11.09.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी सारा दुनियाँका सच्चा सच्चा मित्र हौ , तिम्रो कसैसँग पनि शत्रुता हुनुहुँदैन ।”

प्रश्न:–
तिमी रुहानी मिलेट्री हौ, तिमीलाई बाबाको कुन डाइरेक्सन मिलेको छ, जसलाई अमलमा ल्याउनुछ?

उत्तर:–
तिमीलाई डाइरेक्सन छ, ब्याज सदा लगाइराख। कसैले सोध्यो– यो के हो? तिमी को हौ? अनि भन, हामी हौँ सारा दुनियाँबाट कामको अग्नि निभाउने दमकल। यस समयमा सारा दुनियाँमा काम अग्नि लागेको छ, हामीले सबैलाई सन्देश दिन्छौँ– अब पवित्र बन, दैवीगुण धारण गर, त्यसबाट बेडा पार हुन्छ।

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरू सहज यादमा बसेका छौ। कसै कसैलाई कठिन लाग्छ। धेरै अल्मलिन्छन्– सायद हामी टाइट वा स्ट्रिक्ट भएर बस्नुपर्छ। बाबा भन्नुहुन्छ– यस्तो कुनै कुरा छैन, जसरी बसे पनि हुन्छ। बाबालाई केवल याद गर्नुछ। यसमा मुस्किलको कुनै कुरा छैन। ती हठयोगीहरू त्यसरी टाइट भएर बस्छन्। खुट्टामाथि खुट्टा चढाउँछन्। यहाँ त बाबा भन्नुहुन्छ– आरामले बस। बाबालाई र ८४ को चक्रलाई याद गर। यो हो नै सहज याद। उठ्दा-बस्दा बुद्धिमा चक्र याद रहोस्। जसरी हेर, यो सानो बच्चा बाबाको छेउमा बसेको छ, यसको बुद्धिमा आमाबुबा नै याद होलान्। तिमी पनि बच्चा हौ नि। बाबालाई याद गर्न त धेरै सहज छ। हामी बाबाका बच्चा हौँ। बाबाबाटै वर्सा लिनुछ। शरीर निर्वाहको लागि गृहस्थ व्यवहारमा बस। केवल अरूको याद बुद्धिबाट निकालिदेऊ। कसैले हनुमानलाई, कसैले कसलाई, साधु आदिलाई याद गर्थ्यौ, त्यो याद छोडिदिनुछ। याद त गर्छन् नि, पूजाको लागि पुजारीलाई मन्दिरमा जानुपर्छ, यसमा कतै जाने पनि दरकार छैन। जसलाई भेट्दा पनि भन– शिवबाबाको भन्नुहुन्छ म एक बाबालाई याद गर। शिवबाबा त निराकार हुनुहुन्छ। अवश्य उहाँ साकारमा नै आएर भन्नुहुन्छ– म एकलाई याद गर। म पतित-पावन हुँ। यो त सही शब्द हो नि। बाबा भन्नुहुन्छ– मलाई याद गर। तिमीहरू सबै पतित छौ। यो पतित तमोप्रधान दुनियाँ हो नि, त्यसैले बाबा भन्नुहुन्छ– कुनै पनि देहधारीलाई याद नगर। यो त राम्रो कुरा हो नि। कुनै गुरु आदिको महिमा गरिँदैन। बाबा केवल भन्नुहुन्छ– मलाई याद गऱ्यौ भने तिम्रा पाप काटिन्छन्। यो हो योगबल अथवा योग अग्नि। बेहदका बाबाले त साँचो भन्नुहुन्छ नि– गीताका भगवान निराकार नै हुनुहुन्छ। श्रीकृष्णको कुरा होइन। भगवान भन्नुहुन्छ– केवल मलाई याद गर, अरू कुनै उपाय छैन। पावन भएर जाँदा उच्च पद पाउँछौ। नत्र पद सानो हुन्छ। हामीले तपाईंलाई बाबाको सन्देश दिन्छौँ। म सन्देशी हुँ। यसरी सम्झाउन कुनै तकलिफ छैन। माताहरू, अहिल्याहरू, कुब्जाहरूले पनि उच्च पद पाउन सक्छन्। चाहे यहाँ बस्ने हुन्, चाहे घर गृहस्थमा बस्ने हुन्, यस्तो होइन कि यहाँ बस्नेले धेरै याद गर्न सक्छन्। बाबा भन्नुहुन्छ– बाहिर बस्ने पनि धेरै यादमा रहन सक्छन्। धेरै सेवा गर्न सक्छन्। यहाँबाट पनि बाबाबाट रिफ्रेस भएर फेरि जान्छौ भने भित्र कति खुसी हुनुपर्छ। यस फोहोरी दुनियाँमा त अब केही दिन मात्र बाँकी छ। फेरि जान्छौँ श्रीकृष्ण पुरीमा। श्रीकृष्णको मन्दिरलाई पनि सुखधाम भनिन्छ। त्यसैले बच्चाहरूलाई अपार खुसी हुनुपर्छ। जब कि तिमी बेहदका बाबाका बनेका छौ। तिमीलाई नै स्वर्गको मालिक बनाउनुभएको थियो। तिमीले पनि भन्छौ– बाबा! ५ हजार वर्ष पहिला पनि हामी हजुरसँग मिलेका थियौँ र फेरि मिल्नेछौँ। अब बाबालाई याद गरेर मायामाथि विजय पाउनुछ। अब यस दु:खधाममा त बस्नुछैन। तिमीले पढ्छौ नै सुखधाममा जानको लागि। सबै हिसाबकिताब चुक्ता गरेर फर्किनुछ। म आएको नै हुँ नयाँ दुनियाँ स्थापना गर्न। बाँकी सबै आत्माहरू मुक्तिधाममा जान्छन्। बाबा भन्नुहुन्छ– म कालहरूको काल हुँ। सबै आत्माहरूलाई शरीरबाट छुटाएर आत्माहरूलाई लैजान्छु। सबैले भन्छन् पनि– हामी छिट्टै जाऔँ। यहाँ त बस्नुछैन। यो त पुरानो दुनियाँ, पुरानो शरीर हो। अब बाबा भन्नुहुन्छ– मैले सबैलाई लैजान्छु। कसैलाई पनि छोड्दिन। तिमीहरू सबैले बोलाएका हौ नै– हे पतित-पावन आउनुहोस्! हुन त याद गरिरहन्छन् तर अर्थ केही पनि बुझ्दैनन्। पतित-पावनको कति धुन लगाउँछन्। फेरि भन्छन्– रघुपति राघव राजा राम। तर शिवबाबा त राजा बन्नुहुन्न, राज्य गर्नुहुन्न। उहाँलाई राजा राम भन्नु गलत भयो। माला जप्दा राम राम भन्छन्। त्यसमा भगवानको याद आउँछ। भगवान त शिव नै हुनुहुन्छ । मानिसहरूले धेरै नाम राखिदिएका छन्। श्रीकृष्णका पनि श्याम सुन्दर, वैकुण्ठ नाथ, मखनचोर आदि आदि धेरै नाम राखिदिन्छन्। तिमीले अहिले श्रीकृष्णलाई मखनचोर भन्छौ? बिल्कुलै भन्दैनौ। तिमीले अहिले जान्दछौ– भगवान त एक निराकार हुनुहुन्छ, कुनै पनि देहधारीलाई भगवान भन्न सकिँदैन। ब्रह्मा, विष्णु, शङ्करलाई पनि भन्न सकिँदैन भने फेरि मनुष्यले आफूलाई भगवान कसरी भन्न सक्छन्। वैजयन्ती माला केवल १०८ को मालालाई भनिन्छ। शिवबाबाले स्वर्ग स्थापना गर्नुभयो, यिनीहरू त्यसका मालिक हुन्। अवश्य त्यसभन्दा पहिला उनीहरूले यो पुरुषार्थ गरेका होलान्। यसलाई भनिन्छ कलियुगको अन्त्य, सत्ययुग आदिको सङ्गमयुग। यो हो कल्पको सङ्गमयुग। मानिसहरूले फेरि युग युगमा भनिदिएका छन्, अवतार नाम पनि बिर्सेर फेरि उनीहरूलाई ढुङ्गा माटोमा, कण कणमा हुनुहुन्छ भनिदिएका छन्। यो पनि ड्रामा हो। जुन कुरा बितेर जान्छ, त्यसलाई भनिन्छ ड्रामा। कसैसँग झगडा आदि भयो, बित्यो, त्यसको चिन्तन गर्नुहुँदैन। ठीकै छ, कसैले धेरैथोर बोल्यो, तिमीले त्यसलाई बिर्सिदेऊ। कल्प पहिला पनि यस्तै बोलेको थियो। ती कुरा याद हुँदा फेरि रिस उठिरहन्छ। यो कुरा फेरि कहिल्यै नभन।

तिमी बच्चाहरूले सेवा त गर्नुछ नि। सेवामा कुनै विघ्न पर्नुहुँदैन। सेवामा कमजोरी देखाउनुहुँदैन। शिवबाबाको सेवा हो नि। त्यसमा कहिल्यै अलिकति पनि नाइँ भन्नुहुँदैन। नत्र आफ्नो पद भ्रष्ट गरिदिन्छौ। बाबाका मदतगार बनेका छौ त्यसैले पूरा मद्दत दिनुपर्छ। बाबाको सेवा गर्नमा अलिकति पनि धोका दिनुहुँदैन। सन्देश सबैलाई पुऱ्याउनु नै छ। बाबा भनिरहनुहुन्छ– म्युजियमको नाम यस्तो राख, जसबाट मानिसहरूले देखेर भित्र पस्छन् र आएर बुझ्छन् किनकि यो नयाँ चीज हो नि। मानिसहरू नयाँ चीज देखेर भित्र पस्छन्। आजकाल बाहिरबाट आउँछन्, भारतवर्षको प्राचीन योग सिक्न। तर प्राचीन अर्थात् पुरानोभन्दा पुरानो, त्यो त भगवानले नै सिकाउनुभएको हो, जुन सिकाउनुभएको ५ हजार वर्ष भयो। सत्ययुग-त्रेतामा योग हुँदैन, जसले सिकाउनुभयो, उहाँ त गइहाल्नुहुन्छ, फेरि जब ५ हजार वर्षपछि आउनुहुन्छ, अनि मात्रै आएर राजयोग सिकाउनुहुन्छ। प्राचीन अर्थात् ५ हजार वर्ष पहिला भगवानले सिकाउनुभएको थियो। उहाँ भगवान फेरि सङ्गममा नै आएर राजयोग सिकाउनुहुन्छ, जसबाट पावन बन्न सकिन्छ। यस समयमा त तत्त्व पनि तमोप्रधान छन्। पानीले पनि कति नोक्सान पारिदिन्छ। उपद्रव भइरहन्छन्, पुरानो दुनियाँमा। सत्ययुगमा उपद्रवको कुरा नै हुँदैन। त्यहाँ त प्रकृति दासी बन्छ। यहाँ प्रकृति दुस्मन बनेर दु:ख दिन्छ। यी लक्ष्मी-नारायणको राज्यमा दु:खको कुरा थिएन। त्यो सत्ययुग थियो। अहिले फेरि त्यो स्थापना भइरहेको छ। बाबाले प्राचीन राजयोग सिकाइरहनुभएको छ। फेरि ५ हजार वर्षपछि सिकाउनुहुन्छ, जसको पार्ट छ, उसले नै खेल्छ। बेहदका बाबाले पनि पार्ट खेलिरहनुभएको छ। बाबा भन्नुहुन्छ– म यिनमा प्रवेश गरेर, स्थापना गरेर जान्छु। हाहाकारपछि फेरि जयजयकार हुन्छ। पुरानो दुनियाँ खतम हुन्छ। यी लक्ष्मी-नारायणको राज्य थियो त्यतिबेला पुरानो दुनियाँ थिएन। ५ हजार वर्षको कुरा हो। लाखौँ वर्षको कुरा हुन सक्दैन। त्यसैले बाबा भन्नुहुन्छ– अरू सबै कुरा छोडेर आफ्नो कल्याण गर्न यस सेवामा लाग। रिसाएर सेवामा धोका दिनुहुँदैन। यो हो ईश्वरीय सेवा। मायाका तुफान धेरै आउँछन्। तर बाबाको ईश्वरीय सेवामा धोका दिनुहुँदैन। बाबाले सेवाको लागि डाइरेक्सन त दिइरहनुहुन्छ। मित्र-सम्बन्धी आदि जति पनि आउँछन्, सबैका सच्चा मित्र त तिमी हौ। तिमी ब्रह्माकुमार-कुमारीहरू त सारा दुनियाँका मित्र हौ किनकि तिमी बाबाका मदतगार हौ। मित्रहरूमा कुनै शत्रुता हुनुहुँदैन। कुनै पनि कुरा निस्कियो भने भन– शिवबाबालाई याद गर। बाबाको श्रीमतमा लाग्नुछ। नत्र आफ्नै नोक्सान पारिदिन्छौ। तिमी ट्रेनमा आउँदा त्यहाँ त सबै फ्री हुन्छन्। सेवाको धेरै राम्रो चान्स हुन्छ। ब्याज त धेरै राम्रो चीज हो। हरेकले लगाइ राख्नुछ। कसैले सोध्यो– तिमी को हौ? अनि भन, हामी हौँ दमकल, जस्तै ती दमकल हुन्छन्, आगो निभाउनको लागि। त्यसैले यस समयमा सारा सृष्टिमा सबै मानिसहरू काम अग्निमा जलेका छन्। अब बाबा भन्नुहुन्छ– काम महाशत्रुमाथि विजय प्राप्त गर। बाबालाई याद गर, पवित्र बन, दैवीगुण धारण गर, अनि बेडा पार हुन्छ। यो ब्याज श्रीमतबाटै त बनेको हो। धेरै बच्चाहरू छन् जसले ब्याजमा सेवा गर्छन्। बाबाले मुरलीहरूमा कति सम्झाइरहनुहुन्छ। हरेक ब्राह्मणसँग यो ब्याज हुनुपर्छ, जोसुकै भेटिए पनि उसलाई यसमा सम्झाउनुछ, यहाँ बाबा हुनुहुन्छ, उहाँलाई याद गर्नुछ। हामीले साकारको महिमा गर्दैनौँ। सबैका सदगतिदाता एउटै निराकार बाबा हुनुहुन्छ, उहाँलाई याद गर्नुछ। यादको बलले नै तिम्रा पाप काटिन्छन्। फेरि अन्त मती सो गति हुन्छ। दु:खधामबाट छुट्छौ। फेरि तिमी विष्णुपुरीमा आउँछौ। यो कति ठुलो खुसीको खबर हो। पत्रपत्रिका पनि दिन सक्छौ। भन, तपाईं गरिब हुनुहुन्छ भने फ्री दिन सक्छौँ। धनवानहरूले त पैसा दिनैपर्छ किनकि यो त धेरै छपाउनुपर्छ। यो चीज यस्तो हो, जसबाट तपाईँ फकिरबाट विश्वको मालिक बन्नुहुन्छ। शिक्षा त मिलिरहन्छ। जुनसुकै धर्मको होस्, भन– वास्तवमा तिमी आत्मा हौ, आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। अहिले विनाश सामुन्ने खडा छ, यो दुनियाँ परिवर्तन हुनेवाला छ। शिवबाबालाई याद गऱ्यौ भने विष्णुपुरीमा आउँछौ। भन, तपाईंलाई यो करोडौँ पदमौँ को चीज दिन्छौँ।

बाबाले कति सम्झाउनुभएको छ– ब्याजमा सेवा गर्नुछ तर ब्याज लगाउँदैनन्। लाज लाग्छ। ब्राह्मणीहरू जो पार्टी लिएर आउँछन् अथवा कतै अफिस आदिमा एक्लै जान्छन्, त्यतिबेला यो ब्याज अवश्य लगाएको हुनुपर्छ, जसलाई तिमीले यसमा सम्झाउँछौ, ऊ धेरै खुसी हुन्छ। भन, हामीले एक बाबालाई नै मान्छौँ, उहाँ नै सबैलाई सुख-शान्तिदाता हुनुहुन्छ, उहाँलाई याद गर। पतित आत्मा त जान सक्दैन। अहिले यो पुरानो दुनियाँ परिवर्तन हुँदैछ। बाटोमा यस प्रकारले सेवा गर्दै आउनुपर्छ। तिम्रो नाम धेरै हुन्छ, बाबाले सम्झनुहुन्छ– सायद लाज लाग्छ, जसले गर्दा ब्याज लगाएर सेवा गर्दैनन्। एउटा ब्याज, सिँढीको चित्र अथवा त्रिमूर्ति, गोला र वृक्षको चित्र साथमा होस्, आपसमा बसेर एकअर्कालाई सम्झाऊ, त्यसपछि सबै जम्मा हुन्छन्। सोध्छन्– यो के हो? भन, शिवबाबाले यिनीद्वारा यो नयाँ दुनियाँ स्थापना गरिरहनुभएको छ। अब बाबा भन्नुहुन्छ– मलाई याद गर, पवित्र बन। अपवित्र त फर्केर जान सक्दैनन्। यस्ता मीठा मीठा कुरा सुनाउनुपर्छ। अनि खुसीले सबैले सुन्छन्। तर कसैको बुद्धिमा बस्दैन। सेन्टरमा क्लासमा जाँदा भने पनि ब्याज लगाइएको होस्। यहाँ मिलेट्रीवालाहरूले बिल्ला (ब्याज) लगाएका हुन्छन्। उनीहरूलाई कहिल्यै लाज लाग्छ र? तिमी पनि रुहानी मिलेट्री हौ नि। बाबाले डाइरेक्सन दिनुहुन्छ, फेरि अमलमा किन ल्याउँदैनौ। ब्याज लगाइएको छ भने शिवबाबाको याद पनि हुन्छ– हामी शिवबाबाका बच्चा हौँ। दिनप्रतिदिन सेन्टर पनि खुल्दै जान्छन्। कोही न कोही निस्किहाल्छन्। भन्छन्– फलानो सहरमा तपाईंहरूको शाखा छैन। भन, कसैले भवन आदिको प्रबन्ध गरेमा, भन निमन्त्रणा दिएमा हामी आएर सेवा गर्न सक्छौँ। हिम्मते बच्चे मददे बाप, बाबाले त बच्चाहरूलाई नै भन्नुहुन्छ– सेन्टर खोल, सेवा गर। यो सबै शिवबाबाको पसल हो नि। बच्चाहरूद्वारा चलाइरहनुभएको छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) कहिल्यै आपसमा रिसाएर सेवामा धोका दिनुहुँदैन। विघ्नरूप बन्नुहुँदैन। आफ्नो कमजोरी देखाउनुहुँदैन। बाबाको पूरा पूरा मदतगार बन्नुछ।

२) कहिल्यै कसैसँग झगडा आदि भयो, त्यो बित्यो, त्यसको चिन्तन गर्नुछैन। कसैले धेरथोर बोल्यो भने पनि तिमीले त्यसलाई बिर्सिदेऊ। कल्प पहिला पनि यस्तै बोलेको थियो। त्यो कुरा फेरि कहिल्यै नभन।

वरदान:–
शान्तिका दूत बनेर सबैलाई शान्तिको सन्देश दिने मास्टर शान्ति , शक्ति दाता भव

तिमी बच्चाहरू शान्तिका मेसेन्जर, शान्तिका दूत हौ। जहाँसुकै रहे पनि सदा आफूलाई शान्तिको दूत सम्झेर चल। शान्तिका दूत हौ, शान्तिको सन्देश दिने हौ, यसबाट स्वयं पनि शान्तस्वरूप शक्तिशाली हुन्छौ र अरूलाई पनि शान्ति दिइरहन्छौ। उनीहरूले अशान्ति दिउन् तर तिमीले शान्ति देऊ। उनीहरूले आगो लगाउन्, तिमीले पानीले निभाऊ। यही तिमी शान्तिका मेसेन्जर, मास्टर शान्ति, शक्तिदाता बच्चाहरूको कर्तव्य हो।

स्लोगन:–
जसरी आवाजमा आउन सहज लाग्छ, त्यसैगरी आवाजबाट पर जान पनि सहज होस्।

अव्यक्त इसारा:– अब लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वाला रूप बनाऊ

योगमा सदा लाइटहाउस र माइटहाउसको स्थितिको अनुभव गर। ज्ञान हो लाइट र योग हो माइट। ज्ञान र योग– दुवै शक्तिहरू लाइट र माइट सम्पन्न हुन्– यसलाई भनिन्छ मास्टर सर्वशक्तिमान। यस्ता शक्तिशाली आत्माहरूले कुनै पनि परिस्थितिलाई सेकेन्डमा पार गरिहाल्छन्।