11.09.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यस अन्तिम जन्ममा गृहस्थ व्यवहारमा रहेरै कमल फूलसमान पवित्र बन , एक बाबालाई याद गर , यही गुप्त मेहनत हो।”

प्रश्न:–
ज्ञानको तेस्रो नेत्र मिल्नेबित्तिकै कुन भिन्नता (कान्ट्रास्ट) स्पष्ट अनुभव हुन्छ?

उत्तर:–
भक्तिमा भगवानलाई पाउनको लागि कति घर घर भौँतारिरहेका थियौँ, कति ठक्कर खाइरहेका थियौँ। अहिले हामीलाई उहाँ बाबा मिल्नुभयो। २- साथसाथै ती आत्माहरूप्रति रहम (दया) आउँछ, मानिसहरू बिचरा अहिलेसम्म पनि भौँतारिरहेका छन्, बाटो खोजिरहेका छन्। बाबाले हामीलाई भौँतारिनबाट छुटाउनुभयो। हामी बाबासँगै जानको लागि तयारी गरिरहेका छौँ।

गीत:–
आज अन्धेरे में हैं इंसान...

ओम् शान्ति ।
एकातिर भक्तहरूले याद गरिरहेका छन्। अर्कातिर आत्माहरूलाई तेस्रो नेत्र मिलिसकेको छ अर्थात् आत्माहरूलाई बाबाको पहिचान मिलिसकेको छ। उनीहरूले भन्छन्, हामी भौँतारिरहेका छौँ। अहिले तिमीहरू त भौँतारिँदैनौ। कति फरक छ। बाबाले तिमी बच्चाहरूलाई सँगै लैजानको लागि तयार गरिरहनुभएको छ। मानिसहरू गुरुहरूको पछाडि, तीर्थयात्रा, मेला, पर्व आदिका पछाडि कति भौँतारिरहेका छन्। अब तिमी भौँतारिनबाट छुटेका छौ। तिमी बच्चाहरूलाई थाहा छ, यो भौँतारिनबाट छुटाउनको लागि बाबा आउनुभएको छ। जसरी कल्प पहिला बाबाले आएर पढाउनुभएको थियो वा राजयोग सिकाउनुभएको थियो, हुबहु त्यसैगरी पढाइरहनुभएको छ। तिमी बच्चाहरूलाई थाहा छ, हामीले ५ विकारहरूमाथि विजय पाइरहेका छौँ। भनिन्छ– माया जिते जगत् जित। माया ५ विकाररूपी रावणलाई भनिन्छ। त्यसैले माया दुस्मन भयो। माया धन सम्पत्तिलाई भनिँदैन। लेख्नु पनि छ ५ विकाररूपी रावण वा माया... अनि मानिसहरूले यसको केही अर्थ बुझ्छन्। होइन भने बुझ्न सक्दैनन्। माया जिते जगत् जित। यसमा यादव र कौरव वा असुर र देवताहरूको कुनै कुरा छैन। यहाँ स्थूल लडाइँ हुँदैन। भनिन्छ– योगबलद्वारा माया रावणमाथि विजय पाएपछि जगतजित बन्छन्। तिमी बच्चाहरूलाई थाहा छ, जगत् भनिन्छ विश्वलाई। विश्वमाथि विजय दिलाउनको लागि विश्वको मालिक नै आउनुहुन्छ। उहाँ नै सर्वशक्तिमान् हुनुहुन्छ। यो कुरा त बच्चाहरूलाई सम्झाइएको छ– बाबालाई याद गरेमा नै पाप भस्म हुन्छ। मुख्य कुरा हो यादको। याद गरेमा तिमीबाट कुनै विकर्म हुँदैन र खुसी हुन्छौ। पतितपावन बाबा आउनुभएको छ पावन बनाउन, त्यसैले फेरि हामीले विकर्म किन गर्ने। आफ्नो सम्हाल गर्नु छ। मानिसहरूको बुद्धि त छ नि! यसमा लड्ने आदि अरू कुनै कुरा छैन, केवल ५ विकारहरूलाई जित्नको लागि बाबालाई याद गर्न धेरै सहज छ। हो, यसमा मेहनत लाग्छ, टाइम लाग्छ। मायाले दियो निभाउनको लागि घरी घरी तुफान ल्याउँछ। बाँकी यसमा लडाइँको कुनै कुरा छैन। त्यहाँ देवताहरूको नै राज्य हुन्छ। असुर कोही हुँदैनन्।

हामी ब्रह्मामुख वंशावली ब्राह्मण हौँ। जो ब्राह्मण कुलका हुन्, उनीहरूले नै आफूलाई ब्राह्मण सम्झन्छन्। रुहानी बाबा बसेर हामी रुहहरूलाई ज्ञान दिनुहुन्छ। ज्ञान सागर, पतितपावन सद्गतिदाता एक बाबा मात्र हुनुहुन्छ। उहाँ नै स्वर्ग स्थापक हुनुहुन्छ। तिमी बच्चाहरूलाई त धेरै खुसी हुनुपर्छ। वेलायतका मानिसहरूलाई पनि थाहा हुनेछ, यी त तिनै सिन्धका ब्रह्माकुमार-कुमारीहरू हुन् जसले भन्छन् श्रीमतमा स्वर्ग (प्याराडाइज) स्थापन गरेर देखाउनेछौँ। आत्माले शरीरद्वारा भन्छ नि! आत्माले सुन्छ र बाबाको निर्देशनमा चल्छ। कल्प कल्प बाबा नै आएर युक्ति बताउनुहुन्छ। बाबा हुनुहुन्छ गुप्त, यो कुरा कसैलाई पनि थाहा हुँदैन। कति धेरै मानिसहरूलाई सम्झाउँछन्, फेरि पनि करोडौँमा कोहीले नै बुझ्छन्। तिमी बच्चाहरूले अब बुझेका छौ, हाम्रो अलराउन्ड पार्ट छ। बाबाले सम्झाउनुभएको छ– तिमीहरूले नै राज्य लिन्छौ र अरू कसैले राज्य लिन सक्दैन, तिमीहरूबाहेक, जसले अहिले आफूलाई हिन्दु भनाउँछन् उनीहरूले राज्य लिन सक्दैनन्। जनगणनामा पनि हिन्दु लेखिदिन्छन्। हामीले चाहे जेसुकै नाम दिऊँ, हामी वास्तवमा आदि सनातन देवीदेवता धर्मका थियौँ। त्यो दैवी धर्म भ्रष्ट, कर्म भ्रष्ट भएको कारण आफूलाई हिन्दु भनिदिन्छन्। हिन्दु नाम किन राखियो– यो पनि कसैलाई थाहा छैन। सोध्नुपर्छ, यो त बताऊ तिम्रो हिन्दु धर्म कसले स्थापन गरेको हो! यो त हिन्दुस्तानको नाम हो। कसैले बताउन सक्दैनन्। तिमी बच्चाहरूलाई थाहा छ, अब ब्राह्मण, देवता, क्षत्रिय धर्मको स्थापना भइरहेको छ। भन्छन्, ब्राह्मण देवीदेवताय नमः। ब्राह्मण हुन् सर्वोत्तम नम्बरवन। वास्तवमा स्वर्ग सतयुगलाई भनिन्छ। रामचन्द्रको राज्यलाई पनि स्वर्ग भनिँदैन। आधाकल्प हुन्छ रामराज्य, आधाकल्प हुन्छ आसुरी राज्य। यी सबै कुरा मनमा धारण गर्नु छ। अब हामी स्वर्गमा जानको लागि के गर्नु छ? पवित्र त पक्कै रहनु नै छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! काम महाशत्रु हो, यसमाथि विजय प्राप्त गरेर पवित्र रहनु छ, त्यसैले कमलको फूलको निसानी पनि देखाइएको छ। गृहस्थ व्यवहारमा रहेरै कमल फूलसमान बन्नु छ। यो दृष्टान्त तिम्रो लागि हो। हठयोगी त गृहस्थ व्यवहारमा कमल फूलसमान रहन सक्दैनन्। उनीहरूले आफ्नो निवृत्तिमार्गको पार्ट खेल्छन्। गृहस्थ व्यवहारमा रहन सक्दैनन्, त्यसैले घरबार छोडेर जानन्छन्। तिमीले दुवै संन्यासको तुलना गर्न सक्छौ। प्रवृत्तिमार्गमा रहनेहरूको गायन छ। बाबा भन्नुहुन्छ– गृहस्थ व्यवहारमा रहेरै केवल यो एक अन्तिम जन्म हिम्मत गरेर कमल फूलसमान पवित्र होऊ। बस्न आफ्नै गृहस्थ व्यवहारमा बस। ती संन्यासी त घरबार छोडेर जान्छन्। थुप्रै संन्यासी छन् जसलाई भोजन दिनुपर्छ। पहिला उनीहरू पनि सतोप्रधान थिए, अहिले तमोप्रधान बनेका छन्। यो पनि ड्रामाको उनीहरूको पार्ट हो। फेरि पनि यस्तै हुनेछ।

बाबा सम्झाउनुहुन्छ– यस पतित दुनियाँको विनाश त हुनु नै छ। सानो सानो कुरामा नै एकअर्कालाई धम्की दिइरहन्छन्। यस्तो भएन भने ठुलो लडाइँ हुनेछ। तिमी बच्चाहरूले बुझेका छौ, कल्प पहिला पनि यस्तै भएको थियो। शास्त्रहरूमा लेखिएको छ, पेटबाट मुसल (मिसाइल) निस्कियो, यो भयो... फेरि होलीमा स्वाङ (रमाइलोको लागि भेष परिवर्तन) गर्छन्। वास्तवमा हुन् यी मुसल, जसबाट विनाश गर्छन्। यो पनि बच्चाहरूलाई थाहा छ, जेजति बितिसकेको छ, त्यो फेरि पनि हुनु छ। बनिबनाउ बनिरहेको छ... अहिले तिम्रो बुद्धिमा सारा रहस्य छ। केवल भन्ने कुरा होइन। तिमीले कसैलाई पनि दोष दिन सक्दैनौ। यो ड्रामाको एउटा पार्ट हो। तिमीले केवल बाबाको सन्देश सुनाउनु छ। यो ड्रामा त अनादि अविनाशी छ। भावी के कुरा हो, त्यो पनि तिमीले बुझेका छौ। यो कलियुगको अन्त्य र सतयुगको आदिको सङ्गम नामीग्रामी छ। यसलाई नै पुरुषोत्तम युग भनिन्छ। आजकाल बाबाले तिमी बच्चाहरूलाई पुरुषोत्तम युगको बारेमा राम्रोसँग सम्झाइरहनुभएको छ। यो युग हो उत्तम पुरुष बन्ने युग। यसै युगमा सबै सतोप्रधान उत्तम बन्छन्। अहिले तमोप्रधान कनिष्ठ छन्। यी शब्दको अर्थ पनि तिमीले बुझेका छौ। कलियुग पूरा भएर सतयुग आउनेछ, फेरि जयजयकार हुनेछ। कथा सुनाइन्छ नि! यो हो सहजभन्दा सहज कुरा। झुटा कथाहरू त धेरै छन्। अब बाबा स्वयम् बसेर सम्झाउनुहुन्छ, भक्तिमार्गमा तिमीले मेरो महिमा गाउँदै आएका छौ। अब यथार्थ (प्राक्टिकल) मा तिमीलाई सुखधाम र शान्तिधामको बाटो बताउँछु। सद्गतिलाई सुखी गति, दुर्गतिलाई दुःखी गति भनिन्छ। कलियुगमा छ दुःख, सतयुगमा हुन्छ सुख। सम्झाएमा सबैले बुझ्नेछन्। पछि गएर बुझ्दै जानेछन्। समय धेरै कम छ, लक्ष्य धेरै उच्च छ। कलेजमा गएर तिमीले सम्झायौ भने यस ज्ञानलाई राम्रोसँग बुझ्नेछन्। अवश्य यो ड्रामाको चक्र घुमिरहन्छ र अरू कुनै दुनियाँ छैन। उनीहरूले सम्झन्छन्, माथि कुनै दुनियाँ छ, त्यसैले ताराहरू आदि तिर जान्छन्। वास्तवमा त्यहाँ केही छैन। भगवान एक हुनुहुन्छ, रचना एक हो (गड इज वन, क्रिएसन इज वन)। मनुष्य सृष्टि यही हो। मानिस, मानिस नै हुन्, केवल देहका अनेक धर्म छन्। कति विविधता (भेराइटी) छ। सतयुगमा एउटै धर्म थियो, त्यसलाई भनिन्छ सुखधाम। कलियुग हो दुःखधाम। यो जीवन सुख र दुःखको खेल हो नि! बाबाले कहाँ बच्चाहरूलाई कहिल्यै दुःख दिनुहुन्छ र! बाबाले त आएर दुःखबाट मुक्त (लिबरेट) गर्नुहुन्छ। जो दुःखहर्ता हुनुहुन्छ, उहाँले फेरि कसैलाई कहाँ दुःख दिनुहुन्छ र! अहिले यो हो रावण राज्य। मानिसहरूमा ५ विकार प्रवेश भएका छन्, त्यसैले यसलाई रावण राज्य भनिन्छ। विश्वको इतिहास-भूगोलको रहस्य अहिले तिमी बच्चाहरूको बुद्धिमा आएको छ। तिमीहरूले दिनहुँ मुरली सुन्छौ, यो धेरै ठुलो पढाइ हो। त्यसैले बाबा सम्झाउनुहुन्छ– अब थोरै समय बाँकी छ। त्यसमा बाबाबाट पूरा वर्सा लिनु छ। बिस्तारै बिस्तारै मानिसहरूले पनि बुझ्नेछन्, अवश्य ईश्वरको बाटो त यिनैले सम्झाउँछन्। दुनियाँमा अरू कसैले पनि ईश्वरलाई पाउने बाटो बताउँदैनन्। ईश्वरको बाटो ईश्वरले नै बताउनुहुन्छ। तिमीहरू त उहाँका बच्चा सन्देशबाहक हौ। कल्प पहिला पनि जो निमित्त बनेका थिए, उनीहरू नै अहिले पनि बन्छन् र बनाउँदै जानेछन्। तिमी बच्चाहरूले विचार सागर मन्थन गर्नु छ। राय सल्लाह दिनुपर्छ– बाबा हामीले सम्झन्छौँ यी चित्र हुनुपर्छ, यिनबाट मानिसहरूले राम्रोसँग बुझ्न सक्छन्। बाबाले थोरै चित्र बनाऊ भनेर यसकारण भन्नुहुन्छ किनकि धेरै सेन्टरहरू धेरै साना साना छन्। ५-७ चित्र पनि मुस्किलले राख्न सक्छन्। बाबा भन्नुहुन्छ– घर घरमा गीता पाठशाला हुन्। यस्ता पनि धेरै छन्, एउटै कोठामा सबैथोक चलाउँछन्। मुख्य चित्र राखिएका छन् त्यसैबाट मानिसहरूलाई समझ मिल्छ। अन्त्यमा भगवान कसलाई भनिन्छ, उहाँबाट के मिल्छ? भगवानलाई बाबा भनिन्छ। बबुलनाथ बाबा भनिँदैन। रुद्र बाबा भनिँदैन। शिवबाबा नामीग्रामी हुनुहुन्छ। बाबा भन्नुहुन्छ– यो त्यही कल्प पहिलाको ज्ञान यज्ञ हो। बेहदका बाबा शिवले यज्ञ रच्नुभएको छ। ब्रह्माद्वारा ब्राह्मणहरूको रचना गर्नुभएको छ। ब्रह्मामा प्रवेश भएर स्थापना गर्नुभएको छ। यो राजयोगको ज्ञान हो। अनि फेरि यज्ञ पनि हो, जसमा सारा पुरानो दुनियाँको आहुति पर्छ। एक उहाँ बाबा नै बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ, ज्ञान सागर पनि हुनुहुन्छ। यस्तो अरू कोही छैन। आजकाल यज्ञ रच्दा चारैतिर शास्त्र राख्छन्। एउटा आहुतिको कुण्ड पनि बनाउँछन्। वास्तवमा हो– यो ज्ञान यज्ञ, जसबाट उनीहरूले नक्कल (कपी) गरेका छन्। यहाँ कुनै स्थूल कुरा आदि त छैन। अहिले तिमी बच्चाहरूलाई बेहदको बाबा मिल्नुभएको छ, बेहदको ज्ञान मिलेको छ र अरू कसैलाई यो थाहा छैन। बेहदको आहुति पर्नु छ, यो तिमीलाई थाहा छ। पुरानो दुनियाँ खतम हुनेछ। उनीहरूलाई त खुसी भइरहन्छ, रामराज्य स्थापन हुन्छ, यो त धेरै राम्रो हो। तर उनीहरूले त जे स्थापन गर्छन्, त्यो आफ्नै लागि नै गर्छन् नि! सबै मेहनत आफ्नै लागि गर्छन्। तिमीलाई थाहा छ, यो महाभारत लडाइँ पनि यस यज्ञबाट प्रज्वलित भएको हो। कहाँ ती हदका कुरा, कहाँ यी बेहदका कुरा। तिमीले आफ्नै लागि नै पुरुषार्थ गर्छौ। बाबालाई नचिनेसम्म वर्सा मिल्न सक्दैन। बाबा नै आएर आत्माहरूलाई शिक्षा दिनुहुन्छ। तिम्रो सबै कुरा गुप्त छ। आत्मा जो हिंसक बनेको छ, त्यही आत्मा अहिंसक बन्नु छ। कसैमाथि पनि क्रोध गर्नु छैन। ५ विकार दान दिएपछी मात्र ग्रहण छुट्छ, यसै ग्रहणबाट आत्माहरू काला भएका हुन्। अब फेरि सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण कसरी बन्ने– यो कुरा बाबा बसेर सम्झाउनुहुन्छ। यी लक्ष्मीनारायणलाई यस्तो कसले बनाउनुभयो? कुनै गुरु मिले? यिनीहरू त विश्वका मालिक थिए। पक्कै अघिल्लो (पास्ट) जन्ममा राम्रो कर्म गरेका होलान् त्यसैले राम्रो जन्म मिल्यो। राम्रो कर्मबाट राम्रो जन्म मिल्छ। ब्रह्मा र विष्णुको पनि पक्कै कनेक्सन छ। ब्रह्मा सो विष्णु एक सेकेन्डमा। मानिसबाट देवता बन्छन्, सेकेन्डमा जीवनमुक्ति यसैलाई भनिन्छ। बाबाका बने र जीवनमुक्तिको वर्सा पाए। जीवनमुक्त त राजा-प्रजा सबै हुन्छन्। जति पनि आउने छन्, उनीहरू सबै जीवनमुक्त बन्नु छ। बाबाले त सबैलाई सम्झाउनुहुन्छ। फेरि उच्च पद पाउनको लागि पुरुषार्थ गर्नुपर्ने हुन्छ। सारा कुरा पुरुषार्थमा आधारित छ। किन पुरुषार्थ गर्दागर्दै हामीले उच्च पद नपाउने। बाबालाई धेरै याद गरेमा बाबाको दिलमा अर्थात् तख्तमा चढ्छौ। बाबाले कुनै मेहनत गराउनुहुन्न। अबलाहरूलाई अरू के मेहनत गराउनुहुन्छ। बाबाको याद पनि गुप्त छ। ज्ञान त प्रत्यक्ष हुन्छ। भनिन्छ, यिनको भाषण त धेरै राम्रो छ, तर योगमा कहाँसम्म रहन्छन्? बाबालाई कति याद गर्छन्? कति समय याद गर्छन्? यादबाट नै जन्मजन्मान्तरका विकर्म विनाश हुन्छन्। यो आध्यात्मिक ज्ञान (स्पिरिचुअल नलेज) कल्प कल्प रुहानी शिवबाबा नै आएर दिनुहुन्छ। अरू कसैले पनि यो ज्ञान दिन सक्दैनन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) अविनाशी ड्रामाको रहस्यलाई बुद्धिमा राखेर कसैलाई पनि दोषी बनाउनु छैन। पुरुषोत्तम बन्ने पुरुषार्थ गर्नु छ। यस थोरै समयमा बाबाबाट पूरा वर्सा लिनु छ।

२) डबल अहिंसक बन्नको लागि कहिल्यै कसैमाथि क्रोध गर्नु छैन। विकारहरूको दान दिएर सर्वगुण सम्पन्न बन्ने पुरुषार्थ गर्नु छ।

वरदान:–
सेकेन्डमा सबै कमजोरीहरूबाट मुक्ति प्राप्त गरेर मर्यादा पुरुषोत्तम बन्ने सदा स्नेही भव

जसरी स्नेहीले स्नेहमा आएर आफ्नो सबैथोक न्यौछावर वा अर्पण गरिदिन्छन्। स्नेहीलाई समर्पण गर्नको लागि केही पनि सोच्नुपर्दैन। त्यसैले जेजति मर्यादा वा नियमहरू सुन्छौ, तिनलाई यथार्थमा (प्राक्टिकलमा) ल्याउने अथवा सबै कमजोरीहरूबाट मुक्ति प्राप्त गर्ने सहज युक्ति हो– सदा एक बाबाको स्नेही बन्नु। जसको स्नेही हौ, निरन्तर उहाँको सङ्गतमा रह्यौ भने रुहानियतको रङ लाग्नेछ र एक सेकेन्डमा मर्यादा पुरुषोत्तम बन्नेछौ किनकि स्नेहीलाई बाबाको सहयोग स्वतः मिल्छ।

स्लोगन:–
निश्चयको जग (फाउन्डेसन) बलियो छ भने सम्पूर्णतासम्म पुग्ने कुरा निश्चित छ।

अव्यक्त इसारा:– अब आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर

वर्तमान समयमा सर्व आत्माहरूले भिखारीको रूपमा भगवानसँग केही न केही मागिरहेका छन्। सबैको मुखमा वा मनमा यही यो कुरा दिनुहोस् भन्ने हुन्छ। कोही धनका भिखारी छन्, कोही सहयोगका, कोही सम्बन्धका, कोही थोरै समयको लागि सुख-चैनका, कोही आराम वा निद्राका, कोही फलोअरहरूका भिखारी छन्, तिमी दाताका बच्चाहरू मास्टर दाता बनेर आफ्नो शुभभावनाका वृत्तिहरूद्वारा भिखारी आत्माहरूको भोक मेटाऊ।