10.09.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबा आउनुभएको छ तिमीलाई पुजारीबाट पूज्य बनाउन , पूज्यबाट पुजारी र पुजारीबाट पूज्य बन्ने पूरै कथा तिमी बच्चाहरूले जान्दछौ।”

प्रश्न:–
कुन कुरा दुनियाँका आत्माहरूलाई असम्भव लाग्छ तर तिमीले सहजै त्यसलाई आफ्नो जीवनमा धारण गर्छौ?

उत्तर:–
दुनियाँका आत्माहरूले सम्झन्छन्, गृहस्थ व्यवहारमा रहेर पवित्र रहनु– यो त एकदम असम्भव छ तर तिमीले सहजै धारण गर्छौ, किनकि तिमीले जान्दछौ यसबाट स्वर्गको बादसाही मिल्छ। त्यसैले यो धेरै सस्तो सौदा भयो नि!

गीत:–
यह कौन आज आया सवेरे...

ओम् शान्ति ।
अन्धकार र बिहानी (उज्यालो), दुनियाँको लागि एकदम अलग छ। त्यो त सामान्य (कमन) कुरा हो। तिमी बच्चाहरूको बिहानी असामान्य (अनकमन) छ। दुनियाँलाई थाहा छैन अन्धकार र बिहानी केलाई भनिन्छ। वास्तवमा यो अन्धकार र बिहानी कल्पको यस पुरुषोत्तम सङ्गमयुगमा हुन्छ। अहिले यस सङ्गममा अज्ञान अन्धकार हट्छ। गाउँछन् पनि– ज्ञान सूर्य प्रगटा। त्यो सूर्यले त उज्यालो दिन्छ। यो हो ज्ञान सूर्यको कुरा। भक्तिलाई अन्धकार, ज्ञानलाई उज्यालो भनिन्छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ, बिहानी, उज्यालो भइरहेको छ। भक्तिमार्गको अन्धकार पूरा हुन्छ। भक्तिलाई अज्ञान भनिन्छ किनकि जसको भक्ति गर्छन् उहाँको विषयमा केही पनि ज्ञान छैन। समय बर्बाद (वेस्ट अफ टाइम) हुन्छ। गुडियाहरूको पूजा भइरहन्छ। आधाकल्पदेखि यो गुडियाहरूको पूजा हुन्छ। जसको पूजा गर्छन्, उहाँको विषयमा पूरा ज्ञान पनि हुनुपर्छ। देवीदेवताहरूको हो पूज्य घराना। उनीहरू नै पूज्य फेरि पुजारी बन्छन्, पूज्यबाट पुजारी, पुजारीबाट पूज्य बन्ने कति लम्बाचौडा कथा छ। मानिसहरूले त पूज्य र पुजारीको अर्थ पनि बुझ्दैनन्। परमपिता परमात्मा आउनुहुन्छ नै सङ्गममा, जुनबेला अन्धकार पूरा हुन्छ। बिहानी बनाउन आउनुहुन्छ। तर उनीहरूले कल्पको सङ्गमयुगको सट्टा युगे युगे लेखिदिएका छन्। ४ युग पूरा भइसकेपछि पुरानो दुनियाँ पूरा भएर फेरि नयाँ दुनियाँ सुरु हुन्छ। त्यसैले यसलाई भनिन्छ कल्याणकारी सङ्गमयुग। यतिबेला सबै नर्कवासी छन्। कोही मरेछन् भने भन्छन् स्वर्ग गए, त्यसोभए पक्कै नर्कमा थिए। यो कुरा कसैले बुझ्दैनन् हामी नर्कमा छौँ। रावणले सबैको बुद्धिमा एकदम ताल्चा मारिदिएको छ। सबैको बुद्धि एकदम भ्रष्ट भएको छ। बाबा सम्झाउनुहुन्छ– यहाँका मानिसहरूको बुद्धि सबैभन्दा विशाल थियो। फेरि एकदमै पत्थरबुद्धि बनिसकेपछि मात्रै दुःख पाउँछन्। ड्रामा प्लान अनुसार बेसमझ बन्नु नै छ। बेसमझ बनाउँछ मायाले। पूज्यलाई समझदार र पुजारीलाई बेसमझ भनिन्छ। भन्छन् पनि, हामी नीच पापी हौँ। तर समझदार कहिले थिए, यो थाहा हुँदैन। रावणरूपी मायाले एकदमै पत्थरबुद्धि बनाइदिन्छ। अहिले तिमीहरूलाई समझ आएको छ– हामी नै पूज्य थियौँ, फेरि पुजारी बन्यौँ। अब तिमी बच्चाहरूलाई खुसी हुन्छ। धेरै दिनदेखि हामीलाई शान्ति मिलोस् अथवा जन्ममरणबाट छुटौँ भनेर आत्माहरू कराइरहेका छन्। तर यो मायाको साङ्लोबाट मुक्ति हुनसकौँ भन्ने ज्ञान कसैको बुद्धिमा पनि छैन।

तिमीलाई थाहा छ, आत्माहरू सिँढी ओर्लिँदै आउँछन्, सतयुगमा त फेरि पनि बिस्तारै ओर्लिन्छन्, टाइम लाग्छ। सुखको सिँढीबाट ओर्लिन टाइम लाग्छ। दुःखको सिँढीबाट छिटो छिटो ओर्लिन्छन्। सतयुग-त्रेतामा हुन्छ २१ जन्म, द्वापर-कलियुगमा ६३ जन्म, आयु कम हुँदैजान्छ। अहिले तिमीलाई थाहा छ, चुट्कीमा हाम्रो चढ्तीकला हुन्छ। गाउँछन् पनि, जनकलाई सेकेन्डमा जीवनमुक्ति मिल्यो। तर जीवनमुक्तिको अर्थ बुझ्दैनन्। एक जनकलाई जीवनमुक्ति मिल्यो वा सारा दुनियाँलाई मिल्यो? अहिले तिम्रो बुद्धिको ताल्चा खुलेको छ। कसैको मन्द (डल) बुद्धि रहेछ भने भन्छन्, हे परमात्मा यिनलाई राम्रो बुद्धि दिनुहोस्! सतयुगमा यस्तो कुनै कुरा हुँदैन। जुन आत्माहरू धेरै समय परमात्माबाट अलग रहन्छन्, उनीहरूको पनि हिसाब हुन्छ। बाबा परमधाममा भएको बेलामा जुन आत्माहरू उहाँसँगै मुक्तिधाममा रहन्छन् र अन्त्यमा आउँछन्, उनीहरू धेरै समय उहाँको साथमा रहन्छन्। हामी त थोरै टाइम त्यहाँ रहन्छौँ। सुरु सुरुमा हामी बाबाबाट छुट्टिन्छौँ, त्यसैले गायन गरिन्छ– आत्मा परमात्मा अलग रहे बहुकाल... अब उनीहरूको नै मेला लाग्छ जो धेरै समय बाबाबाट अलग रहेका छन्। जो त्यहाँ धेरै समय बाबासँगै रहन्छन्, उनीहरूसँग बाबा मिल्नुहुन्न। बाबा भन्नुहुन्छ– खासगरी म तिमी बच्चाहरूलाई पढाउन आउँछु। म तिमी बच्चाहरूको साथमा हुन्छु अनि सबैको कल्याण हुन्छ। अहिले सबैको कयामतको समय हो। अहिले सबैले हिसाबकिताब चुक्ता गरेर जानेछन्। बाँकी तिमीले राज्यभाग्य पाउँछौ। यी कुराहरू कसैको बुद्धिमा छैनन्। गाउँछन् पनि– गड फादर, परमपिता परमात्मा, मुक्तिदाता (लिबरेटर), गाइड। दुःखबाट मुक्त (लिबरेट) गरेर शान्तिधाममा लैजानको लागि गाइड बन्नुहुन्छ। सुखधामको लागि गाइड बन्नुहुन्न। बाबाले आत्माहरूलाई शान्तिधाममा लैजानुहुन्छ, जहाँ आत्माहरू रहन्छन्, त्यो हो निराकारी दुनियाँ। तर त्यहाँ कोही जान सक्दैनन् किनकि पतित छन्, त्यसैले पतितपावन बाबालाई पुकार्छन्। खासगरी यहाँका मानिसहरू उल्टो बनेपछि मात्रै बेहदका बाबालाई नै कुकुर-बिरालो, ढुङ्गा-माटोमा लैजान्छन्। कति अद्भुत छ नि! आफूभन्दा पनि मलाई तल लैजान्छन्। ड्रामा यस्तो पनि बनेको छ। कसैको दोष छैन, सबै ड्रामाको वशमा छन्। ईश्वरको वशमा छैनन्। ईश्वरभन्दा पनि ड्रामा तीव्र छ। बाबा भन्नुहुन्छ– म पनि ड्रामा अनुसार आफ्नो समयमा आउँछु। मेरो आगमन एकैपटक हुन्छ। भक्तिमार्गमा मानिसहरूले कति ठक्कर खान्छन्। तिमीहरूलाई बाबा मिल्नुभएको छ। बाबाबाट चुट्कीमा वर्सा लिनु छ। वर्सा मिल्यो भने फेरि ठक्कर खाने आवश्यकता छैन। भगवान स्वयं भन्नुहुन्छ– म आएर वेद-शास्त्रहरूको सार सम्झाउँछु। पहिला सचखण्ड थियो, फेरि झुटखण्ड कसरी बन्यो, यो कुरा कसैलाई थाहा छैन। गीता कसले सुनाउनुभयो, यो पनि यहाँका मानिसहरूलाई थाहा छैन। आदि सनातन देवीदेवता धर्म भारतवर्षको नै थियो। देवता धर्मका आत्माहरू नै सतोप्रधान पूज्यबाट तमोप्रधान पुजारी बन्छन् त्यसपछि देवता धर्म प्रायः लोप हुन्छ, फेरि बाबा आएर फेरि त्यस धर्मको स्थापना गर्नुहुन्छ। यसका चित्र पनि छन्, शास्त्र पनि छन्। यहाँका मानिसहरूको एउटै सर्व शास्त्र शिरोमणि गीता हो। हरेकले आफ्नै धर्मलाई भुलेका छन्, त्यसैले नाम फेरेर हिन्दु राखिदिएका छन्। यो कुरा ड्रामामा पहिल्यै निश्चित छ। आत्मा नै पुनर्जन्ममा आउँदा तमोप्रधान बन्छ, त्यसमा खाद पर्छ।

तिमीलाई थाहा छ, हामी सक्कली गहना थियौँ, अब नक्कली बनेका छौँ। गहना शरीरले लगाउने चिजलाई भनिन्छ। हामी आत्माहरूले शरीरद्वारा नै पार्ट खेल्छौँ। हामीलाई ८४ जन्मको कति लामो पार्ट मिलेको छ। देवता, क्षत्रिय... आफै पूज्य आफै पुजारी तिमी नै बन्छौ। म पूज्य फेरि पुजारी बनेँ भने तिमीलाई पूज्य कसले बनाउँछ। म त सदा पावन, ज्ञानको सागर, पतितपावन हुँ। तिमी नै पूज्य र तिमी नै पुजारी बनेर दिन र रातमा आउँछौ। तर उनीहरूले जान्दैनन्। बाबा सम्झाउनुहुन्छ– दुनियाँ झुटो बन्दै जान्छ, त्यसैले बसेर यति झुटा कथाहरू बनाएका छन्। व्यासले पनि कमाल गरेका छन्। तर व्यास त भगवान होइनन्। भगवान त आएर ब्रह्माद्वारा वेद-शास्त्रहरूको सार सम्झाउनुभएको छ। उनीहरूले शास्त्र देखाइदिएका छन् ब्रह्मासँग। अब भगवान कहाँ हुनुहुन्छ? यस्तो त होइन विष्णुको नाभिबाट ब्रह्मा निस्किए। अनि विष्णु बसेर शास्त्रहरूको सार बताए। होइन, बाबाले ब्रह्माद्वारा सम्झाउनुभएको हो। त्रिमूर्तिको माथि हुनुहुन्छ शिवबाबा, उहाँ बसेर ब्रह्माद्वारा सार बताउनुहुन्छ। जसद्वारा सम्झाउनुहुन्छ, उनले नै फेरि पालना गर्छन्। तिमी हौ ब्रह्माकुमार-कुमारीहरू। ब्राह्मण वर्ण हो उच्चभन्दा उच्च। तिमी अहिले छौ ईश्वरीय सन्तान। तिमीले ईश्वरले रचना गरेको यज्ञ सम्हाल्छौ। यस ज्ञान यज्ञमा सारा पुरानो दुनियाँ स्वाहा हुनु छ। यसको नाम राखिएको छ– राजस्व (राजसूय) अश्वमेध अविनाशी रुद्र ज्ञान यज्ञ। राज्य भाग्य प्राप्त गराउनको लागि बाबाले यज्ञ रच्नुभएको छ। उनीहरूले यज्ञ रच्दा माटाका शिव र सालिग्राम बनाउँछन्। उत्पत्ति गर्छन्, पालना गर्छन् र फेरि नष्ट गरिदिन्छन्। देवताहरूका मूर्ति पनि यस्तै गर्छन्। जसरी साना बच्चाहरूले गुडियाहरूको खेल खेल्छन्, त्यसैगरी यिनीहरूले पनि गर्छन्। अब बाबाको लागि त भन्छन् स्थापना, पालना फेरि विनाश गर्नुहुन्छ, पहिला स्थापना गर्नुहुन्छ।

अहिले तिमीले मृत्युलोकमा अमरलोकको लागि पढिरहेका छौ। यो तिम्रो मृत्युलोकको अन्तिम जन्म हो। बाबा आउनुहुन्छ अमरलोक स्थापन गर्न। एक पार्वतीलाई कथा सुनाएर मात्र के हुन्छ। अमरनाथ शङ्करलाई भन्छन्, उनीसँग पार्वती देखाइदिन्छन्। अब शङ्कर-पार्वती स्थूलमा कसरी आउन सक्छन्? उनीहरूलाई सूक्ष्मवतनमा देखाइएको छ। अहिले तिमीलाई सम्झाइएको छ, जगदम्बा, जगतपिता लक्ष्मीनारायण बन्छन्। लक्ष्मीनारायण फेरि ८४ जन्मपछि, जगदम्बा, जगतपिता बन्छन्। वास्तवमा जगदम्बा हुन् पुरुषार्थी, फेरि लक्ष्मी हुन् पावन प्रारब्ध। महिमा बढी कसको छ? जगदम्बाका हेर कति मेला लाग्छन्। काली कलकत्तेवाली प्रसिद्ध छन्। काली माताको साथमा खै कालो पिता किन बनाएका छैनन्? वास्तवमा जगदम्बा आदि देवी ज्ञानचितामा बसेर कालीबाट गोरी बन्छिन्। पहिला ज्ञानज्ञानेश्वरी हुन्, फेरि राजराजेश्वरी बन्छिन्। यहाँ तिमी आएका छौ ईश्वरबाट ज्ञान लिएर राजराजेश्वरी बन्न। लक्ष्मीनारायणलाई राज्य कसले दिनुभयो? ईश्वरले। अमरकथा सत्य नारायणको कथा बाबाले नै सुनाउनुहुन्छ, जसबाट सेकेन्डमा नरबाट नारायण बन्छन्।

अहिले तिमी बच्चाहरूको समझमा आएको (कपाट खुलेको) छ– काम महाशत्रु हो। मानिसहरूले भन्छन्, गृहस्थ व्यवहारमा रहेर पवित्र रहनु असम्भव छ। सम्झाइन्छ– बाबा स्वर्गको रचयिता हुनुहुन्छ भने पक्कै उहाँले आफ्ना बच्चाहरूलाई स्वर्गको बादसाही दिनुहुन्छ। स्वर्गको बादसाही पाउनको लागि एक जन्म त पवित्र रहनुपर्छ। यो त सस्तो सौदा भयो नि! व्यापारीहरूले यो कुरालाई राम्रोसँग उठाउनेछन् किनकि व्यापारीहरूले दान पनि गर्छन्। धर्माऊ (धर्मादा) पनि निकाल्छन्। बाबा भन्नुहुन्छ– यो सौदा कुनै विरलैले गर्छन्। यो कति सस्तो व्यापार हो! फेरि पनि धेरै छन् जसले सौदा गरेर फेरि छोडपत्र पनि दिन्छन्। यो ज्ञान बाबाबाहेक अरू कसैले सम्झाउन सक्दैन। ज्ञान सागर एक बाबा मात्र हुनुहुन्छ, उहाँले नै सम्झाउनुहुन्छ। जो पावन पूज्य थिए, फेरि तिनै ८४ जन्मको अन्त्यमा पुजारी बनेका छन्। यिनको तनमा मैले प्रवेश गरेँ। प्रजापिता त यहाँ हुन्छन् नि! अब तिमी पुरुषार्थ गरेर फरिस्ता बनिरहेका छौ। अब भक्तिमार्गको रातपछि ज्ञान अर्थात् दिन हुन्छ। त्यसको तिथि मिति त छैन। शिवबाबा कहिले आउनुभयो, कसैलाई पनि थाहा छैन। कृष्ण जयन्ती धुमधामले मनाउँछन्। शिवजयन्तीको विषयमा कसैलाई पनि पूरा थाहा छैन। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) यस कल्याणकारी युगमा एक बाबाबाट नै सच्चा सत्यनारायणको कथा, अमरकथा सुन्नु छ। बाँकी जेजति सुनेका छौ, त्यसलाई भुल्नु छ।

२) सत्ययुगी बादसाही लिनको लागि यस एक जन्ममा पवित्र रहनु छ। फरिस्ता बन्ने पुरुषार्थ गर्नु छ।

वरदान:–
हर सङ्कल्प , समय , शब्द र कर्मद्वारा ईश्वरीय सेवा गर्ने सम्पूर्ण वफादार भव

सम्पूर्ण वफादार उनीहरूलाई भनिन्छ जसले हरेक वस्तुलाई पूरा पूरा सम्हाल्छन्। कुनै पनि कुरा खेर जान दिँदैनन्। जन्म भएदेखि नै सङ्कल्प, समय र कर्म सबै ईश्वरीय सेवा अर्थ होस्। ईश्वरीय सेवाको सट्टा कतै पनि सङ्कल्प वा समय जान्छ, व्यर्थ वचन निस्कन्छ वा तनद्वारा व्यर्थ कार्य हुन्छ भने उनीहरूलाई सम्पूर्ण वफादार भनिँदैन। यस्तो होइन एक सेकेन्ड वा एक पैसा खेर गयो– अनि के ठुलो कुरा हो र! होइन। सम्पूर्ण वफादार अर्थात् सबैथोक सफल गर्ने।

स्लोगन:–
श्रीमतलाई यथार्थमा बुझेर त्यसमा पाइला पाइलामा चल्नुमा नै सफलता समाहित छ।

मातेश्वरीजीका अनमोल महावाक्य:–

“ राजऋषि सत्ययुगी हुन्छन्”

मानिसहरूले यो जुन भन्छन् द्वापरमा राजऋषि थिए, जसले बसेर यी वेद शास्त्र रचे किनकि उनीहरू त्रिकालदर्शी थिए। अब वास्तवमा हामीले राजऋषि सत्ययुगमा नै थिए भन्न सक्छौँ किनकि त्यहाँ आत्माहरूले विकारहरूलाई पूरा जितेका हुन्छन् अर्थात् कमलको फूलसमान जीवनमुक्त अवस्थामा रहेर राज्य चलाउँछन्। बाँकी यी जुन द्वापरमा परमात्मालाई प्राप्त गर्नको लागि तपस्या गर्ने ऋषि हुन् जसले वेद, शास्त्र रचेका छन्, सतयुगमा त वेद-शास्त्रहरूको आवश्यकता नै हुँदैन, न हामीले उनीहरूलाई त्रिकालदर्शी भन्न सक्छौँ। हामीले ब्रह्मा, विष्णु, शङ्करलाई त्रिकालदर्शी भन्न सक्दैनौँ भने फेरि यी द्वापर युगका रजोगुणी समयका ऋषि, मुनि कसरी त्रिकालदर्शी बन्न सक्छन्। त्रिकालदर्शी, त्रिमूर्ति, त्रिनेत्री केवल एक परमात्मा शिवलाई भन्न सकिन्छ, जसले स्वयं यस कल्पको अन्त्यमा आएर सारा रचनाको अन्त्य गरिदिनुहुन्छ। त्यहाँ सतयुगमा प्रारब्ध भोग्नु छ, त्यहाँ यो ज्ञान हुँदैन केवल हामी ब्रह्मावंशी ब्राह्मण नै मास्टर त्रिनेत्री, त्रिकालदर्शी बन्छौँ, बाँकी सारा कल्पभित्र अरू समयमा कसैलाई पनि ज्ञान मिल्न सक्दैन, न देवताहरूलाई न मानिसहरूलाई त्रिकालदर्शी भन्न सकिन्छ। अच्छा,

ओम् शान्ति।

अव्यक्त इसारा:– अब आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर

कहिल्यै पनि आफ्नो पुण्यको सट्टा प्रशंसा लिने कामना पनि राख्नुछैन, यो हदको प्रशंसालाई स्वीकार गर्नु सदाकालको प्राप्तिबाट वञ्चित हुनु हो, त्यसैले सदा दिनमा सागरसमान सम्पन्न बन। तिम्रो हरेक वचनले अरूलाई खुसीमा, बाबाको स्नेहमा, अतीन्द्रिय सुखमा रुहानी आनन्दमय जीवनको अनुभव गराओस् र हरेक कर्मले सर्व आत्माहरूप्रति सदा सहयोगको प्राप्ति गराओस्।