12.04.26    Avyakt Bapdada     Nepali Murli    30.11.2009     Om Shanti     Madhuban


बाबा र सबैको प्रिय बन्नको लागि सन्तुष्टमणि बनेर हरेक परिस्थितिको प्रभावबाट मुक्त ह ोऊ


आज (बापदादाले) चारैतर्फका सन्तुष्ट आत्माहरूलाई देखिरहनुभएको छ। सन्तुष्ट मणिहरूले चारैतर्फ आफ्नो मणिको चमक फैलाइरहेका छन्। सबैभन्दा ठुलोभन्दा ठुलो स्थिति हो नै सन्तुष्टता। सदा सन्तुष्ट आत्माहरू सबैलाई प्रिय लाग्छन्, बाबालाई त प्रिय हुन्छन् नै। सदा सन्तुष्ट उही रहन सक्छ जसलाई सर्व प्राप्तिहरू हुन्छन्। प्राप्तिहरूको आधार सन्तुष्टता हो त्यसैले यस्ता आत्माहरू सर्व ब्राह्मण आत्माहरूलाई प्रिय हुन्छन्। सर्व प्राप्तिहरू अर्थात् सदा सन्तुष्ट। सन्तुष्ट आत्माको वायुमण्डलमा पनि प्रभाव पर्छ अनि सर्व प्राप्तिहरू परमात्माका देन हुन्छन्। परमात्मा बाबाद्वारा सर्व शक्तिहरू, सर्व गुण, सर्व खजानाहरू प्राप्त गरेको आत्मा सदा सन्तुष्ट रहन्छ। सन्तुष्ट आत्माको स्थिति सदा प्रगतिशील हुन्छ। परिस्थितिले सन्तुष्ट आत्मामाथि प्रभाव पार्न सक्दैन किनकि जहाँ सन्तुष्टता छ त्यहाँ सर्व शक्तिहरू, सर्व गुण स्वतः नै आउँछन्। एक सन्तुष्टताले अनेक गुणहरूलाई अपनाउँछ। त्यसैले हरेकले आफैलाई सोध, म आत्मा सदा सन्तुष्ट रहन्छु! सन्तुष्ट आत्मा सदा सबैको, बाबाको समीप र समान स्थितिमा रहन्छ। तर यस स्थितिमा रहनको लागि धेरै साक्षी दृष्टा अवस्था चाहिन्छ, त्रिकालदर्शी अवस्था चाहिन्छ। हर कर्म त्रिकालदर्शी अर्थात् हर कुरा तीनै काललाई परख गरेर मात्र कर्म गर्ने। यसका लागि दुई कुराहरू आवश्यक छन्। ती दुई कुराहरू हुन् सम्बन्ध र सम्पत्ति। सम्बन्ध पनि अविनाशी, सम्पत्ति पनि अविनाशी। त्यो प्राप्त हुन्छ अविनाशी बाबाद्वारा। अविनाशी सम्पत्ति र सम्बन्ध प्राप्त भयो भने आत्मा सदा सन्तुष्ट हुन्छ र बाबाको, सर्व आत्माहरूको अति प्रिय हुन्छ। कुनै पनि परिस्थिति मायाको रूपमा आउँछ भने घबराउँदैनन्। यस्तो महसुस गर्छन् जसरी बेहदको पर्दामा मिक्की माउसको खेल चलिरहेको छ। हैरान हुँदैनन्, मिक्की माउसको खेल देखेर मनोरञ्जन गर्छन्। मायाका भिन्न भिन्न रूप, भिन्न भिन्न मिक्की माउसको रूपमा अनुभव गर्छन्। यस्तो स्थितिको अनुभव बाबाद्वारा सबैले प्राप्त गर्नु नै छ र गरेका पनि छन्।

बापदादाले देख्नुभएको छ– निर्भय, एकाग्र बुद्धि बनेर विजयी आत्माहरू कुनै पनि परिस्थितिमा डगमगाउँदैनन्। हरेक बच्चामा बाबाको जुन शुभ आशा छ, हरेक बच्चाले सदा विजयी बनेर बाबालाई आफ्नो विजयको स्वरूप देखाओस्, त्यसैले हरेकले आफैलाई सोध– म को हुँ? बापदादाले पहिला पनि सुनाउनुभएको छ, कहिलेकाहीँ शब्द समय अनुसार अब ब्राह्मणहरूको शब्दकोषबाट समाप्त गरिदेऊ। बाबाबाट सदाको वर्सा लिनुछ भने हरेक प्राप्ति सदा प्राप्त भइरहोस् किनकि हरेक बच्चा बाबाको दिलको आशा पूर्ण गर्ने आशाका दीपक हुन्। उनीहरूको सङ्कल्पमा पनि कहिलेकाहीँ शब्द आउन सक्दैन, किन? सदा बाबाको साथ रहने बाबाका साथी हुन्। साथ रहने पनि अनि साथी बनेर विश्व परिवर्तनको कार्य पनि गर्ने।

त्यसैले भन, यो सदाको वरदान बापदादाद्वारा प्राप्त गरेका छौ नि! त्यसो त जन्म लिनासाथ बापदादाले हरेक बच्चालाई सदा यही वरदान दिनुहुन्छ, सदा योगी भव, पवित्र भव। त्यस वरदानद्वारा जे जति प्राप्तिहरू हुन्छन् ती सदाको लागि हुन्छन्। कहिलेकाहीँको लागि होइन। त्यसैले सबै बच्चाहरू सदाका अधिकारी हुन् किनकि बाबाको हरेक बच्चासँग चाहे लास्ट बच्चा होस् तर बाबालाई हरेक बच्चासँग दिलको प्यार छ किनकि जति पनि ठुला ठुला मानिसहरू छन्, आफूलाई समझदार सम्झन्छन् उनीहरूले पनि बाबालाई पहिचान गर्न सकेनन्, तर बापदादाको लास्ट बच्चाले पनि बाबालाई पहिचान गर्न सक्यो। दिलबाट भन्छन्– मेरो बाबा! बाबाको हरेक बच्चासँग अविनाशी प्यार छ त्यसैले हरेक बच्चालाई बाबाको वरदान छ। बच्चाहरू चाहे नम्बरवार छन् तर बापदादाले दिनहुँ एउटै समय, एउटै वरदान सबै बच्चाहरूलाई सँगसँगै दिनुहुन्छ। बापदादाको हरेक बच्चा नम्बरवार भए पनि मेरो बाबा भन्यो भने हरेक दिन वरदानको अधिकारी बन्छ। हरेक बच्चा जहाँसुकै रहे पनि, इन्डियामा रहन्छन् वा विदेशमा रहन्छन् तर वरदान सबैलाई बापदादाको एउटै मिल्छ अनि वरदानलाई प्राप्त गरेर खुसी पनि हुन्छन् तर बच्चाहरू दुई प्रकारका छन्, एकथरी बच्चाहरू वरदानलाई देखेर खुसी अवश्य हुन्छन् तर अर्काथरी अगाडि नम्बर उनीहरूले नै लिन्छन् जो केवल वरदानलाई देखेर खुसी हुँदैनन्, यो मेरो वरदान हो भनेर वर्णन गर्दैनन् बरू वरदानलाई फलीभूत गर्छन्। वरदानबाट लाभ लिएर वरदानको फल निकाल्छन्। बीज छ तर बीजलाई फलीभूत गरेनन्, फल निकालेनन् भने केवल खुसी हुन्छ, वरदानबाट फल निकाल्नको लागि जसरी कुनै पनि बीज हुन्छ, त्यसको फल निकाल्नको लागि त्यसलाई घाम पानी चाहिन्छ अनि मात्रै फल निस्कन्छ। त्यसैले यहाँ पनि हरेक बच्चाले वरदानको फल निकाल्नुछ, जसबाट विस्तार हुँदै जान्छ, आफ्नै मनमा वरदानको फलद्वारा वृद्धि हुँदै जान्छ, त्यसैले यहाँ पनि बाबा भन्नुहुन्छ– वरदानको फल निकाल्नको लागि बारम्बार वरदानलाई स्मृतिमा ल्याऊ। स्मृतिस्वरूपको स्थितिमा स्थित होऊ। बारम्बार सुमिरण (जप) होइन, स्मृति होस्। यो हो पानी दिनु अनि स्वरूपमा स्थित हुनु यो हो घाम खुवाउनु। त्यसैले यो फलीभूत हुनाले स्वयंमा पनि धेरै शक्ति भरिन्छ अनि अरूलाई पनि त्यस फलद्वारा शक्तिको अनुभव गराउन सक्छौ।

बापदादा अहिले के चाहनुहुन्छ? किनकि बापदादाले केही समयदेखि लिएर समयको चेतावनी दिइरहनुभएको छ, हरेक बच्चाको पढाइको रिजल्टको समय अचानक आउनेछ, यसको लागि सदा एभररेडी। साथसाथै बापदादाले यो पनि इसारा दिइरहनुभएको छ, अहिले समय हो उड्दोकलाको तीव्र पुरुषार्थको। हिँडिरहेका छौँ होइन, उडिरहेका छौँ। साधारण रीतिले आफ्नो रुटिन व्यतीत गर्नु, अब त्यो साधारण पुरुषार्थको समय गयो त्यसैले बापदादाले इसारा दिइरहनुभएको छ, हरपल, हर सङ्कल्प चेक गर। मानौँ आफ्नो तीव्र पुरुषार्थ नगरेर एक घण्टा साधारण पुरुषार्थमा रह्यौ अनि एक घण्टामा नै अचानक फाइनल पेपरको टाइम आयो भने अन्त मति सो गति, त्यो एक घण्टाको साधारण पुरुषार्थले कति नोक्सान पारिदिन्छ! त्यसैले बापदादाले हरेक बच्चालाई, हर सङ्कल्प, हर पल समयको महत्त्वलाई, समय प्रति समय इसारा दिइरहनुभएको छ। हलचलको समयमा अचल रहने पुरुषार्थ तीव्र पुरुषार्थीले नै गर्न सक्छ। साधारण पुरुषार्थीले एभररेडी बन्नमा समय लगाइदिन्छ अनि बापदादाले भन्नुभएको छ, सेकेन्डमा बिन्दी अर्थात् फुलस्टप, यदि तीव्र पुरुषार्थ भएन भने के हुन्छ? अनुभवी त छौ। फुलस्टपको सट्टा क्वेस्चन मार्क त लाग्दैन! बिन्दी कति सहज छ अनि क्वेस्चन मार्क कति टेढोबाङ्गो छ। फुलस्टप हो भने फुलस्टपै होस्। कमाको मात्रा पनि नहोस्, आश्चर्यको मात्रा पनि नहोस्। के गरूँ! यो सोच्ने पनि समय मिल्दैन। त्यसैले कुनै पनि बच्चाले यो सोच्न सक्दैन, यति फास्ट पुरुषार्थ गर्नु नै पेपरमा पास हुनु हो।

बापदादाले देख्नुहुन्छ अहिले पनि कारण-अकारण किन, के, कसरी, यस्तो... यो कुनैकुनै बच्चाहरूको दिनहुँको चार्टमा देखिन्छ। धेरैको चार्टमा बापदादाले देख्नुभएको छ, व्यर्थ सङ्कल्पको लहरले समय लिन्छ अनि व्यर्थको गति यस्तो तीव्र हुन्छ जुन साधारण सङ्कल्पको एक घण्टा र तीव्र सङ्कल्पको एक मिनेट त्यसैले आज यो देखिरिरहनुभएको थियो, सबैको प्रिय, बापदादाको प्रिय सन्तुष्ट आत्माहरू को को हुन्? सन्तुष्ट आत्माको सङ्कल्पमा पनि यो किन, के को भाषा स्वप्नमा पनि आउँदैन किनकि त्यस आत्मालाई विशेष तीन कुरा, तीन बिन्दी याद रहन्छन्– आत्मा, परमात्मा र ड्रामा, तीनैलाई समयमा कार्यमा लगाउन सक्छन् किनकि यस्तो समयमा सर्व शक्तिहरूको खजाना आवश्यक छ अनि मास्टर सर्वशक्तिवान् उही हो जसले जुन समयमा जुन शक्तिलाई अर्डर गर्छ त्यो शक्ति त्यही समयमा हाजिर हुन्छ। चाहिन्छ सहनशक्ति अनि आउँछ सामना गर्ने शक्ति, त्यसोभए शक्ति त छ तर त्यस समयमा काम लाग्दैन। त्यसैले सर्व खजानाहरूको चाबी हुन् तीन बिन्दी– आफू, बाबा र ड्रामा।

त्यसैले बापदादालाई एउटा सङ्कल्प छ, बताऊँ? पूरा गर्नुपर्छ। जो गर्नको लागि तयार छौ, उनीहरूले हात उठाऊ। पूरा गर्नुपर्छ। अच्छा सबैले हात उठाइरहेका छन्। मनको हात उठाइरहेका छौ वा शरीरको हात उठाइरहेका छौ? मनको हात पक्का हुन्छ। बापदादाले समय अनुसार हरेक बच्चासँग यो शुभ आशा राख्नुहुन्छ, १५ दिनपछि फेरि बाबासँग भेट हुन्छ, त्यसैले यो जुन १५ दिन बित्छ त्यसमा ट्रायलको लागि यो विशेष अभ्यास गर, यही स्थितिमा सदा नै रहनु छ तर १५ दिनको ट्रायल गर अनि आआफ्नो कनेक्सनका सेन्टरहरूलाई पनि गराऊ, चक्कर लगाएर फोन गरेर उनीहरूलाई याद दिलाऊ, होमवर्क गरिरहेका छौ? होमवर्क के हो? सजिलो छ, हरेकले भिन्न भिन्न परिस्थितिहरू कुराहरूबाट क्रस त गर्छन् नै तर यो १५ दिन हरेकले सङ्कल्प, वाणी र कर्ममा कम्तीमा ८० प्रतिशत मार्क्स लिनुछ। तापनि बापदादाले २० पर्सेन्ट छुट दिनुहुन्छ। छ मन्जुर? मन्जुर छ? दिऊँ? यो काम दिऊँ? अच्छा १५ दिन, मायाले पनि सुनिरहेको छ। कुराहरू त आउनेछन्, कुराहरूलाई नहेर्नु, पास हुनुछ, यो याद राख्नु। १५ दिन कुनै ठुलो कुरा होइन तर हरेकले सच्चा दिल, सफा दिलले स्वप्नमा पनि सङ्कल्प, वाणी र कर्ममा पास भएर देखाउनुछ। हुन सक्छ? हुन सक्छ? टिचरहरूले बताऊ हुन सक्छ? १५ दिन त केही पनि होइन तर बापदादाले ट्रायलको लागि भनिरहनुभएको छ, सङ्कल्प पनि व्यर्थ होइन, युद्ध होइन विजयी। १५ दिनको फुल विजयी। मुस्किल छ वा सजिलो छ? सजिलो छ, हात उठाऊ। सजिलो छ? त्यसैले बापदादाले यो १५ दिनको रिजल्ट हेर्नुहुनेछ। अनि अगाडि बढाउनुहुनेछ। १५ दिन त कसैले पनि गर्न सक्छ नि! गर्न सक्छौ नि! मधुबन निवासी, मधुबन निवासीहरूले हात उठाऊ। यहाँ अगाडि अगाडि मधुबन निवासी बसेका छन्। धेरै राम्रा छन्। विदेशीहरू वा इन्डियाका आत्माहरू सबैले पूरा गर्नुछ। गाउँका वा ठुला सहरका सबै आत्माहरूले १५ दिनको रेकर्ड राख्नुछ। के, किनको क्वेस्चन नउठोस्, के गरौँ कुरा नै यस्तो भयो यो नबताउनु। ८० पर्सेन्ट लिनु नै छ। तैपनि बापदादाले सजिलो बनाइरहनुभएको छ, २० पर्सेन्ट छोडिरहनुभएको छ किनकि बापदादाले देख्नुहुन्छ, कहीँ कहीँ चल्दाचल्दै मायाले लापरबाही र आलस्यमा ल्याउँछ। यो रोयल आलस्य र लापरबाही हो, जसले तीव्र पुरुषार्थमा कमी ल्याउँछ किनकि अहिले बापदादाले जति पनि सबै विद्यार्थीहरू छन्, हरेक विद्यार्थीलाई अहिले पहिला यो १५ दिनको रिहर्सल गराएर केही समय यस्तै अभ्यास गराउन चाहनुहुन्छ, जसले सबैसँग हात उठाउन लगाउँछन्, एभररेडी भन्दा सबैले हात उठाउन सकुन्। यसको लागि धेरै समयको अभ्यास चाहिन्छ। त्यसैले अहिले यो अलिकति अभ्यास गराउनुहुन्छ। अच्छा।

पहिलो पटक कति आएका छौ, उनीहरू उठ। तिमीहरूलाई बापदादाको अगाडि आएकोमा आजको दिनको धेरै धेरै बधाई छ, बधाई छ। बाबाको नजर बच्चाहरूमाथि परेको छ अनि बच्चाहरूको नजर बाबामाथि परेको छ। त्यसैले धेरै धेरै बधाई छ। अच्छा। केक त छैन तर खुसीको केक खाऊ। राम्रो छ, अहिले ढिलो आएका छौ तर फास्ट गएर नम्बर अगाडि लिन सक्छौ त्यसैले बापदादाको तर्फबाट र सर्व तिम्रा साथी दाजुभाइ र दिदीबहिनीहरूको, सबैको बधाई छ, बधाई छ। यस्तो मोडल हुनेछ जसमा लास्ट आउने पनि फास्ट गएर फस्ट लाइनमा आउन सक्छ। अच्छा।

चारैतर्फका बापदादाको आशालाई पूर्ण गर्ने आशाका दीपक, किन, के को भाषाबाट न्यारा रहने सदा एकरस, सदा एक बाबा दोस्रो न कोही, बाबामा नै विशेष जीवनका तीन सम्बन्ध, पिता, शिक्षक, सद्गुरु अनुभव गर्ने, बाबाबाट वर्सा, टिचरबाट पढाइको वर्सा र सद्गुरुबाट वरदानहरूको वर्सा प्राप्त गर्ने पदमगुणा भाग्यवान हरेक बच्चालाई बापदादाको याद प्यार एवं नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

दादीजीहरूसँग:– (यस पटक चारैतर्फ सेवाका प्रोग्राम धेरै राम्रा भएका छन्) सबैले सबैलाई मदत पनि राम्रो गरेका छन्। कसैले सोच्नु परेन कसरी गरौँ, सबैको सङ्कल्प थियो गर्नु नै छ। एकअर्काको मदतले सबै प्रोग्राम राम्रा भए। आवाज त फैलियो। सन्देश त मिल्यो अझै अगाडि बढ (योगमा सबैले धेरै राम्रो अनुभूति गरे) किनकि टपिक नै थियो नि वरदान लिनुछ। त्यसैले योगको प्रोग्रामबाट अनुभव गरे।

पञ्जाब जोनका सेवाधारीहरूसँग:– पञ्जाबलाई ड्रामा अनुसार यी संन्यासीहरू, महात्माहरूको सेवाको राम्रो चान्स मिलेको छ सेवा गरिरहेका पनि छन्। पञ्जाबमा स्थापनाको समयमा जसरी सेवा आरम्भ भयो त्यसरी नै सहयोगी र वारिस क्वालिटीका आत्माहरू निमित्त बने। जति हङ्गामा गर्नेहरू थिए त्यति नै सिंह क्वालिटी पनि निस्किए। अब पञ्जाबले के गर्नुछ? यो विशेषता त छ अहिले पञ्जाबका मानिसहरूले कुनै यस्तो नामीग्रामी शेर तयार गरून्, जसले सभामा माइक बनेर आफ्नो अनुभव सुनाउँछ। माइक ठुलो होस्, सानो होइन। जसरी सरकारका भी.आई.पी. त भिन्नै हुन्छन् तर महात्माहरूमा पनि भी.आई.पी. हुन्छन्, यस्तो कुनै ठुलो माइक तयार गर, जसले आफ्ना अनुभवबाट अरूलाई उमङ्गमा ल्याउनेछ। यस्तो कोही निकाल, तयारी गर। हुन सक्छ किनकि आजकाल सबैले सम्झन्छन्, साधुसन्तको सेवा त द्वापरबाट सुरु भयो तर आफूसमान यस्तो ठुलो गुरु अरूलाई, शिष्यलाई बनाउने, यस्तो उदाहरण उनीहरूमा हुँदैन अनि बापदादाले आफूभन्दा पनि होसियार बच्चाहरूलाई तयार गर्नुभएको छ, जो सार्वजनिक कार्यक्रममा आउँछन्, त्यसैले पञ्जाबले कुनै नवीनता गरेर देखाऊ। भी.आई.पी. त सबैतर्फबाट आउँछन् तर तिमीले यस्ता भी.आई.पी. ल्याऊ जसलाई सबैले सुनेर जागुन्, सन्देश मिलोस्। हुन सक्छ? देखिनेछ। अलिकति समय त लाग्छ तर यस्तो कोही तयार गरेर देखाऊ। बाँकी वृद्धि त भइरहेको छ। अच्छा।

वरदान:–
बाबाको हात र साथको स्मृतिद्वारा मुस्किललाई सहज बनाउने बेफिक्र वा निश्चि न् त भव

जसरी कुनै ठुलाबडाको हातमा हात वा संरक्षण छ भने स्थिति बेफिक्र वा निश्चिन्त हुन्छ। त्यसैगरी हरेक कर्ममा यही सम्झनुपर्छ, बापदादा मेरो साथ पनि हुनुहुन्छ अनि मेरो यस अलौकिक जीवनको हात उहाँको हातमा छ अर्थात् जीवन उहाँको जिम्मामा छ, त्यसैले जिम्मेवारी पनि उहाँको हुन्छ। सबै बोझ बाबामाथि राखेर आफूलाई हल्का बनाइदेऊ। बोझ उतार्ने वा मुस्किललाई सहज बनाउने साधन नै हो– बाबाको हात र साथ।

स्लोगन:–
पुरुषार्थमा सच्चाइ छ भने बापदादाद्वारा अतिरिक्त मदतको अनुभव गर्नेछौ।

अव्यक्त इसारा:– महान् बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर।

तिमीसँग कसैले टक्कर लिन्छ भने तिमीले उसलाई आफ्नो स्नेहको पानी देऊ, तिमीले आफ्नो मधुरता र नम्रताको गुणलाई नछोड। नम्रताको ड्रेस लगाएर रहनुछ। यो नम्रता नै कवच हो, जुन सुरक्षाको साधन हो। संस्कारहरूको रास मिलाउने सबैभन्दा सहज तरिका हो– स्वयं नम्रचित्त र मधुरतासम्पन्न बन, अरूलाई श्रेष्ठ स्थान देऊ।