररी तीर लाग्छ। यो धार
लगाउनु छ। मेहनत गर्यौ भने नै उच्च पद पाउने छौ। यसमा केही सहन पनि गर्नुपर्छ। कसैले
उल्टोसुल्टो कुरा बोल्यो भने तिमी चुप लागेर बस। तिमी चुप रह्यौ भने फेरि अरूले के
नै गर्छन् र। ताली दुई हातबाट बज्छ। एकले मुखको ताली बजायो, अर्को चुप रह्यो भने ऊ
आफै चुप हुन्छ। तालीसँग ताली बज्दा आवाज हुन्छ। बच्चाहरूले एक अर्काको कल्याण गर्नु
छ। बाबा सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! सदैव खुसीमा रहन चाहन्छौ भने मनमनाभव।
आफूलाई आत्मा सम्झिएर बाबालाई याद गर। भाइहरू (आत्माहरू) तर्फ हेर। बच्चाहरूलाई
रुहानी यात्रामा रहने बानी पार्नु छ। यो तिम्रै फाइदाको कुरा हो। बाबाको शिक्षा
भाइहरूलाई दिनु छ। बाबा भन्नुहुन्छ– मैले तिमी आत्माहरूलाई ज्ञान दिइरहेको छु।
आत्मालाई नै देख्छु। मनुष्यले मनुष्यसँग कुरा गर्दा उनीहरूको मुखलाई हेर्छन् नि।
तिमीले पनि आत्मासँग कुरा गर्दा आत्मालाई नै देख्नु छ। हुन त शरीरद्वारा ज्ञान
दिन्छौ तर यसमा शरीरको भान तोड्नुपर्छ। तिम्रो आत्माले सम्झन्छ– परमात्मा बाबाले
हामीलाई ज्ञान दिइरहनु भएको छ। बाबा पनि भन्नुहुन्छ– आत्माहरूलाई देख्छु, आत्माहरूले
पनि भन्छन्– हामीले परमात्मा बाबालाई देखिरहेका छौं। उहाँबाट ज्ञान लिइरहेका छौं,
यसलाई भनिन्छ– आत्माको आत्मासँग आध्यात्मिक ज्ञानको लेनदेन। आत्मामा नै ज्ञान छ।
आत्मालाई नै ज्ञान दिनु छ। यो धार जस्तै हो। तिम्रो ज्ञानमा यो धार भरिन्छ। त्यसैले
कसैलाई पनि सम्झाउँदा तुरून्तै तीर लाग्छ। बाबा भन्नुहुन्छ– अभ्यास गरेर हेर, तीर
लाग्छ नि। यो नयाँ बानी बसाल्नु छ त्यसपछि शरीरको भान निस्किएर जान्छ। मायाको तुफान
कम आउने छ। खराब सङ्कल्प आउने छैनन्। विकारी दृष्टि पनि रहने छैन। हामी आत्माले ८४
को चक्कर लगायौं। अब नाटक पूरा हुन्छ। अब बाबाको यादमा रहनु छ। यादबाट नै सतोप्रधान
बनेर, सतोप्रधान दुनियाँको मालिक बन्छौ। कति सहज छ। बाबालाई थाहा छ– बच्चाहरूलाई यो
शिक्षा दिनु पनि मेरै पार्ट हो। कुनै नयाँ कुरा होइन। हर ५००० वर्षपछि मलाई आउनु
पर्छ। म बाँधिएको छु। बच्चाहरूलाई बसेर सम्झाउँछु– मीठे बच्चे! रुहानी यादको
यात्रामा रह्यौ भने अन्त मति सो गति भएर शरीर छोड्छौ। यो अन्त्यकाल हो नि! म एकलाई
याद गर्यौ भने तिम्रो सद्गति हुन्छ। यादको यात्राले पाउ मजबुत हुन्छ। यो देहीअभिमानी
बन्ने शिक्षा एकैपटक तिमी बच्चाहरूलाई मिल्छ। यो ज्ञान कति अद्भुत छ। बाबा अद्भुत
हुनुहुन्छ भने बाबाको ज्ञान पनि अद्भुत छ। कहिल्यै कसैले बताउन सक्दैन। अब फर्केर
जानु छ। त्यसैले बाबा भन्नुहुन्छ– मीठे बच्चे! यो अभ्यास गर। आफूलाई आत्मा सम्झिएर
आत्मालाई ज्ञान देऊ। तेस्रो नेत्रद्वारा भाइ भाइलाई देख्नु छ। यही ठुलो मेहनत हो।
यो हो तिमी
ब्राह्मणहरूको सर्वोत्तम उच्च भन्दा उच्च कुल। यस समयमा तिम्रो जीवन अमूल्य छ,
त्यसैले यस शरीरको पनि सम्हाल गर्नु छ। तमोप्रधान भएको कारण शरीरको आयु पनि घट्दै
गएको छ। अब तिमी जति योगमा रहन्छौ, त्यति आयु बढ्छ। तिम्रो आयु बढ्दै बढ्दै १५०
वर्ष हुन्छ सत्ययुगमा। शरीरको पनि सम्हाल गर्नु छ। यस्तो होइन यो त माटोको पुतला
हो, ठीकै छ यो समाप्त भए पनि हुन्छ! होइन। यसलाई बचाइराख्नु छ। यो अमूल्य जीवन हो
नि! कोही बिरामी भए भने उनीहरूसँग हैरान हुनु हुँदैन। उनलाई भन– शिवबाबालाई याद
गर्नुहोस्। जति याद गर्नेछन् त्यति उनको पाप काटिदै जानेछ। बाँचिरहुन्, शिवबाबालाई
याद गरिरहुन् भनेर यसको लागि उनको सेवा गर्नु छ। यो समझ त रहन्छ नि, हामीले बाबालाई
याद गर्छौं। आत्माले याद गर्छ, बाबाबाट वर्सा पाउनको लागि। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) आफूलाई हेर– म पुरुषार्थमा उत्तम छु, मध्यम छु वा कनिष्ठ छु? म उच्च पद पाउन
लायक छु? मैले रुहानी सेवा गरेको छु?
२) तेस्रो नेत्रद्वारा
आत्मा भाइलाई देख, भाइ भाइ सम्झिएर सबैलाई ज्ञान देऊ, आत्मिक स्थितिमा रहने बानी
बनायौ भने कर्मेन्द्रियहरू चञ्चल हुँदैनन्।
वरदान:–
ब्रह्माबाबा
समान महा त्यागबाट महान् भाग्य बनाउने नम्बरवन फरिश्ता सो विश्व महाराजन भव
नम्बरवन फरिश्ता सो
विश्व महाराजन बन्ने वरदान तिनै बच्चाहरूलाई प्राप्त हुन्छ जसले ब्रह्माबाबाको हर
कर्मरूपी कदम पछि कदम उठाउँछन्। जसको मन-बुद्धि साकारमा सदा बाबाको अगाडि समर्पित
छ। जसरी ब्रह्माबाबाले यही महात्यागबाट महान् भाग्य प्राप्त गर्नुभयो अर्थात्
नम्बरवन सम्पूर्ण फरिश्ता र नम्बरवन विश्व महाराजन बन्नुभयो। त्यसैगरी फलो फादर
गर्ने बच्चा पनि महान् त्यागी वा सर्वस्व त्यागी हुन्छन्। उनीहरूले संस्कारका रूपमा
रहेका विकारहरूका वंशलाई पनि त्याग गर्नेछन्।
स्लोगन:–
अब सबै आधार
टुट्नेछन्, त्यसैले एक बाबालाई आफ्नो आधार बनाऊ।