11.02.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सबैलाई यही सन्देश देऊ , बाबाको आदेश छ– यो पुरुषोत्तम सङ्गमयुगमा पवित्र बन्यौ भने सत्ययुगको वर्सा मिल्छ।”

प्रश्न:–
कुन सस्तो सौदा सबैलाई बताउनुछ?

उत्तर:–
यो अन्तिम जन्ममा बाबाको डाइरेक्सनमा चलेर पवित्र बन्यौ भने २१ जन्मका लागि विश्वको बादसाही मिल्छ, यो धेरै सस्तो सौदा हो। तिमीले यही सौदा गर्न सबैलाई सिकाऊ। भन, अब शिवबाबालाई याद गरेर पवित्र बन्यौ भने पवित्र दुनियाँको मालिक बन्नेछौ।

ओम् शान्ति ।
रुहानी बच्चाहरूलाई थाहा छ, रुहानी बाबाले सम्झाउनुहुन्छ– प्रदर्शनी वा मेलामा कार्यक्रम देखाइन्छ वा चित्रहरूमा मानिसहरूलाई सम्झाइन्छ– बाबाबाट अब बेहदको वर्सा लिनुछ। कुन वर्सा? मनुष्यबाट देवता बन्ने अथवा बेहदका बाबाबाट आधाकल्पका लागि स्वर्गको राज्य कसरी लिने, यो सम्झाउनुछ। बाबा सौदागर त हुनुहुन्छ नै, उहाँसँग यो सौदा गर्नुछ। यो त मानिसलाई थाहा छ– देवीदेवताहरू पवित्र हुन्छन्। यस भूमिमा जुनबेला सत्ययुग थियो त्यतिबेला देवीदेवता पवित्र थिए। अवश्य उनीहरूले कुनै प्राप्ति गरेका थिए होलान् स्वर्गका लागि। स्वर्गको स्थापना गर्ने बाबा बाहेक अरू कसैले पनि प्राप्ति गराउन सक्दैन। पतित-पावन बाबाले नै पतितहरूलाई पावन बनाएर पावन दुनियाँको राज्य दिने हुनुहुन्छ। बाबाले कति सस्तो सौदा गर्नुहुन्छ। केवल भन्नुहुन्छ– यो तिम्रो अन्तिम जन्म हो। जबसम्म म यहाँ छु, पवित्र बन। म आएको हुँ पवित्र बनाउन। तिमीले यो अन्तिम जन्ममा पावन बन्ने पुरुषार्थ गरेमा पावन दुनियाँको वर्सा लिन्छौ। सौदा त धेरै सस्तो छ। त्यसैले बाबालाई विचार आयो– बच्चाहरूलाई यस्तो सम्झाउनुपर्छ– बाबाको आदेश छ– पवित्र बन। यो पुरुषोत्तम सङ्गमयुग हो, जुन पवित्र बन्ने युग हो। उत्तमभन्दा उत्तम पुरुष हुन् नै देवताहरू। लक्ष्मीनारायणको राज्य चलेको छ नि। विश्वको दैवी स्वराज्य तिमीलाई बाबाबाट वर्सामा मिल्न सक्छ। बाबाको मतमा यो अन्तिम जन्म पवित्र बन्यौ भने यो पनि युक्ति बताउनुहुन्छ– योगबलले आफूलाई तमोप्रधानबाट सतोप्रधान कसरी बनाउने। बच्चाहरूको कल्याणको लागि खर्च त गर्नु नै छ। खर्चबिना राजधानी स्थापना हुन सक्दैन। अहिले लक्ष्मीनारायणको राजधानी स्थापना भइरहेको छ। बच्चाहरू पवित्र अवश्य बन्नुछ। मनसा-वाचा-कर्मणा कुनै पनि उल्टोसुल्टो काम गर्नुछैन। देवताहरूलाई कहिल्यै पनि कुनै नराम्रो ख्याल आउँदैन। मुखबाट यस्तो कुनै वचन निस्कँदैन। उनीहरू हुन् नै सर्वगुण सम्पन्न, सम्पूर्ण निर्विकारी, मर्यादा पुरुषोत्तम...। जो आएर जान्छन् उनीहरूको महिमा गायन गरिन्छ। अब म तिमी बच्चाहरूलाई पनि त्यही देवीदेवता बनाउन आएको छु। त्यसैले मनसा-वाचा-कर्मणा कुनै पनि यस्तो नराम्रो काम गर्नुछैन। देवताहरू सम्पूर्ण निर्विकारी थिए, यो गुण पनि तिमीले अहिले धारण गर्न सक्छौ किनकि यो मृत्युलोकमा तिम्रो यो अन्तिम जन्म हो। पतित दुनियाँलाई मृत्युलोक, पावन दुनियाँलाई अमरलोक भनिन्छ। अहिले मृत्युलोकको विनाश सामुन्ने उभिएको छ। अवश्य अमरपुरीको स्थापना हुँदैछ होला। यो त्यही महाभारी महाभारत लडाइँ हो, जुन शास्त्रमा देखाइएको छ, जसबाट पुरानो विकारी दुनियाँ खतम हुन्छ। तर यो ज्ञान कसैमा छैन। बाबा भन्नुहुन्छ– सबै अज्ञान निद्रामा सुतेका छन्। ५ विकारको नसा हुन्छ। अब बाबा भन्नुहुन्छ– पवित्र बन। मास्टर भगवान त बन्छौ नि। लक्ष्मी-नारायणलाई भगवान भगवती भनिन्छ अर्थात् यिनीहरूले भगवान पिताद्वारा यो वर्सा पाएका हुन्। अहिले त यो भूमि पतित छ। मनसा-वाचा-कर्मणा कर्तव्य नै यस्तै चल्छ। कुनै पनि कुरा पहिला बुद्धिमा आउँछ त्यसपछि फेरि मुखबाट निस्कन्छ। कर्मणामा आएपछि विकर्म बन्छ। बाबा भन्नुहुन्छ– त्यहाँ कुनै विकर्म हुँदैन। यहाँ विकर्म हुन्छ किनकि यो रावण राज्य हो। अब बाबा भन्नुहुन्छ– जति आयु बाँकी छ, पवित्र बन। प्रतिज्ञा गर्नुछ, पवित्र बनेपछि फेरि मसँग बुद्धिको योग पनि लगाउनुछ, जसबाट तिम्रा जन्मजन्मान्तरका पाप पनि काटिन्छन्, त्यसपछि मात्रै तिमी २१ जन्मका लागि स्वर्गको मालिक बन्नेछौ। बाबाले यो अफर (प्रस्ताव) गर्नुहुन्छ, यो त सम्झाइरहनुहुन्छ– यिनीद्वारा बाबाले यो वर्सा दिनुहुन्छ। उहाँ हुनुहुन्छ शिवबाबा, यिनी हुन् दादा त्यसैले सदैव भनिन्छ नै बापदादा। शिवबाबा ब्रह्मा दादा। बाबाले कति सौदा गर्नुहुन्छ। मृत्युलोकको विनाश सामुन्ने उभिएको छ। अमरलोकको स्थापना भइरहेको छ। प्रदर्शनी मेला गरिन्छ नै यसैको लागि– सर्वको कल्याण होस्। बाबाले नै आएर यस भूमिलाई रामराज्य बनाउनुहुन्छ। रामराज्यमा अवश्य पवित्र नै हुन्छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! काम महाशत्रु हो। यिनै ५ विकारहरूलाई माया भनिन्छ। यी विकारहरूमाथि विजय पाएमा तिमी जगतजित बन्नेछौ। जगतजित हुन्छन् नै देवीदेवताहरू र अरू कोही जगतजित बन्न सक्दैनन्। बाबाले सम्झाउनुभएको थियो– क्रिस्चियनहरू यदि आपसमा मिले भने सारा सृष्टिको राज्य लिन सक्छन्। तर यस्तो नियमै छैन। यी बम हुन् नै पुरानो दुनियाँलाई खतम गर्नका लागि। कल्प कल्प यसरी नै नयाँ दुनियाँबाट पुरानो, पुरानोबाट नयाँ हुन्छ। नयाँ दुनियाँमा हुन्छ ईश्वरीय राज्य, जसलाई रामराज्य भनिन्छ। ईश्वरलाई नचिनेका हुनाले त्यत्तिकै राम राम जपिरहन्छन्। त्यसैले तिमी बच्चाहरूभित्र यी कुराहरू धारण हुनुपर्छ। अवश्य हामी ८४ जन्ममा सतोप्रधानबाट तमोप्रधान बनेका हौँ। अब फेरि सतोप्रधान अवश्य बन्नुछ। शिवबाबाको डाइरेक्सन छ, अब त्यसै श्रीतमा चल्यौ भने २१ जन्मका लागि पवित्र दुनियाँमा उच्च पद पाउनेछौ। अब चाहे पुरुषार्थ गर वा नगर, चाहे यादमा रहेर अरूलाई बाटो बताऊ, चाहे नबताऊ। प्रदर्शनीहरूद्वारा बच्चाहरूले धेरैलाई बाटो देखाइरहेका छन्। आफ्नो पनि कल्याण गर्नुछ। सौदा धेरै सस्तो छ। केवल यो अन्तिम जन्म पवित्र रहेमा, शिवबाबाको यादमा रहेमा तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। कति सस्तो सौदा छ। जीवन नै पल्टिन्छ। यस्ता प्रकारका विचार गर्नुपर्छ। बाबाकहाँ समाचार आउँछन्। राखी बाँध्न जाँदा कोही कोहीले भने– यस समयमा दुनियाँतमोप्रधान छ, यसमा पवित्र रहनु– यो त असम्भव छ। ती बिचरालाई थाहा छैन– अहिले सङ्गमयुग हो। बाबाले नै पवित्र बनाउनुहुन्छ। यिनीहरूको मदतगार परमपिता परमात्मा हुनुहुन्छ। उनीहरूलाई यो थाहा नै छैन– यहाँ धेरै ठुलो आकर्षण छ। पवित्र बनेर पवित्र दुनियाँको मालिक बन्नुछ। बाबा भन्नुहुन्छ– यी मायारूपी ५ विकारमाथि विजय पाएमा तिमी जगतजित बन्नेछौ। त्यसैले हामी किन पवित्र नबन्ने। यो फस्टक्लास सौदा हो। बाबा भन्नुहुन्छ– काम महाशत्रु हो। यसमाथि विजय पाएमा तिमी पवित्र बन्छौ। मायाजित जगतजित। यो हो योगबलले मायालाई जित्ने कुरा। परमपिता परमात्माले नै आएर रुहहरूलाई सम्झाउनुहुन्छ– मलाई याद गरेमा अपवित्रताको खाद निस्कन्छ। तिमी सतोप्रधान दुनियाँको मालिक बन्छौ। बाबाले वर्सा दिनुहुन्छ सङ्गममा। सबैभन्दा उत्तम पुरुष यी लक्ष्मीनारायण थिए, उनीहरूलाई नै मर्यादा पुरुषोत्तम देवीदेवता धर्मका भनिन्छ। सम्झाइन्छ त धेरै राम्रोसँग तर कहिलेकाहीँ यी प्वइन्टहरू बिर्सिन्छन्। फेरि पछि विचार आउँछ, भाषणमा यी यी प्वइन्टहरू सम्झाइनँ। सम्झाउने प्वइन्टहरू त धेरै छन्। यस्तै हुन्छ। वकिलहरूले पनि कुनै कुनै प्वइन्ट भुल्छन्। फेरि पछि जुनबेला त्यो प्वइन्ट याद आउँछ तब मुद्दा लड्छन्। डाक्टरहरूको पनि यस्तै हुन्छ। ख्याल चल्छ– यो बिमारीको लागि यो दबाइ ठीक छ। यहाँ पनि प्वइन्ट त धेरै छन्। बाबा भन्नुहुन्छ– आज मैले तिमीलाई गहन प्वइन्टहरू सम्झाउँछु। तर बुझ्नुपर्नेहरू सबै छन् पतित। भन्छन् पनि– हे पतित-पावन...! फेरि कसैलाई पतित भन्यो भने रिसाउँछन्। ईश्वरको अगाडि सत्य भन्छन्– हे पतित-पावन आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस्! ईश्वरलाई भुले भने फेरि झुटो भनिदिन्छन्, त्यसैले धेरै युक्तिले सम्झाउनुछ जसबाट सर्प पनि मरोस् लट्ठी पनि नभाँचियोस्। बाबा भन्नुहुन्छ– मुसाबाट गुण सिक। मुसाले यस्तो युक्तिले टोक्छ, जसबाट रगत पनि निस्कन्छ तर बिल्कुलै थाहा हुँदैन। त्यसैले बच्चाहरूको बुद्धिमा सबै प्वइन्टहरू हुनुपर्छ। योगमा रहनेहरूलाई समयमा मदत मिल्छ। हुन सक्छ सुन्ने सुनाउनेभन्दा पनि ज्यादा बाबाको प्यारो हुन्छ। त्यसैले बाबा आफै पनि बसेर सम्झाउनुहुन्छ। अब यसरी सम्झाउनुछ जसबाट उनीहरूले सम्झिन्छन्– पवित्र बन्नु त धेरै राम्रो हो। यो एक जन्म पवित्र रहेमा हामी २१ जन्म पवित्र दुनियाँका मालिक बन्छौँ। भगवानुवाच– यो अन्तिम जन्म पवित्र बन्यौ भने मैले ग्यारेन्टी गर्छु, ड्रामा प्लान अनुसार तिमीले २१ जन्मका लागि वर्सा पाउन सक्छौ। यो वर्सा त हामीले कल्प कल्प पाइरहन्छौँ। जसलाई सेवाको सोख हुन्छ उनीहरूले त सम्झन्छन्– हामी गएर सम्झाऊँ। दौडनुपर्छ। बाबा त ज्ञानको सागर हुनुहुन्छ, उहाँले कति ज्ञानको वर्षा गरिरहनुहुन्छ। जसको आत्मा पवित्र छ उसलाई धारणा पनि हुन्छ। तिनीहरूले आफ्नो नाम प्रख्यात बनाएर देखाउँछन्। प्रदर्शनी मेलाबाट थाहा हुन सक्छ, कसले कस्तो सेवा गर्छन्। टिचरहरूले जाँच गर्नुपर्छ– कसले कसरी सम्झाउँछन्। धेरैजसोलाई लक्ष्मीनारायण वा सिँढीको चित्रमा सम्झाउनु राम्रो हुन्छ। योगबलले फेरि यस्ता लक्ष्मीनारायण बन्छन्। लक्ष्मीनारायण सो आदि देव, आदि देवी। चतुर्भुजमा लक्ष्मीनारायण दुवै आउँछन्। दुई भुजा लक्ष्मीका, दुई नारायणका। यो पनि यहाँका मानिसहरूलाई थाहा छैन। महालक्ष्मीका ४ भुजा हुन्छन्, यसको मतलब नै हो यिनीहरू युगल हुन्। विष्णु हुन् नै चतुर्भुज।

प्रदर्शनीमा त दिनदिनै सम्झाइन्छ। रथलाई पनि देखाइएको छ। भनिन्छ– अर्जुन बसेका थिए। कृष्ण रथ हाँक्ने सारथी थिए। यी सबै हुन् कथाहरू। अहिले यी हुन् ज्ञानका कुराहरू। देखाइन्छ– ज्ञान अमृतको कलश लक्ष्मीको शिरमा राखिएको छ। वास्तवमा कलश राखिएको छ जगत अम्बामाथि, जुन फेरि लक्ष्मी बन्छिन्। यो पनि सम्झाउनुपर्छ। सत्ययुगमा एक धर्म, एक मतका मानिस हुन्छन्। देवताहरूको हुन्छ नै एक मत। देवताहरूलाई नै श्री भनिन्छ र अरू कसैलाई भनिँदैन। त्यसैले बाबालाई ख्याल चलिरहेको थियो– सम्झाउनका लागि शब्द थोरै हुनुपर्छ। यो अन्तिम जन्ममा तिमीले ५ विकारहरूमाथि विजय पाएमा तिमी रामराज्यको मालिक बन्छौ। यो त सस्तो सौदा हो। बाबा आएर अविनाशी ज्ञान रत्नको दान दिनुहुन्छ। बाबा ज्ञानको सागर हुनुहुन्छ। उहाँले नै ज्ञान रत्न दिनुहुन्छ। इन्द्रसभामा कुनै सब्जपरी, पुखराज परी पनि हुन्छन्। हुन् त सबै मदत गर्नेहरू। जुहारतमा किसिम किसिमका हुन्छन् नि त्यसैले ९ रत्न देखाइएको छ। यो त अवश्य हो, जसले राम्रोसँग पढ्छन् उनीहरूले पद पनि पाउँछन्। नम्बरवार त हुन्छन् नि। पुरुषार्थ गर्ने टाइम नै यो हो। यो त बच्चाहरूले बुझेका छौ– हामी बाबाको मालाका दाना बन्छौँ। जति शिवबाबालाई याद गर्छौँ मानौँ त्यति हामीले यादको यात्रामा दौड लगाउँछौँ। पाप पनि छिट्टै विनाश हुनेछ।

यो पढाइ कुनै धेरै लामो छैन केवल पवित्र रहनुछ। दैवीगुण पनि धारण गर्नुछ। मुखबाट कहिल्यै पत्थर निकाल्नुहुँदैन। पत्थर फ्याँक्ने पत्थरबुद्धि नै बन्छन्। रत्न निकाल्नेले नै उच्च पद पाउँछन्। यो त धेरै सहज छ। जिज्ञासुलाई सम्झाऊ– पतित-पावन सर्वका मुक्ति-जीवनमुक्तिदाता परमपिता परमात्मा शिवले भन्नुहुन्छ– हे रुहानी बच्चाहरू! रावण राज्य मृत्युलोकको यो कलियुगी अन्तिम जन्ममा पवित्र भएर रहेमा फेरि परमपिता परमात्मा शिवसँग बुद्धि योगबलको यात्राले तमोप्रधान आत्माहरू सतोप्रधान आत्मा बनेर सतोप्रधान सत्ययुगी विश्वमा पवित्रता, सुख, शान्ति, सम्पत्ति सम्पन्न मर्यादा पुरुषोत्तम दैवी स्वराज्य पद फेरि पाउन सक्छौ, ५ हजार वर्ष पहिला जसरी। तर भावी महाभारी विनाशभन्दा पहिला बाबाले हामीलाई वर्सा दिनुहुन्छ, पढाइ पढाउनुहुन्छ। जति पढ्छौ त्यति उच्च पद पाउँछौ। साथै लैजानु हुन्छ भने फेरि हामीले यो पुरानो शरीरको वा यो दुनियाँको ख्याल किन चलाउने। तिम्रो टाइम हो पुरानो दुनियाँलाई छोड्ने। यस्ता यस्ता कुराहरू बुद्धिमा मन्थन भइरह्यो भने पनि धेरै राम्रो हुन्छ। पछि गएर पुरुषार्थ गर्दागर्दै समय आउँदै जान्छ फेरि सुस्ती पनि हुँदैन। देख्नेछौ– दुनियाँ पनि अब थोरै टाइम रहेको छ भने बुद्धियोग लगाउनुपर्छ। सेवा गरेमा मदत पनि मिल्छ। जति कसैलाई सुखको बाटो बताउँछौ त्यति खुसी हुन्छ। पुरुषार्थ पनि चल्छ। तकदिर देखिन थाल्छ। बाबाले तदबिर (पुरुषार्थ गर्ने युक्ति) सिकाउनुहुन्छ। कोही त्यसमा लागि पर्छन्, कोही लाग्दैनन्। तिमीलाई थाहा छ, करोडपति, पदमपति सबै यत्तिकै खतम हुन्छन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) उच्च पद पाउनको लागि मुखबाट सदैव रत्न निकाल्नुछ, पत्थर होइन। मनसा-वाचा-कर्मणा यस्ता कर्म गर्नुछ जुन कर्मले मर्यादा पुरुषोत्तम बनाउँछ।

२) यो अन्तिम जन्ममा पवित्र बन्ने प्रतिज्ञा गर्नुछ। पवित्र बन्ने युक्ति नै सबैलाई सुनाउनुछ।

वरदान:–
एभररेडी बनेर हरेक परिस्थितिरूपी पेपरमा फुल पास हुने एभर ह्याप्पी भव

जो एभररेडी छन् उनीहरूको यथार्थस्वरूप एभर ह्याप्पी (सदा सुखी) हुन्छ। कुनै पनि परिस्थितिरूपी पेपर (परीक्षा) वा प्राकृतिक प्रकोपद्वारा आएको पेपर वा कुनै पनि शारीरिक कर्मभोगरूपी पेपर आओस्– यी सबै प्रकारका पेपरहरूमा पूरा पास हुनेलाई नै एभररेडी भनिन्छ। जसरी समय कसैको लागि रोकिँदैन, त्यसैगरी कहिल्यै कुनै पनि रोकावटले रोक्न नसकोस्, मायाका सूक्ष्म वा स्थूल विघ्न एक सेकेन्डमा समाप्त हुन् त्यसपछि एभर ह्याप्पी हुन सकिन्छ।

स्लोगन:–
समयमा सर्व शक्तिहरूलाई कार्यमा लगाउनु अर्थात् मास्टर सर्वशक्तिमान् बन्नु।

अव्यक्त इसारा:– एकता र विश्वासको विशेषताद्वारा सफलता सम्पन्न बन।

एकताका दुई आधार छन्– एउटा विश्वास, दोस्रो स्नेह। कहिल्यै पनि एक-अर्कामा विश्वास कम नहोस्, एकले भन्यो अर्कोले मान्यो... यही विधि हो एकताको सूत्रमा उनिने। दिलको आपसी स्नेहले समीप ल्याउँछ। जसरी बाबासँग सबैको स्नेह छ त्यसैगरी परिवारसँग पनि दिलको सत्य स्नेह होस्, यसको लागि स्वमानमा रहेर सबैलाई सम्मान देऊ।