11.07.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे गहन शान्त अवस्था अर्थात् अशरीरी बन्ने समय अहिले हो , यसै अवस्थामा रहने अभ्यास गर।

प्रश्न:
सबै भन्दा उच्च लक्ष्य कुनचाहिँ हो, त्यसको प्राप्ति कसरी हुन्छ?

उत्तर:
सम्पूर्ण पवित्र दृष्टि बन्नु, यही उच्च लक्ष्य हो। कर्मेन्द्रियहरूमा अलिकति पनि चञ्चलता नआओस् तब सम्पूर्ण पवित्र दृष्टि आत्मा बन्न सकिन्छ। जब यस्तो अवस्था हुन्छ तब विश्वको बादसाही मिल्न सक्छ। गायन पनि छ चढे तो चाखे... अर्थात् राजाहरूका राजा बन्छौ, नत्र प्रजा। अब जाँच गर मेरो वृत्ति कस्तो छ? कुनै पनि भुल त हुँदैन?

ओम् शान्ति ।
आत्म अभिमानी भएर बस्नुपर्छ। बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ, आफूलाई आत्मा सम्झ। बाबा अलराउण्डर (दादी)सँग सोध्नुहुन्छ सत्ययुगमा आत्म अभिमानी हुन्छन् वा देह अभिमानी? त्यहाँ त स्वत: आत्म अभिमानी हुन्छन्, घरी घरी याद गर्नु पर्ने आवश्यकता हुँदैन। हो, त्यहाँ जान्दछन् अब यो शरीर बुढो भयो, यसलाई छोडेर अर्को नयाँ लिनु छ। जसरी सर्पको उदाहरण छ, त्यसैगरी आत्माले पनि यो पुरानो शरीर छोडेर नयाँ लिन्छ। भगवानले उदाहरण दिएर सम्झाउनु हुन्छ। तिमीले सबै मनुष्यहरूलाई ज्ञानको भुँ भुँ गरेर आफू समान ज्ञानवान बनाउनु छ। जसबाट स्वर्गको निर्विकारी देवता बन्छन्। उच्च भन्दा उच्च पढाइ हो मनुष्यबाट देवता बनाउनु। गायन पनि छ नि मनुष्य को देवता किये... कसले बनायो? देवताहरूले बनाएनन्। भगवानले नै मनुष्यहरूलाई देवता बनाउनु हुन्छ। मनुष्यले यी कुरालाई जानेका छैनन्। तिमीहरूसँग सबै ठाउँमा सोध्छन् तपाईको लक्ष्य-उद्देश्य के हो? त्यसैले किन लक्ष्य-उद्देश्य लेखिएको सानो पर्चा नछाप्ने? कसैले सोधे भने उनलाई पर्चा देऊ जसबाट बुझ्छन्। बाबाले धेरै राम्रोसँग सम्झाउनु भएको छ यस समयमा यो कलियुगी पतित दुनियाँ हो जसमा घोर अपरम्पार दु:ख छ। अहिले हामीले मनुष्यहरूलाई सत्ययुगी पावन महान् सुखधाममा लिएर जाने सेवा गरिरहेका छौं वा मार्ग बताउँछौं। यस्तो होइन हामीले अद्वैत ज्ञान दिन्छौं। उनीहरूले शास्त्रको ज्ञानलाई अद्वैत ज्ञान सम्झिन्छन्। वास्तवमा त्यो कुनै अद्वैत ज्ञान नै होइन। अद्वैत ज्ञान लेख्नु पनि गलत हो। मनुष्यहरूलाई स्पष्टसँग बताउनु पर्छ, यस्तो लेखिएको पर्चा छापिएको होस् जसलाई पढेर छिट्टै बुझ्न सक्छन्, यिनको उद्देश्य के हो? कलियुगी पतित भ्रष्टाचारी मनुष्यहरूलाई हामीले घोर दु:खबाट निकालेर सत्ययुगी पवित्र श्रेष्ठाचारी अपार सुखको दुनियाँमा लिएर जान्छौं। बाबाले यस्तो निबन्ध बच्चाहरूलाई दिनु हुन्छ। यसरी स्पष्टसँग लेख्नुपर्छ। सबै स्थानमा यस्तो तिम्रो लिखित सामग्री राखिएको होस्, तुरुन्त त्यो निकालेर दिनुपर्छ तब बुझ्ने छन् हामी त दु:खधाममा छौं। फोहरमा परेका छौं। हामी कलियुगी पतित, दु:खधामका मनुष्य हौं, मनुष्य कसले कहाँ यस्तो सम्झन्छन्। उहाँले हामीलाई अपार सुखमा लिएर जानु हुन्छ। त्यसैले यस्तो एउटा राम्रो पर्चा बनाउनु छ। जसरी बाबाले पनि छपाउनु भएको थियो सत्ययुगी हौ वा कलियुगी? तर मनुष्यले कहाँ बुझ्छन् र! रत्नहरूलाई पनि पत्थर सम्झेर फालिदिन्छन्। यो हो ज्ञान रत्न। उनीहरूले सम्झन्छन् शास्त्रहरूमा रत्न छन्। तिमीले स्पष्ट पारेर यस्तो भन जसले गर्दा बुझ्छन् यहाँ त अपार दु:ख छ। दु:खको पनि लिस्ट होस्, कम्तीमा १०१ त अवश्य हुनुपर्छ। यस दु:खधाममा अपार दु:ख छ, यो सबै लेख, सारा लिस्ट निकाल। अर्कोतर्फ फेरि अपार सुख छ, त्यहाँ दु:खको नाम हुँदैन। हामीले त्यो राज्य अथवा सुखधाम स्थापना गरिरहेका छौं जसलाई सुनेर छिट्टै मनुष्यहरूको मुख बन्द हुन्छ। यो कसैले कहाँ सम्झन्छन् र, यस समयमा यो दु:खधाम हो, यसलाई त उनीहरूले स्वर्ग सम्झेर बसेका छन्। ठुला ठुला महल, नयाँ नयाँ मन्दिर आदि बनाइरहन्छन्, यी सबै खतम भएर जान्छन् यो कहाँ जानेका छन् र। घुसको पैसा त उनीहरूलाई धेरै मिल्छ। बाबाले सम्झाउनु भएको छ यो सबै हो मायाको, विज्ञानको घमण्ड। मोटर, हवाइजहाज आदि यी सबै मायाका प्रदर्शन हुन्। यो पनि काइदा छ जब बाबाले स्वर्गको स्थापना गर्नुहुन्छ तब मायाले पनि आफ्नो आडम्बर देखाउँछ, यसलाई भनिन्छ मायाको पम्प।

अहिले तिमी बच्चाहरूले सारा विश्वमा शान्ति स्थापना गरिरहेका छौ। यदि मायाको कहीँ प्रवेशता भयो भने बच्चाहरूको मन खान्छ। कोही कसैको नाम-रूपमा फस्यो भने बाबाले सम्झाउनु हुन्छ यो विकारी दृष्टि हो। कलियुगमा छ भ्रष्टाचार। सत्ययुगमा हुन्छ सदाचार। यी देवताहरूको अगाडि सबैले शिर झुकाउँछन्, हजुर निर्विकारी हामी विकारी। त्यसैले बाबा भन्नुहुन्छ हरेकले आफ्नो अवस्थालाई हेर। ठुला ठुला राम्रा महारथीले पनि आफूलाई हेर्नुछ मेरो बुद्धि कसैको नाम-रूपमा त जाँदैन? फलानी धेरै राम्री छ, यो गरौं केही मनमा आउँछ? यो त बाबाले जान्नुहुन्छ यतिबेला यहाँ सम्पूर्ण पावन कोही पनि छैनन्। अलिकति पनि चलायमान नहोस्, धेरै मुस्किल छ। कोही विरलै यस्ता छन्। आँखाले अवश्य केही न केही धोका दिन्छ। त्यसैले ड्रामाले छिट्टै कसैलाई पावन बनाउँदैन। धेरै पुरुषार्थ गरेर आफ्नो जाँच गर्नु छ कहीँ मेरो आँखाले धोका त दिँदैन? विश्वको मालिक बन्नु यो धेरै उच्च लक्ष्य हो। चढे तो चाखे... अर्थात् राजाहरूका राजा बन्छन्, गिरे भने प्रजामा जान्छन्। आजकाल त भन्छन् विकारी जमाना छ। जतिसुकै ठुला व्यक्ति हुन्, रानीलाई पनि मनमा डर हुन्छ, कतै कसैले मलाई उडाइ नदेओस्। हरेक मनुष्यमा अशान्ति छ। कुनै कुनै बच्चाहरूले पनि कति अशान्ति फैलाउँछन्। तिमीले शान्ति स्थापना गरिरहेका छौ त्यसैले पहिला त स्वयं शान्तिमा रहने गर, अनि अरूमा पनि त्यो बल भरिन्छ। त्यहाँ त एकदम शान्तिको राज्य चल्छ। आँखा पवित्र बन्छन्। त्यसैले बाबा भन्नुहुन्छ आफ्नो जाँच गर आज म आत्माको वृत्ति कस्तो रह्यो? यसमा धेरै मेहनत छ। आफ्नो सम्हाल राख्नुपर्छ। बेहदका बाबालाई पनि सत्य कहिल्यै बताउँदैनन्। कदम कदममा भुल भइरहन्छ। अलिकति पनि त्यस अपवित्र दृष्टिले हेरियो भने, भुल भयो, तुरुन्त नोट गर। १०-२० भुल त दिनहुँ गर्छौ होला, जबसम्म निर्दोष बन्दैनौ। तर सत्य कसैले कहाँ बताउँछन् र! देह अभिमानबाट केही न केही पाप त अवश्य हुन्छ। त्यसैले भित्र खाइरहन्छ। भुल केलाई भनिन्छ? कतिले त यो पनि बुझ्दैनन्। जनावरले कहाँ बुझ्छन् र! तिमी पनि यस ज्ञान भन्दा पहिला बाँदर बुद्धि थियौ। अब कोही ५० प्रतिशत, कोही १० प्रतिशत, कोही कति परिवर्तन हुँदै छन्। यी आँखा त धेरै धोका दिनेवाला छन्। सबै भन्दा तीक्ष्ण छन् आँखा।

बाबा भन्नुहुन्छ तिमी आत्मा अशरीरी आएका थियौ। शरीर थिएन। के अहिले तिमीलाई थाहा छ र अर्को कुनचाहिँ शरीर लिन्छु, कुन सम्बन्धमा जान्छु? थाहा हुँदैन। गर्भमा गहन शान्त अवस्थामा हुन्छ। आत्मा बिल्कुल शान्त हुन्छ। जब शरीर ठुलो हुन्छ तब थाहा हुन्छ। तिमी यस्तो बनेर जानु छ। यो पुरानो शरीर छोडेर हामी जानु छ, फेरि जब शरीर लिन्छौ तब स्वर्गमा आफ्नो पार्ट खेल्छौ। अहिले गहन शान्त हुने समय हो। हुन त आत्मा संस्कार लिएर जान्छ, जब शरीर ठुलो हुन्छ तब संस्कार प्रकट हुन्छ। अहिले तिमी घरमा जानु छ। त्यसैले पुरानो दुनियाँको, यस शरीरको भान उडाइदिनु छ। केही पनि याद नरहोस्। धेरै परहेज राख्नुपर्छ। जे भित्र हुन्छ त्यही बाहिर निस्किन्छ। शिव बाबाको भित्र पनि ज्ञान छ। मेरो पनि पार्ट छ। मेरो लागि नै भन्छन् ज्ञानका सागर... महिमाको गायन छ, अर्थ केही पनि जानेका छैनन्। अहिले तिमीले अर्थ सहित जानेका छौ। बाँकी आत्माको बुद्धि यस्तो कौडी तुल्य हुन जान्छ। अहिले बाबाले कति बुद्धिमान् बनाउनु हुन्छ। मनुष्यहरूसँग त करोडौं, पदमौं छ। यो मायाको पम्प हो नि। विज्ञानमा जुन आफ्नो कामको चीज हुन्छ, त्यो त्यहाँ पनि हुन्छ। त्यो बनाउनेवाला त्यहाँ पनि जान्छन्। राजा त बन्दैनन्। यी मानिसहरू अन्त्यमा तिम्रो पासमा आउने छन्, फेरि अरूलाई पनि सिकाउँछन्। एक बाबासँग तिमीले कति धेरै सिक्छौ। एक बाबाले नै दुनियाँलाई केबाट के बनाइदिनु हुन्छ। आविष्कार सदा एउटाले गर्छ अनि फैलाउँछन्। बम बनाउने पनि पहिला एक थियो। सम्झे यसबाट दुनियाँ विनाश हुन्छ। फेरि अरू बनाउँदै गए। त्यहाँ पनि विज्ञान चाहिन्छ नि। समय बाँकी छ। सिकेर होसियार हुन्छन्। बाबाको पहिचान मिल्यो फेरि स्वर्गमा आएर नोकरचाकर बन्छन्। त्यहाँ सबै सुखको कुरा हुन्छ। जुन सुखधाममा थियो त्यो फेरि हुन्छ। त्यहाँ कुनै रोग दु:खको कुरा हुँदैन। यहाँ त घोर दु:ख छ। त्यहाँ अपरम्पार सुख हुन्छ। अहिले हामीले यो सुख स्थापना गरिरहेका छौं। दु:खहर्ता, सुखकर्ता एक बाबा नै हुनुहुन्छ। पहिला त स्वयंको नै यस्तो अवस्था चाहिन्छ, केवल पण्डित्याइँ चल्दैन। एक पण्डितको कथा छ नि, भने राम नाम भन्नाले पार हुन्छौ... यो यस समयको कुरा हो। तिमी बाबाको यादमा विषय सागरबाट क्षीरसागरमा जान्छौ। यहाँ तिमी बच्चाहरूको अवस्था धेरै राम्रो हुनुपर्छ। योगबल छैन, विकारी दृष्टि छ भने उसको तीर लाग्न सक्दैन। आँखा पवित्र हुनुपर्छ। बाबाको यादमा रहेर कसैलाई ज्ञान दियौ भने तीर लाग्छ। ज्ञान तरबारमा योगको धार हुनुपर्छ। ज्ञानबाट धनको कमाइ हुन्छ। तागत हुन्छ यादको। धेरै बच्चाहरूले त बिल्कुल याद गर्दैनन्, जानेकै छैनन्। बाबा भन्नुहुन्छ मनुष्यहरूलाई सम्झाउनु छ, यो हो दु:खधाम, सत्ययुग हो सुखधाम। कलियुगमा सुखको नाम हुँदैन। यदि छ भने पनि काग विष्टा समान छ। सत्ययुगमा त अपार सुख हुन्छ। मानिसहरूले अर्थ बुझ्दैनन्। मुक्तिको लागि नै मेहनत गर्छन्। जीवनमुक्तिलाई त कसैले जानेका छैनन्। त्यसैले ज्ञान पनि कसरी दिन सक्छन्। ती त आउँछन् नै रजोप्रधान समयमा, उनले फेरि राजयोग कसरी सिकाउँछन्? यहाँ त सुख छ काग विष्टा समान। राजयोगबाट के भएको थियो... यो पनि जानेका छैनन्। तिमी बच्चाहरूलाई थाहा छ यो पनि सबै ड्रामा चलिरहेको छ। पत्रिकामा पनि तिम्रो निन्दा लेख्छन्, यो त हुनु नै छ। अबलाहरू माथि किसिम किसिमका अत्याचार हुन्छन्। दुनियाँमा अनेक दु:ख छ। अहिले कुनै सुख कहाँ छ र! हुन त धेरै ठुलो धनवान छ, बिमारी भयो, अन्धो भयो भने दु:ख त हुन्छ नि। दु:खहरूको लिस्टमा सबै लेख। रावण राज्य कलियुगको अन्त्यमा यी सबै कुरा हुन्छन्। सत्ययुगमा दु:खको एउटा पनि कुरा हुँदैन। सत्ययुग त बितेर गयो नि। अहिले छ सङ्गमयुग। बाबा पनि सङ्गमयुगमा नै आउनु हुन्छ। अहिले तिमीलाई थाहा छ ५ हजार वर्षमा हामीले के के जन्म लिन्छौं। कसरी सुखबाट फेरि दु:खमा आउँछौं। जसको बुद्धिमा सारा ज्ञान छ, धारणा छ उसले बुझ्न सक्छ। बाबाले तिमी बच्चाहरूको झोली भर्नुहुन्छ। गायन पनि छ धन दिये धन ना खुटे। धन दान गर्दैनन् भने उनीहरूसँग मानौँ छँदै छैन। फेरि मिल्दा पनि मिल्दैन। हिसाब छ नि! दिँदै दिँदैनन् भने कहाँबाट मिल्छ। वृद्धि कहाँबाट हुन्छ। यो सबै हो अविनाशी ज्ञान रत्न। नम्बरवार त हर कुरामा हुन्छन् नि। यो पनि तिम्रो रुहानी सेना हो। कुनै आत्मा गएर उच्च पद पाउँछन्, कुनै आत्माले प्रजा पद पाउँछ। जसरी कल्प पहिला पाएको थियो। अच्छा!

मीठे-मीठे सिकीलधे रुहानी बच्चाहरूप्रति नम्बरवार पुरुषार्थ अनुसार बापदादा अनि माता-पिताको दिलोज्यान प्रेमभरी याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) आफ्नो सम्हाल गर्नको लागि कदम कदममा जाँच गर्नु छ (१) आज म आत्माको वृत्ति कस्तो रह्यो? (२) आँखा शुद्ध रह्यो? (३) देह अभिमान वश कुनचाहिँ पाप भयो?

२) बुद्धिमा अविनाशी ज्ञान धन धारण गरेर फेरि दान गर्नु छ। ज्ञान तरबारमा यादको धार अवश्य भर्नुछ।

वरदान:
सत्यताको अथोरिटीलाई धारण गरेर सबैलाई आकर्षित गर्ने निर्भय र विजयी भव

तिमी बच्चाहरू सत्यताको शक्तिशाली श्रेष्ठ आत्माहरू हौ। सत्य ज्ञान, सत्य बाबा, सत्य प्राप्ति, सत्य याद, सत्य गुण, सत्य शक्तिहरू सबै प्राप्त भएका छन्। यति ठुलो अधिकारीपनको नसा रह्यो भने यो सत्यताको अथोरिटीले हरेक आत्मालाई आकर्षित गरिरहने छ। झुट खण्डमा पनि यस्तो सत्यताको शक्तिवालाहरू विजयी बन्छन्। सत्यताको प्राप्ति खुसी र निर्भयता हो। सत्य बोल्नेवाला निर्भय हुन्छ। उसलाई कहिल्यै पनि भय हुन सक्दैन।

स्लोगन:
वायुमण्डललाई परिवर्तन गर्ने साधन हो सकारात्मक सङ्कल्प र शक्तिशाली वृत्ति।