10.12.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिम्रो यो गीतको रेकर्ड सञ्जीवनी बुटी हो , यसलाई बजाउनाले उदासी हट्छ।”

प्रश्न:–
अवस्था बिग्रनुको कारण के हो? कुन युक्तिबाट अवस्था धेरै राम्रो हुन सक्छ?

उत्तर:–
१) ज्ञानको डान्स गर्दैनन्, परचिन्तनमा आफ्नो समय गुमाउँछन् त्यसैले अवस्था बिग्रिन्छ। २) अरूलाई दु:ख दिनाले पनि आफ्नो अवस्थामा त्यसको असर पर्छ। अवस्था तब राम्रो हुन्छ, जब मीठो भएर चल्छौ, यादमा पूरा अटेन्सन हुन्छ। राति सुत्नुभन्दा पहिला कम्तीमा आधा घण्टा यादमा बस। फेरि सबेरै उठेर याद गर्यौ भने अवस्था राम्रो हुन्छ।

गीत:–
कौन आया मेरे मन के द्वारे...।

ओम् शान्ति ।
यो गीतको रेकर्ड पनि बाबाले बच्चाहरूको लागि बनाउन लगाउनु भएको हो। यसको अर्थ पनि बच्चाहरू बाहेक अरू कसैले जान्न सक्दैनन्। बाबाले धेरै पटक सम्झाउनु भएको छ– यस्ता राम्रा राम्रा रेकर्ड घरमा राख्नुपर्छ फेरि कुनै उदासी आउँदा रेकर्ड बजाउनाले बुद्धिमा तुरुन्त अर्थ आउँछ अनि उदासी हट्छ। यो रेकर्ड पनि सञ्जीवनी बुटी हो। बाबा डाइरेक्सन त दिनुहुन्छ तर कसैले व्यवहारमा ल्याए त हो। अब यो गीतमा कसले भन्छ– हाम्रो, तिम्रो सबैको दिलमा को आउनुभएको छ! जो आएर ज्ञान डान्स गर्नुहुन्छ। भन्ने गर्छन्– गोपिनीहरूले श्रीकृष्णलाई नाच नचाउँथे, यो त हुँदै होइन। अब बाबा भन्नुहुन्छ– हे शालिग्राम बच्चाहरू। सबैलाई भन्नुहुन्छ नि। स्कुल अर्थात् स्कुल, जहाँ पढाइ हुन्छ। यो पनि स्कुल हो। तिमी बच्चाहरूलाई थाहा छ– हाम्रो दिलमा कसको याद आउँछ! अरू कुनै मनुष्य मात्रको बुद्धिमा पनि यी कुरा हुँदैनन्। यही एक समय हो जब तिमी बच्चाहरूमा उहाँको याद हुन्छ। अरू कसैले पनि उहाँको याद गर्दैनन्। बाबा भन्नुहुन्छ– तिमीले सदा मलाई याद गर अनि धारणा धेरै राम्रो हुन्छ। जसरी मैले निर्देशन दिन्छु, त्यसैगरी तिमीले याद गर्दैनौ। मायाले तिमीलाई याद गर्न दिँदैन। तिमी मेरो आज्ञामा धेरै कम चल्छौ र मायाको आज्ञामा धेरै चल्छौ। धेरै पटक भनेको छु– राति सुत्नुभन्दा आधा घण्टा पहिला बाबाको यादमा बस्नुपर्छ। स्त्री-पुरुष भए पनि एकै ठाउँमा बसे पनि वा छुट्टा छुट्टै बसे पनि बुद्धिमा एक बाबाको नै याद रहोस्। तर कसै कसैले मात्र याद गर्छन्। मायाले भुलाउँछ। आज्ञामा चलेनन् भने पद कसरी पाउन सक्छन्! बाबालाई धेरै याद गर्नु छ। शिवबाबा हजुर नै आत्माहरूका पिता हुनुहुन्छ। सबैलाई हजुरबाटै वर्सा मिल्नु छ। जसले पुरुषार्थ गर्दैनन् उनलाई पनि वर्सा मिल्छ। ब्रह्माण्डको मालिक त सबै बन्छन्। ड्रामा अनुसार केही नगरे पनि सबै आत्माहरू निर्वाणधाममा आउने छन्। हुन त आधाकल्प भक्ति गर्छन् तर म गाइड बनेर नआएसम्म फर्केर कोही जान सक्दैनन्। कसैले मार्ग देखेकै हुँदैनन्। यदि देखेको भए उसको पछाडि सबै लामखुट्टे सदृश्य जाने थिए। मूलवतन के हो– यो पनि कसैले जानेका छैनन्। तिमीलाई थाहा छ– यो बनिबनाउ ड्रामा हो। यो नै दोहोरिनु छ। दिनमा त कर्मयोगी बनेर धन्दामा लाग्नुपर्छ। खाना पकाउने आदि सबै कर्म गर्नुपर्छ। वास्तवमा कर्म संन्यास भन्नु पनि गल्ती हो। कर्म विना त कोही रहन सक्दैन। कर्म संन्यासी यो झुटो नाम राखिदिएका छन्। दिनमा बरु धन्दा आदि गर, रातमा र सबेरै सबेरै बाबालाई राम्ररी याद गर। जसलाई अहिले अपनाएका छौ उहाँलाई याद गर्नाले मदत पनि मिल्छ। नत्र मिल्दैन। धनवानहरूलाई बाबाको बन्नमा हृदय विदीर्ण हुन्छ, त्यसैले फेरि पद पनि मिल्दैन। यो याद गर्न त धेरै सजिलो छ। उहाँ हाम्रो बाबा, टिचर, गुरु हुनुहुन्छ। हामीलाई सारा रहस्य बताउनु भएको छ– यो विश्वको इतिहास-भूगोल कसरी दोहोरिन्छ। बाबालाई याद गर्नु छ र फेरि स्वदर्शन चक्र फिराउनु छ। सबैलाई फर्काएर लैजानेवाला त बाबा नै हुनुहुन्छ। यस्ता यस्ता ख्यालमा रहनु पर्छ। राति सुत्दा पनि यो ज्ञान घुमिरहोस्। बिहान उठ्दा पनि यही ज्ञान याद रहोस्। हामी ब्राह्मण नै देवता फेरि क्षत्रिय, वैश्य, शूद्र बन्छौं। फेरि बाबा आउनु हुन्छ, फेरि हामी शूद्रबाट ब्राह्मण बन्छौं। बाबा त्रिमूर्ति, त्रिकालदर्शी, त्रिनेत्री पनि हुनुहुन्छ। हाम्रो बुद्धि खोलिदिनुहुन्छ। ज्ञानको तेस्रो नेत्र पनि मिल्छ। यस्तो बाबा त कोही हुनै सक्दैन। बाबाले रचना रच्नुहुन्छ भने माता पनि हुनु भयो। जगत अम्बालाई निमित्त बनाउनु हुन्छ। बाबा यस तनमा आएर ब्रह्मा रूपबाट खेल्ने-दौडने पनि गर्नुहुन्छ। घुम्न पनि जानुहुन्छ। हामीले बाबालाई याद त गर्छौं नि! तिमीलाई थाहा छ– यिनको रथमा आउनु हुन्छ। तिमीले भन्छौ– बापदादाले हामीसँग खेल्नुहुन्छ। खेल्दा पनि बाबाले (ब्रह्माले) याद गर्ने पुरुषार्थ गर्छन्। बाबा भन्नुहुन्छ– म यिनीद्वारा खेलिरहेको छु। चैतन्य हुँ नि। यस्तो ख्याल राख्नुपर्छ। यस्ता बाबामा बलि पनि चढ्नु छ। भक्तिमार्गमा तिमीले गाउँदै आयौ– वारी जाऊँ... अब बाबा भन्नुहुन्छ– मलाई यस एक जन्म आफ्नो वारिस बनाऊ तब मैले २१ जन्मको लागि राज्य भाग्य दिन्छु। अहिले यो आज्ञा गर्नुहुन्छ, त्यसैले यस डाइरेक्सनमा चल्नु छ। त्यो पनि जस्तो देख्नुहुन्छ त्यसै अनुसार डाइरेक्सन दिनुहुन्छ। डाइरेक्सन अनुसार चल्नाले ममत्व मेटिन्छ, तर डराउँछन्। बाबा भन्नुहुन्छ– तिमी बलि चढेनौ भने मैले वर्सा कसरी दिने? तिम्रो पैसा कसैले लिएर कहाँ जान्छन् र। भन्नुहुन्छ, यदि तिमीसँग पैसा छ भने लिटरेचरमा लगाऊ। ट्रस्टी हौ नि। बाबाले राय दिइरहनु हुन्छ। बाबाको सबै चीज बच्चाहरूको लागि हो। बच्चाहरूबाट केही लिनुहुन्न। ममत्व मेटाउन युक्तिले सम्झाउनु हुन्छ। मोह पनि धेरै कडा छ (बाँदरको जस्तै)। बाबा भन्नुहुन्छ– तिमीले बाँदरले जस्तै कसैमा मोह किन राख्छौ? फेरि घर मन्दिर कसरी बन्छ? मैले तिमीलाई बाँदरपनाबाट छुटाएर मन्दिर लायक बनाउँछु। तिमीले यस फोहरमा किन ममत्व राख्छौ? बाबाले केवल कसरी सम्हाल्ने, यसको लागि मत दिनुहुन्छ। तर पनि बुद्धिमा बस्दैन। यो सबै बुद्धिको काम हो।

बाबा राय दिनुहुन्छ– अमृतबेला पनि कसरी बाबासँग कुरा गर्नु छ? बाबा, हजुर बेहदका बाबा, टिचर हुनुहुन्छ। हजुरले नै बेहदको विश्वको हिस्ट्री-जोग्राफी बताउन सक्नुहुन्छ। लक्ष्मी-नारायणको ८४ जन्मको कहानी दुनियाँमा कसैले जानेका छैनन्। जगत् अम्बालाई माता माता पनि भन्छन्। उनी को हुन्? सत्ययुगमा त हुन सक्दैनन्। त्यहाँका महारानी-महाराजा त लक्ष्मी-नारायण हुन्। उनका आफ्ना बच्चा हुन्छन् जो तख्तमा बस्छन्। हामी कसरी उनका बच्चा बन्छौं अनि तख्तमा बस्छौं। अहिले हामीलाई थाहा छ– यिनी जगदम्बा ब्राह्मणी हुन्, ब्रह्माकी छोरी सरस्वती। मनुष्यले कहाँ यो रहस्यलाई जानेका छन् र। राति बाबाको यादमा बस्ने नियम बसाल्यौ भने धेरै राम्रो हुन्छ। नियम बनायौ भने तिमीलाई खुसीको पारा चढिरहन्छ फेरि अरू कुनै कष्ट हुने छैन। भन्छौ– एक बाबाका सन्तान हामी भाइ-बहिनी हौं। फेरि कुदृष्टि राख्नु पाप कर्म हुन्छ। नसा पनि सतो, रजो, तमोगुणी हुन्छ नि। तमोगुणी नसा चढे त मर्छौ। यो नियम त बनाऊ– थोरै समय भए पनि बाबालाई याद गरेर बाबाको सेवामा जाऊ। फेरि मायाको तुफान आउने छैन। त्यो नसा दिन भर रहन्छ र अवस्था पनि धेरै रिफाइन हुन्छ। योगमा पनि लाइन क्लियर हुन्छ। यस्ता यस्ता रेकर्ड पनि धेरै राम्रा छन्, रेकर्ड सुनिराख्यौ भने नाच्न सुरु गर्छौ, रिफ्रेस हुन्छौ। दुई, चार, पाँच रेकर्ड धेरै राम्रा छन्। गरिब पनि बाबाको यस सेवामा लागेमा उनलाई महल मिल्न सक्छ। शिवबाबाको भण्डाराबाट सबैथोक मिल्न सक्छ। सेवाधारीलाई बाबाले किन दिनुहुन्न? शिवबाबाको भण्डारा भरपुर नै छ।

(गीत) यो हो ज्ञान डान्स। बाबा आएर गोप-गोपिनीहरूलाई ज्ञान डान्स गराउनु हुन्छ। जहाँ बसेको भए पनि बाबालाई याद गरिराख तब अवस्था धेरै राम्रो हुन्छ। जसरी बाबा ज्ञान र योगको नसामा रहनुहुन्छ, तिमी बच्चाहरूलाई पनि सिकाउनु हुन्छ। खुसीको नसा हुन्छ। नत्र परचिन्तनमा रहनाले फेरि अवस्था नै बिग्रन्छ। बिहानै उठ्नु त धेरै राम्रो हो। बाबाको यादमा बसेर बाबासँग मीठा मीठा कुरा गर्नुपर्छ। भाषण गर्नेले त विचार सागर मन्थन गर्नुपर्छ। आज यी प्वाइन्टहरूमा सम्झाउने छु, यसरी सम्झाउने छु। बाबासँग धेरै बच्चाहरूले भन्छन्– मैले नोकरी छोडिदिऊँ? तर बाबा भन्नुहुन्छ– पहिला सेवाको सबुत त देऊ। बाबाले धेरै राम्रो यादको युक्ति बताउनु भएको छ। तर करोडौंमा कोही निस्किन्छन् जसलाई यो बानी पर्छ। कसैलाई मुस्किलले याद हुन्छ। तिमी कुमारीहरूको नाम त प्रख्यात छ। सबै कुमारीको पाउ पर्छन्। तिमीले २१ जन्मको लागि विश्वमा स्वराज्य दिलाउँछौ। तिम्रा यादगार मन्दिर पनि छन्। ब्रह्माकुमार-कुमारीहरूको नाम पनि प्रसिद्ध भएको छ नि। कुमारी ती हुन् जसले २१ कुलको उद्धार गर्छन्। त्यसको अर्थ पनि बुझ्नुपर्छ। तिमी बच्चाहरूलाई थाहा छ– यो ५ हजार वर्षको रील हो, जे जति पास हुँदै जान्छ त्यो ड्रामा। गल्ती भयो ड्रामा। फेरि पछिको लागि आफ्नो रजिस्टर ठीक राख्नुपर्छ। फेरि रजिस्टर नराम्रो हुनु हुँदैन। यसमा धेरै ठुलो मेहनत छ तब यति उच्च पद मिल्छ। बाबाको बनेपछि फेरि बाबाले वर्सा पनि दिनुहुन्छ। सौतेनीलाई कहाँ वर्सा दिनुहुन्छ र। मदत गर्नु त कर्तव्य हो। जो होसियार छन् उनले हर कुरामा मदत गर्छन्। बाबालाई हेर उहाँले कति मदत गर्नुहुन्छ। हिम्मते मर्दा मददे खुदा। मायालाई जित्न पनि तागत चाहिन्छ। एक रूहानी बाबालाई याद गर्नु छ। अरूसँग मन हटाएर बाबामा मन जोड्नु छ। बाबा हुनुहुन्छ ज्ञानका सागर। उहाँले भन्नुहुन्छ– म यिनमा प्रवेश गर्छु, बोल्छु। अरू कसैले त यस्तो भन्न सक्दैनन्– म बाबा, टिचर, गुरु हुँ। ब्रह्मा, विष्णु, शङ्करलाई रच्नेवाला हुँ। यी कुरालाई अहिले तिमी बच्चाहरूले नै बुझ्न सक्छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) पुरानो फोहरमा ममत्व राख्नु छैन, बाबाको डाइरेक्सनमा चलेर आफ्नो ममत्व मेटाउनु छ। ट्रस्टी बनेर रहनु छ।

२) यस अन्तिम जन्ममा भगवानलाई आफ्नो वारिस बनाएर उहाँमाथि बलि चढ्नु छ, तब २१ जन्मको राज्य भाग्य मिल्छ। बाबालाई याद गरेर सेवा गर्नु छ। नसामा रहनु छ। रजिस्टर कहिल्यै नराम्रो नहोस्, यो ध्यान दिनु छ।

वरदान:–
प्रत्यक्षफलद्वारा अतीन्द्रिय सुखको अनुभूति गर्ने निःस्वार्थ सेवाधारी भव

सत्ययुगमा सङ्गमको कर्मको फल मिल्छ, तर यहाँ बाबाको बन्नाले वर्साको रुपमा प्रत्यक्षफल मिल्छ। सेवा गरेपछि सेवा गर्नासाथ सेवाको साथसाथै खुसी मिल्छ। जसले यादमा रहेर, निःस्वार्थ भावले सेवा गर्छ, उसलाई सेवाको प्रत्यक्षफल अवश्य मिल्छ। प्रत्यक्षफल नै ताजा फल हो, जसले सदा स्वस्थ बनाइदिन्छ। योगयुक्त, यथार्थ सेवाको फल हो खुसी, अतीन्द्रिय सुख र डबल लाइटको अनुभूति।

स्लोगन:–
जसले आफ्नो चालचलनद्वारा रूहानी रोयल्टीको झलक र फलक (चमक र नसा)को अनुभव गराउँछ, ऊ नै विशेष आत्मा हो।