11.12.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
सङ्गमयुगमा तिमी ब्राह्मण सम्प्रदाय बनेका छौ , अब तिमी मृत्युलोकको मनुष्यबाट
अमरलोकको देवता बन्नुछ ।”
प्रश्न:–
तिमी बच्चाहरू
कुन ज्ञानलाई बुझेका हुनाले बेहदको संन्यास गर्छौ?
उत्तर:–
तिमीलाई
ड्रामाको यथार्थ ज्ञान छ, तिमीलाई थाहा छ– ड्रामा अनुसार अब यो सारा मृत्युलोक
भस्मीभूत हुनुछ। अहिले यो दुनियाँ वर्थ नट अ पेनी (कौडितुल्य) बनेको छ, हामी वर्थ
पाउन्ड (हीरातुल्य) बन्नुछ। यसमा जे जति हुन्छ, त्यो फेरि हुबहु कल्पपछि रिपिट
हुन्छ, त्यसैले तिमीले यो सारा दुनियाँबाट बेहदको संन्यास गरेका छौ।
गीत:–
आने वाले कल
की तुम...
ओम् शान्ति ।
बच्चाहरूले
गीतको लाइन सुन्यौ। अमरलोक आउनेवाला छ। यो हो मृत्युलोक। अमरलोक र मृत्युलोकको यो
हो पुरुषोत्तम सङ्गमयुग। अब बाबाले पढाउनुहुन्छ सङ्गममा, आत्माहरूलाई पढाउनुहुन्छ,
त्यसैले बच्चाहरूलाई भन्नुहुन्छ– आत्म अभिमानी भएर बस। यो निश्चय गर्नुछ– हामीलाई
बेहदका बाबाले पढाउनुहुन्छ। हाम्रो लक्ष्य उद्देश्य यो हो– लक्ष्मी-नारायण वा
मृत्युलोकको मनुष्यबाट अमरलोकको देवता बन्ने। यस्तो पढाइ त कहिल्यै कानले सुनिएको
थिएन, न कसैलाई भन्दै गरेको देखेको थिएँ, जसले भन्नुहुन्छ– प्यारा बच्चाहरू!, तिमी
आत्म अभिमानी भएर बस। यो निश्चय गर– बेहदका बाबाले हामीलाई पढाउनुहुन्छ। कुन बाबा?
बेहदका बाबा निराकार शिव। अहिले तिमीले बुझेका छौ– हामी पुरुषोत्तम सङ्गमयुगमा छौँ।
अहिले तिमी ब्राह्मण सम्प्रदाय बनेका छौ, फेरि तिमी देवता बन्नुछ। पहिला शूद्र
सम्प्रदायका थियौ। बाबा आएर पत्थरबुद्धिबाट पारसबुद्धि बनाउनुहुन्छ। पहिला
सतोप्रधान पारसबुद्धि थियौ, अब फेरि बन्छौ। यसो भन्नुहुँदैन– सत्ययुगका मालिक थियौँ।
सत्ययुगमा विश्वका मालिक थियौँ। फेरि ८४ जन्म लिएर सिँढी झर्दै-झर्दै सतोप्रधानबाट
सतो, रजो, तमोमा आएका छौ। पहिला सतोप्रधान थियौ, त्यतिबेला पारसबुद्धि थियौ, फेरि
आत्मामा अपवित्रता मिसिन्छ। मानिसहरूले बुझ्दैनन्। बाबा भन्नुहुन्छ– तिमीले केही
जानेका थिएनौ। अन्धविश्वास थियो। नजानिकन कसैको पूजा गर्नु वा याद गर्नु, त्यसलाई
अन्धविश्वास भनिन्छ। आफ्नो श्रेष्ठ धर्म, श्रेष्ठ कर्मलाई पनि बिर्सिनाले उनीहरू
कर्म भ्रष्ट, धर्म भ्रष्ट बन्छन्। भारतववर्षका मानिसहरू यस समयमा दैवी धर्मबाट पनि
भ्रष्ट भएका छन्। बाबा सम्झाउनुहुन्छ– वास्तवमा तिमी हौ प्रवृत्ति मार्गका। उनै
देवताहरूले अपवित्र बनेपछि देवीदेवता भन्न सक्दैनन्, त्यसैले नाम परिवर्तन गरेर
हिन्दु धर्म राखिदिएका छन्। यो पनि हुन्छ ड्रामा योजना अनुसार। सबैले एक बाबालाई नै
बोलाउँछन्– हे पतितपावन आउनुहोस्! उहाँ एक नै परमात्मा पिता (गड फादर) हुनुहुन्छ,
जो जन्ममरणरहित हुनुहुन्छ। यस्तो होइन– नाम-रूपबाट न्यारा कुनै चिज हुन्छ। आत्माको
वा परमात्माको रूप धेरै सूक्ष्म छ, जसलाई सितारा वा बिन्दु भनिन्छ। शिवको पूजा
गर्छन्, तर उहाँको त शरीर छैन। तर आत्मा बिन्दुको पूजा हुन सक्दैन, त्यसैले उहाँलाई
ठुलो बनाउँछन् पूजाको लागि। सम्झन्छन्– शिवको पूजा गर्छौँ। तर उहाँको रूप के हो,
त्यो जान्दैनन्। यी सबै कुरा बाबाले यस समयमा नै आएर सम्झाउनुहुन्छ। बाबा
भन्नुहुन्छ– तिमीले आफ्ना जन्महरूलाई जान्दैनौ। ८४ लाख योनिहरूको कुरा त एउटा गफ
लगाइदिएका छन्। अब बाबाले तिमी बच्चाहरूलाई बसेर सम्झाउनुहुन्छ। अहिले तिमी
ब्राह्मण बनेका छौ, फेरि देवता बन्नुछ। कलियुगी मनुष्य हुन् शूद्र। तिमी
ब्राह्मणहरूको लक्ष्य उद्देश्य हो मनुष्यबाट देवता बन्ने। यो मृत्युलोक पतित दुनियाँ
हो। नयाँ दुनियाँ त्यो थियो, जहाँ यी देवी-देवताहरूले राज्य गर्थे। एउटै यिनीहरूको
राज्य थियो। यिनीहरू सारा विश्वको मालिक थिए। अहिले त तमोप्रधान दुनियाँ हो। अनेक
धर्म छन्। यो देवीदेवता धर्म प्रायः लोप भएको छ। देवीदेवताहरूको राज्य कहिले थियो,
कति समयमा चल्यो, यो संसारको इतिहास भूगोल कसैलाई थाहा छैन। बाबाले नै आएर तिमीलाई
सम्झाउनुहुन्छ। यो हो ईश्वरीय विश्व विद्यालय, जसको लक्ष्य उद्देश्य हो अमरलोकको
देवता बनाउनु। यसलाई अमरकथा पनि भनिन्छ। तिमी यस ज्ञानबाट देवता बनेर कालमाथि विजय
पाउँछौ। त्यहाँ कहिल्यै कालले खान सक्दैन। मर्नेको त्यहाँ नाम हुँदैन। अहिले तिमीले
कालमाथि विजय पाइरहेका छौ, ड्रामाको योजना अनुसार। भारतवर्षका मानिसहरूले पनि ५
वर्ष वा १० वर्षको योजना बनाउँछन् नि। सम्झन्छन्– हामीले रामराज्य स्थापना गरिरहेका
छौँ। बेहदका बाबाको पनि योजना छ रामराज्य बनाउने। उनीहरू त सबै मनुष्य हुन्।
मनुष्यले त रामराज्य स्थापना गर्न सक्दैन। रामराज्य भनिन्छ नै सत्ययुगलाई। यी
कुराहरू कसैलाई थाहा छैन। मानिसहरूले कति भक्ति गर्छन्, जिस्मानी यात्राहरू गर्छन्।
दिन अर्थात् सत्ययुग-त्रेतामा यी देवताहरूको राज्य थियो। फेरि रातमा भक्तिमार्ग
सुरुहुन्छ। सत्ययुगमा भक्ति हुँदैन। ज्ञान, भक्ति, वैराग्य, यो कुरा बाबाले
सम्झाउनुहुन्छ। वैराग्य दुई प्रकारको छ– एउटा हो हठयोगी निवृत्ति मार्गवालाहरूको,
उनीहरू घरबार छोडेर जङ्गलमा जान्छन्। अब तिमीलाई त बेहदको संन्यास गर्नुछ, सारा
मृत्युलोकको। बाबा भन्नुहुन्छ– यो सारा दुनियाँ भस्मीभूत हुनेवाला छ। ड्रामालाई धेरै
राम्रोसँग बुझ्नुछ। जुम्रा जस्तै टिक टिक भइरहन्छ। जे जति हुन्छ, त्यो फेरि कल्प ५
हजार वर्षपछि हुबहु रिपिट हुन्छ। यसलाई धेरै राम्रोसँग बुझेर बेहदको संन्यास गर्नुछ।
मानौँ कोही बेलायत जान्छन्, भन्छन्– त्यहाँ हामीले यो ज्ञान पढ्न सक्छौँ? बाबा
भन्नुहुन्छ– हो, जहाँ बसेर पनि तिमीले पढ्न सक्छौ। यसमा पहिला ७ दिनको कोर्स
गर्नुपर्छ। धेरै सहज छ, आत्माले केवल यो बुझ्नुपर्छ। हामी सतोप्रधान विश्वका मालिक
थियौँ, त्यतिबेला सतोप्रधान थियौँ। अब तमोप्रधान बनेका छौँ। ८४ जन्ममा बिल्कुलै
कौडीतुल्य बनेका छौँ। अब फेरि हामी हीरातुल्य कसरी बनौँ? अहिले कलियुग छ, फेरि
अवश्य सत्ययुग हुनुछ, बाबाले कति सिम्पल तरिकाले सम्झाउनुहुन्छ, ७ दिनको कोर्स गरेर
ज्ञान बुझ्नुछ। कसरी हामी सतोप्रधानबाट तमोप्रधान बनेका हौँ। काम चितामा बसेर
तमोप्रधान बनेका हौँ। अब फेरि ज्ञान चितामा बसेर सतोप्रधान बन्नुछ। संसारको इतिहास
भूगोल रिपिट हुन्छ, चक्र घुमिरहन्छ नि। अहिले हो सङ्गमयुग, फेरि सत्ययुग हुन्छ।
अहिले हामी कलियुगी विकारी बनेका छौँ, फेरि सत्ययुगी निर्विकारी कसरी बन्छौँ? त्यसको
लागि बाबाले मार्ग बताउनुहुन्छ। बोलाउँछन् पनि– हामीमा कुनै गुण छैन। अब हामीलाई
यस्तो गुणवान बनाउनुहोस्। जो कल्प पहिला बनेका थिए, उनीहरूलाई नै फेरि बन्नुछ। बाबा
सम्झाउनुहुन्छ– सबैभन्दा पहिला त आफूलाई आत्मा सम्झ। आत्माले नै एउटा शरीर छोडेर
अर्को लिन्छ। अब तिमीलाई देहीअभिमानी बन्नुछ। अहिले नै तिमीलाई देहीअभिमानी बन्ने
शिक्षा मिल्छ। यस्तो होइन– तिमी सदा देहीअभिमानी रहन्छौ। होइन, सत्ययुगमा त नाम
शरीरका रहन्छन्। लक्ष्मी-नारायणको नाममा नै सारा कारोबार चल्छ। अहिले यो हो
सङ्गमयुग, जब बाबाले सम्झाउनुहुन्छ। तिमी नाङ्गै (अशरीरी) आएका थियौ, फेरि अशरीरी
बनेर फर्केर जानुछ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। यो हो रुहानी यात्रा।
आत्माले आफ्नो रुहानी बाबालाई याद गर्छ। बाबालाई याद गरेमा नै पाप भस्म हुन्छन्,
यसलाई योग अग्नि भनिन्छ। याद त तिमीले जहाँ पनि गर्न सक्छौ। ७ दिनमा सम्झाउनुपर्छ।
यो सृष्टिचक्र कसरी घुम्छ, कसरी हामी सिँढी झर्छौँ? अब फेरि यस एउटै जन्ममा चढ्तीकला
हुन्छ। बेलायतमा बच्चाहरू बस्छन्, त्यहाँ पनि मुरली जान्छ। यो स्कुल हो नि। वास्तवमा
यो हो ईश्वरीय विश्व विद्यालय। राजयोग गीताको नै हो। तर श्रीकृष्णलाई भगवान भनिँदैन।
ब्रह्मा-विष्णु-शङ्करलाई पनि देवता भनिन्छ। अहिले तिमीले पुरुषार्थ गरेर फेरि देवता
बन्छौ। प्रजापिता ब्रह्मा पनि अवश्य यहाँ हुन्छन् नि। प्रजापिता त मनुष्य हुन् नि।
प्रजा अवश्य यहाँ नै रचिन्छ। हम सो को अर्थ बाबाले धेरै सहज रीतिले सम्झाउनुभएको छ।
भक्तिमार्गमा त भनिदिन्छन्– हामी आत्मा सो परमात्मा, त्यसैले परमात्मालाई सर्वव्यापी
भनिदिन्छन्। बाबा भन्नुहुन्छ– सबैमा व्यापक छ आत्मा। म कसरी व्यापक हुन्छु र? तिमीले
मलाई बोलाउँछौ नै– हे पतितपावन आउनुहोस्, हामीलाई पावन बनाउनुहोस्! निराकार आत्माहरू
सबै आएर आआफ्नो रथ लिन्छन्। हरेक अकालमूर्त आत्माको तख्त हो यो। तख्त भन अथवा रथ भन।
बाबाको त रथ छैन। उहाँ निराकारको नै गायन गरिन्छ। न सूक्ष्म शरीर छ, न स्थूल शरीर
छ। निराकार आफै रथमा बसेपछि मात्र बोल्न सक्नुहुन्छ। रथबिना पतितहरूलाई पावन कसरी
बनाउनुहुन्छ? बाबा भन्नुहुन्छ– म निराकार आएर यिनको शरीर लोन लिन्छु। टेम्पररी लोन
लिएको छु, यिनलाई भाग्यशाली रथ भनिन्छ। बाबाले नै सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य
बताएर तिमी बच्चाहरूलाई त्रिकालदर्शी बनाउनुहुन्छ। अरू कुनै मनुष्यले यो ज्ञान
जान्न सक्दैनन्। यस समयमा सबै नास्तिक छन्। बाबा आएर आस्तिक बनाउनुहुन्छ।
रचयिता-रचनाको रहस्य बाबाले तिमीलाई बताउनुभएको छ। तर तिमी सिवाय अरू कसैले सम्झाउन
सक्दैन। तिमीले नै यस ज्ञानबाट फेरि यति उच्च पद पाउँछौ। यो ज्ञान केवल अहिले नै
तिमी ब्राह्मणहरूलाई मिल्छ। बाबा सङ्गममा नै आएर यो ज्ञान दिनुहुन्छ। सदगति दिने
दाता एक बाबा नै हुनुहुन्छ। मनुष्यले मनुष्यलाई सदगति दिन सक्दैन। तीनीहरू सबै गुरु
हुन् भक्तिमार्गका। सदगुरु एउटै हुनुहुन्छ, उहाँलाई भनिन्छ– वाह सदगुरु वाह! यसलाई
पाठशाला पनि भनिन्छ। लक्ष्य उद्देश्य नरबाट नारायण बन्ने हो। ती सबै भक्तिमार्गका
कथाहरू हुन्। गीताबाट पनि कुनै प्राप्ति हुँदैन। बाबा भन्नुहुन्छ– मैले तिमी
बच्चाहरूलाई सम्मुख आएर पढाउँछु, जसबाट तिमीले यो पद पाउँछौ। यसमा मुख्य हो पवित्र
बन्ने कुरा। बाबाको यादमा रहनुछ। यसमा नै मायाले विघ्न पार्छ। तिमीले बाबालाई याद
गर्छौ आफूले वर्सा पाउनको लागि। यो ज्ञान सबै बच्चाहरूको पासमा जान्छ। कहिल्यै पनि
मुरली मिस नहोस्। मुरली मिस हुनु अर्थात् गयल हुनु हो। मुरलीबाट जहाँ बसे पनि
रिफ्रेस भइरहन्छौ। श्रीमतमा चल्नुपर्छ। बाहिर गए भने बाबा सम्झाउनुहुन्छ– पवित्र
अवश्य बन्नुछ, वैष्णव भएर रहनुछ। वैष्णव पनि दुई प्रकारका हुन्छन्, वैष्णव,
वल्लभाचारी पनि हुन्छन् तर विकारमा जान्छन्। पवित्र त छैनन्। तिमी पवित्र बनेर
विष्णुवंशी बन्छौ। त्यहाँ तिमी वैष्णव हुन्छौ, विकारमा जाँदैनौ। त्यो हो अमरलोक, यो
हो मृत्युलोक, यहाँ विकारमा जान्छन्। अहिले तिमी विष्णुपुरीमा जान्छौ, त्यहाँ विकार
हुँदैन। त्यो हो निर्विकारी संसार। योगबलबाट तिमीले विश्वको बादसाही लिन्छौ। तिनीहरू
दुवै आपसमा लड्छन्, मखन बीचमा तिमीलाई मिल्छ। तिमीले आफ्नो राजधानी स्थापना गरिरहेका
छौ। सबैलाई यही सन्देश दिनुछ। साना बच्चाहरूको पनि हक छ। शिवबाबाका बच्चाहरू हुन्
नि। त्यसैले सबैको हक छ। सबैलाई भन्नुछ– आफूलाई आत्मा सम्झ। आमाबुबामा ज्ञान छ भने
बच्चाहरूलाई पनि सिकाउँछन्– शिवबाबालाई याद गर। शिवबाबा सिवाय दोस्रो न कोही। एकको
यादबाट नै तमोप्रधानबाट सतोप्रधान बन्नेछौ। यसमा पढाइ धेरै राम्रो चाहिन्छ। बेलायतमा
रहँदा पनि तिमीले पढ्न सक्छौ। यसमा किताब आदि केही पनि चाहिँदैन। जहाँ बसेर पनि
तिमीले पढ्न सक्छौ। बुद्धिले याद गर्न सक्छौ। यो पढाइ यति सहज छ। योग अथवा यादबाट
बल मिल्छ। तिमी अहिले विश्वको मालिक बनिरहेका छौ। बाबाले राजयोग सिकाएर पावन
बनाउनुहुन्छ। त्यो हो हठयोग, यो हो राजयोग। यसमा परहेज धेरै राम्रोसँग गर्नुपर्छ।
यी लक्ष्मी-नारायणजस्तै सर्वगुण सम्पन्न बन्नुछ नि। खानपीनको पनि परहेज चाहिन्छ, र
अर्को कुरा बाबालाई याद गर्नुछ, तब जन्मजन्मान्तरका पाप काटिन्छन्। यसलाई भनिन्छ
सहज राजयोग, राज्य भाग्य प्राप्त गर्नको लागि। राज्य भाग्य लिएनौ भने गरिब बन्छौ।
श्रीमतमा पूरा चल्नाले श्रेष्ठ बन्छौ। भ्रष्टबाट श्रेष्ठ बन्नुछ। त्यसको लागि
बाबालाई याद गर्नुछ। कल्प पहिला पनि तिमीले नै यो ज्ञान लिएका थियौ, जुन फेरि अब
लिन्छौ। सत्ययुगमा अरू कुनै राज्य थिएन। त्यसलाई भनिन्छ सुखधाम। अहिले यो हो
दुःखधाम र जहाँबाट हामी आत्माहरू आएका छौँ, त्यो हो शान्तिधाम। शिवबाबालाई आश्चर्य
लाग्छ– दुनियाँमा मानिसहरूले के के गर्छन्! बच्चा कम जन्मिउन् भनेर त्यसको लागि पनि
कति मेहनत गरिरहन्छन्। बुझ्दैनन्– यो त बाबाको नै काम हो। बाबाले तुरुन्तै एक धर्मको
स्थापना गरेर बाँकी सबै अनेक धर्महरूको विनाश गराइदिनुहुन्छ, एकै झट्कामा। उनीहरूले
कति औषधि आदि निकाल्छन्, जन्मदर कम गर्नको लागि। बाबाको पासमा त एउटै औषधि छ। एक
धर्मको स्थापना हुनुछ। त्यो समय आउँछ, सबैले भन्छन्– यिनीहरू त पवित्र बनिरहेका छन्।
फेरि औषधि आदिको पनि के आवश्यकता छ र। तिमीलाई बाबाले मनमनाभवको यस्तो औषधि दिनुभएको
छ, जसबाट तिमी २१ जन्मको लागि पवित्र बन्छौ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) पवित्र बनेर पक्का वैष्णव बन्नुछ। खानपीनको पनि पूरा परहेज गर्नुछ। श्रेष्ठ
बन्नको लागि श्रीमतमा अवश्य चल्नुछ।
२) मुरलीबाट स्वयंलाई
रिफ्रेस बनाउनुछ, जहाँ रहे पनि सतोप्रधान बन्ने पुरुषार्थ गर्नुछ। मुरली एक दिन पनि
मिस गर्नुछैन।
वरदान:–
स्वकल्याणको
प्रत्यक्ष प्रमाणद्वारा विश्वकल्याणको सेवामा सदा सफलतामूर्त भव
जसरी आजकाल हृदयाघात
(हर्टफेल) को शारीरिक रोग धेरै छ, त्यसैगरी आध्यात्मिक उन्नतिमा निराशाको रोग धेरै
छ। यस्ता निराश आत्माहरूमा यथार्थमा परिवर्तन देखेमा नै हिम्मत वा शक्ति आउन सक्छ।
धेरै सुनेका छन्, अब हेर्न चाहन्छन्। प्रमाणद्वारा परिवर्तन चाहन्छन्। त्यसैले
विश्वकल्याणको लागि स्वकल्याण पहिला नमुना रूपमा देखाऊ। विश्वकल्याणको सेवामा
सफलतामूर्त बन्ने साधन नै हो प्रत्यक्ष प्रमाण, यसबाट नै बाबाको प्रत्यक्षता हुनेछ।
जे बोल्छौ, त्यो तिम्रो स्वरूपबाट यथार्थमा देखियोस्, त्यसपछि मान्छन्।
स्लोगन:–
अर्काको
विचारलाई आफ्नो विचारसँग मिलाउनु– यही हो आदर गर्नु।
अव्यक्त इसारा:– अब
सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ
कर्मातीत बन्नको लागि
चेक गर– कहाँसम्म कर्महरूको बन्धनबाट न्यारा बनेका छौ? लौकिक र अलौकिक, कर्म र
सम्बन्ध दुवैमा स्वार्थ भावबाट मुक्त कहाँसम्म बनेका छौ? जब कर्महरूको हिसाबकिताब
वा कुनै पनि व्यर्थ स्वभाव संस्कारको वश हुनबाट मुक्त बन्छौ, तब कर्मातीत स्थितिलाई
प्राप्त गर्न सक्छौ। कुनै पनि सेवा, सङ्गठन, प्रकृतिको परिस्थिति स्वस्थिति वा
श्रेष्ठ स्थितिलाई डगमग नगरोस्। यस बन्धनबाट पनि मुक्त रहनु नै कर्मातीत स्थितिको
समीपता हो।