10.04.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे– बाबा आउनुभएको छ

प्रश्न:–
उच्च मञ्जिलमा बाधा पार्ने साना साना कुराहरू कुन हुन्?

उत्तर:–
यदि अलिकति पनि कुनै सोख छ, अनासक्त वृत्ति छैन। राम्रो लगाउने, खानेमा बुद्धि भट्किरहन्छ भने यी कुराहरूले उच्च मञ्जिलमा पुग्नमा बाधा पार्छन् त्यसैले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! वनवासमा रहनुछ। तिमीले त सबै कुरा भुल्नुछ। यो शरीर पनि याद रहनुछैन।

ओम् शान्ति ।
बच्चाहरूलाई यो सम्झाइएको छ, यो भारतवर्ष नै अविनाशी खण्ड हो र यसको वास्तविक नाम हो नै भारतवर्ष। हिन्दुस्तान नाम त पछि राखिएको हो। भारतवर्षलाई भनिन्छ– आध्यात्मिक खण्ड। यो प्राचीन खण्ड हो। नयाँ दुनियाँमा भारतवर्ष हुँदा अरू कुनै खण्ड थिएनन्। मुख्य हुन् नै इस्लामी, बौद्ध र क्रिस्चियन। अहिले त धेरै खण्ड भएका छन्। भारतवर्ष अविनाशी खण्ड हो, यसलाई नै स्वर्ग, हेभिन भनिन्छ। नयाँ दुनियाँमा नयाँ खण्ड एक भारतवर्ष नै हो। नयाँ दुनियाँका रचयिता हुनुहुन्छ परमपिता परमात्मा, स्वर्गको रचयिता स्वर्ग स्थापक परमपिता परमात्मा। तिमी बच्चाहरूलाई थाहा छ, यो भारतवर्ष अविनाशी खण्ड हो। भारतवर्ष स्वर्ग थियो। कोही मरे भने भन्छन्– स्वर्ग पधारे, सम्झन्छन् स्वर्ग कहीँ माथि छ। देलवाडा मन्दिरको छतमा पनि वैकुण्ठका चित्रहरू देखाएका छन्। यो कसैको बुद्धिमा आउँदैन, भारतवर्ष नै हेभिन थियो, अहिलेछैन। अहिले त हेल छ। त्यसैले यो पनि अज्ञान ठहरियो। ज्ञान र अज्ञान दुई चिज हुन्छन्। ज्ञानलाई भनिन्छ दिन, अज्ञानलाई रात। पूरा उज्यालो र पूरा अन्धकार भनिन्छ। उज्यालो अर्थात् राइज वा उत्थान, अन्धकार अर्थात् फल अथवा वा पतन। मानिसहरू सूर्यास्त हेर्नको लागि सनसेटमा जान्छन्। अब त्यो त हो हदको कुरा। यसको लागि भनिन्छ ब्रह्माको दिन, ब्रह्माको रात। तर ब्रह्मा त हुन् प्रजापिता। त्यसैले अवश्य प्रजाको पिता भए। ज्ञान अंजन सतगुरू दिया, अज्ञान अन्धेर विनाश। यी कुराहरू दुनियाँमा कसैले पनि बुझ्दैनन्। यो हो नयाँ दुनियाँको लागि नयाँ ज्ञान। हेभिनको लागि हेभिनली परमपिता परमात्माको ज्ञान चाहिन्छ। गाउँछन् पनि– परमपिता परमात्मा ज्ञानका सागर हुनुहुन्छ। त्यसैले टिचर हुनुभयो। परमपिता परमात्मालाई भनिन्छ नै पतितपावन अनि अरू कसैलाई पतितपावन भन्न सकिँदैन। श्रीकृष्णलाई पनि भन्न सकिँदैन। पिता त सबैको एउटै हुनुहुन्छ। श्रीकृष्ण त सबैका पिता होइनन्। उनी त हुर्किएपछि विवाह गर्छन् र एक-दुई बच्चाका पिता बन्छन्। राधे-कृष्णलाई राजकुमार राजकुमारी भनिन्छ। कहिल्यै स्वयंवर पनि भएको होला। विवाहपछि नै आमाबुबा बन्न सक्छन्। उनीहरूलाई कहिल्यै कसैले विश्वका परमपिता परमात्मा भन्न सक्दैनन्। विश्वका परमपिता परमात्मा केवल एउटै निराकार बाबालाई भनिन्छ। ग्रेट-ग्रेट ग्रान्ड फादर (आदि पिता) शिवबाबालाई भन्न सकिँदैन। ग्रेट-ग्रेट ग्रान्ड फादर हुन् प्रजापिता ब्रह्मा। उनैबाट वंशवृक्ष निस्कन्छ। उहाँ निराकार परमपिता परमात्मा, निराकार आत्माहरूको पिता हुनुहुन्छ। निराकारी आत्माहरू भक्तिमार्गमा यहाँ शरीरमा हुँदा पुकार्छन्। तिमीले यी सबै नयाँ कुराहरू सुन्छौ। यथार्थ रीतिले कुनै पनि शास्त्रमा छैन। बाबा भन्नुहुन्छ– म सम्मुख बसेर तिमी बच्चाहरूलाई सम्झाउँछु। अनि यो ज्ञान सारा गुम हुन्छ। बाबा आएपछि मात्र यथार्थ ज्ञान सुनाउनुहुन्छ। बच्चाहरूलाई नै सम्मुख सम्झाएर वर्सा दिनुहुन्छ। अनि पछि शास्त्र बन्छन्। यथार्थमा त बन्न सक्दैनन् किनकि सत्यको दुनियाँ नै समाप्त भएर झुट खण्ड हुन्छ। त्यसैले झुटो चिज नै हुन्छ किनकि ओर्लंदोकला नै हुन्छ। सत्यबाट त चढ्तीकला हुन्छ। भक्ति हो रात, अन्धकारमा ठक्कर खानुपर्छ। ढोगिरहन्छन्। यस्तो घोर अन्धकार छ। मानिसहरूलाई त केही पनि थाहा हुँदैन। ठाउँ ठाउँमा धक्का खाइरहन्छन्। यस सूर्यको पनि उदय (राइज) र अस्त (फल) हुन्छ, जुन बच्चाहरू गएर हेर्छन्। अब त तिमी बच्चाहरूले ज्ञान सूर्यको उदय भएको हेर्नुछ। भारतवर्षको उत्थान र भारतवर्षको पतन। भारतवर्ष यसरी डुब्छ जसरी सूर्य डुब्छ। सत्यनारायणको कथामा यो देखाउँछन्, विश्वको बेडा तल जान्छ अनि बाबा आएर त्यसको उद्धार गर्नुहुन्छ। तिमीले यस विश्वलाई फेरि मुक्त गर्छौ। यो तिमी बच्चाहरूलाई नै थाहा छ। तिमीले निमन्त्रणा पनि दिन्छौ, नवनिर्माण प्रदर्शनी नाम पनि ठीक छ। नयाँ दुनियाँ कसरी स्थापना हुन्छ, त्यसको प्रदर्शनीमा चित्रहरूद्वारा ज्ञान दिइन्छ। त्यसैले त्यही नाम चलि आयो भने राम्रो हुन्छ। नयाँ दुनियाँ कसरी स्थापना हुन्छ वा राइज कसरी हुन्छ, यो तिमीले देखाउँछौ। अवश्य पुरानो दुनियाँको पतन हुन्छ त्यसपछि देखाउँछन्, उत्थान कसरी हुन्छ। यो पनि एउटा कथा हो– राज्य लिनु र गुमाउनु। ५ हजार वर्ष पहिला के थियो? भन्छन्, सूर्यवंशीहरूको राज्य थियो। अनि चन्द्रवंशी राज्य स्थापना भयो। उनीहरूले त एकअर्काबाट राज्य लिन्छन्। देखाउँछन्– फलानोबाट राज्य लियो। उनीहरूले कुनै सिँढीको कुरा बुझ्दैनन्। यो त बाबाले सम्झाउनुहुन्छ, तिमी सत्ययुगबाट त्रेतायुगमा गयौ, सिँढी ओर्लंदै आयौ। यो ८४ जन्मको सिँढी हो। सिँढी ओर्लनुपर्छ अनि चढ्नु पनि पर्छ। पतनको पनि राज सम्झाउनुपर्छ। भारतवर्षको पतन कति समय, उत्थान कति समय? पतन र उत्थान तिमी बच्चाहरूको। विचार सागर मन्थन गर्नुपर्छ। मानिसहरूलाई प्रलोभनमा कसरी ल्याउने अनि फेरि निमन्त्रणा पनि दिनुछ। दाजुभाइ-दिदीबहिनीहरू आएर बुझ्नुहोस्! बाबाको महिमा त पहिला बताउनुपर्छ। शिवबाबाको महिमाको एउटा बोर्ड हुनुपर्छ। पतितपावन ज्ञानको सागर, पवित्रता, सुख-शान्तिको सागर, सम्पत्तिको सागर, सबैको सद्गतिदाता, जगतपिता, जगतशिक्षक, जगतगुरु शिवबाबाबाट आएर आफ्नो सूर्यवंशी, चन्द्रवंशी वर्सा लेऊ। अनि मानिसहरूलाई बाबाको विषयमा थाहा हुन्छ। बाबाको र श्रीकृष्णको महिमा भिन्नाभिन्नै छ। यो तिमी बच्चाहरूको बुद्धिमा बसेको छ। जुन सेवाधारी बच्चाहरू छन् उनीहरू सारा दिन दौडादौड गरिरहन्छन्। आफ्नो लौकिक सेवा भएर पनि छुट्टी लिएर सेवामा लाग्छन्। यो हो नै ईश्वरीय सरकार। खास गरी बच्चीहरू यदि यस्तो सेवामा लागे भने धेरै नाम निकाल्न सक्छन्। सेवाधारी बच्चाहरूको पालना त राम्रोसँग भइ नै रहन्छ, किनकि शिवबाबाको भण्डारा भरपुर छ। जिस भण्डारे से खाया वह भण्डारा भरपूर, काल कंटक दूर।

तिमी हौ शिववंशी। उहाँ रचयिता हुनुहुन्छ, यो रचना हो। बबुल नाम धेरै मीठो छ। शिव साजन पनि त हुनुहुन्छ नि। शिवबाबाको महिमा नै भिन्नै छ। निराकार शब्द लेखेमा सम्झन्छन्, उहाँको कुनै आकार छैन। शिवबाबा परमप्रिय हुनुहुन्छ– परमप्रिय त लेख्नु नै छ। यस समयमा लडाइँको मैदान उनीहरूको पनि हो भने तिम्रो पनि हो। शिवशक्तिहरूलाई अहिंसक भनेर गायन गरिन्छ। तर चित्रहरूमा देवीहरूलाई पनि हतियार लिएको देखाएर हिंसा देखाइदिएका छन्। वास्तवमा तिमीले योग अथवा यादको बलबाट विश्वको बादसाही लिन्छौ। हतियारहरू आदिको कुरा नै छैन। गङ्गाको प्रभाव धेरै छ। धेरैलाई साक्षात्कार पनि हुन्छ। भक्तिमार्गमा सम्झन्छन्, गङ्गा जल मिल्यो भने उद्धार हुन्छ, त्यसैले गुप्त गङ्गा भनिरहन्छन्। भन्छन्, बाण हानियो अनि गङ्गा निस्किन्। गाईको मुखबाट पनि गङ्गा निस्केको देखाउँछन्। तिमीले सोध्यौ भने भन्छन्, गुप्त गङ्गा निस्किरहेकी छिन्। त्रिवेणीमा पनि सरस्वतीलाई गुप्त देखाएका छन्। मानिसहरूले त धेरै कुराहरू बनाएका छन्। यहाँ त एउटै कुरा छ। केवल अल्फ, बस्। अल्लाह आएर बहिश्त स्थापना गर्नुहुन्छ। खुदाले हेभन स्थापना गर्नुहुन्छ। ईश्वरले स्वर्ग स्थापना गर्नुहुन्छ। वास्तवमा ईश्वर त एक हुनुहुन्छ। यहाँ त आआफ्नो भाषामा भिन्न भिन्न नाम राखिदिएका छन्। तर यो सम्झन्छन्, अल्लाहबाट अवश्य स्वर्गको बादसाही मिल्नेछ। यहाँ बाबाले त भन्नुहुन्छ– मनमनाभव। बाबालाई याद गरेमा वर्सा अवश्य याद आउँछ। रचयिताको रचना हो नै स्वर्ग। यस्तो कहाँ भन्छन् र, रामले नर्क रचना गरे। कसैलाई यो थाहा नै छैन, निराकार रचयिता को हुनुहुन्छ? तिमीलाई थाहा छ, नर्कको रचयिता रावण हो, जसलाई जलाउँछन्। रावण राज्यमा भक्तिमार्गको कलमी कति ठुलो छ। रावणको रूप पनि धेरै भयङ्कर बनाएका छन्। भन्छन् पनि रावण हाम्रो दुस्मन हो। बाबाले अर्थ सम्झाउनुभएको छ– विस्तार ठुलो छ त्यसैले रावणको शरीर पनि ठुलो बनाउँछन्। शिवबाबा त बिन्दी हुनुहुन्छ। तर चित्र ठुलो बनाइदिएका छन्। नत्र बिन्दीको पूजा कसरी हुन्छ। पुजारी त बन्नुछ नि। आत्माको लागि त भन्छन्– भृकुटीको बीचमा चम्कन्छ अजब सितारा। अनि फेरि भन्छन्, आत्मा सो परमात्मा। त्यसोभए फेरि हजार सूर्यभन्दा बढी तेजस्वी कसरी हुनुहुन्छ? आत्माको वर्णन त गर्छन् तर बुझ्दैनन्। यदि परमात्मा हजार सूर्यभन्दा तेजस्वी हुनुहुन्छ भने हरेकमा प्रवेश कसरी गर्नुहुन्छ? कति अयथार्थ कुराहरू छन्, जुन सुनेर के बनेका छन्। भन्छन्– आत्मा सो परमात्मा, त्यसोभए बाबाको रूप पनि त्यस्तै होला नि, तर पूजाको लागि ठुलो बनाएका छन्। कति ठुला ठुला पत्थरका चित्र बनाउँछन्। जसरी गुफामा ठुला ठुला पाण्डव देखाएका छन्, केही पनि जान्दैनन्। यो हो पढाइ। कामधन्दा र पढाइ भिन्नाभिन्नै हुन्। बाबाले पढाउनु पनि हुन्छ अनि कामधन्दा पनि सिकाउनुहुन्छ। बोर्डमा पनि पहिला बाबाको महिमा हुनुपर्छ। बाबाको पूरा महिमा लेख्नुछ। यी कुराहरू तिमी बच्चाहरूको बुद्धिमा पनि नम्बरवार पुरुषार्थ अनुसार आउँछन् त्यसैले महारथी, घोडसवार भनिन्छ। हतियार आदिको कुनै कुरा छैन। बाबाले बुद्धिको ताला खोलिदिनुहुन्छ। यो गोदरेजको ताला कसैले खोल्न सक्दैन। बाबासँग मिल्न आउँदा बाबाले बच्चाहरूलाई सोध्नुहुन्छ– पहिला कहिल्यै मिलेका थियौ? यस ठाउँमा, यस दिनमा कहिल्यै मिलेका थियौ? बच्चाहरूले भन्छन्– हो बाबा, ५ हजार वर्ष पहिला मिलेका थियौँ। अब यी कुराहरू यसरी कसैले सोध्न सक्दैन। कति बुझ्नुपर्ने गुह्य कुराहरू छन्। कति ज्ञानका युक्तिहरू बाबा सम्झाउनुहुन्छ। तर धारणा नम्बरवार हुन्छ। शिवबाबाको महिमा भिन्नै छ, ब्रह्मा-विष्णु-शङ्करको महिमा भिन्नै छ। हरेकको पार्ट भिन्नाभिन्नै छ। एकको मिल्दैन अर्कोसँग। यो अनादि ड्रामा हो। त्यही फेरि रिपिट हुन्छ। अहिले तिम्रो बुद्धिमा बसेको छ, हामी कसरी मूलवतनमा जान्छौँ अनि आउँछौँ पार्ट खेल्नको लागि। सूक्ष्मवतन हुँदै जान्छौँ। आउने बेलामा सूक्ष्मवतन हुँदैन। सूक्ष्मवतनको साक्षात्कार कहिल्यै कसैलाई हुँदैन। सूक्ष्मवतनको साक्षात्कार गर्नको लागि कसैले तपस्या गर्दैनन् किनकि त्यस वतनलाई कसैले चिन्दैनन्। सूक्ष्मवतनको कुनै भक्त कहाँ हुन्छ र। सूक्ष्मवतन अहिले रच्नुहुन्छ, सूक्ष्मवतन हुँदै गएर फेरि नयाँ दुनियाँमा आउनेछौँ। यस समयमा तिमी त्यहाँ आउने जाने गरिरहन्छौ। तिम्रो मगनी भएको छ, यो माइतीघर हो। विष्णुलाई पिता भनिँदैन। त्यो हो पराईघर। कन्या पराईघर जाँदा पुराना कपडाहरू सबै छोडेर जान्छिन्। तिमीले पुरानो दुनियाँलाई नै छोडिदिन्छौ। तिम्रो र उनीहरूको वनवासमा कति फरक छ। तिमी पनि धेरै अनासक्त रहनुपर्छ। देह अभिमान तोड्नुछ। महँगा साडी लगायौ भने तुरून्तै देह अभिमान आउँछ। म आत्मा हुँ, यो भुलिन्छ। यस समयमा तिमी छौ नै वनवासमा। वनवास र वानप्रस्थ एउटै कुरा हो। शरीर नै छोड्नुछ भने साडी छोड्दैनौ र! सस्तो साडी मिल्यो भने दिल नै सानो हुन्छ। यसमा त खुसी हुनुपर्छ– राम्रो भयो जुन सस्तो वस्त्र मिल्यो। राम्रो चिजलाई त सम्हाल्नुपर्छ। यो लगाउने, खाने साना साना कुराहरूले पनि उच्च मञ्जिलमा पुग्नमा बाधा पार्छन्। मञ्जिल धेरै ठुलो छ। कथामा पनि सुनाउँछन् नि, पतिलाई भने– यो लट्ठी पनि छोडिदेऊ। बाबा भन्नुहुन्छ– यो पुरानो कपडा, पुरानो दुनियाँ सबै खलास हुनुछ, त्यसैले यस सारा दुनियाँबाट बुद्धियोग तोड्नुछ, यसलाई बेहदको संन्यास भनिन्छ। संन्यासीहरूले त हदको संन्यास गरेका छन् अब त फेरि उनीहरू भित्र आएका छन्। पहिला त उनीहरूमा धेरै तागत थियो। ओर्लनेहरूको महिमा के हुन सक्छ। नयाँ नयाँ आत्माहरू पनि अन्त्यसम्म आइरहन्छन् पार्ट खेल्न, उनीहरूमा के तागत हुन्छ। तिमीले त पूरै ८४ जन्म लिन्छौ। यी सबै कुरा बुझ्नको लागि कति राम्रो बुद्धि चाहिन्छ। सेवाधारी बच्चाहरू सेवामा उमङ्गित हुन्छन्। ज्ञान सागरका बच्चाहरूले यस्तो भाषण गरून् जसरी बाबा उमङ्गले बोल्नुहुन्छ, यसमा निराश हुनुहुँदैन। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बुद्धिबाट बेहदको संन्यास गर्नुछ। फर्केर घर जानुछ त्यसैले पुरानो दुनियाँ र पुरानो शरीरबाट अनासक्त रहनुछ।

२) ड्रामाको हरेक सिनलाई देखेर सदा हर्षित रहनुछ।

वरदान:–
बापदादालाई आफ्नो साथी सम्झेर डबल फोर्सद्वारा कार्य गर्ने सहजयोगी भव

कुनै पनि कार्य गर्दा बापदादालाई आफ्नो साथी बनायौ भने डबल फोर्सद्वारा कार्य हुनेछ अनि स्मृति पनि धेरै सहज रहनेछ किनकि जो सदा साथ रहन्छन् तिनीहरूको याद स्वतः भइरहन्छ। त्यसैले यस्तो साथी भएमा वा बुद्धिद्वारा निरन्तर सत्यको सङ्ग गरेमा सहजयोगी बन्नेछौ र पावरफुल सङ्ग भएको कारण हरेक कर्तव्यमा तिम्रो डबल फोर्स हुनेछ, जसबाट हरेक कार्यमा सफलताको अनुभूति हुनेछ।

स्लोगन:–
महारथी उही हो जो कहिल्यै मायाको प्रभावमा परवश हुँदैन।

अव्यक्त इसारा:–
महान् बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर।

मधुरता नै ब्राह्मण जीवनको महानता हो। जहाँ मधुरता छ त्यहाँ पवित्रता हुन्छ। पवित्रता बिना मधुरता आउन सक्दैन। जति बुद्धिमा नसा हुन्छ, त्यति नै कर्ममा नम्रता र बोलीमा मधुरता हुन्छ। यस नसामा रहेमा कहिल्यै नोक्सान हुँदैन। सिद्धि पाउनेहरूले, स्वयंलाई नम्रचित्त, निर्मान, हरेक कुरामा आफूलाई गुणग्राहक र मधुरता सम्पन्न बनाउँछन्।