10.02.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमीलाई
बाबाद्वारा जुन अद्वैत मत मिलिरहेको छ , त्यस मतमा चलेर कलियुगी मनुष्यहरूलाई
सत्ययुगी देवता बनाउने श्रेष्ठ कर्तव्य गर्नु छ।”
प्रश्न:–
सबै मनुष्यहरू
किन दु:खी बनेका छन्, त्यसको मूल कारण के हो?
उत्तर:–
रावणले सबैलाई
श्रापित गरिदिएको छ, त्यसैले सबै दु:खी बनेका छन्। बाबाले वर्सा दिनुहुन्छ, रावणले
श्राप दिन्छ, यो पनि दुनियाँले जानेका छैनन्। बाबाले वर्सा दिनुभयो तब त तिमीहरू यति
सुखी स्वर्गका मालिक बन्यौ, पूज्य बन्यौ। श्रापित भएपछि पुजारी बनिन्छ।
ओम् शान्ति ।
बच्चाहरू यहाँ
मधुबनमा आउँछन् बापदादाको पासमा। हलमा आउँदा देख्छौ पहिला बहिनी-भाइहरू बस्छन् फेरि
पछि देख्छौ बापदादा आउनुभएको हुन्छ। त्यसैले बाबाको याद आउँछ। तिमी हौ प्रजापिता
ब्रह्माका सन्तान ब्राह्मण र ब्राह्मणीहरू। ती ब्राह्मणले त ब्रह्माबाबालाई चिन्दै
चिनेका छैनन्। तिमी बच्चाहरूलाई थाहा छ– बाबा आउनु हुन्छ भने ब्रह्मा-विष्णु-शङ्कर
पनि अवश्य चाहिन्छ। भन्छन् पनि– त्रिमूर्ति शिव भगवानुवाच। तर तीनवटैद्वारा त
बोल्नुहुन्न नि। यी कुरा बुद्धिमा राम्रोसँग धारण गर्नु छ। बेहदका बाबाबाट अवश्य
स्वर्गको वर्सा मिल्छ, त्यसैले सबै भक्तहरूले भगवानसँग के चाहन्छन्? जीवनमुक्ति।
अहिले छ जीवन-बन्धन। सबैले बाबालाई याद गर्छन्, भन्छन्– आएर यस बन्धनबाट मुक्त
गर्नुहोस्। अहिले तिमी बच्चाहरूलाई नै थाहा छ– बाबा आउनु भएको छ। कल्प कल्प बाबा
आउनुहुन्छ। पुकार्छन् पनि– तिमी माता पिता.... तर यसको अर्थ त कसैले पनि बुझ्दैनन्।
निराकार बाबाको लागि सम्झन्छन्। गाउँछन् तर केही पनि मिल्दैन। अहिले तिमी
बच्चाहरूलाई उहाँबाट वर्सा मिल्छ फेरि कल्पपछि मिल्छ। बच्चाहरूले जानेका छौ– बाबा
आधाकल्पको लागि आएर वर्सा दिनुहुन्छ र रावणले फेरि श्राप दिन्छ। हामी सबै श्रापित
छौं, यो पनि दुनियाँले जान्दैन, रावणको श्राप लागेको छ त्यसैले सबै दु:खी छन्। सबै
सुखी थिए। हिजो भारतखण्डमा यी लक्ष्मी-नारायणको राज्य थियो। देवताहरूको अगाडि शिर
झुकाउँछन्, पूजा गर्छन् तर सत्ययुग कहिले थियो, यो कसैलाई थाहा छैन। तर हेर केवल
सत्ययुगको अवधि लाखौं वर्ष देखाइदिएका छन्, फेरि त्रेताको, द्वापर,कलियुगको, त्यस
हिसाबले मनुष्य कति धेरै हुनुपर्थ्यो। केवल सत्ययुगमा नै धेरै मनुष्यहरू हुने थिए।
कुनै पनि मनुष्यको बुद्धिमा बस्दैन। बाबा बसेर सम्झाउनुहुन्छ– हेर गायन पनि छ ३३
करोड देवताहरू हुन्छन्। यस्तो कहाँ उनीहरू लाखौं वर्षमा हुनसक्छन्। त्यसैले यो पनि
मनुष्यहरूलाई सम्झाउनु पर्छ।
अहिले तिमीलाई थाहा
छ– बाबाले हामीलाई स्वच्छ बुद्धि बनाउनु हुन्छ। रावणले म्लेच्छ बुद्धि बनाउँछ।
मुख्य कुरा त यो हो। सत्ययुगमा हुन्छन् पवित्र, यहाँ छन् अपवित्र। यो पनि कसैलाई
थाहा छैन– रामराज्य कहिलेदेखि कहिलेसम्म हुन्छ? रावण राज्य कहिलेदेखि कहिलेसम्म
हुन्छ? सम्झन्छन्– यहाँ नै रामराज्य पनि छ, रावण राज्य पनि छ। अनेक मतमतान्तर छ नि।
जति मनुष्य छन्, त्यति मतहरू छन् । अहिले यहाँ तिमी बच्चाहरूलाई एक अद्वैत मत मिल्छ
जुन मत बाबाले मात्रै दिनुहुन्छ। तिमी अहिले ब्रह्माद्वारा देवता बनिरहेका छौ।
देवताहरूको महिमा गायन गरिन्छ– सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण... हुन त उनीहरू
पनि मनुष्य नै हुन्, मनुष्यको महिमा किन गाउँछन्? अवश्य फरक होला नि। अहिले तिमी
बच्चाहरूले पनि नम्बरवार पुरुषार्थ अनुसार मनुष्यलाई देवता बनाउने कर्तव्य सिक्छौ।
कलियुगी मनुष्यलाई तिमीले सत्ययुगी देवता बनाउँछौ अर्थात् शान्तिधाम, ब्रह्माण्डको
र विश्वको मालिक बनाउँछौ, यो त शान्तिधाम होइन नि। यहाँ त कर्म अवश्य गर्नुपर्छ।
त्यो हो स्वीट साइलेन्स होम। अहिले तिमीले जान्दछौ– हामी आत्माहरू स्वीट होम,
ब्रह्माण्डको मालिक हौं। त्यहाँ दु:ख-सुखबाट न्यारा रहन्छौ। फेरि सत्ययुगमा विश्वको
मालिक बन्छौ। अहिले तिमी बच्चाहरू लायक बनिरहेका छौ। लक्ष्य-उद्देश्य एक्युरेट
सामुन्ने छ। तिमी बच्चाहरू हौ योगबलवाला। उनीहरू हुन् बाहुबलवाला। तिमी पनि छौ
युद्धको मैदानमा, तर तिमी हौ डबल अहिंसक। उनीहरू हुन् हिंसक। हिंसा काम कटारीलाई
भनिन्छ। संन्यासीले पनि सम्झन्छन्– यो हिंसा हो त्यसैले पवित्र बन्छन्। तर तिम्रो
सिवाय बाबासँग अरू कसैको प्रीत छैन। प्रियतमा प्रियतमको प्रीत हुन्छ नि। ती प्रियतमा
प्रियतमको त एक जन्मको गायन गरिन्छ। तिमीहरू सबै हौ म प्रियतमका प्रियतमाहरू।
भक्तिमार्गमा म एक प्रियतमलाई याद गर्दै आएका हौ। अब म भन्छु– यो अन्तिम जन्म मात्र
पवित्र बन र यथार्थ रीतिले याद गर्यौ भने फेरि याद गर्नबाट नै तिमी छुट्छौ।
सत्ययुगमा याद गर्ने आवश्यकता नै रहनेछैन। दु:खमा सबैले याद गर्छन्। यो हो नर्क।
यसलाई स्वर्ग त भनिँदैन नि। जुन ठुलावडा धनवान मानिसहरू छन् उनीहरूले सम्झन्छन्–
हाम्रो लागि त यहाँ नै स्वर्ग छ। विमान आदि सबैथोक, वैभव छ, कति अन्धश्रद्धामा
हुन्छन्। गायन पनि छ– तुम मात पिता.... तर केही पनि बुझ्दैनन्। कुनचाहिँ बेहद सुख
मिल्यो– यो कसैले पनि जानेका छैनन्। बोल्ने त आत्मा हो नि। तिमी आत्माहरूलाई थाहा
छ– हामीलाई धेरै सुख मिल्नु छ। त्यसको नाम नै हो– स्वर्ग, सुखधाम। स्वर्ग सबैलाई
धेरै मीठो पनि लाग्छ। अहिले तिमीलाई थाहा छ– स्वर्गमा कति हीरा जुहारतका महल थिए।
भक्तिमार्गमा पनि कति अथाह धन थियो, जसबाट सोमनाथको मन्दिर बनाएका थिए। एक एक चित्र
लाखौं मूल्यका थिए। ती सबै कहाँ गए? कति लुटेर लगे! यति अथाह धन थियो, मुसलमानहरूले
लगेर मस्जिद आदिमा लगाए । अहिले तिमी बच्चाहरूको बुद्धिमा छ–बाबाद्वारा हामी फेरि
स्वर्गको मालिक बन्छौं। हाम्रा महल सुनका हुनेछन् । ढोकामा पनि हीरा जडेको हुन्छ।
जैनहरूको मन्दिर पनि यस्तो बनेको हुन्छ। अहिले हीरा आदि त छैन नि, जुन पहिला थियो।
अहिले तिमीलाई थाहा छ– हामीले बाबाबाट स्वर्गको वर्सा लिइरहेका छौं। शिवबाबा आउनु
हुन्छ पनि भारतवर्षमा नै। भारतवर्षलाई नै शिव भगवानबाट स्वर्गको वर्सा मिल्छ।
क्रिस्चियनहरूले पनि भन्छन्– क्राइस्ट भन्दा ३ हजार वर्ष पहिला भारतवर्ष हेविन थियो।
राज्य कसले गर्थे? यो कसैलाई पनि थाहा छैन। बाँकी यो जान्दछन्– भारतवर्ष धेरै पुरानो
हो। त्यसैले यो नै स्वर्ग थियो नि। बाबालाई भन्ने पनि गर्छन्– हेविनली गड फादर
अर्थात् हेविन स्थापना गर्ने फादर। अवश्य फादर आउनु भए होला, तब तिमी स्वर्गको
मालिक बन्यौ होला। हर ५ हजार वर्षपछि स्वर्गको मालिक बन्छौ फेरि आधाकल्पपछि रावण
राज्य सुरु हुन्छ। चित्रहरूमा यस्तो स्पष्ट पारेर देखाऊ जसले गर्दा लाखौं वर्षको
कुरा बुद्धिबाट नै निस्कियोस्। लक्ष्मी-नारायण कुनै एउटै मात्र होइनन्, यिनीहरूको
डिनायस्टी हुन्छ नि फेरि उनीहरूका बच्चा राजा बन्छन् होला। राजाहरू त धेरै बन्छन्
नि। सारा माला बनेको हुन्छ। मालालाई नै जप्छन् नि। जसले बाबाका सहयोगी बनेर बाबाको
सेवा गर्छन् उनीहरूको नै माला बन्छ। जो पूरा चक्रमा आउँछन्, पूज्य पुजारी बन्छन्
उनीहरूको यो यादगार हो। तिमी पूज्यबाट पुजारी बन्छौ त्यसपछि फेरि बसेर आफ्नो
मालालाई पूज्छौ। पहिला मालालाई हात लगाउँछन् फेरि ढोग्छन्। पछि माला जप्न सुरुगर्छन्।
तिमीले पनि सारा चक्कर लगाउँछौ फेरि शिवबाबाबाट वर्सा पाउँछौ। यो रहस्य तिमीले
मात्रै बुझेका छौ। मनुष्यहरूले त कोही कसैको नाममा, कोही कसैको नाममा माला जप्छन्।
केही पनि जानेका छैनन्। अहिले तिमीलाई मालाको सारा ज्ञान छ, अरू कसैलाई यो ज्ञान
छैन। यिनीहरूले कसको माला जप्छन्, यो कुरा क्रिस्चियनहरूले कहाँ बुझ्छन् र? यो माला
हो नै उनीहरूको जो बाबाको मदतगार बनेर सेवा गर्छन्। यस समयमा सबै पतित छन्, जो पावन
थिए उनीहरू सबै यहाँ आउँदा आउँदा अब पतित बनेका छन्, फेरि नम्बरवार सबै जान्छन्।
नम्बरवार आउँछन्, नम्बरवार जान्छन्। कति बुझ्नुपर्ने कुरा छन्। यो वृक्ष हो। कति
हाँगाबिँगा, मठ, पंथ छन्। अब यो सारा वृक्ष खलास हुनु छ, फेरि तिम्रो फाउण्डेसन
बस्छ। तिमी हौ यस वृक्षको फाउन्डेसन। त्यसमा सूर्यवंशी चन्द्रवंशी दुवै छन्।
सत्ययुग-त्रेतामा जसले राज्य गर्थे, अहिले उनीहरूको धर्म नै छैन, केवल चित्र छन्।
जसको चित्र छ उनीहरूको बायोग्राफी त जान्नु पर्यो नि। भनिदिन्छन्– फलानो चीज लाखौं
वर्ष पुरानो हो। अब वास्तवमा पुरानो भन्दा पुरानो हो आदि सनातन देवी-देवता धर्म।
उनीहरू भन्दा अगाडि त कुनै चीज हुन सक्दैन। बाँकी सबै २५०० वर्षसम्मका पुराना चीजहरू
हुन्, तलबाट उत्खनन गरेर निकाल्छन् नि। भक्तिमार्गमा जुन पूजा गर्छन्, त्यो पुराना
चित्र निकाल्छन् किनकि भुकम्पमा सबै मन्दिर आदि भत्किन्छन् फेरि नयाँ बन्छन्। हीरा
सुन आदिका खानीहरू जुन अहिले खाली भएका छन् ती फेरि त्यहाँ भरिन्छन्। यो सबै कुरा
अहिले तिम्रो बुद्धिमा छ नि। बाबाले विश्वको इतिहास-भूगोल सम्झाउनु भएको छ।
सत्ययुगमा कति थोरै मनुष्यहरू हुन्छन् फेरि बृद्धि हुन्छ। आत्माहरू सबै परमधामबाट
आइरहन्छन्। आउँदा आउँदा वृक्ष बढ्छ। फेरि जब वृक्ष सड्न पुग्छ अनि भनिन्छ राम गयो
रावण गयो, जसको ठुलो परिवार छ। अनेक धर्म छन् नि। हाम्रो परिवार कति सानो छ। यो
केवल ब्राह्मणहरूको मात्रै परिवार हो। कति अनेक धर्म छन्, जनसङ्ख्या बताउँछन् नि।
त्यो सबै हो रावण सम्प्रदाय। यी सबै जान्छन्। बाँकी थोरै रहन्छन्। रावण सम्प्रदाय
फेरि स्वर्गमा आउने छैनन्, सबै मुक्तिधाममा नै रहन्छन्। बाँकी तिमीहरू जसले पढ्छौ
तिनीहरू नम्बरवार आउँछन् स्वर्गमा।
अहिले तिमी बच्चाहरूले
बुझेका छौ कसरी त्यो निराकारी वृक्ष हो, यो मनुष्य सृष्टिको वृक्ष हो। यो तिम्रो
बुद्धिमा छ। पढाइमा ध्यान दिएनौ भने परीक्षामा फेल हुन्छौ। पढ्दै र पढाउँदै गयौ भने
खुसी पनि हुन्छ। यदि विकारमा गिर्यौ भने बाँकी यो सबै बिर्सिन्छौ। आत्मा जब पवित्र
सुन बन्छ तब उसमा धारणा राम्रो हुन्छ। सुनको बर्तन हुन्छ पवित्र गोल्डन। यदि कोही
पतित बन्यो भने ज्ञान सुनाउन सक्दैन। अहिले तिमी सामुन्ने बसेका छौ, जानेका छौ– गड
फादर शिवबाबाले हामी आत्माहरूलाई पढाइरहनु भएको छ। हामी आत्माहरूले यी
कर्मेन्द्रियहरूद्वारा सुनिरहेका छौं। पढाउनेवाला बाबा हुनुहुन्छ, यस्तो पाठशाला
सारा दुनियाँमा कहाँ होला। उहाँ गड फादर हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, सद्गुरु पनि
हुनुहुन्छ, सबैलाई फर्काएर लैजानुहुन्छ। अहिले तिमी बाबाको सम्मुख बसेका छौ। सम्मुख
मुरली सुन्दा कति फरक पर्छ। जस्तो यो टेप मेसिन निस्किएको छ, सबैको पासमा एक दिन
आउने छ। बच्चाहरूको सुखको लागि बाबाले यस्ता चीजहरू बनाउनुहुन्छ। कुनै ठुलो कुरा
होइन नि। यिनी सांवल शाह हुन् नि। पहिला गोरा थिए, अहिले काला बनेका छन् त्यसैले त
श्याम सुन्दर भनिन्छ। तिमीलाई थाहा छ– हामी सुन्दर थियौं, अहिले श्याम बनेका छौं
फेरि सुन्दर बन्छौं। केवल एक जना मात्र किन बन्छन्? एउटालाई मात्रै सर्पले डसेको हो
र? सर्प त मायालाई भनिन्छ नि। विकारमा जानाले काला बन्छन्। यी कति बुझ्नुपर्ने कुरा
छन्। बेहदका बाबा भन्नुहुन्छ– गृहस्थ व्यवहारमा रहेर यो अन्तिम जन्म मेरो लागि
पवित्र बन। बाबा बच्चाहरूसँग यो भिख माग्नुहुन्छ। कमल फूल समान पवित्र बन र मलाई
याद गर्यौ भने यो जन्म पनि पवित्र बन्छौ र यादमा रहनाले विगतको विकर्म पनि विनाश
हुन्छ। यो हो योग अग्नि, जसले जन्मजन्मान्तरको पाप दग्ध हुन्छ। सतोप्रधानबाट सतो,
रजो, तमोमा आउँछन् जसबाट कला कम हुन पुग्छ। मैला थपिँदै जान्छ। अब बाबा भन्नुहुन्छ–
मात्र म एकलाई याद गर। बाँकी पानीका नदीहरूमा स्नान गर्नाले कहाँ पावन बन्छन् र!
पानी पनि तत्त्व हो नि। ५ तत्त्व भनिन्छ। यी नदीहरू कसरी पतित-पावनी हुन सक्छन्?
नदीहरू त सागरबाट निस्कन्छन्। पहिला त सागर पतित-पावन हुनुपर्यो नि। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) विजय मालामा आउनको लागि बाबाको सहयोगी बनेर सेवा गर्नु छ। एक प्रियतमसँग सच्चा
प्रीत राख्नु छ। एकलाई नै याद गर्नु छ।
२) आफ्नो एक्युरेट
लक्ष्य र उद्देश्यलाई सामुन्ने राखेर पूरा पुरुषार्थ गर्नु छ। डबल अहिंसक बनेर
मनुष्यलाई देवता बनाउने श्रेष्ठ कर्तव्य गरिरहनु छ।
वरदान:–
विजयीपनको न
सा द्वारा सदा हर्षित रहने सर्व आकर्षणहरूबाट मुक्त भव
विजयी रत्नहरूको
यादगार बाबाको गलाका हार आजसम्म पूजा गरिन्छ। त्यसैले, सधैँ यही नशा रहोस्– हामी
बाबाको गलाका हार विजयी रत्न हौँ, हामी विश्वको मालिकका बालक हौँ। हामीलाई जे
प्राप्त भएको छ, त्यो कसैलाई पनि प्राप्त हुन सक्दैन– यो नशा र खुसी स्थायी रहोस्
तब तिमीहरू कुनै पनि प्रकारको आकर्षणबाट पर रहनेछौ। जो सदा विजयी छन्, उनीहरू सदा
हर्षित हुन्छन्। एक बाबाको यादको आकर्षणमा आकर्षित हुन्छन्।
स्लोगन:–
एकको अन्तमा
हराउनु अर्थात् एकान्तवासी बन्नु।