11.03.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबा आउनुभएको छ तिमी बच्चाहरूलाई सुख चैनको दुनियाँमा लिएर जान। चैन हुन्छ नै शान्तिधाम र सुखधाममा।”

प्रश्न:–
यस युद्धको मैदानमा मायाले सबैभन्दा पहिलो आक्रमण कुन कुरामा गर्छ?

उत्तर:–
निश्चयमा। चल्दा चल्दै निश्चय तोडिदिन्छ त्यसैले हार खान्छन्। बाबा जो सबैको दु:ख हरेर सुख दिनेवाला हुनुहुन्छ, उहाँले नै हामीलाई श्रीमत दिइरहनुभएको छ, आदि-मध्य-अन्त्यको ज्ञान सुनाइरहनुभएको छ, यो पक्का निश्चय भयो भने कहिल्यै पनि मायासँग हार हुन सक्दैन।

गीत:–
इस पाप की दुनियाँ से......।

ओम् शान्ति ।
कसको लागि भन्छन्, कहाँ लिएर जाने, कसरी लिएर जाने... यो दुनियाँमा कसैले पनि जान्दैन। तिमी ब्राह्मण कुलभूषणले नम्बरवार पुरुषार्थ अनुसार जानेका छौ। तिमी बच्चाहरूलाई थाहा छ– यिनमा जो प्रवेश गर्नुभएको छ, जसले हामीलाई आफ्नो र रचनाको आदि मध्य अन्त्यको ज्ञान सुनाइरहनु भएको छ, उहाँले सबैको दु:ख हरेर सबैलाई सुखदायी बनाइरहनु भएको छ। यो कुनै नयाँ कुरा होइन। बाबा कल्प कल्प आउनुहुन्छ, सबैलाई श्रीमत दिइरहनुहुन्छ। बच्चाहरूले जानेका छौ– बाबा पनि उही हुनुहुन्छ, हामी पनि उही नै हौं। तिमी बच्चाहरूलाई यो निश्चय हुनुपर्छ। बाबा भन्नुहुन्छ– म आएको छु बच्चाहरूलाई सुखधाम, शान्तिधाममा लिएर जानको लागि। तर मायाले निश्चय रहन दिँदैन। सुखधाममा चल्दा-चल्दै फेरि हराइदिन्छ। यो युद्धको मैदान हो नि। त्यो युद्ध हुन्छ बाहुबलको, यो हो योगबलको। योगबल धेरै नामीग्रामी छ, त्यसैले सबैले योग योग भनिरहन्छन्। तिमीले यो योग एकैपटक सिक्छौ। बाँकी उनीहरूले अनेक प्रकारका हठयोग सिकाउँछन्। यो उनलाई थाहा छैन– बाबाले कसरी आएर योग सिकाउनुहुन्छ। उनीहरूले त प्राचीन योग सिकाउन सक्दैनन्। तिमी बच्चाहरूले राम्ररी जानेका छौ, यो राजयोग उहाँ बाबाले नै सिकाइरहनुभएको छ, जसलाई याद गरिन्छ– हे पतित-पावन आउनुहोस्! यस्तो ठाउँमा लिएर जानुहोस् जहाँ चैन हुन्छ! चैन हुन्छ नै शान्तिधाम, सुखधाममा। दु:खधाममा चैन कहाँबाट आयो? चैन छैन त्यसैले त ड्रामा अनुसार बाबा आउनुहुन्छ, यो हो दु:खधाम। यहाँ दु:ख नै दु:ख छ। अब दु:खका पहाड गिर्नेछन्। जतिसुकै धनवान हुन् वा जेसुकै हुन्, कुनै न कुनै दु:ख अवश्य हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– हामी मीठा बाबाको साथमा बसेका छौं, जुन बाबा अहिले आउनुभएको छ। ड्रामाको रहस्य पनि अहिले तिमीलाई थाहा छ। बाबा अहिले आउनुभएको छ– हामीलाई लिएर जानुहुन्छ। बाबाले हामी आत्माहरूलाई भन्नुहुन्छ किनकि उहाँ हामी आत्माहरूका बाबा हुनुहुन्छ नि। जसको लागि नै गायन छ– आत्मायें परमात्मा अलग रहे बहुकाल.... शान्तिधाममा सबै आत्माहरू साथै रहन्छन्। अहिले बाबा त आउनुभएको छ बाँकी जो थोरै त्यहाँ रहेका छन्, उनीहरू पनि माथिदेखि तल आइरहन्छन्। यहाँ तिमीलाई बाबाले कति कुरा सम्झाउनुहुन्छ। घरमा गएपछि तिमीले भुल्छौ। छ धेरै सजिलो कुरा। बाबा जो सबैका सुखदाता, शान्तिदाता हुनुहुन्छ उहाँले बच्चाहरूलाई बसेर सम्झाउनुहुन्छ। तिमी कति थोरै छौ। बिस्तारै बिस्तारै वृद्धि हुँदैजान्छ। बाबासँग तिमीहरूको गुप्त प्रेम छ। जहाँ रहे पनि, तिम्रो बुद्धिमा हुन्छ– बाबा मधुवनमा बस्नुभएको छ। बाबा भन्नुहुन्छ– मलाई त्यहाँ (मूलवतनमा) याद गर। तिम्रो पनि निवासस्थान त्यहीँ हो। अवश्य बाबालाई याद गर्छौ, जसलाई तिमीहरूले माता-पिता भन्छौ। उहाँ वास्तवमा अहिले तिम्रो पासमा आउनुभएको छ। बाबा भन्नुहुन्छ– म तिमीहरूलाई लिएर जानको लागि आएको छु। रावणले तिमीलाई पतित तमोप्रधान बनाएको छ, अब सतोप्रधान पावन बन्नु छ। पतित कसरी जानसक्छ। पवित्र त अवश्य बन्नु छ। अहिले एउटा पनि मनुष्य सतोप्रधान छैन। यो हो तमोप्रधान दुनियाँ। यो मनुष्यहरूको नै कुरा हो। मनुष्यको लागि नै सतोप्रधान, सतो, रजो, तमोको रहस्य सम्झाइन्छ। बाबाले बच्चाहरूलाई नै सम्झाउनुहुन्छ। यो त धेरै सजिलो छ। तिमी आत्माहरू आफ्नो घरमा थियौ। त्यहाँ त सबै पावन आत्मा रहन्छन्। अपवित्र त रहन सक्दैन। त्यसको नाम हो नै मुक्तिधाम। अहिले बाबाले तिमीहरूलाई पावन बनाएर पठाइदिनुहुन्छ। फेरि तिमीहरू पार्ट खेल्नको लागि सुखधाममा आउँछौ। सतो, रजो, तमोमा तिमीहरू नै आउँछौ।

पुकार्छन् पनि– बाबा हामीलाई त्यहाँ लिएर जानुहोस् जहाँ चैन हुन्छ। चैन कहाँ मिल्न सक्छ? साधुसन्त आदि कसैलाई पनि यो थाहा छैन। अहिले तिमी बच्चाहरूलाई थाहा छ– सुख शान्तिको चैन हामीलाई कहाँ मिल्छ। बाबा अहिले हामीलाई २१ जन्मको सुख दिनको लागि आउनुभएको छ। बाँकी जो पछि आउँछन् उनीहरू सबैलाई मुक्ति दिन आएका हुन्। जो ढिलो आउँछन् उनीहरूको पार्ट नै थोरै हुन्छ। तिम्रो पार्ट सबैभन्दा धेरै छ। तिमीलाई थाहा छ– हामीले ८४ जन्मको पार्ट खेलेर अहिले पूरा गरेका छौं। अब चक्र पूरा हुन्छ। सारा पुरानो कल्पवृक्ष नै पूरा हुनु छ। अहिले तिम्रो यो गुप्त सरकारले दैवी वृक्षको कलमी लगाइरहेको छ। उनीहरूले त जङ्गली वृक्षको कलमी लगाइरहन्छन्। यहाँ बाबाले काँडालाई परिवर्तन गरेर दैवी फूलहरूको वृक्ष बनाइरहनुभएको छ। त्यो पनि सरकार हो, यो पनि गुप्त सरकार हो। त्यसले के गर्छ र यसले के गर्छ! फरक हेर त कति छ। उनीहरूले केही पनि बुझ्दैनन्। वृक्षका कलमी लगाइरहन्छन्, ती जङ्गली वृक्ष त अनेक प्रकारका छन्। कसैले केको कलमी लगाउँछन्, कसैले केको। अहिले तिमी बच्चाहरूलाई बाबाले फेरि देवता बनाइरहनुभएको छ। तिमी सतोप्रधान देवता थियौ फेरि ८४ को चक्कर लगाएर तमोप्रधान बनेका छौ। कोही सदैव सतोप्रधान रहिरहुन्, यस्तो हुँदै हुँदैन। हर चीज नयाँबाट फेरि पुरानो हुन्छ। तिमी २४ क्यारेटका सुन थियौ, अहिले ९ क्यारेट सुनको गहना बनेका छौ, फेरि २४ क्यारेट बन्नु छ। आत्माहरू यस्ता बनेका छन् नि। जस्तो सुन त्यस्तै गहना बन्छ। अहिले सबै काला श्याम बनेका छन्। इज्जत राख्नको लागि कालो शब्द नभनेर श्याम भनिदिएका हुन्। आत्मा सतोप्रधान पवित्र थियो फेरि कति मैला परेको छ। अहिले फेरि पवित्र हुनको लागि बाबाले युक्ति पनि बताउनुहुन्छ। यो हो योग अग्नि यसबाट नै तिम्रो खाद निस्कन्छ। बाबालाई याद गर्नु छ। बाबा स्वयं भन्नुहुन्छ– मलाई यसप्रकार याद गर। पतित पावन म हुँ। मैले तिमीलाई अनेक पटक पतितबाट पावन बनाएको हुँ। यो पनि पहिला तिमीले जान्दैनथ्यौ। अहिले तिमीले जानेका छौ– आज हामी पतित छौं, भोलि फेरि पावन हुन्छौं। उनीहरूले त कल्पको अवधि लाखौं वर्ष लेखेर मनुष्यलाई घोर अन्धकारमा पारिदिएका छन्। बाबा आएर राम्रोसँग सबै कुरा सम्झाउनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– हामीलाई कसले पढाउनुहुन्छ, ज्ञानका सागर पतित-पावन बाबा जो सबैका सद्गतिदाता हुनुहुन्छ। मनुष्यले भक्तिमार्गमा कति महिमा गाउँछन् तर त्यसको अर्थ केही पनि जानेका छैनन्। स्तुति गाउँदा पनि सबैलाई मिलाएर गाउँछन्। मानौं गडबड गरिदिन्छन्, जसले जे सिकायो त्यसलाई कण्ठ गर्यो। अब बाबा भन्नुहुन्छ– जे जति सिकेका छौ, ती सबै कुरा भुल। जीवन छँदै मेरो बन। गृहस्थ व्यवहारमा युक्तिसँग चल्नुछ। याद एक बाबालाई नै गर्नुछ। उनीहरूको हो नै हठयोग। तिमी हौ राजयोगी। घर परिवारलाई पनि यस्तो शिक्षा दिनुछ। तिम्रो चालचलन देखेर त्यसको अनुसरण गरुन्। कहिल्यै आपसमा लडाइँझगडा गर्नुछैन। यदि लडाइँ गर्यौ भने अरूले के सम्झन्छन्, यिनीहरूमा त धेरै क्रोध छ। तिमीहरूमा कुनै पनि विकार रहनु छैन। मनुष्यको बुद्धिलाई बर्बाद गर्ने चीज हो सिनेमा, यो नर्क जस्तै हो। त्यहाँ जानाले नै बुद्धि खतम हुन्छ। दुनियाँमा कति विकार छ। एकातिर सरकारले १८ वर्षभित्र कसैले विवाह गर्न नपाइने नियम पास गर्छ, तैपनि यसरी धेरै विवाह भइरहन्छन्। बच्चालाई काखमा राखेर विवाह गराइरहन्छन्। अहिले तिमीले जानेका छौ– बाबाले हामीलाई यस फोहोरी दुनियाँबाट लिएर जानुहुन्छ। हामीलाई स्वर्गको मालिक बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– नष्टोमोहा बन, केवल मलाई याद गर। कुटुम्ब परिवारमा रहँदारहँदै मलाई याद गर। केही मेहनत गर्यौ भने मात्र विश्वको मालिक बन्छौ। बाबा भन्नुहुन्छ– म एकलाई याद गर र आसुरी अवगुणलाई छोड। दिनहुँ राती आफ्नो चार्ट चेक गर। यो तिम्रो व्यापार हो। यो व्यापार बिरलै कसैले गर्छन्। एक सेकेण्डमा कङ्गाललाई शिरको ताज बनाइदिनुहुन्छ, यो जादु ठहरियो नि। यस्ता जादुगरको त हात समात्नुपर्छ। जसले हामीलाई योगबलद्वारा पतितबाट पावन बनाउनुहुन्छ। अरू कसैले बनाउन सक्दैन। गङ्गाजीबाट कोही पावन बन्न सक्दैन। तिमी बच्चाहरूमा अहिले कति ज्ञान छ। तिमीहरू मनमनै खुसी हुनुपर्छ– बाबा फेरि आउनुभएको छ। देवीहरूका पनि कति चित्र आदि बनाउँछन्, उनका हतियार बनाइदिएर भयङ्कर बनाइदिन्छन्। ब्रह्माका पनि कति हातहरू बनाइदिन्छन्, अब तिमीले जान्दछौ– ब्रह्माका हातहरू त लाखौं हुन्छन्। यति सबै ब्रह्माकुमार कुमारीहरू, यी बाबाका उत्पत्ति हुन् नि, त्यसैले प्रजापिता ब्रह्माका यति धेरै हातहरू छन्।

अहिले तिमी हौ रूप-वसन्त। तिम्रो मुखबाट सदैव रत्न निस्कनुपर्छ। ज्ञान रत्नभन्दा अरू कुनै कुरा निस्किनु छैन। यी रत्नहरूको मूल्य कसैले तोक्न सक्दैन। बाबा भन्नुहुन्छ– मनमनाभव। बाबालाई याद गर्यौ भने देवता बन्छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) नष्टोमोहा बनेर बाबालाई याद गर्नु छ। कुटुम्ब परिवारमा रहेर विश्वको मालिक बन्नको लागि मेहनत गर्नु छ। अवगुणलाई छोड्दै जानुछ।

२) आफ्नो चालचलन यस्तो बनाउनुछ, जसलाई देखेर सबैले अनुसरण गरुन्। कुनै पनि विकार भित्र नरहोस्, यो जाँच गर्नुछ।

वरदान:–
डबल सेवाद्वारा अलौकिक शक्तिको साक्षात्कार गराउने विश्व सेवाधारी भव

जसरी बाबाको स्वरूप नै विश्व सेवक हो, त्यसरी नै तिमी पनि बाबासमान विश्व सेवाधारी हौ। शरीरद्वारा स्थूल सेवा गर्दै मनद्वारा विश्व परिवर्तनको सेवामा तत्पर होऊ। एकै समयमा तन र मनले सँगसँगै सेवा होस्। जसले मन र कर्मले सँगसँगै सेवा गर्छन्, उनीहरूबाट देख्नेहरूलाई यो कुनै अलौकिक शक्ति हो भन्ने अनुभव एवं साक्षात्कार हुन्छ। त्यसैले यो अभ्यासलाई निरन्तर र नेचुरल बनाऊ। मनसा सेवाका लागि विशेष एकाग्रताको अभ्यास बढाऊ।

स्लोगन:–
सबैप्रति गुणग्राहक बन तर फलो ब्रह्मा बाबालाई गर।

रात्रि क् लास : ११-०३-६८

तिम्रो पासमा प्रदर्शनीको उद्घाटन गर्नको लागि ठुलाबडा मानिसहरू आउने छन्, उनीहरूले केवल यति बुझ्छन्– भगवानलाई पाउनको लागि यिनीहरूले यो राम्रो मार्ग निकालेका छन्। जसरी भगवानलाई प्राप्त गर्नको लागि सत्सङ्ग आदि गर्छन्, वेद पढ्छन्, त्यसैगरी यो पनि यिनीहरूले एउटा मार्ग लिएका हुन्। तर यो बुझ्दैनन् कि यिनीहरूलाई भगवानले पढाउनुहुन्छ। केवल यिनीहरूले भन्छन् राम्रो कर्म गरेका छन्, यहाँ पवित्रता छ र भगवानसँग मिलाउँछन्। यी देवीहरूले राम्रो मार्ग निकालेका छन्, बस्। जसद्वारा उद्घाटन गराइन्छ उसले त आफूलाई धेरै महान सम्झन्छ। कुनै ठुला ठुला मानिसहरूले बाबाको लागि सम्झन्छन् कुनै महान् पुरुष हुनुहुन्छ होला, उहाँसँग गएर भेट गरौं। बाबा त भन्नुहुन्छ– पहिला फाराम भरेर पठाऊ। पहिला त तिमी बच्चाहरू उनलाई बाबाको पूरा परिचय देऊ। परिचय विना आएर के गर्ने! शिवबाबासँग पहिला पूरा निश्चय भएपछि मात्र मिल्नसक्छन्। विना परिचय मिलेर के गर्ने! कोही धनवान आउँछन्, सम्झन्छन्– मैले यिनीहरूलाई केही दिऊँ। गरिब कसैले एक रूपयाँ दिन्छन्, धनीले १०० रूपयाँ दिन्छन्, गरिबको एक रूपयाँ मूल्यवान् हुन्छ। ती धनीहरू त कहिल्यै यथार्थ रूपमा यादको यात्रामा रहन सक्दैनन्, उनीहरू आत्म अभिमानी बन्न सक्दैनन्। पहिला त पतितबाट पावन कसरी बनिन्छ त्यो लेखेर दिनुपर्छ। तमोप्रधानबाट सतोप्रधान बन्नु छ। यसमा प्रेरणा आदिको कुनै कुरा नै छैन। बाबा भन्नुहुन्छ– मामेकम् याद गर्यौ भने खिया निस्किएर जान्छ। प्रदर्शनी आदि हेर्न आउँछन् तर यदि दुई-तीन पटक आए भने बुझ्नुपर्छ, यसलाई केही तीर लागेको छ। देवता धर्मको हो, यसले भक्ति राम्रो गरेको छ। हुन त कसैलाई राम्रो लाग्छ तर लक्ष्यलाई पक्डिएको छैन भने त्यो के कामको। यो त तिमी बच्चाहरूलाई थाहा छ– ड्रामा चलिरहन्छ। जे चलिरहेको छ बुद्धिद्वारा जानेका छौ के भइरहेको छ! तिम्रो बुद्धिमा चक्र चलिरहन्छ, दोहोरिइरहन्छ। जसले जे गरेका थिए, त्यही गर्छन्। बाबाले लिने, नलिने त्यो उहाँको हातमा छ। हुन त अहिले सेन्टर आदि खुल्छन्, पैसा काममा आउँछ। जब तिम्रो प्रभाव निस्कन्छ फेरि पैसा के गर्नैछौ! मूल कुरा हो पतितबाट पावन बन्ने। यसमा लाग्नु, यो त धेरै मुस्किल छ। हामीले त बाबालाई याद गर्नु छ। रोटी खायो, बाबालाई याद गर्यो। सम्झन्छन्– पहिला हामीले बाबाबाट वर्सा त लिऊँ। हामी आत्मा हौं पहिला त यो पक्का निश्चय गर्नुपर्छ। यस्तो जब कोही निस्कन्छ तब तीव्र दौड लगाउन सक्छ। वास्तवमा तिमी बच्चाहरूले सारा विश्वलाई योगबलद्वारा पवित्र बनाउँछौ त्यसैले बच्चाहरूलाई कति नसा हुनुपर्छ। मूल कुरा हो नै पवित्रताको। यहाँ पढाइन्छ पनि र पवित्र पनि बन्नुपर्छ, स्वच्छ पनि रहनु छ। मनमा अरू कुनै कुरा याद रहनुहुँदैन। बच्चाहरूलाई सम्झाइन्छ– अशरीरी भव। यहाँ तिमी पार्ट खेल्न आएका छौ। सबैले आआफ्नो पार्ट खेल्नु नै छ। यो ज्ञान बुद्धिमा रहनुपर्छ। सिँढीमा पनि तिमीले सम्झाउनसक्छौ। रावण राज्य हो नै पतित, रामराज्य हो पावन। फेरि पतितबाट पावन कसरी बन्ने, यस्ता यस्ता कुरामा रमण गर्नुपर्छ, यसलाई नै विचार सागर मन्थन भनिन्छ। ८४ को चक्र याद आउनुपर्छ। बाबाले भन्नुभएको छ– मलाई याद गर। यो हो रूहानी यात्रा। बाबाको यादद्वारा नै विकर्म विनाश हुन्छ। ती जिस्मानी यात्राबाट अझै विकर्म बन्छ। भन, यो बुटी हो। यसलाई बुझेपछि सबै दु:ख हट्छन्। बुटी लगाउँछन् नै दु:ख हटोस् भनेर। अच्छा।

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडनाइट। रूहानी बच्चाहरूको रूहानी बापदादालाई गुडनाइट नमस्ते।