12.03.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबाले अहिले तिम्रो पालना गरिरहनुभएको छ , पढाइरहनुभएको छ। घरमा नै सल्लाह दिइरहनुभएको छ , त्यसैले कदम कदममा सल्लाह लिइराख तब उच्च पद मिल्छ।”

प्रश्न:–
सजायहरूबाट छुट्नको लागि कुनचाहिँ धेरै समयको पुरुषार्थ चाहिन्छ?

उत्तर:–
नष्टोमोहा बन्ने। कसैमा पनि ममत्व नहोस्। आफ्नो दिलसँग सोध्नु छ– मेरो कसैमा मोह त छैन? कुनै पनि पुरानो सम्बन्ध अन्त्यमा याद नआओस्। योगबलले सबै हिसाब-किताब चुक्ता गर्नु छ अनि मात्रै विना सजाय उच्च पद मिल्नेछ।

ओम् शान्ति ।
अहिले तिमी कसको सामुन्ने बसेका छौ? बापदादाको। बाबा पनि भन्नुपर्छ भने दादा पनि भन्नुपर्छ। बाबा पनि यस दादाद्वारा तिम्रो सम्मुख बस्नुभएको छ। तिमी बाहिर रहन् भने त्यहाँ तिमीले बाबालाई याद गर्नुपर्छ। चिट्ठी लेख्नुपर्छ। यहाँ तिमी सम्मुख छौ। कोसँग कुराकानी गर्छौ–? बापदादासँग। उहाँ हुनुहुन्छ उच्चभन्दा उच्च दुई अथोरिटी। ब्रह्मा हुनुहुन्छ साकार र शिव हुनुहुन्छ निराकार। अहिले तिमीलाई थाहा छ– सर्वोच्च अथोरिटी, बाबासँग कसरी मिल्नुपर्छ! बेहदको पिता जसलाई पतित-पावन भनेर बोलाउँछन्, अहिले प्राक्टिकलमा तिमी उहाँको सम्मुख बसेका छौ। बाबाले बच्चाहरूको पालना गरिरहनुभएको छ, पढाइरहनुभएको छ। घरमा बसे पनि बच्चाहरूलाई राय सल्लाह मिल्छ, घरमा यसरी यसरी चल। अब बाबाको श्रीमतमा चल्यौ भने सर्वश्रेष्ठ बन्छौ। प्यारा बच्चाहरूले जानेका छौ– हामीले उच्च बाबाको मतबाट उच्चभन्दा उच्च पद पाउँछौं। मनुष्य सृष्टिमा उच्चभन्दा उच्च यो लक्ष्मी-नारायणको पद हो। यिनीहरू पहिल्यै आएर गएका हुन्। मनुष्यहरू गएर यी उच्च देवी-देवतालाई नमस्ते गर्छन्। मुख्य कुरा हो नै पवित्रताको। मनुष्य त मनुष्य नै हुन्। तर कहाँ उनीहरू विश्वका मालिक, कहाँ अहिलेका मनुष्य! यो तिम्रो बुद्धिमा मात्रै छ– भारतवर्ष वास्तवमा ५ हजार वर्ष पहिला यस्तो थियो, हामी नै विश्वका मालिक थियौं। अरू कसैको बुद्धिमा यो कुरा छैन। यिनलाई पनि कहाँ थाहा थियो र, एकदम घोर अन्धकार र मा थिए। अहिले बाबा आएर बताउनुभयो ब्रह्मा सो विष्णु, विष्णु सो ब्रह्मा कसरी हुन्छन्? यो धेरै गुह्य रमणिक कुरा हो जुन अरू कसैले बुझ्नसक्दैनन्। बाबा सिवाय यो ज्ञान अरू कसैले पढाउन सक्दैन। निराकार बाबा आएर पढाउनुहुन्छ। श्रीकृष्ण भगवानुवाच होइन। बाबा भन्नुहुन्छ– मैले तिमीलाई पढाएर सुखी बनाउँछु। फेरि म आफ्नो निर्वाणधाममा आउँछु। अहिले तिमी बच्चाहरू सतोप्रधान बनिरहेका छौ, यसमा खर्च केही पनि छैन। केवल आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ। कौडी पनि खर्च नगरी तिमी २१ जन्मको लागि विश्वको मालिक बन्छौ। पाई पैसा पठाउँछन्, त्यो पनि आफ्नो भविष्य बनाउन। कल्प पहिला जसले जति खजाना लगाएका थिए, त्यत्ति नै अहिले पनि लगाउने छन्। न धेरै, न थोरै गर्नसक्छन्। यो बुद्धिमा ज्ञान छ त्यसैले चिन्ताको कुनै कुरा हुँदैन। बिना कुनै चिन्ता हामीले आफ्नो गुप्त राजधानी स्थापना गरिरहेका छौं। यो बुद्धिमा स्मरण गर्नु छ। तिमी बच्चाहरू धेरै खुसीमा रहनुपर्छ र फेरि नष्टोमोहा पनि बन्नु छ। यहाँ नष्टोमोहा हुनाले फेरि तिमी त्यहाँ मोहजित राजा-रानी बन्छौ। तिमीलाई थाहा छ– यो पुरानो दुनियाँ त अब खतम हुनु छ, अब फर्केर जानु छ। त्यसैले यसमा ममत्व किन राख्ने? कोही बिमारी भयो र डाक्टरले केस होपलेस छ भनिदियो भने फेरि त्यसबाट ममत्व निस्किन्छ। सम्झन्छन्– आत्माले एउटा शरीर छोडेर जान्छ र अर्को लिन्छ। आत्मा त अविनाशी छ नि। आत्मा गयो, शरीर खतम भयो फेरि त्यसलाई याद गर्नाले के फाइदा! अहिले बाबा भन्नुहुन्छ– तिमी नष्टोमोहा बन। आफ्नो दिलसँग सोध्नुछ– मेरो कसैसँग मोह त छैन? नत्र उही अन्त्यमा अवश्य याद आउने छ। नष्टोमोहा भयौ भने यो (लक्ष्मी-नारायण) पद पाउने छौ। स्वर्गमा त सबै आउने छन्– त्यो कुनै ठुलो कुरा होइन। ठुलो कुरा हो सजाय नखाइकन उच्च पद पाउनु। योगबलले हिसाबकिताब चुक्ता गर्यौ भने फेरि सजाय खाँदैनौ। पुराना सम्बन्धीहरू पनि याद नआउन्। अहिले त हाम्रो ब्राह्मणहरूसँग नाता छ फेरि हाम्रो देवताहरूसँग नाता हुन्छ। अहिलेको नाता सबैभन्दा उच्च छ।

अहिले तिमी ज्ञानसागर बाबाका बनेका छौ। सारा ज्ञान बुद्धिमा छ। सृष्टि चक्र कसरी फिर्छ पहिला यो कहाँ जान्दथ्यौ? अहिले बाबाले सम्झाउनुभएको छ। बाबाबाट वर्सा मिल्छ तब त बाबासँग लभ छ नि। बाबाबाट स्वर्गको बादसाही मिल्छ। उहाँको यो रथ निमित्त हो। यहाँ नै भागीरथको गायन छ। बाबा आउनुहुन्छ पनि भारतखण्डमा नै। तिमी बच्चाहरूको बुद्धिमा अहिले ८४ जन्मको सिँढीको ज्ञान छ। तिमीले जानिसकेका छौ– यो ८४ को चक्र हामीले नै लगाउनु छ। ८४ को चक्रबाट छुट्न सक्दैनौ। तिमीलाई थाहा छ– सिँढी उत्रिनमा धेरै टाइम लाग्छ, चढ्नमा मात्र यो अन्तिम जन्म लाग्छ। त्यसैले भनिन्छ तिमी त्रिलोकीनाथ, त्रिकालदर्शी बन्छौ। पहिला तिमीलाई यो कहाँ थाहा थियो र, हामी त्रिलोकीनाथ बन्नेवाला छौं। अहिले बाबा मिल्नुभएको छ, शिक्षा दिइरहनुभएको छ तब तिमीले जान्दछौ। बाबाको पासमा कोही आए भने बाबा सोध्नुहुन्छ– पहिला यस ड्रेसमा यसै घरमा कहिले मिलेका थियौ? भन्छन्– हो बाबा, कल्प कल्प मिल्छौं। तब बुझिन्छ ब्रह्माकुमारीले ठिक सम्झाइछन्। अहिले तिमी बच्चाहरूले स्वर्गको वृक्ष सामुन्ने देखिरहेका छौ। समीप छौ नि। मनुष्यहरूले बाबालाई भन्छन्– नाम-रूपदेखि न्यारा हुनुहुन्छ, त्यसैले बच्चाहरू फेरि कहाँबाट आउँछन्! उनीहरू पनि नाम-रूप देखि न्यारा हुने थिए! जुन यी शब्द भन्छन् एकदमै गलत। जसले कल्प पहिला बुझेका होलान्, उनीहरूको बुद्धिमा नै बस्छ। प्रदर्शनीमा हेर कस्ता-कस्ता आउँछन्। कसैले त सुनेको भरमा लेखिदिन्छन्– यो सबै कल्पना हो। सम्झन्छौ यो हाम्रो कुलको होइन। अनेक प्रकारका मनुष्यहरू छन्। तिम्रो बुद्धिमा सारा वृक्ष, ड्रामा, ८४ को चक्र आइसकेको छ। अब पुरुषार्थ गर्नु छ। त्यो पनि ड्रामा अनुसार नै हुन्छ। ड्रामामा निश्चित छ। यस्तो पनि होइन, ड्रामामा पुरुषार्थ गर्नुरहेछ भने गरौंला, यो भन्नु गलत हो। जसले ड्रामालाई पूरा बुझेका छैनन्, उनीहरूलाई फेरि नास्तिक भनिन्छ। उनीहरूले बाबासँग प्रीत राख्न सक्दैनन्। ड्रामाको रहस्यलाई उल्टो बुझेका हुनाले गिर्न पुग्छन्, फेरि सम्झिइन्छ यिनको तकदिरमा छैन। विघ्न त अनेक प्रकारका आउँछन्। त्यसको पर्बाह गर्नुछैन। बाबा भन्नुहुन्छ– जुन राम्रो कुरा तिमीलाई सुनाउँछु त्यो सुन। बाबालाई याद गर्नाले धेरै खुसी हुन्छौ। बुद्धिमा छ अब ८४ को चक्र पूरा हुन्छ, अब जानु छ आफ्नो घर। यसरी यसरी आफूसँग कुरा गर्नु छ। तिमी पतित त जान सक्दैनौ। पहिला अवश्य बेहुला हुनुपर्छ, पछाडि बरियाँत। गायन पनि छ, भोलानाथको बरियाँत। सबै नम्बरवार जानु नै छ, यत्रो आत्माहरूको हुल कसरी नम्बरवार जान्छ होला! मनुष्यहरूले पृथ्वीमा कति ठाउँ लिन्छन्, कति फर्निचर, जागिर आदि चाहिन्छ। आत्मा त बिन्दु हो। आत्मालाई के चाहिन्छ? केही पनि चाहिँदैन। आत्माले कति थोरै ठाउँ लिन्छ। यस साकारी वृक्ष र निराकारी वृक्षमा कति फरक छ! त्यो हो बिन्दुहरूको वृक्ष। यो सबै कुरा बाबाले बुद्धिमा बसाउनुहुन्छ। तिमीहरू सिवाय यी कुरा दुनियाँमा अरू कसैले सुन्न सक्दैनन्। बाबाले अहिले आफ्नो घर र राजधानीको याद दिलाउनुहुन्छ। तिमी बच्चाहरूले रचयितालाई जानेका हुनाले सृष्टि चक्रको आदि, मध्य, अन्त्यलाई जानेका छौ। तिमी त्रिकालदर्शी, आस्तिक भयौ। संसार भरी कोही आस्तिक छैन। त्यो हो हदको पढाइ, यो हो बेहदको पढाइ। ती अनेक टिचर पढाउनेवाला, उहाँ एक टिचर पढाउनेवाला। जो फेरि आश्चर्यजनक पनि हुनुहुन्छ। उहाँ बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ भने गुरु पनि हुनुहुन्छ। उहाँ टिचर त सारा विश्वको हुनुहुन्छ। तर सबैले त पढ्नुछैन। बाबालाई सबैले चिने भने त बापदादालाई हेर्नको लागि धेरै दौडेर आउने थिए। ग्रेट ग्रेट ग्रेण्ड फादर एडममा बाबा आउनुभएको छ, यो थाहा पाए भने त एकदम दौडेर आउने थिए। बाबाको प्रत्यक्षता तब हुन्छ जब लडाइँ सुरुहुन्छ, फेरि कोही आउन पनि सक्दैनन्। तिमीलाई थाहा छ– यी अनेक धर्महरूको विनाश पनि हुनुछ। पहिला सुरुमा एक भारतखण्ड मात्रै थियो अरू कुनै खण्ड थिएन। अहिले तिम्रो बुद्धिमा भक्तिमार्गको पनि कुरा छ। बुद्धिबाट कसैले कहाँ बिर्सिन्छ र। तर याद भएर पनि यो ज्ञान छ, भक्तिको पार्ट पूरा भयो। अब त हामीलाई फर्केर जानुछ। यस दुनियाँमा रहनु छैन। घर जानको लागि त खुसी हुनुपर्छ नि। तिमी बच्चाहरूलाई सम्झाइएको छ– तिम्रो अहिले वानप्रस्थ अवस्था हो। तिमीले यो राजधानी स्थापना गर्नमा दुई पैसा लगाउँछौ, त्यो पनि जुन गर्छौ, हुबहु कल्प पहिला जस्तै। तिमी पनि हुबहु कल्प पहिलावाला हौ। तिमीले भन्छौ– बाबा हजुर पनि कल्प पहिलावाला हुनुहुन्छ। हामीले कल्प कल्प बाबासँग पढ्छौं। श्रीमतमा चलेर श्रेष्ठ बन्नुछ। यी कुरा अरू कसैको बुद्धिमा छैन। हामीले आफ्नो राजधानी स्थापना गरिरहेका छौं श्रीमतमा, तिमीलाई यो खुसी छ। बाबा यति मात्र भन्नुहुन्छ पवित्र बन। तिमी पवित्र बन्यौ भने सारा दुनियाँ पवित्र बन्छ। सबै फर्केर जान्छन्। बाँकी अरू कुराको हामीले चिन्ता नै किन गरौं। कसरी सजाय खान्छन्, के हुन्छ, यसमा हाम्रो के जान्छ। हामीले आफ्नो चिन्ता गर्नु छ। अरू धर्मको कुरामा हामी किन जाऊँ। हामी हौं आदि सनातन देवी-देवता धर्मका। वास्तवमा यसको नाम भारत हो फेरि हिन्दुस्तान नाम राखिदिएका छन्। हिन्दु कुनै धर्म होइन। हामीले लेख्छौं– हामी देवता धर्मका हौं, तैपनि उनीहरूले हिन्दु लेखिदिन्छन् किनकि जानेका छैनन्, देवी-देवता धर्म कहिले थियो। कसैले पनि बुझेका छैनन्। अहिले यति धेरै बी.के. हरू छन्, यो त परिवार हुन गयो नि! घर हुन गयो नि! ब्रह्मा त हुन् प्रजापिता, सबैको ग्रेट-ग्रेट ग्रेण्ड फादर (आदि पिता)। सबैभन्दा पहिला तिमी ब्राह्मण बन्छौ फेरि वर्णमा आउँछौ।

तिम्रो यो कलेज अथवा युनिभर्सिटी पनि हो, हस्पिटल पनि हो। यो गायन छ– ज्ञान अंजन सद्गुरु दिया, अज्ञान अंधेर विनाश...। योगबलबाट तिमी एभरहेल्दी, एभरवेल्दी बन्छौ। नेचरक्योर (प्राकृतिक उपचार) गराउँछन् नि। अहिले तिम्रो आत्माक्योर भएपछि फेरि शरीर पनि क्योर हुन्छ। यो हो स्प्रीचुअल नेचरक्योर। २१ जन्मको लागि हेल्थ, वेल्थ, ह्याप्पीनेस मिल्छ। माथिपट्टी नाम लेखिदेउ रूहानी नेचरक्योर। मनुष्यहरूलाई पवित्र बनाउने युक्तिहरू लेख्नमा कुनै हर्जा छैन। आत्मा नै पतित बनेको छ त्यसैले त बोलाउँछन् नि। आत्मा पहिला सतोप्रधान पवित्र थियो फेरि अपवित्र बनेको छ फेरि पवित्र कसरी बन्छ? भगवानुवाच– मनमनाभव, मलाई याद गर्यौ भने मैले ग्यारेन्टी गर्छु, तिमी पवित्र हुन्छौ। बाबाले कति युक्तिहरू बताउनुहुन्छ– यस्ता यस्ता बोर्ड लगाऊ। तर कसैले पनि यस्ता बोर्ड लगाएका छैनन्। मुख्य चित्रहरू राखिएको होस्। भित्र कोही पनि आयो भने भन, तपाईँ आत्मा परमधाममा निवास गर्नुहुन्छ। यहाँ यी कर्मेन्द्रियहरू मिलेका छन् पार्ट खेल्नको लागि। यो शरीर त विनाशी हो नि। बाबालाई याद गर्नुभयो भने विकर्म विनाश हुन्छ। अहिले तपाईँको आत्मा अपवित्र छ फेरि पवित्र बन्नुभयो भने घर जानुहुन्छ। सम्झाउन त धेरै सहज छ। जो कल्प पहिलावाला हो उही आएर फूल बन्नेछ। यसमा डराउनुपर्ने कुनै कुरा छैन। तिमीले त राम्रो कुरा लेख्छौ। ती गुरुहरूले पनि मन्त्र दिन्छन् नि। बाबाले पनि मनमनाभवको मन्त्र दिएर फेरि रचयिता र रचनाको रहस्य सम्झाउनुहुन्छ। गृहस्थ व्यवहारमा रहेर केवल बाबालाई याद गर। अरूलाई पनि परिचय देऊ, लाइट हाउस पनि बन।

तिमी बच्चाहरूले देहीअभिमानी बन्ने धेरै गुप्त मेहनत गर्नु छ। जसरी बाबाले जान्नुहुन्छ, मैले आत्माहरूलाई पढाइरहेको छु, त्यसैगरी तिमी बच्चाहरूले पनि आत्म अभिमानी बन्ने मेहनत गर। मुखले शिव शिव पनि भन्नुछैन। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नुछ किनकि शिरमा पापहरूको धेरै बोझ छ। यादबाट नै तिमी पावन बन्छौ। कल्प पहिला जसरी जसरी जसले वर्सा लिए थिए होला, उनीहरूले नै आआफ्नो समयमा वर्सा लिन्छन्। साटफेर केही पनि हुन सक्दैन। मुख्य कुरा हो नै देहीअभिमानी भएर बाबालाई याद गर्नु त्यसपछि फेरि मायाको थप्पड खानेछैनौ। देह अभिमानमा आउनाले केही न केही विकर्म हुन्छ फेरि सय गुणा पाप बन्न जान्छ। सिँढी उत्रिनमा ८४ जन्म लागेको छ। अब फेरि एकै जन्ममा चढ्तीकला हुन्छ। बाबा आउनुभएको छ, त्यसैले लिफ्टको पनि आविष्कार भएको छ। पहिला त कम्मरमा हात लगाएर सिँढी चढ्थे। अहिले सहज लिफ्ट निस्किएको छ। यो पनि लिफ्ट हो जसबाट मुक्ति र जीवनमुक्तिमा एक सेकेण्डमा जान्छौ। जीवनबन्धसम्म आउनमा ५ हजार वर्ष, ८४ जन्म लाग्छ। जीवनमुक्तिमा पुग्न एक जन्म लाग्छ। कति सहज छ। तिमीहरूभन्दा पछाडि आउनेहरू पनि तुरुन्तै चढ्छन्। सम्झन्छन् गुमेको चीज दिन बाबा आउनुभएको छ। उहाँको मतमा अवश्य चल्छौं। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) कुनै चिन्ता नगरी श्रीमतमा आफ्नो गुप्त राजधानी स्थापना गर्नुछ। विघ्नहरूको पर्बाह गर्नुछैन। बुद्धिमा रहोस्– कल्प पहिला जसले मदत गरेका थिए, उनीहरूले अहिले पनि अवश्य गर्नेछन्, चिन्ताको कुनै कुरा छैन।

२) सदा यही खुसी रहोस्– अहिले हाम्रो वानप्रस्थ अवस्था हो, हामी फर्केर घर गइरहेका छौं। आत्म अभिमानी बन्ने धेरै गुप्त मेहनत गर्नुछ। कुनै पनि विकर्म गर्नुछैन।

वरदान:–
कुनै पनि विकराल समस्यालाई शीतल बनाउने सम्पूर्ण निश्चयबुद्धि भव

जसरी बाबामा निश्चय छ, त्यसैगरी स्वयंमा र ड्रामामा पनि सम्पूर्ण निश्चय होस्। स्वयंमा यदि कमजोरीको सङ्कल्प उत्पन्न भयो भने कमजोरीको संस्कार बन्छ, त्यसैले व्यर्थ सङ्कल्परूपी कमजोरीका किटाणुहरूलाई आफूभित्र प्रवेश हुन नदेऊ। साथसाथै जुन ड्रामाको सिन देख्छौ, हलचलको सिनमा पनि कल्याणको अनुभव होस्, वातावरण हल्लाउने खालको होस्, समस्या विकराल होस् तर सदा निश्चयबुद्धि विजयी बन, तब विकराल समस्या पनि शीतल हुनेछ।

स्लोगन:–
जसको बाबा र सेवासँग प्यार छ, उसले परिवारको प्यार स्वतः पाउँछ।