11.11.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमीले
दिलैदेखि बाबा , बाबा भन्यौ भने खुसीले रोमाञ्च खडा हुन्छ , खुसीमा रह्यौ भने
मायाजित बन्छौ।”
प्रश्न:–
बच्चाहरूलाई
कुन एउटा कुरामा मेहनत लाग्छ तर खुसी र यादको आधार त्यही हो?
उत्तर:–
आत्मअभिमानी
बन्नमा नै मेहनत लाग्छ तर यसैबाट खुसीको पारा चढ्छ, मीठो बाबाको याद आउँछ। मायाले
तिमीलाई देह अभिमानमा ल्याइरहन्छ, बलवानसँग बलवान भएर लड्छ, यसमा अल्मलिनुहुँदैन।
बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मायाका तुफानहरूसँग नडराऊ, केवल
कर्मेन्द्रियहरूबाट कुनै विकर्म नगर।
ओम् शान्ति ।
रुहानी बाबाले
रुहानी बच्चाहरूलाई सम्झाइरहनुभएको छ वा शिक्षा दिइरहनुभएको छ, पढाइरहनुभएको छ।
बच्चाहरूलाई थाहा छ– पढाउने बाबा सदैव देहीअभिमानी हुनुहुन्छ। उहाँ हुनुहुन्छ नै
निराकार, देह लिनु नै हुन्न, पुनर्जन्ममा आउनुहुन्न। बाबा सम्झाउनुहुन्छ– तिमी
बच्चाहरूले म समान आफूलाई आत्मा सम्झनुछ। म हुँ परमपिता। परमपिताको देह हुँदैन।
उहाँलाई देहीअभिमानी पनि भनिँदैन। उहाँ त हुनुहुन्छ नै निराकार। बाबा भन्नुहुन्छ–
मेरो आफ्नो देह छैन। तिमीलाई त देह मिल्दै आएको छ। अब म समान देहबाट न्यारा भएर
आफूलाई आत्मा सम्झ। यदि विश्वको मालिक बन्नुछ भने अरू कुनै मुस्किल कुरा छैन। बाबा
भन्नुहुन्छ– देह अभिमानलाई छोडेर म समान बन। सदैव बुद्धिमा याद रहोस्– हामी आत्मा
हौँ, हामीलाई बाबाले पढाइरहनुभएको छ। बाबा त निराकार हुनुहुन्छ, तर हामीलाई कसरी
पढाउनुहुन्छ? त्यसैले बाबा यस तनबाट आएर पढाउनुहुन्छ। गोमुख देखाउँछन् नि। अब गाईको
मुखबाट त गङ्गा निस्किन सक्दैन। मातालाई पनि गोमाता भनिन्छ। तिमी सबै गाई हौ। यिनी
(ब्रह्मा) त गाई होइनन्। मुखद्वारा ज्ञान मिल्छ। बाबाको गाई त छैन नि, साँढेमा पनि
सवारी भएको देखाउँछन्। उनीहरूले त शिव-शङ्कर एउटै हुनुहुन्छ भनिदिन्छन्। तिमी
बच्चाहरूले अहिले बुझेका छौ– शिव-शङ्कर एउटै हुनुहुन्न। शिव त हुनुहुन्छ उच्चभन्दा
उच्च फेरि ब्रह्मा-विष्णु-शङ्कर। ब्रह्मा हुन् सूक्ष्मवतनवासी। तिमी बच्चाहरूले
विचार सागर मन्थन गर्दै प्वइन्ट निकालेर सम्झाउनुपर्छ र निडर पनि बन्नुछ। तिमी
बच्चाहरूलाई नै खुसी हुन्छ। तिमीले भन्छौ– हामी ईश्वरका विद्यार्थी हौँ, हामीलाई
बाबाले पढाउनुहुन्छ। भगवानुवाच पनि छ– हे प्यारा बच्चाहरू! मैले तिमीलाई राजाहरूको
राजा बनाउनको लागि पढाउँछु। जहाँसुकै जाऊ, सेन्टरहरूमा जाऊ, बुद्धिमा हुन्छ– बाबाले
हामीलाई पढाउनुहुन्छ। जुन अहिले हामी सेन्टरहरूमा सुन्छौँ, बाबाले मुरली
चलाउनुहुन्छ। बाबा, बाबा भनिराख। यो पनि तिम्रो यादको यात्रा भयो। योग शब्द
सुहाउँदैन। मानिसहरू अमरनाथ, बद्रीनाथ यात्रा गर्न पैदल जान्छन्। अहिले तिमी
बच्चाहरूलाई त जानुछ आफ्नो घर। तिमीलाई थाहा छ– अब यो बेहदको नाटक पूरा हुन्छ। बाबा
आउनुभएको छ, हामीलाई लायक बनाएर लैजानको लागि। तिमीहरूले स्वयं भन्छौ– हामी पतित
छौँ। पतितले कहाँ मुक्ति पाउँछन् र! बाबा भन्नुहुन्छ– हे आत्माहरू! तिमी पतित बनेका
छौ। उनीहरूले शरीरलाई पतित सम्झेर गङ्गामा स्नान गर्न जान्छन्। आत्मालाई त उनीहरूले
निर्लेप सम्झन्छन्। बाबा सम्झाउनुहुन्छ– मूल कुरा हो नै आत्माको। भनिन्छ पनि– पाप
आत्मा, पुण्य आत्मा। यी शब्द राम्रोसँग याद गर। बुझ्नु र बुझाउनुछ। तिमीले नै भाषण
आदि गर्नुछ। बाबा त गाउँ गाउँमा, गल्ली गल्लीमा जानुहुन्न। तिमीले घर घरमा यो चित्र
राखिदेऊ। ८४ को चक्र कसरी घुम्छ। सिँढीमा धेरै क्लियर छ। अब बाबा भन्नुहुन्छ–
सतोप्रधान बन। आफ्नो घर जानुछ, पवित्र नबनीकन त घर जाँदैनौ। यही फिक्री भइरहोस्।
धेरै बच्चाहरूले लेख्छन्, बाबा हामीलाई धेरै तुफान आउँछन्। मनसामा धेरै नराम्रा
विचार आउँछन्। पहिला आउँदैनथे। बाबा भन्नुहुन्छ– तिमीले यो ख्याल नगर। पहिला तिमी
युद्धको मैदानमा कहाँ थियौ र! अहिले तिमीले बाबाको यादमा रहेर मायामाथि विजय पाउनुछ।
यो घरी घरी याद गरिराख। गाँठो बाँध। जसरी माताहरूले गाँठो बाँध्छन्, पुरुषहरूले फेरि
नोटबुकमा लेख्छन्। तिम्रो यो ब्याच त राम्रो निसानी हो। हामी राजकुमार बन्छौँ, यो
हो नै भिखारीबाट राजकुमार बन्ने ईश्वरीय विश्व विद्यालय। तिमी राजकुमार थियौ नि।
श्रीकृष्ण संसारका राजकुमार थिए। जस्तै बेलायतमा पनि प्रिन्स अफ वेल्स (बेलायतका
राजकुमार) भनिन्छ। ती हुन् हदका कुरा, राधे-कृष्ण त धेरै प्रसिद्ध छन्। स्वर्गका
राजकुमार-राजकुमारी थिए नि त्यसैले उनीहरूलाई सबैले प्यार गर्छन्। श्रीकृष्णलाई त
धेरै प्यार गर्छन्। गर्न त दुवै लाई प्यार गर्नुपर्छ। पहिला त राधेलाई गर्नुपर्छ।
तर बच्चामाथि धेरै प्यार हुन्छ किनकि ऊ वारिस बन्छ। स्त्रीको पनि पतिमाथि प्यार
हुन्छ। पतिको लागि नै भनिन्छ– यिनी तिम्रो गुरु ईश्वर हुन्। स्त्रीको लागि यस्तो
भनिँदैन। सत्ययुगमा त माताहरूको महिमा छ। पहिला लक्ष्मी फेरि नारायण। अम्बाको कति
आदर गर्छन्। ब्रह्माकी छोरी हुन्। ब्रह्माको त्यति आदर हुँदैन, ब्रह्माको मन्दिर
अजमेरमा छ। जहाँ मेला आदि लाग्छन्। अम्बाको मन्दिरमा पनि मेला लाग्छ। वास्तवमा यी
सबै मेला मैलो बनाउनको लागि नै हुन्। तिम्रो यो मेला हो स्वच्छ बन्ने। स्वच्छ बन्नको
लागि तिमीले स्वच्छ बाबालाई याद गर्नुछ। पानीबाट कुनै पाप नाश हुँदैनन्। गीतामा पनि
भगवानुवाच छ– मनमनाभव। आदि र अन्त्यमा यो शब्द छ। तिमी बच्चाहरूलाई थाहा छ– हामीले
नै सबैभन्दा पहिला भक्ति सुरु गरेका हौँ। सतोप्रधान भक्ति फेरि सतो-रजो-तमो भक्ति
हुन्छ। अहिले त हेर माटो पत्थर आदिको सबैको पूजा गर्छन्। यो सबै हो अन्धश्रद्धा। यस
समयमा तिमी सङ्गममा बसेका छौ। यो उल्टो वृक्ष हो नि। माथि छ बीज। बाबा भन्नुहुन्छ–
यस मनुष्य सृष्टिको बीज रचयिता म हुँ। अहिले नयाँ दुनियाँको स्थापना गरिरहेको छु।
कलमी लगाउँछन् नि। वृक्षका पुराना पातहरू झर्छन्। नयाँ नयाँ पातहरू निस्किन्छन्।
अहिले बाबाले देवीदेवता धर्मको स्थापना गरिरहनुभएको छ। धेरै पातहरू छन् जुन मिसिएका
छन्। आफूलाई हिन्दु कहलाउँछन्। वास्तवमा हिन्दु हुन् नै आदि सनातन देवी-देवता
धर्मवाला। हिन्दुस्तानको वास्तवमा नाम नै हो भारत, जहाँ देवताहरू रहन्थे। अरू कुनै
देशको नाम परिवर्तन हुँदैन, यसको नाम परिवर्तन गरिदिएका छन्। हिन्दुस्तान भनिदिन्छन्।
बौद्धीहरूले यस्तो भन्दैनन्– हाम्रो धर्म जापानी वा चिनियाँ हो। उनीहरूले त आफ्नो
धर्मलाई बौद्धी नै भन्छन्। तिनीहरू मध्ये कसैले पनि आफूलाई आदि सनातन देवी-देवता
धर्मको भन्दैन। यदि कसैले भन्यो पनि भने सोध– त्यो धर्म कहिले र कसले स्थापना
गर्नुभयो? केही पनि बताउन सक्दैनन्। कल्पको अवधि नै लम्बाचौडा बनाइदिएका छन्, यसलाई
भनिन्छ अज्ञान अन्धकार। एक त आफ्नो धर्मको बारेमा थाहा छैन, त्यस्तै
लक्ष्मी-नारायणको राज्यलाई धेरै टाढा लगेका छन् त्यसैले घोर अन्धकार भनिन्छ। ज्ञान
र अज्ञानमा कति फरक छ। ज्ञान सागर हुनुहुन्छ नै एक शिवबाबा। उहाँले मानौँ एक लोहोटा
ज्ञान दिनुहुन्छ। केवल कसैलाई यो सुनाऊ– शिवबाबालाई याद गरेमा तब विकर्म विनाश
हुन्छन्। यो मानौँ अञ्जुली पानी भयो नि। कसैले स्नान गर्छन्, कसैले त घडा भरेर
लैजान्छन्। कसैले ससाना लोहोटामा लैजान्छन्। दिनहुँ एक एक थोपा पानीको भाँडोमा
राखेर त्यसलाई ज्ञान जल सम्झेर पिउँछन्। बेलायतमा पनि वैष्णवहरूले गङ्गा जलका घडा
भरेर लैजान्छन्। फेरि मगाइरहन्छन्। तर यो सारा पानी त पहाडबाट नै आउँछ। माथिबाट पनि
पानी खसाल्छन्। आजकाल हेर भवन पनि कति अग्ला १०० तलासम्मका बनाउँछन्। सत्ययुगमा त
यस्तो हुँदैन। त्यहाँ त तिमीलाई जमिन यति मिल्छ कुरै नगर। यहाँ बस्नको लागि जमिन
छैन, त्यसैले यति तला बनाउँछन्। त्यहाँ अन्न पनि अथाह पैदा हुन्छ। जस्तै अमेरिकामा
धेरै अन्न भयो भने जलाइदिन्छन्। यो हो मृत्युलोक। त्यो हो अमरलोक। आधाकल्प त्यहाँ
तिमी सुखमा रहन्छौ। काल भित्र पस्न सक्दैन। यसमा एउटा कथा पनि छ। यो हो बेहदको कुरा।
बेहदका कुराहरूबाट फेरि हदका कथाहरू बनाएर बसेका छन्। ग्रन्थ पहिला कति सानो थियो।
अब त कति ठुलो बनाइदिएका छन्। शिवबाबा कति सानो हुनुहुन्छ, उहाँको पनि कति ठुलो
प्रतिमा बनाइदिएका छन्। बुद्धका चित्र, पाण्डवहरूका चित्र ठुला ठुला अग्ला बनाएका
छन्। यस्ता त कोही हुँदैनन्। तिमी बच्चाहरूले त यो लक्ष्य उद्देश्यको चित्र घर घरमा
राख्नुपर्छ। हामी पढेर यो बनिरहेका छौँ। फेरि कहाँ रुन पर्छ र। जो रुन्छन् उनीहरूले
गुमाउँछन्। देह अभिमानमा आउँछन्। तिमी बच्चाहरू आत्मअभिमानी बन्नुछ, यसमा नै मेहनत
लाग्छ। आत्मअभिमानी बनेमा नै खुसीको पारा चढ्छ। मीठा बाबाको याद आउँछ। बाबाबाट
हामीले स्वर्गको वर्सा लिइरहेका छौँ। बाबा यस भाग्यशाली रथमा आएर हामीलाई
पढाउनुहुन्छ। रातदिन बाबा बाबा याद गरिराख। तिमी आधाकल्पका आशिक हौ। भक्तले
भगवानलाई याद गर्छन्। भक्त छन् अनेक। ज्ञानमा सबैले एक बाबालाई याद गर्छन्। उहाँ नै
सबैका पिता हुनुहुन्छ। ज्ञान सागर बाबाले हामीलाई पढाउनुहुन्छ, तिमी बच्चाहरूको त
रोमाञ्च खडा हुनुपर्छ। तुफान त मायाका आउँछन् नै। बाबा भन्नुहुन्छ– सबैभन्दा धेरै
तुफान त मलाई आउँछन् किनकि सबैभन्दा अगाडि म छु। मेरो पासमा आउँछन् त्यसपछि त मैले
बुझ्छु– बच्चाहरूको पासमा कति आउँदा हुन्। अल्मलिँदा हुन्। अनेक प्रकारका तुफान
आउँछन् जो अज्ञान कालमा पनि कहिल्यै आउँदैनथे, ती पनि आउँछन्। पहिला मलाई आउनुपर्छ,
नत्र मैले बच्चाहरूलाई कसरी सम्झाउँछु। यिनी अगाडि छन्। यिनी बलवान छन् भने माया पनि
बलवानसँग बलवान भएर लड्छ। मल्लयुद्धमा सबै एकैनासका हुँदैनन्। फस्ट, सेकेन्ड, थर्ड
श्रेणी हुन्छ। बाबाको पासमा सबैभन्दा धेरै तुफान आउँछन्, त्यसैले बाबा भन्नुहुन्छ–
यी तुफानहरूसँग नडराऊ। केवल कर्मेन्द्रियहरूबाट कुनै विकर्म नगर। कतिले भन्छन्–
ज्ञानमा आइसकेका छौँ फेरि यस्तो किन हुन्छ, यसभन्दा त ज्ञान नलिएको भए राम्रो थियो।
सङ्कल्प नै आउँदैनथे। अरे यो त युद्ध हो नि। स्त्री सामुन्ने हुँदा पनि पवित्र
दृष्टि रहोस्, सम्झनुछ– शिवबाबाका बच्चा हामी भाइ भाइ हौँ फेरि प्रजापिता ब्रह्माको
सन्तान हुनाले भाइ-बहिनी भयौँ। फेरि विकार कहाँबाट आयो। ब्राह्मण हुन् उच्च टुपी।
तिनै ब्राह्मण फेरि देवता बन्छन् त्यसैले हामी भाइ-बहिनी हौँ। एक बाबाका बच्चा
कुमार-कुमारी। यदि दुवै कुमार-कुमारी भएर रहँदैनन् भने फेरि झगडा हुन्छ। अबलाहरूमाथि
अत्याचार हुन्छ। पुरुषले पनि लेख्छन्– मेरी स्त्री त पुतना जस्तै छिन्। धेरै मेहनत
छ। जवानहरूलाई त धेरै मेहनत लाग्छ। जो गन्धर्व विवाह गरेर सँगै रहन्छन्, कमाल छ
उनीहरूको। उनीहरूको धेरै उच्च पद हुन सक्छ। तर यस्तो अवस्था धारण गरेपछि र ज्ञानमा
तीक्ष्ण भएपछि मात्र पद उच्च हुन सक्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) मायाका तुफानहरूसँग डराउनु वा अल्मलिनुछैन। केवल ध्यान राख्नुछ–
कर्मेन्द्रियहरूबाट कुनै विकर्म नहोस्। ज्ञान सागर बाबाले हामीलाई पढाउनुहुन्छ– यही
खुसीमा रहनुछ।
२) सतोप्रधान बन्नको
लागि आत्म अभिमानी बन्ने मेहनत गर्नुछ, ज्ञानको विचार सागर मन्थन गर्नुछ, यादको
यात्रामा रहनुछ।
वरदान:–
शुभचिन्तनद्वारा ज्ञान सागरमा समा हित हु ने अतीन्द्रिय सुखको अनुभवी भव
जसरी सागरभित्र रहने
जीवजन्तु सागरमा समाहित भएका हुन्छन्, बाहिर निस्किन चाहँदैनन्, माछा पनि पानीभित्र
रहन्छ, सागर वा पानी नै उसको संसार हो। त्यसरी नै तिमी बच्चाहरू पनि शुभचिन्तनद्वारा
ज्ञान सागर बाबामा सदा समाहित भइराख, सागरमा समाहित हुने अनुभव नगरेसम्म अतीन्द्रिय
सुखको झुलामा झुल्ने, सदा हर्षित रहने अनुभव गर्न सक्दैनौ। यसको लागि स्वयंलाई
एकान्तवासी बनाऊ अर्थात् सबै आकर्षणको भाइब्रेसनबाट अन्तर्मुखी बन।
स्लोगन:–
आफ्नो
अनुहारलाई यस्तो घुम्ती सङ्ग्रहालय बनाऊ जसमा बाबा बिन्दु देखियोस्।
अव्यक्त इसारा:–
अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ
आफूलाई शरीरको
बन्धनबाट न्यारा बनाउनको लागि आफूलाई अवतार सम्झ। अवतार हुँ, यस स्मृतिमा रहेर
शरीरको आधार लिएर कर्म गर। तर कर्तापनको भानबाट न्यारा भएर कर्म गर। मैले गरेँ, मैले
गर्छु... यस सङ्कल्पलाई पनि समर्पित गरिदेऊ त्यसपछि कर्मको बन्धनमा बाँधिदैनौ। देहमा
हुँदा पनि विदेही अवस्थाको अनुभव गर्छौ।