10.11.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
तन-मन-धन अथवा मनसा-वाचा-कर्मणा यस्तो सेवा गर जसले गर्दा २१ जन्म बाबाबाट प्रति फल
मिल ्छ तर सेवा मा कहिल्यै आपसमा मनमुटाव हुनुहुँदैन।”
प्रश्न:–
ड्रामा अनुसार
बाबाले जुन सेवा गराइरहनुभएको छ, त्यसमा अझै तीव्रता ल्याउने विधि के हो?
उत्तर:–
आपसमा एकमत
होऊ, कहिल्यै कुनै मनमुटाव (खिट खिट) नहोस्। यदि मनमुटाव भयो भने के सेवा गर्छौ
त्यसैले आपसमा मिलेर सङ्गठन बनाएर राय सल्लाह गर, एक अर्काको मदतगार बन। बाबा त
मदतगार हुनुहुन्छ नै तर ‘हिम्मते बच्चे मददे बाप...’ यसको यथार्थ अर्थ बुझेर विशाल
कार्यमा मदतगार बन।
ओम् शान्ति ।
मीठा-प्यारा
बच्चाहरू यहाँ आउँछन् रुहानी बाबाको पासमा रिफ्रेस हुन। रिफ्रेस भएर फर्किएपछि
अवश्य केही गरेर देखाउनुछ। एक एक बच्चाले सेवाको प्रमाण दिनुछ। जसरी कुनै कुनै
बच्चाहरूले भन्छन्– मेरो सेन्टर खोल्ने मन छ। गाउँहरूमा पनि सेवा गर्छन् नि।
त्यसैगरी बच्चाहरूलाई सदैव यो ख्याल रहनुपर्छ– हामीले मनसा-वाचा-कर्मणा,
तन-मन-धनबाट यस्तो सेवा गरौँ जसले गर्दा बाबाबाट भविष्य २१ जन्म प्रतिफल मिल्छ। यही
चिन्तन होस्। मैले केही गरेको छु? कसैलाई ज्ञान दिएको छु? सारा दिन यही विचार
आउनुपर्छ। सेन्टर खोल तर घरमा स्त्री-पुरुष बीच असहमति हुनुहुँदैन। कुनै विवाद
हुनुहुँदैन। संन्यासीहरू विवादले गर्दा घरबाट निस्किन्छन्। वास्तै नगरी हिँड्छन्।
फेरि सरकारले उनीहरूलाई रोक्छ र? उनीहरू त केवल पुरुष नै निस्किन्छन्। अहिले कुनै
कुनै महिलाहरू पनि निस्कन्छन्, जसको कोही स्वामी हुँदैन वा वैराग्य आउँछ, उनीहरूलाई
पनि ती संन्यासी पुरुषहरूले बसाएर सिकाउँछन्। उनीहरूद्वारा आफ्नो धन्दा गर्छन्। पैसा
आदि सबै उनीहरूसँगै हुन्छ। वास्तवमा घरबार छोडेपछि फेरि पैसा राख्ने आवश्यकता
हुँदैन। त्यसैले अब बाबाले तिमी बच्चाहरूलाई सम्झाइरहनुभएको छ। हरेकको बुद्धिमा
आउनुपर्छ– हामीले बाबाको परिचय दिनुछ। मानिसहरूले त केही पनि जान्दैनन्, बेसमझ छन्।
तिमी बच्चाहरूको लागि बाबाको आदेश छ– मीठा-प्यारा बच्चाहरू! तिमीले आफूलाई आत्मा
सम्झ, केवल पण्डित बन्नुछैन। आफ्नो पनि कल्याण गर्नुछ। यादद्वारा सतोप्रधान बन्नुछ।
धेरै पुरुषार्थ गर्नुछ। नत्र धेरै पछुताउनु पर्नेछ। भन्छन्– बाबा हामीले घरी घरी
बिर्सन्छौँ। विभिन्न सङ्कल्प आउँछन्। बाबा भन्नुहुन्छ– ती त आउँछन् नै। तिमीले
बाबाको यादमा रहेरै सतोप्रधान बन्नुछ। आत्मा जुन अपवित्र छ, त्यो आत्मा परमपिता
परमात्माको याद गरेर नै पवित्र बन्नुछ। बाबाले नै बच्चाहरूलाई निर्देशन दिनुहुन्छ–
हे आज्ञाकारी बच्चाहरू! मैले तिमीलाई आदेश दिन्छु, मलाई याद गरेमा तिम्रो पाप
काटिन्छ। सबैभन्दा पहिलो कुरा यो कुरा नै सुनाऊ– निराकार शिवबाबा भन्नुहुन्छ मलाई
याद गर– म पतित-पावन हुँ। मेरो यादबाट नै विकर्म विनाश हुन्छन्, अरू कुनै उपाय छैन।
यो कुरा कसैले बताउन सक्दैनन्। धेरै संन्यासी आदि छन्, निमन्त्रणा दिन्छन्– योग
सम्मेलनमा आएर सामेल होऊ। तर उनीहरूको हठयोगबाट कसैको कल्याण त हुनुछैन। धेरै योग
आश्रम छन् जसलाई यस राजयोगको विषयमा बिल्कुलै थाहा छैन। बाबालाई नै चिन्दैनन्।
बेहदका बाबा नै आएर सच्चा सच्चा योग सिकाउनुहुन्छ। बाबाले तिमी बच्चाहरूलाई आफूसमान
बनाउनुहुन्छ। जसरी म निराकार छु। अस्थायी रूपमा यस तनमा आएको छु। भाग्यशाली रथ त
अवश्य मानिसको नै हुन्छ। साँढेलाई त भनिँदैन। बाँकी कुनै घोडागाडी आदिको कुरा छैन।
न लडाइँको कुनै कुरा छ। तिमीलाई थाहा छ– हामीले मायासँग नै लडाइँ गर्नुछ। गायन पनि
गरिन्छ– मायासँग हारे हार... तिमीले धेरै राम्रोसँग सम्झाउन सक्छौ तर अब सिकिरहेका
छौ। कोही सिक्दासिक्दै पनि एकदमै भुइँमै गिर्छन्। कुनै मनमुटाव हुन्छ। दुई दिदीबहिनी
पनि आपसमा मिल्दैन, नुनपानी हुन्छन्। तिम्रो आपसमा कुनै पनि मनमुटाव हुनुहुँदैन।
मनमुटाव भयो भने बाबाले भन्नुहुन्छ– यिनीहरूले के सेवा गर्लान्। धेरै राम्रा राम्रा
बच्चाहरूको पनि यस्तो हाल हुन्छ। अहिले माला बनाइयो भने भनिन्छ– माला अधुरो (डिफेक्टेड)
हुन्छ। यिनीहरूमा अझै यी यी अवगुण छन्। ड्रामा प्लान अनुसार बाबाले पनि सेवा
गराइरहनुहुन्छ। निर्देशन दिइरहनुहुन्छ। दिल्लीमा चारैतिर सेवाको घेरा लगाऊ। यो केवल
एक जनाले कहाँ गर्नुछ र, आपसमा मिलेर राय सल्लाह गर्नुछ। सबै एक मत हुनुपर्छ। बाबा
एक हुनुहुन्छ तर मदतगार बच्चाहरू बिना काम कहाँ गर्नुहुन्छ र। तिमीले सेन्टरहरू
खोल्छौ, मत लिन्छौ। बाबा सोध्नुहुन्छ– मदत गर्नेहरू हौ? भन्छन्– हजुर बाबा! यदि मदत
दिनेहरू छैनन् भने केही गर्न सकिँदैन। घरमा पनि मित्र-सम्बन्धी आदि आउँछन् नि। गाली
गरून्, उनीहरूले तिमीलाई टोकिरहुन् तैपनि तिमीले त्यसको परवाह गर्नुहुँदैन।
तिमी बच्चाहरूले आपसमा
बसेर राय सल्लाह गर्नुपर्छ। मानौँ सेन्टरहरू खोले भने पनि सबै मिलेर लेख्छन्– बाबा
हामीले ब्राह्मणीको राय सल्लाहले यो काम गर्छौँ। सिन्धी भाषामा भन्छन्– ब त बारा (एकसँग
दुई मिल्दा १२ हुन्छन्) १२ भए भने अझै राम्रो राय निस्किन्छ। कहीँ कहीँ एकअर्कासँग
राय सल्लाह लिँदैनन्। अब यस्तो कुनै काम हुन सक्छ र? बाबाले भन्नुहुन्छ– तिम्रो
आपसमा सङ्गठन नभएसम्म तिमीले यति ठुलो कार्य कसरी गर्न सक्छौ। सानो पसल, ठुलो पसल
पनि हुन्छ नि। आपसमा मिलेर सङ्गठन गर्छन्। यस्तो कसैले भन्दैनन्– बाबा हजुरले सहयोग
गर्नुहोस्। पहिला त मदतगार बनाउनुपर्छ। फेरि बाबा भन्नुहुन्छ– हिम्मते बच्चे मददे
बाप। पहिला त आफ्ना मदतगार बनाऊ। बाबा हामीले यति गर्छौं बाँकी हजुरले मदत दिनुहोस्।
यस्तो होइन, पहिला हजुरले मदत गर्नुहोस्। हिम्मते मर्दा... त्यसको पनि अर्थ
बुझ्दैनन्। पहिला त बच्चाहरूको हिम्मत चाहिन्छ। कस कसले के मदत दिन्छन्? चार्ट सबैले
लेख्छन्– फलाना फलानाले यो सहयोग दिए। काइदा अनुसार लेखेर दिन्छन्। बाँकी यस्तो कहाँ
एक एकले भन्नु छ र– हामीले सेन्टर खोल्छौँ मदत दिनुहोस्। त्यसो त बाबाले खोल्न
सक्नुहुन्न र? तर यस्तो त हुन सक्दैन। कमिटीहरू आपसमा मिल्नुपर्छ। तिमीहरूमा पनि
नम्बरवार छौ नि। कसैले त बिल्कुलै केही पनि बुझ्दैनन्। कोही धेरै हर्षित भइरहन्छन्।
बाबाले त बुझ्नुहुन्छ– यस ज्ञानमा धेरै खुसी रहनुपर्छ। एउटै बाबा, टिचर, गुरु
मिल्नुभएको छ भने खुसी हुनुपर्छ नि। दुनियाँमा यी कुरा कसैले जान्दैनन्। शिवबाबा नै
ज्ञान सागर, पतितपावन, सबैका सदगतिदाता हुनुहुन्छ। सबैका पिता पनि एक हुनुहुन्छ। यो
कुरा अरू कसैको बुद्धिमा छैन। अहिले तिमी बच्चाहरूलाई थाहा छ– उहाँ नै ज्ञानको सागर
(नलेजफुल), मुक्तिदाता (लिबरेटर), मार्गदर्शक (गाइड) हुनुहुन्छ। त्यसैले बाबाको मतमा
चल्नुपर्छ। आपसमा मिलेर राय सल्लाह गर्नुछ। खर्च गर्नुछ। एकको मतमा त चल्न सकिँदैन।
सबै मदतगार चाहिन्छन्। यसमा पनि बुद्धि चाहिन्छ नि। तिमी बच्चाहरूले घर घरमा सन्देश
दिनुछ। सोध्छन्– विवाहमा निमन्त्रणा मिल्छ, जाऊँ? बाबा भन्नुहुन्छ– किन नजाने, जाऊ,
गएर आफ्नो सेवा गर। धेरैको कल्याण गर। भाषण पनि गर्न सक्छौ। मृत्यु सामुन्ने उभिएको
छ, बाबा भन्नुहुन्छ– म एकलाई याद गर। यहाँ सबै पाप आत्माहरू छन्। बाबालाई नै गाली
गरिरहन्छन्। बाबाबाट तिमीलाई विमुख बनाइदिन्छन्। गायन पनि छ– विनाश काले विपरीत
बुद्धि। कसले भन्नुभयो? बाबाले स्वयं भन्नुभएको छ– मसँग प्रीत बुद्धि छैनन्। विनाश
काले विपरीत बुद्धि छन्। मलाई चिन्दै चिन्दैनन्। जसको प्रीत बुद्धि छ, जसले मलाई
याद गर्छन्, उनीहरूले नै विजय पाउँछन्। प्रीत छ तर याद गर्दैनन् भने पनि सानो पद
पाउँछन्। बाबाले बच्चाहरूलाई निर्देशन दिनुहुन्छ। मूल कुरा सबैलाई सन्देश दिनुछ।
बाबालाई याद गरेमा पावन बनेर, पावन दुनियाँको मालिक बन्छौ। ड्रामा अनुसार बाबाले
लिन पनि वृद्ध शरीर सापटी लिनु पर्छ। तिनको वानप्रस्थ अवस्थामा प्रवेश गर्नुहुन्छ।
मानिसहरूले वानप्रस्थ अवस्थामा नै भगवानसँग मिल्नको लागि मेहनत गर्छन्। भक्तिमा त
सम्झन्छन्– जपतप आदि गर्नु यी सबै भगवानसँग मिल्ने मार्ग हुन्। कहिले मिल्नुहुन्छ
त्यो केही थाहा छैन। जन्मजन्मान्तर भक्ति गर्दै आएका छन्। भगवान त कसैलाई मिल्नु नै
हुन्न। यो कुरा बुझ्दैनन्–पुरानो दुनियाँलाई नयाँ बनाउनु पर्ने भएपछि मात्र बाबा
आउनुहुन्छ। रचयिता बाबा नै हुनुहुन्छ, चित्र त छन् तर त्रिमूर्तिमा शिवलाई
देखाउँदैनन्। शिवबाबा बाहेक ब्रह्मा-विष्णु-शङ्कर देखाइएका छन्, मानौँ घाँटी काटिएको
छ। बाबा बिना अनाथ बन्छन्। बाबा भन्नुहुन्छ– म आएर तिमीहरूलाई बाबाको बनाउँछु। २१
जन्म तिमी सनाथ बन्छौ। कुनै तकलिफ हुँदैन। तिमीले पनि भन्छौ–बाबा नमिल्नुभएसम्म हामी
पनि बिल्कुल अनाथ तुच्छ बुद्धि थियौँ। पतितपावन भन्छन् तर उहाँ कहिले आउनुहुन्छ, यो
जान्दैनन्। पावन दुनियाँ हो नै नयाँ दुनियाँ। बाबाले कति सिम्पल तरिकाले
सम्झाउनुहुन्छ। तिम्रो समझमा पनि आउँछ, हामी बाबाका बनेका छौँ, स्वर्गको मालिक
अवश्य बन्छौँ। शिवबाबा बेहदका मालिक हुनुहुन्छ। बाबाले नै आएर सुखशान्तिको वर्सा
दिनुभएको थियो। सत्ययुगमा सुख थियो बाँकी सबै आत्माहरू शान्तिधाममा थिए। अहिले यी
कुराहरू तिमीले बुझेका छौ। शिवबाबा किन आउनुभयो होला? अवश्य नयाँ दुनियाँ रचना गर्न।
पतितलाई पावन बनाउन आउनुभयो होला। उच्च कार्य गर्नुभयो होला, मानिसहरू बिल्कुल घोर
अन्धकारमा छन्। बाबा भन्नुहुन्छ– यो पनि ड्रामामा पहिल्यै निश्चित छ। तिमी
बच्चाहरूलाई बाबाले बसाएर जगाउनुहुन्छ। तिमीलाई अब यस सारा ड्रामाको बारेमा थाहा छ–
कसरी नयाँ दुनियाँ फेरि पुरानो हुन्छ। बाबा भन्नुहुन्छ– अरू सबै कुरा छोडेर एक
बाबालाई याद गर। हामीलाई कसैसँग घृणा आउँदैन। यो कुरा सम्झाउनुपर्छ। ड्रामा अनुसार
मायाको राज्य पनि हुनुछ। अहिले फेरि बाबा भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! अब यो
चक्र पूरा हुन्छ। अब तिमीलाई ईश्वरीय मत मिल्छ, त्यसैमा चल्नुछ। अब ५ विकारहरूको
मतमा चल्नुछैन। आधाकल्प तिमी मायाको मतमा चलेर तमोप्रधान बनेका छौ। अब म तिमीलाई
सतोप्रधान बनाउन आएको छु। सतोप्रधान, तमोप्रधानको यो खेल हो। ग्लानिको कुनै कुरा
छैन। भन्छन्– भगवानले यो आवागमनको नाटक नै किन रच्नुभयो? किन भन्ने प्रश्न नै
उठ्दैन। यो त ड्रामाको चक्र हो, जुन फेरि दोहोरिइरहन्छ। ड्रामा अनादि छ। अहिले
कलियुग छ, सत्ययुग बितेर गयो। अब फेरि बाबा आउनुभएको छ। बाबा बाबा भनिरह्यौ भने पनि
कल्याण भइरहन्छ। बाबा भन्नुहुन्छ– यी अति गुह्य रमणीय कुरा हुन्। भनिन्छ– शेरनीको
दुधको लागि सुनको बर्तन चाहिन्छ। सुनको बुद्धि कसरी बन्छ? आत्मामा नै बुद्धि छ नि।
आत्माले भन्छ– मेरो बुद्धि अब बाबातिर छ। म बाबालाई धेरै याद गर्छु। बस्दाबस्दै
बुद्धि अर्कोतिर जान्छ नि। बुद्धिमा कामधन्दा याद आइरहन्छ। त्यसपछि मानौँ तिम्रो
कुरा सुन्दैनन्। मेहनत छ। जति जति मृत्यु नजिक आउँदै जान्छ त्यति तिमी धेरै यादमा
रहन्छौ। मर्ने बेलामा सबैले भन्छन्– भगवानलाई याद गर। अब बाबा स्वयं भन्नुहुन्छ–
मलाई याद गर। तिमी सबैको वानप्रस्थ अवस्था छ। फर्केर जानुछ त्यसैले अब मलाई याद गर।
अरू कसैको कुरा नसुन। जन्मजन्मान्तरको पापको बोझ तिम्रो शिरमा छ। शिवबाबा
भन्नुहुन्छ– यस समयमा सबै अजामिल हुन्। मूल कुरा हो यादको यात्रा जसबाट तिमी पावन
बन्छौ फेरि आपसमा प्रेम पनि हुनुपर्छ। एकअर्कासँग राय लिनुपर्छ। बाबा प्रेमको सागर
हुनुहुन्छ नि। त्यसैले तिमी पनि आपसमा धेरै प्रिय हुनुपर्छ। देहीअभिमानी बनेर
बाबालाई याद गर्नुछ। भाइ-बहिनीको सम्बन्ध पनि तोड्नुपर्छ। भाइ-बहिनीसँग पनि योग
नराख। एक बाबासँग नै योग राख। बाबाले आत्माहरूलाई भन्नुहुन्छ– मलाई याद गरेमा तिम्रो
विकारी दृष्टि समाप्त हुन्छ। कर्मेन्द्रियहरूबाट कुनै विकर्म गर्नुहुँदैन। मनसामा
तुफान अवश्य आउँछन्। यो ठुलो लक्ष्य हो। बाबा भन्नुहुन्छ– हेर कर्मेन्द्रियहरूले
धोका दिए भने सावधान होऊ। यदि उल्टो काम गरेछौ भने समाप्त। चढ़े तो चाखे वैकुण्ठ का
मालिक... मेहनत बिना कहाँ केही हुन्छ र। धेरै मेहनत छ। देह सहित देहका... कोही
कोहीलाई त बन्धन छैन तैपनि फसेका हुन्छन्। बाबाको श्रीमतमा चल्दैनन्। तिमीसँग दुई
लाख छ, ठुलो परिवार छ तैपनि धेरै कामधन्दा आदिमा नफस। वानप्रस्थी बन। खर्च आदि कम
गर। गरिब मानिसहरू कति साधारण रीतिले चल्छन्। अहिले के के चीज निस्किएका छन्, कुरै
नगर। धनवानहरूको खर्चैखर्च हुन्छ। नत्र पेटलाई के चाहिन्छ? एक पाउ पिठो। बस्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) आपसमा धेरै धेरै प्रिय बन्नुछ तर भाइ-बहिनीसँग योग राख्नुछैन।
कर्मेन्द्रियहरूबाट कुनै पनि विकर्म गर्नुछैन।
२) एक ईश्वरीय मतमा
चलेर सतोप्रधान बन्नुछ। मायाको मत छोडिदिनुछ। आपसमा सङ्गठन बलियो बनाउनुछ, एकअर्काको
मदतगार बन्नुछ।
वरदान:–
लक्ष्य अनुसार
लक्षणको ब्यालेन्स राख्ने कलाद्वारा चढ्तीकला को अनुभव गर्ने बाबासमान सम्पन्न भव
बच्चाहरूमा
विश्वकल्याणको कामना पनि छ र बाबासमान बन्ने श्रेष्ठ इच्छा पनि छ, तर लक्ष्य
अनुसारको जुन लक्षण स्वयंमा वा सबैमा देखिन्छ त्यसमा अन्तर छ त्यसैले अब चढ्तीकलामा
ब्यालेन्स गर्ने कला ल्याएर यस अन्तरलाई मेटाऊ। सङ्कल्प छ तर दृढता सम्पन्न सङ्कल्प
भएमा बाबासमान सम्पन्न बन्ने वरदान प्राप्त हुन्छ। अहिले जुन स्वदर्शन र परदर्शन
दुवै चक्र घुम्छन्, व्यर्थ कुरामा जुन त्रिकालदर्शी बन्छौ– यसमा परिवर्तन गरेर
स्वचिन्तक स्वदर्शन चक्रधारी बन।
स्लोगन:–
सेवाको भाग्य
प्राप्त हुनु नै सबैभन्दा ठुलो सौभाग्य हो।
अव्यक्त इसारा:–
अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ
अभ्यास गर– देह र
देहको देशलाई भुलेर अशरीरी परमधाम निवासी बन, फेरि परमधाम निवासीबाट अव्यक्त
स्थितिमा स्थित होऊ, फेरि सेवाप्रति आवाजमा आऊ, सेवा गर्दा पनि आफ्नो स्वरूपको
स्मृतिमा बस, आफ्नो बुद्धिलाई जहाँ चाहन्छौ त्यहाँ एक सेकेन्डभन्दा पनि कम समयमा
लगाएमा सम्मान सहित उत्तीर्ण बन्छौ।