10.06.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– लक्ष्यलाई सदा सामुन्ने राख्यौ भने दैवीगुण आउँदै जान्छ। अब आफ्नो सम्हाल गर्नु छ , आसुरी गुणहरूलाई निकालेर दैवीगुण धारण गर्नु छ।”

प्रश्न:–
आयुष्मान् भवको वरदान मिलेर पनि लामो आयुको लागि कुनचाहिँ मेहनत गर्नुपर्छ?

उत्तर:–
लामो आयुको लागि तमोप्रधानबाट सतोप्रधान बन्ने मेहनत गर्नु छ। जति बाबालाई याद गर्छौ त्यति सतोप्रधान बन्छौ र आयु लामो हुन्छ अनि मृत्युको डर निस्किन्छ। यादबाट दु:ख हटेर जान्छ। तिमी फूल बन्छौ। यादमा नै गुप्त कमाइ छ। यादबाट पाप काटिन्छ। आत्मा हल्का हुन्छ, आयु लामो हुन्छ।

ओम् शान्ति ।
मीठा प्यारा रुहानी बच्चाहरूलाई बाबाले सम्झाइरहनु भएको छ, पढाइ पनि रहनु भएको छ। के सम्झाइरहनु भएको छ? प्यारा बच्चाहरू! तिम्रो आयु लामो हुनुपर्छ किनकि तिम्रो आयु धेरै लामो थियो। १५० वर्षको आयु थियो, लामो आयु कसरी मिल्छ? तमोप्रधानबाट सतोप्रधान बन्नाले। जब तिमी सतोप्रधान थियौ त्यतिबेला तिम्रो आयु धेरै लामो थियो। अहिले तिमी माथि चढिरहेका छौ। जानेका छौ हामी तमोप्रधान बन्यौँ त्यसपछि हाम्रो आयु छोटो भएको थियो। स्वास्थ्य पनि ठीक थिएन। बिल्कुलै रोगी बनेका थियौँ। यो जीवन पुरानो भएको छ त्यसैले नयाँसँग तुलना गरिन्छ। अहिले तिमीलाई थाहा छ– बाबाले हाम्रो आयु लामो बनाउने युक्ति बताउनु हुन्छ। मीठा प्यारा बच्चाहरू, मलाई याद गर्यौ भने तिमी जसरी लामो आयु भएका सतोप्रधान थियौ, स्वस्थ थियौ, त्यसैगरी फेरि त्यस्तै बन्छौ। आयु छोटो भएकाले मर्ने डर हुन्छ। तिमीलाई त सुनिश्चित छ– सत्ययुगमा कहिल्यै यसरी अचानक मृत्यु हुँदैन। बाबालाई याद गरिरह्यौ भने आयु लामो हुन्छ र सबै दु:ख पनि हट्नेछन्। कुनै पनि किसिमको दु:ख हुँदैन, तब तिमीलाई के चाहियो? तिमीले भन्छौ उच्च पद पनि चाहिन्छ। तिमीलाई थाहा थिएन, यस्तो पद पनि प्राप्त हुन सक्छ भनेर। अहिले बाबाले युक्ति बताउनु हुन्छ– यसरी गर। लक्ष्य-उद्देश्य सामुन्ने छ। तिमीले यस्तो पद पाउन सक्छौ। यहाँ नै दैवीगुण धारण गर्नु छ। आफैलाई सोध्नु छ मभित्र कुनै अवगुण त छैन? अवगुण पनि अनेक प्रकारका हुन्छन्। सिगरेट पिउनु, तमोप्रधान चीज खानु– यो अवगुण हो। सबै भन्दा ठुलो अवगुण हो विकारको, यसैलाई खराब चरित्र भनिन्छ। बाबा भन्नुहुन्छ– तिमी विकारी बनेका छौ। अहिले तिमीलाई निर्विकारी बन्ने युक्ति बताउँछु। यसका यी विकारहरूलाई, अवगुणहरूलाई छोडिदिनु पर्छ। कहिल्यै पनि विकारी बन्नु छैन। यो जन्ममा जसले सुधार्छ, त्यो सुधार २१ जन्मसम्म चल्नेछ। सबै भन्दा आवश्यक कुरा हो निर्विकारी बन्नु। जन्म जन्मको जुन बोझ शिरमा चढेको छ, त्यो योगबलबाट उत्रिनेछ। बच्चाहरूले जानेका छौ जन्म जन्म हामी निर्विकारी बनेका हौँ। अहिले बाबासँग हामीले प्रतिज्ञा गरेका छौँ– फेरि कहिल्यै विकारी बन्नेछैनौँ। बाबाले भन्नु भएको छ– यदि पतित बन्यौ भने सय गुणा दण्ड खानु पर्ने छ र फेरि पद पनि भ्रष्ट हुन्छ किनकि निन्दा गराउँछौ नि अर्थात् विकारी मनुष्यतिर गयौ। यसरी धेरै जान्छन् अर्थात् हार खान्छन्। यो विकारी काम गर्नु हुँदैन भनेर पहिला तिमीलाई थाहा थिएन। कुनै कुनै राम्रा बच्चाहरू छन्, भन्छन् हामी ब्रह्मचर्यमा रहन्छौँ। संन्यासीहरूलाई देखेर ठान्छन्, पवित्रता राम्रो हो। पवित्र र अपवित्र, दुनियाँमा अपवित्र त धेरै रहन्छन्। शौचालयमा जानु पनि अपवित्र बन्नु हो। त्यसैले तुरुन्तै स्नान गर्नुपर्छ। अपवित्रता अनेक प्रकारका हुन्छन्। कसैलाई दु:ख दिनु, लडाइँ झगडा गर्नु पनि अपवित्र कर्म हो। बाबा भन्नुहुन्छ– तिमीले त जन्मजन्मान्तर पाप गरेका छौ। अब त्यो सबै बानी हटाउनु छ। अहिले तिमी सच्चा सच्चा महान् आत्मा बन्नु छ। सच्चा सच्चा महान् आत्मा त यी लक्ष्मी-नारायण नै हुन्। अरू कोही त यहाँ बन्न सक्दैनन् किनकि सबै तमोप्रधान छन्। ग्लानि पनि धेरै गर्छन्। उनीहरूलाई मैले के गर्दैछु भन्ने थाहै हुँदैन। एक हुन्छ गुप्त पाप, अर्को प्रत्यक्ष पाप पनि हुन्छ। यो हो नै तमोप्रधान दुनियाँ। बच्चाहरूलाई थाहा छ– बाबाले हामीलाई अहिले समझदार बनाउनु भएको छ, त्यसैले उहाँलाई सबैले याद गर्छन्। सबै भन्दा राम्रो समझ तिमीलाई प्राप्त भएको छ– पावन बन्नु छ, अनि फेरि गुण पनि हुनुपर्यो। देवताहरूको अगाडि जुन तिमीले महिमा गायन गर्दै आएका छौ, अब तिमी त्यस्तै बन्नु छ। बाबा सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! तिमीहरू कति मीठा फूल थियौ फेरि काँडा बनेका छौ। अब बाबालाई याद गर्यौ भने यादबाट तिम्रो आयु लामो हुन्छ। पाप पनि भस्म हुन्छ। शिरको बोझ हल्का हुन्छ। आफ्नो सम्हाल गर्नु छ। आफूभित्र के के अवगुण छन् तिनलाई निकाल्नु छ। जसरी नारदको उदाहरण छ, उनलाई भनियो तिमी लायक छौ? उनले देखे कि निश्चय नै म लायक छैन। बाबाले तिमीलाई उच्च बनाउनु हुन्छ, तिमी बाबाको बच्चा हौ नि। जसरी कसैका पिता महाराजा हुन्छन् भने भन्नेछन् हाम्रो पिता महाराजा हुनुहुन्छ। बाबा धेरै सुखदायक हुनुहुन्छ। जो राम्रो स्वभावका महाराजा हुन्छन्, उनलाई कहिल्यै क्रोध आउँदैन। अहिले त बिस्तारै बिस्तारै सबैका कला उत्रिँदै गएका छन्। सबै अवगुणहरू प्रवेश गर्दै गएका छन्। कला कम हुँदै गएका छन्। तमो हुँदै गएका छन्। मानौँ तमोप्रधानताको पनि अन्त्य हुँदै छ। कति दु:खी भएका छन्। तिमीले कति सहन गर्नुपर्छ। अहिले अविनाशी सर्जनद्वारा तिम्रो उपचार भइरहेको छ। बाबा भन्नुहुन्छ– यी ५ विकारले नै तिमीलाई घरी घरी सताउनेछन्। तिमीले जति बाबाको याद गर्ने पुरुषार्थ गर्नेछौ, त्यति मायाले पनि तिमीलाई तल गिराउने कोसिस गर्छ। तिम्रो अवस्था यस्तो बलियो हुनुपर्छ जसबाट मायाको तुफानले हल्लाउन नसकोस्। रावण अरू कुनै चीज होइन वा कुनै मनुष्य होइन। ५ विकाररूपी रावणलाई नै माया भनिन्छ। आसुरी रावण सम्प्रदायले तिमीलाई पहिचान नै गर्दैन– आखिर यी को हुन्? यी बी.के. ले के सम्झाउँछन्? वास्तवमा कसैले जान्दैनन्। यिनीहरू किन बी.के. कहलाउँछन्? ब्रह्मा कसका सन्तान हुन्? अहिले तिमी बच्चाहरूले जान्दछौ– हामीलाई फर्केर घर जानु छ। यो कुरा बाबा बसेर तिमी बच्चाहरूलाई शिक्षा दिनुहुन्छ। आयुष्मान् भव, धनवान् भव... तिम्रा सबै मनोकामनाहरू पूरा गर्नुहुन्छ, वरदान दिनुहुन्छ। तर केवल वरदानबाट कुनै काम हुँदैन। मेहनत गर्नुपर्छ। सबै कुरा बुझ्नुपर्छ। आफूलाई राजतिलक पाउने अधिकारी बनाउनु छ। बाबाले अधिकारी बनाउनु हुन्छ। तिमी बच्चाहरूलाई यसरी गर भनी शिक्षा दिनुहुन्छ। पहिलो नम्बरको शिक्षा दिनुहुन्छ– म एकलाई याद गर। मनुष्यले याद गर्दैनन् किनकि उनीहरूले जान्दै जान्दैनन् त्यसैले याद पनि गलत हुन्छ। भन्छन्– ईश्वर सर्वव्यापी हुनुहुन्छ। अनि शिव बाबालाई कसरी याद गर्लान्! शिवको मन्दिरमा गएर पूजा गर्छन्, तिमीले सोध, उहाँको काम बताउनुहोस्? अनि भन्ने छन् भगवान सर्वव्यापी हुनुहुन्छ। पूजा गर्छन्, उहाँसँग दया माग्छन्, माग्दा माग्दै फेरि कसैले सोध्छन् परमात्मा कहाँ हुनुहुन्छ? अनि भन्छन् सर्वव्यापी हुनुहुन्छ। चित्रका सामुन्ने केही गर्छन् र फेरि चित्रका सम्मुख नभएपछि कला काया नै समाप्त हुन्छ। भक्तिमा कति धेरै भुल गर्छन्। अझै पनि भक्तिसँग कति प्यार छ। श्रीकृष्णको लागि कति निर्जल आदि बस्छन्। यहाँ तिमीले पढिरहेका छौ र ती भक्तहरूले के के गर्छन्। तिमीलाई अहिले हाँसो उठ्छ। ड्रामा अनुसार भक्ति गर्दा गर्दै कदम तल उत्रिन्छ। माथि त कोही चढ्न सक्दैन।

अहिले यो हो पुरुषोत्तम सङ्गमयुग, जसको बारेमा कसैलाई थाहा छैन। अहिले तिमीले पुरुषोत्तम बन्नको लागि पुरुषार्थ गर्छौ। शिक्षक विद्यार्थीका सेवक हुन्छन्, विद्यार्थीको सेवा गर्छन्। सरकार पनि सेवक हो। बाबाले पनि भन्नुहुन्छ– मैले सेवा गर्छु, तिमीहरूलाई पढाउँछु पनि। उहाँ सबै आत्माहरूको पिता हुनुहुन्छ। शिक्षक पनि बन्नुहुन्छ। सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान पनि सुनाउनु हुन्छ। यो ज्ञान अरू कुनै मनुष्यमा हुन सक्दैन। कसैले सिकाउन सक्दैन। हामी यस्ता बनौँ भनी तिमीले नै पुरुषार्थ गर्छौ। दुनियाँमा मनुष्य कति तमोप्रधान बुद्धिका छन्। दुनियाँ धेरै भयानक छ। मनुष्यले जे गर्न नहुने हो त्यही गर्छन्। कति रक्तपात, डकैती आदि गर्छन्। के गर्दैनन्! १०० प्रतिशत तमोप्रधान छन्। अहिले तिमी १०० प्रतिशत सतोप्रधान बनिरहेका छौ। त्यसको लागि युक्ति बताइएको छ यादको यात्रा। यादबाटै विकर्म विनाश हुन्छ, बाबासँग गएर मिलन मनाउनेछन्। भगवान बाबा कसरी आउनु हुन्छ– यो पनि तिमीले अहिले जान्दछौ। बाबा यो रथमा आउनु भएको छ। ब्रह्माको माध्यमबाट ज्ञान सुनाउनु हुन्छ। जुन तिमीले धारण गरेर अरूलाई सुनाउँछौ त्यसैले दिल हुन्छ प्रत्यक्ष सुनौँ। बाबाको परिवारमा जाऊँ। यहाँ बाबा पनि हुनुहुन्छ, माता पनि हुनुहुन्छ, बच्चाहरू पनि छन्। परिवारमा आउँछन्। त्यो त दुनियाँ नै आसुरी हो। अनि आसुरी परिवारबाट तिमी दिक्क हुन्छौ। त्यसैले कामधन्दा आदि छोडेर बाबासँग रिफ्रेस हुन आउँछौ। यहाँ रहन्छन् नै ब्राह्मण। त्यसैले यस परिवारमा आएर बस्छौ। घरमा गयौ भने फेरि यस्तो परिवार हुँदैन। त्यहाँ त देहधारी हुन्छन्, त्यो घरधन्दाबाट निस्केर तिमी यहाँ आउँछौ। अब बाबा भन्नुहुन्छ– देहको सम्बन्धलाई छोडिदेऊ। सुगन्धित फूल बन्नु छ। फूलमा सुगन्ध हुन्छ। सबैले लिएर सुँघ्छन्। आँकको फूललाई टिप्दैनन्। अब फूल बन्नको लागि पुरुषार्थ गर्नु छ। त्यसैले बाबाले पनि यस्तो बन्नु छ भनी फूल लिएर आउनु हुन्छ। घर गृहस्थमा रहँदा रहँदै एक बाबालाई याद गर्नु छ। तिमीले जानेका छौ– यी देहका सम्बन्धी त समाप्त हुन्छन्। तिमीले यहाँ गुप्त कमाइ गरिरहेका छौ। तिमीले यो शरीरलाई छोड्नु छ, कमाइ गरेर धेरै खुसीसँग हर्षितमुख भएर शरीर छोड्नु छ। घुम्दा फिर्दा पनि बाबाको यादमा रह्यौ भने तिमीलाई कहिल्यै थकाइ लाग्दैन। बाबाको यादमा अशरीरी भएर जतिसुकै चक्कर लगाऊ, यहाँबाट तल आबूरोडसम्म जाऊ तैपनि थकाइ लाग्दैन। पाप काटिन्छ। हल्का हुनेछौ। तिमी बच्चाहरूलाई कति फाइदा हुन्छ, यो कुरा अरू कसैले पनि जान्नै सक्दैन। सारा दुनियाँका मनुष्यहरूले पुकार्छन्– पतित-पावन आएर पावन बनाउनुहोस्। फेरि उनीहरूलाई महात्मा कसरी भनिन्छ। पतितसँग फेरि शिर कहाँ झुकाउँछन् र! शिर पावनका अगाडि झुकाउँछन्। कन्याको उदाहरण– जब विकारी बन्छिन् अनि सबैका अगाडि शिर झुकाउँछिन् र फेरि पुकार्छिन्– हे पतित-पावन आउनुहोस्। अरे, पतित भयौ नै किन, जसले गर्दा पुकार्नु पर्छ। सबैको शरीर त विकारबाटै पैदा भएको हो नि, किनकि रावण राज्य हो। अहिले तिमी रावणबाट निस्केर आएका छौ। यसलाई भनिन्छ– पुरुषोत्तम सङ्गमयुग। अहिले तिमीले रामराज्यमा जानको लागि पुरुषार्थ गरिरहेका छौ। सत्ययुग हो रामराज्य। केवल त्रेतामा रामराज्य भन्ने हो भने फेरि सूर्यवंशी लक्ष्मी-नारायणको राज्य कहाँ गयो? त्यसैले यो सबै ज्ञान तिमी बच्चालाई अहिले प्राप्त भइरहेको छ। नयाँ नयाँ पनि आउँछन् जसलाई तिमीले ज्ञान दिन्छौ। लायक बनाउँछौ। कसैको सङ्ग यस्तो मिल्छ जसबाट फेरि लायकबाट नालायक बन्छन्। बाबाले पावन बनाउनु हुन्छ। त्यसैले अब पतित बन्ने नै होइन। अहिले बाबा आउनु भएको छ– पावन बनाउन। माया यस्तो जबरजस्त छ जसले पतित बनाइदिन्छ, हराइदिन्छ। भन्छन्– बाबा रक्षा गर्नुहोस्। लडाइँका मैदानमा धेरै मर्छन्, फेरि कहाँ रक्षा गरिन्छ र! यो मायाको गोली त बन्दुकको गोली भन्दा पनि कडा हुन्छ। कामको चोट खायो अर्थात् माथिबाट गिर्यो। सत्ययुगमा सबै पवित्र गृहस्थ धर्मका हुन्छन् जसलाई देवता भनिन्छ। अहिले तिमीलाई थाहा छ– बाबा कसरी आउनु भएको छ, कहाँ रहनुहुन्छ, कसरी आएर राजयोग सिकाउनु हुन्छ। देखाउँछन् अर्जुनको रथमा बसेर ज्ञान दिनुहुन्छ। फेरि उहाँलाई सर्वव्यापी किन भन्छौ? बाबा जसले स्वर्गको स्थापना गर्नुहुन्छ उहाँलाई बिर्सिएका छन्। अहिले उहाँले स्वयं आफ्नो परिचय दिनुहुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) महान् आत्मा बन्नको लागि अपवित्रताको जुन फोहोरी स्वभाव छ त्यसलाई मेटाऊ। दु:ख दिनु, लडाइँ झगडा गर्नु.... यी सबै अपवित्र कर्म हुन् जुन तिमीले गर्नु हुँदैन। आफूले आफैलाई राजतिलक दिने अधिकारी बनाउनु छ।

२) बुद्धिलाई घरधन्दा, देहधारीहरूबाट निकालेर सुगन्धित फूल बन्नु छ। गुप्त कमाइ जम्मा गर्नको लागि हिंड्दा डुल्दा अशरीरी रहने अभ्यास गर्नु छ।

वरदान:–
आफ्नो शुभचिन्तनको शक्तिद्वारा आत्माहरूलाई चिन्तामुक्त बनाउने शुभचिन्तक मणि भव

आजको विश्वमा सबै आत्माहरू चिन्तामणि छन्। ती चिन्तामणिहरूलाई तिमी शुभचिन्तक मणिहरूले आफ्नो शुभचिन्तनको शक्तिद्वारा परिवर्तन गर्न सक्छौ। जसरी सूर्यका किरणले टाढा टाढासम्म अन्धकारलाई मेटाउँछ त्यसैगरी तिमी शुभचिन्तक मणिहरूको शुभ सङ्कल्प रूपी चमक वा किरणहरू विश्वको चारैतर्फ फैलिरहेको छ। त्यसैले कुनै आध्यात्मिक प्रकाशले गुप्त रूपमा आफ्नो कार्य गरिरहेको छ भन्ने सम्झन्छन्। यो प्रेरणा अहिले सुरु भएको छ, अन्त्यमा खोज्दा खोज्दै सही स्थानमा आइपुग्ने छन्।

स्लोगन:–
बापदादाको निर्देशनलाई क्लीयरसँग ग्रहण गर्नको लागि मन बुद्धिको लाइन क्लीयर राख।