11.01.26 Avyakt Bapdada Nepali Murli 20.10.2008 Om Shanti Madhuban
सन्तुष्टमणि बनेर
विश्वमा सन्तुष्टताको लाइट फैलाऊ , सन्तुष्ट ह ोऊ र सबैलाई सन्तुष्ट पा र
आज बापदादाले आफ्ना
सदा सन्तुष्ट रहने सन्तुष्टमणिहरूलाई देखिरहनुभएको छ। एक एक सन्तुष्टमणिको चमकले
चारैतिर कति सुन्दर चमक, चम्किरहेको छ। हरेक सन्तुष्टमणि कति बाबाको प्यारो, हरेकको
प्यारो, आफ्नो पनि प्यारो छ। सन्तुष्टता सबैलाई प्यारो छ। सन्तुष्टता सदा सर्व
प्राप्तिसम्पन्न छ किनकि जहाँ सन्तुष्टता हुन्छ त्यहाँ अप्राप्त कुनै वस्तु हुँदैन।
सन्तुष्ट आत्मामा सन्तुष्टताको स्वभाव स्वाभाविक हुन्छ। सन्तुष्टताको शक्तिले स्वतः
र सहजै चारैतिर वायुमण्डल फैलाउँछ। उसको चेहरा, उसको नयनले वायुमण्डलमा पनि
सन्तुष्टताको लहर फैलाउँछन्। जहाँ सन्तुष्टता छ त्यहाँ अरू विशेषताहरू स्वतः नै
आउँछन्। सन्तुष्टता सङ्गममा विशेष बाबाको देन हो। सन्तुष्टताको स्थिति परिस्थिति
माथि सदा विजयी हुन्छ। परिस्थिति परिवर्तन भइरहन्छ तर सन्तुष्टताको शक्तिले सदा
प्रगति गरिरहन्छ। जतिसुकै परिस्थिति अगाडि आए पनि सन्तुष्टमणिको अगाडि हर घडी माया
र प्रकृति एक पपेट सो (कठपुतलीको खेल) जस्तो देखिन्छ, त्यसैले सन्तुष्ट आत्मा
कहिल्यै दिकदार हुँदैन। परिस्थितिको सो मनोरञ्जन अनुभव हुन्छ। यो मनोरञ्जन अनुभव
गर्नको लागि, आफ्नो स्थितिको सिट सदा साक्षी दृष्टाको हुनुपर्छ। साक्षीदृष्टा
स्थितिमा स्थित रहनेले यो मनोरञ्जन अनुभव गर्छन्। दृश्य जतिसुकै परिवर्तन भए पनि
साक्षीदृष्टाको सिटमा स्थित रहने सन्तुष्ट आत्माले साक्षी भएर, हरेक परिस्थितिलाई
स्वस्थितिले परिवर्तन गरिदिन्छ। त्यसैले हरेकले आफूलाई चेक गर म सदा सन्तुष्ट छु?
सदा छौ? सदा छौ वा कहिलेकाहीँ छौ?
बापदादाले सदैव हरेक
शक्तिको लागि, खुसीको लागि, डबल लाइट बनेर उड्नको लागि बच्चाहरूलाई यही भन्नुहुन्छ
सदा शब्द सदा याद रहोस्। कहिलेकाहीँ शब्द ब्राह्मण जीवनको डिक्सनरीमा छँदैछैन किनकि
सन्तुष्टताको अर्थ नै हो सर्वप्राप्ति। जहाँ सर्वप्राप्ति हुन्छ त्यहाँ कहिलेकाहीँ
शब्द हुँदैहुँदैन। त्यसैले सदा अनुभूति गर्ने हौ वा पुरुषार्थ गरिरहेका छौ? हरेकले
आफूसँग सोधेका छौ, चेक गरेका छौ? किनकि तिमीहरू सबै विशेष बाबाका स्नेही, सहयोगी,
मीठा-प्यारा स्वपरिवर्तक बच्चाहरू हौ। यस्तै हौ नि? छौ यस्तै? जसरी बाबाले
देखिरहनुभएको छ त्यसैगरी आफूलाई अनुभव गर्छौ? हात उठाऊ, जो सदा, कहिलेकाहीँ होइन,
सदा सन्तुष्ट रहन्छौ। सदा शब्द याद छ नि। हात अलि बिस्तारै बिस्तारै उठाइरहेका छन्।
अच्छा, धेरै राम्रो। थोरै कम उठाइरहेका छन् र सोची सोची उठाइरहेका छन्। तर बापदादाले
बारम्बार अटेन्सन खिचाउनुभएको छ अब समय र स्वयं दुवैलाई हेर। समयको गति र स्वयंको
गति दुवैलाई चेक गर। पास विथ अनर त हुनु नै छ नि। हरेकले सोच, म बाबाको राजदुलारी
वा राजदुलारा (राजकुमारी वा राजकुमार) हुँ। आफूलाई राजदुलारा सम्झन्छौ नि! दिनहुँ
बापदादाले तिमीलाई के याद प्यार दिनुहुन्छ? प्यारा बच्चाहरू। त्यसैले प्यारो को
हुन्छ? प्यारो त्यही हुन्छ जसले फलो फादर गर्छ र फलो गर्नु धेरै धेरै धेरै सहज छ,
कुनै मुस्किल छैन। एउटै कुरालाई फलो गरेमा सहजै सर्व कुरामा फलो भइहाल्छ। एउटै लाइन
छ जुन बाबाले हरेक दिन याद दिलाउनुहुन्छ। त्यो याद छ नि? आफूलाई आत्मा सम्झेर म
बाबालाई याद गर। एउटै लाइन हो नि र याद गर्ने आत्मा जसलाई बाबाको खजाना मिल्यो, ऊ
सेवाबिना रहन नै सक्दैन किनकि यसमा अथाह प्राप्ति छ, अखुट खजाना छ। दाताका बच्चाहरू
हुन्, उनीहरू नदिइकन रहन सक्दैनन् र धेरैजसो तिमीहरू सबैलाई के टाइटल मिलेको छ? डबल
विदेशीहरू। त्यसैले टाइटल नै डबल छ। बापदादालाई पनि तिमीहरू सबैलाई देखेर खुसी
हुन्छ र सदा अटोमेटिक गीत गाइरहनुहुन्छ, वाह मेरा बच्चा वाह! राम्रो छ, भिन्न भिन्न
देशबाट कुन विमानमा आयौ? स्थूलमा त कुनै पनि विमानमा आयौ तर बापदादाले कुन विमान
देखिरहनुभएको छ? अति स्नेहको विमानमा आफ्नो प्यारो प्यारो घरमा आइपुगेका छौ।
बापदादाले हरेक बच्चालाई आज विशेष यही वरदान दिइरहनुभएको छ हे प्यारा बच्चाहरू! सदा
सन्तुष्टमणि बनेर विश्वमा सन्तुष्टताको लाइट फैलाऊ। सन्तुष्ट रहनु र सन्तुष्ट पार्नु।
कुनै बच्चाहरूले भन्छन्– सन्तुष्ट रहन त सहज छ तर सन्तुष्ट पार्नु यो अलि मुस्किल
लाग्छ। बापदादालाई थाहा छ– हरेक आत्मालाई सन्तुष्ट पार्नुछ भने त्यसको विधि धेरै
सहज साधन छ, यदि कोही तिमीसँग असन्तुष्ट हुन्छ वा असन्तुष्ट रहन्छ भने ऊ पनि
असन्तुष्ट तर तिमीलाई पनि उसको असन्तुष्टताको प्रभाव केही त पर्छ नि। व्यर्थ
सङ्कल्प त चल्छ नि। बापदादाले शुभभावना, शुभकामनाको जुन मन्त्र दिनुभएको छ, आफूले
आफैलाई यो मन्त्रमा स्मृतिस्वरूप राख्यौ भने तिम्रो व्यर्थ सङ्कल्प चल्दैन। आफूले
यो यस्तो छ, यो त्यस्तो छ जान्दाजान्दै पनि आफूलाई सदा न्यारा, उसको भाइब्रेसनबाट
न्यारा र बाबाको प्यारो अनुभव गर। तिम्रो न्यारा र बाबाको प्यारापनको श्रेष्ठ
स्थितिको भाइब्रेसन त्यो आत्मालाई नपुगे पनि वायुमण्डलमा अवश्य फैलिन्छ। यदि कोही
परिवर्तन हुँदैन र तिमी भित्र त्यो आत्माको प्रभाव व्यर्थ सङ्कल्पको रूपमा परिरहन्छ
भने वायुमण्डलमा सबैको सङ्कल्प फैलिन्छ त्यसैले तिमी ऊसँग न्यारा बनेर बाबाको प्यारा
बनेर त्यो आत्माको कल्याणप्रति पनि शुभभावना, शुभकामना राख। कैयौँ पटक बच्चाहरूले
भन्छन् उसले गल्ती गरेकाले हो नि, त्यसैले हामीले पनि फोर्सले भन्नुपर्छ, अलि आफ्नो
स्वभाव पनि, मुख पनि फोर्सवाला हुन्छ। त्यसैले उसले गल्ती गर्छ तर तिमीले जुन फोर्स
देखायौ के त्यो गल्ती होइन? उसले अरू गल्ती गरिदियो, तिमीले आफ्नो मुखले जुन फोर्सले
बोल्यौ, जसलाई क्रोधको अंश भनिन्छ के त्यो सही हो? के गलतले गलतलाई सपार्न सक्छ?
आजकालको समय अनुसार आफ्नो बोलीलाई फोर्सफुल बनाउनु, यसमा पनि विशेष अटेन्सन राख
किनकि जोडले बोल्नु वा हैरान भएर बोल्नु, त्यसले त परिवर्तन गर्दैन तर यो पनि दोस्रो
नम्बरको विकारको अंश हो। भनिन्छ– मुखबाट बोली यस्तो निकाल्नुछ मानौँ फूलको वर्षा
भइरहेको छ। मीठो बोली, मुस्कुराउँदो चेहरा, मीठो वृत्ति, मीठो दृष्टि, मीठो
सम्बन्ध-सम्पर्क यो पनि सेवाको साधन हो त्यसैले रिजल्ट हेर– यदि मानौँ कसैले गल्ती
गरेछ, ऊ गलत छ र तिमीले सम्झाउने लक्ष्यले अरू कुनै लक्ष्य छैन, लक्ष्य तिम्रो धेरै
राम्रो छ यसलाई शिक्षा दिइरहेको छु, सम्झाइरहेको छु तर रिजल्टमा के देखियो? ऊ
परिवर्तन हुन्छ? झन् पछि गएर, तिम्रो सामुन्ने आउनै डराउँछ। त्यसैले जुन लक्ष्य
तिमीले राख्यौ त्यो त हुँदैन त्यसैले आफ्नो मनसा सङ्कल्प र वाणी अर्थात् बोली र
सम्बन्ध-सम्पर्कलाई सदा मीठो, मधुरतासम्पन्न अर्थात् महान् बनाऊ किनकि वर्तमान समयमा
मानिसहरूले यथार्थ जीवनमा हेर्न चाहन्छन्, वाणीले सेवा गर्छौ भने वाणीको सेवाले
प्रभावित भएर नजिक त आउँछन्, यो त फाइदा हो तर यथार्थमा मधुरता, महानता, श्रेष्ठ
भावना, आचरण र चेहरालाई देखेर उनीहरू स्वयंले पनि परिवर्तनको लागि प्रेरणा लिन्छन्
र जसरी जसरी पछि गएर समयको परिस्थिति परिवर्तन हुनुछ, त्यस्तो समयमा तिमीहरू सबैले
चेहरा र आचरणले धेरै सेवा गर्नुपर्छ त्यसैले आफूलाई चेक गर– सर्व आत्माहरूप्रति
शुभभावना, शुभकामनाको वृत्ति र दृष्टिको संस्कार स्वाभाविक स्वभाव छन्?
बापदादाले हरेक
बच्चालाई विजयमालाको दाना देख्न चाहनुहुन्छ। त्यसैले तिमीहरू सबैले पनि आफूलाई
सम्झन्छौ हामी मालाको दाना बन्ने नै वाला छौँ। कुनै बच्चाहरूले सोच्छन् १०८ को
मालामा त जो निमित्त बनेका बच्चाहरू छन् उनीहरू मात्रै आउँछन् तर बापदादाले पहिला
पनि भन्नुभएको छ– यो १०८ को गायन त भक्तिको मालाको हो तर तिमी हरेक विजयी दाना बन्यौ
भने बापदादाले मालाभित्र धेरै लडी (मालाभित्र माला) लगाइदिनुहुन्छ। बाबाको दिलको
मालामा तिमी हरेक विजयी बच्चाहरूको स्थान छ, यसमा बाबाको ग्यारेन्टी छ। केवल
स्वयंलाई मनसा-वाचा-कर्मणा र चालचलन चेहरामा विजयी बनाऊ। राम्रो लाग्यो, विजयी बन्छौ?
बापदादाले ग्यारेन्टी गर्नुहुन्छ– बाबाले तिमीलाई विजय मालाको दाना बनाउनुहुन्छ। को
को बन्छौ? (सबैले हात उठाए) अच्छा, त्यसोभए बापदादाले मालाभित्र माला बनाउन सुरु
गर्नुहुनेछ। डबल विदेशीहरूलाई राम्रो लाग्यो नि! विजयी मालामा ल्याउनु बाबाको काम
हो तर तिम्रो काम हो विजयी बन्नु। सहज छ नि कि मुस्किल छ? मुस्किल लाग्छ? जसलाई
मुस्किल लाग्छ उनले हात उठाऊ। लाग्छ? थोरै-थोरै, कोही कोही छन्। बापदादा भन्नुहुन्छ–
बापदादा भन्छौ भने बाबा भनेमा के बाबाको वर्सा मिल्दैन! सबै वर्साका अधिकारी हौ र
कति सहजै बाबाले वर्सा दिनुभयो, सेकेन्डको कुरा हो, तिमीले मान्यौ, जान्यौ– मेरो
बाबा र बाबाले के भन्नुभयो? मेरो बच्चा। त्यसैले बच्चा त स्वतः नै वर्साको अधिकारी
हुन्छ। बाबा भन्छौ नि सबैले एउटै शब्द भन्छौ– मेरो बाबा। यस्तो हो? मेरो बाबा
हुनुहुन्छ? यसमा हात उठाऊ। मेरो बाबा हुनुहुन्छ, भने मेरो वर्सा हुँदैन? मेरो बाबा
हुनुहुन्छ भने मेरो वर्सा पनि बाँधिएको छ र वर्सा के हो? बापसमान बन्नु, विजयी बन्नु।
बापदादाले देख्नुभयो डबल विदेशीहरूमा धेरैजसो हातले हात समातेर हिँड्छन्। हातले हात
समात्नु, हिँड्नु, यो फेसन हो। त्यसैले अहिले पनि बाबा भन्नुहुन्छ, बाबा शिवबाबाको
हात के हो? उहाँको यस्तो हात त छैन, त्यसैले शिवबाबाको हात समात्यौ भने हात कुन हो?
श्रीमत बाबाको हात हो। त्यसैले जसरी स्थूलमा हातमा हात समातेर हिड्न मन पराउँछौ भने
श्रीमतको हातमा हात समातेर चल्न यसमा के मुस्किल छ! ब्रह्माबाबालाई देख्यौ, यथार्थमा
सबुत देख्यौ हर कदम श्रीमतप्रमाण चल्नुभएकाले सम्पूर्ण फरिस्तापनको लक्ष्यमा
पुग्नुभयो नि! अव्यक्त फरिस्ता बन्नुभयो नि। त्यसैले फलो फादर, हरेक श्रीमत,
उठ्नेदेखि लिएर रातसम्म हरेक कदमको श्रीमत बापदादाले बताइदिनुभएको छ। उठ्ने कसरी,
हिँड्ने कसरी, कर्म गर्ने कसरी, मनमा सङ्कल्प के के गर्ने र समयलाई कसरी श्रेष्ठ
तरिकाले बिताउने। राती सुत्नेबेलासम्मको लागि श्रीमत मिलेको छ। सोच्नुपर्ने पनि
आवश्यकता छैन, यो गरूँ वा नगरूँ, फलो ब्रह्माबाबा। त्यसैले बापदादाको दिलैदेखिको
प्यार छ, बापदादाले एक बच्चा पनि विजयी नबनेको, राजा नबनेको देख्न चाहनुहुन्न। हरेक
बच्चा राजा बच्चा हौ। स्वराज्य अधिकारी हौ त्यसैले आफ्नो स्वराज्य नभुल। बुझ्यौ।
बापदादाले कैयौँपटक
इसारा दिनुभएको छ समय अचानक र नाजुक आइरहेको छ त्यसैले एभररेडी, अशरीरीपनको अनुभव
आवश्यक छ। जतिसुकै बिजी भए पनि बिजी हुँदाहुँदै पनि एक सेकेन्ड अशरीरी बन्ने अभ्यास
अहिल्यैदेखि गरेर हेर। तिमीले भन्छौ– हामी धेरै बिजी रहन्छौँ, मानौँ जतिसुकै बिजी
भए पनि तिमीलाई प्यास लाग्यो भने के गर्छौ? पानी पिउँछौ नि! किनकि जान्दछौ– प्यास
लागेको छ भने पानी पिउन आवश्यक छ। त्यसैगरी बीच बीचमा अशरीरी, आत्मिक स्थितिमा
स्थित रहने अभ्यास पनि आवश्यक छ किनकि आउने समयमा चारैतिरको हलचलमा अचल स्थितिको
आवश्यकता हुनेछ। त्यसैले अहिलेदेखि धेरै समय अभ्यास गरेनौ भने अति हलचलको समयमा अचल
कसरी रहन्छौ! सारा दिनमा एक-दुई मिनेट निकालेर भए पनि चेक गर, समय अनुसार आत्मिक
स्थितिद्वारा अशरीरी बन्न सक्छौ? चेक गर र चेन्ज गर। केवल चेक मात्र होइन, चेन्ज पनि
गर। त्यसैले बारम्बार यो अभ्यासलाई चेक गरेमा, रिभाइज गरेमा स्वभाविक स्थिति बन्छ।
बापदादासँग स्नेह छ, यसमा त सबैले हात उठाउँछौ। छ नि स्नेह! फुल स्नेह छ, फुल वा
अधुरो? अधुरो त छैन नि! स्नेह छ भने वाचा के हो? के वाचा गरेका छौ? सँगै जान्छौ?
अशरीरी बनेर सँगै जान्छौ कि पछि पछि आउँछौ? सँगै जान्छौ? थोरै टाइम वतनमा पनि सँगै
रहनेछौ र फेरि पहिलो जन्ममा ब्रह्माबाबाको साथमा आउनेछौ। छ यो वाचा? बाचा छ नि! हात
उठाउन लगाउन्न, यसरी शिर हल्लाऊ। हात उठाउँदा थाक्छौ नि। जब सँगै जानु नै छ, पछि
रहनुछैन भने बाबाले पनि सँगै कसलाई लिएर जानुहुन्छ? बाबाले समानलाई सँगै लिएर
जानुहुन्छ। बाबालाई पनि एक्लै जान मन लाग्दैन, बच्चाहरूको साथमा जानुछ। त्यसैले सँगै
जानको लागि तयार छौ नि! शिर हल्लाऊ। तयार छौ? सबै जान्छौ? अच्छा, सबै जानको लागि
तयार छौ? जुनबेला बाबा जानुहुन्छ त्यहीबेला जान्छौ नि। अहिले जाँदैनौ, अहिले त
विदेशमा फर्केर जानुछ नि। बाबाले अर्डर गर्नुहुन्छ, नष्टोमोहा स्मृतिलब्धाको घन्टी
बजाउनुहुन्छ र सँगै जानेछौ। त्यसैले तयारी गरेका छौ नि! स्नेहको निसानी हो सँगै जानु।
अच्छा।
बापदादाले हरेक
बच्चालाई टाढाबाट पनि नजिक अनुभव गरिरहनुभएको छ। विज्ञानका साधनले टाढालाई नजिक
ल्याउन सक्छन्, देख्न सक्छन्, बोल्न सक्छन् भने बापदादाले पनि टाढा बसेका
बच्चाहरूलाई सबैभन्दा नजिक दखिरहनुभएको छ। टाढा छैनौ, दिलमा समाहित भएका छौ। त्यसैले
बापदादाले विशेष टर्न अनुसार आएका बच्चाहरूलाई आफ्नो दिलमा, नयनमा समाहित गर्दै एक
एकलाई सँगै जाने, सँगै रहने, सँगै राज्य गर्ने देखिरहनुभएको छ। त्यसैले आजदेखि सारा
दिनमा बारम्बार कुन ड्रिल गर्नेछौ? भर्खरै एक सेकेन्डमा आत्म अभिमानी, आफ्नो
शरीरलाई पनि देख्दा पनि अशरीरी स्थितिमा न्यारा र बाबाको प्यारा अनुभव गर्न सक्छौ
नि! त्यसैले अहिले एक सेकेन्डमा अशरीरी भव! अच्छा। (बापदादाले ड्रिल गराउनुभयो)
यसैगरी बीच बीचमा सारा दिनमा जसरी पनि एक मिनेट निकालेर यो अभ्यासलाई पक्का गर्दै
जाऊ किनकि बापदादालाई थाहा छ– आउने समय अति हाहाकारको हुन्छ। तिमीहरू सबैले सकाश
दिनुपर्छ र सकाश दिनुमा नै तिम्रो आफ्नो तीव्र पुरुषार्थ हुनेछ। थोरै समयमा
सकाशद्वारा सर्व शक्तिहरू दिनुपर्छ र जसले यस्तो नाजुक समयमा सकाश दिन्छन्, जतिलाई
दिन्छन्, चाहे धेरैलाई, चाहे थोरैलाई त्यति नै उनीहरूका द्वापर र कलियुगका भक्त
बन्छन्। त्यसैले सङ्गममा हरेकले भक्त पनि बनाइरहेका छन् किनकि दिएको सुख र शान्ति
उनीहरूको दिलमा समाहित हुन्छ र भक्तिको रूपमा तिमीलाई रिटर्न गर्नेछन्। अच्छा।
चारैतिरका बापदादाका
नयनका नुर, विश्वको आधार र उद्धार गर्ने आत्माहरू, मास्टर दुःखहर्ता, सुखकर्ता,
विश्व परिवर्तक बच्चाहरूलाई धेरै धेरै दिलको स्नेह, दिलको यादप्यार एवं पदम पदम
वरदान स्वीकार होस्। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)
वरदान:–
कम्बाइन्ड
स्वरूप को स्मृति र पोजिसनको नसाद्वारा कल्प कल्प का अधिकारी भव
म र मेरो बाबा– यो
स्मृतिमा कम्बाइन्ड होऊ तथा यो श्रेष्ठ पोजिसन सदा स्मृतिमा रहोस् कि हामी आज
ब्राह्मण हौँ भोलि देवता बन्नेछौँ। हम सो, सो हमको मन्त्र सदा याद रह्यो भने यो नसा
र खुसीमा पुरानो दुनियाँ सहजै भुलिनेछ। सदा यही नशा रहन्छ हामी नै कल्प कल्पका
अधिकारी आत्मा हौँ। हामी नै थियौँ, हामी नै हौँ र हामी नै कल्प कल्प हुनेछौँ।
स्लोगन:–
स्वयंको स्वयं
नै टिचर बन्यौ भने सर्व कमजोरीहरू स्वतः समाप्त हुनेछन्।
अव्यक्त इसारा:– यो
अव्यक्त मासमा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर
त्यसै बाँधिन कसैलाई
पनि मन लाग्दैन, तर परवश भएपछि भने बाँधिन्छौ। त्यसैले चेक गर परवश आत्मा हौ वा
स्वतन्त्र आत्मा हौ? जीवनमुक्तिको मजा त अहिले छ। भविष्यमा जीवनमुक्त र जीवनबन्धको
फरक हुँदैन। यस समयको जीवनमुक्तको अनुभव श्रेष्ठ छ। जीवनमा छौँ तर मुक्त छौँ,
बन्धनमा छैनौँ।