10.09.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– मायालाई वश पार्ने मन्त्र हो मनमनाभव , यसै मन्त्रमा सबै खुबीहरू समाहित छन् , यसै मन्त्रले तिमीलाई पवित्र बनाउँछ।”

प्रश्न:–
आत्माको सुरक्षाको नम्बरवन साधन कुनचाहिँ हो र कसरी?

उत्तर:–
यादको यात्रा नै सुरक्षाको नम्बरवन साधन हो किनकि यस यादद्वारा नै तिम्रो चरित्र सुध्रिन्छ। तिमीले मायामाथि विजय प्राप्त गर्छौ। यादद्वारा पतित कर्मेन्द्रियहरू शान्त हुन्छन्। यादद्वारा नै बल आउँछ। ज्ञान तरबारमा यादको धार चाहिन्छ। यादद्वारा नै मीठो सतोप्रधान बन्छौ। कसैलाई पनि असन्तुष्ट पार्ने छैनौ। त्यसैले यादको यात्रामा कमजोर बन्नु छैन। आफूले आफैसँग सोध्नु छ– म कहाँसम्म यादमा रहन्छु?

ओम् शान्ति ।
मीठा-प्यारा बच्चाहरूलाई अवश्य दिनदिनै सावधानी दिनु पर्ने हुन्छ। कुनचाहिं? सुरक्षा (सेफ्टी) फस्ट। सुरक्षा के हो? यादको यात्राले तिमी एकदम सुरक्षित हुन्छौ। यो बच्चाहरूको लागि मूल कुरा हो। बाबाले सम्झाउनु भएको छ– तिमी बच्चाहरू जति यादको यात्रामा तत्पर रहन्छौ त्यति खुसी पनि हुन्छ र चालचलन पनि ठीक हुन्छ किनकि पावन पनि बन्नु छ। चरित्र पनि सुधार्नु छ। आफ्नो जाँच गर्नु छ– मेरो चरित्र कसैलाई दु:ख दिने खालको त छैन! मलाई कुनै देह अभिमान त आउँदैन? यसमा राम्रोसँग आफ्नो जाँच गर्नु छ। बाबा बसेर बच्चाहरूलाई पढाउनु हुन्छ। तिमी बच्चाहरू पढ्छौ पनि र फेरि पढाउँछौ पनि। केवल बेहदको बाबाले नै पढाउनु हुन्छ। बाँकी त सबै देहधारी छन्। यसमा सारा दुनियाँ आउँछ। एक बाबा नै विदेही हुनुहुन्छ। उहाँले तिमी बच्चाहरूलाई भन्नुहुन्छ– तिमी पनि विदेही बन्नु छ। म आएको छु तिमीलाई विदेही बनाउन। पवित्र बनेर नै त्यहाँ जान्छौ। फोहोरीलाई त साथमा लिएर जानुहुन्न। त्यसैले सबैभन्दा पहिलो मन्त्र नै यो दिनुहुन्छ। मायालाई वश पार्ने यो मन्त्र हो। पवित्र हुने यो मन्त्र हो। यस मन्त्रमा धेरै विशेषता भरिएका छन्। यसबाट नै पवित्र बन्नु छ। मनुष्यबाट देवता बन्नु छ। अवश्य पनि हामी नै देवता थियौं। त्यसैले बाबा भन्नुहुन्छ– आफ्नो सुरक्षा चाहन्छौ, मजबुत महावीर बन्न चाहन्छौ भने यो पुरुषार्थ गर। बाबाले त शिक्षा दिइरहनु हुन्छ। भन्न त ड्रामा भन्नुहुन्छ। ड्रामा अनुसार बिल्कुल ठीकै चलिरहेको छ फेरि पछिको लागि पनि सम्झाइरहनु हुन्छ। यादको यात्रामा कमजोर बन्नु छैन। बाहिर रहने बाँधेली गोपिकाहरूले जति याद गर्छन्, त्यति सामुन्ने रहनेले पनि याद गर्दैनन् किनकि उनीहरू शिवबाबासँग भेट्नको लागि तड्पिइरहन्छन्। जो मिल्छन् उनीहरूको पेट मानौं भरिन्छ। जसले धेरै याद गर्छन्, उनीहरूले उच्च पद पाउन सक्छन्। देखिन आउँछ– राम्रा राम्रा, ठुला ठुला सेन्टर सम्हाल्नेवाला प्रमुखहरू पनि यादको यात्रामा कमजोर हुन्छन्। यादको धार धेरै राम्रो चाहिन्छ। ज्ञान तरबारमा यादको धार नहुनाले कसैलाई तीर लाग्दैन, पूरा मर्दैनन्। ज्ञानको वाण लगाएर बाबाको बनाउन वा मरजीवा बनाउनको लागि बच्चाहरूले कोसिस गर्छन्। तर मर्दैनन् भने अवश्य पनि ज्ञान तरबारमा गडबड छ। बाबाले जान्नुहुन्छ– ड्रामा बिल्कुलै एक्युरेट चलिरहेको छ, तर पनि भविष्यको लागि त सम्झाइरहनु हुन्छ नि। हरेकले आफ्नो दिलसँग सोध– मैले कहाँसम्म याद गर्छु? यादले नै बल आउँछ, त्यसैले भनिन्छ– ज्ञान तरबारमा धार चाहिन्छ। ज्ञान त धेरै सहज रीतिले सम्झाउन सक्छौ।

जति जति यादमा रहन्छौ त्यति धेरै मीठो बन्दै जान्छौ। तिमी जब सतोप्रधान थियौ, अति मीठो थियौ। अब फेरि सतोप्रधान बन्नु छ। तिम्रो स्वभाव पनि धेरै मीठो हुनुपर्छ। कहिल्यै असन्तुष्ट हुनु छैन। यस्तो वातावरण नहोस् जसकारण कोही असन्तुष्ट बनुन्। यस्तो कोसिस गर्नुपर्छ किनकि यो ईश्वरीय कलेज स्थापना गर्ने सेवा धेरै श्रेष्ठ हो। विश्व विद्यालयको त यहाँ धेरै गायन छ। वास्तवमा ती होइनन्। विश्व विद्यालय त एउटै हुन्छ। बाबा आएर सबैलाई मुक्ति-जीवनमुक्ति दिनुहुन्छ। बाबालाई थाहा छ सारा दुनियाँका जति पनि मनुष्य मात्र छन् सबै खतम हुन्छन्। फोहोरी दुनियाँको विनाश र नयाँ दुनियाँको स्थापना गर्नको लागि नै बाबालाई बोलाएका हौ। बच्चाहरूले पनि जान्दछन् वास्तवमा बाबा आउनु भएको छ। अहिले मायाको पम्प कति छ। फल अफ पम्पियाको खेल पनि देखाउँछन्। ठुला ठुला भवन आदि बनाइरहेका छन्– यो हो पम्प। सत्ययुगमा यति तल्लाका घर बन्दैनन्। यहाँ बन्छन् किनकि बस्नको लागि जमीन कम छ। जब विनाश हुन्छ तब सबै ठुला ठुला घरहरू पनि लड्छन्। पहिला यति ठुला ठुला बिल्डिङ्ग बन्दैनथे। बम जब छोड्छन् तब यसरी लड्छन् जसरी तासका पत्ती लड्छन्। यसको मतलब यो होइन – उनीहरू मात्र मर्नेछन् बाँकी अरू रहन्छन्। होइन, जो जहाँ छन् चाहे समुद्रमा हुन्, पृथ्वीमा हुन्, आकाशमा हुन्, पहाडमा हुन्, उडिरहेका हुन्.... सबै खतम हुन्छन्। यो पुरानो दुनियाँ हो नि। जति पनि ८४ लाख योनिहरू छन्, यी सबै खतम हुनु छ। त्यहाँ नयाँ दुनियाँमा यो केही पनि हुने छैन। न यति मनुष्य हुन्छन्, न लामखुट्टे, न जीवजन्तु आदि हुन्छन्। यहाँ त अनगिन्ती छन्। अब तिमी बच्चाहरू पनि देवता बन्छौ त्यसैले हरेक चीज सतोप्रधान हुन्छ। यहाँ पनि ठुला मानिसहरूको घरमा गयौ भने त्यहाँ धेरै सफाई आदि हुन्छ। तिमी त सबैभन्दा महान् देवता बन्छौ। ठुलो मानिस पनि भन्न मिल्दैन। तिमी धेरै उच्च देवता बन्छौ, यो कुनै नयाँ कुरा होइन। ५ हजार वर्ष पहिला पनि तिमी नम्बरवार यो बनेका थियौ। यति फोहर आदि त्यहाँ केही पनि हुँदैन। बच्चाहरूलाई धेरै खुसी हुन्छ– हामी धेरै उच्च देवता बन्छौं। एक बाबा नै हामीलाई पढाउनेवाला हुनुहुन्छ, उहाँले हामीलाई धेरै उच्च बनाउनु हुन्छ। पढाइमा सदैव नम्बरवार पोजिसनवाला हुन्छन्। कसैले कम पढ्छन्, कसैले बढी पढ्छन्। ठुला ठुला मानिसहरूलाई थाहा होस् भनेर अब बच्चाहरूले पुरुषार्थ गरिरहेका छन्, ठुला ठुला सेन्टरहरू खोलिरहेका छन्। भारतखण्डको प्राचीन राजयोगको पनि महिमा छ। खास बेलायतीहरूलाई राजयोग सिक्ने बढी उत्सुकता हुन्छ। यहाँ त तमोप्रधान बुद्धिका छन्। उनीहरू फेरि पनि तमो बुद्धि छन् त्यसैले उनीहरूलाई भारतखण्डको प्राचीन राजयोग सिक्ने सोख हुन्छ। भारतखण्डको प्राचीन राजयोग प्रसिद्ध छ, जसबाट नै भारतवर्ष स्वर्ग बनेको थियो। धेरै कम आउँछन्, जसले पूरा बुझ्छन्। स्वर्ग थियो फेरि अवश्य हुन्छ। हेविन अथवा पैराडाइज हो संसारको सबैभन्दा ठुलो आश्चर्य। स्वर्गको नाम कति प्रसिद्ध छ। स्वर्ग र नर्क, शिवालय र वेश्यालय। अब बच्चाहरूलाई नम्बरवार याद छ– हामीलाई शिवालयमा जानु छ। त्यहाँ जानको लागि शिवबाबालाई याद गर्नु छ। सबैलाई लिएर जाने उहाँ नै पण्डा हुनुहुन्छ। भक्तिलाई भनिन्छ रात। ज्ञानलाई भनिन्छ दिन। यो बेहदको कुरा हो। नयाँ चीज र पुरानो चीजमा धेरै फरक हुन्छ। अब बच्चाहरूको दिल हुन्छ– यति उच्च पढाइ, अग्लो भवनमा हामीले पढायौं भने ठुला ठुला मानिसहरू आउने छन्। एक एकलाई बसेर सम्झाउनु पर्छ। वास्तवमा पढाइ वा शिक्षाको लागि एकान्त स्थानहरू हुन्छन्। ब्रह्मज्ञानीहरूका आश्रम पनि शहर भन्दा टाढा टाढा हुन्छन् र तलै रहन्छन्। यति माथिल्लो तल्लामा रहँदैनन्। अहिले त तमोप्रधान हुनाले शहरमा भित्र घुसेका छन्। त्यो तागत खतम भएको छ। यस समयमा सबैको ब्याट्री खाली छ। अब ब्याट्री कसरी भर्ने– त्यो बाबा बाहेक कसैले ब्याट्री चार्ज गर्न सक्दैन। बच्चाहरूले ब्याट्री चार्ज गरेमा तागत आउँछ। त्यसको लागि मुख्य हो याद। यसमा नै मायाको विघ्न पर्छ। कसैले त सर्जनको अगाडि सत्य बताउँछन्, कसैले लुकाउँछन्। भित्र जुन कमी छ, त्यो त बाबालाई बताउनु पर्छ। यस जन्ममा जुन पाप गरेका छौ, त्यो अविनाशी सर्जनको अगाडि वर्णन गर्नुपर्छ। नत्र भित्र दिल खाइरहन्छ। सुनायौ भने फेरि दिल खाने छैन। मन भित्रै राख्नु यो पनि नोक्सानदायी हुन्छ। जो सच्चा सच्चा बच्चा हुन्छन्, उनीहरूले सबै बाबालाई बताइदिन्छन्– यस जन्ममा यो यो पाप गरेका छौं। दिनप्रतिदिन बाबाले जोड दिइरहनु हुन्छ, यो तिम्रो अन्तिम जन्म हो। तमोप्रधानबाट पाप त अवश्य हुन्छ नि।

बाबा भन्नुहुन्छ– म धेरै जन्मको अन्तिम जन्ममा जो नम्बरवन पतित बनेका छन्, उनमा नै प्रवेश गर्छु किनकि उनलाई नै फेरि नम्बरवनमा जानु छ। धेरै मेहनत गर्नुपर्छ। यस जन्ममा पाप त भएका छन् नि। कतिलाई थाहा नै हुँदैन– हामीले यो के गरिरहेका छौं। साँचो बताउँदैनन्। कसै कसैले साँचो बताइदिन्छन्। बाबाले सम्झाउनु भएको छ– प्यारा बच्चाहरू! तिम्रा कर्मेन्द्रियहरू शान्त तब हुन्छन्, जब कर्मातीत अवस्था बन्छ। जसरी मनुष्य वृद्ध भएपछि कर्मेन्द्रियहरू स्वत: शान्त हुन्छन्। यसमा त युवा अवस्थामा नै शान्त हुनुपर्छ। योगबलमा राम्रोसँग रह्यौ भने यी सबै कुराको समाप्ति हुन जान्छ। त्यहाँ कुनै यस्तो फोहरी बिमारी, फोहर आदि केही पनि हुँदैन। मनुष्यहरू धेरै सफा सुग्घर हुन्छन्। त्यहाँ हुन्छ नै रामराज्य। यहाँ छ रावण राज्य, त्यसैले अनेक प्रकारका गन्दा बिमारी आदि हुन्छन्। सत्ययुगमा यो केही हुँदैन। कुरै नसोध। नाम नै कति फस्टक्लास छ– स्वर्ग, नयाँ दुनियाँ। धेरै सफाइ हुन्छ। बाबा सम्झाउनु हुन्छ– यस पुरुषोत्तम सङ्गमयुगमा नै तिमीले यी सबै कुरा सुन्छौ। हिजो सुनेका थिएनौ। हिजो मृत्युलोकको मालिक थियौ, आज अमरलोकको मालिक बन्छौ। निश्चय हुन्छ हिजो मृत्युलोकमा थियौ, अहिले सङ्गमयुगमा आएपछि अमरलोकमा जानको लागि तिमीहरूले पुरुषार्थ गरिरहेका छौ। पढाउनेवाला पनि अहिले मिल्नुभएको छ। जसले राम्रोसँग पढ्छ, उसले पैसा आदि पनि राम्रो कमाउँछ। बलिहारी पढाइलाई भनिन्छ। यो पनि यस्तै हो। यस पढाइबाट तिमीले धेरै उच्च पद पाउँछौ। अहिले तिमी उज्यालोमा छौ। यो पनि तिमी बच्चाहरू बाहेक अरू कसैलाई थाहा छैन। तिमीले पनि फेरि घरी घरी भुल्छौ। पुरानो दुनियाँमा जान्छौ। भुल्नु अर्थात् पुरानो दुनियाँमा जानु।

अहिले तिमी सङ्गमयुगी ब्राह्मणहरूलाई थाहा छ– हामी कलियुगमा छैनौं। यो सदा याद राख्नु छ– हामी नयाँ विश्वको मालिक बनिरहेका छौं। बाबाले हामीलाई पढाउनु हुन्छ नै नयाँ दुनियाँमा जानको लागि। यो हो शुद्ध अहङ्कार। त्यो हो अशुद्ध अहङ्कार । तिमी बच्चाहरूलाई त कहिल्यै अशुद्ध ख्याल पनि आउनु हुँदैन। पुरुषार्थ गर्दागर्दै पछि गएर अन्त्यमा रिजल्ट निस्किन्छ। बाबा सम्झाउनु हुन्छ– अहिलेसम्म सबै पुरुषार्थी छन्। जब जाँच हुन्छ तब नम्बरवार पास भएर फेरि ट्रान्सफर हुन्छन्। तिम्रो हो बेहदको पढाइ जसलाई केवल तिमीले मात्र जानेका छौ। तिमीले कति सम्झाउँछौ। बेहदको बाबासँग वर्सा पाउनको लागि नयाँ नयाँ आइरहन्छन्। टाढै रहे तापनि फेरि सुन्दा सुन्दा निश्चयबुद्धि हुन्छन्। सम्झन्छन्– यस्ता बाबाको सम्मुख पनि जानुपर्छ। जुन बाबाले बच्चाहरूलाई पढाउनु भएको छ, यस्ता बाबाको सम्मुख त अवश्य मिल्नुपर्छ। बुझेर नै यहाँ आउँछन्। कसैले नबुझेका भए पनि यहाँ आएपछि बुझ्छन्। बाबा भन्नुहुन्छ– दिलमा कुनै पनि कुरा छ, समझमा आउँदैन भने सोध। बाबा त चुम्बक हुनुहुन्छ नि। जसको तकदिरमा छ उसले राम्रोसँग लिन सक्छ। तकदिरमा छैन भने फेरि खलास। सुनेको नसुने जस्तो गरिदिन्छन्। यहाँ कसले बसेर पढाउँछ? भगवानले। उहाँको नाम हो शिव। शिवबाबाले नै हामीलाई स्वर्गको बादसाही दिनुहुन्छ। फेरि कुनचाहिँ पढाइ राम्रो? तिमीले भन्छौ हामीलाई शिवबाबाले पढाउनु हुन्छ, जसबाट २१ जन्मको बादसाही मिल्छ। यसप्रकारले सम्झाउँदै सम्झाउँदै लैजानुहुन्छ। कसैले त पूरा नबुझेकाले त्यति सेवा गर्न सक्दैनन्। बन्धनको जन्जीरमा जकडिएका हुन्छन्। सुरुमा त तिमीले कसरी आफूलाई जन्जीरबाट छुटाएर आयौ। जसरी कुनै बेफिक्र हुन्छन्। यो पनि ड्रामामा पार्ट थियो जसले गर्दा आकर्षण भयो। ड्रामामा भट्ठी बन्नु थियो। जीवन छँदै मरे, फेरि कोही कोही मायातर्फ पनि गए। युद्ध त हुन्छ नि। मायाले देख्छ– यसले धेरै हिम्मत देखाएको छ। अब मैले पनि ठोकेर हेर्छु, पक्का छ वा छैन? बच्चाहरूको कति सम्हाल हुन्थ्यो। सबै कुरा सिकाउनुहुन्थ्यो। तिमी बच्चाहरूले एलबम आदि हेर्छौ तर केवल चित्र हेर्नाले पनि बुझ्न सक्दैनौ। कसैले बसेर सम्झाओस्– के के हुन्थ्यो। कसरी भट्ठीमा रहेका थियौ, फेरि कोही कसरी निस्के कोही कसरी। जसरी रूपैयाँ छापिन्छन् भने कुनै कुनै बिग्रिन जान्छन्। यो पनि ईश्वरीय कार्य हो। ईश्वरले बसेर धर्मको स्थापना गर्नुहुन्छ। यो कुरा कसैलाई थाहा छैन। बाबालाई बोलाउँछन् पनि, तर मानौ बुद्धु छन्, बुझ्दै बुझ्दैनन्। भन्छन् यो कसरी हुन सक्छ? माया रावणले बिल्कुल यस्तो बनाइदिन्छ। शिवबाबाको पूजा पनि गर्छन् फेरि भन्छन् सर्वव्यापी। शिवबाबा भन्छौ फेरि सर्वव्यापी कसरी हुनुहुन्छ? पूजा गर्छन्, लिङ्गलाई शिव भन्छन्। यसमा शिव बस्नुभएको छ भनेर कहाँ भन्छन् र! अब भगवानलाई ढुङ्गा माटोमा हुनुहुन्छ भन्नु....। के जहाँतहाँ भगवान नै भगवान हुन् त। भगवान असीमित त हुनुहुन्न होला नि। त्यसैले बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ, कल्प पहिला पनि यसरी नै सम्झाउनु भएको थियो। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यस्तो मीठो वातावरण बनाउनु छ, जसमा कोही पनि असन्तुष्ट नहोस्। बाबा समान विदेही बन्ने पुरुषार्थ गर्नु छ। यादको बलद्वारा आफ्नो स्वभाव मीठो र कर्मेन्द्रियलाई शान्त पार्नु छ।

२) सदा यसै नसामा रहनु छ– अहिले हामी सङ्गमयुगी हौं, कलियुगी होइन। बाबाले हामीलाई नयाँ विश्वको मालिक बनाउनको लागि पढाइरहनु भएको छ। अशुद्ध ख्याल समाप्त गर्नु छ।

वरदान:–
अकाल तख्त र दिलतख्तमा बसेर सदा श्रेष्ठ कर्म गर्ने कर्मयोगी भव

यस समयमा तिमी सबै बच्चाहरूलाई दुईवटा तख्त मिल्छन्– एक अकाल तख्त, अर्को दिल तख्त। तर तख्तमा उही बस्न सक्छ जसको राज्य हुन्छ। अकाल तख्तनसीन छौ भने स्वराज्य अधिकारी छौ र बाबाको दिल तख्तनसीन हुन्छौ भने बाबाको वर्साको अधिकारी हुनेछौ, जसमा राज्य भाग्य सबै आउँछ। कर्मयोगी अर्थात् दुवै तख्तनसीन। यस्तो तख्तनसीन आत्माको हरेक कर्म श्रेष्ठ हुन्छ किनकि सबै कर्मेन्द्रियहरू नियम र मर्यादामा रहन्छन्।

स्लोगन:–
जो सदा स्वमानको सीटमा सेट रहन्छन् उनीहरू नै गुणवान् र महान् हुन्।