10.01.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिम्रो
यादको यात्रा बिल्कुल ै गुप्त छ , तिमी बच्चाहरू ले अहिले मुक्तिधाममा जाने यात्रा
गरिरहेका छौ।”
प्रश्न:–
स्थूलवतनवासीबाट सूक्ष्मवतनवासी फरिस्ता बन्ने पुरुषार्थ के हो?
उत्तर:–
सूक्ष्मवतनवासी
फरिस्ता बन्नुछ भने रुहानी सेवामा तन मनले सम्पूर्ण स्वाहा (हड्डी-हड्डी) गर। सेवामा
सम्पूर्ण स्वाहा नगरी फरिस्ता बन्न सक्दैनौ किनकि फरिस्ताहरू हाड मासुबिनाका हुन्छन्।
यो बेहदको दधीचि ऋषिले जस्तै सम्पूर्ण स्वाहा गरेर सेवामा लगाउनुछ, त्यसपछि
व्यक्तबाट अव्यक्त बन्नेछौ।
गीत:–
धीरज धर मनुवा...
ओम् शान्ति ।
बच्चाहरूलाई
यो गीतबाट धैर्यता राख भन्ने इसारा मिल्यो। बच्चाहरूलाई थाहा छ– हामीले श्रीमतमा
पुरुषार्थ गरिरहेका छौँ र यो पनि थाहा छ हामी यो गुप्त योगको यात्रामा छौँ। त्यो
यात्रा आफ्नो समयमा पूरा हुनु नै छ। मुख्य हो नै यो यात्रा, जसलाई तिमी सिवाय अरू
कसैले पनि जान्दैनन्। यात्रामा जानुछ अवश्य र लैजाने पण्डा पनि हुनुपर्छ। यसको नाम
नै राखिएको छ पाण्डव सेना। अब हामी यात्रामा छौँ। स्थूल लडाइँको कुनै कुरा छैन।
हरेक कुरा गुप्त छ। यात्रा पनि धेरै गुप्त छ। शास्त्रहरूमा पनि छ– बाबा भन्नुहुन्छ–
मलाई याद गरेमा मेरो पासमा आइपुग्नेछौ। यो त यात्रा भयो नि। बाबाले सबै शास्त्रहरूको
सार बताउनुहुन्छ। यथार्थमा कर्ममा ल्याउनुहुन्छ। हामी आत्माहरू यात्रामा जानुछ आफ्नो
निर्वाणधाम। विचार गरेमा बुझ्न सक्छौ। यो हो मुक्तिधामको सच्चा यात्रा। सबैले
चाहन्छन्– हामी मुक्तिधाममा जाऊँ, यो यात्रा गर्नको लागि कसैले मुक्तिधामको मार्ग
बताइदिए हुन्थ्यो। तर बाबा त आफ्नो समयमा आफै आउनुहुन्छ, जुन समयलाई कसैले जान्दैनन्।
बाबा आएर सम्झाउनुभयो भने बच्चाहरूलाई निश्चय हुन्छ। अवश्य यो सच्चा यात्रा हो जुन
गायन गरिएको छ। भगवानले यो यात्रा सिकाउनुभएको थियो। मनमनाभव, मध्याजी भव। यी शब्द
पनि तिमीलाई धेरै काम लाग्छन्। केवल कसले भन्नुभएको हो? यसमा भुल गरिदिएका छन्।
भन्नुहुन्छ– देहसहित देहका सम्बन्धहरूलाई भुलिदेऊ। यिनको (ब्रह्माबाबाको) पनि देह
छ। यिनलाई पनि सम्झाउनेवाला अर्कै हुनुहुन्छ, जसको आफ्नो देह छैन उहाँ बाबा विचित्र
हुनुहुन्छ, उहाँको कुनै चित्र छैन, अरू त सबैका चित्र छन्। सारा दुनियाँ चित्रशाला
हो। विचित्र र चित्र अर्थात् जीव र आत्माको यो मनुष्यस्वरूप बनेको छ। त्यसैले उहाँ
बाबा विचित्र हुनुहुन्छ। सम्झाउनुहुन्छ– मैले यो चित्रको आधार लिनुपर्छ। अवश्य
शास्त्रहरूमा छ– भगवानले भन्नुभएको थियो जुनबेला महाभारत लडाइँ पनि भएको थियो।
राजयोग सिकाउनुहुन्थ्यो, अवश्य राजधानी स्थापना भएको थियो। अहिले त राज्य छैन।
राजयोग भगवानले सिकाउनुभएको थियो, नयाँ दुनियाँको लागि किनकि विनाश सामुन्ने उभिएको
थियो। सम्झाइन्छ– यस्तो भएको थियो जुनबेला स्वर्गको स्थापना भएको थियो। त्यो
लक्ष्मीनारायणको राज्य स्थापना भएको थियो। अहिले तिम्रो बुद्धिमा छ– पहिला सत्ययुग
थियो, अहिले कलियुग छ। फेरि बाबाले तिनै कुरा सम्झाउनुहुन्छ। यस्तो त कसैले भन्न
सक्दैन म परमधामबाट आएको छु तिमीलाई फिर्ता लैजान। परमपिता परमात्माले नै भन्न
सक्नुहुन्छ ब्रह्माद्वारा, र अरू कसैद्वारा पनि भन्न सक्नुहुन्न। सूक्ष्मवतनमा
हुन्छन् नै ब्रह्मा-विष्णु-शङ्कर। ब्रह्माको लागि पनि सम्झाइएको छ उनी हुन् अव्यक्त
ब्रह्मा र यिनी हुन् व्यक्त। अब तिमी फरिस्ता बन्छौ। फरिस्ता स्थूल वतनमा हुँदैनन्।
फरिस्ताहरूको हाड मासु हुँदैन। यहाँ यो रुहानी सेवामा हड्डी आदि सबै समाप्त
गरिदिन्छन्, फेरि फरिस्ता बन्छन्। अहिले त हड्डी छ नि। यो पनि लेखिएको छ– आफ्नो
हड्डी पनि सेवामा लगाइदिए। अर्थात् आफ्नो हाड समाप्त गर्छन्। स्थूलवतनबाट
सूक्ष्मवतनवासी बन्नुछ। यहाँ हामी हाड दिएर सूक्ष्म बन्छौँ। यो सेवामा सबै स्वाहा
गर्नुछ। यादमा रहँदा रहँदै हामी फरिस्ता बन्नेछौँ। यो पनि गाइएको छ– मिरूआ मौत मलूका
शिकार, मलूक फरिस्तालाई भनिन्छ। तिमी मनुष्यबाट फरिस्ता बन्छौ। तिमीलाई देवता भन्न
सकिँदैन्। यहाँ त तिम्रो शरीर छ नि। सूक्ष्मवतनको वर्णन अहिले हुन्छ। योगमा रहेर
फेरि फरिस्ता बन्छन्। अन्त्यमा तिमी फरिस्ता बन्नेछौ। तिमीलाई सबै साक्षात्कार
हुन्छ र खुसी हुन्छ। मानिस त सबै कालको सिकार हुनेछन्। तिमीहरूमा जो महावीर छन्
तिनीहरू त अडोल रहनेछन्। बाँकी के के भइरहनेछ! विनाशको दृश्य त देखिनुछ नि।
अर्जुनलाई विनाशको साक्षात्कार भयो। एक अर्जुनको कुरा होइन। तिमी बच्चाहरूलाई विनाश
र स्थापनाको साक्षात्कार हुन्छ। सबैभन्दा पहिला बाबालाई पनि विनाशको साक्षात्कार भयो।
त्यस समयमा ज्ञान त केही थिएन। देखेँ– सृष्टिको विनाश भइरहेको छ। फेरि चतुर्भुजको
साक्षात्कार भयो। बुझ्न थालेँ– यो त राम्रो छ। विनाशपछि म विश्वको मालिक बन्छु,
त्यसैले खुसी लाग्यो। अहिले यो दुनियाँले जान्दैन, विनाश त राम्रो हो नि। शान्तिको
लागि प्रयत्न गर्छन् तर आखिर विनाश त हुनुछ। पतितपावन आउनुहोस् भन्दै याद गर्छन् भने
बाबा आउनुहुन्छ अवश्य आएर पावन दुनियाँ स्थापना गर्नुहुन्छ, जसमा हामीले राज्य
गर्नेछौँ। यो त राम्रो हो नि। पतितपावनलाई किन याद गर्छन्? किनकि दुःख छ। पावन
दुनियाँमा देवताहरू हुन्छन्, पतित दुनियाँमा त देवताहरूको पाइला पर्न सक्दैन।
त्यसैले अवश्य पतित दुनियाँको विनाश हुनुपर्छ। गाइएको पनि छ– महाविनाश भयो। त्यसपछि
के हुन्छ? एक धर्मको स्थापना त्यो त यस्तै हुन्छ नि। यहाँबाट राजयोग सिक्नेछन्।
विनाश हुन्छ बाँकी भारतवर्षमा को बच्नेछ? जसले राजयोग सिक्छन्, ज्ञान दिन्छन् उनीहरू
नै बच्नेछन्। विनाश त सबैको हुनुछ, यसमा डराउने कुरा छैन। पतितपावनलाई बोलाउँछन्
अहिले उहाँ आउनुहुन्छ भने खुसी हुनुपर्छ नि। बाबा भन्नुहुन्छ– विकारमा नजाऊ। यी
विकारहरूमाथि विजय प्राप्त गर वा दान दियौ भने ग्रहण छुट्छ। भारतवर्षको ग्रहण छुट्छ
अवश्य। कालोबाट गोरो बन्नुछ। सत्ययुगमा पवित्र देवताहरू थिए, उनीहरू अवश्य यहीँ बने
होलान्।
तिमीलाई थाहा छ– हामी
श्रीमतद्वारा निर्विकारी बन्छौँ। भगवानुवाच, यो गुप्त छ। श्रीमतमा चलेर तिमीले
बादसाही प्राप्त गर्छौ। बाबा भन्नुहुन्छ– तिमी नरबाट नारायण बन्नुछ। सेकेन्डमा
राज्य भाग्य मिल्न सक्छ। सुरुमा बच्चीहरू ४-५ दिन पनि ट्रान्समा वैकुण्ठमा गएर बस्थे।
शिवबाबा आएर बच्चाहरूलाई वैकुण्ठको पनि साक्षात्कार गराउनुहुन्थ्यो। देवताहरू कति
मान-शानले आउँथे। त्यसैले बच्चाहरूको दिलमा लाग्छ– अवश्य गुप्त भेषमा आउने बाबाले
हामीलाई सम्झाइरहनुभएको छ। ब्रह्मा तनमा आउनुहुन्छ। ब्रह्माको तन त यहाँ हुनुपर्छ
नि। प्रजापिता ब्रह्माद्वारा स्थापना। बाबाले सम्झाउनुभएको छ– कोही पनि आए भने
उनीहरूलाई सोध– कसकहाँ आउनुभएको हो? बी.के. कहाँ। अच्छा, ब्रह्माको नाम कहिल्यै
सुन्नुभएको छ? प्रजापिता त हुनुहुन्छ नि। हामी सबै आएर उहाँका बनेका छौँ। अवश्य
पहिला पनि बनेका थियौँ। ब्रह्माद्वारा स्थापना हुन्छ भने साथमा ब्राह्मण पनि
हुनुपर्छ। बाबाले ब्रह्माद्वारा कसलाई सम्झाउनुहुन्छ? शूद्रहरूलाई त सम्झाउनुहुन्न।
यिनीहरू हुन् ब्रह्मा मुखवंशावली ब्राह्मण, शिवबाबाले ब्रह्माद्वारा हामीलाई आफ्नो
बनाउनुभएको छ। ब्रह्माकुमार-कुमारीहरू कति धेरै छन्, कति सेन्टरहरू छन्। सबैमा
ब्रह्माकुमारीहरूले पढाउँछन्। यहाँ हामीलाई दादाको वर्सा मिल्छ। भगवानुवाच, तिमीलाई
राजयोग सिकाउँछु। उहाँ निराकार भएको कारणले यिनको शरीरको आधार लिएर हामीलाई ज्ञान
सुनाउनुहुन्छ। प्रजापिताका त सबै बच्चाहरू हुन् नि! हामी हौँ प्रजापिता
ब्रह्माकुमार-कुमारीहरू। शिवबाबा हुनुहुन्छ दादा। उहाँले एडप्ट गर्नुभएको छ।
तिमीलाई थाहा छ– हामीले दादाबाट पढिरहेका छौँ ब्रह्माद्वारा। यहाँ लक्ष्मीनारायण
दुवै स्वर्गका मालिक हुनुहुन्छ नि। भगवान त एक उच्चभन्दा उच्च निराकार नै हुनुहुन्छ।
बच्चाहरूलाई धारणा धेरै राम्रो हुनुपर्छ। पहिला सुरुमा सम्झाऊ– दुई पिता हुनुहुन्छ
भक्तिमार्गमा। स्वर्गमा हुन्छन् एक पिता। पारलौकिक पिताद्वारा बादसाही मिल्यो फेरि
किन याद गर्छन्। दुःख हुँदैहुँदैन जसले गर्दा याद गर्नुपर्छ। गाउँछन्– दुःखहर्ता
सुखकर्ता। त्यो अहिलेको कुरा हो। जुन कुरा बित्छ त्यसको गायन हुन्छ। महिमा छ एकको।
उहाँ एक बाबा नै आएर पतितहरूलाई पावन बनाउनुहुन्छ। मानिसले कहाँ बुझ्छन् र। उनीहरूले
त बसेर विगतको कथा लेख्छन्। तिमीले अहिले बुझेका छौ– अवश्य बाबाले राजयोग सिकाउनुभयो,
जसबाट बादसाही मिल्यो। ८४ को चक्कर लगायौँ। अहिले फेरि हामीले पढिरहेका छौँ, फेरि
२१ जन्म राज्य गर्नेछौँ। यस्ता देवता बन्नेछौँ। कल्प पहिला यस्तै बनेका थियौँ।
बुझेका छौ– हामीले पूरा ८४ जन्मको चक्कर लगायौँ। अब फेरि सत्ययुग-त्रेतामा जानेछौँ
त्यसैले त बाबा सोध्नुहुन्छ– पहिला कति पटक मिलेका छौ? यो यथार्थ कुरा हो नि! नयाँले
पनि कोही सुने भने बुझ्छन्– ८४ को चक्र त अवश्य छ। जो पहिलाका हुन्छन् उनीहरूको नै
चक्र पूरा भएको हुन्छ। बुद्धिले काम लिनुछ। यो भवनमा, यो ड्रेसमा बाबा हामी हजुरसँग
अनेक पटक मिलेका छौँ र मिलिरहनेछौँ। पतितबाट पावन, पावनबाट पतित हुँदै आएका छौँ।
कुनै चीज सदैव नयाँ नै रहने यो त हुन सक्दैन। पुरानो अवश्य बन्छ। हरेक चीज
सतो-रजो-तमोमा आउँछ। अहिले तिमी बच्चाहरूलाई थाहा छ– नयाँ दुनियाँ आइरहेको छ।
त्यसलाई स्वर्ग भनिन्छ। यो हो नर्क। त्यो हो पावन दुनियाँ। धेरैले पुकार्छन्– हे
पतितपावन हामीलाई आएर पावन बनाउनुहोस् किनकि दुःख धेरै हुँदै जान्छ नि। तर यो
बुझ्दैनन् हामी नै पूज्य थियौँ फेरि पुजारी बनेका छौँ। द्वापरमा पुजारी बन्यौँ।
अनेक धर्म आउँदै गए। अवश्य पतितबाट पावन, पावनबाट पतित हुँदै आएका छौँ। भारतवर्षमा
नै यो खेल हुन्छ।
तिमी बच्चाहरूलाई अब
स्मृति आएको छ, अब तिमीले शिव जयन्ती मनाउँछौ। बाँकी अरू कसैले शिवलाई त चिन्दै
चिन्दैनन्। हामीले जान्दछौँ। अवश्य हामीलाई राजयोग सिकाउनुहुन्छ। ब्रह्माद्वारा
स्वर्गको स्थापना भइरहेको छ। अवश्य जसले योग सिकनेछन्, स्थापना गनेर्छन् उनीहरूले
नै फेरि राज्य-भाग्य पाउँछन्। हामीले भन्छौँ– अवश्य हामीले कल्प कल्प बाबाबाट यो
राजयोग सिकेका छौँ। बाबाले सम्झाउनुभएको छ– अब यो ८४ जन्मको चक्र पूरा हुन्छ। फेरि
नयाँ चक्कर लगाउनुछ। चक्रलाई त जान्नुपर्छ नि। यो चित्र नभए पनि तिमीले सम्झाउन
सक्छौ। यो त बिल्कुल सहज कुरा हो। अवश्य भारतवर्ष स्वर्ग थियो, अहिले नर्क छ। केवल
उनीहरूले सम्झन्छन्– कलियुग अझै बच्चा छ। तिमीले भन्छौ– यो त कलियुगको अन्त्य हो।
चक्र पूरा हुन्छ। बाबा सम्झाउनुहुन्छ– म आउँछु पतित दुनियाँलाई पावन बनाउन। तिमीलाई
थाहा छ– हामी पावन दुनियाँमा जानुछ। तिमीले मुक्ति, जीवनमुक्तिधाम, शान्तिधाम,
सुखधाम र दुःखधामलाई पनि जानेका छौ। तर तकदिरमा छैन भने फेरि यो ख्याल गर्दैनन् किन
हामी सुखधाममा नजाऊँ। अवश्य हामी आत्माहरूको घर त्यो शान्तिधाम हो। त्यहाँ आत्माका
अङ्गहरू नहुने भएकाले आत्माले केही बोल्दैन। त्यहाँ सबैलाई शान्ति मिल्छ। सत्ययुगमा
हुन्छ एक धर्म। यो अनादि, अविनाशी विश्व ड्रामा हो यसले चक्कर लगाइरहन्छ। आत्मा
कहिल्यै विनाश हुँदैन। शान्तिधाममा पनि केही समय बस्नैपर्छ। यी धेरै बुझ्नुपर्ने
कुरा हुन्। कलियुग हो दुःखधाम। कति अनेक धर्म छन्, कति हङ्गामा छ। बिल्कुल दुःखधाम
भइसकेपछि मात्रै बाबा आउनुहुन्छ। दुःखधामपछि हुन्छ सम्पूर्ण सुखधाम। शान्तिधामबाट
हामी आउँछौँ सुखधाममा, फेरि दुःखधाम बन्छ। सत्ययुगमा सम्पूर्ण निर्विकारी, यहाँ छन्
सम्पूर्ण विकारी। यो सम्झाउन त धेरै सहज छ नि। हिम्मत चाहिन्छ। कहीँ पनि गएर सम्झाऊ।
यो पनि लेखिएको छ–हनुमान सतसङ्गमा गएर पछाडि जुत्ताहरूमा बस्थे। त्यसैले जो महावीर
हुन्छन् उनीहरू कहीँ पनि गएर युक्तिले सुन्छन्, हेर्छन्– त्यहाँ के के भन्छन्। तिमी
लुगा फेरेर कहीँ पनि जान सक्छौ, उनीहरूको कल्याण गर्न। बाबाले पनि गुप्त भेषमा
तिम्रो कल्याण गरिरहनुभएको छ नि। मन्दिरहरूमा कहीँ पनि निमन्त्रणा मिल्यो भने गएर
सम्झाउनुछ। दिनप्रतिदिन तिमी होसियार हुँदै जान्छौ। सबैलाई बाबाको परिचय त दिनु नै
छ, ट्रायल गर्नुपर्ने हुन्छ। यो त गायन गरिएको छ, पछाडि संन्यासी, राजाहरू आदि आए।
राजा जनकलाई सेकेन्डमा जीवनमुक्ति मिल्यो। उनी फेरि गएर त्रेतामा अनुजनक बने। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) अन्तिम विनाशको दृश्य हेर्नको लागि आफ्नो स्थिति महावीरजस्तो निर्भय, अडोल
बनाउनुछ। गुप्त यादको यात्रामा रहनुछ।
२) अव्यक्त वतनवासी
फरिस्ता बन्नको लागि बेहद सेवामा दधीचि ऋषिलेजस्तै आफ्नो सेवामा सम्पूर्ण स्वाहा
गर्नुछ।
वरदान:–
पहिलो श्रीमतमा
विशेष अ टेन्सन दिएर फाउन्डेसनलाई मजबुत बनाउने सहजयोगी भव
बापदादाको नम्बरवन
श्रीमत हो कि आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। आत्माको सट्टा आफूलाई साधारण
शरीरधारी सम्झ्यौ भने याद टिक्न सक्दैन। त्यसो त कुनै पनि दुई चीजलाई जोड्दा पहिला
समान बनाइन्छ, त्यसैगरी आत्मा सम्झेर बाबाको याद गरेमा याद सहज हुन्छ। यो श्रीमत नै
मुख्य फाउन्डेसन हो। यो कुरामा बारम्बार अटेन्सन दियौ भने सहजयोगी बन्नेछौ।
स्लोगन:–
कर्म आत्माको
दर्शन गराउने दर्पण हो त्यसैले कर्मद्वारा शक्तिस्वरूपलाई प्रत्यक्ष गर।
अव्यक्त इसारा:– यो
अव्यक्त मासमा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर
ब्राह्मण सो फरिस्ता
अर्थात् जीवनमुक्त, जीवनबन्ध होइन। न देहको बन्धन, न देहको सम्बन्धको बन्धन, न देहका
पदार्थहरूको बन्धन। आफ्नो देहको लगाव खतम गरेमा देहको सम्बन्ध र पदार्थको बन्धन आफै
खतम हुन्छ। यस्तो होइन– कोसिस गर्नेछौँ। ‘कोसिस’ शब्दले नै सिद्ध गर्छ कि पुरानो
दुनियाँको कशिश छ त्यसैले ‘कोसिस’ शब्द समाप्त गर। देहभानलाई छोड।