10.08.25 Avyakt Bapdada Nepali Murli 31.10.2006 Om Shanti Madhuban
“सदा स्नेहीको साथ ै
अखण्ड महादानी बन ्यौ भने विघ्नविनाशक , समाधान स्वरूप बन्नेछौ”
आज प्रेमका सागर आफ्ना
परमात्म प्रेमका पात्र बच्चाहरूसँग मिल्न आउनुभएको छ। तिमीहरू सबै पनि स्नेहको
अलौकिक विमानबाट यहाँ आइपुगेका हौ नि! साधारण विमानमा आयौ वा स्नेहको विमानमा उडेर
आइपुगेका हौ? सबैको दिलमा स्नेहका लहरहरू लहराइरहेका छन् र स्नेह नै यो ब्राह्मण
जीवनको आधारशीला हो। त्यसैले तिमीहरू सबै पनि यहाँ आउँदा स्नेहले खिचेर ल्याएको हो
नि! ज्ञान त पछि सुन्यौ, तर स्नेहले परमात्म स्नेही बनाइदियो। कहिल्यै सपनामा पनि
सोचेका थिएनौ होला– हामी परमात्म स्नेहको पात्र बन्छौँ। तर अब के भन्छौ? बन्यौ।
स्नेह पनि साधारण स्नेह होइन, दिलको स्नेह हो। आत्मिक स्नेह हो, सच्चा स्नेह हो,
नि:स्वार्थ स्नेह हो। यो परमात्म स्नेहले धेरै सहजै यादको अनुभव गराउँछ। स्नेहीलाई
याद गर्न मुस्किल हुँदैन, भुल्न मुस्किल हुन्छ। स्नेह एक अलौकिक चुम्बक हो। स्नेहले
सहज योगी बनाइदिन्छ, मेहनतबाट छुटाइदिन्छ। स्नेहले याद गर्न मेहनत लाग्दैन।
मोहब्बतको फल खान्छौ। स्नेहको निसानी विशेष चारैतिरका बच्चाहरू त छँदैछन् तर डबल
विदेशी स्नेहमा दौडी दौडी आइपुगेका छन्। हेर, ९० देशबाट कसरी दौडेर आइपुगेका छन्!
देशका बच्चाहरू त प्रभु प्रेमका पात्र छँदैछन्, तर आज विशेष डबल विदेशीहरूलाई सुनौलो
अवसर मिलेको छ। तिमीहरू सबैको पनि विशेष प्यार छ नि! स्नेह छ नि! कति स्नेह छ?
कसैसँग तुलना गर्न सक्छौ? कुनै तुलना हुन सक्दैन। तिमीहरू सबैको एउटा गीत छ नि– न
आसमान में इतने तारे हैं, ना सागर में इतना जल है..., बेहदको प्यार, बेहदको स्नेह
छ।
बापदादा पनि स्नेही
बच्चाहरूसँग मिल्न आइपुग्नुभएको छ। तिमीहरू सबै बच्चाहरूले स्नेहले याद गर्यौ र
बापदादा तिमीहरूको प्यारमा आइपुग्नुभएको छ। जसरी यस समयमा हरेकको अनुहारमा स्नेहको
रेखा चम्किरहेको छ। त्यसैगरी अब थप के गर्नुछ? स्नेह त छ, यो त पक्का छ। बापदादाले
पनि प्रमाणपत्र दिनुहुन्छ– स्नेह छ। अब के गर्नुछ? बुझि त सक्यौ। अब केवल अन्डरलाइन
गर्नुछ– सदैव स्नेही रहनुछ, सदैव। कहिलेकाहीँ होइन। स्नेह अटुट छ तर प्रतिशतमा
अन्तर पर्छ। त्यसोभए अन्तर मेटाउनको लागि के मन्त्र छ? हर पल महादानी, अखण्डदानी बन।
सदैव दाताका बच्चा विश्व सेवाधारीसमान। कुनै पनि पल मास्टर दाता नबनी नबस किनकि
विश्व कल्याणको कार्यप्रति बाबाको साथसाथै तिमीले पनि मददगार बन्ने सङ्कल्प गरेका
छौ। चाहे मनसाद्वारा शक्तिहरूको दान वा सहयोग देऊ। वाचाद्वारा ज्ञानको दान देऊ,
सहयोग देऊ। कर्मद्वारा गुणहरूको दान देऊ र स्नेह सम्पर्कद्वारा खुसीको दान देऊ।
तिमीहरू कति अखण्ड खजानाका मालिक, विश्वमा सबैभन्दा धनी हौ। खजाना अखुट र अखण्ड छन्।
जति दिन्छौ, त्यति बढ्दै जान्छन्। घट्दैनन्, बढ्छन् किनकि वर्तमान समयमा यी खजानाका
लागि धेरै संख्यामा तिमीहरू सबैका आत्मिक भाइ बहिनीहरू प्यासी छन्। त्यसोभए के आफ्ना
भाइ-बहिनीमाथि दया लाग्दैन! के प्यासी आत्माहरूको प्यास मेटाउँदैनौ? कानमा आवाज
आउँदैन “हे हाम्रा देवी-देवताहरू! हामीलाई शक्ति दिनुहोस्, सच्चा प्यार दिनुहोस्”
तिम्रा भक्त र दु:खी आत्माहरू दुवैले– दया गर्नुहोस्, कृपा गर्नुहोस्, हे कृपाका
देव र देवीहरू भनेर चिच्याइरहेका छन्। समयको पुकार सुनिन्छ नि! दिने समय पनि अहिले
हो। फेरि कहिले दिन्छौ? यति अखुट अखण्ड खजाना जुन तिमीसँग जम्मा भएका छन्, ती कहिले
दिन्छौ? के अन्तिम समयमा दिन्छौ? त्यस समयमा केवल अँजुली भरी दिन सक्नेछौ। त्यसोभए
आफ्नो जम्मा भएको खजाना कहिले कार्यमा लगाउँछौ? जाँच गर, हर पल कुनै न कुनै खजाना
सफल गरिरहेका छौ! यसमा डबल फाइदा छ, खजानालाई सफल गर्नाले आत्माहरूको कल्याण पनि
हुन्छ र साथमा तिमीहरू सबै पनि महादानी बनेमा विघ्नविनाशक, समस्या स्वरूप होइन, सहजै
समाधान स्वरूप बन्नेछौ। डबल फाइदा छ। आज यो आयो, भोलि त्यो आयो, आज यो भयो, भोलि
त्यो भयो। सदाको लागि विघ्नमुक्त, समस्यामुक्त बन्नेछौ। जुन समस्याको पछाडि समय
दिन्छौ, मेहनत पनि गर्छौ, कहिले उदास बन्छौ, कहिले उल्लासमा आउँछौ, त्यसबाट बच्नेछौ
किनकि बापदादालाई पनि बच्चाहरूको मेहनत राम्रो लाग्दैन। जब बापदादाले देख्नुहुन्छ,
बच्चाहरू मेहनतमा छन्, तब बच्चाहरूको मेहनत बाबाले देख्न सक्नुहुन्न। त्यसैले
मेहनतमुक्त। पुरुषार्थ गर्नुछ तर कुन पुरुषार्थ? के अहिलेसम्म आफ्ना साना साना
समस्याहरूमा पुरुषार्थी नै रहन्छौ! अब पुरुषार्थ गर अखण्ड महादानी, अखण्ड सहयोगी बन।
ब्राह्मणहरूमा सहयोगी बन र दु:खी आत्माहरू, प्यासी आत्माहरूको लागि महादानी बन। अब
यो पुरुषार्थको आवश्यकता छ। यो कुरा मन पर्यो नि! मन पर्यो? पछाडि बस्नेहरूलाई मन
पर्यो! त्यसोभए अब केही परिवर्तन पनि गर्नुपर्यो नि, त्यही स्वप्रतिको पुरुषार्थ
धेरै समय गर्यौ। कस्ता पाण्डव हौ! मन पर्यो? त्यसोभए भोलिदेखि के गर्छौ? भोलिदेखि
नै सुरु गर्छौ कि अहिलेदेखि? अहिलेदेखि सङ्कल्प गर– मेरो समय, सङ्कल्प विश्वको
सेवाप्रति हो। यसमा स्वको सेवा स्वत: भइहाल्छ, रोकिँदैन, बढ्छ। किन? तिमीले कसैका
पनि उसका आशाहरू पूरा गर्यौ भने, दु:खको सट्टा सुख दियौ भने, निर्बल आत्माहरूलाई
शक्ति दियौ भने, गुण दियौ भने, उसले कति आशीर्वाद दिन्छ। सबैसँग आशीर्वाद लिनु नै
अगाडि बढ्ने सबैभन्दा सहज साधन हो। चाहे भाषण नगर, कार्यक्रम धेरै गर्न सक्दैनौ भने,
कुनै हर्जा छैन, गर्न सक्छौ भने अझै गर। तर गर्न सक्दैनौ भने पनि कुनै हर्जा छैन,
खजानालाई सफल गर। सुनाइयो नि– मनसाद्वारा शक्तिहरूको खजाना दिँदैजाऊ। वाणीद्वारा
ज्ञानको खजाना, कर्मद्वारा गुणहरूको खजाना र बुद्धिद्वारा समयको खजाना,
सम्बन्ध-सम्पर्कद्वारा खुसीको खजाना सफल गर। यसरी सफल गर्नाले सहजै सफलतामूर्त
बनिहाल्छौ। सहजै उडिरहन्छौ किनकि आशीर्वादले एउटा लिफ्टको काम गर्छ, सिँढीको होइन।
समस्या आयो, मेटायौ, कहिले दुई दिन लगायौ, कहिले दुई घण्टा लगायौ, यो सिँढी चढ्नु
हो। सफल गर, सफलतामूर्त बन, अनि आशीर्वादको लिफ्टबाट जहाँ चाहन्छौ त्यहाँ सेकेन्डमा
पुग्नेछौ। चाहे सूक्ष्मवतनमा पुग, चाहे परमधाममा पुग, चाहे आफ्नो राज्यमा पुग,
सेकेन्डमा। लन्डनमा कार्यक्रम गरिएको थियो नि एक मिनेट। बापदादा त भन्नुहुन्छ एक
सेकेन्ड। एक सेकेन्डमा आशीर्वादको लिफ्टमा चढ। केवल स्मृतिको स्वीच दबाऊ, बस्,
मेहनतमुक्त।
आज डबल विदेशीहरूको
दिन हो नि, त्यसैले बापदादा पहिला डबल विदेशीहरूलाई कुन स्वरूपमा देख्न चाहनुहुन्छ?
मेहनतमुक्त, सफलतामूर्त, आशीर्वादका पात्र। बन्छौ नि? किनकि डबल विदेशीहरूको
बाबासँग राम्रो प्यार छ, शक्ति चाहिन्छ तर प्यार राम्रो छ। कमाल त गरेका छौ नि? हेर
९० देशबाट अलग अलग देश, अलग अलग रितिरिवाज तर ५ वटै खण्डका एक चन्दन वृक्ष बनेका
छौ। एउटै वृक्षमा आएका छन्। एउटै ब्राह्मण संस्कृति भयो, अहिले इङ्लिस संस्कृति छ
र? हाम्रो संस्कृति इङ्लिस हो... होइन नि! ब्राह्मण संस्कृति हो नि? जसले सम्झन्छौ
अहिले त हाम्रो ब्राह्मण संस्कृति हो, तिमीहरूले हात उठाऊ। ब्राह्मण संस्कृति, अरू
केही थप छैन। एक भयौ नि! बापदादाले यसको बधाई दिइरहनुभएको छ– सबै एउटै वृक्षका बनेका
छौ। कति राम्रो लाग्छ! जुनसुकै देशकासँग सोध, अमेरिकाकालाई सोध, युरोपकालाई सोध,
तपाईँ को हुनुहुन्छ? तब के भन्छन्? ब्राह्मण हौँ नि! कि भन्छन् यु.के. का हौँ,
अफ्रिकन हौँ, अमेरिकन हौँ, होइन, सबै एक ब्राह्मण भयौ, एक मत भयौ, एक स्वरूपका भयौ।
ब्राह्मण अनि एक मत श्रीमत। यसमा मजा आउँछ नि! मजा छ कि मुस्किल छ? मुस्किल त छैन
नि! शिर हल्लाइरहेका छन्, राम्रो छ।
बापदादाले सेवामा के
नवीनता चाहनुहुन्छ? जुनसुकै पनि सेवा गरिरहेका छौ– धेरै धेरै धेरै राम्रो गरिरहेका
छौ, त्यसको त बधाई छँदैछ। तर अगाडि थप कुन सेवा गर्नुछ? तिमीहरूको मनमा छ नि कुनै
नवीनता हुनुपर्छ। यसमा बापदादाले देख्नुभयो, जुनसुकै पनि कार्यक्रम गरेका छौ, समय
पनि दिएका छौ र मुहब्बतले नै गरेका छौ, मेहनत पनि मुहब्बतले गरेका छौ र यदि स्थूल
धन पनि लगाएका छौ भने त्यो त पदमगुणा भएर तिम्रो परमात्म बैँकमा जम्मा भएको छ। त्यो
के लगायौ, जम्मा गर्यौ। परिणाममा देखियो– सन्देश पुर्याउने कार्य, परिचय दिने कार्य
सबैले धेरै राम्रो गरेका छौ। चाहे जहाँ पनि गर्यौ, अहिले दिल्लीमा भइरहेको छ,
लन्डनमा भयो र डबल फरेनरहरू जसले कल अफ टाइम (समयको पुकार) वा पिस अफ माइन्ड (मनको
शान्ति) को कार्यक्रम गर्छन्, ती सबै कार्यक्रम बापदादालाई धेरै राम्रा लाग्छन्। अरू
जुनसुकै पनि काम गर्न सक्छौ, गर्दैजाऊ। सन्देश त मिल्छ, स्नेही पनि बन्छन्, सहयोगी
पनि बन्छन्, सम्बन्धमा पनि कोही कोही आउँछन् तर अब थप गर्नुपर्छ– जहिले पनि कुनै
ठुलो कार्यक्रम गर्छौ, त्यसमा सन्देश त मिल्छ, तर केही अनुभव गरेर जाऊन्, त्यो
अनुभवले धेरै छिटो अगाडि बढाउँछ। जस्तै यो कल अफ टाइममा वा पिस अफ माइन्डमा अनुभव
अलि धेरै गर्छन्। तर जुन ठुला कार्यक्रम हुन्छन्, त्यसमा सन्देश त राम्रो मिल्छ, तर
जो पनि आउँछन्, उनीहरूलाई बेला बेलामा सम्पर्क गरेर अनुभव गराउने लक्ष्य राख, केही
न केही अनुभव गरुन्, किनकि अनुभव कहिल्यै भुलिँदैन र अनुभव यस्तो चीज हो, जसले
नचाहँदा नचाहँदै पनि त्यसतिर आकर्षित गर्छ। त्यसैले बापदादा सोध्नुहुन्छ– पहिला जो
सबै ब्राह्मण छन्, उनीहरू ज्ञानका जुन पनि प्वाइन्टहरू छन्, त्यसको स्वयं अनुभवी
बनेका छौ? हरेक शक्तिको अनुभव गरेका छौ, हरेक गुणको अनुभव गरेका छौ? आत्मिक स्थितिको
अनुभव गरेका छौ? परमात्म प्यारको अनुभव गरेका छौ? ज्ञान बुझ्नु, यसमा त पास छौ,
ज्ञानवान त बनेका छौ, यसमा त बापदादाले पनि रिमार्क गर्नुहुन्छ, ठीक छ। आत्मा के
हो, परमात्मा के हुनुहुन्छ, ड्रामा के हो, ज्ञान त बुझ्यौ, तर जब चाह्यो जति समय
चाह्यो, जुनसुकै परिस्थितिमा होस्, त्यो परिस्थितिमा आत्मिक बलको अनुभव होस्,
परमात्म शक्तिको अनुभव होस्, त्यो अनुभव हुन्छ? जुन समयमा, जति समय, जसरी अनुभव
गर्न चाहन्छौ, त्यसरी अनुभव हुन्छ? कि कहिले कस्तो, कहिले कस्तो? सोच्यौ– म आत्मा
हुँ, तर फेरि बारम्बार देहभान आयो भने, अनुभव के काममा आयो? अनुभवीमूर्त, हरेक
विषयका अनुभवीमूर्त, हरेक शक्तिहरूका अनुभवीमूर्त। त्यसैले स्वयंमा पनि अनुभवलाई अझै
बढाऊ। छ, यस्तो होइन कि छैन, तर कहिलेकाहीँ छ, समटाइम। बापदादा समटाइम चाहनुहुन्न,
समथिङ भइहाल्छ, तब समटाइम पनि भइहाल्छ किनकि तिमीहरू सबैको लक्ष्य हो, सोधिन्छ के
बन्ने लक्ष्य छ? अनि भन्छौ बाबासमान। एउटै जवाफ सबैले दिन्छौ। त्यसोभए बाबासमान, अब
बाबा त समटाइम र समथिङ हुनुहुन्नथ्यो, ब्रह्माबाबा सदैव राजयुक्त, योगयुक्त, हरेक
शक्तिमा सदैव, कहिलेकाहीँ होइन। जुन अनुभव हुन्छ, त्यो सदाकाल चल्छ, त्यो समटाइम
हुँदैन। त्यसैले स्वयं अनुभवीमूर्त बन हर कुरामा, हरेक विषयमा अनुभवी, ज्ञान
स्वरूपमा अनुभवी, योगयुक्तमा अनुभवी, धारणा स्वरूपमा अनुभवी। अलराउन्ड सेवा मनसा,
वाचा, कर्मणा, सम्बन्ध-सम्पर्क सबैमा अनुभवी, त्यसपछि भनिन्छ पास विथ अनर। त्यसोभए
के बन्न चाहन्छौ? पास हुन चाहन्छौ कि पास विथ अनर बन्न चाहन्छौ? पास गर्नेहरू त पछि
पनि आउँछन्, तिमी त टु लेटभन्दा पहिला आएका छौ, चाहे अहिले नयाँ पनि आएका छौ तर टु
लेटको बोर्ड लागेको छैन। लेटको बोर्ड लागेको छ, टु लेटको बोर्ड लागेको छैन। त्यसैले
चाहे कोही नयाँ पनि छन् तर अहिले पनि तीव्र पुरुषार्थ गरे भने, पुरुषार्थ होइन
तीव्र पुरुषार्थ, अनि अगाडि जान सक्छन् किनकि नम्बर आउट भएको छैन। केवल दुई नम्बर
आउट भएका छन्, बाबा र मम्मा। अहिले कुनै पनि भाइ बहिनीको तेस्रो नम्बर आउट भएको छैन।
हुन त तिमीले भन्छौ दादीहरूसँग धेरै प्यार छ, बाबाको पनि दादीहरूसँग प्यार छ, तर
नम्बर आउट भएको छैन। त्यसैले तिमी धेरै धेरै सिकिलधे, अति नै प्यारा र भाग्यवान हौ,
जति उड्न चाहन्छौ त्यति उड किनकि हेर, जुन साना बच्चाहरू हुन्छन् नि, तिनलाई बाबाले
आफ्नो औँला दिएर चलाउनुहुन्छ, अधिक प्यार गर्नुहुन्छ र ठुलोलाई औँलाले चलाउनुहुन्न,
ऊ आफ्नो पाउले चल्छ। त्यसैले नयाँले पनि आफ्नो कमीलाई पूरा गर्न सक्छन्। सुनौलो
अवसर छ। तर छिटै नै टु लेटको बोर्ड लाग्नेछ, त्यसैले पहिला नै गरिहाल। नयाँ जो पहिलो
पटक आएका छौ, तिमीहरूले हात उठाऊ। अच्छा। बधाई छ। पहिलोपटक आफ्नो घर मधुबनमा
आइपुगेका छौ, त्यसैले बापदादा र सारा परिवार चाहे देशका, चाहे विदेशका सबैको
तर्फबाट पदम पदमगुणा बधाई छ। अच्छा– अहिले सेकेन्डमा जुन स्थितिमा बापदादाले
निर्देशन दिनुहुन्छ, त्यही स्थितिमा सेकेन्डमा पुग्नसक्छौ! कि पुरुषार्थमा समय
जान्छ? अब अभ्यास हुनुपर्छ सेकेन्डको किनकि पछि जुन अन्तिम समय आउनेछ, जसमा पास विथ
अनरको प्रमाणपत्र मिल्नेछ, त्यसको अभ्यास अहिलेदेखि गर्नुछ। सेकेन्डमा जहाँ चाह्यो,
जुन स्थिति चाहियो, त्यो स्थितिमा स्थित होऊ। त्यसपछि सदा तयार। तयार हुन्छौ।
अहिले पहिला एक
सेकेन्डमा पुरुषोत्तम सङ्गमयुगी श्रेष्ठ ब्राह्मण हुँ, यो स्थितिमा स्थित होऊ....
अहिले म फरिस्ता रूप हुँ, डबल लाइट हुँ..., अहिले विश्व कल्याणकारी बनेर मनसाद्वारा
चारैतिर शक्तिको किरण दिने अनुभव गर। यसरी सारा दिनमा सेकेन्डमा स्थित हुन सक्छौ!
यसको अनुभव गरिराख किनकि अचानक केही पनि हुनेछ। धेरै समय मिल्दैन। हलचलमा सेकेन्डमा
अचल बन्न सकियोस्, यसको अभ्यास स्वयंले नै आफ्नो समय निकालेर बीच बीचमा गरिराख।
यसबाट मनको नियन्त्रण सहजै हुनेछ। नियन्त्रण शक्ति बढ्दै जानेछ। अच्छा!
चारैतिरका बच्चाहरूको
पत्र पनि धेरै आएका छन्, अनुभवी पनि धेरै आएका छन्, बापदादा बच्चाहरूलाई रिटर्नमा
धेरै धेरै दिलको आशीर्वाद र दिलको यादप्यार पदम-पदमगुणा दिइरहनुभएको छ। बापदादाले
देखिरहनु भएको छ– चारैतिरका बच्चाहरूले पनि सुनिरहेका छन्, देखि पनि रहेका छन्। जसले
देखेका छैनन्, उनीहरू पनि यादमा छन्। सबैको बुद्धि यतिबेला मधुवनमा नै छ। त्यसैले
चारैतिरका हरेक बच्चाहरूलाई नाम सहित यादप्यार छ, स्वीकार गर।
सबै सदा उमङ्ग
उत्साहको पंखहरूद्वारा उच्च स्थितिमा उडिरहने श्रेष्ठ आत्माहरूलाई, सदा स्नेहमा
लवलीन रहने स्नेहमा समाहित भएका बच्चाहरूलाई, सदा मेहनतमुक्त, समस्यामुक्त,
विघ्नमुक्त, योगयुक्त, राजयुक्त बच्चाहरूलाई, सदा हर परिस्थितिमा सेकेण्डमा पास हुने,
हरपल सर्वशक्तिस्वरूप रहने मास्टर सर्वशक्तिमान बच्चाहरूलाई बापदादाको यादप्यार एवं
नमस्ते। रुहानी बच्चाहरूको रुहानी बापदादालाई गुडमर्निङ्ग, नमस्ते।
वरदान:–
गोल्डेन एजेड
स्वभावद्वारा गोल्डेन एजेड सेवा गर्ने श्रेष्ठ पुरुषार्थी भव
जुन बच्चाहरूको
स्वभावमा ईर्ष्या, जिद्दी र हठको भावको अथवा कुनै पनि पुरानो संस्कारको मिलावट छैन,
उनीहरू हुन् गोल्डेन एजेड स्वभावका। यस्तो गोल्डेन एजेड स्वभाव र सदैव “हस् हजुर”को
संस्कार बनाउने श्रेष्ठ पुरुषार्थी बच्चाहरू जस्तो समय, जस्तो सेवा, त्यस्तै
स्वयंलाई ढालेर सक्कली सुन बन्छन्। सेवामा पनि अभिमान वा अपमानको मिश्रण छैन भने
भनिन्छ गोल्डेन एजेड सेवा गर्नेवाला।
स्लोगन:–
किन के को
प्रश्नहरूलाई समाप्त गरेर सदैव प्रसन्नचित्त रहने गर।
अव्यक्त इसारा:–
सहजयोगी बन्नुछ भने परमात्म प्यारको अनुभवी बन
लवलीन स्थिति भएका
समान आत्माहरू सदैवका योगी हुन्। योग लगाउनेवाला होइनन् तर हुन्छन् नै लवलीन। अलग
नै छैनन् भने के याद गर्ने! स्वत: याद भइ नै हाल्छ। जहाँ साथ हुन्छ, त्यहाँ याद
स्वत: रहन्छ। त्यसैले समान आत्माहरूको अवस्था साथ रहने हुन्छ, समाहित भएर रहने
हुन्छ।