12.02.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमी धेरै ठुलो जौहरी हौ , तिमीले अविनाशी ज्ञान रत्नरूपी जुहारत दिएर सबैलाई धनवान बनाउनु छ।”

प्रश्न:–
आफ्नो जीवनलाई हीराजस्तो बनाउनको लागि कुन कुराको धेरै सम्हाल गर्नुपर्छ?

उत्तर:–
सङ्गतको। बच्चाहरूले सङ्गत उनीहरूको गर्नुपर्छ, जसले राम्ररी वर्षा गर्छन्। जो बर्सिँदैनन्, उनीहरूको सङ्गत गरेर फाइदा नै के! सङ्गतको दोष धेरै लाग्छ, कोही कसैको सङ्गतबाट हीराजस्ता बन्छन्, कोही फेरि कसैको सङ्गतबाट पत्थर बन्छन्। जो ज्ञानवान् हुन्छन्, उनीहरूले आफूसमान अवश्य पनि बनाउँछन्। सङ्गतबाट आफूलाई सम्हाल गर्छन्।

ओम् शान्ति ।
मीठा-प्यारा रूहानी बच्चाहरूलाई सारा सृष्टि, सारा ड्रामा राम्ररी बुद्धिमा याद छ। फरक पनि बुद्धिमा छ। यी सारा कुरा बुद्धिमा पक्का रहनुपर्छ– सत्ययुगमा सबै श्रेष्ठाचारी, निर्विकारी, पावन, सम्पन्न थिए। यतिबेला त दुनियाँ भ्रष्टाचारी, विकारी, पतित, कङ्गाल छ। अहिले तिमी बच्चाहरू सङ्गमयुगमा छौ। तिमी पारी गइरहेका छौ। जसरी नदी र सागरको जहाँ मिलन हुन्छ, त्यसलाई सङ्गम भनिन्छ। एकातिर मीठो पानी, अर्कोतिर नुनिलो पानी हुन्छ। अहिले पनि यो हो सङ्गम। तिमीलाई थाहा छ– अवश्य पनि सत्ययुगमा लक्ष्मी-नारायणको राज्य थियो फेरि चक्र यसरी घुम्यो। अहिले हो सङ्गम। कलियुगको अन्त्यमा सबै दु:खी छन्, यसलाई जङ्गल भनिन्छ। सत्ययुगलाई बगैँचा भनिन्छ। अहिले तिमी काँडाबाट फूल बनिरहेका छौ। यो स्मृति तिमी बच्चाहरूमा हुनुपर्छ। हामीले बेहदका बाबाबाट वर्सा लिइरहेका छौं। यो कुरा बुद्धिमा याद राख्नुपर्छ। ८४ जन्मको कथा त एकदम सामान्य छ। जानेका छौ– अब ८४ जन्म पूरा भए। तिम्रो बुद्धिमा भरिएको छ– हामी अहिले सत्ययुगी बगैँचामा गइरहेका छौं। अब हाम्रो जन्म यस मृत्युलोकमा हुँदैन। हाम्रो जन्म हुन्छ अमरलोकमा। शिवबाबालाई अमरनाथ पनि भनिन्छ। उहाँले हामीलाई अमर कहानी सुनाइरहनु भएको छ, त्यहाँ हामी शरीरमा भए पनि अमर हुन्छौं। आफ्नो खुसीले समय आएपछि शरीर छोड्ने छौं, त्यसलाई मृत्युलोक भनिँदैन। तिमीले कसैलाई सम्झायौ भने सम्झन्छन्– अवश्य पनि यिनमा त पूरा ज्ञान छ। सृष्टिको आदि र अन्त्य त हुन्छ नि। सानो बच्चा पनि जवान र वृद्ध हुन्छ फेरि अन्त्य आउँछ, फेरि बच्चा बन्छ। सृष्टि पनि नयाँ बन्छ फेरि चौथाई पुरानो, आधा पुरानो अनि पूरै पुरानो हुन्छ। फेरि नयाँ हुन्छ। यी सबै कुरा अरू कसैले सुनाउन सक्दैनन्। यस्तो चर्चा कसैले गर्न सक्दैनन्। तिमी ब्राह्मणहरू सिवाय अरू कसैलाई पनि रूहानी ज्ञान मिल्न सक्दैन। ब्राह्मण वर्णमा आएपछि मात्र यो ज्ञान सुन्छौ। केवल ब्राह्मणले नै जानेका छन्। ब्राह्मणहरूमा पनि नम्बरवार हुन्छन्। कसैले यथार्थ रीतिले सुनाउन सक्छन्, कसैले सुनाउन सक्दैनन् त्यसैले उनीहरूलाई केही पनि प्राप्त हुँदैन। जौहरीहरूमा पनि देखिन्छ कसैसँग त करोडौंको माल हुन्छ, कसैसँग त १० हजारको माल पनि हुँदैन। तिमीहरूमा पनि त्यस्तै छन्। जसरी हेर यी जनक (जानकी दादी) छिन्, यी राम्रो जौहरी हुन्। यिनीसँग मूल्यवान जुहारत छन्। कसैलाई पनि दिएर राम्रो धनवान बनाउन सक्छिन्। कुनै साना जौहरी छन्, धेरै ज्ञान दिन सक्दैनन् भने उनीहरूको पद पनि सानो हुन्छ। तिमीहरू सबै जौहरी हौ, यी अविनाशी ज्ञान रत्नहरूका जुहारत हौ। जोसँग राम्रा रत्न छन्, उनीहरू धनवान बन्छन्, अरूलाई पनि बनाउँछन्। यस्तो त होइन, सबै जौहरी राम्रा हुन्छन्। राम्रा राम्रा जौहरीलाई ठुला-ठुला सेवाकेन्द्रमा पठाइन्छ। ठुला मानिसहरूलाई राम्रा जुहारत दिइन्छ। ठुला-ठुला दोकानमा एक्सपर्ट (सिपालु) हुन्छन्। बाबालाई पनि भनिन्छ– सौदागर-रत्नागर। रत्नहरूको सौदा गर्नुहुन्छ फेरि जादुगर पनि हुनुहुन्छ किनकि उहाँसँग नै दिव्य दृष्टिको चाबी छ। कसैले नवधा भक्ति गरे भने उनीहरूलाई साक्षात्कार हुन्छ। यहाँ त्यो कुरा छैन। यहाँ त अनायास घरमा बस्दा पनि धेरैलाई साक्षात्कार हुन्छ। दिनप्रतिदिन सहज हुँदै जान्छ। कैयौंलाई ब्रह्माको र श्रीकृष्णको पनि साक्षात्कार हुन्छ। उनीहरूलाई भनिन्छ ब्रह्माकहाँ जाऊ। गएर उनीसँग राजकुमार बन्ने पढाइ पढ। पवित्र राजकुमार-राजकुमारी आउँछन् नि। राजकुमारलाई पवित्र पनि भन्न सकिन्छ। पवित्रताबाट जन्म हुन्छ नि। पतितलाई भ्रष्टाचारी भनिन्छ। पतितबाट पावन बन्नु छ, यो बुद्धिमा रहनुपर्छ। जोसुकैलाई पनि सम्झाउन सक्छौ। मनुष्यले सम्झन्छन्, यो त धेरै बुद्धिमान् छ। भन– हामीसँग कुनै शास्त्र आदिको ज्ञान छैन। यो हो रूहानी ज्ञान, जुन रूहानी बाबाले सम्झाउनुहुन्छ। यी हुन् त्रिमूर्ति ब्रह्मा, विष्णु, शङ्कर। यी पनि रचना हुन्। रचयिता एक बाबा हुनुहुन्छ, ती हुन् हदका रचयिता, यहाँ हुनुहुन्छ बेहदका पिता, बेहदका रचयिता। बाबाले बसेर पढाउनु हुन्छ, मेहनत गर्नुपर्छ। बाबाले फूल बनाउनु हुन्छ। तिमी हौ ईश्वरीय कुलका, तिमीलाई बाबाले पवित्र बनाउनुहुन्छ। यदि फेरि अपवित्र बन्यौ भने कुल कलङ्कित बन्छौ। बाबाले त जान्नुहुन्छ नि। फेरि धर्मराजद्वारा धेरै सजाय दिलाउनु हुन्छ। बाबाको साथमा धर्मराज पनि छन्। धर्मराजको कर्तव्य पनि अहिले पूरा हुन्छ। सत्ययुगमा त हुँदैहुँदैन। फेरि सुरु हुन्छ द्वापरदेखि। बाबाले बसेर कर्म, अकर्म र विकर्मको गति सम्झाउनुहुन्छ। भन्छन् नि– यसले पहिलाको जन्ममा यस्तो कर्म गरेको थियो, जसको यो कर्मभोग हो। सत्ययुगमा यस्तो भनिँदैन। नराम्रो कर्मको त्यहाँ नामै हुँदैन। यहाँ त राम्रो-नराम्रो दुवै हुन्छ। सुख-दु:ख दुवै हुन्छ। तर सुख धेरै कम हुन्छ। त्यहाँ फेरि दु:खको नाम हुँदैन। सत्ययुगमा दु:ख कहाँबाट आउँछ! तिमीले बाबाबाट नयाँ दुनियाँको वर्सा लिन्छौ। बाबा हुनुहुन्छ नै दु:खहर्ता सुखकर्ता। दु:ख कहिलेदेखि सुरुहुन्छ, यो पनि तिमीलाई थाहा छ। शास्त्रहरूमा त कल्पको अवधि नै लम्बा-चौडा लेखिदिएका छन्। अहिले तिमीलाई थाहा छ– आधाकल्पको लागि हाम्रो दु:ख हरिन्छ र हामीले सुख पाउँछौं। यो सृष्टिको चक्र कसरी घुम्छ, यसलाई बुझाउन धेरै सहज छ। यी सबै कुरा तिमी बाहेक अरू कसैको बुद्धिमा हुनसक्दैन। लाखौं वर्ष भनिदिनाले सबै कुरा बुद्धिबाट निस्कन्छ।

अहिले तिमीलाई थाहा छ– यो चक्र ५ हजार वर्षको हो। हिजोको कुरा हो, यी सूर्यवंशी-चन्द्रवंशीहरूको राज्य थियो। भनिन्छ पनि– ब्राह्मणहरूको दिन, यस्तो होइन शिवबाबाको दिन भनिन्छ। ब्राह्मणहरूको दिन, फेरि ब्राह्मणहरूको रात। ब्राह्मणको रीति फेरि भक्तिमार्गमा पनि चल्दै आउँछ। अहिले हो सङ्गम। न दिन हो, न रात हो। तिमीलाई थाहा छ– हामी ब्राह्मण नै फेरि देवता बन्छौं अनि त्रेतामा क्षत्रिय बन्छौं। यो कुरा त बुद्धिले राम्ररी याद गर। यी कुरालाई अरू कसैले जानेका छैनन्। उनीहरूले त भन्छन् शास्त्रहरूमा यति आयु लेखेको छ, तपाईँहरूले फेरि यो हिसाब कहाँबाट ल्याउनु भयो? यो अनादि ड्रामा बनिबनाऊ छ, यो कसैले जानेका छैनन्। तिमी बच्चाहरूको बुद्धिमा छ, आधाकल्प हुन्छ सत्ययुग-त्रेता अनि आधाबाट भक्ति सुरु हुन्छ। त्यो हुन्छ त्रेता र द्वापरको सङ्गम। द्वापरमा पनि यी शास्त्रहरू बिस्तारै बिस्तारै बन्छन्। भक्तिमार्गका सामग्री धेरै लम्बाचौडा छन्। जसरी वृक्ष कति लम्बाचौडा छ। यसको बीज हुनुहुन्छ बाबा। यो उल्टो वृक्ष हो। पहिला सुरुमा आदि-सनातन देवी-देवता धर्म हुन्छ। यो कुरा जुन बाबाले सुनाउनु हुन्छ, बिल्कुलै नयाँ छ। यो देवी-देवता धर्मको स्थापना गर्नेलाई कसैले चिनेको छैन। श्रीकृष्ण त बच्चा हुन्। ज्ञान सुनाउनेवाला हुनुहुन्छ बाबा। तर बाबाको नाम हटाएर बच्चाको नाम राखिदिएका छन्। श्रीकृष्णकै चरित्र आदि देखाउँछन्। बाबा भन्नुहुन्छ– लीला कुनै श्रीकृष्णको होइन। गायन पनि गर्छन्– हे प्रभु तिम्रो लीला अपरम्पार छ। लीला एकको नै हुन्छ। शिवबाबाको महिमा एकदम अलग्गै छ। उहाँ त सदा पावन हुनुहुन्छ, तर उहाँ पावन शरीरमा त आउन सक्नुहुन्न। उहाँलाई बोलाउँछन् नै– आएर पतित दुनियाँलाई पावन बनाउनुहोस्। त्यसैले बाबा भन्नुहुन्छ– मलाई पनि पतित दुनियाँमा आउनुपर्छ। यिनको धेरै जन्मको अन्त्यमा आएर प्रवेश गर्छु। त्यसैले बाबा भन्नुहुन्छ– मुख्य कुरा अल्फलाई याद गर, अरू सबै हुन् खुद्रा कुरा। यो कुरा सबैले त धारण गर्न सक्दैनन्। जसले धारण गर्न सक्छ उसलाई मैले सम्झाउँछु। अरूलाई त भनिदिन्छु मनमनाभव। नम्बरवार बुद्धि त हुन्छ नि। बादल पनि कुनै त खुब बर्सिन्छ, कुनै अलिकति बर्सिएर जान्छ। तिमी पनि बादल हौ नि। कुनै त कत्ति पनि बर्सिँदैनन्। ज्ञानलाई खिच्ने तागत हुँदैन। मम्मा-बाबा राम्रा बादल हुन् नि। बच्चाहरूले सङ्गत उनीहरूको गर्नुपर्छ जो राम्ररी बर्सिन्छन्। जो बर्सिँदै बर्सिँदैनन् उनीहरूको सङ्गत गरेर के हुन्छ? सङ्गतको दोष पनि धेरै लाग्छ। कोही त कसैको सङ्गतबाट हीरा जस्ता बन्छन्, कोही फेरि कसैको सङ्गतबाट पत्थर बन्छन्। पछाडि लाग्नुपर्छ असल मानिसको। जो ज्ञानवान छ, उसले आफू समान सम्पूर्ण बनाउँछ। सत्य बाबाबाट जो ज्ञानवान र योगी बनेका छन् उनीहरूको सङ्गत गर्नुपर्छ। यस्तो सम्झनु हुँदैन– म फलानाको पुच्छर समातेर पार हुन्छु। यस्तो धेरैले भन्छन्। तर यहाँ त त्यो कुरा छैन। विद्यार्थीले कसैको पुच्छर समातेर पास हुन्छन् र! पढ्नुपर्छ नि। बाबाले पनि आएर ज्ञान दिनुहुन्छ। यतिबेला उहाँले जान्नुहुन्छ मैले ज्ञान दिनुपर्छ। भक्तिमार्गमा उनीहरूको बुद्धिमा मैले गएर ज्ञान दिनु छ, यो कुरा हुँदैन–। यो सबै ड्रामामा निश्चित छ। बाबाले केही गर्नुहुन्न। ड्रामामा दिव्य दृष्टि मिल्ने पार्ट छ भने साक्षात्कार हुन्छ। बाबा भन्नुहुन्छ– म बसेर साक्षात्कार गराउँछु, यस्तो होइन। यो ड्रामामा निस्चित छ। यदि कसैले देवीको साक्षात्कार गर्न चाहन्छ भने देवीले त गराउँदिनन् नि। भन्छन्– हे भगवान, मलाई साक्षात्कार गराउनुहोस्। बाबा भन्नुहुन्छ– ड्रामामा रहेछ भने मात्र हुन्छ। म पनि ड्रामामा बाँधिएको छु।

बाबा भन्नुहुन्छ– म यो सृष्टिमा आएको छु। यिनको मुखबाट म बोलिरहेको छु, यिनको आँखाबाट तिमीहरूलाई हेरिरहेको छु। यदि यो शरीर नभएको भए कसरी देख्नसक्थेँ? पतित दुनियाँमा नै मलाई आउनुपर्छ। स्वर्गमा त मलाई बोलाउँदै बोलाउँदैनन्। मलाई बोलाउँछन् नै सङ्गममा। सङ्गमयुगमा आएर शरीर लिएपछि मात्रै देख्छु। निराकार रूपबाट त केही देख्न सक्दिनँ। अङ्गहरू नभई आत्माले केही पनि गर्न सक्दैन। बाबा भन्नुहुन्छ– मैले कसरी देख्न सक्छु, कसरी चल्बलाउन सक्छु, शरीर बिना। यो त अन्धश्रद्धा हो, भन्छन्– ईश्वरले सबै कुरा देख्नुहुन्छ, सबै कुरा उहाँले गर्नुहुन्छ। देख्नुहुन्छ फेरि कसरी? अङ्ग मिलेपछि मात्र देख्नुहुन्छ नि। बाबा भन्नुहुन्छ– राम्रो वा नराम्रो काम हरेकले ड्रामा अनुसार गर्छन्। यो ड्रामामा निश्चित हुन्छ। मैले कहाँ यति करोडौं मनुष्यहरूको हिसाब राख्छु र, मलाई शरीर प्राप्त भएपछि सबै कुरा गर्छु। त्यसैले गर्नेगराउनेवाला पनि भन्छन्। नत्र त भन्न सक्दैनन्। म जब यिनमा आउँछु तब आएर पावन बनाउँछु। माथि आत्माले के गर्छ? शरीरबाट नै पार्ट खेलिन्छ नि। मैले पनि यहाँ आएर पार्ट खेल्छु। सत्ययुगमा मेरो पार्ट छँदैछैन। पार्ट नभइकन कसैले केही गर्न सक्दैन। शरीर विना आत्माले केही गर्न सक्दैन। आत्मालाई बोलाइन्छ, त्यो पनि शरीरमा आएर बोल्छ नि। अङ्गहरू विना केही गर्न सक्दैन। यो हो विस्तृत ज्ञान। मुख्य कुरा त भनिन्छ– बाबा र वर्सालाई याद गर। बेहदका बाबा यति महान् हुनुहुन्छ, उहाँबाट वर्सा कहिले मिल्छ– यो कसैलाई थाहा छैन। भन्छन्– आएर दु:ख हर्नुहोस्, सुख दिनुहोस्, तर कहिले? यो कसैलाई पनि थाहा छैन। तिमी बच्चाहरूले अहिले नयाँ कुरा सुनिरहेका छौ। तिमीलाई थाहा छ– हामी अमर बनिरहेका छौं, अमरलोकमा गइरहेका छौं। तिमी अमरलोकमा कति पटक गएका छौ? अनेक पटक। यसको कहिल्यै अन्त्य हुँदैन। धेरैले भन्छन्– के मोक्ष प्राप्त हुन सक्दैन? भन, सक्दैन। यो अनादि अविनाशी ड्रामा हो, यो कहिल्यै विनाश हुनसक्दैन। यो चक्र त अनादि घुमि नै रहन्छ। तिमी बच्चाहरूले यतिबेला सच्चा साहेबलाई चिन्छौ। तिमी संन्यासी हौ नि। फकीर होइनौ। संन्यासीहरूलाई पनि फकीर भनिन्छ। तिमी राजऋषि हौ, ऋषिलाई संन्यासी भनिन्छ। अहिले तिमी अमीर बनेका छौ। भारतवर्ष कति अमीर थियो, अहिले कसरी फकिर बनेको छ। बेहदका बाबा आएर बेहदको वर्सा दिनुहुन्छ। गीत पनि छ– बाबा हजुरले जे दिनुहुन्छ त्यो कसैले दिन सक्दैन। हजुरले हामीलाई विश्वको मालिक बनाउनु हुन्छ, जसलाई कसैले लुट्न सक्दैन। यस्ता प्रकारका गीत बनाउनेहरूले अर्थ जानेका छैनन्। तिमीलाई थाहा छ– त्यहाँ विभाजन आदि केही पनि हुँदैन। यहाँ त कति विभाजन छ। त्यहाँ धरती आकाश सारा तिम्रो हुन्छ। त्यसैले बच्चाहरूमा यति खुसी हुनुपर्छ नि। सदैव सम्झ– शिवबाबाले सुनाउनु हुन्छ किनकि उहाँले कहिल्यै विदा लिनुहुन्न, कहिल्यै बिरामी हुनुहुन्न। याद शिवबाबाको नै हुनुपर्छ। उहाँलाई भनिन्छ निरहङ्कारी। मैले यो गरेँ, मैले यो गरेँ, यो अहङ्कार आउनुहुँदैन। सेवा गर्नु त कर्तव्य हो, यसमा अहङ्कार आउनुहुँदैन। अहङ्कार आयो भने गिर्यो। सेवा गरिराख, यो हो रूहानी सेवा। अरू सबै हुन् जिस्मानी। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) बाबाले जे पढाउनु हुन्छ, त्यसको सट्टा फूल बनेर देखाउनु छ। मेहनत गर्नु छ। कहिल्यै ईश्वरीय कुलको बदनाम गर्नु छैन, जो ज्ञानवान र योगी छन्, उनीहरूकै सङ्गत गर्नु छ।

२) मैपनलाई त्यागी निरहङ्कारी बनेर रूहानी सेवा गर्नु छ, यसलाई आफ्नो कर्तव्य सम्झनु छ। अहङ्कारमा आउनु हुँदैन।

वरदान:–
व्यर्थलाई पनि शुभ भाव र श्रेष्ठ भावनाद्वारा परिवर्तन गर्ने सच्चा मरजीवा भव

बापदादाको श्रीमत छ– प्यारा बच्चाहरू! व्यर्थ कुराहरू न त सुन, न सुनाऊ र न सोच। सदा शुभ भावनाले सोच, शुभ बोल बोल। व्यर्थलाई पनि शुभ भावले सुन। शुभ चिन्तक बनेर बोलको भावलाई परिवर्तन गरिदेऊ। सदा भाव र भावना श्रेष्ठ राख, स्वयंलाई परिवर्तन गर न कि अरूको परिवर्तनको बारेमा सोच। स्वयंको परिवर्तन नै अरूको परिवर्तन हो, यसमा पहिले म– यो मरजीवा बन्नुमा नै मजा छ, यसलाई नै महाबली भनिन्छ। यसमा खुशीले मर– यो मर्नु नै जिउनु हो, यही सच्चा जीवनदान हो।

स्लोगन:–
सङ्कल्पहरूको एकाग्रताले श्रेष्ठ परिवर्तनमा तीव्र गति ल्याउँछ।