10.07.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– बाबा आउनुभएको छ तिमी बच्चाहरूको झोली अविनाशी ज्ञान रत्नहरूले भर्न, यो एक एक ज्ञान रत्न लाखौँ रुपैयाँको छ।”

प्रश्न:–
गुप्त दानको यति धेरै महत्त्व किन छ?

उत्तर:–
किनकि बाबाले तिमीलाई अहिले गुप्त ज्ञान रत्नहरूको दान दिनुहुन्छ, यसलाई दुनियाँले जान्दैन, फेरि तिमी बच्चाहरूले यी ज्ञान रत्नहरूको दान गरेर विश्वको राज्य भाग्य लिन्छौ। त्यो पनि गुप्त छ, न कुनै लडाइँ, न कुनै बारुद आदि, न कुनै खर्च। गुप्त रीतिले बाबाले तिमीलाई राज्य भाग्य दानमा दिनुभएको थियो, त्यसैले गुप्त दानको धेरै महत्त्व छ।

ओम् शान्ति ।
डबल ओम् शान्ति। ओम् शान्ति एक शिवबाबाले भन्नुहुन्छ, अर्का ब्रह्मादादाले भन्नुहुन्छ। दुवैको स्वधर्म शान्ति हो। दुवै शान्तिधाममा रहनुहुन्छ। तिमी बच्चाहरू पनि शान्तिधाममा रहन्छौ। निराकार देशमा रहनेहरू आएका छौ साकारी देशमा पार्ट खेल्न किनकि यो ड्रामा हो नि! तिमी बच्चाहरूको बुद्धिमा ड्रामाको आदि-मध्य-अन्त्यको माथिदेखि तलसम्मको ज्ञान बुद्धिमा भरिएको छ। उच्चभन्दा उच्च, सर्वोच्च भगवान, उहाँको साथमा बच्चाहरू हुन्छन्। यी कुराहरूलाई राम्रोसँग बुझ। तिमीहरू बाहेक यो ज्ञान अरू कसैमा छैन। तिमीले पढ्छौ– ईश्वरीय विद्यालयमा। भगवानुवाच, भगवान त एक मात्र हुनुहुन्छ। कुनै १०-२० भगवान छैनन्। जति पनि सबै धर्मका मानिसहरू छन्, तिनीहरूका जति पनि आत्मा छन्, सबैका एक मात्र पिता हुनुहुन्छ शिवबाबा। फेरि बाबाले सृष्टि रच्नुहुन्छ अनि भनिन्छ प्रजापिता ब्रह्मा। शिवलाई प्रजापिता भनिँदैन। प्रजा त जन्ममरणमा आउँछन्। आत्मा संस्कारको आधारमा जन्ममरणमा आउँछ। फेरि हुनुपर्छ प्रजापिता ब्रह्मा। गायन गरिएको छ– परमपिता परमात्माले प्रजापिता ब्रह्माद्वारा रचना रच्नुहुन्छ। पतितपावन आउनुहोस्! भनेर उहाँ बाबालाई नै बोलाइन्छ। दुनियाँ पतित बनेपछि त्यसको अन्त्य हुन्छ, अनि मात्र बाबा आउनुहुन्छ पतितबाट पावन बनाउन। अहिले तिमीले जानेका छौ– बाबा पनि एकपटक आउनुहुन्छ त्यसपछि कहिल्यै आउनुहुन्न। अहिले तिमीलाई सारा ज्ञान मिलेको छ। तिमी ड्रामाका कलाकार हौ नि। ड्रामाका कलाकारहरूलाई सबै कलाकारहरूको के के पार्ट छ त्यो अभिनय अवश्य थाहा हुनुपर्छ, त्यो दुनियाँमा हुन्छ सानो हदको पार्ट (ड्रामा), त्यसको विषयमा त सबैलाई थाहा हुन्छ। तिमीले पनि त्यस्तो ड्रामा हेरेर आउँछौ। चाह्यौ भने के के देख्यौ लेख्न पनि सक्छौ, याद गर्न सक्छौ। त्यो नाटक छोटो हुन्छ। यो त धेरै लामो बेहदको ड्रामा हो, जसलाई तिमीले सत्ययुगदेखि लिएर कलियुगको अन्त्यसम्म जानेका छौ। अहिले तिमी बच्चाहरूलाई थाहा छ, हामीलाई बेहदको बाबाबाट बेहदको वर्सा मिल्छ। फेरि हदको पिताबाट हदको वर्सा, हदको सम्पत्ति मिल्छ। बाबाले सम्झाउनुभएको थियो, जो राजाहरू बन्छन् उनीहरूले दानपुण्य आदि गरेका हुनाले अर्को जन्ममा एक जन्मको लागि राजा बन्छन्। यस्तो होइन, उनीहरू अरू जन्ममा पनि राजा बन्छन्! तिमीहरू जो सत्ययुगमा राजा, महाराजाहरू थियौ। यस्तो नसम्झ, कुनै तिम्रो राज्य भाग्य गुम हुन्छ, फेरि भक्तिमार्ग सुरु भएपछि पनि तिमीहरूले बढी दानपुण्य गर्छौ, त्यसैले तिमीहरू पनि राजधानीमा जान्छौ। तर तिमीहरू नै फेरि विकारी राजा बन्छौ। तिमी नै जो पूज्य थियौ, तिमीहरू नै फेरि पुजारी बनेका छौ। तैपनि सुख त हुन्छ। दुःख त केवल अहिले हुन्छ। अहिले तमोप्रधान अवस्थामा पनि तिमीलाई सुख छ, कुनै लडाइँझगडाको कुरा छैन। यो दु:ख त पछि हुन्छ, जुनबेला लाखौँको सङ्ख्यामा हुन्छन् र लडाइँ आदि सुरु हुन्छ। तिमी बच्चाहरूलाई त सत्ययुग, त्रेता, द्वापरमा पनि सुख हुन्छ। तमोप्रधान अवस्था सुरु भएपछि थोरै दुःख हुन्छ। अहिले त छौ नै तमोप्रधान। बाबा सम्झाउनुहुन्छ, यो दुनियाँ नै तमोप्रधान छ। तिमीलाई थाहा छ, यो बेहदको ड्रामा हो, यसबाट कोही पनि छुट्न सक्दैन। मानिसहरू दुःखले हैरान भएर भन्छन्– भगवानले यस्तो खेल किन रच्नुभएको होला! नरचेको भए दुनियाँ नै हुँदैनथ्यो। केही पनि हुने थिएन। रचयिता र रचना त हुन्छन् नि! त्यसको विस्तार पनि छ, सत्ययुगदेखि कलियुगको अन्त्यसम्म बाँकी थोरै दिन छन्। तिमीले पनि यथार्थमा देख्छौ। पहिलेदेखि नै त देखाउनुहुन्न। ५ हजार वर्षको चक्र थोरै बाँकी छ। त्यसको अन्त्य अहिले कहाँ देखाइदिनुहुन्छ र, जुनबेला अन्त्य हुन्छ त्यतिबेला त्यसलाई पनि साक्षी भएर देख्नेछौ। जे हुनुछ, त्यो कल्प पहिला अनुसार हुन्छ। यो त देखेकै छौ, तयारीहरू भइरहेका छन्। विनाश त अवश्य हुन्छ। सबैको तयारी भइरहेको छ। त्यो ड्रामामा पहिलेदेखि नै निश्चित छ। विनाश अवश्य हुन्छ। अब तिमी बच्चाहरूलाई बाबा सम्झाउनुहुन्छ– तिम्रो आत्मा जुन तमोप्रधान बनेको छ, त्यसलाई पनि यहाँ सतोप्रधान बनाउनुछ। यो कुरा तिमीले अहिले बुझेका छौ।

बाबा गुप्त रूपमा आउनुहुन्छ, गुप्त रूपमा नै तिमीलाई ज्ञान दिइरहनुभएको छ। दुनियाँमा यो कुरा अरू कसैले जान्दैनन्। गुप्त रीतिले तिमीले विश्वको राज्य लिन्छौ, कुनै पनि होहल्ला हुँदैन। बिल्कुलै गुप्त दान भनिन्छ नि! बाबा आएर बच्चाहरूलाई अविनाशी ज्ञान रत्नहरूको गुप्त दान दिनुहुन्छ। बाबा पनि कति गुप्त हुनुहुन्छ, बाबालाई कसैले चिन्दैनन्। यी सबै कहाँ जान्छन्, ब्रह्माकुमार-कुमारीहरूले के गर्छन्, केही बुझ्दैनन्। तिमी बच्चाहरूलाई थाहा छ, बाबा कति गुप्त हुनुहुन्छ। तिमी बच्चाहरूलाई गुप्त विश्वको मालिक बनाउनुहुन्छ। न कुनै लडाइँ, न कुनै बारुद, विस्फोटक पदार्थ, न कुनै खर्च। यहाँ त एउटा सानो गाउँ लिनका लागि नै कति झगडा, मारामार चल्छ। त्यसैले बाबा आएर गुप्त दान दिनुहुन्छ। अविनाशी ज्ञान रत्नहरूले तिम्रो झोली भर्नुहुन्छ। भन्छन्– भरिदेऊ झोली, शिव भोला भण्डारी!

तिमी बच्चाहरूलाई थाहा छ, शिवबाबाले अविनाशी ज्ञान रत्नहरूले हाम्रो झोली भरिरहनुभएको छ। ती एक एक रत्न लाखौँ रुपैयाँका छन्। तिमीले कति रत्न दिन्छौ। फेरि तिमी कति दानी बन्छौ। त्यो पनि गुप्त छ। देवताहरूका कति हतियार, हातहरू आदि देखाएका छन्। वास्तवमा त्यो केही पनि होइन। सत्ययुगमा देवताहरूका त्यति हातहरू आदि त हुँदैनन्। कलियुगमा कति अनेक प्रकारका हतियार देखाएका छन्। विनाशको लागि बमहरू हुन्छन् भने फेरि तरबार, बाण आदिले के गर्छन्। तिमीले भन्छौ ज्ञान खड्ग, ज्ञान तरबार, अनि उनीहरूले त्यसैलाई हतियार सम्झेका छन्। यो केही पनि होइन। तिमीलाई त गुप्त दान मिल्छ। तिमीले फेरि सबैलाई गुप्त दान दिन्छौ। तिमीलाई थाहा छ, बाबाले हामीलाई श्रीमत दिइरहनुभएको छ, श्रीमत हुन्छ नै भगवानको। तिमीलाई थाहा छ, हामी आउँछौँ नरबाट नारायण बन्न। ती देवताहरूलाई सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण दैवीगुणधारी भनिन्छ। दैवीगुण केवल ती देवीदेवताहरूमा हुन्छन्, फेरि कलाहरू घट्दै जान्छन्। जसरी सम्पूर्ण चन्द्रमाको राम्रो प्रकाश हुन्छ, फेरि घट्दैजान्छ। कला घट्दा घट्दा एकदम पातलो रेखा बाँकी बच्छ। सबै गुम हुँदैन। रेखा अवश्य हुन्छ जुन अवस्थालाई औँसी भनिन्छ। अब तिम्रो कुरा बेहदको हो। तिमी १६ कला सम्पूर्ण बन्छौ। देखाउँछन्, कृष्णको मुखमा माताहरूले चन्द्रमा देख्छन्। यी साक्षात्कारका कुराहरू हुन्, जसको ज्ञान बाबा बसेर दिनुहुन्छ। अब तिमी सम्पूर्ण बन्नुछ। अहिले तिमीमाथि मायाको सम्पूर्ण ग्रहण लागेको छ। बाँकी गएर रेखा मात्र बच्छ, सिँढी ओर्लंदै आएका छौ। सबैले सिँढी ओर्लनुछ, त्यसपछि मात्र फेरि सबै फर्केर जानुपर्छ। तिमीहरू त अहिले थोरै छौ। बिस्तारै बिस्तारै वृद्धि हुनेछ। पढाइमा धेरै पास हुँदैनन्। तिम्रा सेवा केन्द्रहरू पनि बिस्तारै बिस्तारै वृद्धि हुँदै जान्छन्। समय नजिक आउँदै जान्छ, फेरि सबैले बुझ्नेछन्– यिनीहरूमा के छ, दिनप्रतिदिन वृद्धि भइरहेका छन्। अहिले भन्छन्, हामीले ठानेका थियौँ यिनीहरू कहाँसम्म चल्लान्, खतम हुनेछन्। सुरुमा यसै डरले धेरै भागे। थाहा छैन के होला! न यहाँका, न त्यहाँका हुनेछौँ, यसभन्दा त भाग। भागेर गए, फेरि उनीहरूमध्येबाट आइरहन्छन्। बाबा बसेर कति सहज तरिकाले सम्झाउनुहुन्छ। यी अबलाहरू, अहिल्याहरूलाई कुनै दुःख दिनुहुन्न। यिनीहरूको पनि उद्धार त हुनुछ। भन्छन्, बाबा हामीले त केही पढेलेखेका छैनौँ। बाबा भन्नुहुन्छ– केही पढेका छैनौ भने धेरै राम्रो हो। शास्त्र आदि जति पनि पढेका छौ, त्यो सबै भुल। मैले केही बढी पढाउन्नँ। केवल भन्छु– मलाई याद गर, अनि बादसाही तिम्रो हुन्छ। बस्, तिम्रो बेडा पार हुनेछ। बच्चा पैदा भयो त्यसपछि भन्छ बाबा। बस्, वर्साको हकदार बन्छन्। यहाँ पनि तिमी हकदार बन्छौ। बापदादालाई याद गरेमा राजधानी तिम्रो, त्यसैले गायन गरिएको छ– सेकेन्डमा जीवनमुक्ति। धनवान् मानिसहरूको अन्त्यको पार्ट हुन्छ। पहिला गरिबहरूको पालो हुन्छ। सबै आफै तिम्रो नजिक आउनेछन्। दलितहरूको पनि उद्धार हुनुछ। भिल्लिनीको पनि गायन छ। भन्छन्, रामले भिल्लिनीको बयर खाए। वास्तवमा राम पनि हुनुहुन्न, शिवबाबा पनि हुनुहुन्न। हो, हुन सक्छ यी ब्रह्माले खानुपर्ला। भिल्लिनी आदि आउनेछन्। सम्झ टोली आदि लिएर आए भने कसरी इन्कार गर्न सक्छौ। भिल्लिनी, गणिकाहरूले टोली लिएर आए भने तिमीले पनि खान्छौ। शिवबाबा भन्नुहुन्छ, मैले त खान्नँ, म त अभोक्ता हुँ। सबै तिमी समक्ष आउनेछन्। सरकारले पनि मदत गर्नेछ– यिनीहरूलाई उठाऊ। तिमीलाई पनि स्वत: प्रेरणा हुनेछ। बाबा गरिब निवाज हुनुहुन्छ, त्यसैले हामीले पनि गरिबहरूलाई सम्झाऊँ। भिल्लिनीहरूबाट पनि निस्कनेछन्। यति ठुलो वृक्ष छ, यसमा एउटा पनि देवीदेवता धर्मको रहेको छैन, अरू सबै धर्महरूमा परिवर्तन भएका छन्।

अब बाबा भन्नुहुन्छ, जो भक्तिमार्गका आत्माहरू छन् उनीहरूलाई सम्झाऊ। तिमीले देखिरहेका छौ– कलमी कसरी लाग्छ। ब्राह्मण कसरी बन्छन्। जो सूर्यवंशी, चन्द्रवंशी देवता बन्छन् होला, उनीहरू नै आउँदै जानेछन्। एकपटक सुने भने पनि स्वर्गमा अवश्य आउनेछन्। बाबाले काशी कलवटको पनि उदाहरण सुनाउनुभएको छ। गएर शिवमाथि बलि चढ्थे। उनीहरूलाई पनि केही त मिल्नुपर्छ। तिमी पनि बलि चढ्छौ। पुरुषार्थ गर्छौ राज्य भाग्यको लागि। भक्तिमार्गमा त राज्य भाग्य हुँदैन। फर्केर कोही पनि जान सक्दैनन्। त्यसैले के हुन्छ, उनीहरूलाई जसले पाप गरेका हुन्छन्, त्यसको सजाय भोगेका चुक्ता गरिदिन्छन्। फेरि नयाँ सिराबाट जन्म हुन्छ। नयाँ सिराबाट पाप सुरु हुन्छ। बाँकी रहनु त सबै यहाँ नै छ। नम्बरवनमा तिमी नै हुन्छौ। तिमीले नै ८४ जन्म भोग्छौ। सबैलाई सतो, रजो, तमोमा आउनुपर्छ। बाबा भन्नुहुन्छ, यतिबेला सारा मनुष्य सृष्टिको वृक्ष जीर्ण भएको छ। मानिसहरू त बिल्कुल घोर अन्धकारमा कुम्भकर्णको निद्रामा सुतेका छन्। एउटा होइन, अनेक कुम्भकर्ण छन्। तिमीले जतिसुकै सम्झाऊ, सुन्दै सुन्दैनन्। जसको पार्ट छ, उनीहरूले पुरुषार्थ गर्छन् अनि उनीहरू नै माता-पिताको दिलमा बस्छन्। तख्तनसिन पनि उनीहरू नै बन्छन्। कति बच्चीहरूले सोध्छन्, बाबा हामीले बच्चाहरूलाई हप्काउनुपर्छ। बाबा भन्नुहुन्छ– यो त्यति ठुलो कुरा भएन। तिमीले पुकार्छौ, बाबा हामी पतितहरूलाई पावन बनाइदिनुहोस्! बाबा पनि भन्नुहुन्छ– काम महाशत्रु हो। यस्तो भनिँदैन क्रोध शत्रु हो। माताहरूमा त्यति क्रोध हुँदैन, पुरुषहरू धेरै लडाइँ गर्छन्। अहिले बाबाले तिमी माताहरूलाई अगाडि बढाउनुभएको छ। वन्दे मातरम्। नत्र माताहरूलाई भन्छन्– तिम्रो पति नै गुरु, ईश्वर हुन्। उनको मतमा चल्नुछ। लगनगाँठो बाँधेपछि फेरि तुरुन्तै पतित बन्छन्। यिनै पति ईश्वर मिले उनीहरूलाई! अब रामराज्य स्थापना हुन्छ, बाँकी सबै मर्दै जानेछन्। बाबाले सम्झाउनुभएको छ– विनाशकाले विपरीत बुद्धि। विनाशकाले प्रीत बुद्धि। तिम्रो परमपिता परमात्मासँग प्रीत बुद्धि छ। तिमी आत्माहरूलाई थाहा छ, शिवबाबा यिनमा आउनुहुन्छ, यिनद्वारा हामीले सुनिरहेका छौँ। यति सानो बिन्दु हुनुहुन्छ। शिवबाबाको यो अस्थायी रथ हो, यिनद्वारा यो रुद्र ज्ञान यज्ञ रच्नुभएको छ, जुन बढ्दै जानेछ, बच्चाहरूको थोपा थोपाबाट तलाउ भरिइरहन्छ। प्यारा बच्चाहरूले आफ्नो सबैथोक सफल गरिरहन्छन् किनकि बच्चाहरूलाई थाहा छ– यो सबैथोक त माटोमा मिल्नेछ। केही पनि रहनेछैन। यति त सफल होस्। सुदामाको पनि उदाहरण छ नि! बच्चीहरूले बाबाको नजिक एक मुठी चामल वा ६-८ रुपैयाँ पठाइदिन्छन्। वाह बच्ची! बाबा त गरिब निवाज हुनुहुन्छ नि! यो सबै ड्रामामा पहिल्यै निश्चित छ, फेरि पनि हुन्छ। बाँधेलीहरू हुन्छन्। बाबा भन्नुहुन्छ तिमीहरू भाग्यशाली छौ– शिवबाबाको हात त मिल्यो नि! एक दिन आउनेछ, सबै आर्यसमाजी आदि पनि आउनेछन्। जान्छन् कहाँ? मुक्ति-जीवनमुक्तिको पसल त यही एउटै छ। सजाय खाएर सबैले मुक्तिमा जानुछ। यो कयामतको समय हो। सबै फर्कर जानेछन्। यो शिव साजनको जन्ती हो। बरियाँत कसरी जान्छ, त्यसको पनि साक्षात्कार हुनेछ। तिमी बाहेक अरू कसैले त्यो जन्ती देख्न सक्दैन। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बाबाद्वारा ज्ञानको जुन गुप्त दान मिलेको छ, त्यसको महत्त्वलाई बुझेर ज्ञान रत्नहरूले आफ्नो झोली भरपुर बनाउनुछ। सबैलाई गुप्त दान दिँदै जानुछ।

२) यस कयामतको समयमा यतिबेला नै फर्केर जानुछ भने आफ्नो सबैथोक सफल गर्नुछ। प्रीत बुद्धि बन्नुछ। सबैलाई मुक्ति र जीवनमुक्तिको बाटो बताउनुछ।

वरदान:–
भोलापनको साथसाथै अलमाइटी अथोरिटी बनेर मायाको सामना गर्ने शक्तिस्वरूप भव

कहिलेकाहीँ भोलापनले धेरै ठुलो नोक्सान पारिदिन्छ। सरलताले भोला रूप धारण गर्छ। तर यस्तो भोला नबन जसलेगर्दा सामना गर्नै नसकियोस्। सरलताको साथसाथै समाहित गर्ने र सहन गर्ने शक्ति पनि हुनुपर्छ। जसरी बाबा भोलानाथको साथसाथै अलमाइटी अथोरिटी हुनुहुन्छ, त्यसरी नै तिमी पनि भोलापनको साथसाथै शक्तिस्वरूप पनि बन्यौ भने मायाको गोला लाग्नेछैन, मायाले अवरोध गर्नुको सट्टा नमस्कार गर्नेछ।

स्लोगन:–
आफ्नो दिलमा बाबाको यादको झन्डा लहरायौ भने प्रत्यक्षताको झन्डा लहराउनेछ।

अव्यक्त इसारा:– ज्वालास्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर

विशेष गरी यादको यात्रालाई पावरफुल बनाऊ, ज्ञानस्वरूपको अनुभवी बन। तिमी श्रेष्ठ आत्माहरूको शुभवृत्ति र कल्याणको वृत्ति अनि शक्तिशाली वातावरणले अनेक तड्पिरहेका, भड्किरहेका, पुकार गरिरहेका आत्माहरूलाई आनन्द, शान्ति र शक्तिको अनुभूति गराउनेछ।