11.07.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सबैभन्दा पहिला सबैलाई बाबाको सही परिचय दिएर गीताको भगवान सिद्ध गर , अनि तिम्रो नाम प्रसिद्ध हुनेछ।”

प्रश्न:–
तिमी बच्चाहरूले चारै युगमा चक्कर लगाएका छौ, त्यसको रसम भक्तिमा चलिरहेको छ, त्यो कुन हो?

उत्तर:–
तिमीले चारै युगमा चक्कर लगायौ, त्यसको सट्टा उनीहरूले सबै शास्त्र, चित्र आदिलाई गाडीमा राखेर चारैतिर परिक्रमा लगाउँछन्। अनि घरमा ल्याएर सुताइदिन्छन्। तिमी ब्राह्मण, देवता, क्षत्रिय... बन्छौ। यो चक्रको सट्टा उनीहरूले परिक्रमा गराउन सुरु गरेका हुन्। यो पनि एउटा रसम हो।

ओम् शान्ति ।
रुहानी बाबा बसेर रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ, कसैलाई सम्झाउँछौ भने पहिला यो स्पष्ट गरिदेऊ– बाबा एक हुनुहुन्छ, सोध्नुछैन– बाबा एक हुनुहुन्छ वा अनेक हुनुहुन्छ? त्यसरी सोध्यौ भने त अनेक बाबा हुनुहुन्छ भनिदिन्छन्। भन्नु नै छ– बाबा रचयिता गड फादर एक हुनुहुन्छ। उहाँ सबै आत्माहरूका पिता हुनुहुन्छ। पहिला सुरुमा यस्तो पनि भन्नुहुँदैन– उहाँ बिन्दु हुनुहुन्छ, यसमा फेरि उनीहरू अलमलिन्छन्। पहिला सुरुमा त यो राम्रोसँग सम्झाऊ– दुई पिता हुनुहुन्छ– लौकिक र पारलौकिक। लौकिक त हरेकका हुन्छन् नै तर उहाँ पारलौकिक पितालाई कसैले खुदा, कसैले गड भन्छन्। हुनुहुन्छ एउटै। सबैले एकलाई नै याद गर्छन्। पहिला सुरुमा यो पक्का निश्चय गराऊ– फादर स्वर्गको रचयिता हुनुहुन्छ। उहाँ यहाँ आउनुहुन्छ स्वर्गको मालिक बनाउन, जसलाई शिवजयन्ती पनि भनिन्छ। यो पनि तिमी बच्चाहरूलाई थाहा छ– स्वर्गका रचयिताले यहाँ नै स्वर्ग रच्नुहुन्छ, जसमा देवी-देवताहरूको मात्रै राज्य हुन्छ। त्यसैले पहिला सुरुमा बाबाको नै परिचय दिनुछ। उहाँको नाम हो शिव। गीतामा भगवानुवाच छ नि। सबैभन्दा पहिला त यो निश्चय गराएर लेखाउनुपर्छ। गीतामा भगवानुवाच छ– मैले तिमीहरूलाई राजयोग सिकाउँछु अर्थात् नरबाट नारायण बनाउँछु।

यो कसले बनाउन सक्नुहुन्छ? अवश्य सम्झाउनुपर्छ। भगवान को हुनुहुन्छ, फेरि यो पनि सम्झाउनुछ। सत्ययुगमा पहिलो नम्बरमा जो लक्ष्मी-नारायण छन्, अवश्य उनीहरूले नै ८४ जन्म लिन्छन् होला। पछि फेरि अरू अरू धर्मका आउँछन्। उनीहरूका त्यति जन्म हुन सक्दैनन्। पहिला आउनेहरूका नै ८४ जन्म हुन्छन्। सत्ययुगमा त केही सिक्दैनन्। अवश्य सङ्गममा नै सिक्छन् होला। त्यसैले सबैभन्दा पहिला बाबाको परिचय दिनुछ। जसरी आत्मा देखिँदैन, जान्न सकिन्छ, त्यसरी नै परमात्मालाई पनि देख्न सकिँदैन। बुद्धिले जानिन्छ– उहाँ हामी आत्माहरूका पिता हुनुहुन्छ। उहाँलाई परम आत्मा भनिन्छ। उहाँ सदैव पावन हुनुहुन्छ। उहाँले आएर पतित दुनियाँलाई पावन बनाउनुपर्छ। त्यसैले पहिला बाबा एक हुनुहुन्छ, यो सिद्ध गरेर बताउनाले गीताको भगवान श्रीकृष्ण हुनुहुन्न, त्यो पनि सिद्ध हुनेछ। तिमी बच्चाहरूले सिद्ध गरेर बताउनुछ, एक बाबालाई नै ट्रुथ (सत्य) भनिन्छ। बाँकी कर्मकाण्ड वा तीर्थ आदिका कुरा सबै भक्तिका शास्त्रहरूमा छन्। ज्ञानमा त यी शास्त्रहरूको कुनै वर्णन नै छैन। यहाँ कुनै शास्त्र छैन। बाबा आएर सारा रहस्य सम्झाउनुहुन्छ। पहिला सुरुमा तिमी बच्चाहरूले यस कुरामा विजय पाउनेछौ– भगवान एक निराकार हुनुहुन्छ, न कि साकार। परमपिता परमात्मा शिव भगवानुवाच, ज्ञानका सागर सबैका पिता उहाँ हुनुहुन्छ। श्रीकृष्ण त सबैका पिता हुन सक्नुहुन्न, उहाँले कसैलाई भन्न सक्नुहुन्न– देहका सबै धर्म छोडेर म एकलाई याद गर। कुरा धेरै सहज छ। तर मानिसहरू शास्त्र आदि पढेर भक्तिमा पक्का भएका छन्। आजकाल शास्त्र आदिलाई गाडीमा राखेर परिक्रमा गराउँछन्। चित्रहरूलाई, ग्रन्थलाई पनि परिक्रमा गराउँछन् अनि घरमा ल्याएर सुताउँछन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामी देवताबाट क्षत्रिय, वैश्य, शुद्र बन्छौँ, यो चक्कर लगाउँछौँ। चक्रको सट्टा उनीहरूले फेरि परिक्रमा गराएर घरमा लगेर राख्छन्। उनीहरूको एउटा निश्चित दिन हुन्छ, जब परिक्रमा गराउँछन्। त्यसैले पहिला सुरुमा यो सिद्ध गरेर बताउनुछ– श्रीकृष्ण भगवानुवाच होइन तर शिव भगवानुवाच हो। शिव नै पुनर्जन्मरहित हुनुहुन्छ। उहाँ आउनुहुन्छ अवश्य, तर उहाँको जन्म दिव्य हुन्छ। भागीरथमा आएर सवारी हुनुहुन्छ। पतितहरूलाई आएर पावन बनाउनुहुन्छ। रचयिता र रचनाको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनुहुन्छ, जुन नलेज अरू कसैलाई थाहा छैन। बाबा स्वयं आएर आफ्नो परिचय दिनुहुन्छ। मुख्य कुरा नै बाबाको परिचयको हो। उहाँ नै गीताको भगवान हुनुहुन्छ, यो तिमीले सिद्ध गरेर बतायौ भने तिम्रो नाम धेरै प्रसिद्ध हुनेछ। त्यसैले यस्तो पर्चा बनाएर त्यसमा चित्र आदि पनि राखेर एरोप्लेनबाट फेरि खसाउनुपर्छ। बाबाले मुख्य मुख्य कुराहरू सम्झाइरहनुहुन्छ। तिम्रो मुख्य एक कुरामा विजय भयो भने बस् तिमीले विजय पायौ। यसमा तिम्रो नाम धेरै प्रसिद्ध भएको छ, यसमा कसैले खिटपिट (झगडा) गर्दैनन्। यो स्पष्ट कुरा हो। बाबा भन्नुहुन्छ– म सर्वव्यापी कसरी हुन सक्छु? मैले त आएर बच्चाहरूलाई नलेज सुनाउँछु। पुकार्छन् पनि– आएर पावन बनाउनुहोस्। रचयिता र रचनाको ज्ञान सुनाउनुहोस्। महिमा पनि बाबाको अलग, श्रीकृष्णको अलग छ। यस्तो होइन– शिवबाबा आएर फेरि श्रीकृष्ण वा नारायण बन्नुहुन्छ, ८४ जन्ममा आउनुहुन्छ! होइन। तिम्रो बुद्धि सारा यी कुराहरू सम्झाउनमा लागिरहनुपर्छ। मुख्य नै गीता हो। भगवानुवाच छ भने अवश्य भगवानको मुख चाहियो नि। भगवान त निराकार हुनुहुन्छ। आत्मा मुखबिना कसरी बोल्छ? त्यसैले भन्नुहुन्छ– मैले साधारण तनको आधार लिन्छु। जो पहिला लक्ष्मी-नारायण बन्छन्, उनै ८४ जन्म लिँदै-लिँदै अन्त्यमा आउँछन्, अनि उनकै तनमा आउनुहुन्छ। श्रीकृष्णको धेरै जन्मको अन्त्यमा आउनुहुन्छ। यस प्रकार विचार सागर मन्थन गर– कसरी कसलाई सम्झाउने। एउटै कुराले तिम्रो नाम प्रसिद्ध हुनेछ। रचयिता बाबाको बारेमा सबैलाई थाहा हुनेछ। फेरि तिम्रो पासमा धेरै आउनेछन्। तिमीलाई बोलाउनेछन्– यहाँ आएर भाषण गर्नुहोस्। त्यसैले सबैभन्दा पहिला अल्फ सिद्ध गरेर सम्झाऊ। तिमीलाई थाहा छ– बाबाबाट हामीले स्वर्गको वर्सा लिइरहेका छौँ। बाबा हर ५ हजार वर्षपछि भारतवर्षमा नै भाग्यशाली रथमा आउनुहुन्छ। यो हो सौभाग्यशाली रथ, जुन रथमा भगवान आएर बस्नुहुन्छ। यो कुनै कम कुरा हो र? भगवान यसमा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ– म धेरै जन्मको अन्त्यमा यिनमा प्रवेश गर्छु। श्रीकृष्णको आत्माको रथ हो नि। यिनी (ब्रह्मा) स्वयं श्रीकृष्ण त होइनन्। धेरै जन्मको अन्त्यका हुन्। हरेक जन्ममा विशेषता, अकुपेसन (कर्तव्य) आदि परिवर्तन हुँदै जान्छ। धेरै जन्मको अन्त्यमा जसमा प्रवेश गर्छु, उनी फेरि श्रीकृष्ण बन्छन्। आउनुहुन्छ सङ्गमयुगमा। हामी पनि बाबाको बनेर बाबाबाट वर्सा लिन्छौँ। बाबाले पढाएर साथमा लैजानुहुन्छ, अरू कुनै तकलिफको कुरा छैन। बाबा केवल भन्नुहुन्छ– म एकलाई याद गर, त्यसैले यो राम्रोसँग विचार गर्नुपर्छ– कसरी कसरी लेख्ने। यही मुख्य गल्ती हो जसकारण नै भारतवर्ष अधर्मी, दुराचारी, कङ्गाल बनेको छ। बाबा फेरि आएर राजयोग सिकाउनुहुन्छ। विश्वलाई धार्मिक, सम्पन्न बनाउनुहुन्छ। सारा दुनियाँलाई धार्मिक बनाउनुहुन्छ। त्यस समयमा सारा विश्वको मालिक तिमी नै हुन्छौ। भनिन्छ नि– विस यू लङ्ग लाइफ एन्ड प्रोस्परिटी (तपाईँलाई दीर्घ जीवन र सम्पन्नताको कामना गर्दछु)। बाबाले आशीर्वाद दिनुहुन्न– सदा जीवित रहे भनेर। साधुहरूले भन्छन्– अमर होऊ। तिमीले बुझेका छौ– अमर त अवश्य अमरपुरीमा हुन्छन्। मृत्युलोकमा फेरि अमर कसरी भन्ने? त्यसैले बच्चाहरूले मिटिङ आदि गर्दा बाबासँग राय लिन्छन्। बाबाले एडभान्समा राय दिनुहुन्छ– सबैले आआफ्नो राय लेखेर पठाऊ, फेरि एकैठाउँमा भए पनि ठीकै छ। राय त मुरलीमा लेख्नाले सबैको पासमा पुग्न सक्छ। २-३ हजार खर्च बच्छ। यो २-३ हजारले त २-३ सेन्टर खोल्न सकिन्छ। गाउँ गाउँमा जानुपर्छ, चित्र आदि लिएर।

तिमी बच्चाहरूको धेरै रुचि सूक्ष्मवतनका कुराहरूमा हुनुहुँदैन। ब्रह्मा, विष्णु, शङ्कर आदिका चित्र छन् भने यसमा केही सम्झाइन्छ। यिनीहरूको बीचमा थोरै पार्ट छ। तिमी जान्छौ, भेट्छौ, बाँकी अरू केही छैन त्यसैले यसमा धेरै रुचि लिइँदैन। यहाँ आत्मालाई बोलाइन्छ, उनीहरूलाई देखाइन्छ। कोही कोही आएर रुन्छन् पनि। कोही प्रेमले मिल्छन्। कसैले दु:खका आँसु बगाउँछन्। यो सबै ड्रामाको पार्ट हो, जसलाई रुहानी बातचित (चिटच्याट) भन्न सकिन्छ। उनीहरूले त ब्राह्मणमा कसैको आत्मालाई बोलाउँछन् अनि उनीहरूलाई कपडा आदि लगाइदिन्छन्। तर त्यो शरीर त खतम भयो, बाँकी कसले लगाउँछ? तिम्रो त्यो रसम छैन। रुने आदिको त कुरै छैन। त्यसैले उच्चभन्दा उच्च बन्नुछ, त्यो कसरी बन्ने? अवश्य बीचमा सङ्गमयुग छ जब पवित्र बनिन्छ। तिमीले एउटा कुरा सिद्ध गर्यौ भने भन्छन्– यिनीहरूले त बिल्कुलै ठीक बताउँछन्। भगवानले कहिल्यै झुटो कहाँ बताउन सक्नुहुन्छ र? फेरि धेरैको प्यार पनि हुनेछ, धेरै आउनेछन्। समय अनुसार बच्चाहरूलाई सबै प्वाइन्टहरू पनि मिल्दै जान्छन्। अन्त्यमा के के हुनुछ, त्यो पनि देख्नेछौ, लडाइँ लाग्नेछ, बम खस्नेछन्। पहिला मृत्यु हुन्छ त्यतातिर। यहाँ त रगतका नदी बग्नुछ अनि घिउ-दुधका नदी। सबैभन्दा पहिला धुवाँ बेलायतबाट निस्कन्छ। डर पनि त्यहाँ छ। कति ठुला ठुला बम बनाउँछन्। त्यसमा के के हाल्छन्, जसले पूरै सहरलाई खतम गरिदिन्छन्। यो पनि बताउनुछ, कसले स्वर्गको राज्य स्थापना गर्नुभयो? हेभिनली गड फादर अवश्य सङ्गममा नै आउनुहुन्छ। तिमीलाई थाहा छ– अहिले सङ्गम हो। तिमीलाई मुख्य कुरा सम्झाइन्छ बाबाको यादको, जसबाट नै पाप काटिन्छन्। भगवान आएपछि भन्नुभएको थियो– म एकलाई याद गर अनि तिमी सतोप्रधान बन्नेछौ। मुक्तिधाममा जानेछौ। फेरि सुरुदेखि लिएर चक्र दोहोरिनेछ। देवता धर्म, इस्लाम धर्म, बौद्ध धर्म... तिमी स्टुडेन्टको बुद्धिमा यो सारा नलेज हुनुपर्छ नि। खुसी हुन्छ, हामीले कति कमाइ गर्छौँ, यो अमरकथा अमर बाबाले तिमीलाई सुनाउनुहुन्छ। तिम्रा अनेक नाम राखिदिएका छन्। मुख्य सबैभन्दा पहिला देवता धर्म, फेरि सबैको वृद्धि हुँदै हुँदै वृक्ष बढ्दै जान्छ। अनेकानेक धर्म, अनेक मतहरू हुन्छन्। यो एक धर्म एक श्रीमतद्वारा स्थापना हुन्छ। द्वैतको कुरा छैन। यो रुहानी नलेज रुहानी बाबाले बसेर सम्झाउनुहुन्छ। तिमी बच्चाहरू पनि खुसीमा रहनुपर्छ।

तिमीलाई थाहा छ– बाबाले हामीलाई पढाउनुहुन्छ, यो कुरा तिमीले अनुभवबाट भन्छौ भने यो शुद्ध अहङ्कार हुनुपर्छ– भगवानले हामीलाई पढाउँदै हुनुहुन्छ, अरू के चाहियो! हामी विश्वको मालिक बन्छौँ भने खुसी किन हुँदैन वा निश्चयमा कतै संशय छ कि? बाबामा संशय ल्याउनुहुँदैन। मायाले संशयमा ल्याएर भुलाउँछ। बाबाले सम्झाउनुभएको छ– मायाले आँखाद्वारा धेरै धोका दिन्छ। राम्रो चिज देख्यो भने खान मन लाग्छ, आँखाले देखेपछि क्रोध उठ्छ। आँखाले नै देखेन भने कसरी पिट्छ? आँखाले देखेपछि लोभ, मोह पनि हुन्छ। मुख्य धोका दिने आँखा हुन्। यिनीहरूमाथि पूरा नजर राख्नुपर्छ। आत्मालाई ज्ञान मिल्छ, अनि विकारीपन छुट्छ। यस्तो पनि होइन– आँखा नै निकाल्नुपर्छ। तिमीले त विकारी दृष्टिलाई पवित्र दृष्टि बनाउनुछ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) सदैव यही नशा वा खुसीमा रहनुछ– हामीलाई भगवानले पढाउनुहुन्छ। कुनै पनि कुरामा संशयबुद्धि हुनुछैन। शुद्ध अहङ्कार राख्नुछ।

२) सूक्ष्मवतनका कुराहरूमा धेरै रुचि राख्नुछैन। आत्मालाई सतोप्रधान बनाउने पूरा पूरा पुरुषार्थ गर्नुछ। आपसमा सल्लाह गरेर सबैलाई बाबाको सही पहिचान दिनुछ।

वरदान:–
पास विथ अनर बन्नका लागि पुरुषार्थको गति तीव्र र ब्रेक पावरफुल राख्ने यथार्थ योगी भव

वर्तमान समय अनुसार पुरुषार्थको गति तीव्र र ब्रेक पावरफुल चाहिन्छ तब अन्त्यमा पास विथ अनर बन्न सकिन्छ किनकि त्यस समयका परिस्थितिहरूले बुद्धिमा अनेक सङ्कल्प ल्याउनेछन्, त्यस समयमा सबै सङ्कल्पहरूभन्दा पर एक सङ्कल्पमा स्थित हुने अभ्यास चाहिन्छ। जुन समय विस्तारमा छरिएको बुद्धि हुन्छ त्यस समयमा स्टप गर्ने प्राक्टिस चाहिन्छ। स्टप गर्नु र एक सङ्कल्पमा स्थित हुनु। जति समय चाह्यो त्यति समय बुद्धिलाई एक सङ्कल्पमा स्थित गर्न सक्नु– यही हो यथार्थ योग।

स्लोगन:–
तिमी आज्ञाकारी सेवक हौ त्यसैले चिन्तामुक्त हुन सक्दैनौ। सेवक अर्थात् सदैव सेवामा उपस्थित।