12.02.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यो विनाश को समय हो , रावणले सबैलाई चिहानमा पुरि दिएको छ , बाबा अमृत वर्षा गरेर साथ ै लैजान आउनुभएको छ।”

प्रश्न:–
शिवबाबालाई भोला भण्डारी पनि भनिन्छ– किन?

उत्तर:–
किनकि शिव भोलानाथ आएको बेलामा उहाँले गणिकाहरू, अहिल्याहरू, कुब्जाहरूको पनि कल्याण गरेर उनीहरूलाई विश्वको मालिक बनाइदिनुहुन्छ। आउनुहुन्छ पनि हेर न पतित दुनियाँ र पतित शरीरमा, त्यसैले भोला हुनुभयो नि। भोला बाबाको डाइरेक्सन छ– प्यारा बच्चाहरू! अब अमृत पिऊ, विकाररूपी विषलाई छोडिदेऊ।

गीत:–
दूरदेश का रहने वाला...

ओम् शान्ति ।
रुहानी बच्चाहरूले गीत सुन्यौ अर्थात् रुहहरूले यो शरीरका कान कर्मेन्द्रियहरूद्वारा गीत सुन्यौ। दुर देशका मुसाफिर (यात्री) आउँछन्, तिमी पनि मुसाफिर हौ नि। जति पनि मनुस्य आत्माहरू छन् तिनीहरू सबै मुसाफिर हुन्। आत्माहरूको कुनै पनि घर छैन। आत्मा निराकार हो। निराकारी दुनियाँमा रहने निराकारी आत्माहरू हुन्। त्यसलाई निराकारी आत्माहरूको घर, देश वा लोक भनिन्छ, यसलाई जीव आत्माहरूको देश भनिन्छ। त्यो हो आत्माहरूको देश। फेरि आत्माहरू यहाँ आएर शरीरमा प्रवेश गरेपछि निराकारबाट साकार बन्छन्। यस्तो होइन– आत्माको कुनै रूप छैन। रूप पनि अवश्य छ, नाम पनि छ। यति सानो आत्माले कति पार्ट खेल्छ, यो शरीरद्वारा। हरेक आत्मामा पार्ट खेल्ने कति रेकर्ड भरिएको छ। रेकर्ड एक पटक भरिन्छ फेरि जति पटक रिपिट भए पनि त्यही चल्छ। त्यसैगरी आत्मा पनि यो शरीरभित्र रेकर्ड हो, जसमा ८४ जन्मको पार्ट भरिएको छ। जसरी बाबा निराकार हुनुहुन्छ, त्यसैगरी आत्मा पनि निराकार छ, कतै कतै शास्त्रमा लेखिदिएका छन्– उहाँ नाम रूपबाट न्यारा हुनुहुन्छ, तर नाम रूपबाट न्यारा कुनै वस्तु हुँदैन। आकाश पनि पोलार हो। नाम त छ नि “आकाश”। बिना नामको कुनै चिज हुँदैन। मानिसहरूले भन्छन्– परमपिता परमात्मा। अब सुदुर देशमा त सबै आत्माहरू रहन्छन्। यो साकार देश हो, यसमा पनि दुई थरीको राज्य चल्छ– रामराज्य र रावण राज्य। आधाकल्प हुन्छ रामराज्य, आधाकल्प हुन्छ रावण राज्य। बाबाले कहाँ कहिल्यै बच्चाहरूको लागि दुःखको राज्य बनाउनुहुन्छ र! भन्छन्– ईश्वरले नै दुःखसुख दिनुहुन्छ। बाबा सम्झाउनुहुन्छ– मैले कहिल्यै बच्चाहरूलाई दुःख दिन्नँ। मेरो नाम नै हो दुःखहर्ता सुखकर्ता। यो मानिसहरूको भुल हो। ईश्वरले कहिल्यै दुःख दिनुहुन्न। यस समयमा छ नै दुःखधाम। आधाकल्प रावण राज्यमा दुःख नै दुःख मिल्छ। रत्तिभर सुख हुँदैन। सुखधाममा फेरि दुःख नै हुँदैन। बाबाले स्वर्गको रचना रच्नुहुन्छ। अहिले तिमी छौ सङ्गममा। यसलाई नयाँ दुनियाँ त कसैले पनि भन्दैनन्। नयाँ दुनियाँको नाम नै हो सत्ययुग। त्यही फेरि पुरानो हुन्छ, त्यसलाई कलियुग भनिन्छ। नयाँ चिज राम्रो र पुरानो चिज नराम्रो देखिन्छ, त्यसैले पुरानो चिजलाई समाप्त गरिन्छ। मानिसहरूले विषलाई नै सुख सम्झन्छन्। गायन गरिन्छ पनि– अमृत छोडेर विष किन खान्छौ। फेरि भनिन्छ– तेरे भाने सर्व का भला (तिम्रो चढ्ती कलामा सबैको भलो हुन्छ)। हजुरले आएर जे गर्नुहुन्छ त्यसबाट भलो नै हुन्छ। नत्र रावणराज्यमा मानिसले नराम्रो काम नै गर्छन्। यो त अब बच्चाहरूलाई थाहा भयो– गुरुनानकक आएको ५०० वर्ष भयो फेरि कहिले आउनुहुन्छ? त्यसपछि भन्छन्– उहाँको आत्मा त ज्योति ज्योतिमा समाहित भयो। फेरि कसरी आउनुहुन्छ। तिमीले भन्छौ– आजदेखि ४५०० वर्षपछि फेरि गुरुनानक आउनुहुन्छ। तिम्रो बुद्धिमा सारा विश्वको इतिहास भूगोल चक्कर लगाइरहन्छ। यस समयमा सबै तमोप्रधान छन्, यसलाई कयामतको समय भनिन्छ। सबै मानिस मानौँ मरेका छन्। सबैको ज्योति निभेको छ। बाबा आउनुहुन्छ सबैलाई जगाउन। प्यारा बच्चाहरू जो काम चितामा बसेर भस्म भएका छन्, उनीहरूलाई अमृत वर्षाले जगाएर साथमा लैजानुहुन्छ। माया रावणले काम चितामा बसाएर चिहानमा पुरिदिएको छ। सबै सुतेका छन्। अब बाबाले ज्ञान अमृत पिलाउनुहुन्छ। तर कहाँ यो ज्ञान अमृत र कहाँ त्यो पानी। सिखहरूको महान् पर्वको दिन धेरै धुमधामले तलाउ सफा गर्छन्, माटो निकाल्छन् त्यसैले नाम नै राखेका छन्– अमृतसर। अमृतको तलाउ। गुरुनानकले पनि बाबाको महिमा गरेका छन्। आफै भन्छन्– एको ॐकार, सत नाम... उहाँ सदैव सत्य बोल्नुहुन्छ। सत्यनारायणको कथा छ नि। मानिसहरूले भक्तिमार्गमा कति कथाहरू सुन्दै आएका छन्। अमरकथा, तीजरीको कथा... भनिन्छ– शङ्करले पार्वतीलाई कथा सुनाए। उनी त सूक्ष्मवतनमा रहन्छन्, त्यहाँ फेरि कुन कथा सुनाए? यी सबै कुराहरू बाबा बसेर सम्झाउनुहुन्छ– वास्तवमा तिमीलाई अमरकथा सुनाएर अमरलोकमा लैजान म आएको हुँ। मृत्युलोकबाट अमरलोकमा लैजान्छु। बाँकी सूक्ष्मवतनमा पार्वतीले के नराम्रो कर्म गरिन् र उनलाई अमरकथा सुनाउनुहुन्छ। शास्त्रमा त अनेक कथाहरू लेखिदिएका छन्। सत्य नारायणको सत्य कथा त छैन। तिमीले कति सत्य नारायणका कथाहरू सुनेका छौ होला। फेरि सत्य नारायण कोही बन्छन् र! झन् गिर्दै जान्छन्। अहिले तिमीले बुझेका छौ– हामी नरबाट नारायण, नारीबाट लक्ष्मी बन्छौँ। यो हो अमरलोकमा जानका लागि सत्य सत्य नारायणको कथा, तीजरीको कथा। तिमी आत्माहरूलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ। बाबा सम्झाउनुहुन्छ– तिमी नै पूज्य गुलगुल फूल थियौ फेरि ८४ जन्मपछि तिमी नै पुजारी बनेका छौ त्यसैले गाइएको छ– आफै पूज्य, आफै पुजारी। बाबा भन्नुहुन्छ– म त सदैव पूज्य छु। तिमीलाई आएर पुजारीबाट पूज्य बनाउँछु। यो हो पतित दुनियाँ। सत्ययुगमा पूज्य पावन मानिस, यस समयमा छन् पुजारी पतित मानिस। साधुसन्तले गाइरहन्छन्– पतित-पावन सीताराम। यी शब्द सही छन् ... सबै सीताहरू ब्राइडहरू (दुलहीहरू) हुन्। भन्छन्– हे राम आएर हामीलाई पावन बनाउनुहोस्! सबै भक्तिनीहरूले पुकार्छन्, आत्माले पुकार्छ– हे राम! गान्धीजीले पनि गीता सुनाएर पूरा गर्थे त्यसपछि भन्थे– हे पतित-पावन सीताराम! अहिले तिमीलाई थाहा छ, गीता कुनै श्रीकृष्णले सुनाएका होइनन्। बाबा भन्नुहुन्छ– मन्तव्य (ओपिनियन) लिइराख– ईश्वर सर्वव्यापी हुनुहुन्न। गीताका भगवान शिव हुनुहुन्छ, न कि श्रीकृष्ण। पहिला त सोध– गीताका भगवान कसलाई भनिन्छ। भगवान निराकारलाई भनिन्छ वा साकारलाई? श्रीकृष्ण त साकार हुन्। शिव निराकार हुनुहुन्छ। उहाँले केवल यो तनको लोन लिनुहुन्छ। बाँकी माताको गर्भबाट जन्म लिनुहुन्न। शिवको शरीर छैन। यहाँ यो मनुष्य लोकमा स्थूल शरीर हुन्छ। बाबा आएर सत्य सत्य नारायणको कथा सुनाउनुहुन्छ। बाबाको महिमा हो– पतित-पावन, सर्वका सदगतिदाता, सर्वको मुक्तिदाता, दुःखहर्ता सुखकर्ता। अच्छा, सुख कहाँ हुन्छ? यहाँ हुन सक्दैन। सुख मिल्छ अर्को जन्ममा, जुनबेला पुरानो दुनियाँ खतम हुन्छ र स्वर्गको स्थापना हुनेछ। अच्छा, केबाट मुक्त गर्नुहुन्छ? रावणको दुःखबाट। यो त दुःखधाम हो नि। अच्छा फेरि गाइड पनि बन्नुहुन्छ। यो शरीर त यहीँ खतम हुन्छ। बाँकी आत्माहरूलाई लैजानुहुन्छ। पहिला साजन फेरि सजनी जान्छिन्। उहाँ हुनुहुन्छ अविनाशी सुन्दर साजन। सबैलाई दुःखबाट छुटाएर पवित्र बनाएर घर लैजानुहुन्छ। विवाह गरेर फर्केर आउँदा पहिला हुन्छन् घोट (पति)। पछाडि ब्राइड दुलही रहन्छिन् फेरि जन्ती हुन्छन्। अहिले तिम्रो माला पनि त्यस्तै छ। माथि शिवबाबा फूल, उहाँलाई नमस्कार गर्छौ। फेरि युगल दाना ब्रह्मा-सरस्वती। फेरि हुन्छौ तिमीहरू, जो बाबाका मदतगार बन्छौ। फूल शिवबाबाको यादबाट नै सूर्यवंशी, विष्णुको माला बनेका छौ। ब्रह्मासरस्वती सो लक्ष्मीनारायण बन्छन्। लक्ष्मीनारायण सो ब्रह्मासरस्वती बन्छन्। यिनीहरूले मेहनत गरेका छन् त्यसैले पुजिन्छन्। कसैलाई थाहा छैन– माला के चिज हो। त्यत्तिकै माला जपिरहन्छन्। १६१०८ को पनि माला हुन्छ। ठुला ठुला मन्दिरमा यो माला राखिएको हुन्छ फेरि कसैले कताबाट, कसैले कताबाट तानेर जप्छन्। बाबा मुम्बईमा लक्ष्मीनारायणको मन्दिरमा जानुहुन्थ्यो, गएर माला जप्नुहुन्थ्यो, राम राम जप्नुहुन्थ्यो किनकि फूल एक बाबा मात्रै हुनुहुन्छ नि। फूललाई नै राम राम भनिन्छ। फेरि सारा मालामा ढोग्छन्। ज्ञान केही पनि हुँदैन। पादरीले पनि हातमा माला जपिरहन्छन्। सोध– कसको माला जप्नुहुन्छ? उनीहरूलाई पनि थाहा छैन। भनिदिन्छन्– क्राइस्टको यादमा जप्छौँ । उनीहरूलाई यो थाहा छैन– क्राइस्टको स्वयम् आफ्नो आत्मा कहाँ छ। तिमीलाई थाहा छ– क्राइस्टको आत्मा अहिले तमोप्रधान छ। तिमी पनि तमोप्रधान भिखारी थियौ। अब बेगर टु प्रिन्स (भिखारीबाट राजकुमार) बन्छौ। यो भारतवर्ष सम्पन्न थियो, अहिले भिखारी छ फेरि बन्नेछ। बनाउनेवाला बाबा हुनुहुन्छ। तिमी मनुष्यबाट राजकुमार बन्छौ। एउटा राजकुमार कलेज पनि थियो, जहाँ राजकुमार-राजकुमारी गएर पढ्थे।

तिमी यहाँ पढेर २१ जन्मका लागि स्वर्गमा राजकुमार-राजकुमारी बन्छौ। यिनी श्रीकृष्ण राजकुमार हुन् नि। उनको ८४ जन्मको कहानी लेखिएको छ। मानिसहरूलाई के जानुन्। यी कुराहरू केवल तिमीलाई थाहा छ। “भगवानुवाच” उहाँ सबैका पिता हुनुहुन्छ। तिमीले परमपिता परमात्माबाट सुन्छौ, जसले स्वर्गको स्थापना गर्नुहुन्छ। त्यसलाई भनिन्छ नै सचखण्ड। यो हो झुटखण्ड। सचखण्ड त बाबाले स्थापना गर्नुहुन्छ। झुटखण्ड रावणले स्थापना गर्छ। रावणको रूप बनाउँछन्, अर्थ केही बुझ्दैनन्, कसैलाई पनि थाहा छैन– आखिर रावण को हो, जसलाई मार्छन् तर ऊ फेरि जिउँदो हुन्छ। वास्तवमा ५ विकार स्त्रीका, ५ विकार पुरुषका... यसलाई रावण भनिन्छ। त्यसलाई मार्छन्। रावणलाई मारेर फेरि सुन लुट्छन्।

तिमी बच्चाहरूलाई थाहा छ– यो हो काँडाहरूको जङ्गल। मुम्बईमा बबुलनाथको मन्दिर पनि छ। बाबा आएर काँडाहरूलाई फूल बनाउनुहुन्छ। सबैले एकअर्कालाई काँडाले घोचिरहन्छन् अर्थात् काम कटारी चलाइरहन्छन्, त्यसैले यसलाई काँडाहरूको जङ्गल भनिन्छ। सत्ययुगलाई गार्डेन अफ अल्लाह (ईश्वरको बगैँचा) भनिन्छ, तिनै फूलहरू काँडा बन्छन् फेरि काँडाहरूबाट फूल बन्छन्। अहिले तिमीले ५ विकारहरूमाथि विजय पाउँछौ। यो रावण राज्यको विनाश त हुनु नै छ। आखिर ठुलो लडाइँ पनि हुनेछ। सत्य सत्य विजयादशमी पनि हुनुछ। रावणराज्य नै समाप्त हुन्छ फेरि तिमीले लङ्का लुट्नेछौ। तिमीलाई सुनका महल मिल्नेछन्। अहिले तिमीले रावणमाथि विजय प्राप्त गरेर स्वर्गको मालिक बन्छौ। बाबाले सारा विश्वको राज्य भाग्य दिनुहुन्छ त्यसैले उहाँलाई शिव भोला भण्डारी भनिन्छ। गणिकाहरू, अहिल्याहरू, कुब्जाहरू... सबैलाई बाबाले विश्वको मालिक बनाउनुहुन्छ। बाबा कति भोला हुनुहुन्छ। आउनुहुन्छ पनि पतित दुनियाँ, पतित शरीरमा। बाँकी जो स्वर्गको लायक छैनन्, उनीहरूले विष पिउन छोड्दै छोड्दैनन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब यो अन्तिम जन्म पावन बन। यो विकारले तिमीलाई आदि-मध्य-अन्त्य दुःखी बनाउँछ। के तिमीले यो एक जन्मका लागि विष पिउन छोड्न सक्दैनौ? मैले तिमीलाई अमृत पिलाएर अमर बनाउँछु फेरि पनि तिमी पवित्र बन्दैनौ! विषबिना, धुम्रपान, मदिरा बिना रहन सक्दैनौ! म बेहदको बाबाले तिमीलाई भन्छु– प्यारा बच्चाहरू! यो एक जन्मका लागि पावन बन्यौ भने तिमीलाई स्वर्गको मालिक बनाउँछु। पुरानो दुनियाँको विनाश र नयाँ दुनियाँको स्थापना गर्नु– यो बाबाको नै काम हो। बाबा आउनुभएको छ सारा दुनियाँलाई दुःखबाट मुक्त गरेर सुखधाम-शान्तिधाममा लैजान। अब सबै धर्म विनाश हुन्छन्। एक आदि सनातन देवीदेवता धर्मको फेरि स्थापना हुन्छ। ग्रन्थमा पनि परमपिता परमात्मालाई अकालमूर्त भनिन्छ। महाकाल बाबा, कालहरूका काल हुनुहुन्छ। त्यो कालले त एकदुई जनालाई लैजान्छ। मैले त सबै आत्माहरूलाई लैजान्छु त्यसैले मलाई महाकाल भन्छन्। बाबा आएर तिमी बच्चाहरूलाई कति समझदार बनाउनुहुन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूपति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) यो अन्तिम जन्ममा विषलाई त्यागेर अमृत पिउनु र पिलाउनुछ। पावन बन्नुछ। काँडाहरूलाई फूल बनाउने सेवा गर्नुछ।

२) विष्णुको गलाको मालाको दाना बन्नको लागि बाबाको यादमा रहनुछ, पूरा पूरा मदतगार बनेर बाबासमान दुःखहर्ता बन्नुछ।

वरदान:–
आफ्नो अलौकिक रुहानी वृत्तिद्वारा सर्व आत्माहरूमाथि आफ्नो प्रभाव पार्ने मास्टर ज्ञान सूर्य भव

जसरी कुनै आकर्षण गर्ने चिजले आसपासको चिजलाई आफूतिर आकर्षित गर्छ, त्यतैतिर सबैको अटेन्सन जान्छ। त्यसैगरी तिम्रो वृत्ति अलौकिक, रुहानियत भइसकेपछि तिम्रो प्रभाव अनेक आत्माहरूमाथि स्वतः पर्नेछ। अलौकिक वृत्ति अर्थात् न्यारा र प्यारापनको स्थितिले स्वतः अनेक आत्माहरूलाई आकर्षित गर्छ। यस्ता अलौकिक शक्तिशाली आत्माहरूले मास्टर ज्ञान सूर्य बनेर आफ्नो प्रकाश चारैतिर फैलाउँछन्।

स्लोगन:–
सदा स्वमानको सिटमा स्थित रह्यौ भने सर्व शक्तिहरूले तिम्रो अर्डर मान्छन्।

अव्यक्त इसारा:– एकता र विश्वासको विशेषताद्वारा सफलता सम्पन्न बन।

ज्ञानी बन्नुको साथसाथै स्नेही बन। स्वको सेवा नै विश्व सेवाको आधार हो। सेवामा केवल दुई शब्द याद राख– एक निमित्त हुँ, अर्को निर्मान बन्नु नै छ, यसबाट एकताको वातावरण बन्छ। एक-अर्काको सहयोगी बन्नेछौ। तेरो-मेरो, मान-शान, टकरावका भावनाहरू समाप्त हुनेछन्।