10.12.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– च्यारिटी बिगिन्स एट होम अर्थात् पहिला आ फै आत्म अभिमानी बन्ने मेहनत गर , फेरि अरूलाई भन , आत्मा सम्झेर आत्मालाई ज्ञान दियौ भने ज्ञान तरबारमा जौहर आउँछ।”

प्रश्न:–
सङ्गमयुगमा कुन दुई कुराको मेहनत गरेमा सत्ययुगी तख्तको मालिक बन्छौ?

उत्तर:–
१-दुःख-सुख, निन्दास्तुतिमा समान स्थिति होस्– यसमा मेहनत गर। कसैले केही उल्टोसुल्टो बोल्यो, रिसायो भने तिमी चुप होऊ, कहिल्यै मुखको ताली नबजाऊ। २. आँखालाई सभ्य बनाऊ, विकारी आँखा बिल्कुलै समाप्त होस्, हामी आत्मा भाइ भाइ हौँ, आत्मा सम्झेर ज्ञान देऊ, आत्म अभिमानी बन्ने मेहनत गरेमा सत्ययुगी तख्तको मालिक बन्छौ। सम्पूर्ण पवित्र बन्नेहरू नै गद्दीनसिन बन्छन्।

ओम् शान्ति ।
रुहानी बाबाले रुहानी बच्चाहरूसँग कुरा गर्नुहुन्छ, तिमी आत्माहरूलाई यो तेस्रो नेत्र मिलेको छ, जसलाई ज्ञानको नेत्र पनि भनिन्छ, त्यसबाट तिमीले आफ्ना भाइहरूलाई देख्छौ। त्यसैले त यो बुद्धिले जान्दछौ नि– हामीले भाइ भाइलाई देख्दा कर्मेन्द्रियहरू चञ्चल हुँदैनन्। यसो गर्दागर्दै आँखा जुन विकारी छन्, ती पावन हुन्छन्। बाबा भन्नुहुन्छ– विश्वको मालिक बन्नको लागि मेहनत त गर्नुपर्छ नि। त्यसैले अहिले यो मेहनत गर। मेहनत गर्नको लागि बाबाले नयाँ नयाँ गहन प्वइन्टहरू सुनाउनुहुन्छ नि। त्यसैले अहिले आफूलाई भाइ भाइ सम्झेर ज्ञान दिने बानी बसाल्नुछ। फेरि यो जुन गायन गरिन्छ– ‘वी आर अल ब्रदर्स’ अर्थात् हामी सबै भाइ भाइ हौँ– यो यथार्थमा हुन्छ। अहिले तिमी सच्चा सच्चा भाइ भाइ हौ किनकि तिमीले बाबालाई चिनेका छौ। बाबाले तिमी बच्चाहरूसँग सेवा गरिरहनुभएको छ। हिम्मते बच्चे मददे बाप। त्यसैले बाबा आएर यो सेवा गर्ने हिम्मत दिनुहुन्छ। त्यसपछि यो सहज भयो नि। त्यसैले दिनहुँ यो प्राक्टिस गर्नुपर्छ, अल्छी गर्नुहुँदैन। यी नयाँ नयाँ प्वइन्टहरू तिमी बच्चाहरूलाई मिल्छन्, बच्चाहरूलाई थाहा छ– हामी भाइहरूलाई बाबाले पढाइरहनुभएको छ। आत्माहरूले पढ्छन्, यो रुहानी ज्ञान हो, यसलाई आध्यात्मिक ज्ञान भनिन्छ। केवल यस समयमा रुहानी ज्ञान, रुहानी बाबाबाट मिल्छ किनकि बाबा आउनुहुन्छ नै सङ्गमयुगमा जुनबेला सृष्टि परिवर्तन हुन्छ। यो रुहानी ज्ञान पनि त्यसबेला मात्र मिल्छ जुनबेला सृष्टि परिवर्तन हुने समय आउँछ। बाबा आएर यही रुहानी ज्ञान त दिनुहुन्छ– आफूलाई आत्मा सम्झ। आत्मा नाङ्गै (अशरीरी) आएको थियो, यहाँ फेरि शरीर धारण गर्छ। सुरुदेखि अहिलेसम्म आत्माले ८४ जन्म लिएको छ। तर नम्बरवार जो जसरी आएका हुन्छन्, उनीहरूले त्यसैगरी ज्ञान र योगको मेहनत गर्छन्। फेरि देखिन पनि आउँछ– जसरी जसले कल्प पहिला जुन पुरुषार्थ गरेका छन्, मेहनत गरेका छन्, तिनीहरूले अहिले पनि त्यसैगरी मेहनत गरिरहन्छन्। आफ्नै लागि मेहनत गर्नुछ। अरू कसैको लागि त गर्नुपर्दैन। त्यसैले आफूलाई नै आत्मा सम्झेर आफूसँग मेहनत गर्नुछ। अर्कोले के गर्छ, त्यसमा हाम्रो के जान्छ र। च्यारिटी बिगिन्स एट होम अर्थात् पहिला सुरुमा आफैले मेहनत गर्नुछ, पछि अरूलाई (भाइहरूलाई) भन्नुछ। तिमीले आफूलाई आत्मा सम्झेर आत्मालाई ज्ञान दियौ भने तिम्रो ज्ञान तरबारमा जौहर भरिन्छ। यसमा मेहनत त छ नि। त्यसैले अवश्य केही न केही सहन गर्नुपर्छ। यस समयमा दुःखसुख, निन्दास्तुति, मानअपमान यी सबै थोरबहुत सहन गर्नुपर्छ। त्यसैले जहिले पनि कसैले उल्टोसुल्टो बोल्यो भने भनिन्छ– चुप लाग। कसैले चुप गराइदियो भने पछि कसैले केही रिस गर्छ र! कसैले कुरा गर्छ र अर्कोले पनि कुरा गर्छ त्यसपछि मुखको ताली बज्छ। एकले मुखको ताली बजायो र अर्को शान्तिसँग बस्यो भने चुप हुन्छ। बस् यो बाबाले सिकाउनुहुन्छ। कहिल्यै पनि हेर, कोही क्रोधमा आयो भने चुप होऊ, उसको क्रोध आफै शान्त हुन्छ। अर्को ताली बज्दैन। यदि तालीमा ताली बज्यो भने फेरि गडबड हुन्छ, त्यसैले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! कहिल्यै पनि यी कुराहरूमा ताली नबजाऊ। न विकारको, न कामको, न क्रोधको।

बच्चाहरूले हरेकको कल्याण गर्नु नै छ, यति धेरै जुन सेन्टरहरू बनेका छन्, केका लागि? कल्प पहिला पनि त यस्तै सेन्टरहरू निस्किएका होलान्। देवहरूका देव बाबाले देखिरहनुहुन्छ– धेरै बच्चाहरूलाई यो सोख हुन्छ– बाबा, सेन्टर खोलुँ। हामीले सेन्टर खोल्छौँ, हामीले खर्च लगाउँछौँ। त्यसपछि दिनप्रतिदिन यस्तै हुँदै जान्छ किनकि जति विनाशका दिन नजिक हुँदै जान्छन्, त्यति फेरि यतातिर पनि सेवाको सोख बढ्दै जान्छ। अहिले बापदादा दुवै सँगै हुनुहुन्छ, त्यसैले हरेकलाई हेर्नुहुन्छ– के पुरुषार्थ गर्छन्? के पद पाउँछन्? कसको पुरुषार्थ उत्तम, कसको मध्यम, कसको कनिष्ठ छ? त्यो त देखिरहनुभएको छ। टिचरले पनि स्कुलमा हेर्छन्– विद्यार्थी कुन सब्जेक्टमा तल माथि हुन्छन्। यहाँ पनि यस्तै छ। कुनै बच्चाहरूले राम्रोसँग अटेन्सन दिए भने आफूलाई उच्च सम्झन्छन्। कुनै समयमा फेरि भुल गरे, यादमा रहेनन् भने आफूलाई कमजोर सम्झन्छन्। यो स्कुल हो नि। बच्चाहरूले भन्छन्– बाबा, हामी कहिलेकाहीँ धेरै खुसीमा रहन्छौँ, कहिलेकाहीँ खुसी कम हुन्छ। त्यसैले बाबाले अहिले सम्झाइरहनुहुन्छ– यदि खुसीमा रहन चाहन्छौ भने मनमनाभव, आफूलाई आत्मा सम्झ र बाबालाई पनि याद गर। सामुन्ने परमात्मालाई देख्यौ भने उहाँ अकालतख्तमा बस्नुभएको छ। यसरी भाइहरूतिर पनि हेर, आफूलाई आत्मा सम्झेर फेरि भाइसँग कुरा गर। भाइलाई हामीले ज्ञान दिन्छौँ। बहिनीलाई होइन, भाइ भाइलाई। आत्माहरूलाई ज्ञान दिन्छौँ, तिम्रो यो बानी बस्यो भने तिम्रो जुन विकारी आँखा छ, जसले तिमीलाई धोका दिन्छ, त्यो बिस्तारै बिस्तारै बन्द हुन्छ। आत्माले आत्मामा के गर्छ र? देह अभिमान आएपछि गिर्छन्। धेरैले भन्छन्– बाबा, हाम्रो आँखा विकारी छ। अच्छा, विकारी आँखालाई अब पवित्र आँखा बनाऊ। बाबाले आत्मालाई दिनुभएको नै छ तेस्रो नेत्र। तेस्रो नेत्रले देख्यौ भने फेरि तिम्रो देहलाई देख्ने बानी मेटिन्छ। बाबाले बच्चाहरूलाई निर्देशन त दिइरहनुहुन्छ, यिनलाई (ब्रह्मालाई) पनि यसैगरी भन्नुहुन्छ। यी बाबाले पनि देहमा आत्मालाई देख्छन्। त्यसैले यसलाई नै भनिन्छ रुहानी ज्ञान। हेर, पद कति उच्च पाउँछौ। पद जबरजस्त छ। त्यसैले पुरुषार्थ पनि त्यस्तै गर्नुपर्छ। बाबाले पनि बुझ्नुहुन्छ– कल्प पहिला अनुसार सबैको पुरुषार्थ चल्छ। कोही राजा-रानी बन्छन्, कोही प्रजामा जान्छन्। यहाँ बसेर निष्ठा (योग) गराउँदा पनि आफूलाई आत्मा सम्झेर अर्काको भृकुटीमा पनि आत्मालाई देखिरह्यौ भने फेरि उनीहरूको सेवा राम्रो हुन्छ। जो देहीअभिमानी भएर बस्छन्, उनीहरूले आत्माहरूलाई नै देख्छन्। यसको खुब प्राक्टिस गर। अरे, उच्च पद पाउनुछ भने केही त मेहनत गर्छौ नि। त्यसैले अहिले आत्माहरूको लागि यही मेहनत छ। यो रुहानी ज्ञान एक पटक मात्र मिल्छ र फेरी कहिल्यै पनि मिल्दैन। न कलियुगमा, न सत्ययुगमा, केवल सङ्गमयुगमा मिल्छ, त्यो पनि ब्राह्मणहरूलाई। यो पक्का याद गर। ब्राह्मण बनिसकेपछि देवता बन्छौ। ब्राह्मण बनेनौ भने फेरि देवता कसरी बन्छौ? यस सङ्गमयुगमा नै यो मेहनत गर्छन्। अरू कुनै समयमामा यसो भनिँदैन– आफूलाई आत्मा, अर्कालाई पनि आत्मा सम्झेर उनीहरूलाई ज्ञान देऊ। बाबाले जे सम्झाउनुहुन्छ, त्यसमाथि विचार सागर मन्थन गर। निधो गर– के यो ठीक छ, यो हाम्रो फाइदाको कुरा हो? हामीलाई बानी पर्छ– बाबाको जुन शिक्षा छ, त्यो भाइहरूलाई दिनुछ, फिमेललाई पनि दिनुछ भने मेललाई पनि दिनुछ। दिने त आत्माहरूलाई नै हो। आत्मा नै मेल, फिमेल बनेको छ। भाइबहिनी बनेको छ।

बाबा भन्नुहुन्छ– मैले तिमी बच्चाहरूलाई ज्ञान दिन्छु। मैले बच्चाहरूतिर, आत्माहरूलाई देख्छु र आत्माहरूले पनि बुझ्छन्– हाम्रो परमात्मा जो बाबा हुनुहुन्छ, उहाँले ज्ञान दिनुहुन्छ, त्यसैले यसलाई भनिन्छ– यिनीहरू रुहानी अभिमानी बनेका छन्। यसलाई नै भनिन्छ आत्माको परमात्मासँग आध्यात्मिक ज्ञानको लेनदेन। त्यसैले बाबाले यो शिक्षा दिनुहुन्छ– जहिले पनि कुनै भिजिटर आदि आए भने पनि आफूलाई आत्मा सम्झेर, आत्मालाई बाबाको परिचय दिनुछ। आत्मामा ज्ञान हुन्छ, शरीरमा हुँदैन। त्यसो भएकाले उनीहरूलाई पनि आत्मा सम्झेर नै ज्ञान दिनुछ। यसबाट उनीहरूलाई पनि राम्रो लाग्छ। जस्तो कि यो जौहर छ तिम्रो मुखमा। यस ज्ञानको तरबारमा जौहर भरिन्छ किनकि देहीअभिमानी हुन्छौ नि। अब यो पनि प्राक्टिस गरेर हेर। बाबा भन्नुहुन्छ– जज गर– यो ठीक छ? र बच्चाहरूको लागि पनि यो कुनै नयाँ कुरा होइन किनकि बाबाले सम्झाउनुहुन्छ नै बनाएर। चक्कर लगायौ, अब नाटक पूरा हुन्छ, अब बाबाको यादमा रहन्छौँ। तमोप्रधानबाट सतोप्रधान बनेर, सतोप्रधान दुनियाँको मालिक बन्छौँ, फेरि त्यसैगरी सिँढीबाट झर्छौँ, हेर कति सहजै बताउनुहुन्छ। हरेक ५ हजार वर्षपछि म आउनुपर्छ। ड्रामाको योजना अनुसार म बाँधिएको छु। आएर बच्चाहरूलाई धेरै सहज यादको यात्रा सिकाउँछु। बाबाको यादमा अन्त मति सो गति हुन्छ, यो यस समयको लागि हो। यो अन्त्यकाल हो। अहिले यस समयमा बाबा बसेर युक्ति बताउनुहुन्छ– म एकलाई याद गरेमा सदगति हुनेछ। बच्चाहरूले पनि बुझेका छौ– पढाइबाट यो बन्छु, त्यो बन्छु। यसमा पनि यही छ– म गएर नयाँ दुनियाँमा देवीदेवता बन्नेछु। कुनै नयाँ कुरा होइन, बाबाले त घरी घरी भन्नुहुन्छ– नथिङ न्यु। यो त सिँढी झर्नु र चढ्नु हो, जिन्नको कहानी छ नि। उसलाई सिँढीबाट झर्ने र चढ्ने काम दिइएको थियो। यो नाटक नै हो चढ्नु र झर्नु। यादको यात्राबाट धेरै मजबुत हुन्छौ, त्यसैले भिन्न भिन्न प्रकारले बाबा बसेर बच्चाहरूलाई सिकाउनुहुन्छ– प्यारा बच्चाहरू! अब देहीअभिमानी बन। अब सबै फर्केर जानुछ। तिमी आत्मा पूरा ८४ जन्म लिएर तमोप्रधान बनेका छौ। भारतवर्षका मानिसहरू नै सतो-रजो-तमो बन्छन्। अर्को कुनै राष्ट्रियताकालाई भनिँदैन– पूरा ८४ जन्म लिएका छन् । बाबाले आएर बताउनुभएको छ– नाटकमा हरेकको पार्ट आआफ्नो हुन्छ। आत्मा कति सानो छ। वैज्ञानिकहरूको बुझाइमा नै यो कुरा आउँदैन– यति सानो आत्मामा यो अविनाशी पार्ट भरिएको छ। यो हो सबैभन्दा आश्चर्यजनक कुरा। यो सानो आत्मा तर कति पार्ट खेल्छ! त्यो पनि अविनाशी! यो ड्रामा पनि अविनाशी छ र बनिबनाउ छ। यस्तो होइन, कसैले भन्छ– कहिले बन्यो? होइन। यो प्रकृतिको चमत्मार (कुदरत) हो। यो ज्ञान बडो आश्चर्यजनक छ, कहिल्यै कसैले यो ज्ञान बताउनै सक्दैन। यस्तो कसैको तागत छैन, जसले यो ज्ञान बताउँछ।

अहिले बच्चाहरूलाई बाबाले दिनप्रतिदिन सम्झाइरहनुहुन्छ। अब प्राक्टिस गर– मैले आफ्नो भाइ आत्मालाई ज्ञान दिन्छु, आफूसमान बनाउनको लागि। बाबाबाट वर्सा लिनको लागि किनकि सबै आत्माहरूको हक छ। बाबा आउनुहुन्छ सबै आत्माहरूलाई आआफ्नो शान्ति वा सुखको वर्सा दिन। हामी राजधानीमा हुँदा बाँकी सबै शान्तिधाममा हुन्छन्। पछि जयजयकार हुन्छ, यहाँ सुख नै सुख हुन्छ, त्यसैले बाबा भन्नुहुन्छ– पावन बन्नुछ। जति जति तिमी पवित्र बन्छौ, त्यति आकर्षण हुन्छ। तिमी बिल्कुलै पवित्र भएपछि गद्दीनसिन हुन्छौ। त्यसैले यो प्राक्टिस गर। यस्तो नठान– बस् यो सुनेँ र कानबाट निकालेँ। होइन, यो प्राक्टिसबिना तिमी चल्न सक्दैनौ। आफूलाई आत्मा सम्झ, त्यसमा पनि बसेर आत्मा भाइ भाइलाई सम्झाऊ। रुहानी बाबाले रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ, यसलाई भनिन्छ रुहानी आध्यात्मिक ज्ञान। आध्यात्मिक पिता दिनेवाला दाता हुनुहुन्छ। जुनबेला बच्चाबच्चीहरू पूरा आध्यात्मिक बन्छन्, एकदम पवित्र बन्छन्, त्यसपछि गएर सत्ययुगी तख्तको मालिक बन्छन्। जो पवित्र बन्दैनन्, उनीहरू मालामा पनि आउँदैनन्। मालाको पनि कुनै अर्थ त हुन्छ नि। मालाको रहस्य अरू कसैलाई पनि थाहा छैन। मालालाई किन जप्छन्? किनकि बाबाको धेरै नै मदत गरेका छन् भने किन जपिँदैन र। तिम्रो पनि जापगरिन्छ, तिम्रो पूजा पनि हुन्छ र तिम्रो शरीरको पनि पूजा गरिन्छ। मेरो त केवल आत्मालाई पूजा गरिन्छ। हेर, तिमी त डबल पूजिन्छौ, मेरो भन्दा पनि धेरै। तिमी देवता बनेको बेलामा तिमी देवताहरूको पनि पूजा गर्छन्, त्यसैले पूजामा पनि तिमी तीक्ष्ण, यादगारमा पनि तिमी तीक्ष्ण र बादसाहीमा पनि तिमी तीक्ष्ण बन्नुछ। हेर, तिमीलाई कति उच्च बनाउँछु। जसरी बच्चाहरू प्यारा हुन्छन्, धेरै प्यार गर्छन् त्यसैले बच्चाहरूलाई काखमा, शिरमा पनि राख्छन्। बाबाले पनि एकदम शिरमा राखिदिनुहुन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) गायन र पूजनयोग्य बन्नको लागि आध्यात्मिक बन्नुछ, आत्मालाई पवित्र बनाउनुछ। आत्म अभिमानी बन्ने मेहनत गर्नुछ।

२) मनमनाभवको अभ्यासद्वारा अपार खुसीमा रहनुछ। स्वयंलाई आत्मा सम्झेर आत्मासँग कुरा गर्नुछ, आँखालाई पवित्र बनाउनुछ।

वरदान:–
मास्टर रचयिताको स्टेजद्वारा वि प त्ति ह रूमा पनि मनोरञ्जनको अनुभव गर्ने सम्पूर्ण योगी भव

मास्टर रचयिताको स्टेजमा स्थित रहँदा ठुलोभन्दा ठुलो विपत्ति पनि एक मनोरञ्जनको दृश्य अनुभव हुन्छ। जसरी महाविनाशको विपत्तिलाई पनि स्वर्गको गेट खुल्ने साधन बताउँछौ, त्यसैगरी कुनै पनि प्रकारको सानोठुलो समस्या वा विपत्ति मनोरञ्जनको रूपमा देखियोस्, हाय हायको सट्टा ओहो शब्द निस्कियोस्– दुःख पनि सुखको रूपमा अनुभव होस्। दुःखसुखको ज्ञान हुँदाहुँदै पनि त्यसको प्रभावमा नआऊ, दुःखको बलिहारी पनि सुखका दिन आउनको लागि सम्झ अनि भनिन्छ सम्पूर्ण योगी।

स्लोगन:–
दिलतख्तलाई छोडेर साधारण सङ्कल्प गर्नु अर्थात् धरतीमा पाउ राख्नु।

अव्यक्त इसारा:– अब सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ

कर्म गर्दागर्दै तनको पनि हल्कापन, मनको स्थितिमा पनि हल्कापन। कर्मको रिजल्टले मनलाई तान्न नसकोस्। जतिसुकै कार्य बढ्दै जान्छ, त्यति नै हल्कापन पनि बढ्दै जानेछ। कर्मले आफूतिर आकर्षित नगरोस् तर मालिक भएर कर्म गराउनेवालाले गराइरहनुभएको छ र गर्नेवाला निमित्त बनेर गरिरहेको छु– यो अभ्यास बढाऊ त्यसबाट सहजै सम्पन्न कर्मातीत बन्छौ।