11.06.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– अब तिमी सम्पूर्ण बन्नु छ किनकि फर्केर घर जानु छ र फेरि पावन दुनियाँमा आउनु छ।”

प्रश्न:–
सम्पूर्ण पावन बन्ने युक्ति कुनचाहिँ हो?

उत्तर:–
सम्पूर्ण पावन बन्नको लागि पूरा भिखारी बन, देह सहित सबै सम्बन्धहरूलाई बिर्सेर मलाई याद गर तब पावन बन्छौ। अब तिमीले यी आँखाबाट जे कुरा देख्छौ त्यो सबै विनाश हुन्छ। त्यसैले धन, सम्पत्ति, वैभव आदि सबैलाई बिर्सिएर भिखारी बन। यस्तो भिखारी नै राजकुमार बन्छ।

ओम् शान्ति ।
मीठा प्यारा रुहानी बच्चाहरूलाई रुहानी बाबाले सम्झाइरहनु भएको छ। सुरुमा आत्माहरू सबै पवित्र हुन्छन्, बच्चाहरूले यो त राम्ररी बुझेका छौ। हामी नै पावन थियौँ, पतित र पावन, यो आत्मालाई नै भनिन्छ। आत्मा पावन हुँदा सुख हुन्छ। बुद्धिमा आउँछ, हामी पावन बन्यौँ भने पावन दुनियाँको मालिक बन्छौँ। यसैको लागि नै पुरुषार्थ गर्छन्। ५ हजार वर्ष पहिला पावन दुनियाँ थियो। त्यसमा आधाकल्प तिमी पावन थियौ, बाँकी रह्यो आधाकल्प। यो कुरा अरू कसैले बुझ्न सक्दैन। तिमीलाई थाहा छ– पतित र पावन, सुख र दु:ख, दिन र रात आधा आधा हुन्छ। जो राम्रो समझदार छ, जसले धेरै भक्ति गरेको छ, उसैले राम्ररी बुझ्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीहरू पावन थियौ। नयाँ दुनियाँमा केवल तिमीहरू मात्रै थियौ। बाँकी सबै शान्तिधाममा थिए। पहिला हामी पावन थियौँ, धेरै कम थियौँ फेरि नम्बरवार मनुष्य सृष्टिको वृद्धि हुन्छ। अहिले तिमी बच्चाहरूलाई कसले सम्झाइरहनु भएको छ? बाबाले। आत्माहरूलाई परमात्मा बाबाले सम्झाउनु हुन्छ, यसलाई भनिन्छ सङ्गम। यसैलाई नै कुम्भ भनिन्छ। मनुष्यले यो सङ्गमलाई बिर्सिएका छन्। बाबाले सम्झाउनु भएको छ– ४ युग छन्, पाँचौँ यो छोटो धर्माऊ (लीप) सङ्गमयुग हो। यसको अवधि छोटो छ। बाबा भन्नुहुन्छ– धेरै जन्मको अन्त्यको पनि अन्त्यमा यिनको वानप्रस्थ अवस्थामा म प्रवेश गर्छु। बच्चाहरूलाई यो राम्रो पालना हो नि। बाबाले यिनमा प्रवेश गर्नु भएको छ, यिनको पनि जीवनी सुनाउनु भएको छ। बाबा भन्नुहुन्छ– मैले आत्माहरूसँग नै कुरा गर्छु। आत्मा र शरीर दुवैको सँगसँगै पार्ट हुन्छ। यसलाई भनिन्छ जीव आत्मा। पवित्र जीव आत्मा, अपवित्र जीव आत्मा। तिमी बच्चाहरूको बुद्धिमा छ– सत्ययुगमा धेरै कम देवी-देवताहरू हुन्छन्। फेरि आफैलाई भन्छन्– हामी जीवात्मा जो सत्ययुगमा पावन थियौँ, फेरि ८४ जन्मपछि पतित बनेका छौँ। पतितबाट पावन, पावनबाट पतित– यो चक्र घुमिरहन्छ। याद पनि उहाँ पतित-पावन बाबालाई गर्छन्। अनि हर ५ हजार वर्षपछि बाबा एकैपटक आउनु हुन्छ, आएर स्वर्गको स्थापना गर्नुहुन्छ। भगवान एउटै हुनुहुन्छ, अवश्य उहाँले नै पुरानो दुनियाँलाई नयाँ बनाउनु हुन्छ। फेरि नयाँलाई पुरानो कसले बनाउँछ? रावणले, किनकि रावणले नै देह अभिमानी बनाउँछ। दुस्मनलाई जलाइन्छ, मित्रलाई जलाइँदैन। सबैका मित्र एक बाबा नै हुनुहुन्छ जसले सबैको सद्गति गर्नुहुन्छ। उहाँलाई सबैले याद गर्छन् किनकि उहाँ हुनुहुन्छ नै सबैका सुखदाता। त्यसैले दु:ख दिने पनि अवश्य कोही हुनुपर्छ। त्यो हो ५ विकाररूपी रावण। आधाकल्प रामराज्य, आधाकल्प रावण राज्य। स्वस्तिका राख्छन् नि। यसको अर्थ पनि बाबाले सम्झाउनु हुन्छ। यसमा पूरा चार भाग हुन्छन्। अलिकति पनि घटीबढी हुँदैन। यो ड्रामा एकदम एक्युरेट छ। कसैले सम्झन्छन् हामी यो ड्रामाबाट मुक्त हुन सकौँ, धेरै दु:खी हुन्छन्, यो भन्दा त बरू गएर ज्योति ज्योतमा समाहित हुन वा ब्रह्ममा लीन हुन सकियोस्। तर कोही पनि जान सक्दैन। के के विचार गर्छन्। भक्तिमार्गमा प्रयत्न पनि भिन्न भिन्न गर्छन्। संन्यासीले शरीर छोडे भने यस्तो कहिल्यै भन्दैनन्– स्वर्ग वा वैकुण्ठवासी भए। प्रवृत्तिमार्गमा रहनेले भन्ने गर्छन्– फलानो स्वर्गवासी भयो। आत्मालाई स्वर्ग याद छ नि। तिमीलाई त सबै भन्दा धेरै याद छ। तिमीलाई दुवैको इतिहास-भूगोलको विषयमा थाहा छ, अरू कसैलाई पनि थाहा छैन। तिमीलाई पनि थाहा थिएन। बाबा बसेर बच्चाहरूलाई सबै रहस्य सम्झाउनु हुन्छ।

यो मनुष्य सृष्टि रूपी वृक्ष हो। वृक्षको अवश्य बीज पनि हुनुपर्छ। बाबाले नै सम्झाउनु हुन्छ, पावन दुनियाँ कसरी पतित बन्छ, फेरि मैले पावन बनाउँछु। पावन दुनियाँलाई भनिन्छ स्वर्ग। स्वर्ग बितेर गयो फेरि अवश्य पनि दोहोरिन्छ। त्यसैले भनिन्छ– विश्वको इतिहास दोहोरिन्छ अर्थात् विश्व नै पुरानोबाट नयाँ, नयाँबाट पुरानो हुन्छ। दोहोरिने भनेकै ड्रामा हो। ड्रामा शब्द धेरै राम्रो छ, शोभा दिन्छ। चक्र जस्ताको तस्तै घुमिरहन्छ, नाटकलाई जस्ताको तस्तै भनिन्न। कोही बिमारी भएमा छुट्टी लिन्छन्। त्यसैले तिमी बच्चाहरूको बुद्धिमा छ– हामी पूज्य देवता थियौँ फेरि पुजारी बन्यौँ। बाबा आएर पतितबाट पावन बन्ने युक्ति बताउनु हुन्छ जुन ५ हजार वर्ष पहिला बताउनु भएको थियो। केवल भन्नुहुन्छ– प्यारा बच्चाहरू! मलाई याद गर। बाबाले सुरु सुरुमा तिमीलाई आत्म अभिमानी बनाउनु हुन्छ। सबै भन्दा पहिला यो पाठ सिकाउनु हुन्छ– प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झ, बाबालाई याद गर। तिमीलाई यति धेरै याद गराउँछु, तिमीले फेरि पनि बिर्सिन्छौ। ड्रामाको अन्त्य नभएसम्म बिर्सिरहन्छौ। अन्त्यमा जब विनाशको समय हुन्छ तब पढाइ पूरा हुन्छ अनि तिमीले शरीर छोडिदिन्छौ। जसरी सर्पले पनि काँचुली फेर्छ नि। त्यसैले बाबाले पनि सम्झाउनु हुन्छ– तिमी बस्द वा हिँडडुल गरने बेलामा देहीअभिमानी भएर बस। पहिला तिमीमा देह अभिमान थियो। अहिले बाबा भन्नुहुन्छ– आत्म अभिमानी बन। देह अभिमानमा आउनाले तिमीलाई ५ विकारले समात्छ। आत्म अभिमानी बनेपछि कुनै विकारले समात्दैन। देहीअभिमानी बनेर बाबालाई एकदम प्यारले याद गर्नुपर्छ। यस सङ्गमयुगमा आत्माहरूलाई परमात्मा बाबाको प्यार मिल्छ। जतिबेला बाबा र बच्चा आएर मिल्छन्, यसलाई कल्याणकारी सङ्गमयुग भनिन्छ। तिमी आत्माहरू पनि शरीरमा छौ। बाबा पनि शरीरमा आएर तिमीलाई आत्मा निश्चय गराउनु हुन्छ। बाबा एकैपटक आउनु हुन्छ, जब सबैलाई फर्काएर लैजानु पर्ने हुन्छ। सम्झाउनु पनि हुन्छ– मैले कसरी तिमीलाई फर्काएर लैजान्छु। तिमीले भन्छौ– हामी सबै पतित हौँ, हजुर पावन हुनुहुन्छ। हजुर आएर हामीलाई पावन बनाउनुहोस्। तिमी बच्चाहरूलाई थाहा छैन– बाबाले कसरी पावन बनाउनु हुन्छ। जबसम्म बनाउनुहुन्न तबसम्म के बुझ्छन्। यो पनि तिमीले जान्दछौ– आत्मा सूक्ष्म सितारा हो। बाबा पनि सूक्ष्म सितारा हुनुहुन्छ। तर उहाँ ज्ञानका सागर, शान्तिका सागर हुनुहुन्छ। तिमीलाई पनि आफू समान बनाउनु हुन्छ। यो ज्ञान तिमी बच्चाहरूको लागि हो जुन तिमीले फेरि सबैलाई सम्झाउँछौ। फेरि सत्ययुगमा यो ज्ञान सुनाइन्छ र? सुनाइदैन। ज्ञानसागर बाबा त एक मात्रै हुनुहुन्छ जसले तिमीलाई अहिले मात्रै पढाउनु हुन्छ। जीवन कहानी त सबैको हुनुपर्यो नि। उहाँ बाबाले सुनाइरहनुहुन्छ। तर तिमीले घरी घरी बिर्सिन्छौ, तिम्रो मायासँग युद्ध छ। तिमीले अनुभव गर्छौ मैले बाबालाई याद गर्छु, फेरि बिर्सिन्छु। बाबा भन्नुहुन्छ– माया नै तिम्रो दुस्मन हो, जसले तिमीलाई बिर्साइदिन्छ अर्थात् बाबाबाट बेमुख पारिदिन्छ। तिमी बच्चाहरू एकपटक मात्रै बाबाको सम्मुख हुन्छौ। बाबाले एकपटक मात्र वर्सा दिनुहुन्छ। फेरि बाबालाई सम्मुख आउन आवश्यकता नै पर्दैन। पाप आत्माबाट पुण्य आत्मा, स्वर्गको मालिक बनाउनुभयो। पुग्यो। फेरि आएर के गर्नुहुन्छ! तिमीले बोलायौ, म बिल्कुल पूरा समयमा आएँ। हरेक ५ हजार वर्षपछि म आफ्नो समयमा आउँछु। यो कसैलाई पनि थाहा छैन। शिवरात्रि किन मनाउँछन्, उहाँले के गर्नु भएको थियो? कसैलाई पनि थाहा छैन, त्यसैले शिवरात्रिको दिन बिदा आदि केही पनि दिँदैनन्। अरू सबैको बिदा दिन्छन् तर शिवबाबा आउनु हुन्छ, यति महान् कार्य गर्नुहुन्छ, त्यसको कसैलाई पनि थाहा छैन। अर्थ नै जानेका छैनन्। कति अज्ञान छ!

तिमी बच्चाहरूले जान्दछौ– शिवबाबा सबै भन्दा उच्च हुनुहुन्छ त्यसैले अवश्य पनि मनुष्यलाई सबै भन्दा उच्च बनाउनु हुन्छ। बाबा भन्नुहुन्छ– मैले यिनलाई ज्ञान दिएँ, योग सिकाएँ अनि यिनी नरबाट नारायण बने। उनले यो ज्ञान सुनेका छन्। यो ज्ञान तिम्रो लागि नै हो, अरू कसैको लागि शोभा दिँदैन। तिमी फेरि त्यस्तै बन्नु छ, अरू कोही बन्दैन। यो हो नरबाट नारायण बन्ने कथा। जसले अरू धर्म स्थापना गरे, ती सबैले पुनर्जन्म लिँदा लिँदा तमोप्रधान बनेका छन् फेरि सबै सतोप्रधान बन्नु छ। त्यो पद अनुसार फेरि दोहोर्याउनु छ। उच्च पार्टधारी बन्नको लागि तिमीले कति पुरुषार्थ गरिरहेका छौ। कसले पुरुषार्थ गराइरहेको छ? बाबा। तिमी उच्च बन्छौ फेरि कहिल्यै पनि याद गर्दैनौ। स्वर्गमा कहाँ याद गरिन्छ र! सबै भन्दा उच्च बाबा हुनुहुन्छ, फेरि बनाउनु पनि हुन्छ उच्च। नारायण भन्दा पहिला त श्रीकृष्ण हुन्छन्। फेरि तिमीले नरबाट नारायण बनौँ, यस्तो किन भन्छौ? नरबाट श्रीकृष्णबनौँ किन भन्दैनौ! पहिला नारायण कहाँ बन्छन् र? पहिला त राजकुमार श्रीकृष्णबन्छन् नि। बच्चा त फूल हुन्छ नारायण त फेरि पनि युगल बन्छन्। महिमा ब्रह्मचारीको हुन्छ। साना बच्चालाई सतोप्रधान भनिन्छ, तिमी बच्चाहरूलाई ख्याल आउनु पर्छ– म अवश्य पनि पहिला राजकुमार बन्छु। गायन पनि गरिन्छ– भिखारीबाट राजकुमार। भिखारी कसलाई भनिन्छ? आत्मालाई नै शरीरसँग भिखारी वा धनवान् भनिन्छ। यतिबेला तिमीलाई थाहा छ सबै भिखारी बन्छन्। सबै समाप्त हुन्छन्। तिमीलाई यति बेला नै भिखारी बन्नु छ, शरीर सहित। पाई पैसा जे जति छ सबै समाप्त हुन्छ। आत्मा भिखारी बन्नु छ, सबै कुरा छोड्नु छ। फेरि राजकुमार बन्नु छ। तिमीलाई थाहा छ– धन दौलत आदि सबै छोडेर भिखारी बनेर हामी घर जान्छौँ। फेरि नयाँ दुनियाँमा राजकुमार बनेर आउँछौँ। जे जति पनि छ, सबै कुरा छोड्नु छ। यी पुराना चीज कुनै कामका छैनन्। आत्मा पवित्र बन्छ फेरि यहाँ आउँछ पार्ट खेल्न, कल्प पहिला जस्तै। जति जति तिमीले धारणा गर्छौ त्यति उच्च पद प्राप्त हुन्छ। यतिबेला कसैसँग ५ करोड छ भने पनि सबै समाप्त हुन्छ। हामी फेरि आफ्नो नयाँ दुनियाँमा जान्छौं। यहाँ तिमी आएका हौ नयाँ दुनियाँमा जानको लागि। अरू यस्तो कुनै सत्सङ्ग छैन जहाँ हामी नयाँ दुनियाँको लागि पढिरहेका छौं भन्ने कसैले जान्दछ। तिमी बच्चाहरूको बुद्धिमा छ– बाबाले हामीलाई पहिला भिखारी बनाएर फेरि राजकुमार बनाउनु हुन्छ। देहका सबै सम्बन्ध छोडेपछि भिखारी ठहरिए नि। केही पनि छँदै छैन। अहिले केही पनि छैन। भारतखण्ड अहिले भिखारी छ, विपन्न छ। फेरि सम्पन्न हुन्छ। को बन्छ? आत्मा शरीरद्वारा बन्छ। अहिले राजा-रानी पनि छैनन्। ती पनि विपन्न छन्, राजा-रानीको ताज पनि छैन। न त्यो ताज छ, न रत्न जडित ताज छ। ‘अन्धेर नगरी’ छ, सर्वव्यापी भनिदिन्छन्। मानौँ सबैमा भगवान हुनुहुन्छ। सबै समान छन्, कुकुर बिरालो सबैमा हुनुहुन्छ, यसलाई भनिन्छ अन्धेर नगरी... तिमी ब्राह्मणहरूको रात थियो। अहिले सम्झन्छौ– ज्ञान दिन आइरहेको छ। सत्ययुगमा सबै जागति ज्योत हुन्छन्। अहिले दियो बिल्कुल निभ्न लागेको छ। भारतखण्डमा नै दियो जलाउने चलन छ। अरूले कहाँ दियो जलाउँछन् र! तिम्रो ज्योति निभेको छ। सतोप्रधान विश्वको मालिक थियौ, त्यो तागत कम हुँदाहुँदा अहिले केही तागतै छैन। फेरि बाबा आउनु भएको छ तिमीलाई तागत दिन। ब्याट्री भरिन्छ। आत्मामा परमात्मा बाबाको याद रहेपछि ब्याट्री भरिन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) अब नाटक पूरा भइरहेको छ, हामीहरू फर्केर जानु छ त्यसैले आत्मा बाबाको यादबाट सतोप्रधान, पावन अवश्य बन्नु छ। बाबा समान ज्ञानको सागर, शान्तिको सागर अहिले नै बन्नु छ।

२) यो देहबाट पनि पूरै भिखारी बन्नको लागि बुद्धिमा रहोस्– यी आँखाबाट जे जति पनि देखिन्छ, यो सबै समाप्त हुनु छ। म भिखारीबाट राजकुमार बन्नु छ। मेरो पढाइ हो नै नयाँ दुनियाँको लागि।

वरदान:–
चमत्कार देखाउनुको सट्टा अविनाशी भाग्यको चम्किरहेको सितारा बनाउने सिद्धि स्वरूप भव

आजकाल जो अल्पकालका सिद्धिवालाहरू छन् उनीहरू लास्टमा माथिबाट आएको हुनाले सतोप्रधान अवस्था प्रमाण पवित्रताको फलस्वरूप अल्पकालको चमत्कार देखाउँछन् तर त्यो सिद्धि सदाकाल रहँदैन। किनकि थोरै समयमा नै सतो रजो तमो तीनैवटा अवस्थाबाट गुज्रन्छन्। तिमी पवित्र आत्माहरू सदा सिद्धि स्वरूप हौ, चमत्कार देखाउनुको सट्टा चम्किरहेको ज्योति स्वरूप बनाउनेवाला हौ। अविनाशी भाग्यको चम्किलो सितारा बनाउनेवाला हौ, त्यसैले सबै तिमीसँग नै अञ्जली लिन आउँछन्।

स्लोगन:–
बेहदको वैराग्य वृत्तिको वायुमण्डल भयो भने सहयोगी सहजयोगी बन्छौ।