11.11.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
दुनियाँमा भलै अरू कसैको डर नराख तर यस बाबाको डर अवश्य राख , डर राख्नु अर्थात्
पापकर्महरूबाट बचिरहनु।”
प्रश्न:–
बाबाले हरेक
बच्चालाई आफ्नो जाँच गर्ने (चार्ट राख्ने) श्रीमत किन दिनुहुन्छ?
उत्तर:–
िनकि ईश्वरीय
नियमहरू धेरै कडा छन्। ब्राह्मण बनेर सानातिना भुलहरू भए भने धेरै कडा सजाय
खानुपर्नेछ, त्यसैले बाबा भन्नुहुन्छ– आफ्नो जाँच गरिराख। कुनै पनि पुरानो
हिसाबकिताब बाँकी रह्यो भने सजाय खाएर सानो पद पाइनेछ। अब कयामतको समय धेरै नजिक छ,
त्यसैले आफ्ना सब हिसाबकिताब योगबलद्वारा चुक्ता गर।
ओम् शान्ति ।
बाबाको यादमा
त बच्चाहरू आफै रहन्छौ। घरी घरी भनिरहने आवश्यकता पनि हुँदैन। बाबाको निर्देशन छ–
हिँड्दाडुल्दा, उठ्दाबस्दा बाबालाई याद गरिरहेमा रावण, जसले तिमीलाई पतित बनाइदिएको
छ, त्यमाथि विजय प्राप्त गर्नेछौ। बाबाले तिमीहरूलाई कुनै हतियार आदि दिनुहुन्न,
केवल योगबलले तिमीहरूले रावणमाथि विजय प्राप्त गर्छौ। विजय अवश्य प्राप्त गर्नु छ र
सङ्गममा नै त्यो विजय प्राप्न गर्छौ, जुनबेला रावणराज्य समाप्त भएर रामराज्यको
स्थापना हुनु छ। बाबाले त कहिल्यै हिंसा गर्न सिकाउन सक्नुहुन्न। देवताहरूको अहिंसा
परमो धर्म नै हुन्छ। दुनियाँलाई यो थाहा छैन, त्यहाँ स्वर्गमा काम कटारीको हिंसा
हुँदैन। जो कल्पपहिला निर्विकारी बनेका होलान्, उनीहरूले नै तिम्रो कुरा मान्नेछन्।
अहिले तिमी युद्धको मैदानमा छौ। भनिएको पनि छ– शिवशक्ति सेना। तिमी हौ गुप्त
योद्धाहरू, हरेकले आफ्नो लागि गरिरहेका छौ। तिमीहरू नै मायाजित जगतजित बन्नु छ।
तिमीले आफ्नो लागि गर्छौ, अर्थात् आफ्नै दुनियाँको लागि गर्छौ। यसमा जसले राम्रोसँग
पुरुषार्थ गर्छन् उनीहरूले पाउँछन्। जसले ५ विकारमाथि विजय प्राप्त गर्छन् उनीहरू
नै जगतजित बन्नेछन् र अरू कुनै चीजमाथि विजय प्राप्त गर्नुछैन। तिम्रो काम नै
रावणराज्यमाथि विजय प्राप्त गर्नु अर्थात् दैवीगुण धारण गर्नु हो। दैवीगुण धारण नगरी
सत्ययुगमा जान सकिँदैन। त्यसैले आफैलाई सोध्नु छ– मैले कहाँसम्म दैवीगुण धारण गरेको
छु? दैवीगुण धारण गर्नु अर्थात् रावणमाथि विजय प्राप्त गर्नु। भन्छन्– यहाँ
रामराज्य थियो, त्यसो भए एक रामले मात्र त राज्य गरेनन् होला? प्रजा पनि त थिए होला।
यहाँ राजा, रानी तथा प्रजा सबैले रावणमाथि विजय प्राप्त गरिरहेका छन्। दैवीगुण धारण
गरिरहेका छन्। दैवी गुणमा खानपिन, बोलीचाली सबै शुद्ध पवित्र हुन्छ। हरेक कुरामा
सत्य बताउनु छ। बाबा हुनुहुन्छ नै सत्य। त्यसैले यस्ता बाबासँग कति सच्चा बन्नुपर्छ।
सच्चा बनेनौ भने कति नराम्रो गति हुन्छ। गति त उच्च पाउनुपर्छ। नरबाट नारायण,
नारीबाट लक्ष्मी बन्नु छ। भनिन्छ पनि– तुम्हारी गति मत तुम ही जानो। बाबाले जुन मत
दिनुहुन्छ, त्यसबाट कति उच्च गति हुन्छ। सर्वोच्च बाबाले उत्कृष्ट गति प्राप्त
गराउनुहुन्छ। त्यसैले अब श्रीमतमा चलेर दैवीगुण धारण गर्नु छ। जन्मजन्मान्तरका
पापहरू योगबलविना कट्न सक्दैनन्। यसको लागि धेरै राम्रो यादको यात्रा हुनुपर्छ।
अमृतवेलामा याद राम्रो हुन्छ। त्यतिबेला वायुमण्डल राम्रो हुन्छ। दिउँसो भलै जतिसुकै
समय बसे पनि तर अमृतवेलाको समयमा जस्तो हुँदैन।
हाम्रा कुरा गुप्त छन्। अङ्ग्रेजीमा भन्छन्– “हामी युद्धमा छौँ”, हाम्रो युद्ध
रावणसँग छ। यो नम्बर वन दुस्मन हो। राम सम्प्रदायले श्रीमतद्वारा रावण सम्प्रदायमाथि
विजय प्राप्त गरेको छ। बाबा सर्वशक्तिमान् हुनुहुन्छ नि। दुनियाँ त बिचरा यस समयमा
घोर अन्धकारमा छ। उनीहरूलाई थाहा नै छैन– हामीले हार खाएका छौँ। मायाबाट हारे हार
हो, माया केलाई भनिन्छ– यो पनि कसैलाई थाहा छैन। सारा लङ्कामा रावणको राज्य थियो।
भक्तिमार्गका शास्त्रहरूमा कति दन्त्यकथाहरू लेखिदिएका छन्, जुन जन्मजन्मान्तर पढेका
छन्। अहिले पनि भन्छन्– शास्त्र त अवश्य पढ्नुपर्छ, जसले पढ्दैनन् उनीहरूलाई
नास्तिक भनिन्छ र बाबा भन्नुहुन्छ– तिमीहरू यी सब पढ्दापढ्दै नास्तिक बनेका छौ। यी
कुरा बच्चाहरूले राम्रोसँग सम्झाउनुपर्छ– भारतवर्ष सतोप्रधान भएको बेलामा त्यसलाई
स्वर्ग भनिन्थ्यो। तिनै ८४ जन्म लिँदालिँदा अहिले पतित तमोप्रधान बनेका छन्। अब फेरि
पावन कसरी बन्ने? बाबा भन्नुहुन्छ– मलाई याद गरेमा सतोप्रधान पावन बन्नेछौ, अरू कुनै
पनि देहधारीलाई याद नगर। कसैलाई गुरु नबनाऊ। भनिन्छ– गुरुविना घोर अन्धकार। गुरुहरू
प्रशस्तै छन्। तर सबैले अन्धकारमा लैजान्छन्। बाबा भन्नुहुन्छ– ज्ञानसूर्य
आउनुहुन्छ अनि घोर अन्धकार हट्छ। संन्यासीहरू भलै पावन बन्छन् तर जन्म त विकारबाट
नै लिन्छन् नि। देवीदेवताहरू त विकारबाट पैदा हुँदैनन्। यहाँ सबैका शरीर विकारी छन्।
बाबाले यस्ता फोहोर कपडा सफा गर्नुहुन्छ। आत्मा पवित्र बन्छ, फेरि शरीर पनि राम्रो
मिल्छ। त्यसको लागि पुरुषार्थ गर्नु छ। आफ्नो जाँच गर्नु छ– मबाट त कुनै नराम्रो
काम भएन। ईश्वरीय नियमहरू पनि कडा छन्। कसैले नराम्रो काम गर्छ भने त्यसको सजाय धेरै
कडा छ। कयामतको समय छ। योगबलद्वारा सबै हिसाबकिताब चुक्ता गर्नु छ। चुक्ता गरिएन भने
सजाय खानुपर्नेछ। फेरि भनिन्छ पनि– सजाय खाएर सानो पद पाउनु। मानी त (रोटी त)
सबैलाई मिल्नु छ। मुक्ति र जीवनमुक्तिको पद सबैलाई दिनुहुनेछ। कोही सम्मान सहित पास
हुन्छन्, कसैलाई सजाय मिल्छ फेरि बेइज्जतीका साथ सानो पद पनि मिल्नेछ। तख्तमा त
तिनीहरू बस्न सक्दैनन्। कुनै पनि नराम्रो काम गरियो भने बेइज्जती हुन्छ, त्यो पनि
बाबाको सामुन्ने। शिवबाबा बस्नुभएको छ नि। तिमीलाई साक्षात्कार गराउनुहुनेछ– म यिनमा
थिएँ, तिमीहरूलाई कति सम्झाउँथेँ। अहिले म सम्पूर्ण (ब्रह्मा) मा छु। तिमी बच्चीहरू
सम्पूर्ण बाबाको समीप जान्छौ। तिनै बाबाद्वारा शिवबाबाले निर्देशन आदि दिनुहुन्छ
नि। तिमीलाई बाबाले साक्षात्कार गराउनुहुनेछ– यिनमा बसेर तिमीहरूलाई कति पढाउँथेँ,
सम्झाउँथेँ– दैवीगुण धारण गर, सेवा गर। कसैको निन्दा नगर। तैपनि तिमीले यो काम गरेका
रहेछौ, अब खाऊ सजाय। जति जति पाप गरेका छौ, त्यति सजाय खानुपर्नेछ। कसैले धेरै सजाय
खान्छन्, कसैले कम। त्यसमा पनि नम्बरवार छन्, जति सकिन्छ योगबलद्वारा विकर्महरूलाई
काटिरहनु छ। बच्चाहरूले यसमा ठुलोभन्दा ठुलो चिन्ता गर्नुछ– म सम्पूर्ण सक्कली सुन
कसरी बन्ने? उठ्दाबस्दा यही कुरा बुद्धिमा रहोस्, जति याद गर्छौ त्यति उच्च पद
पाउँछौ। मायाका तुफानहरूको परवाह गर्नु छैन, जति समय मिल्छ त्यति बाबालाई याद गर्नु
छ। म तमोप्रधानबाट सतोप्रधान बन्नु छ। बाबालाई याद गरेमा पापहरू काटिन्छन्। कुनै पनि
पाप गर्नुहुँदैन। नत्र सयगुणा बन्नेछ। माफ मागिएन भने फेरि बढ्दा बढ्दै सत्यानाश
हुन्छ। मायाले पाप पछि पाप गराइरहन्छ। बेहदका बाबाप्रति अनादर हुन्छ। यो पनि
धेरैलाई थाहा हुँदैन। बाबाले सदैव सम्झाउनुहुन्छ– यसरी सम्झ, शिवबाबाले मुरली
चलाउनुहुन्छ। शिवबाबाले निर्देशन दिनुहुन्छ त्यसैले याद पनि हुनुपर्छ, डर पनि
हुनुपर्छ। धेरै पाप गरिरहन्छन्। स्पष्ट भन्नुपर्छ– बाबा, मबाट यो भुल भयो। बाबा
सम्झाउनुहुन्छ– शिरमा पापको धेरै बोझ छ। जे जति गरेका छौ त्यो बताऊ। सत्य बताउनाले
आधा कम हुन्छ।
बाबाले सम्झाउनुभएको छ– जो नम्बर वन पुण्यात्मा बन्छन्, उनीहरू नै फेरि पापात्मा पनि
नम्बर वन बन्छन्। बाबा स्वयं भन्नुहुन्छ– यो तिम्रो धेरै जन्महरूको पनि अन्त्यको
जन्म हो। तिमी पुण्यात्मा थियौ, तिमी नै अहिले पापात्मा बनेका छौ, फेरि पुण्यात्मा
बन्नु छ। आफ्नो त कल्याण गर्नु छ। यहाँ तिमीले ढोग्ने आदि आवश्यकता पनि छैन, केवल
बाबालाई याद गर्नु छ। हुन त यिनी पनि बुज्रुग छन्, तैपनि नमस्ते गर्छन्। बच्चाहरूले
घरमा घरी घरी कहाँ नमस्ते गर्छन् र? एकपटक नमस्ते गरियो, फेरि त्यसको जवाफमा पनि
नमस्ते गरिन्छ। बाबा भन्नुहुन्छ– तिमीले मलाई पाको सम्झेर नमस्ते गर्छौ, मैले फेरि
तिमीलाई विश्वको मालिक सम्झेर नमस्ते गर्छु। अर्थ छ नि। मानिसहरूले त राम राम
भनिदिन्छन् तर अर्थ केही बुझ्दैनन्। वास्तवमा राम अर्थात् शिवबाबा। राम ती रघुपति
होइनन्, उहाँ राम निराकार हुनुहुन्छ। उहाँको नाम शिवबाबा हो। शिवको अगाडि कसैले
यस्तो भन्दैन– मैले रामको पूजा गर्छु। अहिले बाबा भन्नुहुन्छ– तिमीले मन्दिरहरूमा
गएर सम्झाऊ– यिनीहरू पनि मनुष्य थिए। तपाईंहरू यिनीहरूको अगाडि गएर महिमा
गाउनुहुन्छ– हजुर निर्विकारी, सर्वगुण सम्पन्न, हामी पापी नीच हौँ। यो तन पनि
मानिसको हो र त्यो तन पनि मानिसको हो तर त्यसमा दैवीगुण छन् त्यसैले तिनीहरू देवता
हुन्। तपाईंहरू स्वयं भन्नुहुन्छ– ममा आसुरी अवगुण छन् त्यसैले बाँदर हुँ। स्वरूप
दुवैको एउटै छ। चरित्रमा फरक छ। भारतवर्ष निवासीहरू नै ताजधारी थिए। अहिले बिनाताजका,
गरिब पनि यहाँ नै छन्। बाबा पनि भारतभूमिमा नै आउनुहुन्छ, जहाँ स्वर्ग बनाउनु छ
त्यहाँ नै बाबा आउनुहुन्छ नि। कलङ्की अवतार भनिन्छ, कति कलङ्क लगाएका छन्। अरू
धर्मका मानिसहरूले पनि केही भन्छन् भने पनि तिनीहरूले पनि यहाँका मानिसहरूलाई
अनुसरण गर्छन्। पत्थरबुद्धि भएका कारण मलाई पनि ढुङ्गा-माटोमा हुनुहुन्छ भनिदिन्छन्।
बाबालाई चिन्दै चिन्दैनन्– बाबाले यिनमा प्रवेश गरेर भारतवर्षलाई कति ताजधारी
बनाउनुहुन्छ। विश्वको कति सेवा गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– तिमीहरूले मेरो ग्लानि
गर्छौ। मैले तिमीहरूलाई स्वर्गको मालिक बनाउँछु। तिमीहरूले कति अपकार गर्छौ। रावणले
तिमीहरूको बुद्धि कति भ्रष्ट बनाइदिएको छ। नराम्रो गति भएको छ, त्यसैले त बोलाउँछौ–
पतितपावन आउनुहोस्। ज्ञान कति सहजै मिल्छ। तैपनि कैयौँ बच्चाहरूले भुल्छन्। योग छैन
भने धारणा पनि हुँदैन, त्यसैले बाबा भन्नुहुन्छ– बाँधेलीहरूले सबैभन्दा धेरै याद
गर्छन्। शिवबाबाको यादमा सहन पनि गर्छन्। जो देवीदेवता बन्नेवाला हुन्, उनीहरू नै
यहाँ आउनेछन्। आर्य समाजीहरूले त देवताहरूको मूर्तिलाई मान्दै मान्दैनन्। यो वृक्षको
अन्त्यतिरको हाँगा हो, २-३ जन्म पनि मुस्किलले होलान्।
धेरै मानिसहरूले सम्झन्छन्– विकारविना दुनियाँ कसरी चल्छ? अरे, देवताहरूलाई
सम्पूर्ण निर्विकारी भनिन्छ नि। यो पनि कसैलाई थाहा छैन, त्यहाँ विकार हुँदैहुँदैन।
कल्पपहिलाका आत्माहरूले तुरुन्तै बुझ्छन्। गायन पनि छ, भगवानुवाच– काम महाशत्रु हो।
तर भगवानले कहिले भन्नुभएको थियो– यो कसैलाई थाहा छैन। अहिले तिमी बच्चाहरू जगतजित
बनिरहेका छौ। तर उच्च पद पाउनको लागि मेहनत गर्नु छ। बाबा भन्नुहुन्छ– गृहस्थ
व्यवहारमा रहँदा केवल बुद्धियोग मसँग लगाऊ। बाबाका बनिसकेका छौ भने बाबासँग प्यार
हुनुपर्छ। बाँकी अरूसँग काम चलाउनको लागि स्नेह राख्नु छ। बुद्धिमा यो ख्याल राख्नु
छ– बिचराहरूलाई स्वर्गवासी कसरी बनाऊँ? सच्चा यात्रामा चल्ने युक्ति बताऊँ। त्यो हो
जिस्मानी यात्रा, जुन जन्मजन्मान्तर गर्दै आएका छौ। यो एउटै यादको यात्रा हो। अहिले
हाम्रा ८४ जन्म पूरा भए, फेरि सत्ययुगको इतिहास दोहोरिनु छ। पतित त घर जान सक्दैनन्।
पावन बनाउनको लागि पतितपावन बाबा हुनुपर्छ। बन्न त संन्यासीहरू पावन बन्छन् तर
फर्केर जान सक्दैनन्। सबैलाई लैजाने बाबा मात्रै हुनुहुन्छ। बाबा आएर सबैलाई
रावणबाट छुटाएर मुक्त गरिदिनुहुन्छ। सत्ययुगमा दुःख दिने कुनै चीज हुँदैन। नाम नै
सुखधाम हो। यो दुःखधाम हो। त्यो क्षीरसागर हो, यो विषयसागर हो।
अहिले तिमीलाई थाहा भएको छ, स्वर्गमा कति सुख, आरामले रहन्छन्। क्षीरसागरबाट
निस्केर विषयसागरमा कसरी आउँछन्, यो कसैले जान्दैनन्। बाबा सम्झाउनुहुन्छ– श्रीमतमा
चल्नु छ, त्यसपछि जिम्मेवार उहाँ हुनुहुन्छ। श्रीमतले भन्छ– हो, भलै जाऊ,
बच्चाहरूलाई सम्हाल। उनीहरूलाई भुँ भुँ गरिराख, अनि केही न केही कल्याण हुनेछ।
स्वर्गमा त आउनेछन्। बाबा आएर २१ जन्मको लागि नर्कवासीबाट स्वर्गवासी बनाउनुहुन्छ।
यो पनि तिम्रो बुद्धिमा छ। मानिसहरूले त केही पनि जान्दैनन्। यिनीले पनि पहिला केही
जान्दैनथे। जसरी यिनको ८४ जन्मको कहानी छ– “तत्त्वम्”, यिनीले पनि राजयोग सिकिरहेका
छन्। तिमी हौ राजऋषि। उनीहरू हुन् हठयोगी ऋषि। तिमीले गृहस्थ व्यवहारमा रहेर राज्य
भाग्य प्राप्त गरिरहेका छौ। तिमीहरू सबै शरणमा पर्न आएका हौ नि। अहिले सम्झन्छौ–
हामी त स्वर्गमा बसेका छौँ। दुनियाँमा मायाको तडकभडक छ। नर्कको विनाश नभएसम्म
स्वर्ग कसरी हुन सक्छ? मायावी पुरुषहरूले यसैलाई स्वर्ग सम्झेर बसेका छन्। बाबालाई
नयाँ दुनियाँ स्थापना गर्न कति मेहनत लाग्छ। पूरा नर्कवासी छन्। स्वर्गवासी बन्दै
बन्दैनन्। बाबाले कति स्नेहसँग सम्झाउनुहुन्छ। अच्छा!
मीठा-प्यारा बच्चाहरू! रावणमाथि विजय प्राप्त गरेमा नै तिमी जगतजित बन्नेछौ। त्यसको
लागि पूरा पुरुषार्थ गर्नु छ। अच्छा! मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता
बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी
बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) यस्तो कुनै काम गर्नु छैन जसले बेइज्जती होस्, सजाय खानुपरोस्। मायाका तुफानहरूको
परवाह नगरी जति समय मिल्छ बाबालाई याद गर्नु छ। एक बाबासँग सच्चा सच्चा प्यार गर्नु
छ।
२) आफ्नो उच्च गति
बनाउनको लागि सच्चा बाबासँग सच्चा रहनु छ। कुनै पनि कुरा लुकाउनु छैन।
वरदान:–
सबै
जिम्मेवारीहरूको बोझ बाबालाई दिएर सदा आफ्नो उन्नति गर्ने सहजयोगी भव
जुन बच्चाहरूले बाबाको
कार्यलाई सम्पन्न गर्ने जिम्मेवारीको सङ्कल्प लिन्छन्, उनीहरूलाई बाबाले पनि त्यति
नै सहयोग दिनुहुन्छ। केवल जति पनि व्यर्थको बोझ छ, त्यो बाबामाथि छोडिदेऊ। बाबाका
बनेर बाबामाथि जिम्मेवारीहरूको बोझ छोडेमा सफलता पनि धेरै र उन्नति पनि सहजै हुनेछ।
किन र के को प्रश्नबाट मुक्त रहनुछ, विशेष फुलस्टपको स्थिति रह्यो भने सहजयोगी बनेर
अतीन्द्रिय सुखको अनुभव गरिरहनेछौ।
स्लोगन:–
दिल र दिमागमा
इमानदारी भयो भने बाबा वा परिवारको विश्वासपात्र बन्नेछौ।
अव्यक्त इसारा:–
ब्रह्माबाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर
जति सम्पूर्ण स्टेज
समीप आउँदै जान्छ, त्यति अरूका सङ्कल्पहरूलाई पढ्न सक्नेछौ, यसको लागि आफ्ना
सङ्कल्पहरूमाथि पूरा नियन्त्रण हुनुपर्छ। जसले आफ्ना सङ्कल्पहरूलाई समेट्न सक्छन्,
उनीहरूले नै अरूका सङ्कल्पहरूलाई बुझ्न सक्छन्। त्यसैले सङ्कल्पहरूको बिस्तरा बन्द
गर्दै जाऊ।