10.07.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– अब
सतोप्रधान बनेर घर जानु छ , त्यसैले आफूलाई आत्मा सम्झेर निरन्तर बाबालाई याद गर्ने
अभ्यास गर , सदा उन्नतिको ख्याल राख।”
प्रश्न:–
पढाइमा
दिनप्रतिदिन अगाडि बढिरहेका छौ वा पछि हटिरहेका छौ, त्यसको लक्षण के हो?
उत्तर:–
यदि पढाइमा
अगाडि बढिरहेका छौ भने हल्कापनको अनुभव हुन्छ। बुद्धिमा हुन्छ यो शरीर त फोहोरी हो,
यसलाई छोड्नु छ, हामी त अब घर जानु छ। दैवीगुण धारण गर्दै जान्छौ। यदि पछि हटिरहेका
छौ भने चालचलनमा आसुरी अवगुण देखिन्छ। हिँड्दा डुल्दा बाबाको याद हुँदैन। उसले फूल
बनेर सबैलाई सुख दिन सक्दैन। यस्ता बच्चाहरूलाई पछि गएर साक्षात्कार हुन्छ अनि धेरै
सजाय खानु पर्ने हुन्छ।
ओम् शान्ति ।
बुद्धिमा यो
ख्याल रहोस्– हामी सतोप्रधान अवस्थामा आएका थियौं। रुहानी बाबाले रुहानी
बच्चाहरूलाई सम्झाउनु हुन्छ यहाँ सबै बसेका छन्, कोही देह अभिमानी छन् र कोही
देहीअभिमानी पनि होलान्। कोही सेकेण्डमा देह अभिमानी र सेकेण्डमा देहीअभिमानी
भइरहन्छन्। यस्तो त कसैले भन्न सक्दैन– म सारा समय देहीअभिमानी भएर बसेको छु। होइन,
बाबा सम्झाउनु हुन्छ कुनै समयमा देहीअभिमानी, कुनै समयमा देह अभिमानमा हुन्छन्। अब
बच्चाहरूले यो त जानेका छौ– हामी आत्माहरूले यो शरीरलाई छोडेर आफ्नो घर जान्छौं।
धेरै खुसीसँग जानु छ। सारा दिन चिन्तन नै यही गरिरहन्छन्– हामी शान्तिधाममा जाऔँ
किनकि बाबाले मार्ग त बताउनु भएको छ। अरू मानिसहरू कहिल्यै यस्तो विचारसँग बस्दैनन्
होला। यो शिक्षा कसैलाई मिल्दै मिल्दैन। ख्याल पनि हुँदैन होला। तिमीले जानेका छौ
यो दु:खधाम हो। अहिले बाबाले सुखधाममा जाने मार्ग बताउनु भएको छ। जति बाबालाई याद
गर्छौ त्यति सम्पूर्ण बनेर यथायोग्य शान्तिधाममा जान्छौ, त्यसैलाई नै मुक्ति भनिन्छ,
जसको लागि नै मनुष्यहरूले गुरु बनाउँछन्। तर मानिसहरूलाई बिल्कुलै थाहा छैन– मुक्ति
जीवनमुक्ति के चिज हो किनकि यो हो नयाँ कुरा। तिमी बच्चाहरूले नै जान्दछौ– अब हामी
घर जानु छ। बाबा भन्नुहुन्छ– यादको यात्राबाट पवित्र बन। तिमीहरू सबै भन्दा पहिला
जब श्रेष्ठाचारी दुनियाँमा आयौ त्यतिबेला सतोप्रधान थियौ। आत्मा सतोप्रधान थियो। अरू
कसैसँगको सम्बन्ध पनि पछि हुन्छ। जब गर्भमा जान्छ तब सम्बन्धमा आउने छ। तिमीले
जानेका छौ– अहिलेको यो हाम्रो अन्तिम जन्म हो। हामी फर्केर घर जानु छ। पवित्र नबनी
हामी जान सक्दैनौं। मनमनै यस्ता कुरा गर्नुपर्छ किनकि बाबाको आदेश छ– उठ्दा-बस्दा,
हिंड्दा-डुल्दा बुद्धिमा यही ख्याल रहोस् कि हामी सतोप्रधान आएका थियौं, अब
सतोप्रधान बनेर घर जानु छ। बाबाको यादबाट सतोप्रधान बन्नु छ किनकि बाबा नै
पतित-पावन हुनुहुन्छ। हामी बच्चाहरूलाई युक्ति बताउनु हुन्छ– तिमी यसरी पावन बन्न
सक्छौ। सारा सृष्टिको आदि, मध्य, अन्त्यको बारेमा त बाबाले नै जान्नुहुन्छ, त्यस्तो
अरू कुनै अथोरिटी छँदै छैन। बाबा नै मनुष्य सृष्टिका बीजरूप हुनुहुन्छ। भक्ति
कहाँसम्म चल्छ त्यो पनि बाबाले बुझाउनु भएको छ। यति समय ज्ञानमार्ग, यति समय भक्ति।
यो सारा ज्ञान मनमा फुर्नुपर्छ। जसरी बाबाको आत्मामा ज्ञान छ, तिम्रो आत्मामा पनि
ज्ञान छ। शरीरद्वारा सुनेर सुनाउनु छ। शरीर बिना त आत्मा बोल्न सक्दैन, यसमा प्रेरणा
वा आकाशवाणीको कुरा हुँदैन। भगवानुवाच हुन अवश्य मुख पनि चाहियो, रथ पनि चाहियो। गधा
घोडाको त रथ चाहिँदैन। तिमीले पनि पहिला सम्झन्थ्यौ– कलियुग अझै ४० हजार वर्ष चल्छ।
अज्ञान निद्रामा सुतेका थियौ, अहिले बाबाले जगाउनु भएको छ। तिमी पनि अज्ञानमा थियौ।
अहिले ज्ञान मिलेको छ। अज्ञान भनिन्छ भक्तिलाई।
अब तिमी बच्चाहरूले
यो ख्याल गर्नुपर्छ– हामीले आफ्नो उन्नति कसरी गरौं, उच्च पद कसरी प्राप्त गरौं?
आफ्नो घर गएर फेरि नयाँ राजधानीमा आएर उच्च पद पाउन सकियोस्। त्यसको लागि हो यादको
यात्रा। आफूलाई आत्मा त अवश्य पनि सम्झनु छ। हामी सबै आत्माका पिता परमात्मा
हुनुहुन्छ। यो त धेरै साधारण कुरा हो। तर मानिसहरूले यति साधारण कुरा पनि बुझ्दैनन्।
तिमीले सम्झाउन सक्छौ– यो हो रावण राज्य, त्यसैले तपाईहरूको बुद्धि भ्रष्टाचारी
बनेको छ। मनुष्यहरूले सम्झन्छन्– जो विकारमा जाँदैनन् ती पावन हुन्। जस्तै संन्यासी
छन्। बाबा भन्नुहुन्छ– तिनीहरू त अल्पकालको लागि पावन बन्छन्। दुनियाँ त फेरि पनि
पतित छ नि। पावन दुनियाँ हो नै सत्ययुग। पतित दुनियाँ सत्ययुगमा जस्तो पावन कोही पनि
हुन सक्दैन। त्यहाँ त रावण राज्य नै हुँदैन, विकारको कुरै हुँदैन। त्यसैले चक्कर
लगाउँदै घुम्दा-फिर्दा बुद्धिमा यो चिन्तन रहनु पर्छ। बाबामा यो ज्ञान छ नि। बाबा
ज्ञानसागर हुनुहुन्छ, त्यसैले अवश्य पनि ज्ञानले भरिपूर्ण हुनुहुन्छ। तिमीहरू पनि
ज्ञानसागरबाट निस्किएका नदीहरू हौ। उहाँ त सदा सागर नै हुनुहुन्छ, तिमी सदा सागर
होइनौ। तिमी बच्चाहरूले जान्दछौ– हामी त सबै भाइ भाइ हौं। तिमी बच्चाहरूले पढ्छौ,
वास्तवमा नदी आदिको कुरा होइन। नदी नभनेर गङ्गा जमुना आदि भनिदिन्छन्। तिमी अहिले
बेहदमा उपस्थित छौ। हामी सबै आत्माहरू एक बाबाका बच्चा भाइ भाइ हौं। अब हामी फर्केर
जानु छ। जहाँबाट आएर शरीररूपी तख्तमा विराजमान हुन्छौं। आत्मा धेरै सानो छ,
साक्षात्कार भएर मात्र बुझ्न सकिँदैन। आत्मा निस्किदा कहिले भन्छन् शिरबाट निस्कियो,
आँखाबाट, मुखबाट निस्कियो.... मुख खुल्छ। आत्माले शरीर छोडेर गएपछि शरीर जड हुन्छ।
यो ज्ञान हो। विद्यार्थीको बुद्धिमा सारा दिन पढाइ नै रहन्छ। तिमीलाई पनि सारा दिन
पढाइकै ख्याल आउनु पर्छ। असल विद्यार्थीहरूका हातमा सदैव कुनै न कुनै किताब हुन्छ।
पढिरहन्छन्।
बाबा भन्नुहुन्छ–
तिम्रो यो अन्तिम जन्म हो, सारा चक्कर लगाएर अन्त्यमा आएका छौ। त्यसैले बुद्धिमा यही
स्मृति रहनु पर्छ। धारणा गरेर अरूलाई बुझाउनु पर्छ। कसैलाई त धारणा नै हुँदैन।
विद्यालयमा पनि नम्बरवार विद्यार्थी हुन्छन्। पढ्ने विषयहरू पनि धेरै हुन्छन्। यहाँ
त पढाइको विषय एउटै छ। देवता बन्नु छ, पढाइको यही चिन्तन चलिरहन्छ। यस्तो होइन,
पढाइ बिर्सियोस् र अरू किसिमका विचारहरू चलिरहुन्। धन्दावाला छ भने आफ्नो धन्दाको
चिन्तनमा लागिरहन्छ। विद्यार्थीहरू पढाइमा लागिरहन्छन्। तिमी बच्चाहरू पनि आफ्नो
पढाइमा नै लागिरहनु पर्छ।
हिजो अन्तर्राष्ट्रिय
योग सम्मेलनको एउटा निमन्त्रणा पत्र आएको थियो। तिमीले उनीहरूलाई लेख्न सक्छौ–
तपाईहरूको त हठयोग हो। त्यसको लक्ष्य-उद्देश्य के हो? यसबाट के फाइदा हुन्छ? हामीले
त राजयोग सिकिरहेका छौं। परमपिता परमात्मा जो ज्ञानका सागर हुनुहुन्छ, उहाँ रचयिताले
हामीलाई आफ्नो र रचनाको ज्ञान सुनाउनु हुन्छ। अब हामी फर्केर घर जानु छ। मनमनाभव–
यो हो हाम्रो मन्त्र। हामीले बाबालाई र बाबाद्वारा मिल्ने वर्सालाई याद गर्छौं।
तपाईहरूले यो हठयोग आदि गर्दै आउनु भएको छ, यसको लक्ष्य-उद्देश्य के हो? हामीले
आफ्नो विषयमा त बतायौं– हामीले यो सिकिरहेका छौं। तपाईलाई यो हठयोगबाट के मिल्छ?
यस्तो जवाफ संक्षेपमा लेख्नु छ। यस्ता किसिमका निमन्त्रणा त तिमीकहाँ धेरै आउँछन्।
अखिल भारत धार्मिक सम्मेलनको तिमीलाई निमन्त्रणा आयो र तिमीलाई भने– तपाईहरूको
लक्ष्य-उद्देश्य के हो? भन– हामीले यो सिकिरहेका छौं, आफ्नो विषयमा अवश्य पनि बताउनु
पर्छ, किन? यो राजयोग तिमीले सिकिरहेका छौ। भन– हामीले यो पढिरहेका छौं। हामीलाई
पढाउनेवाला भगवान हुनुहुन्छ, हामी सबै भाइ भाइ हौं। हामीले आफूलाई आत्मा सम्झन्छौं।
बेहदका बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म एकलाई याद गर्यौ भने तिम्रो पाप
काटिन्छ। यस्ता किसिमका लिखत धेरै राम्रोसँग छपाएर राखिदेऊ। अनि जहाँ जहाँ सम्मेलन
आदि हुन्छन् त्यहाँ पठाइदेऊ। भन्छन्– यिनले त धेरै राम्रो कुरा सिक्छन्। यो
राजयोगबाट राजाहरूका राजा विश्वको मालिक बन्छन्। हरेक ५ हजार वर्षपछि हामी देवता
बन्छौं अनि मनुष्य बन्छौं। यस्ता किसिमका विचार सागर मन्थन गरेर फस्टक्लास लिखत
बनाउनु पर्छ। उद्देश्य तिमीसँग सोध्न सक्छन्। त्यसैले यो छापिएको छ, हाम्रो लक्ष्य
उद्देश्य यो हो भन। यस्तो लेख्नाले आकर्षण हुन्छ। यसमा कुनै हठयोग वा शास्त्रार्थ
गर्ने कुरा हुँदैन। उनीहरूमा शास्त्रार्थको पनि कति अहङ्कार हुन्छ। उनीहरूले आफूलाई
शास्त्रहरूको अथोरिटी सम्झन्छन्। वास्तवमा उनीहरू त पुजारी हुन्, ज्ञाता त पूज्यलाई
भनिन्छ। पुजारीलाई कहाँ भनिन्छ र। त्यसैले यो स्पष्टसँग लेख्नुपर्छ– हामीले के
सिक्छौं। बी.के.को नाम त प्रख्यात भएको छ।
योग दुई प्रकारका
हुन्छन्– हठयोग र सहज योग। त्यो त कुनै मनुष्यले सिकाउन सक्दैन। राजयोग एक
परमात्माले नै सिकाउनु हुन्छ। अरू यी अनेक प्रकारका योग हुन् मनुष्य मतमा। त्यहाँ
देवताहरूलाई त कसैको मतको आवश्यकता पर्दैन किनकि उनीहरूले वर्सा प्राप्त गरेका
हुन्छन्। तिनी हुन् देवताहरू अर्थात् दैवीगुण भएका, जसमा यस्ता अवगुण हुँदैनन्
जसलाई असुर भनियोस्। देवताहरूको राज्य थियो फेरि त्यो कहाँ गयो? ८४ जन्म कसरी लिए?
सिँढीको विषयमा सम्झाउनु पर्छ। सिँढी धेरै राम्रो छ। जो तिम्रो दिलमा छ त्यो यो
सिँढीमा छ। सारा कुरा पढाइमा आधारित छ। पढाइ हो आम्दानीको स्रोत। यो हो सबै भन्दा
उच्च पढाइ। सबै भन्दा राम्रो। दुनियाँले जान्दैन– सबै भन्दा राम्रो कुनचाहिँ पढाइ
हो भनेर। यस पढाइले मनुष्यबाट देवता डबल ताज बन्छन्। अहिले तिमीले डबल सिरताज बन्ने
पुरुषार्थ गरिरहेका छौ। पढाइ एउटै छ फेरि कोही के बन्छन्, कोही के! अचम्म छ, एउटै
पढाइबाट राजधानी स्थापना हुन्छ, राजा पनि बन्छन् अनि रङ्क पनि बन्छन्। तर त्यहाँ
दु:खको कुरा हुँदैन। पदको कुरा त हुन्छ नै। यहाँ अनेक प्रकारको दु:ख छ। अनिकाल,
बिमारी, अन्न आदिको अभाव, बाढी-पैरो आइरहन्छ। लखपति, करोडपति नै भए पनि जन्म त
विकारबाटै हुन्छ नि। धक्का खायो, लामखुट्टेले टोक्यो, यो सबै दु:ख हो नि। नामै छ
रौरव नर्क। अझै पनि भनिरहन्छन् फलाना स्वर्गवासी भयो। अरे, स्वर्ग त आउनेवाला छ फेरि
स्वर्ग गए कसरी? जसलाई पनि सम्झाउन त धेरै सजिलो छ। अहिले बाबाले निबन्ध दिनु भएको
छ, लेख्ने बच्चाहरूको काम हो। धारणा भयो भने त लेख्छन्। मुख्य कुरा बच्चाहरूलाई
सम्झाइन्छ आफूलाई आत्मा सम्झ, अब फर्केर जानु छ। हामी सतोप्रधान थियौं, त्यतिबेला
खुसीको सीमा थिएन। अहिले तमोप्रधान बनेका छौं। कति सहज छ। प्वइन्ट त बाबाले धेरै
सुनाइरहनु हुन्छ, त्यसैले राम्रोसँग बसेर बुझाउनु छ। मानेनन् भने यो हाम्रो कुलको
रहेनछ भन्ने बुझ्नुपर्छ। पढाइमा दिनप्रतिदिन अगाडि बढ्नु छ। पछि कहाँ हट्नु छ र।
दैवी गुणको सट्टा आसुरी अवगुण धारण गर्नु– यो त पछाडि हट्नु जस्तै भयो नि। बाबा
भन्नुहुन्छ– विकारलाई छोड्दै जाऊ, दैवीगुण धारण गर। धेरै हल्का रहनु छ। यो शरीर छि:
छि: छ, यसलाई छोड्नु छ। हामी त अब जानु छ घर। बाबालाई याद नगर्ने हो भने फूल बनिदैन।
धेरै सजाय खानु पर्नेछ। पछि गएर तिमीलाई साक्षात्कार हुन्छ। सोध्छन्, तिमीले के सेवा
गरेका छौ? तिमी कहिल्यै अदालतमा गएका छैनौ। बाबाले सबै कुरा देखेका छन्, कसरी
यिनीहरूले चोरलाई समात्छन्, फेरि मुद्दा चल्छ। त्यस्तै त्यहाँ पनि तिमीलाई सबै
साक्षात्कार गराउनु हुन्छ। सजाय खाएर फेरि पाइ पैसाको पद पाउने छन्। शिक्षकलाई त दया
आउँछ नि। यो फेल हुन्छ। यो बाबालाई याद गर्ने विषय सबै भन्दा राम्रो हो, जसबाट पाप
काटिन्छ। बाबाले हामीलाई पढाउनु हुन्छ। यही स्मरण गरेर चक्कर लगाइरहनु पर्छ।
विद्यार्थीले शिक्षकलाई याद पनि गर्छन् अनि बुद्धिमा पढाइ याद हुन्छ। शिक्षकसँग योग
त हुन्छ नै। यो बुद्धिमा रहनु पर्छ– हामी सबै भाइहरूका शिक्षक एक हुनुहुन्छ, उहाँ
हुनुहुन्छ परम शिक्षक। पछि गएर धेरैलाई थाहा हुन्छ– अहो प्रभु! तिम्रो लीला... महिमा
गरेर मर्नेछन् तर पाउन त केही पनि सक्दैनन्। देह अभिमानमा आएपछि नै उल्टो काम गर्छन्।
देहीअभिमानी भएमा राम्रो काम गर्नेछन्। बाबा भन्नुहुन्छ– अहिले तिम्रो वानप्रस्थ
अवस्था हो। फर्केर जानै पर्छ। हिसाबकिताब चुक्ता गरेर सबैलाई जानुपर्छ। चाहे पनि
नचाहे पनि जान अवश्य पर्छ। एक दिन यस्तो पनि आउने छ जहाँ दुनियाँ सबैजसो खाली हुन्छ।
केवल भारतखण्ड मात्र रहन्छ। आधा कल्प केवल भारतवर्ष मात्र हुन्छ। त्यसैले दुनियाँमा
कति खाली होला। यस्तो ख्याल तिमी बाहेक अरू कसैको बुद्धिमा आउँदैन। त्यहाँ तिम्रो
कोही दुस्मन हुनु छैन। दुस्मन हुन्छन् नै किन? धनको लागि। भारतमा यति मुसलमान र
अंग्रेज किन आए? पैसा देखेर। पैसा धेरै थियो, अहिले छैन, त्यसैले अहिले कोही छैनन्।
पैसा लिएर गए। अरूले यो जानेका छैनन्। बाबा भन्नुहुन्छ– पैसा त तिमीले आफै समाप्त
गरिदियौ, ड्रामा योजना अनुसार। तिमीलाई निश्चय छ हामी बेहदका बाबाका पासमा आएका
छौं। यो ईश्वरीय परिवार हो, यो कसैको पनि ख्यालमा छैन। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) हिंड्दा डुल्दा बुद्धिमा पढाइको चिन्तन गर्नु छ। कुनै पनि कार्य गर्दा बुद्धिमा
सदा ज्ञानकै स्मृति भइरहोस्। यो सबै भन्दा राम्रो पढाइ हो, जसलाई पढेर डबल ताजधारी
बन्नु छ।
२) हामी आत्माहरू भाइ
भाइ हौं– यो अभ्यास गर्नु छ। देह अभिमानमा आउनाले उल्टो काम हुन्छ, त्यसैले जति हुन
सक्छ देहीअभिमानी रहनु छ।
वरदान:–
सत्यताको
शक्तिद्वारा सदा खुसीमा नाच्ने शक्तिशाली , महान् आत्मा भव
भन्ने गरिन्छ– जो
सच्चा हुन्छ ऊ भित्रबाट नाचिरहन्छ (सच तो बिठो नच)। सच्चा अर्थात् सत्यताको
शक्तिवाला सधैं नाचिरहन्छ, कहिल्यै निन्याउरो हुँदैन, दुविधामा पर्दैन, डराउदैन,
कमजोर हुँदैन। ऊ खुसीमा सधैँ नाचिरहन्छ। शक्तिशाली हुन्छ। उसमा सामना गर्ने शक्ति
हुन्छ, सत्यता कहिल्यै डगमग हुँदैन, अचल हुन्छ। सत्यको डुङ्गा हल्लिन्छ तर डुब्दैन।
त्यसैले सत्यताको शक्तिलाई धारण गर्ने आत्मा नै महान् हो।
स्लोगन:–
व्यस्त
मन-बुद्धिलाई सेकेन्डमा स्थिर गर्नु (स्टप गर्नु) नै सर्वश्रेष्ठ अभ्यास हो।